Tuesday, February 16, 2016

Surveyor arrested with bribe money  

Butwal, Feb 17: The Commission for Investigation of Abuse of Authority (CIAA) has arrested a civil servant red handed with bribe money.

The CIAA office in Butwal on Wednesday arrested surveyor at the District Survey Office in Bhairahawa Narayan Prasad Chaudhary along with Rs. 40,000 that he had taken as a bribe from a service recipient. He was arrested from his rented quarters in Siddharthanagar municipality-6, according to Chief of CIAA contact office in Butwal SP Umesh Raj Joshi. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Two arrested with home-made pistol 

Lahan, Feb 17: Siraha police arrested two persons in illegal possession of arms and ammunition from Golbazaar last night.

Raj Kumar Bhujel,22, of Golbazaar municipality and Moti Sada,26 of the same locality were arrested along with a home-made pistol and one kilograms of gun powder, according to Police Inspector at the Area Police Office in Golbazaar, Santosh Niroula. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Missing student found dead in Tinau river bank

Lumbini (Rupandehi), Feb 17: A student who had gone missing since the past three days has been found dead. 

The body of Jimisty Tandon, a student of the CCT College in Butwal, was found in the bank of the Tinau river in Butwal last night. The body was recovered from near the Siddhababa temple on the river bank, according to DSP at the Area Police Office Butwal Mahendra Khadka. Tandon was a resident of Janakinagar in Tilottama municipality.

The Tandon family had filed a report at the police, seeking help to find him on February 14. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Nationwide campaign to promote the national flag

Kanchanpur, Feb 17: Laxmi Narayan Shilpakar of Bhaktapur, who is on a nationwide campaign to promote Nepal and the Nepali national flag, arrived here today.

The 60-year-old left his home five months ago and has so far visited 39 districts. During his campaign, Shilpakar has also been sharing to the members of the general public the meaning behind the colour, and the symbols in the national flag.

The campaign had kicked off from Taplejung. “I will rest after visiting all the 75 districts and increasing people’s awareness about our national flag”, Shilpakar said. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

One killed and four injured in road accident in Udayapur

Gaighat, Udayapur, Feb 17: One person died on the spot and four others were injured when a Bolero jeep met with an accident at Beteni Rupatar road section of Sirise VDC-1 of the district last night. 

The jeep (Ga.1Ja. 4616) reportedly suffered a brake failure and fell below the road. One of the passengers, Tej Bahadur Karki,31, of Limpatar-3 died on the spot. Hari Bahadur Khatri,34, of Limpatar-4, Thir Bahadur Basnet,30, of ward no-5, Raj Kumar Budhathoki,30, and Krishna Kumari Budathoki,50, of Sirise were injured in the accident, according to District Police Office in Udayapur. They are undergoing treatment at Katari hospital.

Meanwhile, the jeep driver and owner Gaur Bahadur Katwal,51, of Sorung Chabise-6 escaped following the incident. A search has been initiated to nab him, police said. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Youth locked up in metal cage rescued

Dolakha, Feb 17: A mentally retarded man locked up in a metal cage by his family has been rescued following a news report on the same by the National News Agency or RSS.

Shyam Bahadur Bhujel,40, of Jungu VDC-4 had been living inside a cage since the past 15 months, as his family could afford his treatment and neither could let him roam around free.
Based on the news report, the National Mental Health Self-Help Organization, KOSHISH based in Khumalheight, Lalitpur has taken up the responsibility for the treatment of Bhujel. “We were compelled to keep him like that because we could not afford his treatment, but we are thankful to RSS and KOSHISH for coming to our rescue”, his brother Chhatra Bahadur said. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Youth stabs girl for rejecting love proposal

Gaighat, Feb 17: A youth has severely injured a girl by attacking her with a knife for allegedly rejecting his love proposal.

Ful Kumari Magar,17, of Bohori Bot in Panchawati VDC-4 in Udayapur district was severely injured in the incident. Also injured was her cousin Geeta Ranamagar,14, who tried to raise an alarm against the attack.

Purna Bahadur Sarki,16, of Bhutar VDC-8 in the district has been charged of attacking the two girls at their home last night, according to District Police Office, Udayapur.

The boy reportedly climbed into the room of Ful Kumari from the window at around 11:00 pm last night, and attacked her with a knife, causing injuries to her head and chest. He also attacked Geeta, who was sleeping with her aunt, after she raised an alarm against the intruder, police inspector Rajendra Basnet said.

Seriously injured Ful Kumari has been rushed to the Dharan-based BP Koirala Institute of Health Sciences. Meanwhile, a search has been intensified to find Sarki, who fled following the incident, police said. RSS


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अान्तरिकतर्फकाे बिमान भाडा २१ सयसम्म घट्यो  

५ फागुन, काठमाडौं । भोलिदेखि आन्तरिक उडानतर्फको बिमान भाडा घट्ने भएको छ । बायुसेवा सञ्चालक संघले देशका विभिन्न गन्तब्यमा पुग्दा लाग्ने भाडमा ६ सय रुपैयाँदेखि २१ सय रुपैयाँसम्म भाडा घटाएको हो ।

आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी हवाइ इन्धनको आन्तरिक उडान तर्फको मूल्यमा प्रति लिटर ५५ रुपैयाँ घटाएपछि बिमान भाडा पनि समायोजन गरिएको हो ।

संघले धनगढी पुग्दा लाग्ने भाडामा २ हजार १ सय ३५ रुपैयाँ घटाएको जनाएको छ । यसैगरी नेपालगञ्जको भाडामा १ हजार ६ सय १५, भैरहवामा १ हजार १ सय ३५, पोखरामा ९ सय ३० र भरतपुरमा ७ सय २० रुपैयाँ भाडा घटेको छ ।

विराटनगर पुग्दा यसअघि लाग्ने भन्दा १ हजार २ सय ७० रुपैयाँ काम तिर्दा पुग्नेछ ।  जनरपुरमा ८ सय २५ र सिमरामा ६ सय २० रुपैयाँ घटाइएको छ ।

हवाइ इन्धन १ सय ९ रुपैयाँमा पाइने भएपछि निजी विमान कम्पनीहरुले भोलि बिहीबारदेखि लागू हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएका हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अखिलको राष्ट्रिय सम्मेलनमा सुरक्षा थ्रेट ? लामा र गौतम पक्षबीच झडप

मतदाता १५ सय, उम्मेदवार ७ सय

५ फागुन, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन उदघाटन भएको एक सातापछि नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु हुँदैछ । केहीबेर अघि मतदानस्थलमा लामा र गौतम पक्षबीच झडप भएको छ । झडपमा नवलपरासीका विष्णु पौडेल घाइते भएका छन् ।

निर्वाचन समितिले प्रज्ञा भवन कमलादीमा मध्यान्ह १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपनि झडपका कारण सुरू हुन सकेको छैन ।

मंगलबार साँझ पनि प्रचारका क्रममा लामा र गौतम पक्षबीच झडप भएको थियो । तत्कालै प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।

कतिपय उम्मेदवारलाई प्रतिपक्षीबाट सुरक्षा थ्रेट भएको भन्दै सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ ।

मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नयाँ नेतृत्व चयनका लागि १ हजार ५ सय ९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । केही प्रतिनिधि चयनमा विवाद भएपछि निर्वाचन प्रक्रिया सुरु हुन सकेको थिएन ।

अध्यक्ष पदमा संस्थापन पक्षकी नविना लामा र माधव नेपाल पक्षका दीपक गौतमले दाबी गरेका छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिव पदमा लामा पक्षबाट ऐन महर र गौतम पक्षबाट अब्दुल हुसेन खान प्रतिस्पर्धामा छन् ।

मतदाता १५ सय उम्मेदवार ७ सय

कुल १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित १ सय ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचनमार्फत् चयन हुनेछ । यसैगरी १ सय ४६ सदस्यीय राष्ट्रिय परिषद तथा लेखा, अनुशासन र निर्वाचन गरी तीन आयोगमा ४५ सदस्यीय समिति चयन हुनेछन् ।

कुल ३३५ पदका लागि करिब ७ सयजनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरु धेरै भएपछि ८ पेज लामो मतपत्र बनाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाँच वर्षपछि यस्तो बन्दैछ प्रभु बैंक

मर्जर नीतिको प्रभुले गर्‍यो भरपुर उपयोग

prabhu bank building

पुष्प दुलाल

५ फागुन, काठमाडौं । फाइनान्स कम्पनीलाई विकास बैंक हुँदै वाणिज्य बैंकसम्म स्तरोन्नति गरी एक दशकमै बैंकिङ व्यवसायमा छलाङ मारेको छ, प्रभू समूहले । राष्ट्र बैंकको मर्जर नीतिको भरपुर उपयोग गर्दै छोटो अवधिमै बैंकिङ व्यवसायमा स्थापित हुन सफल भएको बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन बताउँछन् ।

‘हामी ठूलो जोखिम लिएर मर्जरमा गएका थियौं, जोखिम लिने हिम्मत गरेकै कारण अहिले यो सफलता हात पारेका हौं,’ भट्टचनले अनलाइनखबरसँग भने ।

नौ वर्षअघि ३ करोड रुपैयाँ चुक्ता पुँजी राखेर प्रभु फाइनान्सबाट बैंकिङ व्यवसायमा प्रवेस गरेको यो समुहद्वारा प्रवर्द्धित प्रभु बैंकसँग हाल ५ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी छ । ०७७ सालमा १२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने बैंकको लक्ष्य छ ।

०७७ सालसम्ममा बैंक सबै वित्तीय सूचकांकका आधारमा ‘टप टेन’मा पर्ने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । अहिले पनि बैंक शाखा सञ्जाल, सेयरधनी, कर्मचारी संख्यालगायतमा पहिलो नम्बरको निजी बैंक हो भने नाफामा ‘टप टेन’भित्रै छ ।

विकास बैंकले पनि वाणिज्य बैंकलाई गाभेर आफ्नै ब्राण्डमा सञ्चालन गर्न सक्छ भन्ने यो समुहले प्रमाणित गरेर देखाइसकेको छ ।

prabhu bank_1

तत्कालीन प्रभु विकास बैंकले तत्कालीन किष्ट बैंकसहित अन्य तीन विकास बैंकलाई गाभेर ०७१ भदौ ३० गतेदेखि प्रभु बैंककोरुपमा कारोबार सुरु गर्‍यो । विकास बैंकले वाणिज्य बैंक गाभेर आफ्नै नाममा सञ्चालन गरेको यो पहिलो नेपाली घटना हो । बैंकले खारेजीमा गएको नेपाल विकास बैंक पनि किनिसकेको छ ।

त्यसो त, फाइनान्सबाट विकास बैंकमा स्तरोन्ति हुँदा एक विकास बैंक र एक फाइनान्स कम्पनीलाई पनि गाभेको थियो । गत शुक्रबारमात्रै अर्को वाणिज्य बैंक ग्राण्ड बैंकलाई गाभेर प्रभुकै नाममा एकीकृत कारोबार सुरु गरेको छ । योसहित प्रभुले आठ वटा संस्थालाई गाभिसकेको छ ।

यस्तो छ, पाँच वर्षे रणनीति

भट्टचनले बैंकका सेयरधनीमाझ बैंकको आगामी पाँच वर्षे रणनीति सार्वजानिक गरिसकेका छन् । जसअनुसार ०७७ सालमा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने लक्ष्य राखिएको छ । हाल बैंकले ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

व्यवसायको आकार बढेसँगै बैंकको नाफा पनि बढ्ने अपेक्षा गरिएको छ । ०७७ असार मसान्तमा बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाउने भट्टचनले सार्वजानिक गरेको रणनीतिमा उल्लेख छ ।

०७७ भित्र बैंकको चुक्ता पुँजी १२ अर्ब र सञ्जित कोषहित बैंकको कोर क्यापिटल भने १६ अर्ब पुर्‍याउने लक्ष्य छ । नियामक राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने छ । ग्राण्ड बैंकलाई गाभेपछि यो बैंकको चुक्ता पुँजी ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिले प्रस्ताब गरेको हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ६ रुपैयाँ पुग्ने छ ।

पुँजीको आकार ठूलो हुने भएकाले पाँच वर्षपछि बैंकले लगानीकर्ताको लगानीमाथि दिने प्रतिफल अहिलेको तुलनामा कम हुने बैंकको प्रक्षेपण छ । अहिले २७.५७ प्रतिशत रहेको रिटर्न अफ इक्वीटी ०७७ असार मसान्तमा २२.२१ प्रतिशत हुने बैंकको लक्ष्य छ ।

सूचकांक ०७१/०७२ ०७२/०७३ ०७३/०७४ ०७४/०७५ ०७५/०७६ ०७६/०७७
कोर क्यापिटल ३ अर्ब ४१ करोड ६ अर्ब ७ करोड १० अर्ब ११ अर्ब ७६ करोड १३ अर्ब ६९ करोड १६ अर्ब ३ करोड
निक्षेप ४२ अर्ब १३ करोड ६५ अर्ब ८५ अर्ब १ खर्ब ५ अर्ब १ खर्ब २५ अर्ब १ खर्ब ४५ अर्ब
कर्जा २९ अर्ब ६८ करोड ५३ अर्ब ७२ अर्ब ८९ अर्ब १ खर्ब ६ अर्ब १ खर्ब २५ अर्ब
खराब कर्जा (%मा) ७.३३ ६.०५ ४.११ ३.०४ २.८४ २.६३
पुँजी पर्याप्तता अनुपात (%मा) १०.६१ ११.८० १३.८५ १३.५२ १३.४५ १३.५२
खुद व्याज आम्दानी १ अर्ब ५४ करोड २ अर्ब ६४ करोड ३ अर्ब ६३ करोड ४ अर्ब ८३ करोड ५ अर्ब ८० करोड ६ अर्ब ८९ करोड
गैरव्याज आम्दानी ३५ करोड ५२ करोड ६० करोड ६५ करोड ७१ करोड ७७ करोड
खुद नाफा १ अर्ब १ करोड १ अर्ब ७४ करोड १ अर्ब ९५ करोड २ अर्ब ६६ करोड २ अर्ब ९२ करोड ३ अर्ब ५९ करोड
रिटर्न अन इक्विटी (%मा) २७.५७ २६.०० १९.३ २२.५० २१.२५ २२.२१
स्प्रेड दर (%मा) ४.८४ ४.७१ ४.४१ ४.७५ ४.७९ ४.७७

अझै पनि मर्जर र एक्वायर नै प्राथमिकता

नेपालजस्तो देशमा मर्जरको सफल अभ्यास स्थापित गर्न चुनौति भए पनि प्रभु समूहले मर्जरबाट नै छोटो समयमा केही गर्न सकिन्छ भनेर देखाउन सफल भएको बैंकका सीइओ शेरचनले बताए ।

‘जोखिम लिएकै कारण छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल भएका हौं’ उनले भने- ‘अझै पनि मर्जर र एक्वायरलाई पनि प्राथमिकताका साथ लगिने छ ।’

हकप्रद र बोनस सेयरबाट बैंकले राष्ट्र बैंकले तोकेको समयमा चुक्ता पुँजी बढाउने र त्यसपछि पनि वाषिर्क १० प्रतिशतका दरले बोनस सेयर दिएर पुँजी बढाउने शेरचनले बताए । तर, अब प्रभुले वित्तीय अवस्था नराम्रो भएका संस्थाहरुसँग मर्जरमा नजाने उनले बताए ।

विग्रेका संस्था नगाभ्ने

पुँजीको आधार भएका र मर्जर वा एक्वायरपछि केही ‘भ्यालु एड’ हुने संस्था प्रभुको रोजाइमा पर्ने शेरचनले बताए । ‘पुँजी बढेपछि मात्रै व्यापार बढाउन पाइन्छ र बैंकहरुका लागि अबको चुनौति पनि यही हो । त्यसैले हामी पुँजीको आधार बलियो भएका संस्थाहरु रोज्छौं । किष्ट र ग्राण्डजस्ता नेगेटिभ संस्थाहरु ऋब हामी किन्दैनौं,’ उनी भन्छन् ।

Ashok-Serchan_ceo_prabhu-ba

खराब ऋण उठाउन सक्छौं भन्ने हिम्मतले नै किष्ट र ग्राण्डलगायतका संस्थामा हात हालेको उनले बताए । ग्राहकलाई सकारात्मक बाटोबाट एप्रोच गएर अहिले ऋण तिर्दा हुने फाइदा र पछि ऋण तिर्दा हुने बेफाइदाको बारेमा बुझाउन सफल भएकाले रिकोभरी गर्न सफल भएको उनले सुनाए ।

‘किष्ट र ग्राण्डलगायत हामीसँग गाभिएका संस्थाहरुको वित्तीय अवस्था नराम्रो थियो । हामीलाई त्यसको व्यवस्थापन गरी सही ट्रयाकमा ल्याउन अझै केही वर्ष लाग्छ,’ शेरचनले भने ।

अरुसँग प्रभुको प्रतिस्पर्धा हुँदैन

अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभु बैंक प्रतिस्पर्धी नभएको सोच्न बैंकका अध्यक्ष भट्टचनको आग्रह छ ।

‘हामीले कसैलाई पनि प्रतिस्पर्धी संस्था ठानेका छैनौं र हामीलाई पनि अरुले प्रतिस्पर्धी नसोचुन्’ उनले भने- ‘अहिले प्रभु बैंकको कूल निक्षेपभन्दा बढी त प्रभु मनी ट्रान्सफरबाट रेमिट्यान्स भित्र्याइरहेका छौं ।’

कर्मचारीको वृत्ति विकास नै मूख्य चुनौति

सीइओ शेरचनका अनुसार कर्मचारीको वृद्धि विकास नै मुख्य चुनौति हो । कर्मचारीले आफूलाई कसरी समय अनुसार विकास गर्न सक्छ । क्षमता, ज्ञान, आत्म विश्वासको विकासले छोटो समयमा नै धेरैठूलो परिवर्तन ल्याउन सक्छ ।

सीइओ शेरचनका अनुसार बैंकलाई बिजनेस ल्याउने खासै चुनौति छैन । कर्मचारीहरु सक्रिय भइदिए भने रिकोभरिमा समस्या आउँदैन । किनभने ती खराब ऋणीको सूचनाहरु कर्मचारीहरुसँग जति हुन्छ, त्यति सूचना उच्च व्यवस्थापनसँग हुँदैन ।

‘पाँच वर्षमा ९० अर्ब रुपैयाँ निक्षेप बढाउनुपर्ने हुन्छ, जुन वर्षमा १८ अर्ब रुपैयाँले बढाउनुपर्ने देखिन्छ, अहिलको अवस्थामा यो वृद्धि हासिल गर्न अप्ठ्यारो छैन,’ उनले भने ।

अबका पाँच वर्ष आन्तरिक व्यवस्थापन मै जोड दिइने उनले सुनाए । शेरचनका अनुसार कर्मचारीहरु काम गर्न तयार छन् कि छैन्न भन्ने कुरा बुझेर क्षमताअनुसारको दिइने छ । ‘शैक्षिक योग्यता राम्रो छ र काम गर्ने मनस्थिति छ भने जुनसुकै संस्कारबाट आएका कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या हुँदैन,’ उनले भने ।

तर, यस्ता विशेषता नभएका कर्मचारीको व्यवस्थापन गर्न अलि कठिन भएपनि समस्या नहुने उनले बताए । ‘हामीसँग यतिधेरै शाखा छन्, यति धेरै काम छन कि हामीले ती सबैखाले मान्छेलाई काममा लगाउन सक्छौं,’ उनले भने- त्यसैले पनि मर्जपछि कर्मचारी व्यवस्थापनको विषयलाई लिएर हामीकहाँ समस्या भएन ।’

अब कर्मचारी बढ्दैनन्

हाल बैंकमा १३ सय कर्मचारी छन् । अटोमेसन बढ्दै जाँदा जनशक्तिको काम घट्दै जाने भएकाले पाँच वर्षपछि कर्मचारीहरु घट्न सक्ने शेरचनले बताए ।

‘मोवाइल बैंकिङ, शाखारहित बैंकिङ बढ्दै जाँदा शाखाहरुको संख्या घट्दै जाने र कर्मचारीहरु पनि कटौति गर्दै जानुपर्छ’ उनले भने । तर, तत्कालै शाखारहित बैंकिङमा नजाने उनले सुनाए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बुद्ध एयरले आन्तरिक तर्फको भाडा घटायो  

५ फागुन, काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि बुद्ध एयरले आन्तरिक तर्फको उडानमा भाडा घटाएको छ ।

बुद्ध एयरका अनुसार काठमाडौंबाट भरतपुरका लागि ७२० रुपैयाँ, पोखराका लागि ९३०, विराटनगरकालागि १ हजार २ सय ७० रुपैयाँ भाडा घटाइएको छ ।

यसैगरी जनकपुरका लागि ८२५ रुपैयाँ, सिमराका लागि ६२०, भैरहवाका लागि १ हजार १ सय ३५, धनगडीका लागि २ हजार १ सय ३५, नेपालगन्जका लागि १ हजार ६ सय १५, भद्रपुरका लागि १ हजार ५ सय १५ र तुम्लिङटारका लागि १ हजार १ सय ३५ रुपैयाँ भाडा घटाइएको छ ।

घटेको भाडादर बिहीबारदेखि लागु हुने बुद्ध एयरले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धरहरा पुनर्निर्माणका लागि उपराष्ट्रपतिले दिए एक महिनाको तलब  

५ फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १२ वैशाखको विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आफ्नो एक महिनाको तलब दिने भएका छन् ।

उपराष्ट्रपति पासाङका स्वकीय सहसचिव तुलसी डाँगीले भत्किएको धरहरा पुनःनिर्माणका लागि उपराष्ट्रपतिले एक महिनाको तलव दिने जानकारी दिए । वकीय सहसचिव डाँगीले भने, ‘विश्व सम्पदाको सूचीमा रहेको नेपालको गौरव धरहरा भूकम्पले भत्कियो । भत्किएको धरहराको छिटो भन्दा छिटो पुनःनिर्माण हुनुपर्छ भन्नेमा उपराष्ट्रपति हुनुहुन्छ ।’

उपराष्ट्रपति पासाङले भूकम्पले भत्किएका अन्य विश्व सम्पदाको सूचीमा रहेका अन्य संरचनाहरुको पनि छिटो पुनःनिर्माण हुनुपर्नेमा जोड दिएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाली महिलाले पसिना बगाउने यी हुन् ‘टप टेन’ मुलुक

घरेलु कामदार घट्दै, औद्योगिक कामदार बढ्दै

५ फागुन, काठमाडौं । नेपाली महिलाहरुको वैदेशिक रोजगार यात्रा खासै सुरक्षित छैन भनेर टिप्पणी हुन्छ । परम्पराबादी सोचका कारण पनि यसलाई अझै सकारात्मक रुपले हेरिँदैन पनि । फेरि पनि यो चुनौति चिर्दै बितेको २० वर्षमा १ लाख ८५ हजार महिला वैधानिक रुपमा नै कामका लागि विदेश गएका छन् । नेपाली महिलाहरुलाई मलेसियासहित खाडी मुलुक जानुको विकल्प खासै तयार भएका छैनन् ।

फाटफुट रुपमा केयर गिभरमा रुपमा इजरायल तथा इपीएस र जिट्कोमार्फत जापान-कोरिया जानेबाहेक नेपाली महिलासँग अन्य भरपर्दो विकल्प छैन । तर, पनि नेपाली महिला कामका लागि पुग्ने मुख्य दश देशका सूचीमा यी देशहरु पनि सामेल छन् ।

नेपाली महिलाको कामका लागि जाने मुख्य गन्तब्यमा भने मलेसियासहित खाडी मुलुककै बर्चस्व रहेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका प्रमुख मधुबिलास पण्डितले बताए ।

संख्यात्मक रुपमा खाडी मुलुकमा अबसर धेरै भएपनि पारिश्रमिकका हिसाबले अन्य मुलुक निकै अग्रस्थानमा छन् ।

शिक्षित महिलाको गन्तब्य कोरिया, जापान र इजरायलतर्फ बढी भएपनि विपन्न परिवारका महिला भने मलेसियासहित खाडी मुलुकमा औद्योगिक कामदार बनेर आफ्नो श्रम बेचिरहेका छन् ।

टपटेन गन्तब्य

विभागको तथ्याङ्कलाई आधार मान्दा पछिल्लो समयमा नेपाली महिला समृद्धिको बाटोमा अग्रसर भएको मुलुक युएईमा बढी पुगेका छन् ।

वैधानिक रुपमा कामका लागि मुलुकबाट बाहिरिनेमध्ये युएईलाई श्रम गन्तब्य बनाउने महिलाको संख्या सबैभन्दा धेरै छ । उनीहरुको दोस्रो गन्तब्य मलेसिया हो । अघिल्लो वर्षसम्म नेपाली कामदारको पहिलो गन्तब्य रहँदा पनि मलसिया महिला कामदारको दास्रो रोजाई नै थियो ।

गत १८ महिनामा सबैभन्दा धेरै युएईमा १२ हजार ३९ जना महिला गएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनमा मात्रै ४ हजार ४ सय ४५ जना महिला युएई पुगेका छन् । अघिल्लो आर्थिक वर्षमा ७ हजार ५ सय ९४ जना महिलाले युएइलाई श्रम गन्तब्य बनाएका थिए ।

मलेसियामा बितेको १८ महिनामा ७ हजार १० जना नेपाली महिला पुगेका छन् । अघिल्लो वर्ष ५ हजार ८ सय ९९ जना महिला मलेसिया पुगेकामा यो वर्षको पहिलो ६ महिनामा यो संख्या १ हजार १ सय ११ छ ।

नेपाली महिला जाने तेस्रो गन्तब्य कतार हो । अघिल्लो १८ महिनामा कतार जान ३ हजार २ सय ६७ महिलाले स्वीकृति लिएका छन् । यो आर्थिक वर्षको पुससम्म मात्रै ८ सय ८६ महिला त्यहाँ पुगेका छन् । अघिल्लो वर्ष २३ सय ८१ जना महिला कतार पुगेका थिए ।

साउदी अरेबिया नेपाली महिलाको पाँचौ आकर्षक गन्तब्य हो । बितेको १८ महिनामा साउदीले १ हजार ५ सय ५० जना महिलालाई भिसा दिएको छ । मलेसिया जाने महिलाको संख्या घटिरहँदा साउदी जाने महिलाको संख्या बढ्दो छ ।

गतवर्ष जम्मा ६ सय ७६ जना महिला साउदी गएकामा यसवर्षको पहिलो ६ महिनामै ८ सय ८७४ जना त्यहाँ पुगिसकेका छन् ।

यस्तै कुबेत पनि नेपाली महिलालाई कामको अवसर दिने मुलुकको सूचीमा पाँचौ नम्बरमा पर्छ । गत १८ महिनामा कुबेतमा १ हजार ३ सय ५० जना महिला पुगिसकेका छन् । यो वर्ष मात्रै ४ सय ३२ जना महिला पुगेको कुबेतमा गत वर्ष ९ सय १८ जना गएका थिए ।

यसैगरी १८ महिनाको बीचमा ओमानमा ९ सय ४९, बहराइनमा ७ सय १५, लेबनानमा ५ सय ३५, दक्षिण कोरियामा ४ सय ४१, जापानमा १ सय ९१ र इजरायलमा ७१ जना महिला कामदार वैधानिक रुपमै पुगेका छन् ।

अधिकांश औद्योगिक कामदार

वैधानिक रुपमा बाहिरिनेको तथ्याङ्क केलाइरहँदा अवैधानिक रुपमा विदेशिने महिला कति छन् भन्ने एकीन छैन । मानवअधिकारवादी संस्थाहरु वैधानिक रुपमा जाने जत्तिकै महिला चोरबाटोबाट विदेशिने दावी गर्छन् ।

घरेलु कामदारका रुपमा महिलालाई विदेश पठाउन सरकारले कडाइ गरेपछि अवैधानिक बाटो हुँदै दलालमार्फत भारतीय विमानस्थलबाट विदेश उड्नेको संख्या उल्लेख्य रहेको बताइन्छ ।

तर, वैदेशिक रोजगार विभागको श्रम कार्यालय प्रमुख पण्डित अधिकांश महिलामा औद्योगिक कामदारका रुपमा बैधानिकरुपमै विदेश गएको बताउँछन् ।

‘हामी घरेलु कामदारका रुपमा सहजै श्रम अनुमति दिँदैनौं’ पण्डितले भने, ‘त्यसका लागि विभिन्न प्रक्रियाहरु पूरा गरेर आउनुपर्छ । त्यसैले कम्पनीमा जाने महिलाको संख्या धरै छ ।’

पछिल्ला दिनमा सरकारले घरेलु कामदारलाई विदेश पठाउन पनि रोकेको प्रमुख पण्डितले बताए । घरेलु कामदार पठाउन सरकारले छुट्टै कार्यबिधि जारी गरेपछि केही समय खुलेको प्रतिबन्ध श्रम मन्त्रालयले फेरि लगाएको छ ।

कामदारका रुपमा मलेसियासहित खाडी मुलुक जाने महिलाले सामान्यतया महिनाको २५ देखि ३० हजार रुपैयाँसम्म तलब पाउँछन् ।

सरकारले वैधानिक रुपमा जाँदा महिला सुरक्षित हुने बताए पनि विदेशमा महिलाहरुले विभिन्न किसिमका हिंसा सहनु परेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।

तर, पतिको कमाईमा हैन, आफ्नै खुट्टामा उभिएर केही सपना बोकेका महिलाहरुको ‘विदेश यात्रा’ अझै तीब्र भइरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नशा चढाउने गजबको मात हौ तिमी

एक झलकमानै नशा चढाउने गजबको मात हौ तिमी,
मलाई लाग्छ लागु पदार्थको खतरनाक जात हौ तिमी,
गुलाबी ओठले आफ्नो वास्तविकता छिचोल्न नखोज,
नागीन भन्दा नि बढी विष बोकी बसेको दात हौ तिमी,
केहि त रहस्य छ जति गर्यो तेती नै बढ्छ तिम्रो कुरा,
अनन्तकालसम्म नि गरेर नसकिने बात हौ तिमी

जे जस्तो भएपनि तिमीलाई सधै माया गरेकै त थिए
येसो बुझ्दापो थाहा पाए, मायामा पाउने घात हौ तिमी


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सागमा नेपालको २३ वर्षयताकै खराब प्रर्दशन

५ फागुन, काठमाडौ । मंगलबार भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुमा नेपालले २३ वर्षयताकै खराब प्रर्दशन गरको छ ।

भारतको गुहावटी र सिलोङमा भएको सागमा नेपालले तीन स्वर्ण मात्रै जित्यो । नेपाल पदक तालिकाको छैटौं स्थानमा खुम्चियो ।

नेपालको लागी उसुकी नीमा घर्तिमगर, जुडोकी फुल्पुहामु खत्री र पुरुष फुटवलले मात्र स्वर्ण दिलाउन सफल भए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालले १९९३को सागमा १ स्वर्ण ६ रजत र १५ कास्य जितेको थियो ।

त्यसयता सागमा नेपालले आफ्नो उपस्थिति बलियो बनाउँदै लग्यो । १९९५को सागमा नेपालले ४ स्वर्ण जितेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लौ हेर्नुहोस् अमेरिकी राष्ट्रपतिको विवादित उम्मेदवार डोनाल्ड ट्रंपका हट गर्लफ्रेन्डहरु

राष्ट्रपति बनिहाले प्रथम लेडी को बन्लिन् ?

वासिंगटन । अमेरिकाको राष्ट्रपति चुनावमा आफ्नो भाषणका कारण चर्चामा रहेका डोनाल्ड ट्रंपको निजी जीवन काफी रंगीन छ । अमेरिकामा अहिले उनी राष्ट्रपति बनिहाले भने अमेरिकाको फस्ट लेडी को बन्लिन् भन्ने पनि चर्चा छ । किनकी उनका उल्लेख्य प्रेमिकाहरु छन् ।

यहाँ उनका केही चर्चामा आएका प्रेमिका र पत्नीहरुको बारेमा सचित्र चर्चा गर्ने प्रयत्न गरिएको छ :

नोस ट्रंपकी तेस्री पत्नी हुन् । उनी चर्चित मोडेल हुन् ।trump gf 2

मेलेनिया र ट्रंपको विवाह भएको १० वर्ष भैसक्यो । यी दुईका एक बच्चा पनि छ ।trump-GF 3

अमेरिकन मोडल तथा अभिनेत्री अन्ना निकाले स्मिथ ।trump-GF 4

१९९० मा आफ्नो पहिलो सम्बन्ध विच्छेदपछि ट्रंपको नाम केही दिनका लागि स्वर्गीय मोडेल अन्न निकोल स्मिथसँग जोडिएको थियो ।trump3

अमेरिकन एडल्ट इन्टरटेनमेन्ट स्टार स्टोर्मी डेनियल्स २००८ मा डोनाल्ड ट्रंपसँग सम्बन्धमा रहेकी थिइन् ।trump-GF 5

प्लेब्वाईकी पूर्व मोडेल भिक्टोरिया डोर्कलाई लिएर यस्तै हल्ला चलाइएको थियो कि ट्रंपले उनीसँग पनि डेटिङ गरेका थिए ।trump-GF 6

१९९७ मा जब ट्रंपले मोडेल इन्ग्रीडलाई आफ्नो एजेन्सीका लागि साइन गरे, तब उनीहरुको बीचमा सम्बन्ध बनेको थियो ।trump-GF 7

इंग्रीडसँग ट्रंपtrump7

१९९१ मा मोडेल कार्ला ब्रुनी र डोनाल्ड ट्रंपको बीच केही समयको लागि रोमान्स चल्यो । ब्रुनीसँगको अफेयरपछि फ्रान्सका राष्ट्रपति बनेका निकोलास सरकोजीसँग पनि चलेको थियो ।trump-GF 8

यो तस्बिर अमेरिकन फेसन मोडेल तथा अभिनेत्री कारा यंगको हो ।trump-GF 9

२००१ मा कारा यंगको नाम डोनाल्डसँग जोडियो । उनीहरु केही समयसम्म सम्बन्धमा रहे ।trump10

यो तस्बिर मोडेल रानी ब्रिभरको हो ।trump-GF 10

ट्रंपले यंग मोडेल रानी ब्रिभरसँग १९९३ मा डेटिङ चलाएका थिए ।trump12

यी हुन् अमेरिकन अभिनेत्री मार्ला मेपल्स ।trump-GF 11

अमेरिकन एक्ट्रेस मार्ला मेपल्स र डोनाल्ड ट्रंपले १९९३ मा विवाह गरे र १९९७ मा सम्बन्ध विच्छेद गरे । दुवैका एक बच्चा छन् ।trump14 (1)

पूर्व ऐथलिट तथा मोडल इविना हुन् यिनी ।trump-GF 12

इवाना ट्रंपको पहिली पत्नी थिइन् । उनीहरु दुईले १९७७ मा विवाह गरे र १९९२ मा अलग भए ।trump-GF 13

पूर्व प्रोफेशनल टेनिस प्लेयर गेब्रिला सबातिनी ट्रंपसँग सम्बन्धमा रहेको हल्ला १९८९ तिर अत्यधिक थियो ।trump14


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्कै टिभीबाट आउने भयो कपिलको नयाँ शो, कमेडी नाइटसँगै समय जुधाउने !

मुम्बई, १ फागुन । कपिल शर्मा छिट्टै नयाँ शो ‘कमेडी स्टाइल’को साथमा टेलिभिजनको पर्दामा देखिने भएका छन् । खास कुरा त के भने अब उनको शो कलर्स टेलिभिजनमा नभएर अर्को प्रतिस्पर्धी च्यानलमा आउने छ ।

कपिलको शो ‘सोनी टेलिभिजन’मा राती १० बजेपछि प्रशारण हुनेछ, जुनसमयमा कृष्णा अभिषेकको शो ‘कमेडी नाइट्स बचाओ’ र ‘कमेडी नाइट्स लाइभ’ कलर्स टेलिभिजनबाट प्रशारण हुन्छ ।

सोनी टिभीमा कपिल एक्लै जाँदैछैनन्, लगभग उनको सिंगो टिम उनीसँगै हुनेछ । कपिलको साथमा गुत्थी (सुनिल ग्रोवर), दादी (अली असगर) र पलक (कीकू सारदा) पनि कमेडी स्टाइलमा देखिनेछन् । यो सिंगो टिमले सोनी टेलिभिजनको सिईओसँग भेटिसकेको छ । मार्चको अन्त्य वा अप्रिलको पहिलो साताभित्रमा कमेडी स्टाइल प्रशारणमा आउनेछ ।

‘कमेडी नाइट्स विद् कपिल’मा गुत्थीको रोलबाट चर्चित सुनिल ग्रोवरले यसको संकेत पहिले नै दिइसकेका थिए । यसै महिना उनले मनसुन अगावै टेलिभिजनको पर्दामा फर्किन लागेको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘I want to wear make up soon. See you soon. Before monsoon.’

यद्यपी कपिलले भने यसको पुष्टि र खण्डन दुवै गरेका छैनन् । पछिल्लो केही दिनयता ट्वीटरमा फर्किएका कपिललाई एक समर्थकले ‘कमेडी स्टाइल’को बारेमा जिज्ञासा राखेका थिए । त्यसमा कपिलको जवाफ थियो, ‘ये कौनसा शो है’

उनले पुष्टि नगरेपनि कमेडी स्टाइल सोनी टेलिभिजनमा साताको दुई दिन शनिबार र आईतबार आउने पक्कापक्की भइसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारत भ्रमणमा २२ को सट्टा ४६ जनाको टोली !  

५ फागुन, काठमाडाैं । राष्ट्रप्रमुख र सरकारप्रमुखको भ्रमणलाई मितव्यी र व्यवस्थित बनाउन सरकारले जारी गरेको निर्देशिका प्रधानमन्त्री केपी ओलीको पहिलो विदेश भ्रमणमै उल्लंघन भएको छ ।

प्रधानमन्त्री केपी शमौ ओलीले शुक्रबारबाट हुन आफ्नो भारत भ्रमणमा सहभागी टोली निर्देशिकाविपरीत ४६ सदस्यीय बनाएका आजको नागरिक दैनिकमा समाचार छ ।

मंगलबार सााझ बसको मन्त्रिपरिषद् बैठकले ओलीको छ दिने भ्रमण टोलीमा रहेन ४६ जनाको नाम तय गरेको हो । सरकारी खर्चबाहेक जानको संख्या जोड्दा एक सय नाघ्ने आाकडा छ ।

सुशील कोइरालको मन्त्रिपरिषद्ले साउन १४ मा पारित गरेको निर्देशिकामा प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमण टोली १९ सदस्यीय हुने, अतिव आवश्यक परे २२ जनासम्म हुने उल्लेख छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिजुली नचाहिने गमला फ्रिज : कसरी बनाउने ?

घरमा श्रीमती छाडेर छिमेकीकै केटी साथीसँग होटलमा बस्दा…

झापा । विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।

वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् ।

विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।

घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घरमा श्रीमती छाडेर छिमेकीकै केटी साथीसँग होटलमा बस्दा…

झापा । विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।

वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् ।

विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।

घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाहुनकी छोरी मुश्लिमसँग भागेपछि…  

एजेन्सी । धर्महरुमध्ये सबैभन्दा कट्टर मानिने मुसलमान हो । जहाँ छोरी चेलीले अनिवार्य बुर्का लाउने चलन छ । यसैक्रममा बाहुनकी छोरी मुसलमानकी बुहारी बन्दा हंगामा मच्चिएको छ ।

मुसलमानकी बुहारी बनेकी उत्तरी केरलको कोझिकोडकी ती युवतीले आफ्नो कलेज प्रशासनमाथि गम्भीर आरोप लगाएकी छिन् । उनले आफूले मुश्लिम धर्मका युवकसँग विहे गर्दा कलेजले क्लासबाट निकालिदिएको बताइन् । उनी यो घटनालाई राज्य महिला आयोगमा पुगाउने योजनामा छिन् ।

समाचार अनुसार मुस्लिम एजुकेशन सोसाइटी वुमन कलेजमा प्रथम वर्ष ‘फर्स्ट ईयर’की छात्रा नीरजा २३ वर्षीय मोहम्मद रमीजसँग प्रेम गर्थिन् । दुबैले आफ्नो प्रेम सम्बन्धलाई एक फेब्रुअरीका दिन अदालतमा गएर विहेमा परिणत गरे । तर, एक हप्तापछि जब उनी कलेज गइन् तब कलेज प्रशासनले उनलाई कलेज नआउन भन्यो ।

यता कलेजले भने नीरजाले आफ्ना आमाबुवाको अनुमति विना मुसलमान घरकी बुहारी बनेकाले क्लास प्रवेशमा रोक लगाएको बताएको छ । कलेज प्रशासन भन्छ– यदि उनी कलेज आइन भने यसको असर अनय युवतीमा पनि पर्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आकाशबाट खस्यो रहस्यमय वस्तु, के हो यो जसले जमिनै हल्लायो ?

एजेन्सी । पृथ्वीमा एकपटक फेरि अनौठो बस्तु आकाशबाट खसेको छ ।

यसअघि ताइवानमा गोलाकार आकारमा अनौठो वस्तु खसेको थियो । जसको अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । उक्त वस्तु खसेको दुई महिनानवित्दै केही दिन अगाडि फेरि पृथ्वीमा अनौठो बस्तु खसेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।

उक्त वस्तु भारतको तामिलनाडुको भेल्लोर शरमा एउटा इन्जिनियरिङ कलेज परिसरमा केहि दिनअघि आकाशबाट खसेको हो । उक्त रहस्यमय वस्तु खस्दा ठूला्े आवाज सुनिएको थियो । यो विस्फोट हुँदा जमिनमा खाल्डो समेत बन्यो । नजिकका भवनहरुका झ्यालका सिसा चर्किए । पार्किङमा रहेका बसहरुका सिसा फुटे भने एक ट्रक ड्राइभरको मृत्युसमेत भयो ।

यो घटनाको कोही पनि प्रत्यक्षदर्शी थिएनन् । यद्यपि, विष्फोटपछि सबैभन्दा पहिले पुग्नेमा इन्जिनियरिङ कलेजका प्रिन्सिपल एक थिए । उनले आफू त्यो बेला अफिसमा रहेको भन्दै एक मिनेटसम्म कलेजका भवनहरु थर्थराएको महसुस गरेको बताए । उनले भने– ‘सबै विद्यार्थी तथा फ्याकल्टी मेम्बर बाहिर आए । बाहिर बुङबुङ धुलो उडेको थियो । यो विष्फोट यति ठूला थियो कि पानीको ट्याङ्की नै फुट्यो र पानी पिउन गएको ड्राइभर मारियो ।’

meteorite

यो घटनापछि तामिलनाडुकी मुख्यमन्त्री जयललिताले आकाशबाट खसेको उल्कापिण्डका कारण ड्राइभर मारिएको बयान दिएकी छन् । यद्यपि, वैज्ञानिकहरुले उनको भनाईलाई पुष्टी गरिसकेका छैनन् । वैज्ञानिकहरुले घटनास्थलको जाँचबुझ गर्नुका साथै उक्त वस्तुलाई अनुसन्धानका लागि ल्याबतिर लगेका छन् ।

नासाका उल्का पिण्ड विशेषज्ञ डेरेक सीअर्सले भेल्लोरमा खसेको यो पत्थरको फोटो देखेका छन् । उनी भन्छन्, ‘यहि तस्बिरका आधारमा मात्रै केहि भन्न सकिँदैन । यद्यपि यसैको कारण मानिसको मृत्यु भएको हो भने पक्कै पनि ठूलो आकारको थियो होला ।’

आकाशबाट उल्कापिण्ड खस्नु आम कुरा भएको वैज्ञानिकहरु बताउँछन् । यद्यपि यो प्रायजसो समुद्र वा प्रदुषणरहित क्षेत्रमा खस्ने गर्छ । डा. सिअर्सका अनुसार शहर वा वस्तीको बीच उल्कापिण्ड खस्नु असाधारण घटना हो । सन् १००० भन्दा अगाडि चीनमा उल्का पिण्ड वृष्टी हुँदा ५-६ जनाको मृत्यु भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नाबालिकाको इज्जत लुटेर सांसद यादव फरार, गाउँगाउँमा छापा हान्दै प्रहरी

एजेन्सी । देश र जनताको सेवा गर्छु भनी कसम खाएका सत्तारुढ दलका एक सांसदले आफ्नै गाउँकी नाबालिकासँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् ।

घटना छिमेकी देश भारतको हो । जहाँको विहार राज्यस्थित नवादा जिल्लाका आरजेडी दलका सांसद राजबल्लभ यादवलाई बालिकासँग अनैतिक तथा अपाच्य हर्कत गरेको भन्दै पार्टीले समेत कारवाही गरेको छ । उनलाई पार्टीबाट बर्खास्त गरिएको हो । यो भन्दा पहिला शनिवार रातभर राजबल्लभको खोजीमा गाउँ गाउँमा छापा हानिएको थियो । प्रहरीले उनको घरलाई घेराबन्दीमा राखेको छ । सांसद राजबल्लभ भने फरार छन् ।

सांसद राजबल्लभको घटना छानविनका लागि विहार सरकारले दुई सदस्यीय फरेन्सिक टीम पनि गठन गरेको छ । घटनाको जाँच गर्न यो टिम नालन्दा पुगेको छ । सांसद राजबल्लभविरुद्ध शनिवार नै पक्राउ पुर्जी जारी गरिएको थियो । पीडित छात्रासँगको सोधपुछपछि डीआईजी शालिनले यो खबरको पुष्टि गरेकी छिन् । पीडित बालिकाले सांसदको फोटो फोटो हेरेर आरोपीलाई चिनेकी थिइन् ।

के हो घटना ?
घटना ६ फेब्रअरीको हो । बिहारशरीफको धनेश्वर घाट मुहल्लास्थित छिमेकी एक महिलाले छात्रालाई जन्मदिन पार्टीमा लग्ने बहानामा विधायकको हातमा सुम्पिइन् । त्यसको भोलिपल्ट छात्रा महिलाविरुद्ध प्रहरी थानामा उजुरी लिएर पुगेकी थिइन् । यसको साथै सांसद राजबल्लभले छात्रालाई घटनाको बारेमा कसैलाई नभन्न भन्दै ३० हजार रुपैयाँको प्रलोभन देखाएको भारतीय च्यानल आजतकमा समाचार छ ।

यो घटनाको भारतीय जनता पार्टीले विरोध जनाएको छ । विहारमा लालु यादव र नीतीश कुमार सहित ६-७ पार्टीको महागठबन्धले सरकार चलाइरहेको छ । उक्त गठबन्धनमा आरजेडी पार्टीको पनि सहभागिता छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओमलाई आमासँग धित नमरेपछि छोरीतिर लाग्दा……  

नयाँदिल्ली, ५ फागुन । भारतको नयाँदिल्लीस्थित गुडगांवको लक्ष्मण विहार फेस २ इलाकामा एक युवतीलाई आफ्नी आमाका प्रेमीले डर देखाएर बलत्कार गरेपछि पीडित युवतीले आमा र आमाका प्रेमीविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

लिभ इन पार्टनरका रुपमा आफ्नी आमासँग बस्दै आएका ओम प्रकाशविरुद्ध स्थानीय प्रहरीम २० वर्षीया ती युवतीले उजुरी दिएको एसीपी पीआरओ हवा सिंहले बताएका छन् । पीडित युवती कानुनको विषयमा अध्ययनरत छिन् ।

पुलिसले पीडित युवतीको उजुरी स्थानीय अदालतको आदेशपछि सेक्टर पाँचको पुलिस थानामा दर्ता गरेको छ । पुलिसले कयौँ पटक ती युवतीको बलात्कारको आरोप दर्ता गर्न नमानेपछि पीडितले स्थानीय अदालतमा पुलिसविरुद्ध पनि उजुरी दिएकी थिइन् ।

एसीपी स्पीआरओस् हवा सिंहले भने, ‘आफ्नी आमा र लिभ इन पार्टनर ओम प्रकाशबीच विहे हुन कुरा भएपछि युवतीसँग ओम प्रकाशले जिस्काउन थालेका हुन् । युवतीका सम्वेदनशील अंगमा समाउने । आमा नभएको बेला चक्कु देखाएर बलत्कार गर्ने गरेका रहेछन् ।’

१५ डिसेम्बर २०१५ मा आमा घरमा नभएका बेला ओम प्रकाशले आफूलाई चक्कु देखाएर बलत्कार गरेको ती युवतीले आफ्नो उजुरीमा लेखेकी छिन् ।

युवतीले बलत्कारको यो घटनालाई लुकाउन आफूलाई दबाव दिएको र ओम प्रकाशलाई पनि सहयोग गरेको भन्दै प्रहरीमा अर्को उजुरी पनि दिएकी छिन् ।

बलत्कारको घटना दर्ता गराएको पुलिसले अनुसन्धान सुरु गरेको जनाएको छ । एजेन्सी


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विषादि प्रयोग घटाउने अभियानमा कलाकार ‘ओ माई लभ’

bishnu bhakta phuyal५ फागुन, काभ्रे । टेलिफिल्म  तितो सत्य ओ माई लभ का रुपमा चर्चित कलारका विष्णुभक्त फुयाल पाँचखालको तामाघाटमा अईया र आत्था भन्दै पुगेपछि पाँचखालवासी जनता तीनछक्क परे ।

टेलिभिजनका पर्दामा दर्शकलाई हंसाउंदै आईरहेका उनलाई आंखाभरी आंशु लिएर उभिएको देखिएपछि उनलाई माया गर्ने दर्शक उनलाई के भो भनेर सोध्न जानु पनि स्वाभाविकै हो ।

‘ओ माई लभ’ रौईरहेको देखेपछि पाँचखालबासी झुम्एिर सोध्दै थिए के भो बा तपाईलाई ? विष्णुभक्त फुयाल भन्दै थिए यतै दुख्यो उतै दुख्यो धामीले पनि ठिक पारिदिएन ।

तर उनी वास्तविकमा रुपमा भन्दा पनि तरकारी बारीमा विषादी प्रयोग गर्ने किसानका रुपमा उभिएको त्यसबेला मात्र दर्शकले पत्ता पाए जव लोक वा एवं फिल्मी किरोका रुपमा चिनिएका कलारका सन्तोष खनालले पनि देखिए ।

कलाकार विष्णुभक्त फुयाल कृषि विकास मन्त्रालय, बाली संरक्षण निर्देशनालयको आयोजनामा विषादि विष हो औषधी होइन शीर्षकका नाकट प्रर्दशन गर्न काभ्रेको पाँचखालमा शनिबार विहानै पुगेका थिए ।

तरकारी बालीमा विषादी बढी प्रयोग गर्ने जिल्लाका रुपमा विगतमा परिचित भएको पाँचखालका जनतालाई विषादि प्रयोगले मानव स्वास्थ्यमा पुर्‍याउने हानी नोक्सानीका बारेमा सडक नाटकका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने कार्यमा पुगेका थिए ।

bishnu bhakta phuyal 2फुयालकै लेखन तथा निर्देशनमा प्रर्दशन गरिएको सो नाटकले विषादि प्रयोगले क्यान्सर, मृगोलाको रोग, महिलाहरुमा हुने बाँझोपन, ब्रेन ट्यूमर सम्मका रोग लाग्न सक्ने भएकाले रासायनिक विषादि प्रयोग गर्न नहुने सन्देश नाटकले दिएको थियो ।

हव ब्रोडकास्टिङ्गको संयोजनमा कुसुम नाट्य समूहको प्रस्तुति रहेकेा सो नाटकमा फिल्म किरो अर्थात सन्तोष खनाल, शुशिला अर्याल, राजु घिमिरे, जंग पहाडी, सरीता राजोपाध्याय, रमेश धमला लगायतका कलाकारहरुले अभियन गरेका थिए । कलाकार टोलीले काभ्रेको पाँचखाल, बनेपा बजारमा सो सडक नाटक प्रर्दशन गरेका थिए ।

सडक नाटक हेरेपछि जिल्ला कृषि विकास कार्यालय तामाघाट सेवा केन्द्रका प्रमुख रामेश्वर श्रेष्ठले नाटक वास्तविकतासंग मेल खाने भएको र विगतमा पाँचखाल कै घटना जस्तो देखिने गरी प्रस्तुत गरिएकाले दर्शकहरुले अन्य क्षेत्रमा पनि नाटक प्रर्दशनका लागि आग्रह गरेको बताए । सोही नाटक आइतबार धादिङ र सोमबार चितवनमा सम्पन्न भएको निर्देशक विष्णुभक्त फुयालले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजदूतकै अगाडि कुटाकुट, कुवेतमा नेपालीलाई औपचारिक कार्यक्रम गर्न प्रतिबन्ध

ल्होसार मनाउने कार्यक्रममा नेपालीको ‘अन्तर्राष्ट्रिय बेइज्यत’

५ फागुन, कुवेत । रोजगारीका लागि विदेशमा रहेका नेपालीले गर्ने औपचारिक कार्यक्रममा विभिन्न गुनासा व्यक्त हुनु सामान्यजस्तै भएको छ । तर, शुक्रबार खाडी मुलुक कुवेतमा राजदूत प्रमुख अतिथि भएको कार्यक्रममा नेपालीहरु घरेलु हतियारसहित कुटाकुटमा उत्रिए ।

कुटाकुटको परिणामस्वरुप अब कुवेतमा नेपाली समुदायले कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्धसमेत लागेको छ ।

सोनाम ल्होसार मनाउन भन्दै कुवेतको फिनटास वेडिङ हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल । तर, सदभावना आदान प्रदान गर्ने चाडपर्व मनाउने कार्यक्रममा सहभागी दुई समूहबीच एकाएक झडप सुरु भयो र घरेलु हतियारसमेत प्रहार हुन पुग्यो ।

ल्होसारको शुभकामना दिन पुगेका राजदूत र अतिथिहरु कार्यक्रम नै छाडेर भाग्नुपर्‍यो । भिडन्त रोक्न कुवेत सरकारका प्रहरीले बल प्रयोग नै गर्नुपर्‍यो ।

झडपपछि आयोजक तामाङ घेदुङका अध्यक्षसहित १० जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, पक्राउ परेका आयोजक संस्थाका अध्यक्षसहितका नेपालीलाई पछि दूतावासकै अनुरोधमा छुटाइएको छ ।

नेपालीलाई कार्यक्रम गर्न प्रतिबन्ध

घटनापछि कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गरेर नेपाली समुदायलाई कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । कुवेत सरकारको आग्रहमा दूतावासले यस्तो सूचना जारी गरेको हो ।

‘कार्यक्रमस्थलमा केही उच्शृंखल तत्वले घरेलु हतियारसहित सांघातिक हमला गरेकाले प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका महामहिम राजदूतसहित सहभागीमा आतंक र असुरक्षाको वातावरण बन्न गयो,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘यस घटनालाई दूतावासले अत्यन्त गम्भीर रुपमा लिएको छ ।’

विगतमा पनि विभिन्न कार्यक्रममा यस्तै घटना हुने गरेको र कुवेतको शान्ति सुरक्षामा खलल पुगेको भन्दै त्यहाँको सरकारले नेपाली कार्यक्रममाथि रोक लगाउन आग्रह गरेको दूतावासले जनाएको छ ।

कुवेत प्रशासनको आग्रहअनुसार नै दूतावासले आगामी दिनमा नेपाली समुदायलाई कुनै पनि कार्यक्रम आयोजना गर्न रोक लगाएको बताएको छ ।

‘यस अनुरोधलाई अटेर वा बेवास्ता गरी कुनै कार्यक्रम आयोजना गरेमा र कुनै अवाञ्छित घटना घटेमा कुवेतको कानुनअनुसार आयोजक नै जिम्मेवार हुनुपर्ने छ,’ दूतावासले भनेको छ ।

यस्तो अवस्था आएमा दूतावासले कुनै पनि सहयोग गर्न नसक्ने स्पष्ट पार्दै भनेको छ, ‘यस विषयमा दूतावासले सम्बद्ध अन्तर्राष्ट्रिय सन्धिबमोजिम कन्सुलर कार्यबाहेक अन्य केही पनि गर्न नमिल्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

कुवेत प्रशासनले पछिल्ला केही वर्षदेखि नेपालीका कार्यक्रममा हुँदै आएको भिडन्तप्रति दूतावासलाई पटकपटक सचेत गराउँदै आएको थियो । स्वयं राजदूत सहभागी कार्यक्रममा राजदूत नै असुरक्षित हुनेगरी भिडन्त भएपछि बाध्य भएर दूतावासले कार्यक्रम आयोजनामा रोक लगाउनुपरेको दूतावासले जनाएको छ ।

Kuwet


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजनीतिक संयन्त्र त बन्छ, तर एकतर्फी कि सहमतिमा ?

मोर्चा सहमतिमा नआए सरकार एकतर्फीरुपमा बढ्ने

५ फागुन, काठमाडौं । मंगलबार संसदमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जानुअघि नै राजनीतिक संयन्त्र बनाउने बताए । साँझ मन्त्रिपरिषद बैठकले त्यही भाषा दोहोर्‍यायो ।

तर, यो बीचमा संयन्त्र गठनका लागि गर्ने भनिएको कुनै गृहकार्य भएको छैन । अघिल्लो साता तीन दल र मधेसी मोर्चाले आइतबारसम्म गृहकार्य गर्ने र सोमबार सहमति गर्ने भनेका थिए ।

सम्वद्ध स्रोतहरुका अनुसार यो साताको सुरुमा नै लिखित सम्झौता हुनेमा नेताहरु आशावादी थिए ।

तर, यो बीचमा कुनै सम्वाद भएन र प्रधानमन्त्री ओलीले एकैपटक संसदको रोष्टममा उभिएर भारत जानुअघि नै संयन्त्र बन्छ भनेपछि मधेसी मोर्चा सशंकित बनेको छ ।

प्रधानमन्त्रीको तयारी एकतर्फी घोषणा

प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक संयन्त्र गठनका लागि त तयार भएका छन्, जुन उनले सार्वजनिकरुपमा भनिसकेका पनि छन् । अहिले भएको सीमांकन र त्यसमा देखिएको असन्तुष्टिबारे तीन महिनाभित्र सुझाव दिने गरी राजनीतिक समिति बनाउने उनले संसदमा बताएका छन् ।

भारत जानका लागि पनि संयन्त्र बनाउनुपर्ने दबाव उनीमाथि छ । उनको भारत भ्रमणको वातावरण बनाउने क्रममा अर्थमन्त्री विष्णु पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई संयन्त्र बनाउने वचन दिएका थिए ।

तर, ओली तत्कालै मधेसी मोर्चासँग लिखित सहमति गर्ने पक्षमा भने छैनन् । अहिले मधेस आन्दोलन सिथिल भएको र नाकासमेत खुलिसकेको छ । अब मधेसी मोर्चासँग सहमति गर्ने हो भने संयन्त्र गठनसहितका प्याकेजमा सहमति गर्नुपर्ने हुन्छ । त्यसैले प्रधानमन्त्री ओली भारतको चासो अनुसार एकतर्फी रुपमा संयन्त्र बनाइदिने र मधेसी मोर्चासँग कुनै लिखित सहमति नगर्ने प्रयासमा छन् ।

यसमा उनलाई सत्ता साझेदार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छदारको साथ छ ।

राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न आज सरकारलाई सर्मथन गर्ने दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । भोलि मन्त्रिपरिषद बैठक बस्ने तयारी छ ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले राजनीतिक संयन्त्र गठन गरेर संसदबाट अनुमोदन गर्ने सम्भावना छ ।

सहमतिका लागि भारतीय दबाव ?

प्रधानमन्त्रीले एकतर्फी रुपमा संयन्त्र घोषणा गर्ने तयारी गरेपछि नेपालका लागि भारतीय राजदूतको सक्रियता एकाएक बढेको छ ।

प्रधानमन्त्री ओलीले संसदबाट भारत जानुअघि नै संयन्त्र बन्छ भनेको केही घन्टापछि नै भारतीय राजदूत रणजीत रायले उच्चस्तरीय राजनीतिक सयोजक एवं एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । भारतीय राजदूत रायले संयन्त्र गठनबारे भइरहेको तयारीबारे चासो राखेको बताइएको छ ।

भारतीय पक्षले भने मधेसी मोर्चासँग सहमति गरेर मात्र राजनीतिक संयन्त्र बनाउन सत्तारुढ दलहरुलाई दबाव दिन सुरु गरेको छ । मधेसी मोर्चासँग वार्ता र छलफल गर्ने तर, निर्णय प्रक्रियामा संलग्न नगराएर एकतर्फी रुपमा अघि बढ्दा समस्या आउन सक्ने भारतीय पक्षको तर्क छ ।

यसअघि संविधान संशोधनमा पनि मधेसी मोर्चालाई सहभागी गराइएको थिएन । अहिले भारतीय मध्यस्थतामै मधेसी मोर्चा तीन महिनाभित्र राजनीतिक संंयन्त्र गठन गर्न सहमत भएको छ । र, सहमतिका लागि वातावरण बनाउन मधेसमा आन्दोलन तीन दललाई समेटेर मधेसी मोर्चाको विस्तार गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौं कांग्रेसमा गगन र प्रकाशमानको ‘प्रोक्सी वार’

सिंहका सामु कोही नटिक्ने, देउवा पक्षले सबुजलाई सघाउने

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा भीमसेनदास प्रधान र सबुज बानियाँको उम्मेदवारी परेको छ । तर, सबुज र भीमसेनलाई देखाएर पर्दा पछाडि भने संस्थापनपक्षकै दुई गुटको ‘प्रोक्सी वार’ हुँदैछ । यो ‘प्रोक्सी वार’मा एकातिर महामन्त्री प्रकाशमान सिंह छन् भने अर्कोतिर संस्थापन पक्षका धेरै नेता सहभागी छन् ।

कांग्रेस काठमाडौंको जिल्ला नेतृत्वमा संस्थापन पक्षकै दुई समूहवीच रस्साकसी हुँदैछ । तर, अर्को रोचक पक्ष के छ भने यसमा देउवा पक्षकोसमेत भित्री संलग्नता देखिएको छ । यही भित्री साँठगाँठका कारण देउवा पक्षले काठमाडौं जिल्ला सभापतिमा उम्मेद्वामरी नदिएको हो ।

भीमसेन दासलाई उभ्याएर प्रकाशमान सिंहलाई काउन्टर गर्न चाहने टीममा नरहरि आचार्य, गगन थापालगायतका नेताहरु छन् । उनीहरुले संस्थापनकै नजिक रहे पनि जिल्ला पार्टीभित्र प्रकाशमानविरुद्ध ‘शुद्धीकरण अभियान’ चलाइरहेका छन् ।

नरहरि अहिले न्यूरो अस्पतालमै छन् । अघिल्लो मंगलबार पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि कोइरालानिवास पुगेका आचार्य त्यहीँ अस्वस्थ भएका थिए । पूर्वमन्त्री समेत रहेका आचार्यको स्वास्थ्यमा क्रमिक सुधार भए पनि अझै बोली फुटेको छैन ।

त्यसैले अहिले काठमाडौं कांग्रेस सभापतिको चुनावलाई प्रकाशमान र गगनको ‘प्रोक्सी वार’ पनि भन्न सकिन्छ । उसो त महामन्त्री प्रकाशमानको विपक्षमा स रहेको समूहले यसलाई ‘मनी भर्सेज माइन्ड’का रुपमा समेत प्रस्तुत गरेको छ । उनीहरु सबुजलाई पैसावाल उम्मेदवार भन्छन् । वर्तमान सभापति एवं सांसद समेत रहेका प्रधान भने प्राध्यापक हुन् ।

काठमाडौं कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहले भने उम्मेदवारी नै दिएन । देउवा समूहले नरोत्तम बैद्यलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, अन्तिममा उम्मेदवारी नै दर्ता गरेन ।

कांग्रेस काठमाडौं जिल्ला समिसितमा देउवा समूह निकै कमजोर मानिन्छ । झण्डै १३ सय मतदाता रहेको काठमाडौंमा देउवा समूह निर्णायक छैन । त्यसैले संस्थापन पक्ष आपसमा लड्दै आएका छन् ।

किन रोजे प्रकाशमानले सबुजलाई ?

संस्थापन पक्षका नेताहरुले काठमाडौंका पूर्वसभापतिसमेत रहेका महामन्त्री प्रकाशमानलाई साझा उम्मेदवार बनाउन आग्रह गरेका थिए । उनीहरुले सांसद राजन केसी, अर्का सांसद दीपक कुईंकेलदेखि धर्मराज गौतम लगायतको नाम अघि सारेका थिए ।

एक नेताका अनुसार प्रधानलाई केन्द्रमा लैजाने र क्षेत्र नं १० मा प्रचण्डलाई हराएर सांसद बनेका राजन केसीलाई काठमाडौंको सभापति बनाउने सम्भावना थियो । तर, महामन्त्री सिंहले सबुजलाई रोजे । एक नेताले अनलाइनखबरसँग भने, प्रकाशमान दाइसँग धेरै विकल्प थिए तर, उहाँले सबुजलाई नै रोजेपछि संस्थापन पक्ष आपसमै भिड्ने अवस्था आयो ।’

गोंगुब गाविस निवर्तमान अध्यक्ष सबुज जग्गा कारोबारी हुन् । जग्गा कारोबारमा कमाएको पैसाको बलमा प्रकाशमानको विश्वासपात्र बनेको प्रकाशमान इत्तरका नेताहरुको दाबी । उनीहरुले सबुजलाई ‘प्रकाशमानको स्पोन्सर’ समेत भन्ने गरेका छन् ।

तर, सबुज यो आरोप स्वीकार गर्दैनन् । ‘कसैलाई मन परेन र प्रतिस्पर्धा गर्न सकिएन भनेर यस्तो भनिएको हो । यो उनीहरुको खराव मानसिकताको उपज हो’ जिल्ला सभापतिका उम्मेवार सबुजले भने । तर, उनले आफू सिंह निकट भएको स्वीकार गरे ।

भीमसेनदास को हुन् ?

सबुजविरुद्ध उभिएका भीमसेनदास प्रधान भने प्राध्यापक हुन् । प्राध्यापक संघ हुँदै कांग्रेस काठमाडौंमा आएका उनी अघिल्लो पटक राजन केसीलाई हराएर काठमाडौं जिल्ला सभापति भएका थिए ।

प्रधानलाई गशेणमान सिंहको कर्मपुत्र समेत भन्ने गरिन्छ । प्रकाशमानले जग्गा कारोबारीलाई काठमाडौं सभापति बनाउन लागेको भन्दै नरहरि आचार्य, गगन थापा लगायतले निष्ठाको राजनीति गर्ने र बौद्धिक व्यक्तित्वका रुपमा प्रधानलाई नै दोहोर्‍याउन खोजेका हुन् ।

विपक्षीहरुले भने प्रधानमाथि पाँच वर्षे कार्यकालमा अपेक्षाअनुसार काम गर्न नसकेको बताउँछन् ।

देउवाको गोप्य साँठगाँठ

भीमसेनदास निकटवर्तीहरुका अनुसार शेरबहादुर देउवा समूहले काठमाडौंमा सघाउने सहमति भइसकेको थियो । स्रोतका अनुसार काठमाडौंमा देउवा समूहसँग ५ क्षेत्रीय सभापतिसहित करिब ५०/६० भोट छ ।

तर, देउवाका क्षेत्रीय सभापतिहरु एकाएक प्रकाशमानको पक्षमा उत्रिए । स्रोतका अनुसार उनीहरुले देउवालाई भेटेरै आफूहरु देउवासँगै प्रकाशमान सिंहको पनि मान्छे भएको भन्दै केन्द्र वा जिल्ला मध्ये एक रोज्न भने ।

योपटक जसरी पनि केन्द्रीय सभापति हुने दाउमा रहेका देउवाले सभापतिमा आफूलाई झण्डै ५०/६० भोट थपिने देखेपछि जिल्लाको दाबी छोडे । एक नेता भन्छन्, केन्द्रमा भोट पाउने सर्तमा देउवाले क्षेत्रीय सभापतिको आग्रहलाई रोक्न सक्नुभएन । र, उनीहरु देउवाकै सहमतिमा प्रकाशमान र सबुजतिर गएका छन् ।’

सिंहमाथि ‘पर्सनालिटी किलर’को आरोप

प्रकाशमान सिंह कांग्रेसको संस्थापन पक्षका प्रमुख नेतामध्ये एक हुन् । उनी गणेमानका पुत्र पनि हुन् । सुशील कोइरालाको निधनपछि संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेल र कृष्ण सिटौलासँगै सिंह पनि दौडमा छन् । तर, सिंगो संस्थापनकै नेता बन्ने दौडमा रहेका सिंह काठमाडौंमा भने ‘पर्सनालिटी किलर’को भूमिका उभिएको आरोप समेत संस्थापन पक्षका नेताहरुले लगाएका छन् ।

‘लामो समयदेखि काठमाडौंमा राम्रा नेताहरु टिक्क सक्दैनन्, तिनीहरुलाई कि हराइन्छ, कि खेदिने गरेको छ’ स्रोत भन्छ- ‘यसका उदाहरण हुन्, मार्सल जुलुम शाक्य । कांग्रेसका पाका नेता शाक्य योपटक वडा तहमै पराजित भए । उनी हारेको भन्दा हराइएको हो भन्नेहरु धेरै छन् ।’

यस्ता नेताहरुको सूचीमा विश्वनाथ कर्मचार्य, श्यामलाल श्रेष्ठ, दामोदर गौतम लगायतको नाम आउँछ । पछिल्लो समय काठमाडौं कांग्रेसको सभापति भएका प्रकाशमान मात्रै माथिल्लो पदमा पुगेका छन् । अरुलाई कुनै न कुनै रुपमा पाखा लगाइएको छ ।

नवीन्द्रराज जोशी अहिले सांसद छन् । तर, उनलाई पनि कुनै समय यसरी नै लखेटिएको थियो । कृष्णप्रसाद भट्टराईले जोशीलाई मेयरको टिकट दिए । तर, प्रकाशमानले विरोध जुलुस निकाल्दै टिकट खोसेर मनमोहन भट्टराईलाई दिए । परिणामतः भट्टराई काठमाडौंको मेयरमा केशव स्थापितसँग पराजित भए ।

अहिले राजन केसीलाई सभापति बनाउन छाडेर सबुजलाई रोज्नुले पनि सिंहमाथि यो आरोप लागेको छ । ‘राजन केसी, भीमसेन दासहरु अगाडि आएपछि आफूलाई थ्रेट हुन्छ भन्ने लागेर होला, सिंहले ‘एस म्यान’ सबजुलाई रोज्नुभएको जस्तो देखिन्छ’ संस्थापनका एक नेता भन्छन्, होइन भने उहाँ किन संस्थापन पक्षमै सहमति खोज्नेतिर जानुभएन ?’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्वर्ण विजेता नेपाली टोलीलाई आज नगर परिक्रमा गराइने

५ फागुन, काठमाडौं । १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश र्फकदै छन् ।

२३ वर्षपछि पदक बोकेर खेलाडी तथा पदाधिकारीहरु आज  दिउँसो ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । पदक विजेता नेपाली खेलाडीलाई नगर परिक्रमा गराइने छ ।

उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइने छ । सेनाले खेलाडीको नगर परिक्रमाको लागि पाँचवटा गाडी उपलव्ध गराउने छ ।  खेलाडीको स्वागत गर्न सेनाको व्यान्ड सहितको टुकडी समेत व्यवस्था गराइएको छ ।

खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भऽकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुर्‍याइने कार्यक्रम रहेको छ । रंगशालामा खेलाडीको सम्मान गर्ने कार्यक्रम रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रिजवान अन्सारीले फोरम परित्यागको घोषणा गर्दै

नयाँ पार्टी गठनका लागि कार्यकर्ता भेलाको तयारी

५ फागुन, काठमाडौं । पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी, बीरबहादुर लामासहितको समूहले संघीय समाजवादी फोरम नेपाल परित्याग गरेका छन् ।

RIJWAN-ANSARI

रिजवान अन्सारी

नयाँ पार्टी गठनको तयारीमा रहेका उनीहरुले यसै महिनाको अन्तिममा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी गरेका छन् । ‘यसै महिनाको २१ वा २९ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी भैरहेको छ,’ नवविचार समूहका एक नेताले भने, ‘भेलाको निर्णयअनुसार अगााडि बढ्छौं ।’

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै ‘संघीय नवविचार समूह’ बनाएपछि फोरमले अन्सारीलाई निस्कासन गरेको छ । तर, अन्सारीले नवविचार समूहका अधिकांश सदस्यलाई भेला पारेर नयाँ पार्टी बनाउने तयारी गरेका छन् । पूर्व र वर्तमान केन्द्रीय सदस्यहरुलाई समेटेर नयाँ पार्टी बनाउने अन्सारीको तयारी छ ।

संघीय समाजवादी फोरम नेपालको नेतृत्वले पार्टीको मूल मर्मलाई नै मारेर नियन्त्रित समावेशी सिद्धान्त लागु गरेकाले आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको अन्सारीले बताएका छन् ।

अन्सारीले बीरबहादुर लामासहितको उपस्थितिमा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गर्दैछन् । नवविचार समूहमा रहेका विश्वदीप लिङ्देन र जोगेन्द्र रायले भने पार्टी भित्रै बसेर संघर्ष गर्नुपर्ने भन्दै तत्काल अन्सारीलाई साथ नदिएको स्रोत बताउँछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं