Wednesday, February 10, 2016

निखिल फिल्म खेल्दा स्कुल पढ्थिन् वेनिशा, भन्छिन्-‘हाम्रो जोडी जम्छ’  

नायक निखिल उप्रेतीकी नायिका बन्ने कुराले उत्साहित छिन् बेनिशा हमाल । सबिर श्रेष्ठको निर्देशन रहने अनटाइटल प्रोजेक्टमा बेनिशा र निखिलले मुख्य भुमिका निर्वाह गर्दैछन् । ‘हो म एउटा चलचित्रमा निखिलकी नायिका बन्दै छु । उहाँको नायिका बन्ने खबरले उत्साहित छु ।’ अनलाइनखबरसँग कुरा गर्दै ‘स्वर’ डेब्यू सुन्दरीले भनिन् । निखिल जतिवेला नेपाली चलचित्र क्षेत्रमा प्रवेश ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रेशम फिलिलीको ‘जालमा’ पछि भ्यालेन्टाइन डेमा ‘साथ देऊ मलाई’

काठमाडौं– रंगले फूललाई आकासले जूनलाई मोलले सुनलाई आवाजले धूनलाई दिन्छन् जसरी हो, त्यसैगरी साथ देऊ तिमी मलाई सिनेमा ‘रेशम फिलिली’को चर्चित गीत ‘जालमा’का गीतकार मानसराजले प्रेमदिवसको लागि लेखेको गीत हो यो । गीतको भिडियो विहिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा सनुप पौडेलको स्वर र संगीत रहेको छ । प्रभाकर क्षेत्रीको ‘इल्युस्ट्रेसन’ प्रयोग गरेर बनाइएको भिडियोमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमको अडानले मुलुक सिक्किमीकरण हुनबाट जोगियो

झापा, २८ माघ– पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण मुलुक सिक्किमीकरण र भुटानीकरण हुनबाट बचेको बताएका छन् । प्रेस चौतारी झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको ‘चट्टानी’ अडानकै कारण नेपालीको राष्ट्रिय भावनाप्रति भारतीय शासकलाई सोच्न बाध्य बनाएको बताए । उनले मुलुकलाई सिक्किमीकरण, भुटानीकरण वा फिजीकरण हुनबाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कसैको प्रेमले कर्नाटक तानेको थियो, एउटा चिठीले नेपाल फर्कायो

एक रंगकर्मीको रेखा जिन्दगीको सुनील पोखरेल, रंगकर्मी जीवन कति हदसम्म नाटक हो र नाटक कति हदसम्म जीवन हो ? यो प्रश्नको जवाफ दिन म आजसम्म असमर्थ छु, अन्योलमा छु । नाटक र जीवनबीच मसिनो धर्सो देख्छु, त्यो धर्सोलाई कहिले यता, कहिले उता नाघिरहेको हुन्छु । नाटक गरिसकेपछि नाटकका चरित्रले मेरो जीवनलाई लात्ताले हिर्काएका पनि छन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओलीले जलविज्ञलाई भने- मलाई अंग्रेजी र हिन्दी पढ्न आउँछ !

माथिल्लो कर्णालीको ‘क्षमता’बारे प्रधानमन्त्री अनविज्ञ २८ माघ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार साँझ बाहिरपट्टि भूटानी गृहमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने पालो कुरेको आधा घण्टा बितिसकेको थियो, भित्रचाँहि भारतसँग गरिएको माथिल्लो कर्णाली जलविद्युत परियोजनासम्बन्धी सम्झौताका विषयमा छलफल भइरहेको थियो । ‘भारतसँग ९०० मेघावाटका लागि माथिल्लो कर्णाली परियोजना सम्झौता गरिएको छ, तर त्यहाँबाट ४१८० मेघावाट बिजुली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘राष्ट्रिय धुन बज्दा अविरल आँसु झर्‍यो’

सन् १९८९ का स्वर्णपदक विजेता भन्छन्ः जीवनकै ठूलो खुसीको क्षण थियो २८ माघ, काठमाडौं । सन् १९८९ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न साग गेम्सबाट स्वर्णपदक जितेका थिए, बक्सर चित्रबहादुर गुरुङले । उनी अहिले पोखराको एउटा क्याम्पसमा खेलकुद शिक्षक छन् । बक्सिङ खेल्न थालेको तीन वर्षमै आफूले सागमा स्वर्ण जितेको बताउँछन्, चित्रबहादुर । स्याङ्जा घर भएका उनले ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द

अत्यावश्यक सेवाका गाडीलाई २ घण्टाको फरकमा छाडिने २८ माघ, चितवन । सडक बिस्तार भैरहेकाले चितवनको नारायणगढ-मुग्लिन खण्ड बन्द गरिएको छ । बिहान ११ बजेदेखि सबै प्रकारका सवारी साधन आवत-जावत बन्द गरिएको हो । बन्द गरिएको सडक दिउँसो ३ बजेपछि मात्रै खुलाइने छ । गाडीहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ । ‘दुई घण्टा पहाड फोर्ने र ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

केरुङ नाका बन्द, सामान आयात ठप्प  

२८ माघ, रसुवा । भूकम्पका कारण प्रमुख व्यापारिक तातोपानी नाका बन्द भएको बेला केरुङ नाका पनि बन्द भएको छ । ल्होसार पर्व तथा चिनियाँ नयाँ वर्षमा कर्मचारीहरु व्यस्त भएकाले केरुङ नाका बन्द गराइएको हो । चिनियाँ नयाँ वर्ष र ल्होसार पर्बका कारण दुई सातासम्म केरुङ भन्सार नाका बन्द हुन्छ । पत्रकार बलराम घिमिरे भन्छन्, ‘चिनियाँ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाघको दुई थान छालासहित आठजना पक्राउ  

२८ माघ, भीमदत्तनगर  । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टिमले बुधबार कैलालीको पहलमानपुरबाट दुई थान पाटेबाघको छालासहित आठजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट महाकाली अञ्चलका लागि खटिएको टोलीले पाटेबाघको छाला र हड्डीसहित आठजना अभियुक्त पक्राउ गरेको प्रहरी अनुसन्धान ब्युरोका महाकाली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताए । प्रहरी नायब निरीक्षक जोहारीका अनुसार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अखिलको सम्मेलन प्रधानमन्त्री ओलीबाट उदघाटन हुँदै

प्रतिनिधि विवाद मिलेन, को बन्ला अध्यक्ष ? २८ माघ, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधारः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारासहित आयोजित सम्मेलनको उदघाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलन बुधबारदेखि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारी हाकिमकाे दाबी: कालोबजारियाले देशलाई ठूलो दुर्घटनाबाट बचाए !

नाकावन्दीमा पहाड र काठमाडौंमा भारुको खपत घट्यो पुष्प दुलाल २८ माघ, काठमाडौं । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तराईबाहेकका क्षेत्रमा भारतीय मुद्राको खपत घटाएको छ । तर, राष्ट्र बैंकका एक अधिकारीले अनौठो दाबी गर्दै भनेका छन् कि नाकाबन्दीका बेला तराईमा कालोबजारियाहरुले गरेको व्यापारका कारण देश ठूलो दुर्घटनाबाट बचेको छ । भारुको कारोबार राष्ट्र बैंकले चालु ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विश्वकपमा छनोट हुन नेपालले आज नामिबियालाई जित्नै पर्ने  

२८ माघ काठमाडौं । यु-१९ विश्वकप क्रिकेट अन्तर्गतको सातौँ स्थानका लागि आज नेपालले एसोसिएट टोली नामिबियासँग आज प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको फतुल्लाहस्थित  खान साहेब ओस्मन अली रंगशालामा नेपाल पौने ९ बजे नेपालले नामिबियासँग खेल्ने छ । आजको खेलमा जित निकाल्ने टोलीले सन् २०१८ मा न्यूजिल्याण्डमा आयोजना हुने आगामी संस्करणको लागि छनोट हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

क्राइम अपडेट : २४ घण्टाभित्र देशभर के–के घटना घटे ?

काठमाडौं–आज माघ २७ गते । २४ भण्टाभित्र देशभर के–के घटना घटे त ? नेपाल प्रहरीका अनुसार २४ घण्टाभित्र घटेका घटनाहरु यस्ता छन् : डाँका मुद्दामा फरार अभियुक्त पक्राउ : मकवानपु : हेटौंडा उपमहानगरपालिका–२९ तिनताप्केस्थित सडकमा बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.४ ख ६९७४ नम्बरको यात्रुबाहक बसमा गत मंसिर २६ गते डाँका गरी फरार रहेका मनहरी गाबिस–३ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मन्दिरमा कन्डम देखाएको भन्दै सन्नी बिरुद्ध उजुरी

दिल्लीको आदर्श नगर थानामा बलिउड नायिका सन्नी लियोनी बिरुद्ध उजुरी परेको छ । सन्नीको साथै सेक्स कमेडी चलचित्र ‘मस्तीजादे’सँग जोडिएका अभिनेता वीर दास लगायतका कलाकार बिरुद्ध पनि धार्मिक भावना भड्काएको आरोप लागेको छ । उजुरीमा भनिएको छ कि यो चलचित्रले हिन्दु धर्म र उक्त धर्मसँग जोडिएका मान्छेको भावनामा चोट पुर्‍याएको छ । चलचित्रको एक दृष्यमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुशीलको सेखपछि कांग्रेस संस्थापनको नेता को ?

पौडेलको चुनौती र कोइराला परिवारको सम्भावना २७ माघ, काठमाडौं । सोमबार साँझ पूर्वप्रधानमन्त्री एवं दिवंगत सभापति सुशील कोइरालाको अन्त्येष्टि  गरेर पशुपति आर्यघाटबाट फर्किएलगत्तै कांग्रेस नेताहरुवीच आगामी महाधिवेशनमा सभापति पद कसले हत्याउने भन्ने रस्साकसी सुरु हुने पक्कापक्की छ । कांग्रेसको नेतृत्व कोइराला परिवारका हातबाट अन्यत्र सरेको चर्चा सुरु भइसकेको छ । बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलमध्ये ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिन्धुपाल्चोक केन्द्र भएर ४.६ रेक्टर स्केलको पराकम्पन

माघ २७, २०७२- बुधबार राति सिन्धुपाल्चोक केन्द्र भएर ४.६ रेक्टर स्केलको पराकम्पन गएको छ । राति १० बजेर १२ मिनेटमा गएको पराकम्पन काठमाडौंलगायत मध्य क्षेत्रका केही जिल्लामा महसुस भएको थियो । यसअघि ५ दिनअघि पनि काठमाडौं केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

होचा खगेन्द्र अस्पताल भर्ना  

२७ माघ, पोखरा । नेपालका होचा व्यक्ति खगेन्द्र थापा मगर अस्पताल भर्ना भएका छन् । गिनिज बुक अफ दी वल्र्डमा ८ महिना आफ्नो नाम लेखाउन सफल भएका खगेन्द्रको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । खगेन्द्रले वान्ता गरी पखला चल्न थालेपछि पोखरा नागाढुंगास्थित फेवासिटि हस्पिटलमा भर्ना गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठान नेपालका अध्यक्ष मिनबहादुुर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइराला बाथरुममा लडेका थिए

निद्रा लाग्ने औषधि समेत सेवन गर्दै थिए माघ २७, २०७२- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम श्रद्धाञ्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले बुधबार पनि बारम्बार एउटै प्रश्न गरेे,’सुशील ‘दा’लाई किन अस्पताल लगिएन ?’ यसको जबाफ दिने त्यहाँ कोही भएनन् । पार्टीका नेताहरु यस्ता प्रश्नको घेराबन्दीमा बारम्बार परिरहँदा उनीहरु प्रतिक्रियाविहिन भएर शीर निहुराएका थिए ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दक्षिण एशियाले शालिन नेता गुमायो: अन्तर्राष्ट्रिय समुदाय

माघ २७, २०७२- कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा अन्तर्राष्ट्रिय समुदायले दुःख प्रकट गर्दै दक्षिण एशियाले नै एक सादा र शालिन राजनीतिज्ञ गुमाएको टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघमा महासचिव बान कि मुनले कोइरालाको निधनबाट आफू मर्माहत भएको बताएका छन् । उनले कोइरालालाई ‘सबैका आदरणीय राजनेता’ भनेका छन् । महासचिवका तर्फबाट प्रवक्ताको कार्यालयबाट जारी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालाको निधनले कांग्रेसीहरुले दु:खी  

बसन्त रानाभाट बार्सिलोना । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति युरोपका काँग्रेसीहरुले दु:ख व्यक्त गरेका छन् । कोइराला इमान्दार, शालिन र सरल नेता भएको बताउँदै देश र पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै उनीहरुले दुख ब्यक्त गरेका हुन् । युरोप काँगेसका कार्यबाहक अध्यक्ष पूर्ण हमालले, आर्दश पुरुष र समाजबादी सोचका नेता कोईरालाको निधनबाट मुलुकले अभिभाबक गुमाएको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

युएईको सारजहा जेलमा भेटिए ६ जना नेपाली  

आरपी सहयात्री दुबई । बैदेशिक रोजगारीका लागि संयुक्त अरब इमरेट्स आएका ६ जना नेपाली सारजहास्थित जेलमा बन्दी जीवत बिताइरहेको अबस्थामा भेटिएका छन् । एनआरएन यूएईको उद्धार टोलीले फेबु्रवरी १० तारिख सारजाको जेल भ्रमण गर्दा नेपाली युवाहरु जेलमा रहेको भेटिएको हो । एनआरएन अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राईको टोलीले नेपाली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

छिमेकीले नै हत्या गरेका रहेछन् सात वर्षका आकाशको  

आरपी सुवेदी २७ माघ, नेपालगञ्ज । बाँके कोहलपुर-९ झण्डहवाका रामशंकर थारुको ७ वर्षीय छोरा आकाशको अपहरणपछि हत्या भएको छ । हत्याको अभियोगमा रामशंकरका छिमेकी घनश्याम चमार पक्राउ परेका छन् । र, उनले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतक आकाश २४ गतेदेखि घरबाटै बेपत्ता भएका थिए । बुधबार विहान मात्र घरदेखि ४० मिटरको दुरीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘मलाई निद्रै लाग्दैन, शेरबहादुरको हातमा पार्टी जाने भो’ भन्थे सुशील कोइराला

काठमाण्डौ । करिब पाँच दिनअघि महाराजगञ्जस्थित निवासमा भेटघाटका लागि पुगेका पूर्व पर्यटनमन्त्री सुशीलमान शेरचनले कांग्रेस सभापति सुशील कोइरालाको फुस्रो र चमकहीन अनुहार तथा कमजोर स्वास्थ्य देखेर सोधे–‘दाई के भयो ? धेरै चिन्ता लिइरहनुभएको छ कि क्या हो ? रातभरि सुत्नुहुन्न कि क्या हो ?’ केहीबेर मौन बसेका कोइरालाले प्रतिउत्तरमा भनेका थिए–‘मलाई हिजोआज निद्रै लाग्दैन, शेरबहादुरको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

माघ २७ सुशीललाई अचम्मको संयोग  

२७ माघ, काठमाडौं । पटक-पटक प्राप्त लाभको पदलाई अस्वीकार गरी पार्टीभित्रकै भूमिकामा रमाएका सादगी नेता सुशील कोइरालाका लागि माघ २७ गते अचम्मको संयोग परेको छ । कोइराला जुन दिन प्रधानमन्त्री निर्वाचित भएका थिए, दुई वर्षपछिको त्यहि दिन उनको अन्त्येष्टि गरिएको छ । दोस्रो ठूलो दल नेकपा एमालेको सहयोगमा कोइराला २०७० सालको माघ २७ गते प्रधानमन्त्रीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तस्वीरमा सुशीलको अन्तिम यात्रा  

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल कोइरालाले दागबती दिएका छन् । त्यसअघि कोइरालाको सम्मानमा सलामी दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । कोइरालाप्रति अन्तिम श्रद्धान्जली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुशीललाई भतिज अतुलले दिए दागबत्ती  

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भतिजा अतुलले दागबत्ती दिएका छन् । त्यसअघि चितामा राखिएको कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे र अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । कोइरालाको सम्मानमा नेपाली सेनाले सलामी दिएको छ । राष्ट्रिय गानको धून पनि बजाइएको छ । आर्यघाटमा उपस्थित सर्बसाधारणहरुले सुशील ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीदेखि लाखौं जनतासम्म आर्यघाटमा  

काठमाडौँ २७ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्यघाट पुगी स्व कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण तथा विभिन्न राजनीतिक दलका नेता ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राज्यलाई झुकाएरै छाड्छौं महन्थ ठाकुर

२७ माघ, काठमाडौं । मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको विदेभ अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । राज्यले भाषा, रंग र भेषका आधारमा मधेसमाथि विभेद गरेको उनको आरोप छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले भने-‘अहिले आन्दोलन रोकिएको छैन, स्वरुप मात्र परिर्वतन भएको हो ।’ विभेद अन्त्य ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालाको सहज मृत्युले छाडेका असहज प्रश्न  

चिरञ्जीवी पौडेल/टिप्पणी कांग्रेस सभापति सुशील कोइरालाको मृत्यू सहज हो कि असहज ? सायद कोइराला स्वयमका लागि सहज, अरुका लागि असहज । कोइरालाले मृत्यूपूर्व लामो कष्ट व्यहोर्नु परेन । यसलाई संभवतः ‘आदर्श मृत्यू’ मान्न सकिन्छ । मर्नु त एक दिन छ नै । त्यसैले मृत्यूअघि कमभन्दा कम दुःख पाइयोस् र धेरै छटपटिनु नपरोस् भन्ने हरेक मानिसको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालाको निधनले एशियाको राजनीतिमा असर: भारतीय नेता  

२७ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पुर्याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा. एच एन शर्माले बताएका छन् । रङ्गशालामा राखिएको स्वर्गीय कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोइरालाको निष्ठाको राजनीति अनुभव समग्र एसियालाई नै खाँचो रहेको औँल्याए । त्यसैगरी भारतीय समाजवादी पार्टीका नेता डिबी ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्को विश्वकपमा सोझै छनोट हुन नेपालले नामिबियालाई हराउनै पर्ने  

२७ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटको सुपरलिग प्लेअफको तेस्रो स्थानको लागि नेपाल र नामिवियाबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको सुपरलिग प्लेअफ सेमिफाइनलमा नामिबिया इंग्ल्याण्डसँग २०३ रनले पराजित भएको छ । यससँगै नेपालले नामिबिया प्रतिद्वन्द्वी पाएको छ । अब सन् २०१८ मा हुने विश्वकपको अर्को संस्करणमा सोझै छनौट हुन नेपालले भोलि ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मातृका यादवले गरे छुट्टै आन्दोलन घोषणा, मधेसी मोर्चाले धोका दिएको आरोप  

– एस.के. शान २७ माघ, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जालझेल र प्रलोभनमा परेर मधेस आन्दोलनलाई तुहाएको आरोप लगाउँदै नेकपा (माओवादी)का नेता मातृका यादवले छुट्टै आन्दोलन घोषणा गरेका छन् । सप्तरी सदरमुकाम राजबिराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मधेसी राष्ट्रिय आन्दोलन समितिका संयोजकसमेत रहेका यादवले प्रतिकृयावादी शाशकहरुको मिलोमतोमा मोर्चाले आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सडकबाट : कुरामा मात्रै खुल्यो नाकाबन्दी, न ग्यास छ न पेट्रोल !

श्री कृष्ण रम्तेल, समाजसेवी, झरुवाराशी नाकाबन्दी खुलेको समाचारले खुसी बनाएको छ । तर नाकाबन्दी त नामको मात्र खुलेको छ नि । हामी सर्वसाधारणको जीवन उस्तै कष्टकर छ । बजारमा न ग्यास पाइएको छ न पेट्रोल । आगोमै खाना पाक्छ । गाडीमा कोचिएर नै यात्रा गर्नु परेको छ । कालोबजारी हटेको छैन । सहजै तेल किन्न ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालाको शव यात्रा जारी, राजकीय सम्मानका साथ अन्त्येष्टी गरिँदै [फोटो फिचर]

माघ २७, २०७२- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको शवयात्रा सुरु भएको छ । बुधबार दिउँसो दशरथ रंगशालाबाट पशुपति आर्यघाट तर्फ शव यात्रा सुरु भएको हो । रंगशालाबाट सुरु भएको शव यात्रा थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्ण पाउरोटी, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ । शवयात्रामा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हराएका बालकको घर नजिकै शव भेटियो, आमाबाबु बेहोस

कृष्ण ओली- नेपालगञ्ज : बाँकेको कोहलपुरमा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कोहलपुर नगरपालिका ९ झण्डहवाका ७ वर्षिय आकाश थारुको घाँटी काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। माघ २४ गते साझदेखि बेपत्ता भएका बालकको शव बुधबार बिहान घर नजिकैको परालको कुन्युभित्र फेला परेको हो। रगतले लत्पतिएको शव बोरामा हाली ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बेगनासतालमा विदेशी महिलाको शव फेला

पोखरा–लेखनाथ नगरपालिकको बेगनासतालमा एक विदेशी महिलाको शव फेला परेको छ । आज तालमा अपरिचित विदेशी महिलाको शव तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ३०/३१ वर्ष उमेरकी ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । महिलाको साथबाट कुनै प्रकारको कागजात फेला नपरेकोले पहिचान हुन नसकेको बताइएको छ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दीपकराजको सम्झनामा सुशीलः फूटबल खेल्दा मैदान छाड्न मान्नुभएन, भेट्दा बच्चाजस्तै रमाउनुभयो’

नेपालगञ्जमा सम्पन्न सांस्कृतिक महोत्सवमा सहभागी भएर काठमाडौं फर्किदै थिए हाँस्य कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला । नेपालगञ्ज एअरपोर्टमा आइपुग्दा दीपक र दीपासँग हात मिलाउनेदेखि सेल्फी खिच्नेहरुको तछाडमछाड चल्यो । प्लेनमा बसेपछि पनि एकछिन फोटोसेसन भयो । फोटोसेसन सकिएपछि सबै आ-आफ्नो सिटमा थिए । दीपकराजकै छेउमा थिए, सेता दाह्री पालेका एक वयोवृद्ध । अलिक ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोइरालाको अन्तिम वाणी ‘मैले बुझिसके ’

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन  भएको छ । कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो। कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसंग सम्वाद गरेका थिए। सम्बादमा कोइरालाको अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने थियो। ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देवयानी राणाको दाम्पत्य जीवन ‘डिभोर्स’को मोडमा

काठमाण्डु, २७ माघ– कसैकसैलाई तथा नियतिले यतिसम्म ठग्छ कि जिन्दगी ठक्करै–ठक्करको संग्रह बनिदिन्छ । यदि त्यो क्रुर हत्याकाण्ड नहुँदो हो त यतिबेला हामी उनलाई मुलुककी महारानीको रुपमा पाउँथ्यौं । नियतिले उनलाई रानी ऐश्वर्यको बुहारी त बनाएन, तर त्यही नामका एक पुरुषको अर्धांगिनी बनायो, तैपनि नियतिको जालमा परेर कष्टैकष्टले भरिएको कथामा रुमल्लिएकी छन्, प्रशंग हो पशुपति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कालिञ्चोक भगवतीमा केवलकार निर्माण गरिँदै, २०७४ बैशाखदेखि संचालनमा आउने

काठमाडौं । दोलखाको कालिञ्चोक भगवती स्थानमा केवलकार सञ्चालन गरिने भएको छ । कालिन्चोक दर्शन प्रालिले सो स्थानमा केवलकार सञ्चालन गर्न लागेको हो । हाल केवलकार निर्माणका लागि आवश्यक प्र्रविधि तथा उपकरण आयातका लागि प्रतितपत्र (एलसी) समेत खोलिसकेको कम्पनीका प्रवन्ध निर्देशक बालकृष्ण सिवाकोटीले जानकारी दिए । ‘उपकरण आयात गर्न केही समय लाग्छ,’ उनले भने ‘त्यस्ता सामग्री ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं