– प्रदीप परियार
झापा । चलचित्र समाजको कुनै विषयवस्तुलाई कथा मानिएर तयार गरिएको हुन्छ । कथालाई नाटकको रुपमा प्रस्तुत गरेर नागरिकलाई चेतना दिनु मुख्य उद्देश्य रहन्छ । नेपाली चलचित्रमा अहिले प्रर्दशन भइरहेको ‘बाटो मुनिको फूल –२’ समाजको एउटा सत्य घटनालाई पर्दामा उतारिएको छ ।
कुसंस्कारलाई चलचित्रले देखाएको छ । मानिस–मानिसबीच भएको विभेदलाई चलचित्र बाटोमुनिको फूल–२ले जस्ताको तस्तै देखाएको छ ।
चलचित्रमा देखाइएको कथा शहरीया मान्छेको लागि नौलो हुन सक्छ । तर, मानवको वास्तविक जीवनशैलीलाई हेर्ने हो भने विभेदको आँखाले हेर्नहरु नै चलचित्रमा पात्रको रुपमा देखिएका छन् । आजभन्दा केही वर्ष अगाडिको नेपाली समाजलाई चलचित्रले पर्दामा उतारेको छ ।
कुसंस्कारको रुपमा रहेको जातीय विभेद अझै अवशेषको रुपमा बाँकी नै छ । मान्छे जन्मिएपछि एकपटक मर्नु पर्छ । तर, दलित भएर जन्भिएपछि पटक–पटक मर्नुपर्छ । प्राकृतिक रुपमा मानव जीवन एकपटक मुर्न स्वाभाविक हो । तर, दलितको जीवन पटक–पटक मर्ने गरेको छ । छुवाछूतले मरे सरह बनाएको छ ।
चलचित्रमा देखाइएको केही अंशले नेपाली समाजलाई अहिलेको अहिले नै परिवर्तन त गर्न सक्दैन तर बुझ्नेका लागि बाटोमुनिको फूल–२ नेपाली समाजका लागि परिवर्तनको प्रतिक अवश्य बन्नेछ । समाज हरेक हिसाबले अगाडि बढिरहेको छ । तर, अन्धविश्वास र कुसंस्कार जस्ताको त्यस्तै छ । मानवीय जीवनमा चेतनास्तर बृद्धि भएपनि कुसंस्कारको अवशेष अझै बाँकी छ ।
चलचित्रमा पाथीभरा मन्दिरमा पूजा गर्नका लागि राखिएको फूल एक दलित किशोरीले विक्री गरिरहेकी हुन्छन् । तर, उनलाई नजिकैका उपल्लो जाति भनिनेले दलितले छोएको फूल मन्दिरमा चढाउनु हुँदैन भनेर विस्थापित गरिदिन्छन् ।
हाम्रो समाजको यर्थाथ पनि यही हो । एउटा दलितले चिया पसल खोल्ने हिम्मत राख्दैनन् । तर, उसैले सिलाएको कपडाले सारा लाज डाकिदिएको हुन्छ । फूल चढाउनु हुँदैन भनेर विस्थापित गरिएको पात्र एउटा वेश्या बन्न बाध्य हुन्छिन् । उनले भनेकी छन् – ‘फूल बेच्नेको जात हेरिन्छ, वेश्याको जात हेरिँदैन ।’
नेपालमा करीव ६० लाख दलितको बसोबास छ । उनीहरुले यही समाजमा सास फेरिरहेका छन् । उनीहरुको सास फेर्ने ठाउँ फरक छैन ।
उनीहरु हिँड्ने बाटो फरक छैन । तर, उनीहरु अझै मानव भएर बाँच्न पाइरहेका छैनन् । मान्छे–मान्छेबीच भेदभाव गर्नु हुँदैन भनेर सबैले बुझेका छन् । बुझ्नेहरु आज बुझ पचाइरहेका छन् ।
कथित उपल्लो जाति भनिनेहरु जातीय भेदभाव छैन भन्दै उर्लिरहेका छन् । उनीहरुले भन्ने गरेका छन्, धनी र गरीबबीचको अन्तरले भेदभाव भइरहेको छ । निधारभरी चन्दन लगाएर माग्दै हिँड्ने एउटा गरीब कहिल्यै पनि विभेदमा परेको छैन । ब्राम्हण गरीब भएकाले विभेदमा पर्यो भन्ने खबर हामी कसैले सुन्न पाएका छैनौं । तर, धनी दलितहरुले विभेद भोग्नु परेको छ ।
नेपालमा एक जना मात्र दलित प्रमुख जिल्ला अधिकारी छन् । जसको कुनै जिल्ला सुरुवा हुने बेला चर्चा हुने गरेको छ । दलित सीडिओलाई नमस्कार गर्नु पर्ने रे । राजनीतिक दलबीच ठूलो खैलाबैला मच्चिएपछि उनीहरुले केन्द्रतिरै सुरुवा गरिदिने पहुँच राख्छन् ।
जुन घटना तीन महिना अगाडि पूर्वाञ्चल मै भएको थियो । सीडिओ जातका हिसावले दलित हुन् । आर्थिक रुपमा सम्पन्न सीडिओले किन विभेद भोगिरहनु परेको छ ? यी दुईटा घटनाले समाजको यर्थाथलाई चरितार्थ गरेको छ कि धनी र गरीब भएको कारण भेदभाव हुँदैन ।
from Nepal123.com -
वेश्याको जात खोजिँदैन