Sunday, March 27, 2016

हेल्लो समृद्ध नेपाल ! तिमी कहाँ छौ ?

समृद्धितर्फ मुलुकलाई अघि बढाउँछौं– भट्टराई

पथरी (मोरङ), १४ चैत । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धितर्फ मुलुकलाई अघि बढाउन नयाँ शक्तिकोे उदय भएको बताएका छन् ।

नयाँ शक्ति नेपालले आज विराटनगरमा आयोजना गरेको ‘नयाँ शक्तिको ऐतिहासिक आवश्यकता’ विषयको अन्तक्र्रियामा उहाँले सरकार गिराउने र बनाउने फोहरी खेलमा नलाग्न आग्रह गर्दै मुलुकको विकास र समृद्धितर्फ सबै दल लाग्नुपर्नेमा जोड दिए ।

बीसदेखि २५ वर्षभित्र देशका महत्वपूर्ण विकास गरिसक्ने र ३५ देखि ४० वर्षमा देशलाई पूर्ण विकसित बनाउने नयाँ शक्तिको योजना रहेको उनको भनाइ थियो । रासस

Baburam Bhattarai at Morang


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कम्युनिस्टले बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्ने मान्यता गलत – नेता नेपाल

काठमाडौँ, १५ चैत । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले लेख्नुभएको ‘शिक्षामा सोचान्तरण’ र यादव आचार्यले ‘जनवादी शिक्षा’ नामक कृति आइतबारदेखि बजारमा आएको छ ।

कोइरालाको पुस्तकमा प्रशासन र संरचना मिलनबिन्दुको खोजी, प्राथमिकता नदिँदा शिक्षामा अन्योल, उच्च शिक्षाको पुनः व्यवस्थापन, पढाउने तरिका बदल्ने कि ? शान्तिको विविध पाटो, साम्यवादी सोंचमा रुपान्तरणको शिक्षालगायत ७७ वटा विषय समावेश गरिएको छ ।

त्यस्तै आचार्यको कृतिमा जनवादी शिक्षाको सैद्धान्तिक बुझाइ तथा दार्शनिक आधार, कम्युनिस्ट सत्ता भएका देशको शिक्षा प्रणाली, जनवादी शिक्षाबारे कम्युनिस्ट नेताको बुझाइलगायत विषय समावेश गरिएको छ ।

माइलस्टोन प्रकाशन तथा प्रसारण लिमिटेडद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनयापनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व रहेको बताउँदै त्यसले उनीहरुलाई आम्दानी र उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण गर्ने विश्वास व्यक्त गरे ।

उनले भने– ‘हामीमा नेपालीपनको भावना घट्दै गएको छ, परिवर्तनका वाहक भनिएका कम्युनिस्टबाट यस्तो खतरा देखापरेको छ ।’ विगतमा कम्युनिस्टले बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्ने मान्यता गलत बुझाइ रहेकामा प्रष्ट पार्दै उनले समाजप्रतिको जिम्मेवारी र राष्ट्रिय भावना जागृत गराउने शिक्षाको खाँचो औँल्याए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अबको शिक्षाले विद्यार्थीलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै जनवादी शिक्षाले मानिसलाई आलोचनात्मक चेतना दिन सक्नुपर्ने विचार व्यक्त गरे।

प्रा डा लेखनाथ शर्मा, नेकपा एमालेका नेता खिमलाल भट्टराईले दुवै पुस्तकले अबको शिक्षामा समयानुसार सुधार गरी वैज्ञानिक बनाउनुपर्ने र सबैको पहुँच पुर्याउनुपर्ने सन्देश दिएको बताए । लेखक कोइराला र आचार्यले प्राविधिक शिक्षाको विकास गरी उत्पादन, श्रमसँग जोड्नुपर्ने विचार राखे ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एवम् साहित्यकार रामप्रसाद प्रदीपले आध्यात्मिक, साहित्य तथा राजनीतिक दर्शनलगायतका पुस्तकको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनले नेपालमा सबैभन्दा अग्लो बुद्धमूर्ति बनाउने

छन्दु (चीन), चैत १४ । चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् ।

आइतबार नेपाल फर्किनुभन्दा अघिल्लो दिन शनिबार छन्दुको जिनजियाङ होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले सो प्रतिबद्धता व्यक्त गर्दै नेपालको भूकम्पपीडित जिल्लामा पुनःनिर्माण, पूर्वाधार निर्माण तथा पीडितका लागि रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न चाहेको बताएका हुन् ।

सो छलफलमा ती कम्पनीले पुनःनिर्माणमा सहयोग गर्न चाहेको र उनीहरुले सिचुवान प्रान्तको पुनःनिर्माण कोषमार्फत सो सहयोग गर्न चाहेको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सो कोषमार्फत नै सिचुवानको वेनचुवानमा पनि पुनःनिर्माण गरिएको उनले जानकारी दिए ।

यसअन्तर्गत विशेष आर्थिक क्षेत्र पनि स्थापना हुन सक्ने उनले बताए । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध धर्मावलम्बीका लागि मक्का जस्तै भएकाले नेपालको दमकमा यस्तो मूर्ति बन्नु खुसीको कुरा हुने बताए ।

कार्यक्रममा सिचुवान पुनःनिर्माण कोषका निर्देशक वेन्वु देङ र उपनिर्देशक तियानलोङ याङले पनि सो प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच, शनिबार नै प्रधानमन्त्री ओलीको उपस्थितिमा दमक क्लिन इण्डष्ट्रियल पार्कका सल्लाहकार भाष्करराज राजकर्णीकार र चीनको ग्लोबल एनजिओ युनियनका कार्यकारी अध्यक्षबीच दमकमा सो औद्योगिक स्थल निमार्णसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

सो पार्क रतुवा र मावा नदीको किनारमा दुई सय विघा जमिनमा निर्माण गरिने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले बताए ।

सो अवसरमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले यो समझदारी छ महिनाको प्रयासपछि भएको र यसमा चीनबाट १७ करोड अमेरिकी डलर लगानी हुने जानकारी दिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चेपाङ सङ्ग्रहालय सौराहामा बनाइने

रत्ननगर चितवन, १५ चैत । चितवनको सौराहामा चेपाङ सङ्ग्रहालय बनाइने भएको छ ।

रत्ननगरको गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ सङ्ग्रहालय पर्यटकीय नगरी सौराहामा विस्तार गर्न लागिएको हो ।
केन्द्रमा आश्रित चेपाङ बालबालिकाको भरणपोषणका लागि आर्थिक स्रोत जुटाउन सौराहामा सङ्ग्रहालय विस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपीकरण शर्माले जानकारी दिए ।

सौराहाको मुख्य बजार नजिक सङ्ग्रहालय निर्माण गरेर पर्यटकलाई अवलोकन गर्ने व्यवस्था मिलाउने योजना रहेको उनको भनाइ छ । सङ्ग्रहालय अवलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ बालबालिकाको भरणपोषणमा खर्च गरिने छ ।

व्यवसायीले हात्ती सफारी, जिप सफारी, डुङ्गा चढी, थारु संस्कृतिको अवलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिँदै आएका छन् । सङ्ग्रहालयमा चेपाङ जातिले प्रयोग गर्ने आदिमकाल देखिका ५३५ वटा सामग्री राखिने छ ।

सङ्ग्रहालयमा चेपाङ जातिले जीविकोपार्जनका लागि प्रयोग गर्ने र धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पुराना सामान राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने जनाइएको छ ।

चेपाङ सङ्ग्रहालयलाई पनि व्यवसायीसँग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । सौराहामा आउने पर्यटकमध्ये ८० प्रतिशतलाई चेपाङ सङ्ग्रहालयको अवलोकन गराउने प्रारम्भिक योजना रहेको छ ।

यस्तै केन्द्रले एसएसपी रमेश खरेललाई केन्द्रको मानार्थ सदस्य र केन्द्रका सल्लाहकार संयोजक डा ढुण्डीराज पौडेललाई अक्षयकोष व्यवस्थापन समितिको संयोजक बनाउने निर्णय पारित गरेको छ । केन्द्रमा १४१ जना चेपाङ बालबालिका आश्रित छन् । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनबाट फर्केर जेपी गुप्ताले भने- मधेसबारे कुरै भएन

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकै बेला तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता पनि बेइजिङमै घुमिरहेका थिए ।

तर, गुप्ताको चीन भ्रमणमा न त मधेसको कुरा भयो, न मधेस आन्दोलनका बारेमा नै कसैले चर्चा गर्‍यो । बरिष्ठ पत्रकार युवराज घिमिरे, किशोर श्रेष्ठ, विष्णु रिजाल लगायतको टोलीमै मिसिएका थिए जेपी गुप्ता । र, यो टोलीमा विप्लव माओवादीका अनिल शर्मा विरही पनि थिए ।

मधेसी नेता गुप्ता ‘चाइना फाउण्डेसन फर पिस एण्ड डेभलपमेन्ट’ को निम्तोमा चीन गएको टोलीमा थिए । उनको टोलीमा विप्लव माओवादीका नेता अनिल विरही र एमालेका देवराज घिमिरेदेखिका पत्रकारहरु पनि थिए । तर, यो टोलीमा रहेका नेताहरुलाई कुनै पार्टीको नेता भन्दा पनि विश्लेषकको नाम दिएर टोलीमा राखिएको थियो ।

गुप्ताका अनुसार भ्रमणका क्रममा चिनियाँ अर्थशास्त्रीले चिनियाँ कृषिनीति र एक बुद्धिजिवीले चीनको जातीय पोलिसीबारे एक-एक घण्टा प्रवचन दिए । सिचुवान युनिभर्सिटीको साउथ एसिया अध्ययन केन्द्रमा उनीहरुवीच छलफल भएको थियो ।

गुप्ताले भने, ‘त्यस्तो कुनै राजनीतिक भेटवार्ताहरु थिएन र मसँग कुनै वान टु वान भेट थिएन । त्यसैले यो भ्रमणमा मधेस र मधेसमा भइरहेको आन्दोलनबारे कुनै चर्चा र छलफल भएन ।’

आफ्नो भ्रमणको निष्कर्ष सुनाउँदै तमरा अभियानका संयोजक एवं पूर्वमन्त्री गुप्ताले अनलाइनखबरसँग भने, ‘नेपालमा अहिले भारत त कहिले चिनियाँ कार्ड प्रयोग हुन्छ । तर, चीनले नेपाल र भारतको विशेष सम्वन्धलाई स्वीकार गरेको छ र उसले नेपाल चीन मात्र होइन नेपाल, चीन र भारतलाई संगै राखेर हेरेको मैले पाएँ ।’

चीनले भारत रिसाउँछ भनेर नभई आर्थिक लाभ कम हुने भएकाले नेपाल र चीन मात्र मिलेर नहुने भनेको उनको बुझाइ छ । उनले अघि भने, ‘चीनले नेपालबारे जे कुरा गर्दा पनि नजर भने भारततिर लगाएको देखिन्छ ।’

साथै दक्षिण एशियामा शान्ति कायम होस् र राजनीति भन्दा आर्थिक विकासको एजेण्डालाई प्राथमिकता दिएको आफूले पाएको तमरा अभियानका नेता गुप्ताले बताए ।

मधेसबारे चिनियाँहरुसँग कुरा भएन भन्ने प्रश्नमा गुप्ताले भने, ‘त्यस्तो कुनै राजनीतिक भेटवार्ताहरु थिएन र मसँग कुनै वान टु वान भेट थिएन । त्यसैले यो भ्रमणमा मधेस र मधेसमा भइरहेको आन्दोलनबारे कुनै चर्चा र छलफल भएन ।’

आफू चीनतिर उडेपछि मधेसी मोर्चाले चिनियाँ राजदूतलाई भेटेर ज्ञापन पत्र बुझाएको आफूले पनि थाहा पाएको भन्दै गुप्ताले भने, ‘नेपालमा संविधान आउनु र नआउनुले नेपालबारे हाम्रो धारणामा कुनै फरक पर्दैन । तर, संविधान आएपछि पोलिटिकल कोर्स लिन्छ र आर्थिक विकासका एजेण्डा अघि बढ्छ भन्ने चिनियाँ धारणा पाएँ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल-चीन सम्झौताः वर्तमानमा निराशा, भविष्यको आशा

डा. मदनकुमार दाहाल

भनिरहनु नपर्ला, चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित छ । आज सारा शक्तिराष्ट्रको ध्यान चीनतर्फ आकषिर्त हुनुमा उसको आर्थिक शक्ति मुख्य कारण हो । यस्तो राष्ट्रको छिमेकमा छौं हामी । नेपालसँग चीनको सम्वन्ध अत्यन्त पुरानो छ । हाम्रो मैत्री सम्बन्धको इतिहास नै ६० वर्ष पुगिसकेको छ । यति निकट र पुरानो सम्बन्धका बाबजुद पनि हामीले चीनको समृद्धिबाट खासै लाभ लिन सकेका छैनौं ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको महत्त्वपूर्ण भ्रमण सम्पन्न गरेर फर्किनुभयो । यो भ्रमण एकदमै महत्त्वपूर्ण यस अर्थमा पनि थियो, कि भर्खरै मात्र हामीले अर्को छिमेकी भारतबाट गहिरो प्रताडना भोग्यौं । भारतले दिएको चोटपछि हामीले आफ्नो व्यापार विविधीकरण गर्नैपर्ने रहेछ भन्ने चेत खुलेको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमणलाई महत्त्वका साथ हेरिनु स्वभाविक नै हो । स्वाभाविक रुपमा यस भ्रमणले नेपाल-चीनबीचको मित्रतालाई नयाँ गति दिन सफल भएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका दशबुँदे सम्झौता र त्यसपछि जारी १८ बुँदे विज्ञप्तिको आधारमा मूल्यांकन गर्दा पनि मैले सकारात्मक रुपमा ग्रहण गरेको छु । चीनले नेपालमा जारी नयाँ संविधानलाई खुला दिलले स्वागत गरेको छ ।

Madan-Kumar-Dahalयसअघि प्रधानमन्त्रीले गरेको भारत भ्रमणमा यही विषयमा कुरा नमिल्दा संयुक्त विज्ञप्ति समेत जारी हुन सकेको थिएन । त्यस हिसाबले यसलाई पनि एउटा उपलब्धिकै रुपमा लिनुपर्ने हुन्छ ।

१८ बुँदे संयुक्त विज्ञप्तिमा धेरै विषय समेटिएका छन् । ती विषयलाई अब समय सारणी निश्चित गरेर प्रभावकारी कार्यान्वयन गर्ने मुख्य चुनौती रहेको मैले महसुस गरेको छु । कार्यान्वयनको मामलामा हाम्रो राजनीतिक नेतृत्व त्यति भरपर्दो छैन ।

त्यसमाथि बारम्बार हुने सरकार परिवर्तन र राजनीतिक अस्थिरताले गर्दा पनि चीनसँगको सम्झौताको कार्यान्वयन पक्षप्रति ढुक्क हुन सक्ने अवस्था देखिँदैन ।

सम्झौता हुन नसकेका विषय

यो भ्रमणमा भएका सम्झौताहरू मूलतः भविष्यमुखी छन् । भविष्यका लागि तीनले आशा जगाएका छन् । तर, नेपाललाई तत्कालीन राहत चाहिएको थियो । भारतले नाकाबन्दी गरेर इन्धनको हाहाकार सिर्जना गरिदिएपछि हामीलाई इन्धन-आपूर्तिको वैकल्पिक माध्यमको टड्कारो आवश्यकता परेको थियो । तर, इन्धन सम्झौता हुन नसक्दा अलिकति खल्लो भएको छ । संयुक्त विज्ञिप्तिमा चाँडै इन्धन सम्झौता गर्ने प्रतिबद्धता जनाइएको भए पनि यसमा खासै आशावादी हुने ठाउँ छैन ।

मेरो बुझाइमा इन्धन सम्झौता हुन नसक्नुमा राजनीतिक कारण रहेको छ । भारतसँग नेपालको सम्बन्धलाई दृष्टिगत गरेर चीनबाट तेल ल्याउन सरकार हिच्किचाएको हुनुपर्छ ।

नेपालको अर्को आवश्यकता भनेको ऊर्जा हो । ऊर्जा समस्याले गर्दा हामी धेरै वर्षदेखि अर्ध अन्धकारमा छौं । १९ घन्टासम्म लोडसेडिङ झेलिरहनुपरेको अवस्थामा छिमेकीका नाताले चीनले हामीलाई विद्युत् उत्पादनमा सघाउने अपेक्षा गरिएको थियो । तर, यसमा कुनै ठोस सम्झौता हुन सकेन ।

तत्कालीन आवश्यकता सम्बोधन भएन

तत्कालीन लाभका विषयमा सम्झौता हुन नसके पनि थुप्रै सकारात्मक विषय छन्, जसबाट नेपालले आज नभए पनि भोलि लाभ लिन सक्छ । ‘वान बेल्ट वान रोड’ को अवधारणामा आर्थिक विकास गर्न दुवै देश राजी भएका छन् । चीनमा नयाँ नेतृत्पको उदय भएपछि म्यारिटाइम सिल्करोड अर्थात समुद्री मार्गबाट संसारभरि आफ्नो आर्थिक सम्बन्ध जोड्ने योजनाअघि सारेको छ ।

यसैअन्तर्गत हालै इनर्जी सिल्करोड भन्ने पहलकदमी उसले लिएको छ, जसमा नेपाललाई पनि समावेश गरिएको छ । यसैगरी भर्खरै चीनको पहलमा एसिया पूर्वाधार लगानी बैंकको स्थापना भएको छ, जसको सदस्य नेपाल पनि छ । नेपालले यी कुराबाट फाइदा लिन सक्नुपर्छ ।

सम्झौतामा अरनिको राजमार्गको मर्मत र सञ्चालन, स्याप्रुवासी-रसुवागढी सडकखण्डको मर्मत-सञ्चालन, कणर्ाली नदीमाथि हिल्सामा पुल निर्माण, चक्रपथ सुधारको पहिलो चरण समाप्त गरेर दोस्रो चरणको सम्भाव्यता अध्ययन, सीमापार रेलमार्ग निर्माण र रेलमार्गको सञ्जाल नेपालभित्र पनि बढाउनेजस्ता कुरा पनि परेका छन् ।

यसैगरी ३२ हजार घरधुरीलाई सोलार इनर्जी अनुदान दिने भनेको छ । स्वतन्त्र व्यपार सम्झौताका लागि सम्भाव्यता अध्ययन गर्ने, थप नाका खोल्न आवश्यक पहलकदमी लिने भनिएको छ । यसरी प्याकेजमा धेरै कुरा आएका छन्, जसको स्वागत गर्नुपर्छ । अब यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय प्रधान छ ।

व्यापार विविधीकरणको ढोका

सबैभन्दा महत्त्वपूर्ण सम्झौताका रूपमा पारवहन सम्झौता मानिएको छ । यो भविष्यप्रति आशा जगाउने सम्झौता हो । ग्वाङझाउ बन्दरगाहमार्फत तिब्बतको बाटो हुँदै समुद्रपारबाट आयात गर्ने सम्भावनाको ढोका यसबाट खुलेको छ ।

नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकाले व्यापार विविधीकरणमा जानैपर्छ । व्यापार विविधिकरणमा नजाँदाको दुख हामीले लगातार व्यहोर्दै आएका छौं । पारवहन सम्झौताले नेपालको व्यापार विविधीकरणका लागि मार्गप्रशस्त भएको छ । नेपालले ग्वाङझाउ बन्दरगाह प्रयोग गरेर तिब्बत हुँदै व्यापार गर्नु पक्कै पनि सहज छैन । भारतको कोलकाता बन्दरगाह नजिकै छ । लागतको दृष्टिकोणले त्यतैबाट सस्तो पर्छ ।

तर त्यसो भनेर हामी सँधै त्यसैमा निर्भर भइरहन सक्दैनौं । त्यसैले हामीलाई साह्रो-गाह्रो पर्दा विकल्पका रुपमा पनि चिनियाँ बन्दरगाहको महत्त्व ठूलो छ । अब यो बन्दरगाह प्रयोग गर्दाखेरीको लागत र सम्भावित बजारहरूका विषयमा सरकारी स्तरबाट अध्ययन हुनुपर्छ । अहिलेसम्म त्यस्तो अध्ययन भएको मेरो जानकारीमा छैन ।

समदूरी होइन सम-सामिप्यता

नेपालले भारत र चीनसँग समदूरीको वैदेशिक नीति अँगाल्दै आएको छ । यद्यपि, नीति जे भए पनि व्यवहारमा हामी भारतसँग नजिक छौं । भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक यावत कारणहरूले नेपालको झुकाव भारततर्फ बढी छ ।

मेरो विचारमा नेपालले अब समदूरी होइन, सम-सामिप्यता (इक्युप्रोक्सिमिटी) को नीति अंगाल्नु आवश्यक छ । यसको मतलब, भारतसँग जति नजिक छौं, चीन चीनसँग पनि त्यति नै नजिक हुनुपर्‍यो । दूरीभन्दा छुट्याउने कुरा हुन्छ, सामिप्यताभन्दा जोड्ने कुरा हुन्छ । चीनसँग जोडिनका लागि हामीलाई सबैभन्दा महत्त्वपूर्ण कुरा बाटो चाहियो ।

चीनले हजारौं नेपाली उत्पादनलाई आफ्नो बजारमा भन्साररहित प्रवेश दिँदै आएको छ । त्यसबाट लाभ उठाउनका लागि पनि बाटो अत्यावश्यक हो । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन तबसम्म सम्भव हुँदैन जबसम्म सहज आवागमनको प्रबन्ध हुँदैन ।

भारतको अनावश्यक चासो

नेपाल र चीनबीच भएका सम्झौतालाई लिएर भारतमा चिन्ता उत्पन्न भएका खबर मिडियामा आइरहेका छन् । यो हास्यास्पद कुरा हो । चीन र भारतको बीचमा नेपाल रहेको छ । दुवै देशका लागि नेपाल रणनीतिक महत्त्वको देश हो । नेपालका लागि दुवै छिमेकी बराबरी हुन् । एउटा छिमेकीसँग सम्बन्ध राख्न अर्को छिमेकीलाई सोधिरहनुपर्ने अवस्था हुँदैन । त्यस हिसाबले चीनसँग नेपालले गरेको सम्झौताले भारत नाखुस हुनुपर्ने, असन्तुष्टि सिर्जना हुनुपर्ने सन्दर्भ नै आउँदैन । यो केवल उनीहरूको दरिद्र मानसिकता हो ।

लामो समयदेखि आफ्नो पकडभित्र रहेको नेपाल अब फुत्कन लागेको हो कि भन्ने चिन्तनबाट उनीहरू ग्रस्त देखिएका छन् । असल छिमेकी हो भने प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा उसले चासो राखिराख्नुपर्ने नै केही छैन ।

(अर्थशास्त्री दाहालसँग गरिएको कुराकानीमा आधारित)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

NSU leader among 2 killed in Bara bus-car collision

KATHMANDU/BIRGUNJ: Nepal Students Union leader Lal Kumari Pokharel aka Swastika died in a bus-car collision in Amlekhgunj of Bara district on Monday morning.

Police identified two victims of the accident as the 37-year-old leader of the Nepali Congress-aligned NSU and her car driver Dhruva Karki.

Pokharel was the President of Free Students Union of Kathmandu-based Padma Kanya Campus.

The car (Ba 3 Cha 8097) heading toward Hetaunda from Pathalaiya had collided head-on with a passenger bus (Na 4 Kha 5696) at around 4:45 am today.

Both had died on the spot.

Police said two others sustained injuries and are undergoing treatment at a Birgunj-based health facility.

Further investigation is underway.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

NEA to reduce loadshedding hours

Kathmandu, March 27 – Nepal Electricity Authority (NEA), the state-owned power utility, is reducing loadshedding hours to 77 hours per week from Tuesday, considering the board examinations of Grade 10, which is beginning on March 31.

With this reduction in loadshedding hours, the country will face power cuts for around 11 hours per day on average, according to Bhuwan Kumar Chhetri, chief of Load Dispatch Centre at NEA. At present, the country goes without electricity for up to 84 hours per week, or 12 hours per day on average.

Nepal currently generates around 762 megawatts of hydroelectricity, whereas peak demand, this year, stood at over 1,300 MW. Even the power generation capacity of normal times dips during winter because most of the hydro projects are built under run-of-the-river model. Run-of-the-river hydro projects generate electricity whenever there is water in the river. So, as soon as water level dips, electricity production from these projects falls.

To meet the deficit, the country is currently importing around 315 MW of electricity from India.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Transit treaty with China vital achievement: PM

Kathmandu, March 27 – Prime Minister KP Sharma Oli today claimed that unhindered access to sea through Chinese land as part of the transit transportation agreement for landlocked Nepal was one of the important achievements of his China visit.

Addressing the media at the VVIP lounge of the Tribhuvan International Airport upon his arrival after a week-long China visit, PM Oli said China welcomed the promulgation of the constitution, terming it a historic progress in the political transition of Nepal.

He said China hoped Nepal could use the opportunity to ensure political stability and economic development. PM said the main objective of his visit was to lay the foundation of long-term Nepal-China economic ties for economic development and prosperity of Nepal.

He said he visited the neighbouring countries to ensure their support for Nepal’s prosperity following the promulgation of constitution.

He claimed that the government had a policy of not comparing its relationship with the two neighbours. He said the government was for further strengthening the existing relations with them.

PM Oli said high-level authorities had assured him of strengthening bilateral relationship.

He added that he was expecting a high-level visit to Nepal from China in 2016, as he had invited Premier Li Keqiang on his behalf and President Xi Jinping on behalf of President Bidhya Bhandari to visit Nepal.

Answering queries on behalf of PM Oli, Deputy Prime Minister and Foreign Minister Kamal Thapa said Nepal’s relationship with both its neighbours was different and there was no need to compare the relations with each of them.

He said the agreements signed with China would come into effect immediately. The PM and his team were welcomed by Speaker Onsari Gharti, Deputy PMs Bhim Rawal and Chitra Bahadur KC, besides ministers and UML leaders at TIA.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ATC tower giving wrong aviation weather information to pilots

Kathmandu, March 27 – The Department of Hydrology and Meteorology, as well as the Air Traffic Control tower, often provide wrong aviation meteorology information to pilots though meteorological observations and reports for air navigation have a direct link to aviation safety.

Talking to this daily, the pilots said they constantly got misleading meteorological information from the service providers.

“Tower informed us that there was some 3 km of visibility this morning but DHM’s update showed it to be less than 1.5 km while Kathmandu was engulfed by haze,” a senior captain told this daily recounting the communication with the air traffic control tower at Tribhuvan International Airport.

Wrong transmission of such sensitive information could invite disaster, he said. The pilots who mainly fly Boeing 757-200 need at least 2.8 km of visibility for landing at TIA.

Not only at TIA, pilots have also been facing a tough time at Lukla-based Tenzing Hillary Airport while they prepare for landing at the world’s most dangerous airport.

“Information being provided by Lukla tower is not sufficient and is often miscalculated and misleading,” said a domestic airlines pilot who flies daily to Lukla with climbers and trekkers on board.

According to him, there is an urgent need for CAAN to monitor whether their staff in Lukla follow standard operating procedures or not.

The pilots have noted serious deficiencies in the quality of aviation meteorology services though the official aeronautical information publication for Nepal, issued by Civil Aviation Authority of Nepal, specifies that the high quality and timely services are rendered in accordance with the provisions of Annex 3: Meteorological services for international air navigation of the International Civil Aviation Organisation.

“In view of the outstanding need for quality meteorological data, the ICAO in its annex introduced the requirement for a quality management system like ISO effective from 2012, as the aviation meteorology is essentially considered the backbone of civil aviation on matters of safety, regularity as well as efficiency.”

Apart from a problem in measuring observation and reporting various parameters, including wind speed, wind direction, pressure altitude, temperature, dew point and runway visual range, a senior captain claimed that the information on aviation weather provided by tower and DHM was often contradictory.

DHM’s Director General Rishi Ram Sharma, however, claimed that the department, with its limited resources, was providing high-quality service abiding by the standard operating

procedures. “But, most of the pilots never attend Met briefing before flying aircraft,” he accused. Senior CAAN officials, as well as TIA tower controllers, refused to comment on pilots’ concerns.


 

Bomb hoax shuts TIA

KATHMANDU: Tribhuvan International Airport remained shut for nearly two and a half hours on Sunday afternoon halting all flights after a Jet Airways flight coming from New Delhi received a bomb threat from an anonymous caller.

According to TIA’s general manager Devanand Upadhyay, following the bomb scare, all 161 passengers and nine crew members got off the plane (flight 93-260) that landed at TIA at 4:35pm.

The bomb call turned out to be hoax after a bomb disposal squad of the Nepali Army conducted an intensive search on the Jet aircraft, he said.

“TIA resumed its operation after getting security clearance and it also rescheduled all international flights in the evening,” he added. Earlier, the haze over Kathmandu had also disrupted flights at TIA.

“A few domestic flights were delayed and three international flights were diverted to Lucknow and other airports due to poor visibility,” Upadhyay said.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

70 staffers barred from Singha Durbar

Ministry of General Administration today refused entry to 70 government employees in Singha Durbar for failing to comply with dress code for civil servants.

Spokesperson for the Ministry of General Administration Kamal Prasad Bhattarai told THT that the ministry enforced the dress code for civil servants after issuing warnings a few weeks ago.

He said 114 employees, who had violated the dress code but whose violations were not serious, were let in with a caveat.

“Some employees’ shirts did not match the dress code, others’ shoes did not match,” Bhattarai said of the 114 employees who were let in.

“This is more about maintaining discipline in the government offices. If the security personnel can wear uniform while discharging their duty, why can the government employees not wear uniform?” he said, adding that enforcing dress code was necessary to send positive message to the public.

Bhattarai said the government provided annual uniform allowance of Rs 7,500 to employees and they were supposed to follow the dress code.

The ministry had deployed 15 staffers on three gates of Singha Durbar to ensure compliance with the dress code.

Bhattarai said the ministry had issued circulars and had also verbally informed the employees of its decision to enforce the dress code.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

६२ हजार रुपैयाँमा बिक्यो एउटा कागतीको गेडा

एउटा कागतीको गेडालाई कति पर्ला ? बढिमा ५।१० रुपैयाँसम्म । ५०-६० हजारमा त गाउँघरतिर लटरम्म फलेका २-३ वटा कागतीका बोट नै खरीद गर्न पाइएला ।

तर भारतमा भने कागतीको बोट होइन कागतीको एउटा गेडा नै ६२ हजार रुपैयाँमा बिकेको छ ।

भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम भएको हो ।

हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको अन्तिम दिन भगवान मुुरुगनको भालामा लटकाइएको फलफुलको लिलामी गरिन्छ । यस्तो फल जसले किन्दछ उसलाई सम्वृद्धि प्राप्त हुन्छ र सन्तान नभएकाहरुलाई सन्तान लाभ पनि प्राप्त हुन्छ भन्ने मान्यता छ ।

जयरामन तथा अमरावती दम्पत्तिले यो कागती खरीद गरेका छन् । यो कागतीसँगै अन्य आठवटा कागती पनि लिलाम भएका छन् । सबै ९ कागती मिलाएर ५७ हजार ७ सय ७२ भारु मूल्य परेको बताइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोसी ग्यासद्वारा ३० करोडको अत्याधुनिक प्लान्ट जडान

मोरङ, १५ चैत । मोरङको हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले रु ३० करोडको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ ।

दैनिक आठ घन्टामा १० हजार सिलिन्डर ग्यास भर्ने क्षमता रहेको सो उद्योगमा उक्त प्लान्ट जडानको कारणले ग्यास सिलिन्डरको हाईड्रोलिक गुणस्तर जाँच नियामितरुपमा भइरहेको उद्योगका प्रबन्धक सचित उपाध्यायले जानकारी दिनुभयो ।

डेनमार्कको कोसानक्रिस प्लान्टबाट आयात गरिएको सो मेसिनरी प्लान्ट यस उद्योगमा जडान गरी सिलिन्डर भर्नेदेखि बजारसम्म पठाउने कार्यमा गुणस्तरीयता कायम राखिएको ग्यास उद्योगले दाबी गरेको छ ।

२६ वर्ष अगाडि स्थापना भएको सो उद्योगको ग्यास भर्नेदेखि सुरक्षा जाँच जनशक्तिबाट हुने गरेको थियो भने अहिले डेनमार्कबाट ल्याइएको अत्याधुनिक प्रविधिबाट सिलिन्डरको हाइड्रोलिक जाँच, अग्नि सुरक्षा, तौल जाँच, लिकेज जाँच तथा अन्य जाँच पनि कम्प्युटर एव्म मेसिनरी प्रविधिबाट गर्ने गरिएको उद्योगका प्रबन्धक उपाध्यायले बताउनुभयो ।

पूर्वाञ्चलमा सबैभन्दा बढी सो ग्यासको उपभोक्ता रहेको बताइएको छ । सो उद्योगको क्षमताअनुसार सरकारले ग्यासको सहज आपूर्ति गराउन नसकेकाले यस क्षेत्रमा ग्यासको केही समस्या भएको बताइएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी युवकले किन राखेका थिए पेस्तोल र गोली लुकाएर ?

लहान, १५ चैत्र । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको विष्णुपुरकट्टीबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा विष्णुपुरकट्टी–४ निवासी १९ वर्षीय जीतेन्द्र महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

ठूलो अपराध गर्नका लागि उनले पेस्तोल र गोली लुकाइ राखेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

आफ्नै घरमा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

महतोलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कान्छी पत्नीसँग सुतेका यादव ओछ्यानबाट नउठेपछि…

गौशाला, १५ चैत । महोत्तरीको जलेश्वर–५ मा आज बिहान अत्यधिक रक्सी सेवनबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डाम्हीमडै गाविस–६ घर भई जलेश्वर नगरपालिका–५ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय नरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सधैँ अत्यधिक रक्सी खाने गरेका यादव गए राति जलेश्वर–५ स्थित जालिम साहको घरमा रहेको आफ्नो डेरामा पत्नीसँगै सुतेकोमा आज बिहान उनी आफ्नै ओछ्यानमा मृत फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

यादवका पत्नी ३० वर्षीया रेणु देवीका अनुसार उनी अबेर राति अत्यधिक रक्सी सेवन गरी आएर सुतेका थिए भने आज बिहान उनी अबेरसम्म नउठ्दा उनलाई उठाउन जाँदा उनी मृत फेला परेका हुन् ।

दुई पत्नी रहेका यादव गत वैशाख १२ को भूकम्पपछि जेठी पत्नी र चार छोराछोरीलाई गाउँमा छाडेर कान्छी पत्नी रेणुसित जलेश्वरमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीले उनको अत्यधिक रक्सी सेवनकै कारण मृत्यु भएको हुनसक्ने प्रारम्भीक अनुमान गरेका छन् भने मृत्युबारे स्पष्ट बुझ्न प्रहरीले मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी गरिरहेको प्र्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेता पौडेलको निवासमा सांसदहरूको भेला, देउवा हराउने रणनीति बन्दै

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसको सभापति पदमा पराजित नेता रामचन्द्र पौडेलले आज आफ्नै निवासमा सांसदहरूको भेला बोलाएका छन् ।

काठमाडौंको बोहराटारस्थित आफ्नै निवासमा नेता पौडेलले सांसदहरूको भेला बोलाएका हुन् । भेलामा आफू निकटका सांसदहरूलाई मात्रै बोलाइएको स्रोत दाबी छ । भेला दिउँसो १ बजेपछि हुनेछ ।

तर, पौडेल निकटका नेताहरूले भेलामा सबै सांसदहरूलाई खबर पठाएको दाबी गरेका छन् ।

चैत २४ गते संसदीय दलको नेताको निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई लिएर पौडेलले आफ्ना पक्षका सांसदहरूको भेला बोलाएका हुन् ।

पौडेलले दलको नेतामा पनि आफूले उम्मेदवारी दिने तयारी गरेका छन् । दलको नेतामा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने यसअघि जनाइ सकेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् राप्रपा र राप्रपा नेपाल फुटाउँदै गरेका नेताहरू  

काठमाडौं, १५ चैत । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला राप्रपा भने विभाजनको अन्तिम संघारमा रहेको छ ।

राप्रपाका नेता हेमजंग गुरुङसहितका एक दर्जन केन्द्रीय सदस्यहरूले पार्टी चोइट्याएर राप्रपा नेपालमा प्रवेशको तयारी गरेका हुन् ।

राप्रपा चोइट्याउने अन्तिम तयारीमा रहेका नेताहरूमा भुवन पाठक, भीमप्रसाद गौचन, नरबहादुर बुढाथोकीलगायतका एक दर्जन केन्द्रीय सदस्य रहेको उच्च स्रोतले जनाएको छ ।

राप्रपा र राप्रपा नेपालबीच आगामी वैशाखभित्र पार्टी एकताको तयारी भएको छ । तयारी स्वरुप दुबै पार्टीमा वार्ता टोली गठन गरेर वार्ता पनि भइरहेका छन् । तर वार्ता पछिल्लो समय शून्य प्रायः रहेको छ ।

राप्रपा मात्रै होइन राप्रपा नेपाल पनि विभाजनको संघारमा छ । राप्रपा नेपालका नेता केशरबहादुर विष्टले पनि पार्टी विभाजन गर्न खोजी रहेको स्रोतको भनाइ छ । विष्टले राप्रपा नेपाललाई विभाजन गरेर राप्रपामा प्रवेशको तयारी गरेको एक नेताले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कुरुप काठमाडौं: राजधानी उर्फ लाजधानी !

दिल निसानि मगर

विभिन्न स्रोतहरुले नेपालको राजधानी ‘काठमाडौं’ एशियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेर पुष्टि गरेका छन् । नांगो आँखाले हेर्दा यहाँको वायुमण्डल निकै धमिलो देखिन्छ । स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले आँखा पिरो हुने, चिलाउने, घाँटी खसखसाउनेजस्ता समस्या भोगिरहेका छन् ।

काठमाडौंमा अधिकांशले मुखमा मास्क लगाएर हिँडिरहेका देखिन्छन् । आफ्नै सहर आफ्नै लागि गन्हाएको छ । आफू वरिपरिको वातावरण आफ्नै लागि हानिकारक बनिरहेको छ । आफ्नै माटो आफ्नै लागि विष बनिरहेछ ।

आचीमा बसेको झिँगाले ‘प्रफ्युम’ छर्किहालेछ भने पनि त्यो झिँगा नै हो । प्रकृति नै गन्हाउन थालेपछि जतिसुकै कृत्रिम प्रफ्युम छर्के पनि हामी फोहोरी देशका झिँगा हौँ । हो, हामी नेपाली र झिँगाबीच खासै अन्तर छैन । झिँगा फोहोरको थुप्रोमा बस्छ, हामी पनि बसेकै छौँ । झिँगा शौचालयको वरिपरि चियाको जूठो गिलास चुस्दै बस्छ । हामी पनि त्यसै गरेका छौँ । जानुहोस् रत्नपार्कको आकाशेपुलमुनि जहाँ, खुला शौचालय र खुला चिया पसल एकै ठाउँ जोडिएका छन् । झिँगा र मानिसहरू एकैसाथ झुम्मिएका छन् ।

सहरको किनारमा घरभन्दा ठूलो फोहोरका थुप्रा छन् । घरअगाडि ठिंग उभिएको हुन्छ एक स्थानीय मानिस । तर, आफूअगाडि थुपि्रएका फोहोरका डंगुरहरू उठाउनका लागि ऊसँग एक चिम्टी विवेक छैन । चोक र गल्लीमा दुर्गन्ध यति धेरै फैलिरहेको छ, मानौँ कि काठमाडौं भनेको एक सार्वजानिक शौचालय हो । र, देशभरका मानिसहरू दिशा, पिसाब गर्नका लागि यहाँ आइपुग्छन् । कोही छन् कि यसो दायाँ वायाँ हेर्‍यो, छैनन् भने सडकमा ठिंग उभिएर जो-कोहीले पनि पिसाब फेर्न सक्छ । काकताली मिलेमा दिसा समेत गर्न सक्छ ।

पैदलयात्रीहरू आवात-जावत गर्नका लागि निर्माण गरिएको काठमाडौंका आकाशे पुल ती कुनै पनि हालतमा पुलजस्ता देखिन्नन्, ती फुटपाथे पसल बनेका छन् । दुई-चार थान लुगा समातेका पोके व्यापारीले सिंगो पुल नै कब्जा गरेर पसल फिँजाउन मिल्दैनथ्यो ।

पैदलयात्रीले प्रयोग गर्ने बाटो पोके व्यापारीको पसल बनेको छ । यो सहरलाई कुरुप बनाउनेमा पोके व्यापारीहरूको ठूलो भूमिका छ । तर राज्य कहाँ छ ? कि उल्टै भाडामा दिएर कमिसन खाँदै छ ? थाहा छैन । आकाशेपुल भाडामा दिनका लागि बनाएको त पक्कै होइन होला ।

पर्यटकहरू समेत हिँड्ने मुख्य सडकमा खाजा घर चलाएका व्यापारीले पैदलयात्री नै अल्भिmने गरी बलियो धागोमा टाँगेर सुकुटी सुकाइरहेका देखिन्छन् । मःमः खाने ग्राहकभित्र हुन्छन्, पकाउने भाँडो बाहिर हुन्छ । र, चना, चटपटे चिया, आयुर्वेद जडिबुटी जहाँ उभिएर, जुनसुकै स्थानमा बेचे पनि भयो ।

यो देशमा अनुशासन सिकाउने कुनै नियम-कानुन वा प्रचलन छैन । शिक्षित युवासमेत मीठापान खान्छ, अनि पिच्च बाटोमा थुक्छ । मानौँ कि बाटो बाथरुमजस्तो भएको छ, बाथरुम बाटोजस्तो ।

काठमाडौं सहरका भित्ता र पर्खालहरू राजनैतिक दल र व्यापारिक प्रायोजनका निम्ति निकै अव्यवस्थित ढंगबाट रंगिएको छ । यस्तो लाग्छ कि यी भित्ता अनि पर्खालहरू तिनको पिताजीको निजी बिर्ता हुन्, राष्ट्रिय सम्पत्ति हुँदै होइनन् ।

राष्ट्रिय सम्पत्तिको त सम्मान हुन्छ, जे गरे पनि हुँदैन । बिजुलीको खम्बामा पोस्टर टाँसेको आरोपमा जेल जीवन बिताउनुपर्ने कैयौँ देश छन् । हालसालै कांग्रेसको महाधिवेशन हुँदा जताततै टाँसिएका, झुन्ड्याइएका प्रचार सामाग्री अझै उस्तै छन् । पढे-लेखेका तरुण दलका युवाहरू कानमा चमेलीको तेल हालेर सुतेका छन् ।

सवारी-साधनले सात पुस्तादेखि संकलन गरेको धुँवालाई एकैचोटि फ्याँकेजस्तो सडक नै धुँवामय बनाइदिन्छन् । यो सहरलाई दूषित बनाउन मुख्य रुपमा थोत्रा सवारी-साधनका मालिक दोषी छन् । निश्चित किलोमिटरको यात्रा पूरा गरेपछि ती सवारी-साधनलाई आराम दिनुपर्ने हुन्छ ।

तर, काठमाडौंमा बैंस आउँछ । अन्तर्राष्ट्रिय विमानस्थल बाहिर थोत्रा ट्याक्सी लिएर पाखुरा समात्न आइपुग्छन् गेस्ट-हाउस सञ्चालकका सहयोगीहरू । मानौँ कि आज विदेशबाट गेस्ट आएको होइन कुनै चोर, लुटेरा वा अपराधी आएको हो ।

फोहोर संकलन गर्ने डस्टबिन सिंगो काठमाडौंभरि खोज्दा पनि भेटिन्न । महानगरपालिकाका दुई-चार महिलाले एकाविहानै कुचो समातेर काठमाडौं सफा राख्न निस्किन्छन् ।

उनीहरू सफा गर्दै जान्छन्, फोहोर फ्याँकिँदै जान्छन् । हिँड्दै छ, पाइला मेट्दै छ भनेजस्तो । सडक किनारको ढल, नाली खोतल्यो भने जंगबहादुर राणाको पालादेखिको हिलोमैलो एकैसाथ भेटिन सक्छ । यहाँका मानिस बरु वेश्यालय र रक्सी दोकानलाई चिटिक्क पारेर सफा गर्न तयार छन् । तर, घरअगाडिको सडक सफा गर्दा यिनलाई नाफा हुँदैन ।

संस्कारमा नहुर्केको अनपढ नेपाली नागरिक नै किन नहोस् । यदि ऊ केही समय विदेश बसेर आयो भने काठमाडौं सहर देखेर कि ऊ हाँस्छ कि गम्भीर हुन्छ । विदेशमा उसले फलफूल खाएपछि त्यसको बोक्रा फोहोर व्यवस्थापनको सम्बन्धित टोकरी नभेटिँदासम्म खल्तीमा राख्छ ।

तर, काठमाडौंमा फ्यात्त सडकमा फ्याँक्ने सुविधा पाउँछ । गम्भीर यस अर्थमा कि आफ्नो देशको राजधानी किन लाजधानी जस्तो छ भनेर । मेरो देशमा किन संस्कार वा सिस्टम छैन भनेर । मानिसहरू किन अनुशासनहीन र जिम्मेवारीविहीन छन् भनेर ।

सडक किनारमा बिजुलीका तार बेतमासले झुन्डिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई रतन्धो लागेको छ । सानो-सानो कुराले सहरको सुन्दरतालाई कति कुरूप बनाउँछ भन्ने कुरा तिनलाई थाहा नभएको पनि होइन, किनभने अध्ययन भ्रमणको सिलसिलामा विदेश घुमेर तिनीहरूले राज्यका करोडौँ रकम स्वाहा पारेका छन् । तर खै किन होला काठमाडौंलाई सुन्दर बनाउन ती मरिकाटे लाग्दैनन् । कतिपय स्थानमा झुण्डिएका तारहरूले पैदलयात्रीको टाउको छुनै लागेका छन् ।

काठमाडौंको कैयौँ स्थानमा कच्ची बाटो छ । सवारी हुइँकिँदा धुलो उडेर जमिन नै ढाकिदिन्छ । तर, सडक विभाग चुपचाप छ । बरू सडक विभागका ती कर्मचारी कार्यालयभित्रै तास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेको अखबार आउँछ । तर, सडक सुन्दर बनाउन सडक किनारमा फूलहरू रोपेको, बगैँचा निर्माण गरेको समचार कहिल्यै आएन । ट्राफिक संकेतको त कुरै छोडौँ, ‘जेब्रा क्रसिसको’ संकेतहरू पनि मेटिएका छन् । उभिएर शताब्दी बिताएको बूढो रूखजस्तो थकित देखिन्छ, काठमाडौं ।

kathmandu-4

सरकार कहाँ छ ?

शहरी विकासदेखि वातावरण मन्त्रालयसम्म गठन गरेको छ सरकारले । वातावरण, सरसफाइ र सहरी विकासका नाममा वाषिर्क करोडौँ रुपैयाँ निकासा हुन्छ । विदेशी दाता र एनजीओ, आइएनजीओले पनि आफ्नै तबरबाट करोडौँ डलर यस्तै शीर्षकमा खर्च गरेका प्रतिवेदन सार्वजनिक हुन्छन् । तर, यी मन्त्रीहरूले आफ्नै नाकमा झिँगा भन्केको देख्दैनन् । कूटनैतिक नियोगका हाकिमलाई समेत थाहा छैन कि सहरी विकासका निम्ति हाम्रो मुलुकबाट आएको करोडौँ डलर कसले झ्वाम्म पार्यो भनेर । एनजीओ, आइएनजीओको त कुरा अलि लामो हुन्छ ।

आफ्नो नाकमा किन झिँगा उडेर आई बस्यो भन्ने रहस्य खोज्दैनन् मन्त्रीहरूले । मन्त्रीले रहस्य खोजिदिएको भए काठमाडौंका गल्ली र चोकहरूको फोहोर प्रशोधन गरेर कच्चा पदार्थ बनाउन सकिन्थ्यो । दिल्लीका भैयाहरूले पुराना बोतल, फलाम, प्लास्टिकलाई कवाडीको रुपमा संकलन नगरिदिने हो भने सिँहदरबार भित्रै हैजा आउने ठूलो खतरा देखिन्छ ।

यो देशका भीआईपी, भीभीआईपी यही थकित सहरका थोत्रा सडकमा रवाफका साथ ‘साइरन’ बजाउँदै हुइँकिन्छन् । तर, तिनलाई आफू फोहोरी देशका मानिस हौँ भनेर कत्ति पनि आत्मग्लानी हुन्न ।

छन त सरकार यहीँ छ । यही फोहोरका डंगुरबीच विदेशीले उपहार दिएको ‘प्रफ्युम’ छर्केर कालो सिसाबाट देखिरहेछ, आफूले हाँकेको देशको यो दुर्गति । उसले सोचिरहेछ, आगामी सम्बोधनका लागि आवश्यक उखानहरू टुक्काहरू, भ्रमहरू, ढाँटकपट र छलछामहरू । तर सोचिरहेको छैन यी बिजुलीका तार किन जमीन छुन लागेका होलान् भनेर । सडक किनारमा थुपि्रएका यी फोहोरहरू किन डिस्पोजल नगरिएका, यी मुख्य कच्ची सडकहरू किन पिच नगरिएका भनेर पनि सोचिरहेको छैन ।

सोच्नका लागि फुर्सद चाहिन्छ । फुर्सद निकाल्नका लागि समय चाहिन्छ । समय व्यवस्थापनका लागि इच्छाशक्ति चाहिन्छ । इच्छाशक्तिका लागि दिमाग चाहिन्छ । हाम्रा नेताको काम पनि छैन, फुर्सद पनि छैन । सधैँजसो दौडधूप केका लागि त, देश कंकाल बनाउनका लागि ?

जाबो देशको केन्द्रबिन्दु राजधानीको फोहोर व्यवस्थापन गर्न नसकेपछि अरु केही गर्न सकिन्न । घर वा मानिसको सभ्यता भनेको सफा-स्वच्छता सुग्घर हो कि होइन ? फोहोर देशको सभ्यताको प्रचार विदेश जगतमा घृणित हुन्छ भन्ने हेक्का हुँदाहुँदै नीति र योजनालाई कार्यान्वयनमा किन नल्याउने ?

सरकारका सचिवहरू सरकारमा बसुन्जेल शक्तिकेन्द्रको चाकडी गर्न व्यस्त हुन्छन् । पदबाट पेन्सिन लिएर बिदा भएपछि चर्चा कमाउनका लागि मात्रै भए पनि झाडू समातेर वागमती नदी सफा गर्न निस्कन्छन् । उदाहरणका लागि लीलामणि पौड्याल । राज्यस्तरबाटै नीति बनेन र यसलाई कार्यान्वयन गर्न राज्यका संरचना खटिएनन् भने केही हुनेवाला छैन । बाबुराम नेतृत्वको नयाँ शक्तिको ‘क्लिन, गि्रन काठमाडौं’ जे भने पनि यो क्षणिक चर्चाका लागि गरिएका प्रचारवादी काम हुन् ।

राज्यका संरचनाहरू जिम्मेवार नबनेसम्म कुनै एक व्यक्ति वा समूहको इच्छा, चाहना र भावनाबाट परिवर्तन सम्भव देखिन्न । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकाका कर्मचारी दिनभरि घाम तापेर बस्ने, कुनै नीति योजनाहरू निर्माण नगर्ने हो भने एकजना मानिस झाडु बोकेर सडकमा निस्किँदैमा सहर सफा हुँदैन ।

कामचोरलाई घोक्रेठ्याक लगाएर काममा लगाउनका लागि सिस्टम -प्रणाली) को विकास गर्नु आवश्यक छ । यो सहर प्रदूषित हुनुमा नागरिकहरू भन्दा सरकार नै दोषी छ ।

काठमाडौंलाई कसरी सुन्दर सहर बनाउने ?

काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेका छन् । विज्ञले आफ्नो धारणा पनि बेला-बेलामा राखी नै रहन्छन् । तर, काठमाडौं जस्ताको तस्तै छ । देशको राजधानी भएकाले पक्कै पनि काठमाडौंसँग देशवासीको भावना, सम्बन्ध र परिचय छ ।

तर, काठमाडौंले जुन मात्रामा स्वदेशी, विदेशीको मन जित्नुपर्ने थियो, त्यो छैन । काठमाडौंलाई मेट्रोसिटी र साइकल सिटीको रुपमा विकास गर्न सकियो भने सडकमा सवारीको चाप स्वतः घट्छ र वायु प्रदूषित हुन पाउँदैन ।

फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्दछ । अहिले भएको के छ भने सडकका किनारहरू पुल-पुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो । काठमाडौं सहरलाई कुरुप बनाउन यिनीहरूको ठूलो भूमिका छ । सभ्य र विकसित देशहरूमा जहाँ गए पनि कसैले यस्तो किसिमको अनुशासनहीन काम गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो ? सरकारले जवाफ दिनुपर्दछ ।

सहरको मुख्य सडक उप्किँदाबित्तिकै कालोपात्रे गरिहाल्ने पद्धतिको विकास हुन जरुरी छ । हामीकहाँ त के छ भने एउटा भौतिक निर्माणका लागि अर्को आर्थिक वर्ष कुर्नुपर्ने । जेसुकै भत्कियोस्, कोही कसैलाई प्रवाह छैन ।

काठमाडौंको विभिन्न चोक, गल्ली कच्ची छन् । तिनलाई तत्काल कालोपत्रे गर्नुपर्दछ । सडक किनारमा रहेका फोहोरका थुप्रालाई दैनिक रुपमा व्यवस्थान गर्नुपर्दछ । आज जम्मा भएका फोहोर भोलि वा दुई दिनभित्र निश्चित स्थानमा व्यवस्थापन गर्न नसके दुर्गन्ध स्वतः फैलिन्छ ।

सडकको किनारमा फूलबारी, बगैँचा बनाउने कुरा त टाढाको सपनाजस्तो भयो । तर, पैदलयात्री र सडक किनारमा बसोबास गर्ने मानिसले प्रयोग गरेका सामानबाट निस्कने फोहोर संकलनका लागि प्रत्येक दश मिटरको दूरीमा ठूला आकारमा बाल्टी राखिनुपर्छ । फोहोर चिज सडकमा जथाभावी नफाल्ने संस्कार स्थापित हुँदै गयो भने स्वतः आदतको रुपमा स्थापित हुन्छ । र, पुस्ताले त्यही चिजको अनुशरण गर्दछन् । स-साना बालबालिकाले सडकलाई माया गर्छन् र सिक्छन् सामाजिक प्राणी हुनुको दायित्वबोध ।

काठमाडौंको ढल निकास पनि एकदमै अव्यवस्थित छ । फोहोर ढललाई कुनै नदीसम्म लगेर मिसाइदिने काम मात्र ढल निकास होइन । वागमती नदी प्रदूषित हुनुको कारण यिनै ढलहरू मिसिएकाले नै हो । जबसम्म ढलको उचित व्यवस्थापन हुन्न, तबसम्म वागमती मात्र होइन कुनै पनि नदी सफा रहन्नन् ।

काठमाडौंका कैयौँ स्थानमा ढल फुटेर फोहोर सडकमा निस्केका छन् । ढल रोकिएका -ब्लक) भएका छन् । वर्षा यामको समयमा झन् समस्या हुन्छ । त्यसैले ढलको सहज निकास अपरिहार्य छ ।

फलफूल वा प्याक गरिएका खाजा खायो, निस्केका फोहोर फ्याट्ट सडकमा फ्याँक्यो । अहिलेसम्म भएकै यस्तै छ । सडक फोहोर हुनका लागि हामी सबैको दोष छ । त्यसैले कम्तिमा हामीले हाम्रो कारण निस्केका फोहोरलाई आफैँ ठीक तरिकाले व्यवस्थापन गर्नुपर्दछ । कसैले जानाजान वा अटेर गरेर सडकमा थुक्दै हिँड्छ, दिसा-पिसाब गर्छ, फोहोर फ्याँक्छ भने त्यसलाई कडा कारबाही गर्नका लागि नियम बनाउनुपर्दछ । त्यो नियम सरोकारवाला निकाय र असल नागरिकले युद्धस्तरमा पालना गर्नुपर्दछ ।

व्यापारिक विज्ञापन र राजनैतिक प्रयोजनका निम्ति ठुल्ठूला होडिङ बोर्डहरू झुन्ड्याइएको छ । यस्तो कुनै ठाउँ बाँकी छैन, जहाँका पर्खाल नकोरिएका हुन्, पोस्टर नटाँसिएका हुन् । पर्यटकहरूका निम्ति वा सहरको सुन्दरताका निम्ति परिचित महत्त्वपूर्ण स्थानमा यस्ता प्रचारलाई तत्काल बन्देज लगाइनुपर्दछ । नियमलाई कसैले नमानेमा वा उल्लंघन गरेमा कडाभन्दा कडा कानुनमार्फत दण्डित गरिनुपर्दछ । यो देशको दुर्गति हुनुमा नियम-कानुन आफू पनि नमान्ने र अरुलाई पनि नमान्न उक्साउने प्रवृत्ति जिम्मेवार छ । अबदेखि यस्तो नगरौँ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बहसः ओलीले पाँच वर्ष देश चलाउन पाए के हुन्छ ?

विष्णु रिजाल/ टिप्पणी

आठ दिन लामो चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ । उहाँको भ्रमणका उपलब्धिका बारेमा विमानस्थलमा लामो वक्तव्य वाचन नगर्दै भ्रमणमा के-के भयो र के-के भएन भन्नेबारेमा आमरुपमा जानकारी भइसकेको छ ।

नेपालको दीर्घकालीन हितमा ठूलो योगदान गर्ने र इमानदारीपूर्वक कार्यान्वयन भएमा मुलुकलाई समृद्धिको बाटोतिर लैजाने केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेर प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेका दुबै छिमेकका भ्रमण अत्यन्त सफल छन् ।

विष्णु रिजाल

विष्णु रिजाल

दक्षिणी छिमेकीसँग अहिलेसम्मकै जटिल र तिक्त सम्बन्ध रहेका बेला प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक सूत्रहरुको परिचालन गरेर सहज बनाउँदै जुन भ्रमण गर्नुभयो, त्यो आफैँमा उपलब्धिपूर्ण छ ।

अझ नेपालका प्रधानमन्त्री भारत जाँदा कुनै न कुनै रुपमा तल हात पारेर आउँछन् कि भन्ने चिन्ता रहेका बेला त्यसमा एक इन्च पनि तलमाथि हुन नदिएर उहाँले नेपाल र नेपाली जनताको स्वाभिमान उँचो बनाउनुभयो, जसलाई सानो उपलब्धि भनेर कम आँक्न मिल्दैन ।नेपालसँग गरिब हुनुको पीडा त छँदैछ, सानो हुनुको लघुताभाष पनि प्रशस्त मात्रामा छ ।

भारतसँग केही कुरा हुनासाथ हाम्रो हात तल पर्‍यो भन्ने ‘प्रिअकुपाइड’ मानसिकताबाट हामी ग्रस्त नै छौँ । झन् नेपालमा संविधान जारी हुने बेलामा आफ्ना सुझाव मानिएन भनेर आक्रोशित भएर नाकाबन्दी गरेको भारतसँग यतिबेला गर्ने कुनै  पनि कुरा हाम्रा लागि बढी संवेदनशील हुने नै भयो ।

त्यही नेपाली मनोविज्ञान बोकेर प्रधानमन्त्री ओलीले यतिसम्म कि भारतीय नेतृत्वसँग अभिवादन आदान-प्रदान गर्दा पनि विशेष ध्यान पुर्‍याउनुभएको देखिन्छ । यस्तो पृष्ठभूमिमा कुनै पनि तर्क वा कुतर्कले उहाँको भारत भ्रमणलाई विवादास्पद बनाउन कसैले पनि सक्दैन ।

भारत भ्रमणमा निस्किँदा कुनै ठोस एजेन्डा नबोकेर गए पनि प्रधानमन्त्री ओलीले त्यसको ठीक एक महिनापछि (चैत ७ गते) चीन प्रस्थान गर्दा पनि केही अति आवश्यक एजेन्डाहरु साथमै बोक्नुभएको थियो ।

कुटनीतिक च्यानलबाट पहिल्यै तय भएका र भ्रमणका क्रममा दुई पक्षीय वार्ताबाट अन्तिम रुप दिइएका १० वटा सम्झौतामा बेइजिङमा हस्ताक्षर मात्र भएन, भ्रमणको बीचैमा दुई देशद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा तिनको कार्यान्वयनका बारेमा समेत चर्चा गरिएको छ ।

नेपालमा संविधान जारी भएपछि उत्तरी छिमेकीले सुरुदेखि नै गरिरहेको खुला समर्थन त्यहाँका राष्टपति र प्रधानमन्त्रीले दोहोर्‍याउनुका साथै संकटका साथीका रुपमा आफ्नो मुलुकलाई प्रस्तुत गर्नुभएको छ ।

नेपालमा रेल, पेट्रोलियम पदार्थ जस्ता विषयमा सम्भाव्यता अध्ययन गर्ने सम्झौता अहिले नै आफैँमा ठूलो होइन । यी प्रारम्भिक तहका सम्झौता हुन् र कार्यान्वयन हुने वा नहुनेमा कुनै बाध्यकारी मानिँदैनन् ।

तर, यी विषयमा अघि बढ्ने जुन मार्गचित्र तयार भएको छ, नेपालका तर्फबाट निरन्तर हेरचाह हुने हो भने चीनका तर्फबाट कार्यान्वयन गर्नमा कुनै समस्या आउने देखिँदैन ।

नेपालका तर्फबाट सम्झौतामा हस्ताक्षर हुन्छ अनि कार्यान्वयनका लागि कुनै ताकेता हुँदैन भन्ने छाप चिनियाँ मात्र होइन, अरु मित्रराष्ट्रहरुलाई पनि परेको छ । यस रोगबाट देशलाई मुक्त गर्नका लागि सरकारले निरन्तर रुपमा पहल गरिरहनुबाहेक अरु विकल्प छैन ।

KP-Oli-and-Bamdev-Gautam

चीनसँग बहुचर्चित तेलको व्यापारसम्बन्धी सम्झौता नहुनुलाई यही रुपमा हेर्न सकिन्छ । हामीले भारतसँग ७० प्रतिशत र चीनसँग ३० प्रतिशत इन्धन आयात गर्ने कुरालाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा कुनै विवाद छैन ।

तर, प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुअघि सार्कका विदेशमन्त्रीहरुको बैठकको सन्दर्भमा पारेर नेपाल आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र विदेशसचिव जे जयशंकरले एक एक घन्टा ‘वान टु वान’ कुराकानी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि मात्रै गरेका होइनन् भन्ने कुरालाई पनि यहाँनेर ध्यान दिन आवश्यक छ ।

अहिले चीनसँग सम्झौता हुनासाथ तेल आउने होइन । त्यसका लागि बाटो, भण्डारण क्षेत्र आदि जस्ता अत्यावश्यक पूर्वाधार बनाउन  पनि बाँकी नै छ । तर, त्यो सम्झौता हुनासाथ त्यही निहुँमा भारतबाट स्वतः ३० प्रतिशत तेल कटौती भएर आउने खतराबारे सरकार बेखबर रहन मिल्दैनथ्यो ।

सम्भवतः त्यो वास्तविकता चिनियाँ मित्रहरुलाई झन् बढी थाहा छ । नेपाललाई सहयोग गर्दा आफ्नो कारणले उल्टै कष्ट नपरोस् भन्नेमा उनीहरु पूर्ण रुपमा सचेत छन् । यही पृष्ठभूमिमा तेल आयातसम्बन्धी सम्झौतामा हस्ताक्षर नभएको कुरालाई कम्तीमा कुटनीतिक वृत्तले राम्रै गरी बुझेको छ ।

स्वदेश फर्किंदा प्रधानमन्त्री ओलीले ठीकै  भन्नुभएको छ, दुई छिमेकीबीचको सम्बन्धबीच तुलना हुन सक्दैन ।

भारतसँगको हाम्रो घनिष्टता अरु कुनै मुलुसँग तुलना हुन सक्दैन । भाषा, धर्म, संस्कृति, सभ्यता, रहनसहन, राजनीति जस्ता अनेक कुराले भारत र हाम्रो सम्बन्ध परापूर्वकालदेखि अन्योन्याश्रति र अभिन्न छ । गाली नै गर्दा पनि हामी सीधै भारतलाई भन्न सक्छौँ र भारतले हाामीलाई बुझ्न सक्छ ।

भारतीय विभिन्न एजेन्सीहरुको गलत रोडम्याप, विगतमा हाम्रै नेताहरुले औपचारिक अनौपचारिक रुपमा दिएका बचन, भारतीय कर्मचारीतन्त्रमा रहेको शासकीय मानसिकता र नेपालकै कतिपय नेताहरुको भारत निर्भरताका कारण तत्कालका लागि नेपाल भारत सम्बन्धमा चिसोपन आउनु एउटा कुरा हो ।

तर, त्यही आधारमा नेपाल र भारतका बीचको सम्बन्धको अपरिहार्यतामा आँच आउन सक्दैन । नेपालसँगको विशिष्ट सम्बन्धका कारण भारतीय पक्षसँग केही यस्ता अपेक्षा छन्, जुन आवश्यक नभए पनि स्वाभाविक जस्ता देखिने गरेका छन् ।

उदाहरणका लागि नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण आफ्नै मुलुकबाट हुनुपर्छ भन्ने उनीहरुको चाहना हुने गर्छ । प्रधानमन्त्री ओलीले भारतीय उक्त चासोलाई पनि कुनै जुँगाको लडाइँ नबनाएर पूरा गरिदिएर परिपक्वता प्रदर्शन गर्नुभएको छ ।

सबभन्दा महत्वपूर्ण कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा म संविधानमा रहेका भ्रमहरुका बारेमा स्पष्ट पार्न यहाँ आएको हुँ भनेर उहाँले सार्वजनिक रुपमा जसरी भन्नुभयो, त्यसलाई नै भ्रमणको सबभन्दा ठूलो उपलब्धि मान्नुपर्छ ।

यता चीनसँगको हाम्रो मित्रताको उचाइँ नै छुटै छ । घटनाक्रमहरुलाई सुक्ष्म रुपमा हेरे पनि तत्काल कुनै प्रतिक्रिया नजाउने र नेपालसँग सदैव समस्यामुक्त सम्बन्ध राख्दै आएको चीनले पनि प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च महत्व दिएको छ ।

नेपालको आर्थिक विकासका लागि निरन्तर रुपमा सहयोग गर्दै आएको चीनले बेइजिंगमा रातो कार्पेट ओछ्याएर जुन रुपमा स्वागत गरेको छ, त्यसबाट नेपाललाई उसले दिएको उच्च महत्वलाई इंगित गरेको छ ।

भएका सम्झौता कार्यान्वयन गर्नका लागि मात्रै नेपाली पक्षमा इमानदारी भयो भने चिनियाँ पक्षबाट सहयोगमा कुनै कमी हुने छैन भन्ने सन्देश पनि चीनले दिएको छ । भारतसँग सम्बन्ध चिसो भएको बेला मात्रै आफ्नै देशलाई महत्व दिइएको भान नपरोस् भन्नेमा विशेष सतर्क भएको पाइन्छ ।

प्रधानमन्त्री ओलीले दुई छिमेकीबीच सन्तुलित सम्बन्ध राख्न खोज्नुभएको छ । दुबै छिमेकीलाई चिढ्याएर भन्दा सम्मानपूर्ण सम्बन्ध राखेर अघि बढ्ने प्रधानमन्त्री ओलीको योजना नेपाल जस्तो भूपरिवेष्ठित, सानो, गरिब र पछौटे मुलुकको विदेश नीतिको मूल सिद्धान्त नै हो ।

तर, फेरि पनि प्रश्न आउँछ, यो नीति नेपालले आफ्नो राष्ट्रिय नीतिका रुपमा अंगीकार गर्छ वा केपी ओली सत्तामा रहँदासम्मको अस्थायी नीतिका रुपमा बिलाउँछ ? नेपालको मुख्य समस्या नै यही हो । चीनको त अर्कै कुरा भयो, सत्ता परिवर्तन भइरहने भारतमा पनि विदेश नीतिका बारेमा ठूलो परिवर्तन देखिँदैन ।

तर, एक वर्ष नपुग्दै सरकार परिवर्तन हुने नेपालमा चाहिँ प्रथमतः कुनै ठोस विदेश नीति नै हुँदैन, भइहालेकोमा पनि प्राथमिकता परिवर्तन भइरहन्छन् ।

सरकार फेरबदलको चर्चा

महत्वपूर्ण मन्त्रालय लिएर सत्तामा बसे पनि केही गर्न नसकेको र त्यसको दोष आफूलाई आउने थाहा पाएपछि एमाओवादीले बेलाबेलामा सरकारले राम्रो काम गर्न सकेन भनेर हँसाउने गरेको छ ।

प्रधानमन्त्री ओली चीनमै रहेका बेला यताचाहिँ सरकारको भविष्यका बारेमा गाइँगुइँ चल्न सुरु भइसकेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको नेतृत्वमा सत्ता बजारका चतुर खेलाडी शेरबहादुर देउवा आएपछि सुरु भइसकेको उक्त चर्चामा सत्ताको मुख्य सारथी एमाओवादीले बेलाबेलामा दिन असंगत अभिव्यक्तिले ह्वात्तै पारो चढाइदिन्छ ।

महत्वपूर्ण मन्त्रालय लिएर सत्तामा बसे पनि केही गर्न नसकेको र त्यसको दोष आफूलाई आउने थाहा पाएपछि एमाओवादीले बेलाबेलामा सरकारले राम्रो काम गर्न सकेन भनेर हँसाउने गरेको छ ।

प्रधानमन्त्री ओली चीनको चेङदुमा आइसकेका बेला बसेको एमाओवादीको बैठकले सरकारले पुनर्निर्माणको काम गर्न नसकेको भन्दै यस्तै स्थिति रहे सरकारमा बसिरहन गाह्रो हुने निष्कर्ष निकालेको समाचार सार्वजनिक भएसँगै सरकारको आयुका बारेमा कुरा गर्न रुचि राख्नेहरुका लागि थप मसला मिलेको छ ।

केपी ओलीले प्रधानमन्त्रीका रुपमा मुलुकको जिम्मेवारी सम्हालेपछि केही सपना देखाउनुभएको छ । देश विदेश घुमेको, जेलको कोठरीदेखि सत्ताको शिखरसम्म भोगेको नेताले केही नसोची प्याच्च बोल्नुभयो होला भन्नु आफ्नै मुलुकको कार्यकारीप्रति अविश्वास हुन्छ । भारत र चीनसँगको सम्बन्धलाई कुन दिशामा लैजाने भन्ने बारेमा पनि उहाँको प्रस्ट रोडम्याप देखिएको छ ।

यी सबै कार्यान्वयन गर्नका लागि समय चाहिन्छ । हाजिर गरेको तलब खाने र काम गरेको घुसको अपेक्षा गर्ने दरिद्र कर्मचारीतन्त्र, त्यसैलाई भर्‍याङ बनाएर स्वार्थसिद्ध गर्ने राजनीतिक नेतृत्व अनि कालोबजारी र कमिसनमा डुबेको निजी क्षेत्र रातारात परिवर्तन हुन सम्भव छैन ।

प्रधानमन्त्री ओलीले भाषण गरे जस्तै काम गर्नुहुन्छ कि गर्नुहुन्न भनेर कम्तिमा पाँच वर्ष हेर्न पाएको भए बल्ल मुलुकले केही राहत महसुस गर्ने थियो ।

अनेक बल गरेर सरकार बनाउनासाथ त्यही सरकार कसरी जोगाउने भन्नेमा सम्पूर्ण ध्यान केन्दि्रत गर्नुपरेपछि कतिबेला देशका लागि सोच्छ नेताले ? छ महिना नाकाबन्दी, विरोध र निषेधलाई सम्याउनमै बितेको छ । यसबीचमा दुई छिमेकीबीच सन्तुलन कायम गर्न ठोस पहल भएको छ ।

लगत्तै सरकार परिवर्तनको हल्ला सुरु भइसकेको छ । यस्तो अवस्थामा दीर्घकालीन विकासका सन्दर्भमा कुनै नेताको सोच के छ र उसले कसरी काम गर्न भन्ने आँकलन कसरी गर्न सकिन्छ ?

(पत्रकार रिजाल बुधबार साप्ताहिकका सल्लाहकार सम्पादक हुन् )


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘रेमिट हाइड्रो’का दुई आयोजनाले उत्पादन अनुमति पाएनन्

१५ चैत, काठमाडौं । विदेशमा रहेका नेपालीहरुको पैसाले विद्युत उत्पादन गर्ने लक्ष राखिएको रेमिट हाइड्रोले ११ महिनासम्म प्रयास गर्दा पनि उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउन सकेको छैन ।

सरकारले चालु आर्थिक वर्षको बजेटमै विदेशमा रहेका नेपालीको लगानीमा ‘रेमिट हाइड्रो’ बनाउने उद्घोष गरेको थियो । त्यही लोकपि्रय प्रचारबाजीलाई निरन्तरता दिँदै अर्थ मन्त्रालयले आफ्नो स्वेतपत्रमा पनि यसलाई समेटेको थियो ।

तर, रेमिट हाइड्रोका लागि पेश भएका दुईवटा जलविद्युत आयोजनाले अझै उत्पादन अनुमतिपत्र (लाइसेन्स)पनि पाएका छैनन् ।

सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले गत बैशाख महिनामै उर्जा मन्त्रालयमा दुई रेमिट हाइड्रोपावर निर्माणको अनुमति मागेको थियो ।

ताप्लेजुङको घुम्छा र थिङ्वा जलविद्युत आयोजनालाई कम्पनीले विदेशमा रहेका नेपालीको लगानी रहने गरी निर्माण गर्ने अवधारणा तयार गरेको थियो ।

तर, मन्त्रालयले बहुप्रतिक्षित मानिएको रेमिट हाइड्रोका लागि सामान्य प्रक्रियाबाट अनुमति दिन लाग्दा लगानी जुटाउने प्रक्रिया अघि बढ्न सकेको छैन । अनुमति मागेको ११ महिना बित्दा पनि आयोजनाले लाइसेन्स समेत पाएका छैनन् ।

विदेशमा रहेका नेपाली रेमिट हाइड्रोमा लगानी गर्न आतुर रहँदा यहाँ अनुमति दिने प्रक्रियामा मै ढिलाइ भएको छ । अनुमतिका लागि पेश भएका फाइल उर्जा मन्त्रालयमा लामो समयसम्म थन्किएको छ । यस्ता विशेष महत्वका आयोजनालाई फाष्ट ट्रयाकबाट अनुमति दिनुपर्नेमा झनै ढिलाइ गरिनु बिडम्बनापूर्ण भएको कम्पनीका अधिकारी बताउँछन् ।

अनुमति मागेको झण्डै एक वर्ष बित्न लाग्दा पनि मन्त्रालयले ती दुई आयोजनाको अनुमतिपत्र जारी गरेको छैन । यी दुई आयोजना १ सय ३० मेगावाट क्षमताका हुन् ।

नमूनाका रुपमा अगाडि बढाउन खोजिएको आयोजनामा जलविद्युत विकास कम्पनीको लगानी ५१ प्रतिशत रहने प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक रौनियार बताउँछन् ।

यी आयोजनाहरुमा २४ प्रशित रकम विदेशमा रहेका नेपालीले सिधा लगानी गर्न सक्ने प्रस्ताव गरिएको छ भने स्थानीय नागरिकलाई १० प्रतिशत र सर्वसाधरणलाई १५ प्रतिशत लगानी गर्न दिने प्रस्ताव छ ।

सर्वसाधरण र स्थानीयको लगानीमा ५० प्रतिशत महिलाको लगानी अनिवार्य गरिएको छ ।

अधिकांश घरमा विदेशबाट आउने रेमिट्यान्स प्रयोग र खर्च गर्ने अधिकार महिलामा धेरै हुने भएकाले ५० प्रतिशत सेयरमा महिलालाई अनिवार्य गरिएको रौनियारले बताए ।

‘हामी आयोजनाको अनुमति पाए लगानी जुटाउने तत्काल अघि बढाउनेछौं’ सीइओ रौनियारले भने-‘रेमिट हाइड्रोलाई प्रवर्द्धन गर्न बैंकहरु पनि तयार भइसकेका छन् ।’

कम्पनीले यी आयोजनाहरुलाई सतप्रतिशत नेपाली लगानीमा निर्माण गरिने उनले बताए । घुम्छा र थिङ्वा जलविद्युत आयोजनामा १८ देखि १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

आर्थिक वर्ष ०७०/७१ मा ५ खर्ब २६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । तर, रेमिट्यान्सबाट प्राप्त रकममध्ये ८२ प्रतिशत रकम उपभोगमा खर्च हुँदै आएको छ भने ४ प्रतिशत मात्रै बचत हुने गरेको छ ।

नेपालका ५५ देखि ६० प्रतिशत घरमा युवा अहिले वैदेशिक रोजगारीमा रहेको अनुमान छ । उनीहरुले पठाएको रकमबाट छुट्टै आयोजना बनाउन सके पूर्वाधार निर्माण रेमिट्यान्सको सदुपयोग गर्ने नजिर बस्ने विश्वास जलविद्युत विकास कम्पनीको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पीके क्याम्पसकी स्ववियु सभापति स्वस्तिकाकाे दुर्घटनामा मृत्यु

१५ चैत,  पथलैया । बाराको अमलेखगंज-६ आदाबारमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ८०९७ नम्बरको कार बिहान पौने ५ बजे आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र कारमा सवार उदयपुर, कटारी-२ की ३७ वर्षीया लालकुमारी पोखरेल (स्वस्तिका) रहेका छन् ।

लालकुमारी पोखरेल ‘स्वस्तिका’ पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुन् । उनको घटनास्थलमै मृत्यु भएको  हो ।

दुर्घटनामा कारमा सवारसहित अन्य दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हिन्दु धर्म र ‘बेबीकिङ’ राख्न बैँककमा गोप्य सहमति भएकै हो ?

काठमाडौं, १५ चैत । पश्चिमा राष्ट्र र विशेष गरेर क्रिश्चियन धर्म चाहनेहरूको दबाबमा परेर नेपाललाई धर्मनिरपेक्ष बनाइएको विषयमा दिन प्रतिदिन असन्तुष्टि आउने क्रम जारी छ ।

असन्तुष्टि तीब्र भइरहेका बेला विभिन्न दलका ठूला नेताहरूले पनि ‘जनताले चाहे मुलुक हिन्दु राष्ट्र र राजसंस्था आउन सक्छ’ भनेर अभिव्यक्ति दिन थालेका छन् । यसले गर्दा फेरि एक पटक हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा माहोल बन्दै आएको हिन्दु धर्मलम्बी र राजसंस्थाका पक्षधरहरूले बताउने गरेका छन् ।

हिन्दु धर्मका पक्षमा अभियान चलाइ रहेका हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकासकुमार ठाकुरले ठूला दलका शीर्ष नेताहरूबाट आएका अभिव्यक्तिले पनि हिन्दु धर्म र राजसंस्थाका पक्षमा फाइदा पुगेको दाबी गर्छन् । ‘नेताहरूको अभिव्यक्ति यत्तिकै आएको होइन’, उनले भने, ‘अब हेर्दै जानुस् केही समयभित्र के के हुन्छ आफै थाहा पाइहाल्नु हुन्छ ।’

Bikash Kumar Thakurविकासकुमार ठाकुरले ठूला दलका शीर्ष नेताहरूबाट आएका अभिव्यक्तिले पनि हिन्दु धर्म र राजसंस्थाका पक्षमा फाइदा पुगेको दाबी गर्छन् । ‘नेताहरूको अभिव्यक्ति यत्तिकै आएको होइन’, उनले भने, ‘अब हेर्दै जानुस् केही समयभित्र के के हुन्छ आफै थाहा पाइहाल्नु हुन्छ ।’

मुलुकलाई हिन्दु राष्ट्र बनाउन कै लागि पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो बैँकक भ्रमणका बेला भारतीय र चिनियाँ पक्षसँग परामर्श गरेको स्रोतको भनाइ छ । त्यस बेला हिन्दु राष्ट्र बनाइ बेबीकिङको तयारी भएको स्रोतको दाबी छ ।

२०६२/६३ मा गणतन्त्रको लागि जनआन्दोलनको नेतृत्व गरेका शीर्ष नेताहरूले नै अहिले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा बोल्नुले हालको शासन व्यबस्था परिवर्तन हुने त होइन भन्ने आशंका उब्जाइ दिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका साथै भारत र चीनका प्रतिनिधिबीच गोप्य भेटवार्ता र तयारीले पनि मुलुकलाई हिन्दु राष्ट्रतर्फ अग्रसर बनाएको एक नेताले बताए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले थाइल्याण्डमा गरेको गोप्य बैठकमा राजसंसथालाई स्थान दिँदै बेबीकिङ राख्ने सहमति भएको स्रोतहरूको दाबी छ । तर यसलाई पुष्टि हुने गरेर केही कुरा बाहिर आएका छैनन् ।

जनआन्दोलनको सफलता पश्चात गणतन्त्रको नाममा देशमा रहेका ९४ प्रतिशत सनातन धर्मालम्वीको भावनासँग खेलवाड गरेको हिन्दु धर्मालम्बीहरूले बताउँदै आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वैद्य माओवादी बैठकमा चर्काचर्की

१५ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको जारी केन्द्रीय समिति बैठकमा चर्काचर्की भएको छ ।

‘पार्टी एकताको आधार खोज्न’ भन्दै आहृवान गरिएको बैठकमा विवाद बढ्दै जाँदा ‘घोचपेच र आरोप प्रत्यारोप’ समेत सुरु भएको अाजको राजधानी दैनिकमा समाचार छ ।

क्रान्तिकारीहरुसँग एकता आजको आवश्यकता भए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भर नभएको नेता भएको आरोप लगाउदै उनलाई कसरी विश्वास गरेर जाने? भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका छन् ।

एमाओवादीसँग सिद्धान्तनिष्ठ एकता गर्ने कि निरपैक्षा एकता ? भन्नेबारे बहस चलिरहँदा अधिकांश केन्द्रीय सदस्य एकताको पक्षमा उभिए पनि दाहालको चरित्र र व्यवहारप्रति भने रुष्ट देखिएको एक केन्द्रीय सदस्यदे बताए ।

दाहालकै कारण सिद्धान्त र विचार टुंगो नलगाई पार्टी एकता गर्दा उनीहरुबाट धोका हुने भन्दै एकता अघि नै सबै विषय मिलाउनुपर्ने आवाज उठेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सशस्त्र प्रहरीमा अब सोर्स-फोर्स नचल्ने, कामु आईजीपी राईले चाले कठोर कदम

– सुनिल सापकोटा

गृहयुद्ध र सशस्त्र द्वन्द्वबाट थिलथिलो बनेको मुलुकको सुरक्षित अवतरण गर्न र मुलुकमा शान्ति सुरक्षा कायम गरि शान्त र सुन्दर र समृद्ध मुलुक निर्माण गर्ने उद्देश्यका साथ शान्ति सुरक्षा प्रतिबद्धता भन्ने मूल नारा, लक्ष्य र गन्तव्य लिएर गठन भएको सशस्त्र प्रहरी बल राष्ट्रमा शान्ति सुरक्षा कायम गर्दै अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा पनि उतिकै प्रतिबद्ध देखिएको छ ।

अब भनसुन गरेर सोर्स फोर्स गरेर जागिर खाने मिसनमा जाने कुराको कल्पना समेत नगरे हुन्छ । किनकि यसको विरुद्धमा राईले कठोर कदम चाल्दै छन् । राई भन्छन् ‘संगठनमा जो इमानदार छ । संगठन मिसनप्रति प्रतिबद्ध छ । सिनियर र योग्य छ । स्याट परीक्षामा पास भएर मिसनमा जानका लागि योग्यताको सूचीमा छ । उसैले अवसर प्राप्त गर्छ ।’

संगठनको उदेश्य मात्र शान्ति सुरक्षा प्रतिवद्धता नभई कार्ययोजना पनि त्यहीं अनुकूलको अख्तियार गरिएको सशस्त्र प्रहरी बलका कायममुकायम महानिरीक्षक दुर्जकुमार राई बताउँछन् । संगठन शान्ति सुरक्षामा सदैब प्रतिबद्ध रहेको र विश्व शान्ति स्थापनामा कसैसँग सम्झौता नगर्ने राईले उद्घोष गरेका छन् । विश्व अशान्त बन्यो भने यसले हाम्रो मुलुकलाई पनि असर गर्ने भएकाले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय शान्ति सुरक्षा रुपमा शान्ति र सुरक्षा कायम गर्नका लागि सशस्त्र प्रहरी बलले तोकिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सशस्त्र प्रहरीका सकल दर्जाका कर्मचारीहरु प्रतिवद्ध, जिम्मेवार र जवाफदेही रहेको राईले दावी गरेका छन् । राज्यले दिएको जिम्मेवारी अन्तर्राष्ट्रिय सन्धिसम्झौता र राज्यको उद्देश्य बमोजिम नेपालको छवि अन्तर्राष्ट्रिय समुदाय माँझ उच्च राख्न सशस्त्र प्रहरी बल सदैब तयार र निरन्तर प्रयासमा रहेको राईको भनाइ छ ।

स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय शान्ति स्थापनामा उल्लेख्य सहभागिता र महत्वपूर्ण भूमिका निर्वाह गरेको सशस्त्र प्रहरी बलले संयुक्त राष्ट्र संघ अन्तर्गतको शान्ति मिसन छनौट प्रक्रिया व्यवस्थित, पारदर्शी, निष्पक्ष र समयसापेक्ष बनाएको छ ।

युएन एफपीयु छनौट निर्दे्शिका २०७१ कार्यान्वयनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका दुर्जकुमार राईले अब योग्यता र क्षमता र आवश्यकतालाई ध्यानमा राख्दै मर्यादित, व्यवस्थित र व्यवहारिक प्रक्रियाबाट छनौट गरि कार्यक्षेत्रमा खटाउन र आवश्यक स्रोतसाधन परिचालन गर्न संगठनले कुनै कसर बाँकि नराख्ने बताउँदै आएका छन् । राई भन्छन ‘निर्देशिका निर्माण गर्नुको उदेश्य भनेको नै विश्वका बिभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिने अर्थात् शान्ति मिसनमा सहभागी हुन् जाने सशस्त्र प्रहरी बलका सकल दर्जाका कर्मचारीहरुको छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष, व्यवहारिक, सुदृढ र व्यवस्थित गर्ने हो । निर्देशिकाले गरेको व्यवस्थामा कुनै पनि किसिमको सम्झौता नगर्ने राईले संकल्प गर्दै आएका छन् ।

लेखक

लेखक

सशस्त्र प्रहरी बलको मिसन छनौट प्रक्रियाले सकल दर्जाका कर्मचारीहरुलाई उचित न्याय प्रदान गर्न सक्ने कायममुकायम महानिरीक्षक राईको विश्वास रहेको छ । अब भनसुन गरेर सोर्स फोर्स गरेर जागिर खाने मिसनमा जाने कुराको कल्पना समेत नगरे हुन्छ । किनकि यसको विरुद्धमा राईले कठोर कदम चाल्दै छन् । राई भन्छन् ‘संगठनमा जो इमानदार छ । संगठन मिसनप्रति प्रतिबद्ध छ । सिनियर र योग्य छ । स्याट परीक्षामा पास भएर मिसनमा जानका लागि योग्यताको सूचीमा छ । उसैले अवसर प्राप्त गर्छ ।’ मिसन छनौट निर्देशिका
भन्दा बाहिर गएर कुनैपनि निर्णय गर्ने हुँदैन भन्दै राईले निर्देशिका नै मिसन छनौटको मुटु भएको बताउँछन् ।

सशस्त्र प्रहरी बलमा युएन एफपीयु छनौट निर्देशिका, मस्यौदा समितिका संयोजक समेत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुष्पराम केसी भन्छन– ‘निर्देशिका निर्माण गर्नुको मुख्य उद्देश्य भनेको सामाजिक न्यायको आधारमा अवसरको प्रदान गर्नु हो, जेष्ठता र योग्यताको कदर गर्नु हो । जसले धेरै भोटो फटायो उसैले मिशन छनौटमा प्राथमिकता पाउँछ ।’ सशस्त्र प्रहरी बलभित्र मिशन छनौटमा अपारदर्शिता र अव्यवस्थित प्रक्रिया रहेको भन्दै सर्वत्र आलोचन भएपछि यसलाई निष्पक्ष, पारदर्शी, व्यवस्थित र व्यवहारिक बनाउनका लागि मिशन छनौट निर्देशिका निर्माण गर्नुपरेको डीआईजी केसीको तर्क छ । ६ महिनाको नियमित कसरतपछि तयार पारिएको निर्देशिकाले सशस्त्र प्रहरी बलको मिसन छनौट प्रक्रियालाई व्यवस्थित, मर्यादित, समय सान्दर्भिक, व्याबहारिक, निष्पक्ष, प्रभावकारी र तटस्थ रहनुका साथै योग्यता, जेष्ठताका र क्षमताको बिशेष कदर गर्दै छनौट प्रक्रियालाई प्राथमिकता आधारमा गर्न सफल भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक पुष्पराम केसीको दावी छ ।

केसीका अनुसार संगठन भित्रको बिकृति र विसंगतिको अन्त्य गर्दै अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गर्नका लागि निर्देशिकाले महत्वपूर्ण भूमिका खेल्न सकोस् र यस संगठनको सकल दर्जाको उत्कृष्ट र प्रभावकारी कामबाट प्रभावित बनेर मिसनमा आकर्षण र डिमाण्ड बढेर धेरैले अवसर प्राप्त गरुन भन्ने उदेश्य रहेको छ । यसको कारणले गर्दा मिसनमा सशस्त्र प्रहरीको माग बढ्न थालेको छ । यहाँ कसैले प्रभाव र दवाब दिएर मिसनमा जान्छु भन्ने कुराको कल्पना समेत नगरे हुन्छ । जसले धेरै भोटो फटाएको छ । मिसनमा उसैले प्राथमिकता पाउँछ । मिसनमा छनौट गर्दा मेहनत, इमान्दारिता र लगनशीलता कदर हुन्छ नायब महानिरीक्षक केसी भन्छन् । निर्देशिको निर्माण गरेर कार्यान्वयनमा आएपछि मिसनमा जनाका लागि शक्ति केन्द्र धाएर आफ्नो पहुँच प्रभावको भरमा अवसर प्राप्त गर्ने परिपाटीको अन्त्य हुनुका साथै मेहनतका साथ पालो कुरेर बस्ने स्थितीको सुरुवात भएको केसी बताउँछन् । सकल दर्जाका कर्मचारीहरु आफ्नो लिस्ट हेरेर बस्ने गरेका छन् । उनीहरुले बुझेका छन् काम गरेर देखाउन सकियो भने मिसन छनौटमा पर्न सकिन्छ नत्र पाइन्दैन भनेर । संगठनको मर्यादा र गरिमालाई बुझेर नै निर्देशिकाको खाका तयार पार्ने निर्णय गरिएकाले यसलाई व्यवस्थित, मर्यादित र महत्वपूर्ण नीतिको रुपमा विकास र विस्तार गर्नका लागि गृह मन्त्रालयबाट नै जारी गराएको केसीले बताएका छन् । सशस्त्र प्रहरीको युएन मिसन एफपीयु छनोट निर्देशिका सशस्त्र प्रहरीको मात्र नभएर गृह मन्त्रालयको समेत सम्पत्ति भएको केसीको दावी छ । उनले राजपत्रमा गृह मन्त्रालयको सम्पत्तिको रुपमा प्रकाशित भएकाले यसलाई परिमार्जन गर्नु परेमा मन्त्रालयको सहयोग अनिवार्य छ ।

मन्त्रालय र सशस्त्र प्रहरी महानिरीक्षकको संयुक्त प्रयासबाट मात्र यसलाई परिष्कृत र परिमार्जित गर्न सक्ने निर्देशिकाले मिसन छनौट प्रक्रियालाई व्याबहारिक र बस्तुनिष्ठ बनाउन सफल भएको छ । मिसन छनौट प्रक्रियालाई ट्रयाकमा ल्याउनका लागि निर्माण गरेको निर्देशिकाले सबैको मर्म, भावना र योगदानको कदर गर्ने बताउंदै केसीले भने– निर्देशिकाले कसैलाई पाखा र कसैलाई काखा गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि कडीको रुपमा काम गरेको छ । सशस्त्रको मिसन छनौट प्रकृयामा कसैले प्रश्न उठाउन सक्ने ठाउँ छैन ।’ मिसनमा छनौट हुनका लागि शारीरिक सहिष्णुता तथा बधापार र व्यावसायिक लिखित परीक्षामा सफल हुनुपर्ने केसीको तर्क छ । आर्थिक अनियमिततामा परेका, बहु बिबाह गरेका, लैंगिक हिंसामा संलग्न, पटकपटक विभागीय कारवाहीमा परेका, मानवअधिकारको उल्लंघनमा परेका, संगठनको मर्यादालाई तोडेर आचरण बिपरित अनुशासन हिन काम गरेका व्यक्तिहरु मिसन छनौटका लागि अयोग्य हुने उनको भनाइ रहेको छ ।

अवसर नपाएका अधिकृतलाई बिशेष कोटा मार्फत मिसनमा अवसर दिनुपर्ने निर्देशिकामा उल्लेख छ । प्रतिष्पर्धाको आधारमा मात्र मिसनको छनौट गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । सशस्त्र प्रहरी दिवसको अवसरमा बर्ष जवान घोषित भएको व्यक्तिले भने कुनै पनि छनौट प्रकृयामा सहभागी नभई मिसनमा जान पाउने व्यवस्था गरेको छ । यसले गर्दा सशस्त्र प्रहरीमा वर्ष जवानको महत्व बढेको छ । त्यस्तै उत्कृष्ट कार्य गरेका सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सो भन्दा मुनिको दर्जालाई उत्कृष्ट कोटामा समावेश गरिनेछ । सशस्त्रको एफपियु मिसनको सुरुवात २००३ साल देखि भएको हो । सशस्त्र प्रहरीको स्थापना भएपछि युएनले लाइबेरियाको शान्ति मिसनमा छनौट गर्दा गणेश ठाडा लगायतले सशस्त्रबाट पहिलो अवसर पाएका थिए । अहिले लाइबेरियामा १२० को एउटा टोली र १४० अर्को टोली छ । सशस्त्रको कामबाट सन्तुष्ट युएनले १२० बाट १४० बनाएको छ । त्यस्तै, सुडानमा पनि २ टोली छ । सुडानमा १८० को एउटा टोली र १४० को अर्को टोली शान्ति स्थापनार्थ कार्यरत रहेको छ ।

भर्खरै, सशस्त्र प्रहरी उपरीक्षक महेश कुमार श्रेष्ठको नेतृत्वमा १४० जनाको मिसन टोली दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिने तयारीका लागि इटालीमा भएको एफपीयु कमाण्ड एण्ड स्टाफ तालिम लिएर नेपाल फर्किएको छ ।

इटालीमा चलिरहेको उक्त तालिमलाई कामु महानिरीक्षक दुर्जकुमार राइले समापन गरेका हुन् । मेको अन्तिमतिर सुडानमा जाने तयारीमा उक्त टोली रहेको छ । अहिले सशस्त्र प्रहरीको मिसन टोली विश्वमा शान्ति कायम गर्नका लागि विभिन्न देशमा कार्यरत छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल प्रहरीका यी जवानको यस्तो खतरनाक धन्दा

वीरगञ्ज, १५ चैत । नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधारण नागरिकलाई अपहरण गरी फिरौती असुल्ने धन्दा चलाइरहेका छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

तर १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नीतिविपरित यस्तो धन्दा सञ्चालन गर्दै आएको पाइएको समाचार राजधानी दैनिकले छापेको छ ।

प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दीपेन्द्रकी पूर्व गर्लफ्रेन्ड देवयानीको किन हुँदैछ डिभोर्स ?

काठमाडौं, १५ चैत । राप्रपा र राप्रपा नेपालबीचको पार्टी एकीकरण प्रक्रियामा गतिरोध उत्पन्न भएकै बेला सो पार्टीका दुई वरिष्ठ नेता भारत भ्रमणमा गएका छन् ।

वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी गत शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् भने निवर्तमान अध्यक्ष पुशुपतिशम्शेर राणा १० दिनअघि दिल्ली गएका हुन् । यी दुवै नेताको भ्रमणलाई पार्टीले अत्यन्त गोप्य रोको छ ।

समाचार स्रोतका अनुसार भारतीय जनता पार्टी (बीजेपी)को निमन्त्रणमा उनीहरू दिल्ली पुगेका हुन् । हिन्दु राज्यको मामिलामा अध्यक्ष लोकेन्द्रबहादुर चन्द सकारात्मक रहे पनि राणा र लोहनी खुल्न सकेका थिएनन् । तरुण साप्ताहिकले समाचार छापेको छ । स्रोतका अनुसार दुवै राप्रपालाई एकीकरण गरी ठूलो र प्रभावशाली हिन्दूवादी पार्टी बनाइने रणनीति बीजेपीको छ ।

कांग्रेस आइका नेता अर्जुन सिंहको पारिवारिक सम्बन्ध बिग्रेका कारण पछिल्लो समय राणा बीजेपीसँग नजिक हुन खोजेका छन् । अर्जुन सिंहका छोरापट्टिका नातिसँग राणाकी छोरी देवयानीको विवाह भएको थियो । देवयानी दरबार हत्याकाण्डका चर्चित पात्र तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका हुन् । टेस्टट्यूब प्रविधिद्वारा एक छोरी जन्मेपछि उक्त विवाह बदर भएको छ ।

केटाले सौता हालेको भन्दै देवयानीले डिभोर्स प्रक्रिया अगाडि बढाए पनि अंश प्राप्त भइनसकेका कारण त्यसैको लफडामा राणा लामो समय दिल्ली बसेको समाचार स्रोतले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेस आन्दोलनमा हिन्दु नारा आउने, पूर्वराजासँग यसरी भयो गोप्य वार्ता

काठमाडौं, १५ चैत । प्रमुख दलहरूले हिन्दु राज्यको प्रस्तावलाई स्वीकार गरेको अवस्थामा मधेसी दलको आन्दोलन सुरक्षित अवतरणमा पुग्ने सल्लाह भारतका हिन्दु अगुवाहरूले दिएका छन् ।

समाचार स्रोतका अनुसार मधेसी दलहरूले अब गर्न गइरहेको दोस्रो चरणको आन्दोलनमा हिन्दु राज्य स्थापनाको एजेन्डा प्रवेश हुनेछ ।

मधेसी दलहरूले उठाएका मागमध्ये प्रदेशहरूको सीमांकनबाहेक अरु कुरा करिब करिब मिलिसकेको छ । तरुण साप्ताहिकले समाचार छापेको छ । तराईमा बन्ने प्रदेशमा पहाडी जिल्ला मिसाउन नहुने कैलाली, सुनसरी तथा मोरङ जिल्लाई टुक्र्याएर तराईका प्रदेशमा समावेश गर्नुपर्नेबाहेक अरु मागमा सहमति भइसकेका अवस्था छ ।

तर प्रमुख दलहरू हिन्दु राज्यका लागि सहमत भएको अवस्थामा मधेसी दलहरूले यो माग पनि छाड्न सक्ने संकेत दिएको बुझिएको छ ।

भारतको शविसेना नामक ट्टर हिन्दुवादी संगठनका नेता राज ठाकरेका विशेषदूतले हालै नेपाल भ्रमण गरी यो संकेत दिएको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार हिन्द राज्य कायम गरिए मधेसी दलहरूको आन्दोलन फिर्ता गराउने जिम्मा भारतले लिने बताएका थिए । ठाकरेका विशेषदूतका रुपमा नेपाल आएका स्टिर थापा नेपाली मूलका हुन् ।

शिवसेनामा निकै राम्रो प्रभाव भएका उनी आफूलाई नेपाली मूलको भनेर चिनाउन चाहँदैनन् । उनी स्याङ्जा जिल्लाका लामिछाने थरका भएको समाचार स्रोतले बताएको छ । एक हप्ताको काठमाडौं बसाइका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लामो भेटघाट गरेका कारण दलका नेताहरू सशंकति छन् ।

हिन्दु राज्य मात्रै नभएर राजसंस्थासमेत पुनर्बहाली गर्ने एजेन्डा उनले बोकेको सइँको दलहरूले पाएका छन् । गुह मन्त्रालय स्रोतका अनुसार उनी राजावादीहरूसँग विभिन्नचरमा वार्तामा बसेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् ल्हारक्याल लामा छुटाउने ‘भीभीआइपी’ (नामसहित)

काठमाडौं, १५ चैत । अकूत सम्पत्ति आर्जन गरेको, अवैध हतियार राखेको, वैदेशिक रोजगारीका नाममा ठगी गरेकोलगायतका आधा दर्जन अभियोग लागेक आफ्ना सांसद खेम्पो छिमेछिरिङ ल्हारक्याल लामालाई उन्मुक्ति दिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएभरको ताकत लगाएर भिडेका छन् ।

अवैध धन्दामा लागेकै कारण आफूमाथि कुनै पनि बेला संकट आउन सक्छ भन्ने बुझेरै ल्हारक्याल पैसा खर्च गरेर विभन्न पदम लिँदै आएका व्यक्ति हुन् । तरुण साप्ताहिकले अगाडि लेखेको छ, पदमा पुगेपछि सुरक्षित साथ धन्दा गर्न सकिने भएका कारण उनी एमालेमार्फत राज्यमन्त्री र पछिल्लो समयमा एमाओवादीमार्फत सांसद बनेका थिए । गृह मन्त्रालयसमेत सम्हालेको सत्तारुढ पार्टीको सांसद भएका कारण यतिबेला पक्राउ पर्छु भन्ने उनले सोँचेका थिएनन् ।

समाचार स्रोतका अनुसार अपाmू पक्राउ पर्दैछु भन्ने आभास उनलाई केही साताअघि भएको हो । पक्राउ पर्ने दिन उनी सिन्धुपाल्चोकबाट काठमाडौं फर्कदै थिए । बाटैमा आफ्नो स्रोतबाट उनले यो सूचना पाए ।

सूचना पाउनसाथ उनले सुरुमै प्रचण्डलाई फोन गरे । सिरहाको एउटा कार्यक्रममा रहेका प्रचण्डले फोन त उठाए, तर दोहोरो कुराकानी हुन पाएन । प्रचण्डले जवाफ दिए, ‘तपाईले भनेको मैले केही पनि बुझेको छैन, म अहिले कार्यक्रममा छु, बाहिर नारा जुलुस भएकाले हल्ला भएको छ, मैले केही पनि सुनेको छैन, एक घन्टापछि म आफैँ फोन गर्छु ।’

यसो भनेर प्रचण्डले फोन राखिदिएपछि लामाले तत्काल गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरे । संयोगवश त्यसदिन गृहमन्त्री बस्नेत पनि आफ्नो गृह जिल्ला जाजरकोट पुगेका थिए । बस्नेतसँग ल्हारक्यालले राम्ररी कुराकानी गर्न पाएनन् । तर एक–दुई घन्टापछि भने प्रहरीले नै लामा पक्राउ परेको सूचना गृहमन्त्री बस्नेतलाई दियो । उनले तत्काल प्रचण्डलाई फोन गरेर यसको जानकारी दिए ।

प्रचण्ड छिटो छुट्ने मेसो मिलाउन निर्देशन दिए । उनको निर्देशनपछि गृहमन्त्री बस्नेतले आईजीपीलाई टेलिफोन गर्दै लामालाई अदालदतमा नभएर सिडिओकहाँ बुझाउन निर्देशन दिए ।

अदालतको तुलनामा आफ्नै मातहतको सिडिओकहाँ मुद्दा पुग्दा उन्मुक्ति सजिलो हुने भएका कारण गृहमन्त्री बस्नेतले त्यो निर्देशन दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गाविस सचिवद्धारा पुनर्निर्माणको काम बहिस्कार

१५ चैत, काठमाडौं । दोलखाका गाविस सचिवहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम बहिष्कार गरेका छन् ।

प्राधिकरणको निर्देशिका स्पष्ट नभएको भन्दै उनीहरुले आइतबारदेखि पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित कुनै पनि काम नगर्ने घोषणा गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

गाविस सचिवले काम गर्न नमानेपछि पुनर्निर्माण प्राधिकरणको काम रोकिएको छ । पत्रकार सम्मेलन नै गरेर उनीहरुले प्राधिकरणसँग सम्बन्धित काम नगर्ने घोषणा गरेका हुन् ।

काम गर्दै जाँदा त्रुटी भए त्यसको सम्पूर्ण दोष गाविस सचिवले बेहोनुपर्ने भन्नेमा उनीहरुको असन्तुष्टि रहेको छ । यस्तै उनीहरुले शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था र सुरक्षाको प्रत्याभूति हुनुपर्नेलगायतका माग राखेका छन् ।

गाविस सचिव हकहित संरक्षण केन्द्र दोलखाका अध्यक्ष तीर्थराज घिमिरेले प्राधिकरणले जारी गरेको निर्देशिकामा आफूहरुलाई वेवासता गरेकाले पुननिर्माण प्राधिकरणका कामहरु वहिष्कार गरेको बताए ।

उनका अनुसार एउटै गाविस सचिवले तीनवटासम्म गाविसको काम गर्नुपरेका अवस्थामा प्राधिकरणको काम पनि थपिदा लेखा व्यवस्थापन, पञ्जीकरणलयातका काम प्रभावित भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भगवानको नाममा धमाधम जग्गा अतिक्रमण

१५ चैत, काठमाडौं । जनकपुर उपमहानगरपालिका ४ गंगासागर पोखरी अगाडी अदालत जाने बाटोमा एक कट्ठा जग्गामा शनिदेव र माता भऽकालीको मन्दिर बनाउने तयारी सुरु गरिएको छ ।

मन्दिर बनाउनुभन्दा अघि नै निर्माणकर्ताले माटोका दुईवटा ससना ढिस्का बनाएर फूल अक्षता चढाई भगवानको प्रारुप दिएका आजको अन्नपूर्णमा समाचार छ ।

गुठी संस्थान जनकपुरको अधिनमा रहेको उक्त जग्गालाई मन्दिर बनाउन संस्थानसँग कुनै अनुमति लिइएको छैन । मन्दिर बने नबेने पनि माटोको ढिस्कोलाई बनाएकाहरुले भने त्यसको संरक्षक बनेर जग्गाको भोगचलन गर्न थालेका छन् ।

पुनरावेदन अदालत अगाडी नै हनुमानको प्रतिमा बनाएर एक जना साधु सानो झुपडी बनाई बसोबास गर्द आएका थिए ।

करिब १ वर्षपछि त्यसरी झुपडीमा बसेका साधुले हाल त्यँहा आफनो परवार नै बसालेका छन । उक्त जग्गामा चाचपाँच वटा कच्ची घर र पसलसमेत निमार्ण भइसकेका छन् ।

भगवान्का नाममा झन्डा गाडेरमाटोको ढिस्का वा पत्थरलाई रङ, अविर र फूलमाला लगाई भगवान् बनाएर खाली सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य जनकपुर उपमहानगरपालिकामा धमाधम भइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रहरी नै अपहरण र फिरौतीको धन्दामा

१५ चैत, काठमाडौ । नागरिकको जीउधनको सुरक्षा गर्ने प्रहरी आफैँले सर्वसाधरण नागरिलाई अपहरण गरी फिरौती असुल्ले धन्दा चलाइरहेका छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

तर, १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नियमविपरित यस्तो धन्दा सञ्चालन गर्द आएको पाइएको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रहरी जवान अरविन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको हो ।

अपराधिक मानसिकताका व्यक्तिहरुसँग मिलेर अपरहण तथा शरिर बन्धक बनाई फिरौती लिएको प्रमाणका आधारमा हाल उनी पर्सा प्रहरीको हिरासतमा छन ।

पर्सा प्रहरी प्रमुख एपी राजुबाबु श्रेष्ठले प्रहरी जवान सिंहलाई पर्साको झौवागुठी गानिस ६ घर भई हाल वीरगञ्ज उपनगरपालीका १९ बस्ने २७ वषिर्य राजुकुकार शाह कानुलाई अपरहणगरी फिरौती लिएको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चोक चोकमा हुन्डी दलाल, नेपाल पठाउन उठाएको तीन कराड लिएर फरार

१५ चैत, काठमाडौं । दक्षिण कोरियाका चोक चोकमा नेपाली अवैधानिक हुन्डी दलालको बिगबिगी छ ।

सस्तो दररेटमा रकम स्वदेश पठाइदिने भन्दै कामदारसँग पेसा उठाउने सब-एजेन्टहरु व्यापक क्रियाशील रहेको पाइएको हो, जसमध्ये अधिकांश एजेन्टले मुख्य दलाल लाई पैसा बुझाउने गर्छन् र उनीहरुले ढिलोचाँडो स्वदेश पैसा पठाइदिन्छन् । आजको कारोबारमा समाचार छ ।

तर, कतिपय हुन्डी लिडर उठाएको पैसा कुम्ल्याएर भाग्ने या चुपचाप बस्ने गरेका पनि छन् ।

हालैमात्र एनआरएन कोरियाका सचिव शरणर्थी भिसावाला सोगेन्द्र घले हुन्डीमार्फत सस्तो दरमा नेपाल पैसा पठाइदिन्छु भन्दै करिब ३ करोड नेपाली रुपैयाँ उठाएर फरार भएका छन् । स्रोतका अनुसारउनले उठाएको पैसा सवै क्यासिनोमा हारेका छन् । उनी हाल कोरियामा नभएको बुझिएको छ ।

हुन्डी व्यवसायी बलराम लामिछाने पनि गत वर्षदेखि फरार छन् । उनी पनि कामदारबाट करोडभन्दा बढी उठाएर बेपत्ता भएका हुन् ।

कोरियाका एनआरएन प्रतिनिधि, एनसीसी प्रतिनिधि, व्यवसायी, शरणर्थी, भिसाबाहक , अवैधानिक , सामाजिक तथा राजनीतिक क्रियाकलाप मा संलग्न हून्डी व्यवसायमा संलग्न छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राष्ट्रिय ज्योतिष सम्मेलन हुदै

१५ चैत, इटहरी । नेपाल ज्योतिष परिषद्को चौधाैँ राष्ट्रिय सम्मेलन सुनसरी जिल्लाको इटहरीमा आजदेखि सुरु हुने भएको छ । सम्मेलन विश्व ज्योतिष परिषद् महासङ्घका लागि ऐतिहासिक हुने विश्वास गरिएको छ ।

दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पोख्रेलले पूर्वी नेपालका केन्द्रबिन्दुका रुपमा रहेको इटहरीमा हुन लागेको ज्योतिष परिषद्को सम्मेलनले विश्व ज्योतिष परिषद्का केन्द्रीय कार्यालय नेपालमा राख्ने विषयको समेत निचोड निकाल्ने भएकाले यो सम्मेलन ज्यादै उपलब्धिमूलक र ऐतिहासिक हुने दाबी गरे  ।

नेपालका उच्च हिमशृङ्खला ऋषिमुनिको तपोभूमि रहनुका साथै विभिन्न देवदेवीको समेत बसोबास भूमि रहेकाले पनि बराहक्षेत्र पिण्डेश्वर शिवालय विष्णुपादुका विजयपुरगढी आदिका कारणले पनि इटहरीमा हुन लागेको ज्योषितको सम्मेलन ज्यादै महत्वपूर्ण हुने डा पोख्रलेको भनाइ रहेको छ ।

भारतबाट समेत प्रतिनिधि र पर्यवेक्षक गरी ५०० बढी ज्योतिषको उपस्थिति रहने सम्मेलनले विश्व ज्योतिष महासङ्घ स्थापनालाई मूर्तरुप दिइने छ ।

ज्योतिष विज्ञानले जातजाति धर्म र लिङ्गका विषयमा कुनै विभेद गर्दैन भन्दै नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले सम्मेलनले ज्योतिष विज्ञानका विषयमा नयाँ खोज अनुसन्धानका विषयमा पनि ऐतिहासिक निर्णय गर्ने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिमूलकः बाबुराम भट्टराई

१४ चैत, विराटनगर । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रण उपलव्धिमूलक भएको टिप्पणी गरेका छन् ।

धरानको कार्यक्रमलाई सम्बोधन गर्न आएका भट्टराईले आइतबार बिराटनगर विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने-‘प्रधानमन्त्रीको चीन भम्रणले दुई देशीय मित्रतालाई उचाइमा पुर्‍याएको छ, भारत र चीन दुवै हाम्रा असल मित्र हुन्, दुवै मुलुकसँग हाम्रो उत्तिकै सम्वन्ध रहन आवश्यक छ ।

त्यस्तै भट्टराइले सीमाकंनको विवाद समाधान गर्न प्रदेशको सङ्ख्यण बढाउन नहुने बताएका छन् । प्रदेशको सङ्ख्या भन्दापनि भौगोलिक सीमाङनकन राजनीतिक सहमतिवाट मिलाउन आवश्य रहेकोमा उनले जोड दिए ।

उनले नयाँ संविधानमा टेकेर पहिचानको पाँच आधार तथा सार्मथ्यको चार आधारलाइ मानेर प्रदेशको सङ्ख्या निर्धारण गरिएको जानकारी दिए ।

नयाँ संविधान जारी भइसकेको अवस्थामा अब विकास र समृद्धिमा मुलुकलाई अगाडि वढाउन सवै दल लाग्नु पर्ने उनले बताए । अहिलेको अवस्था कुनै दलपनि सरकार गिराउने र निर्माण गर्ने फोहरी खेल्नमा लाग्न नहुने तर्क गदै भट्टराईले २५ वर्ष देखि दलहरु सरकार गिराउने र वनाउने खेलमा समय विताएको आरोप लगाए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं