काठमाडौं, २४ वैशाख । आन्दोलनरत विद्यार्थी संगठन र शिक्षामन्त्रालयबीच शुल्कलाई लिएर वार्ता भइरहेको छ ।
राजधानीमा जारी वार्तामा मुलुकभरिका निजी विद्यालयले लिएको शुल्कका विषयमा छलफल भइरहेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो ।
‘निजी विद्यालयले मनपरि रुपमा शुल्क लिइरहेका छन्’, उनले भने, ‘सोही विषयमा शिक्षा मन्त्रालयका प्रतिनिधि र विद्यार्थी नेताहरूको वार्ता भएको हो ।’
वार्तामा प्याव्सन र एनप्याब्सनका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ । निजी विद्यालयहरूले मनपरि रुपमा शूल्क असुल गर्न थालेपछि प्रमुख विद्यार्थी संगठनहरूले अनुगमनका साथै दबाबमुलक कार्यक्रम सुरू गरेका थिए ।
from Nepal123.com - धेरै शूल्क लिने निजी विद्यालयलाई तह लगाउन उच्चस्तरीय वार्ता
No comments:
Post a Comment