२८ फागुन, काठमाडौं । विराट पेट्रोलियमलाई महंगो मूल्यमा पेट्रोल बेच्न अनुमति दिएको विषयमा संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ ।
आयल निगमको भन्दा लिटरमा ३१ रुपैयाँ महंगो मूल्यमा तेल बेच्न दिईएकोबारे ध्यानाकर्षण भएको जनाउँदै समितिले आपूर्ति मन्त्रालयलाई पत्र लेको छ ।
समतिले मन्त्रालयलाई बिराटलाई महंगोमा तेल बेच्न दिने निर्णय कुन आधारमा गरिएको हो ? भन्ने प्रश्न गरेको छ ।
यसरी अधीक मूल्यमा तेल बेच्न दिनुको आधार, औचित्य र प्रयोजन खुलाएर ३ दिन भित्र लिखित जवाफ समितिमा पेश गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
पत्रमा विराटलाई महंगोमा तेल बेच्न दिएका कारण उपभोक्तलाई ठूलो मार परेको उल्लेख छ । इन्नध आपूर्ति सहज हुँदै गर्दा भएको निर्णयले गम्भिर प्रश्न उब्जाएको समितिको ठहर छ ।
आयल निगमलाई अहिले ९९ रुपैयाँमा पेट्रोल बेच्दा १७ रुपैयाँ नाफा छ । विराटले अहिले आपूर्ति गरेको तेल १ सय ३० रुपैयाँ प्रतिलिटरमा बेचिरहेको छ । यो तेलमा लिटरमै ४८ रुपैयाँ नाफा छ ।
यसरी वैधानिक रुपमै सरकारले विराटलाई नाफाखोरी गर्न दिएको भन्दै आलोचना भएको छ । यसअघि विराटले ल्याएको तेल अन्तिम पटकका लागि भन्दै आयल निगमले आफ्नो आधिकारिक विक्रेतामार्फत बेच्न दिएको थियो ।
तर, विराटको प्रभावमा परेर फेरि आयल निगमले विराटलाई आफ्नै विक्रेतामार्फत तेल बेच्न दिएपछि लेखा समितिले पनि चासो देखाएको छ ।
विराटले कालिमाटीको माली आयल स्टोर, गौरीगाउको भ्याली रिकेश सप्लायर्स, त्रिपुरेश्वरस्थित जयन्ती आयलबाट पेट्रोल बेच्दैछ ।
लेखा समितिले अापूर्ति मन्त्रालयलार्इ लेखेकाे पत्र हेर्नुस्
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment