Sunday, January 24, 2016

अटेर गर्दै उद्योगीले बजारमा ल्याए भरी ग्यास सिलिण्डर

बिनियमावली देखाउँदै सरकारी निर्णय उल्लंघन, वाणिज्य विभागको समर्थन ११ माघ, काठमाडौं । सरकारी निर्णयलाई चुनौति दिँदै केही ग्यास उद्योगीहरुले भरी सिलिन्डर खाना पकाउने ग्यास बेच्न सुरु गरेका छन् । भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले ७ दशमलव १ किलो (आधा सिलिण्डर) ग्यास मात्रै बेच्ने निर्णय गर्दै उद्योगीहरुलाई सोहीअनुसारको निर्देशन दिएको थियो । तर, सरकारलाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्तिमा लागेका कलाकारलाई दिपकले यसो भने

सोमबार, ११ माघ – काठमाडौं। बाबुराम भट्टराईले सुरु गरेका नयाँ शक्ति अभियानमा लागेका कलाकारहरु करिश्मा मानन्धर, सरोज खनाल र अशोक शर्मालाई हास्यकलाकार दिपक राज गिरीले सशंकित शुभकामना दिएका छन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ” मानिस स्वतन्त्र छ। विचार अभिब्यक्तिका लागि वा आफूले अंगीकार गर्ने हर क़दमका लागि तपाईहरू कलाकर्ममा म भन्दा बढि पोख्त ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१५ अर्ब राजस्व छल्ने कसरतमा ठूलै घराना

गोपाल बराइली, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित मोबाइल सेवाप्रदायक कम्पनीमध्ये सबैभन्दा ठूलो एनसेलको प्रमुख हिस्सेदार टेलियासोनेराले मलेसियाको एक्जिएटालाई सेयर बिक्री गरेसँगै राजस्व छलीको प्रपञ्च रचिएको छ । एनसेल कम्पनी खरिद गरेलगत्तै सो कम्पनीले प्रतिकित्ता सय रूपैयाँमा सेयर बेच्ने योजना अघि सारेको छ । एनसेलमा विदेशी कम्पनीको ८० प्रतिशत लगानी छ । मलेसियन कम्पनी एक्जिएटाले एनसेल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतसँग तेल ल्याउने अधिकार गोपालबहादुर खड्काले किन दिए पूर्वराजाका ज्वाईलाई ?

काठमाडौं, ११ माघ । मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीले नेपाली जनता इन्धनको चरम संकटबाट गुज्रिरहेका बेला नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईलाई इन्डियन आयल कर्पोरेशन(आइओवसी)सँग तेल किनेर बेच्ने अधिकार दिएको खुलासा भएको छ । तेल र ग्यासमा अनियमितता गरेको भन्दै छानविनको दायरमा पारेका कार्यकारी निर्देशक खड्काले आइओसीलाई ‘नो अब्जेक्सन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्ति गठनपछि प्रचण्डले दिए बाबुरामलाई बधाई

काठमाडौं, ११ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन् । आइतबार डा. भट्टराइले ३५ सदस्यीय समितिको घोषणा गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ पार्टी गठन गरेकोमा टेलिफोनबाट बधाई दिएका हुन् । ३० बर्ष लामो राजनीतिक यात्रा गरेका प्रचण्ड र बाबुरामबीच पहिले जस्तै सम्बन्ध अहिले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्ता देखिए बाबुरामदेखि करिश्मासम्मका नयाँ शक्तिका केन्द्रीय नेताहरु (फोटो फिचर)

काठमाडौं, १० माघ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा आज ‘नयाँ शक्ति नेपाल’ गठनको घोषणा गरिएको छ । सो पार्टीले आज ३५ सदस्यीय अन्तरिम केन्द्रीय परिषद्समेत सार्वजनिक गरेको छ । परिषदमा पूर्वसचिव रामेश्वर खनाल, हरेराम चौधरी, नत्थुप्रसाद चौधरी, डा प्रवीण मिश्र, एमाओवादीका पूर्व नेताहरु रामचन्द्र झा, देवेन्द्र पौडेल, कलाकार सरोज खनाल, करिश्मा मानन्धर, अशोक शर्मा, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ललितपुर कपडा तथा सिलाई व्यवसायी संघमा महर्जन

११ माघ, काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ ललितपुरको सातौं वार्षिक साधारणले प्रेमकुमार महर्जनको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित  गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा अमिर बर्जाचार्य, सचिव निरा बर्जाचार्य, सहसचिव सुस्मिता मानन्धर र कोषाध्यक्षमा नगिना श्रेष्ठ रहेका छन् । सदस्यहरुमा दिल कुमार महर्जन, सजिब शाक्य, गगन बर्जाचार्य, प्रेमकृष्ण महर्जन र आशिष शाक्य निवार्चित ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अव दाउरा चाहिँदैन (फोटो)

काठमाडौंको पशुपतिमा स्थापना भएको विद्युतीय शवदाह गृह आइतबारबाट संचालनमा आएपछि शव जलाइंदै । तस्वीरः ओ.के....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामको नयाँ शक्तिबाट हिसिला आउट!

काठमाडौं– बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको केन्द्रिय समितिमा बाबुराम पत्नी हिसिया यमीको नाम छुटाइएको छ । हिसिलाको कारण बाबुरामप्रति मान्छेको विस्वास नभएको ठहर गर्दै उनको नम जानीजानी सार्वजनिक नगरिएको चर्चा चलेको छ । ठूलो तामझामको साथ घोषणा गरिएको बाबुराको नयाँ शक्तिमा पूर्व प्रशासक र पूर्व प्रहरी हाकिमहरुको लर्को देखिएको छ । कांग्रेस र एमालेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सञ्चालकहरू नै हाबी रहेको संसदीय समितिमा ‘मनमोहन मेडिकल कलेज विधेयक’ पेस

माघ ११, २०७२- मनमोहन मेडिकल कलेजमा लगानी गर्ने एमालेका प्रभावशाली नेताहरू नै सदस्य रहेको संसदीय समितिमा त्यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक छलफलका लागि पेस भएको छ । संसद्ले कलेज सञ्चालकहरूको बाहुल्यता रहेको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा उक्त विधेयक पठाएको हो । सरकारले एमालेकै नेताको स्वार्थ र दबाबमा नाफामूलक सहकारीबाट प्रस्तावित ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विक्री भएन चिनियाँ अनुदानको इन्डक्सन

मूल्य सुनेपछि सराप्दै फर्कन्छन् सर्वसाधारण ११ माघ, काठमाडौं । सरकारले चीनबाट अनुदानमा आएको इन्डक्सन चुल्होको मूल्य अत्यधीक बढी तोकेपछि उपभोक्ताको आकर्षण ‘शून्य’ देखिएको छ । माघ ६ गतेदेखि चिनियाँ एकमुखे इन्डक्सनको बिक्री सुरु भएपनि अझैसम्म एउटा पनि बिकेको छैन । नेशनल ट्रेडिङले पहिलो चरणमा १३ सय इन्डक्सनको टेकुस्थित बिक्री केन्दमा बिक्री खुला गरिएको छ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

केन्द्रीय समितिको आजको बैठकमा के गर्दैछ कांग्रेस ?  

११ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज केन्द्रीय समितिले बैठक डाकेेको छ । आगामी महिनामा हुन लागेको १३औँ महाधिवेशनको तयारीका लागि सो पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो । फागुन २० देखि २३ सम्म १३औँ महाधिवेशन हुँदैछ । कांग्रेसले निर्वाचन सम्पन्न गर्न ७५ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाईसकेको छ । आज ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भेरी नदीमा सुन खोज्दै चिनियाँ कम्पनी  

११ माघ, जाजरकोट ।  भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो । धल्लामा चिनियाँ नागरिक संपिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि डि्रल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीन महिनापछि ३ लुटेरा पक्राउ

दशरथ घिमिरे ११ माघ, दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तीन महिना पछि दुई जना लुटेराहरुलाई पक्राउ गरेको छ । गत मंसिरमा भएको लुटपाटको घटनामा संलग्न भएको भन्दै प्रहरीले तुलसीपुर नगरपालिका १४ निवासी २४ वर्षीय सन्तोष चौधरी र तुलसीपुर नयाँगाउँका १८ वर्षीय मोहन चौधरीलाई पक्रेको हो । अर्को एकजनाको नाम भने प्रहरीले खुलाएको छैन । उनीहरुले गत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइम्याक ‘रेटिना ५ के’ नेपाली बजारमा   

काठमाण्डौ । एप्पलले उत्पादन गरेको चर्चित आइम्याक कम्प्युटरको ‘रेटिना ५के’ (iMac retina 5K) का नयाँ मोडल नेपाली बजारमा आइपुगेका छन् । एप्पलका उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता ओलिज स्टोरले यसै साता नयाँ मोडलका आइम्याक नेपाली बजारमा ल्याएको हो । बिश्वबजारमा निकै लोकप्रिय बनेका यी कम्प्युटरलाई पहिलोपटक ओलीज स्टोरले नेपालमा बिक्रि सुरु गरेको हो । स्टाइलिस र प्रयोगमैत्री डिजाइन रहेको आइम्याक अल्ट्रा स्लीम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डराए की शिल्पाको ‘फागू’ कुर्दैछन् छवि ? के रेखासँग भिडन्त हुन्छ ‘किस्मत २’ को ?  

चैत्रको अन्तिम हप्तालाई आफ्नो पकड मान्दै आएका निर्माता छविराज ओझा अहिले मौन देखिएका छन् । चैत्र २६ गतेबाट चलचित्र ‘किस्मत २’ सार्वजनिक प्रदर्शनमा ल्याउने उनको सोच यसपटक सफल हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन । किनकी, यही मितिमा प्रदर्शनमा आउने २ चलचित्र ‘रामप्यारी र नाई नभन्नु ल ४’ ले प्रचारप्रसारलाई तिव्रता दिएपनि छवि मौन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामसपा अध्यक्ष शरतसिंह भण्डारी पनि कांग्रेसमा !  

११ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीदेखि लिएर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री हरिनारायण यादवसम्मलाई पार्टीको क्रियाशिल सदस्यका रुपमा कायम राखेको छ । कांग्रेस निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको क्रियाशिल सदस्यको सूचीमा ११ औं महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका भण्डारीलगायतका पूर्वनेताहरुलाई समेत क्रियाशिल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घर फर्कन पनि नक्कली पासपोर्ट

११ माघ, काठमाडौं । काठमाडौं-विदेश जान नक्कली पासपोर्ट प्रयोग गर्ने गरेको खबर त नयाँ थिएन तर विदेशबाट फर्कंदासमेत नक्कली पासपोर्ट प्रयोग हुन थालेको खुलेको छ । कामदार फर्कंदा उपयोग हुने गरेका फर्जी पासपोर्ट संख्या उल्लेख्य मात्रा रहेको देखिएपछि नेपाली प्रशासन चनाखो भई अनुसन्धान थालेको नागरिक दैनिकमा समाचार छ । कैयौं अवस्थामा नक्कली पासपोर्ट प्रयोग गरी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सर्वोत्कृष्ट विद्यार्थीलाई स्थायी शिक्षक बनाइने

११ माघ, काठमाडौं । उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । शिक्षा मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको समाचार गोरखापत्र दैनिकले छापेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘चीनसँग खुट्टा कमाउनु हुँदैन’  

११ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टले मुलुक यतिबेला गहिरो पीडाबाट अघि बढिरहेकाले चीनसँग सम्बन्ध बलियो बनाउन नेपालले खुट्टा कमाउन नहुने बताएका छन् । बिष्टले चीनले सुरुआती दिनदेखि नै परिपक्व र मैत्रीपूर्ण रुपमा नेपाललाई सहयोग गर्दै आएको बताएको अन्नपूर्ण पोस्टमा समाचार छ । ‘भूकम्पलगायत अरु धेरैखालका पीडाबाट दुःखी बनेका नेपाली जनतालाई चीनले हृदयदेखि सहयोग गर्छु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाका माग पूराः सरकार

११ माघ, काठमाडौं । संविधान संशोधनले मधेसका माग सम्बोधन भएको दाबी सरकारले गरिरहेकै बेला मधेसी मोर्चाले त्यसलाई अस्वीकार गर्दै आन्दोलन स्थगित नगर्ने घोषणा गरेको छ । कांग्रेसको सुझावमा संविधान संशोधन गरिएको भन्दै त्यसको स्वामित्व आफूले नलिने घोषणासमेत मोर्चाले गरेको समाचार अन्नपूर्ण पोष्टले छापेको छ । सरकारले भने राज्यका हरेक निकायमा समानुपातिक समावेशी र जनसंख्यालाई क्षेत्र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घरसापटीको झमेला नातिका पालासम्म

११ माघ, काठमाडौं । कर्मचारी सञ्चयकोषले घरजग्गा धितो राखेर बाजे पुस्तामा दिएको सापटी रकम नातिका पालासम्म पनि असुल गर्न सकेको छैन । कोषले पुरानो घरसापटी रकम ४२ बर्षसम्म पनि उठाउन नसकेको फेला परेको छ । यसबाट बाजेले लिएको ऋणको बोझ नाति पुस्ताले झेल्नुपर्ने देखिएको समाचार कारोबार दैनिकले छापेको छ । २०३० बैशाख १३ गते तत्कालिन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डोजरले थिचेर सहचालकको निधन

११ माघ, तनहुँ । तनहुँको सामुङ् भगवतीपुर वडा नं ९ स्थित कालीगण्डकीमा निर्माणाधीन पक्की पुलको काम गर्ने क्रममा आइतबार साँझ डोजरले थिच्दा डोजरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा नवलपरासी जिल्ला डेढगाउँ निवासी २१ बर्षियसाजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । उक्त क्षेत्रमा काम गर्ने क्रममा अचानक डोजर पल्टिँदा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बालिका बलात्कारको आरोपमा मुद्दा  

११ माघ,  दाङ । एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस-५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् । बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गगन थापा: अब महामन्त्री लड्ने कि सभापति ?

यस्ता छन् महाधिवेशनमा गगन थापाका चुनौती १० माघ, काठमाडौं । नेपाली कांग्रेसका युवानेता गगन थापाले आगामी महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेको दाङका पत्रकारले ‘स्कूप मारेका’ थिए । तर, स्वयं थापालाई सोध्दा उनी आफूले महामन्त्रीमा उठ्ने घोषणा गरेको स्वीकार्दैनन् । कुन पदमा उठ्ने भन्ने अझै टुंगो गरिनसकेको थापा बताउँछन् । तर, आगामी महाधिवेशनमा गगन थापाका सामु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित

११ माघ, बागलुङ ।  भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले यहाँ निर्माणाधीन ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ ।  जिल्लाको कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको सो जलविद्युत् आयोजनाको निर्माणकार्य यसै वर्ष पूरा हुनुपर्नेमा निर्माण अवधि वर्षदिन पछि धकेलिएको छ । १.५ मेगावाट क्षमताको सो आयोजनाको काम गत असारदेखि पुससम्म ठप्प बनेको साइट इन्जिनियर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रंगेली घटनाका मृतकको आज शवयात्रा निकालिने

११ माघ, विराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज रंगेली घटनामा ज्यान गुमाएका मृतकको सम्मानमा शव यात्रा निकाल्ने भएको छ । बिराटनगरस्थित कोशी अंचल अस्पतालको शव गृहमा राखिएका तिनै जनाको शव १० बजे बुझि शव यात्रा गर्ने तयारी गरेको हो । आजै बिहान १० बजे मृतकको शव बुझेर नगरको परिक्रमा गरी कसियाहुदै रंगेली एव डायानियसम्म ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मुटुको शल्यक्रिया र कलेजो प्रत्यारोपणका लागि केन्द्र तयारीमा

भक्तपुर– मानव अङ्ग प्रत्यारोपण केन्द्रले मिर्गौलाबाहेक अन्य अङ्गको शल्यक्रिया एवम् प्रत्यारोपण गराउने कार्यको तयारी गरेको छ । व्यवस्थापिका–संसद्बाट मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ शुक्रबार पारित भएपछि केन्द्रले अन्य त्यस्ता अङ्गको प्रत्यारोपणको तयारी गरेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जीतको नेपाली गौरब

दुई दशक पछि नेपालले पाएको अन्तराष्ट्रिय सफलता र नेपाली खेलडीको जागरले  सवै नेपालीलाई खुशी मात्र दिएन , अन्तराष्ट्रिय स्तरमा सम्मान पनि थपेको छ । बहराइनमा बर्सेनी हजारौ नेपाली कामदारका रुपमा पुगेका होलान । हिजोका दिनसम्म बहराइनका जनताले नेपाललाई कामदारको देशको रुपमा चिनिरहेका थिए होलान् तर आजबाट नेपालको परिचय उनीहरुको सामु फेरिएको छ । नेपाल राम्रो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकार, सपना र सस्तो लोकप्रिययता

दिपशिखा शर्मा । भुकम्प र नाकाबन्दीको चरम मारले देशको अर्थतन्त्र गिर्दै गएको बेलामा गत असोज २४ गतेदेखि नेतृत्व तहमा पुगेका बर्तमान ओली सरकारले नेतृत्व सम्हालेको पनि  तिन महिना भईसकेको छ । अन्य देशमा नेताले पद सम्हालेको १५ दिनभित्रै देशले विकासको गति लिईसकेको हुन्छ । ३ महिने कार्यकालको दौरानमा सरकारले “ईन्धन संकट”जस्तो जर्जर समस्याबाट देशलाई निकास ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लोग्ने हराएकी श्रीमती

ओम प्रकाश निरौला । माघको चिसो दिन, मध्यान्हको समय भएपनि कठांग्रीने जाडोको कारण म ओछ्यानमा नै पल्टीरहेकी थिएँ । माया के हो ? हाम्रो समाजमा यसको संस्कार के छ ? संस्कार मात्र हेरेर पनि त भएन होला, नहेर्दा नी नहोला । आखिर लोग्नेको माया चाँही के हो त? यस्तै यस्तै अनेकौ कुराहरु मनमा खेलीरहेका थिएँ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हेर्नुहोस् विनिताको ‘सुपरहिट’मा सविन राइको यस्तो गीत  

गायक सविन राइले नायिका विनिता बराल अभिनित पहिलो चलचित्र ‘चपली हाइट’मा पनि एउटा गीत गाएका थिए । चलचित्रको ओएसटी भनेर प्रचार गरिएको गीतले राम्रै चर्चा पायो । उनै  सविनले फेरि पनि विनिताको नयाँ चलचित्र ‘सुपरहिट’मा ओएसटी गाएका छन् । सविन राइको आवाज रहेको यो गीतमा निराजन पाण्डेको शब्द, सुरेश राइको संगीत छ । माघ २२ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्वस्थ सरीरका लागि खानैपर्ने सुपर फ्रुट्स  

विज्ञहरुका अनुसार सरीरको वजनको सिधा सम्बन्ध पाचन क्रिया वा उपापचयनसँग हुन्छ । मोटोपन सन्तुलनका लागि उच्च क्यालोरीयुक्त खानेकुराको सेवन कम गर्ने तथा रेसादार र फलफूलजन्य खानेकुराको सेवन अधिकतम गर्नुपर्ने हुन्छ । यस्ता केही फलफूलहरु छन् जसको सेबन गर्ने हो भने भोक पनि कम लाग्छ र सरीरमा इनर्जी लेभल पनि मेन्टेन भइरहेको हुन्छ । सरीरलाई स्वस्थ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुनियाकै सबैभन्दा कालो बच्चा भन्दै अनलाइनमा भाइरल

सोसल साइटहरुमा एकजना निकै कालो वर्णको बच्चाको फोटो भाइरल बनिरहेको छ, जसलाई दुनियाकै सबैभन्दा कालो बच्चा दाबी गरिएको छ । विश्वको सबैभन्दा कालो बच्चा भनेपछि धेरै भन्दा धेरै मानिसको ध्यान नजाने कुरै भएन । तर यो तस्वीरको गुह्य रहस्य बल्ल पत्ता लागेको छ । यो तस्वीर न त कुनै गोरिल्ला वा ढेँडुको मान्छे जस्तै देखिने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध थप उचाइमा’

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध थप उचाइमा पुगेको बताउनुभएको छ । असल छिमेकी चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षको अभ्यास र पुर्खाले स्थापित गरेको कूटनीतिक पारस्परिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुद र दीर्घायु हुँदै गएको उहाँले उल्लेख गरे । नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाठका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सात सय महिला आयमूलक व्यवसायमा

भीमदत्तनगर । महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले अनुदान दिएपछि जिल्लाका विभिन्न ग्रामीण भेगका सात सयभन्दा बढी आर्थिक अवस्था कमजोर भएका महिला आयमूलक व्यवसायमा लागेका छन् । महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन सरकारले व्यवसायमा लाग्न अनुदान दिएपछि यहाँका महिला तरकारी खेती, बाख्रा पालन, बङ्गुरपालन, केरा खेतीलगायतका नाफामुखी व्यवसायमा लागेका छन् । महिला तथा बालबालिका कार्यालयकी प्रमुख ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पत्नीले हिंसा गरेको भन्दै पतिहरु प्रहरीमा

वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्को व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे । अनुसार ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

झन्डै ८ अर्ब भूकम्पको बीमा भुक्तानी

कुन बीमा कम्पनीले कति भुक्तानी दिए ? पुष्प दुलाल १० माघ, काठमाडौं । गत बैशाख १२ गतेको विनासकारी भूकम्पले पुर्‍याएको क्षतिमध्ये निर्जीबन बीमा कम्पनीहरुले ७ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी दिएका छन् । माघ ७ गतेसम्ममा बीमा कम्पनीहरुले सो बराबरको भुक्तानी दिएको नियामक बीमा समितिले जनाएको छ । बीमा कम्पनीहरुले दिएको यो भुक्तानी कूल दाबी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाको प्रमुख माग पुरा भइसक्योः उपप्रधानमन्त्री रावल  

१० माघ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान संशोधनसँगै मधेसी मोर्चाको प्रमुख माग पुरा भइसकेको दाबी गरेका छन् । बाँकी मागबारे छलफल गर्न छिट्टै वार्तामा बोलाउने उनले बताए । रिपोर्टर्स क्लब नेपालले आइबार आयोजना गरेको साक्षात्कारमा एमाले उपाध्यक्ष समेत रहेका रावलले भने-‘मोर्चाले सुरुमा उठाएको माग संशोधनबाट हुबहु पुरा भइसकेको छ । आउने दिनमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रवण मुकारुङले असरफलाई नचिन्दा …  

१० माघ, काठमाडौं । कवि श्रवण मुकारुङलाई केहि दिनअघि एक युवाले फोन गरेर भने-‘असरफलाई मृत्युदण्ड दिइएको विषयमाथि कविता वाचन छ, दाइले पनि ठोक्नुपर्यो ।’ ‘को असरफ ?’ भन्नेसम्म नसोधिकन उनले जवाफ दिए, ‘भइहाल्छ नि । यो त गर्नैपर्ने काम हो ।’ ‘कर्न्फम है दाइ ?’ ‘ठीक छ, म लेख्छु ।’ फोन राखेर उनी घोरिए, ‘को ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालको साइबर सुरक्षा कमजोर, बढी भाइरस लाग्ने ८ औं मुलुक

६५ प्रतिशत डिभाइसमा भाइरस संक्रमण भइसकेको दाबी १० माघ, काठमाडौं । नेपालमा प्रयोग हुने ६५ प्रतिशत डिभाइसमा भाइरस संक्रमण भएको पाइएको छ । साथै नेपालमा इन्टरनेटमार्फत भाइरस इन्फेक्सन हुने सम्भावना समेत उच्च देखिएको छ । एन्टीभाइरस निर्माता कम्पनी क्यास्पर्स्कीले २०१५ को सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको उक्त प्रतिवेदन अनुसार भाइरस संक्रमण ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सडकबाट : विद्यार्थी भन्छन्– विदेशिनु भन्दा त लोकसेवा दिनै जाती !

जिना वली, लोकसेवा विद्यार्थी, नयाँ बानेश्वर यही वर्ष स्नातक तहको परीक्षा पास गरेकी छु । आफ्नो देशमा पढेर आफ्नै देशमा केही गर्ने रहर छ । नेपालमै केही गरेर देखाउने रहर मेटाउन धेरै काममा हात हालिसकेको छु । कुनै कामलाई पनि लामो समय अवधिसम्म टिकाउनै सकिएन । कतै पैसा कम दिन्छन्, कतै राम्रो व्यवहार गर्दैनन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चेपाङको राहत रकम कब्जा गर्ने कर्मचारीलाई उपस्थित हुन आदेश

न्यानो कपडा खरिद गर्न भूकम्पपीडित चेपाङहरुलाई दिइएको सरकारी नगद राहतलाई पुरानो ऋण भन्दै असुल्ने फोकस नेपालका २ जना कर्मचारीलाई स्थनीय प्रशासनले कार्यालयमा उपस्थित हुन आदेश दिएको छ । स्थानीय प्रशासनले आइतबार प्रहरीमार्फत कार्यालयमा उपस्थित गराउन आदेश दिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको लिखित आदेशमा प्रहरीले उक्त संस्थाका गरिबी निवारण कोषतर्फका कार्यक्रम संयोजक लालप्रसाद ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीन सवारीसाधन एकआपसमा ठोक्किँदा एकको मृत्यु, ३० घाइते

चितवन–पृथ्वी राजमार्गको फिस्लिङमा आज बिहान पौने १० बजे तीन सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना माइक्रोबसमै च्यापिएका यात्रु हुन् । छ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । मृतक अन्दाजी ५० ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्घटनापछि भागेका चालक मृत अवस्थामा भेटिए

माघ १०, २०७२- शनिबार अपरान्ह दुर्घटनापछि भागेका जिप चालक आइतबार बिहानै दुर्घटनाग्रस्त जिप नजिकै मृत अवस्थामा भेटिएका छन् । लु १ ज २०९२ नम्बरको जिपका चालक चिदीपानी, ७ घर भएका २७ वर्षिय गंगाधर सापकोटा झडेवा, ६ सौरेनी जंगलमा मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले सापकोटाको शव बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पशुपतिमा आजदेखि विद्युतबाट शव जलाइने

१० माघ, काठमाडौंं । काठमाडौंको पशुपतिमा स्थपना भएको विद्युतीय शवदाह गृह आज आइतबारदेखि सञ्चालनमा आउँदैछ । शवदाह गृहको संस्कृति पर्याटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको पुशपति क्षेत्र विकास कोषले जनाएको छ । ११ करोड रुपैयाँमा बनेको शवदाह गृहमा आज ३ बजेदेखि सर्वसाधरणको शब जलाउन सुरु गरिनेछ । शवदाह गृह ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एनआइसी एसियाको अठारौं वार्षिक साधारणसभा बिराटनगरमा  

१० माघ, काठमाडौं । एनआइसी एसिया बैंकको अठारौं वार्षिक साधारणसभा बिराटनगरमा भएको छ । सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद अग्रवालको अध्यक्षतामा साधाराणसभा भएको हो । सभाले बैंकको आर्थिक वर्ष २०७१/७२ को मुनाफाबाट ३९ प्रतिशत बोनस शेयर दिने निर्णय पारित गरेको छ । यस्तै सभाले कर प्रयोजनको लागि २ दशमलव ०५ प्रतिशत नगद लाभांस पनि पास सरेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने

१० माघ, काठमाडौं । एभरेष्ट बैंकले नुवाकोट र गोरखाका भुकम्प प्रभावित स्कुलका बाल बालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गर्ने भएको छ । सुरुवातमा बैैकले ६ पटा विद्यालयहरुका विद्यार्थीका राहत सामग्री वितरण गर्नेछ । नुवाकोटका २ र गोरखाका ४ विद्यालयका १६ सय विद्यार्थीलाई राहत वितरण गरिने बैंकले जनाएको छ । यो कार्यक्रम बैंकले पहिले नै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कर्मचारी सरुवा प्रणाली पूर्व अनुमानयोग्य बन्छः मन्त्री शर्मा

१० माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्री रेखा शर्माले निजामती कर्मचारीको सरुवा प्रणालीलाई पूर्वअनुमान योग्य बनाइने बताएकी छिन् । रफत सञ्चार क्लब भक्तपुरले अाइतबार गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री शर्माले सामान्य प्रशासन मन्त्रालयका मुख्य २७ काम मध्ये एउटामा मात्रै अल्झने बिगतको अवस्थालाई तोड्ने समेत बताएकी हुन् । स्थायी सरकाको रुपमा रहेको कर्मचारीतन्त्रलाई नीतिगत रुपमा सुधार गरी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजेश हमालको यात्राः फिल्म, महोत्सव र म्यूजिक भिडियो  

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको यात्रा अहिले चलचित्रमा भन्दा महोत्सव र म्यूजिक भिडियोमा देखिएको छ । चलचित्र ‘बागमती’को असफलतापछि चर्को आलोचना पनि भोगेका हमाल नयाँ चलचित्र ‘शकुन्तला’मार्फत दर्शकमाँझ आउँदैछन् । हमाल अहिले महोत्सवमा व्यस्त छन् । महोत्सवबाट राम्रै रकम आउने भएकाले पनि हमाल यतातर्फ आकषिर्त भएको लामै समय भैसकेको छ । हुनत, गायक-गायिकादेखि नायक-नायिका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आलियानै हुन् त रणवीर कट्रिनाको ब्रेकअपको कारण  

मुम्बई । १३ महिना अघि बलिउडमा रणवीर कपुर र कट्रिना कैफको सम्बन्धले निकै चर्चा पायो । नयाँ वर्ष मनाउन बेलायत पुगेका रणबीर कट्रिनाले उतै मगनी गरे । मगनीमा को-को सहभागी थिए मात्रै हैन र रणबीरले कट्रिनालाई कस्तौ औंठी लगाइदिए समेतको समाचार आयो । तर, आजको मितिसम्म कटि्रना र रणबीरको मगनी भएको पुष्टि भएको छैन । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल दक्षिण एशियाकै पर्यटनको राजधानी बन्न सक्छ

काठमाडौँ । नेपालको पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि नेपाल र बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिइएको छ ।प्राकृतिक सौन्दर्यता, भू्–धरातलीयस्वरुप र हावापानीका कारण नेपाल दक्षिण एशियाकै पर्यटनको राजधानी बन्नसक्ने भन्दै सरोकारवाला वक्ताले त्यसको भरपुर उपयोग गर्न आवश्यक रणनीतिको खाँचोसमेत औँल्याए । नेपाल–बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपालस्थित बङ्गलादेशी राजदूतावास र एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँशक्तिको कार्यक्रममा विनोद चौधरीदेखि दलमर्दन कामीसम्म

नयाँ शक्तिमा लागेको छैन तर विकासको राजनीतिमा समर्थन छः चौधरी १० माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा २६५ सदस्यीय केन्द्रीय परिषद गठन गरिएको छ । ३५ जना सदस्यको नाम सार्बजनिक गरिए पनि अन्यलाई पछि थपिने छ । नयाँ शक्ति निर्माण अभियानको राष्ट्रिय परिषद घोषणा कार्यक्रम नयाँबानेश्वरको अल्फाबिटा कम्प्लेक्समा जारी छ । कार्यक्रममा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सामाजिक लोकतान्त्रिक पार्टी बाबुरामको नयाँशक्तिमा विलय

पासाङ शेर्पाले भने- ३६ वटा जिल्ला कमिटी नयाँशक्तिमा समाहित भयौं १० माघ, काठमाडौं । तीन वर्ष पहिले नयाँ दलका रुपमा स्थापित भएको चैतन्य सुब्बा नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी डा. बाबुराम भट्टराईको नयाँशक्तिमा विलय भएको छ । नयाँ बानेश्वरको अल्फाबेटमा आयोजित नयाँ शक्तिको पत्रकार सम्मेलनमा सामाजिक लोकतान्त्रिक पार्टीका नेता चैतन्य सुब्बाले आजैका मितिबाट आफ्नो पार्टी बाबुराम ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामको केन्द्रीय कमिटीमा ९ जना डाक्टर !

पूर्वएआइजीदेखि पूर्वसचिवसम्म नयाँशक्तिमा लागे १० माघ, काठमाडौं । डा. बाबुराम भट्टराईले घोषणा गरेको नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा पीएचडी डाक्टर र नेपाल सरकारका पूर्वसचिव एवं प्रहरीका पूर्वएआइजीहरुको बाक्लो उपस्थिति देखिएको छ । ट्राफिक प्रहरीका पूर्वप्रमुखसमेत रहेका पूर्वएआइजी गणेशराज राईसमेत नयाँ शक्तिको केन्द्रीय परिषदमा सामेल भएका छन् । आइतबार नयाँ बानेश्वरबाट घोषणा गरिएको ३५ सदस्यीय कमिटीमा रहेका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संविधान संशोधन : भारतले गर्यो भव्य स्वागत, मधेस केन्द्रित दल भने असन्तुष्ट

काठमाडौं, माघ १० । व्यवस्थापिका संसदले हिजो नेपालको संविधान पहिलो संशोधन पारित गरेको छ । हिजो भएको संविधान संशोधनको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै संशोधनको स्वागत गरेको हो । विज्ञप्तीमा भनिएको छ,‘हिजो नेपालको संसदले पास गरेको दुई संशोधन सकारात्मक विकासको रुपमा हामी सम्मान गछौं र हामीलाई विश्वास छ अन्य ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं