Thursday, September 1, 2016

चलचित्र बृन्दाबन बाट सम्भावाना बोकेर आउदै नब नायक दिपेन्द्र प्रकाश केसी

14159802_1176749642370965_583722485_nकाठमाडौँ : बिगत तिन बर्ष अगाडी बाट संचारकर्मी हुदै कलाकारिताको क्षेत्रमा प्रवेश गरेका नब नायक दिपेन्द्र प्रकाश केसी दर्जनौ म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रदर्शन गर्दै चलचित्र बृन्दाबन सम्ममा आइ पुग्दा नायकको भुमिकामा देखा पर्दैछन l

नेपाली चलचित्र बृन्दाबन बाट डेब्यु गरेका नब नायक दिपेन्द्र केसी नेपाली चलचित्रमा एक सम्भावाना बोकेर आएका नब नायक हुन l नब नायाकको रुपमा उदाएका दिपेन्द्र हेर्दा पनि आकर्षक,चकलेटी र सुगठित शरीरका धनि छन l सल्यान लेखपोखरामा जन्मिएका नायक दीपेन्द्र अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्न सकेका हुन l सानै देखि नायक बन्ने सपना बोकेका दिपेन्द्र भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुइमत छैन l नेपाली चलचित्र क्षेत्रमा फेरि चलचित्र ‘बृन्दाबन ’बाट सम्भावना बोकेका एक नवनायक थपिएका छन् दिपेन्द्र प्रकाश केसी ।

नेपाल अधिराज्य भर भदौ १७ गते शुक्रबार देखि प्रदर्शन हुने चलचित्र बृन्दाबनको मुख्य विशेषता भनेको विशुद्ध प्रेमकथा, एक्शन तथा साइन्स एण्ड फिक्सनलाई आधारमा निर्माण गरिएको नेपाली कथानक चलचित्र हो । चलचित्रको आधा भन्दा बढी दृश्यलाई एनिमेशन गरिएको छ भने नायिका शिल्पालाई एक्सन नायिका मा प्रस्तुत गरिएको छ l राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको यस चलचित्र रुद्र खनालको पहिलो प्रस्तुति रहेको छ । चलचित्रमा बादरले पनि मुख्य भूमिका निभाएको कुरा नायक दीपेन्द्रले बताए ।नायिका शिल्पा पोखरेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् ।साथमा नेपाली चलचित्रमा लामो समयपछि बादरको पनि विशेष भूमिका हेर्न सकिनेछ । चलचित्र ‘वृन्दावन’मा नवनायक दीपेन्द्र प्रकाश केसीको साथमा शिल्पा पोखरेल, किशोर खतिवडा र पुस्कर भट्टले साथ दिएका छन् l

14218018_1176749612370968_2073505358_n

नायक दिपेन्द्र भन्छन चलचित्र बृन्दाबन एकदमै फरक धारमा बनेको नारि प्रधान, एक्सन र प्रेम कथाले भरपुर भएको चलचित्र भएको कारणले नेपाली चलचित्र प्रेमी हरुको मन जित्न सफल हुनेछ l साथै चलचित्र बृन्दाबन लाइ चलचित्र भवन सम्म गई हेरेर माया गरिदिनु हुन र सल्लाह सुझाब दिन पनि नब नायक दिपेन्द्र प्रकाश केसी आग्रह गर्दछन l



from Nepal123.com - चलचित्र बृन्दाबन बाट सम्भावाना बोकेर आउदै नब नायक दिपेन्द्र प्रकाश केसी

हरेक बिहान श्रीमतीको खुट्टा ढोग्ने मन्त्रीको सेक्स भिडियो सार्वजानिक !

sandip
एजेन्सी । भारत स्थित दिल्ली सरकारका एक मन्त्री सन्दिप कुमारको सेक्स स्क्यान्डलले दिल्ली सरकारमा खैलाबैला मच्चिएको छ । सेक्स सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले महिला एवं बाल विकासमन्त्री सन्दिप कुमारलाई पदबाट हटाएका छन् ।

स्मरण रहोस्, चुनाव प्रचारको क्रममा सन्दिप आफूलाई एक स्वच्छ छविका नेता बताउँथे । उनले एक बयानमा आफूले हरेक विहान श्रीमतीको खुट्टा छुने गरेको बताएका थिए । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) मा दिल्ली सेक्रेटियटको अडिटोरियममा कुमारले आफ्नो सफलताको श्रेय आफ्नी श्रीमती रितुलाई दिँदै उनलाई सडकबाट उठेर मन्त्री पदसम्मको यात्रामा उनकी श्रीमती सधैं उनको प्रेरणाको स्रोत बनेको बताए । उनले हरेक बिहान उठेर आफ्नी श्रीमतीको खुट्टा ढोग्ने गरेको बताएका थिए ।

उनको उत्त, बयान पछि पूरा हल तालीले गुञ्जिएको थियो । खुट्टा ढोगेपछि श्रीमतीले उनलाई सधैं सफल रहने आशिर्वाद दिने गरेकोसमेत उनले बताएका थिए । यी दुईको दिल्लीको दयाल सिंह कलेजमा पहिलो पटक भेट भएको थियो । आठ वर्षको प्रेम पछि दुबैेले विवाहको निर्णय गरेका थिए ।

सुरुमा रितुका परिवार यसका लागि राजी थिएनन् किनभने सन्दिप कुमार निकै गरिब परिवारका थिए भने रितु एक आर्मी अफिसरकी छोरी थिइन् । दुबैको पारिवारिक, सामाजिक तथा आर्थिक माहोलको अन्तरले पनि यी दुईलाई अलग गर्न सकेन र उनीहरुले सन् २०११ अप्रिल ५ मा विवाह गरे । मन्त्रीको अश्लिल सिडी सार्वजनिक भएदेखि नै सन्दिप अंडरग्राउन्ड भइसकेका छन् । उनको तर्फबाट केही सफाई आएको छैन । उनको अफिसका अनुसार उनी आफ्नो बिरामी आमालाई भेट्न गाउँ गएका छन् ।



from Nepal123.com - हरेक बिहान श्रीमतीको खुट्टा ढोग्ने मन्त्रीको सेक्स भिडियो सार्वजानिक !

सायद २ को टिजर रिलिज : हट अवतार मा देखिए मुख्य कलाकार (भिडियो)

भदौ १६, इटहरी 
बहु प्रतिक्षित नेपाली फिल्म ‘सायद-२’ को अफिसियल टिजर सार्वजनिक भएको छ । केहि समय अगाडी पोस्टर सार्बजनिक भएको फिल्म सायद २ को टिजर भने भर्खरै सार्वजनिक गरिएको हो । 

यो २०६९ सालमा निर्माता सुनिल रावल को निर्माण मा दुर्गिस फिल्मस् को ब्यानर मा बनेको चर्चित फिल्म ‘सायद’को सिक्वेल हो ।

 दुर्गिस् फिल्मको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् भने रावलले यसअघि होस्टल, होस्टल रिटर्न्स, सायद जस्ता सुपर हिट चलचित्र निर्माण गरिसकेका छन् l  निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।

फिल्म को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ । युटुब मार्फत सार्वजनिक गरिएको टिजरमा रिलिज मिति भने उल्लेख गरिएको छैन ।
हेर्नुस भिडियो :


from Nepal123.com - सायद २ को टिजर रिलिज : हट अवतार मा देखिए मुख्य कलाकार (भिडियो)

बेलायतद्वारा रु १० अर्ब १० करोड अनुदान

artha-mantriभदौ – १६ । भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायत सरकारले रु १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेयल मर्जेट्टीले सहयोगसम्बन्धी पत्रमा हस्तारक्षर गरे ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा र बेलायतको अन्तर्राष्ट्रिय सहयोग विकास विभागका राज्यमन्त्री रोडेरिक जेम्स नुजेन्ट स्टेवार्टको उपस्थितिमा भएको उक्त सम्झौतामा भूकम्प अतिप्रभावित जिल्ला नुवाकोट, रसुवा, धादिङ र गोरखाका १० लाख जनता लाभान्वित हुनेछन् ।

उक्त सहयोग कार्यक्रममा ४०० किमी ग्रामीण सडक निर्माण गरी तीन लाख जनतालाई बजार पहुँच विस्तार गर्ने लक्ष्य छ । त्यसैगरी भूकम्पले क्षति पु¥याएको पर्यटन पूर्वाधारको सुधार गरिनाका साथै दुई लाख ५० हजार जनताको खानेपानी तथा सरसफाइमा सुधार ल्याइने छ ।

सो अवसरमा अर्थमन्त्री महराले बेलायत नेपालको ऐतिहासिक मित्र भएको उल्लेख गर्दै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग उपलब्ध गराएकामा बेलायतलाई धन्यवाद दिए । बेलायती राज्यमन्त्री स्टेवार्टले भूकम्पबाट नेपाल नराम्रोसँग प्रभावित भएको र त्यसबाट लाखौँ जनता मारमा परेकाले नेपालाई सहयोग गरिएको बताए। रासस

The post बेलायतद्वारा रु १० अर्ब १० करोड अनुदान appeared first on नेपाल आज.



from Nepal123.com - बेलायतद्वारा रु १० अर्ब १० करोड अनुदान

प्रेमिकाको ‘लभ बाइट’ का कारण किशोरको मृत्यु !

lovebite

मिरर डटकम, मेक्सिको ।  प्रेमका कारण एक किशोरको मृत्यु भएको छ । मिरर डट कमका अनुसार मेक्सिकोमा एक १९ वर्षीय किशोरको मृत्यु उनकी प्रेमिकाले दिएको ‘लभ बाइट’ का कारण भएको थियो । खबरका अनुसार १७ वर्षीय जुलियो मेकियालाई उनकी २४ वर्षीया प्रेमिकाले रोमान्सको क्रममा उनलाई लभ बाइट दिइन् जसका कारण जुलियोको शरिरमा रगत जम्यो जुन रक्तसंचारको क्रममा दिमागमा पुग्यो ।

जमेको रगतका कारण जुलियोलाई स्ट्रोक भयो र उनको मृत्यु भयो । जुलियोको मृत्यु भएपछि उनकी प्रेमिका गायब छिन् । मृतकका परिवारले जुलियनकी प्रेमिकालाई नै उनको मृत्युको लागि जिम्मेवार बताइरहेका छन् । ‘लभ बाइट’ का कारण कसैको मृत्यु भएको यो पहिलो घटना भने होइन । उनीभन्दा पहिले न्यूजिल्याण्डका एक ४४ वर्षीया महिलालाई आंशिक रुपमा पक्षघात भयो ।

रोमान्टिक पलपछि उनले आफ्नो बायाँ हातको चाल गुमाइन् । उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । सुरुमा डाक्टरहरुले यस विषयमा पत्ता लगाउन सकेनन् । तर जब उनीहरुले ती महिलाको घाँटीको दायाँपट्टी केही दाग देखे । त्यसपछि लभ बाइटको क्रममा चुस्दा रगत जमेको जुन ती महिलाको मुटुसम्म पुगेको डाक्टरहरुले निष्कार्ष निकाले ।

डा. टेडी वु, अक्ल्याण्डको मिडलमोर अस्पतालमा ती महिलाको उपचारमा संलग्न, भन्छिन्, ‘ लभ बाइटका कारण कसैलाई अस्पताल भर्ना गरेको यो पहिलो रेकर्ड हो भन्ने मलाई लाग्छ ।’ ती महिला अहिले पूर्ण रुपमा स्वस्थ छिन् ।



from Nepal123.com - प्रेमिकाको ‘लभ बाइट’ का कारण किशोरको मृत्यु !

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

Manuel Neuer

बर्लिन (जर्मनी), १६ भदौ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ ।

विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो ।

जर्मनीको फुटबल समितिले ट्वीट गरी ३० वर्षे न्युएर सन् २०१८ मा हुने विश्वकपका लागि छनोट चरणको खेलमा जर्मनीको फुटबलको कप्तानी गर्नेछन् ।

उनको नेतृत्वमा जर्मनीले पहिलो खेल नर्वेको ओस्लोमा आइतबार हुने छनौट चरणको खेल हुनेछ । रासस/एएफपी

The post जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने appeared first on Sajha Post.



from Nepal123.com - जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

US, others agreed to ‘secret’ exemptions for Iran after nuclear deal

WASHINGTON: The United States and its negotiating partners agreed “in secret” to allow Iran to evade some restrictions in last year’s landmark nuclear agreement in order to meet the deadline for it to start getting relief from economic sanctions, according to a report reviewed by Reuters.

The report is to be published on Thursday by the Washington-based Institute for Science and International Security, said the think tank’s president David Albright, a former UN weapons inspector and co-author of the report. It is based on information provided by several officials of governments involved in the negotiations, who Albright declined to identify.

Reuters could not independently verify the report’s assertions.

“The exemptions or loopholes are happening in secret, and it appears that they favor Iran,” Albright said.

Among the exemptions were two that allowed Iran to exceed the deal’s limits on how much low-enriched uranium (LEU) it can keep in its nuclear facilities, the report said. LEU can be purified into highly enriched, weapons-grade uranium.

The exemptions, the report said, were approved by the joint commission the deal created to oversee implementation of the accord. The commission is comprised of the United States and its negotiating partners — called the P5+1 — and Iran.

One senior “knowledgeable” official was cited by the report as saying that if the joint commission had not acted to create these exemptions, some of Iran’s nuclear facilities would not have been in compliance with the deal by Jan. 16, the deadline for the beginning of the lifting of sanctions.

The US. administration has said that the world powers that negotiated the accord — the United States, Russia, China, Britain, France and Germany — made no secret arrangements.

A White House official, speaking on condition of anonymity, said the joint commission and its role were “not secret.” He did not address the report’s assertions of exemptions.

Diplomats at the United Nations for the other P5+1 countries did not respond to Reuters’ requests for comment on the report.

The report’s assertions are likely to anger critics of the nuclear deal. Republican presidential candidate Donald Trump has vowed to renegotiate the agreement if he’s elected, while Democrat Hillary Clinton supports the accord.

Albright said the exceptions risked setting precedents that Iran could use to seek additional waivers.

Albright served as an inspector with the UN International Atomic Energy Agency (IAEA) team that investigated former Iraqi President Saddam Hussein’s nuclear weapons program.

While Albright has neither endorsed nor denounced the overall agreement, he has expressed concern over what he considers potential flaws in the nuclear deal, including the expiration of key limitations on Iran’s nuclear work in 10-15 years.

EXEMPTIONS ON URANIUM, “HOT CELLS”

The administration of President Barack Obama informed Congress of the exemptions on Jan. 16, said the report. Albright said the exemptions, which have not been made public, were detailed in confidential documents sent to Capitol Hill that day — after the exemptions had already been granted.

The White House official said the administration had briefed Congress “frequently and comprehensively” on the joint commission’s work.

Democratic Senator Bob Menendez, a leading critic of the Iran deal and a senior member of the Senate Foreign Relations Committee, told Reuters in an email: “I was not aware nor did I receive any briefing (on the exemptions).”

As part of the concessions that allowed Iran to exceed uranium limits, the joint commission agreed to exempt unknown quantities of 3.5 percent LEU contained in liquid, solid and sludge wastes stored at Iranian nuclear facilities, according to the report. The agreement restricts Iran to stockpiling only 300 kg of 3.5 percent LEU.

The commission approved a second exemption for an unknown quantity of near 20 percent LEU in “lab contaminant” that was determined to be unrecoverable, the report said. The nuclear agreement requires Iran to fabricate all such LEU into research reactor fuel.

If the total amount of excess LEU Iran possesses is unknown, it is impossible to know how much weapons-grade uranium it could yield, experts said.

The draft report said the joint commission also agreed to allow Iran to keep operating 19 radiation containment chambers larger than the accord set. These so-called “hot cells” are used for handling radioactive material but can be “misused for secret, mostly small-scale plutonium separation efforts,” said the report. Plutonium is another nuclear weapons fuel.

The deal allowed Iran to meet a 130-tonne limit on heavy water produced at its Arak facility by selling its excess stock on the open market. But with no buyer available, the joint commission helped Tehran meet the sanctions relief deadline by allowing it to send 50 tonnes of the material — which can be used in nuclear weapons production — to Oman, where it was stored under Iranian control, the report said.

The shipment to Oman of the heavy water that can be used in nuclear weapons production has already been reported. Albright’s report made the new assertion that the joint committee had approved this concession.

The post US, others agreed to ‘secret’ exemptions for Iran after nuclear deal appeared first on The Himalayan Times.



from Nepal123.com - US, others agreed to ‘secret’ exemptions for Iran after nuclear deal

रणबीर कपुर समलिंगी बन्न तयार

भदौ – १६ । रणबीर कपुरले गेको भुमिकामा अभिनय गर्न पूर्ण रुपले तयार रहेको बताएका छन् । हालै फवाद खानले कपुर एन्ड सन्समा गे युवकको भुमिका निभायका थिए । उनको अभिनयलाई सबैले धेरै मनपराएका थिए ।

ranbir-kapoor-photos-2

रणबीरले भने ‘यदी पहिला यो अफर आएको भए मैले यसलाई स्वीकार गर्ने थिइन तर अव म पूर्णरुपले तयार छु ।’ यो भन्दा पहिला कपुर एन्ड सन्सको गे अभिनेताको लागि फरहाद अख्तरलाई प्रस्ताव गरिएको थियो तर उनले अस्वीकार गरेको खबर छ ।

भारतीय चलचित्रमा धेरै जसो समलिंगी अभिनयलाई सम्बेदनशीत तरिकाले प्रयोग नगर्ने आरोप लाग्ने गर्दछ । तर, पछिल्लो समय यो ट्रेन्डमा केही फरकपन आएको बताइन्छ । उनले उक्त कुरा भारतीय फेसन म्याग्जिनलाई बताएका थिए । उनले लिकभन्दा बाहिर आएर अभिनय गरेका आलिया भट्ट –उड्दा पन्जाव) र फवाद खान –कपुर एन्ड सन्स)को तारिफ गरे ।

यो बाहेक उनले मुन्नभाइ एमबीबीएसको सिक्वलमा सर्किटको अभिनय गर्ने इच्छा रहेको बताएका छन् । उनले यदी राजकुमार हिरानीले उनलाई अनुबन्धन गरे भने आफू अभिनय गर्न तयार रहेको बताए । आजभोली रणबीर आफ्नो नयाँ चलचित्र ए दिल है मुस्किललाई लिएर सञ्चार माध्यममा छाएका छन् । यस चलिचित्रमा उनी ऐश्वर्य राय र अनुष्का शर्माका साथमा रोमान्स गरेका देख्न सकिने छ ।

The post रणबीर कपुर समलिंगी बन्न तयार appeared first on नेपाल आज.



from Nepal123.com - रणबीर कपुर समलिंगी बन्न तयार

श्रीमानलाई सम्झेर कार्यकक्षमै रोइन् कृषिराज्यमन्त्री !

Radhika_Tamang 810

१६ भदौ, काठमाडौ । कृषि राज्यमन्त्री राधिका तामाङ अनलाइनखबरसँग कुरा गर्दागर्दै आफ्नै कार्यकक्षमा भक्कानिइन् । विवाह गरेको ३७ दिनमै पति गुमाएकी सहिदकी पत्नी राधिका मन्त्रीको कुर्सीमा बसिरहँदा आफ्ना श्रीमान र जनयुद्धका सहिदलाई सम्झेर रोएकी हुन् ।

नेपालको राजनीतिक इतिहासमा माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध विभिन्न कोणबाट सधैँ सम्झिरहने कालखण्ड हो । सशस्त्र युद्धमा १७ हजार नागरिकले ज्यान गुमाए । बाँच्नेहरु बेलाबखत सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बनिरहेका छन् । यही मेसोमा कृषि राज्यमन्त्री बन्न पुगेकी छिन्- नुवाकोटकी राधिका तामाङ ।

अहिले पनि कतिपय माओवादी नेता-कार्यकर्ताहरु जनयुद्धका दिनहरु कोट्याउँदा भक्कानिन्छन् । राज्यमन्त्री राधिकासँगको कुराकानीमा पनि यस्तै भयो । पुराना दिन कोट्याउनासाथ उनी मन्त्रालयभित्रै रोइन् ।

युद्धका दिनहरुको सम्झना कत्तिको आउँछ भन्ने अनलाइनखबरको प्रश्नमा राज्यमन्त्री तामाङ भावुक बनिन् । र, भनिन्, ‘कृषि विकास राज्यमन्त्रीको कुर्सीमा बसेर कुरा गर्दैछु, तर आजसम्म दिल खोलेर खुशी भएको दिन मेरो स्मरणमा छैन । ‘

Radhika_Tamang

भूमिगत जीवनको सम्झना

राधिका तामाङको जन्म नुवाकोट जिल्लाको लिखु भन्ने दुर्गममा गाउँमा भयो । स्कुल पढ्दा पढ्दै भूमिगत भएकी तामाङले युद्धकालमा नुवाकोट जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीसमेत सम्हालिन् ।

०५७ सालमा विद्यार्थी संगठन विस्तारको एकसाता लामो अभियानमा सहभागी भएकी तामाङ पूर्णकालीन भइसकेकी थिइनन् । तर, घरबाट हिँडेको केही दिनमै प्रहरीले उनलाई खोज्न थाल्यो र परिवारले पार्टीमै बस्नु, नर्फकनु भन्ने खबर पठाएपछि उनी पूर्णकालीन कार्यकर्ता भइन् ।

‘त्यतिबेलासम्म मलाई हतियार दिइएको थिएन । लौरो थियो, झोला बोकेर हिड्थेँ । तर, निधारमा रातो कफन बाँधेर हिँड्दा गर्व लाग्थ्यो ।’ राज्यमन्त्री तामाङ पुराना दिन सम्झँदै भन्छिन्,-‘पहिलो दिन हतियार बोक्दा उत्साहले भरिएकी थिएँ ।’

कुराकानीकै क्रममा उनले युद्धका सम्झना सुनाउन थालिन् । शुरुमा हाँस्दै कथा सुनाउँदै गरेकी तामाङ एकाएक गम्भीर बनिन् । र, भनिन्, ‘युद्धमा खुशीको कुनै दिन हुँदैनथ्यो । धेरै साथीहरु गुमायौँ, भर्खर भेटेका साथी केहीबेरमै कहिल्यै नभेट्ने अवस्था हुन्थ्यो ।’

यति भनिनसक्दै उनी रुन थालिन् ।

हेर्नुस् भिडियो

जनयुद्धमै श्रीमान गुमाएकी सहिदपत्नी तामाङले भनिन्- ‘युद्धमा खुशी हुनै सकिएन । युद्ध जितेको दिन पनि साथीहरु गुमाएका हुन्थ्यौँ र रुँदै हिँड्थ्यौँ ।’

वि.सं. ०६१ फागुन १ गते उनीहरुको विवाह भयो । तर, विवाहको एक महिनामै चैत्र ७ गते उनका श्रीमानलाई सेनाले मारिदियो ।

‘मेरो आफ्नो कुरा गर्दा, आजसम्म म दिल खोलेर खुशी हुन सकेकी छैन,’ उनले अनलाइनखबरसँग भनिन्- ‘पछिल्लो समयमा आइसकेपछि केही उपलब्धीहरु देखिएका छन् । केही आशाहरु पलाएका छन् । म आफैँ राज्यमन्त्री भइसकेँ । तर, आज यो कुर्सीमा बसेर कुरा गर्दासम्म म दिल खोलेर खुशी हुन सकेकी छैन । खै किन हो, मसँग त्यस्तो कुनै खुशी नै छैन ।’

शिक्षकलाई कालो मोसो दलेर भूमिगत

वि.सं. ०५७ सालमा माओवादी जनसेनामा भर्ती हुन पुगेकी तामाङ त्यतिबेला जम्मा १५ बर्षकी मात्रै थिइन् । उनी सम्झिन्छिन्, ‘म राजनीतिमा प्रवेश गरेको धेरै पछि मात्रै थाहा पाएँ ।’

नुवाकोटको दुर्गम गाउँ लिखुमा जन्मिएकी तामाङ सात कक्षामा पढ्दै गर्दा ०५५ सालमा एउटा विद्यार्थी संगठनमा आवद्ध भइन् । तर, उनलाई कुन विद्यार्थी संगठनमा संगठित भएँ भन्नेसमेत ४ महिनापछि मात्रै थाहा भयो ।

तामाङ समुदायमा छोरीले पढ्नुहुँदैन भन्ने भावना थियो । ०५५ सालमा स्कुलमा विद्यार्थी संगठन बनाउने भन्दै केही नयाँ मानिसहरु आए । गरिबको पक्षमा काम गर्ने हो भनेपछि राधिका पनि संगठित भइन् । तर, उनलाई उनीहरु माओवादी हुन्, र माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएँ भन्ने थाहा पाउन चार महिना लाग्यो ।

हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् , यहाँनेर हाम्रो जित भएको छ

राज्यमन्त्री तामाङ भन्छिन्, ‘अन्यायको विरुद्ध लड्छ रे भन्ने सुनेर, त्यसरी म संगठित भएँ । अझ मुख्य कुरा त म आफ्नै शिक्षकको दूर्व्यवहारका कारण पनि माओवादी भएँ ।’

उनले अगाडि भनिन्- ‘आफ्नै शिक्षकले छात्राहरुलाई निकै दूर्व्यवहार गर्न थाले । उसको पहिले नै तीनवटा श्रीमती थिए । मेरी एकजना साथीलाई दूर्व्यवहार हुँदा आफैँले देखें र प्रतिवाद गरेँ । संगठनका तर्फबाट मेरै नेतृत्वमा शिक्षकलाई कालो मोसो दलियो । र, पढ्न छाडेर बन्दुक बोकेर हिँडियो ।

केही अर्थमा जित्यौँ तर पूरा होइन

‘हामीले जे सपना देखेका थियौँ, ती हुबहु पूरा भएनन् । तर, केही उपलब्धी भएका छन्,’ राधिका आफ्नो राजनीतिक यात्राको बचाउ गर्दै भन्छिन्- ‘हिजो परिवर्तनको एजेण्डा उठाएर हिँड्दा धेरै मारियौँ । आतंककारी भन्दै लखेटियो । हाम्रो आधा रगत बग्यो । तर, हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् । यहाँनेर हाम्रो जीत भएको छ ।’

त्यसैगरी आतंककारीको बिल्ला भिराएर दिनरात लखेटिएका महिलालाई आज सभामुख बनाएको भन्दै मन्त्री तामाङले यसलाई उपलब्धिका रुपमा व्याख्या गर्न खोजिन् । उनले भनिन्, ‘न्यायालय प्रमुखमा विभेदमा परेकी महिला छिन्, त्यहाँ मैले लडेको युद्धको भूमिका छ । हामीले उठाएका मुद्दाहरु समानताका थिए, समानुपातिक-समावेशीको कुरा थियो, त्यो अभ्यासमा आएको छ ।’

राज्यमन्त्री तामाङले दोहोर्‍याइन्, ‘कलिलै उमेरमा राजनीतिको ‘र’ उच्चारण गर्न नजान्दै युद्धमा होमियौँ, आफ्ना मान्छेहरु गुमायौँ । उनीहरुले यसलाई मनन गर्लान् नगर्लान्, तर यति बेला खुशी लाग्छन् ।’

Radhika Tamang

हतियार बोकेको पहिलो दिन

राज्यमन्त्री तामाङले हतियार बोकेको स्मरण यसरी सुनाइन्-

म नुवाकोट दुई नम्बर इलाकामा खटिएकी थिएँ । त्यतिबेला मलाई दुईवटा मात्रै गोली जाने बारबोर राइफल बोकाइएको थियो ।

सानी थिएँ, त्यसैले पनि साथीहरु कसैले पनि पत्याउँदैनथे । यसले गरेर खान्छे भन्ने उहाँहरुलाई विश्वास नै थिएन । भाग्छे भन्ने अनुमान गर्थे ।

बन्दुक बोकेको पहिलै दिन खोला तर्ने क्रममा चिप्लेर लड्दा एउटा गोली हरायो । तर, मलाई कुनै कारबाही भएन ।

सेल्टरमा पुगेपछि पनि म सुत्न भन्दा पनि हतियार पुछेर, टल्काएर बस्थेँ । मलाई हतियारको निकै माया लाग्थ्यो । केही समयपछि म सेनाबाट इलाकामा फर्कें । त्यसपछि बन्दुक बोक्ने अवसर मिलेन ।

इलाकामा फर्केपछि आत्मसुरक्षाका लागि एलगेडी (ग्रिनेट बम) बोकेर हिड्थेँ । मानिसहरु बम बोकेको देखेपछि धेरै पर भाग्नुहुन्थ्यो । तर, मलाई त्यसको यति माया लाग्थ्यो कि सधैँ सिरानीमा हालेर सुत्थेँ । त्यतिखेर म आफैँ ग्रिनेट बनाउने गर्थेँ । तर, अहिले बिर्सिएँ ।

पहिलो पटक फायर छोड्दा

फायर छोडेको छु । नुवाकोट शिखर बेंसीमा मशाल जुलुस आयोजना भयो । अन्तिममा सेनाको व्यारेक लक्षित फायर छोड्ने कार्यक्रम थियो ।

म आफैँ त्यो टिमको कमाण्डर थिएँ र आफैँले फायर खोल्ने निर्णय गरेर फायर छोडेँ । तर, हतियारमा धेरै बारुद्ध भरिएको रहेछ, धक्काले म तल्लो पाटामा खसेर पछारिएँ । तर मैले मान्छेलाई नै निसाना लगाएर फायर छोडेको छैन ।

सेनामाथि ग्रिनेट हानेर बाँचेको दिन

सिन्धुपाल्चोक र नुवाकोटको सीमाना, कुदुमछाप भन्ने लेखबाट झर्दै थियौँ । हामी जुन गाउँ पुगेका थियौँ, त्यहाँ सेना गइसकेको रहेछ । म आफैँले देखेँ । मैले हरियो लुगा लगाएकी थिएँ र घाँस भएतिर लुकेँ । सेना नजिकै थियो, त्यत्तिकै भाग्न सक्ने अवस्था नै थिएन ।

त्यतिबेला माओवादीलाई सेनाले तीन तरिकाले बुझ्थ्यो । आर्मीले बन्दुके कि झोले भनेर सोध्यो, त्यहाँको एउटा मान्छेले झोले भन्यो । त्यसपछि केटा कि केटी भनेर सोध्यो । महिला भनेपछि पुरै खोज्न थाल्यो ।

बेस्कन खोजेपछि म त्यहाँ सुरक्षित हुने स्थिति देखिन र सँगै भएको ग्रिनेट प्रहार गरेर जंगलतर्फ भागेँ । म दुईदिनपछि नुवाकोट पार्टी सम्पर्कमा पुग्दा साथीहरुले मेरो माया मारिसकेका रहेछन् ।

सपनाहरु धुमिल भएनन्

युद्धमा हामीवीच को पहिले सहिद हुने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । को मन्त्री हुने, को धनी हुने भन्ने इच्छा थिएन ।

साथीलाई कसरी जोगाएर आफु सहिद हुने भन्ने भावना थियो हिजो युद्धमा । तर, युद्धविराममा फर्किएपछि हामी माओवादीहरु बिग्रियौँ ।

दुःख पनि लाग्छ, हिजोको सद्भाव, माया र एकतामा आज हामी छैनौँ । हिजोको भावनात्मक एकता कमजोर बनेको छ । त्यै पनि सबै सक्किसकेको छैन, सम्भावनाहरु बाँकी छन् ।

केसी र महतको पैसाको राजनीति

कलिलो उमेरमा युद्धमा होमिएँ, केही सिकेँ, धेरै गुमाएँ । तर आज बोल्न सक्ने भएकी छु । म राजनीतिकरुपमा नुवाकोटमा बहादुरसिंह तामाङ, अर्जुननरसिङ केसी, रामशरण महतहरुलाई च्यालेञ्ज गर्न सक्छु । तर, पैसाको आडमा चलेको राजनीतिमा म पैसाले मान्छे किन्न सक्दिँन । म, उहाँहरुले राजनीतिक आस्थाबेगर नै एकमात्र विपन्न गरिव परिवारको उद्धार गरेको उदाहरण हेर्न चाहन्छु । त्यस्तो छ जस्तो लाग्दैन ।



from Nepal123.com - श्रीमानलाई सम्झेर कार्यकक्षमै रोइन् कृषिराज्यमन्त्री !

डाक्टरले गरे विरामीलाई दुर्व्यवहार, कुरुवालाई झपड !

Rukmini-yadav

१६ भदौ, सप्तरी । अस्पताल मन्दिर मानिन्छ । यहाँ काम गर्ने चिकित्सकलाई भगवानको दर्जा दिइन्छ । उपचार गराउन आउने बिरामीले यहाँ प्रतिफल खोज्छन् र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दिनुपर्छ ।

तर, सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सकले उपचार गराउन आएका बिरामी र उनका आफन्तलाई दुर्व्यवहार मात्र होइन् कुटपिट समेत गरेका छन् । यद्यपि अरोेपितले आरोप स्वीकार गरेका छैनन् ।

अस्पतालमा बारम्बार चर्चामा आइरहने चिकित्सक डा. दीपा यादवले एक जना बिरामीका कुरुवालाई थप्पड हान्ने र प्रसुती गराउन आएका महिला र उनको परिवारजनसँग दुव्र्यबहार गरेकी छन् । उनले गरेको दुव्र्यबहारको बिषयमा पीडितहरुले बिहीबार पत्रकारहरुलाई जानकारी गराएका छन् ।

‘दरभंगामा देखाइस्, पटना गएर बच्चा जन्मा’

डा. यादवले सप्तरीको झुटकी गाविसबाट प्रसुती गराउन आएकी एक महिलालाई प्रसुती गराउन मानिन् । झुटकी ७ कजरा टोलकी रुक्मिणी यादव बुधबार बिहान ८ बजे अस्पतालमा भर्ना भइन् । ‘सोही दिन ड्युटिमा आएकी डा. यादवले यसअघि कहाँ जँचाएको सोध्नुभयो’ रुक्मिणीका पति सन्तोषले भने, ‘आफूले भारतको दरभंगामा जँचाएको भन्नेबित्तिकै उनले बच्चा जन्माउन यहाँ किन आइस् त पटनातिर जा भन्नुभयो ।’

सन्तोषले शुरुमा डा. यादवकै क्लिनिकमा जँचाएको तर ठीक नभएपछि भारतको दरभंगा गएर जँचाएको बताए । उनका अनुसार शुरुमा रुक्मिणीलाई बच्चा नै रहँदैन्थ्यो ।

दरभंंगा जँचाएपछि बच्चा पल्न थालेको र प्रसुती गराउन उनी पत्नीलाई यहाँ ल्याएका रहेछन् । ‘यो त सबैको अस्पताल हो, यहाँ किन नल्याउने ?’ सन्तोषले प्रतिप्रश्न गरेपछि डा. दीपाले जहाँ जँचाउने हो, त्यहीं प्रसुति गराउनु भनेर प्रतिकृया दिएको सन्तोषको भनाइ छ ।

बच्चा आधा निस्किसकेपछि अप्रेशनको कुरा

सन्तोषले शुरुमा डा. दीपा यादवले यस्तो बताएपनि बिहीबार बिहान श्रीमतिलाई व्यथाले च्याप्न थाल्दा आफूहरु त्रसित भएको बताए । ‘व्यथा बढ्दै जाँदा श्रीमति काम्न थालिसकेकी थिइन्’ सन्तोषले भने, “यसपछि अस्पतालमा रहेका सिस्टरहरुले डाक्टरलाई बोलाउन भनिन् । यसपछि खोज्दै बाहिर निस्के । डा. यादव मोवाइलमा कुरा गर्दै अस्पतालतिरै आइरहनुभएको थियो ।”

यसपछि डा. यादवलाई भन्दा आउन नमानेको र आफूले यदी आउनुभएन् भने ठीक हुँदैन् भनेपछि उहाँ आफ्नो श्रीमतितिर आएको सन्तोषले बताए । डा. दीपा आउँदा बच्चा आधा निस्किसकेको र त्यसबीचमा डा. यादवले सहयोग गर्नुको सट्टा ‘यसलाई माथि लग अप्रेशन गर्नुपर्छ’ भन्न थालेको सन्तोषको भनाई छ । तर एकछिनमै बच्चा पूर्ण रुपमा जन्मेको सन्तोषले सुनाए ।

कुरुवालाई झापड

डा. यादवले भारतबाट उपचार गराउन आएका एक बिरामीका कुरुवालाई बुधबार नै झापड प्रहार गरेकी छन् ।
भारतको बिहार राज्य अन्तर्गत छातापुरबाट उपचार गराउन आएकी गुलेसा खातुनको कुरुवालाई उनले झापड प्रहार गरेकी हुन् । ‘के गर्नु भनेर सोध्न मात्रै गएकी थिएँ’ गुलेसाकी जेठानी बसेरुबले भनिन्, “गालामा एक चड्कन लगाइदिनुभयो ।”

डा. दीपा भन्छिन्, सबै आरोप गलत

डा. दीपा यादवले आफूमाथि लगाइएको सम्पूर्ण आरोप .गलत भएको बताएकी छन् । आफूले कसैलाई कुनै किसिमको दुव्र्यबहार नगरेको बताउँदै उनले आफूबिरुद्व षडयन्त्र भएको बताइन् ।

यद्यपी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । ‘डा. यादवले यदी यस्तो गरेको छ भने गर्न पाउँदैन्’ उनले भने, “आफू यसबारेमा अनुसन्धान गर्दैछु ।”



from Nepal123.com - डाक्टरले गरे विरामीलाई दुर्व्यवहार, कुरुवालाई झपड !

Five Nepali children rescued from Punjab

KATHMANDU: The Ministry of Women, Children and Social Welfare has rescued five children from Punjab, India.

The Ministry with the help of Nepali Embassy in India and Maiti India rescued the children and brought them to Kathmandu on Thursday evening. The children are aged 12-16.

Of the rescued, two are girls.

The children were trafficked to India from Salyan, Jajarkot and other districts, according to the Ministry.
Secretary at the Ministry, Madhu Prasad Regmi, said that the children would be handed over to their families after the identification of their respective families.

Joint-Secretary at the Ministry, Radhika Aryal, said that the girls would be handed over to Maiti Nepal and the boys to Chhorachhori organisation. The Ministry has urged the bodies concerned to keep the names of children confidential.

The post Five Nepali children rescued from Punjab appeared first on The Himalayan Times.



from Nepal123.com - Five Nepali children rescued from Punjab

बाबुराम भट्टराईको नालेबेली बुझ्न दुई दिन कुर्नुपर्ने

काठमाण्डु, १६ भदौ– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईको जीवनीमा आधारित पुस्तक ‘अविराम बाबुराम’ आगामी भदौ १८ गते सार्वजनिक हुने भएको छ ।

baburam

पुस्तकमा प्रजातान्त्रिक विचार बोक्ने बाबुराम कसरी कम्युनिष्ट बने ? माओवादी आन्दोलनमा कसरी लागे ? यो आन्दोलनका क्रममा प्रचण्डसँग पटकपटक परेको विवाद, कारबाहीमा परेको प्रसङ्ग, उनलाई जिउँदै पुर्ने कुरा, शान्ति प्रकृया, लुकाइएका हतियारको प्रसङ्ग, राजा र भारतसँगको सम्बन्ध, प्रधानमन्त्रीकालमा राष्ट्रपतिसँगको द्वन्द्वका साथै उनको बाल्यकाल तथा विद्यार्थीकालका प्रसङ्गहरु समेटिएको  प्रकाशक संस्था सांग्रिला बुक्सले जनाएको छ ।

पत्रकार अनिल थापाद्वारा लिखित उक्त पुस्तक ३५० पृष्ठको छ ।



from Nepal123.com - बाबुराम भट्टराईको नालेबेली बुझ्न दुई दिन कुर्नुपर्ने

राहदानी शुल्क घट्यो

१६ भदौ, काठमाडौं । सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरूमा रहेका नेपालीहरूलार्इ राहदानी शुल्क घटाएको छ ।

MRPमन्त्रिपरिषद्को बिहीबारको बैठकले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको हो ।

यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए ।  त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो ।

वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।



from Nepal123.com - राहदानी शुल्क घट्यो

गर्भमा रहेको बच्चा यसरी बढ्छन, भिडियोमा हेरौं ९ महिनाको पूरा प्रक्रिया !

Rochak News
एजेन्सी । आमाको गर्भमा यसरी बढ्छ बच्चाको ९ महिनाको पूरा प्रक्रिया कसरी भइरहेको होला आज आमि एनिमेसनमार्फत तपाईलाई बुझउने प्रयास गरेका छौ । पहिलो महिनामा ०.६ सेन्टिमिटर लम्बाईको भ्रुण पानीले भरिएको थैलीभित्र हुन्छ ।

सुरुवाती तीन महिनामा बच्चाको मुटु धड्किन थाल्छ । शरिरको भाग विकसित हुन थाल्छ । गर्भको लम्बाई १० सेन्टिमिटर र तौल २८ ग्राम हुन्छ । चौथो महिनादेखि शिशुको लम्बाई र तौल तीव्र रुपमा बढ्ने गर्दछ ।

हात, खुट्टा, औंला र नङ बढ्न थाल्छ । कपाल आउन थाल्छ । ६ महिनासम्म बच्चा चल्न थाल्छ । लात्ताले हान्ने गर्दछ  सुन्ने गर्छ… निदाउने उठ्ने गर्दछ ।  हेरौं भिडियोः



from Nepal123.com - गर्भमा रहेको बच्चा यसरी बढ्छन, भिडियोमा हेरौं ९ महिनाको पूरा प्रक्रिया !

गैरकानुनी तरिकाबाट पन्जाब पुर्याइएका बालबालिकालाई यसरी फर्काइयो नेपाल…

काठमाण्डु, १६ भदौ– गैरकानुनी तरिकाबाट भारतको पन्जाबमा पुर्याइएका पाँच बालबालिकाको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले भारतस्थित नेपाली दूतावास र माइती भारतका सहयोगमा ती बालबालिकालाई उद्धार गरी आज साँझ काठमाण्डु ल्याइर्याएको हो ।

त्यसरी उद्धार गरिएका बालबालिकाको उमेर १२ देखि १६ वर्षसम्मको छ । तिनमा दुई बालिका छन् । उनीहरुलाई सल्यान र जाजरकोट लगायत जिल्लाबाट भारत पु¥याइएको मन्त्रालयले जनाएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले विभिन्न कारणबाट त्यहाँ पुगेका उनीहरुको उद्धार गरी आजै अपराह्न काठमाण्डु ल्याइएको जानकारी दिँदै उनीहरूलाई परिवारको पहिचान भएपछि परिवार तथा आफन्तको जिम्मा लगाइने बताए ।
उद्धार गरिएका दुई बालिकालाई माइती नेपालमा र तीन बालकलाई छोराछोरी नामक संस्थाको जिम्मा लगाइने मन्त्रालयको सहसचिव राधिका अर्यालले जानकारी दिइन्। मन्त्रालयले पीडित बालबालिकाको नाम गोप्य राखिदिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । रासस



from Nepal123.com - गैरकानुनी तरिकाबाट पन्जाब पुर्याइएका बालबालिकालाई यसरी फर्काइयो नेपाल…

लीलामणि पौड्याल चीनका लागि राजदूतमा सिफारिस

काठमाण्डु, १६ भदौ– सरकारले दुई छिमेकी चीनका लागि राजदूत सिफारिस गरेको छ ।

lila mani

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन् । यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो ।

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने कुरा चलिरहेका बेला भएको राजदूत सिफारिसलाई महत्वपूर्ण मानिएको छ ।

साथै बैठकले भारतका लागि दीपकुमार उपाध्यायलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए। उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो ।



from Nepal123.com - लीलामणि पौड्याल चीनका लागि राजदूतमा सिफारिस

वीर अस्पताल पुगेर गगन थापाले भने, ‘वीर अस्पताललाई जनताको अस्पताल बनाउनुस्’

काठमाण्डु, १६ भदौ– स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताएका छन्।

gagan thapa

अस्पतालको निरीक्षण गर्दै उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने – ‘सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ ।’

मन्त्री थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन पनि दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले अस्पतालमा बन्द भएको रेडियोथेरापी सेवा छिटो सुरु गर्नुपर्ने, नर्सिङ क्याम्पस भाडामा लिई व्यवस्था गर्नुपर्ने, गुरुयोजनानुसार सर्जिकल ब्लक निर्माण प्रक्रिया अगाडि बढाउन ग्लोबल टेन्डर गर्ने लगायत कार्य तत्काल सुरु गर्न आवश्यक रहेको जानकारी गराए ।
मन्त्री थापाले अस्पतालमा छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीलाई सघन उपचार कक्षमा भेट गरे । सो अवसरमा अधिकारीले आफ्ना छोराको हत्यारालाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरिन् ।

मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गरे । त्यसक्रममा एक वर्षदेखि बिग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै यन्त्रका लागि तत्काल पहल थालिने बताए ।



from Nepal123.com - वीर अस्पताल पुगेर गगन थापाले भने, ‘वीर अस्पताललाई जनताको अस्पताल बनाउनुस्’

‘डि समर काउचर सिजन’ फेसन शोमा १२ मोडलको प्रस्तुति

glamorouss

भदाै – १६ । व्यावसायिक मोडलहरुले ‘डि समर काउचर सिजन’ फेसन शोमा क्याटवाक गर्ने भएका छन् । शुक्रबार त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा हुने शोमा १२ जना मोडलको प्रस्तुति रहनेछ ।

अमिर कला केन्द्रको आयोजनामा हुने फेसन शोको कोरियोग्राफी प्रवेश गिरीले गरिरहेका छन् । यो ’डि समर काउचर’ सिजनको तेस्रो संस्करण हो ।

सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा हुने शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन स्टुडियो तथा डेजल कलेक्सनका पहिरनहरु प्रदर्शन गरिनेछ । आठ सिक्वेन्समा विभाजन गरिएको शोमा सारी, कुर्ता, अनारकली, इभिनिङ गाउन, सर्टस्, क्याजुअल तथा क्लब वेयर प्रदर्शन गरिने आयोजक संस्थाले बताएको छ ।

फेसन शोको क्रममा बि–बोइङ, साल्सा, जुम्बासहित लोकदोहोरी समेत प्रस्तुत गरिनेछ ।

The post ‘डि समर काउचर सिजन’ फेसन शोमा १२ मोडलको प्रस्तुति appeared first on नेपाल आज.



from Nepal123.com - ‘डि समर काउचर सिजन’ फेसन शोमा १२ मोडलको प्रस्तुति

भारत र चीनका लागि राजदूत सिफारिस


१६ भदौ, काठमाडौँ।

सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ ।Deep-Kumar-Upadhyay-600x0

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले जानकारी दिए । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए । उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो । पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन ।

यो पढ्नुस्: प्रचण्ड र देउवा ओलीलाई खुशी बनाउने बाटोमा !


यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो । दुई छिमेकी मुलुकमा निकट भविष्यमै उच्च (प्रधानमन्त्री र राष्ट्रपति) स्तरका भ्रमण हुँदैछ ।

यो पढ्नुस्: भारतीय मिडिया भन्छ- नेपालमा चीनको कमजोरीको फाइदा भारतले उठाउँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमण गर्दै छन् । त्यस्तै चीनका राष्ट्रपतिले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताइएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । डा श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका सचिव हेरफेरबारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएन । रासस


The post भारत र चीनका लागि राजदूत सिफारिस appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from Nepal123.com - भारत र चीनका लागि राजदूत सिफारिस

मासुपसलमा खान अयोग्य २१ केजी मासु बरामद

विमला अधिकारी भाद्र १६
लमजुङ सदरमुकाम बेशेीसहरमा २१ किलाग्राम मासु कुहिएको भेटिएको छ । जिल्ला पशु सेवा कार्यालय लमजुङले सदरमुकाम बेशीसहरमा रहेका मासु पसल तथा फ्रेस हाउसहरुमा गरेको अनुगमनका क्रममा २१ कलिो खान अयोग्य मासु भेटिएको हो ।

कार्यालयले बेसीशहर बजारमा रहेका २१ वटा मासु पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा २१ किलोेग्राम सेवन गर्न अयोग्य रहेको कुहिएको मासु बरामद गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख एवं पशु विकास अधिकृत डाक्टर ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार बेसीशरहको हाइस्कुल चोकमा रहेको सुरज फ्रेस हाउसबाट खान योग्य नभएको साथै कुहिएको १९ किलोग्राम रागोँको मासु बरामद गरीएको थियो । यसैगरी, अन्य दुईवटा पसलहरुबाट १÷१ किलोग्राम सेवन गर्न अयोग्य रहेको कुखुराको मासु बरामद गरेर गाडिएको उहाँले बताउनुभयो ।

पशु सेवा कार्यलयका प्रमुख एवं पशु विकास अधिकृत डाक्टर दिर्घनाथ ढुङ्गानाको नेतृत्वमा रहेको टोलीले मासु पसलहरुको अनुगमन गरेको हो । उहाँका अनुसार बेसीशरहको हाइस्कुल चोकमा रहेको सुरज फ्रेस हाउसबाट खान योग्य नभएको साथै कुहिएको १९ किलोग्राम रागोँको मासु बरामद गरीएको थियो । यसैगरी, अन्य दुईवटा पसलहरुबाट १÷१ किलोग्राम सेवन गर्न अयोग्य रहेको कुखुराको मासु बरामद गरेर गाडिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा बजारका ७ वटा मासु पसल उत्कृष्ठ रहेको पाइएको उहाँको भनाई छ । सो मासुपसलहरुमा सरसफाई देखि लिएर अन्य पुर्वाधारहरुमा उत्कृष्ठ रहेको पाइएको उहाँले बताउनुभयो ।
६ वटा मासु पसलको सरसफाई र सेवा सन्तोषजनक रहेको र ४ वटा पसलमा पसल संचालनका लागि पुर्वाधार नभएका कारण बन्द गरिएको उहाँले जानकारी दिनुभयो । साथै पसल संचालन गर्नका लागि दर्ता नभएको ६ वटा मासु पसललाई दर्ताको प्रक्रिया पुरा गरेर मात्र पसल संचालन गर्न आग्रह गरिएको डाक्टर ढुङ्गानाले बताउनुभयो ।
अनुगमनसँगै मासु पसल संचालकहरुलाई सरसफाई, स्वस्थकर मासु उत्पादन, सडेको मासु सेवन गर्दा हुने स्वास्थ्य समस्या, रोग लगायतका बारेमा पशु विकास अधिकृत डाक्टर ढुङ्गानाले व्यवसायीहरुलाई जानकारी गराउनुभएको थियो ।



from Nepal123.com - मासुपसलमा खान अयोग्य २१ केजी मासु बरामद

ग्यासको मूल्य ५० रुपैयाँले घट्यो

gasभदौ – १६ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य घटाएको छ ।

निगम व्यवस्थापनले शुक्रबारदेखि लागू हुने गरी ग्यासमा ५० रुपैयाँ मूल्य घटाएको हो। निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले एक सिलिण्डरमा ५० रुपैयाँ कम गरिएको जानकारी दिए ।

इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाउनेबारे निर्णय गरेको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत् राखेको छ। अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा पाउनेछन् ।

सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन ग्यासको मूल्य घटाउन निर्देशन दिएका कारण निगमले मूल्य घटाएको हो । आइओसीले पठाएको मूल्य अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकोले मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४७ डलर ४ सेन्ट पुगेको छ ।

The post ग्यासको मूल्य ५० रुपैयाँले घट्यो appeared first on नेपाल आज.



from Nepal123.com - ग्यासको मूल्य ५० रुपैयाँले घट्यो

चर्चित मोडल रश्मि तामांगको उपस्थितिमा हंगकंगमा सम्मान तथा तीज बिसेष कार्यक्रम

भदौ १६, हंगकंग,
हिन्दु नारीहरुको महान पर्व तीज नेपालि हरुको घर दैलो मै आई सकेको छ l सबैले आ आफ्नै किसिमले तीज तथा दर खाने कार्यक्रम राखिरहेका छन् l नेपाल मा मात्र नभएर नेपाल बाहिर पनि यस्ता खाले कार्यक्रम को आयोजना हुने गरेको छ l  
यहि क्रम मा मोडल रश्मि तामांग को प्रमुख उपस्थिति मा हंगकंग मा पनि तीज बिसेष कार्यक्रम को आयोजना गरिएको छ l 
हंगकंग मा रहेका नेपालि नारी हरु को समूह ले मोडल रश्मि को प्रतिभाको कदर गर्दै अगष्ट २८ मा उनलाई सम्मान र तीज बिसेष कार्यक्रम ” समाईलो साझ ४ ” को आयोजना गरिएको हो l 

पछिल्लो समय मोडल रश्मि तामांग निकै नै चर्चित बन्दै गई रहेकी मोडल मध्ये अग्रस्थान मा पर्छिन भने उनले गएको २ महिनाको अबधिमा ३२ ओटा तीज को म्युजिक भिडियो मा मोडलिङ्ग गरेकी छिन, यसैलाई सफलता को लक्षण मान्न सकिन्छ l

त्यस्तै एकै बर्ष अर्थात केहि महिना को अन्तराल मा उनले यो बर्ष ३ ओटा उत्कृष्ठ मोडल को उपाधि पनि हात पार्न सफल भएकी थिइन् l



from Nepal123.com - चर्चित मोडल रश्मि तामांगको उपस्थितिमा हंगकंगमा सम्मान तथा तीज बिसेष कार्यक्रम

नेपालमा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

tenish

भदाै – १६ । अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।

सोमबारदेखि सुरु हुने खेल एएनएलटीए-एसियाली जुनियर र्‍याङकिङ टुर यु–१४ सर्किट १-२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ ।

प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस संघका सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी जनाएका छन् । दुवै सर्किटमा समान ३२–३२ ब्वाइज र गल्र्सले प्रतिस्पर्धा गर्नेछन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।सातदोबाटोमा रहेको ६ वटा कोर्ट मध्ये ४ मा प्रतियोगिता खेलाइने छ । बाँकी २ कोर्टलाई खेलाडीको प्राक्टिसका लागि प्रयोग गरिने छ ।

करिब ३ वर्षअघि सातदोबाटोमा थप २ नयाँ कोर्ट तयार भएपछि लनटेनिस संघलाई अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने बाटो खुलेको हो । त्यसअघि सातदोबाटोमा ४ कोर्ट मात्र थिए । अन्तर्राष्ट्रिय प्रावधान अनुसार अन्तर्राष्ट्रिय प्रतियोगता आयोजना गर्न एकै परिसरमा कम्तिमा ६ कोर्ट हुनु अनिवार्य छ ।

प्रतियोगता सञ्चालन गर्न एटीएफका ह्वाइट ब्याज श्रेणिका प्राविधिक प्रवीणकुमार नायक बुधबारै नेपाल आइसकेका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

टुर्नामेन्ट डाइरेक्टर विष्टले नेपालमै अन्तर्रा्ष्ट्रिय टेनिस हुने भएकाले बढी भन्दा बढी नेपाली खेलाडीले स्वदेशमै अन्तर्राष्ट्रिय एक्सपोजर पाउने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

The post नेपालमा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने appeared first on नेपाल आज.



from Nepal123.com - नेपालमा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

मन्त्रिपरिषद बैठकको निर्णय: ओलीले दिल्लीबाट जसलाई फिर्ता बोलाए, प्रचण्डले उनैलाई पठाए !

काठमाण्डु, १६ भदौ- सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत थिए । उनलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो । पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुन ।

यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो । दुई छिमेकी मुलुकमा निकट भविष्यमै उच्च (प्रधानमन्त्री र राष्ट्रपति) स्तरका भ्रमण हुँदैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमण गर्दै छन् । त्यस्तै, चीनका राष्ट्रपतिले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्नुहुने बताइएको छ ।

त्यस्तै, बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । डा.श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् डा.श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका सचिव हेरफेरबारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएन ।



from Nepal123.com - मन्त्रिपरिषद बैठकको निर्णय: ओलीले दिल्लीबाट जसलाई फिर्ता बोलाए, प्रचण्डले उनैलाई पठाए !

शल्यक्रियापछि सुत्केरीको निधन, जनकपुर अस्पतालमा विवाद

Dead-Body-in-Janakpur-Hospi

१६ भदौ, जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालमा प्रसुतीका लागि भर्ना भएकी एक युवतीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीका कारण यस्तो भएको आरोप लगाएका छन् ।

जनकपुर अञ्चल अस्पतालमा भर्ना भएकी महोत्तरीकी २६ वर्षीया चन्द्रकला पासवानको शल्यक्रियाका क्रममा निधन भएको हो । शल्यक्रियाका क्रममा डाक्टरले बच्चा निकाल्दा पाठेघर नै निकालिदिएको आफन्तजनको आरोप छ ।

प्रसव व्यथाले च्यापेपछि महोत्तरी भरतपुर ४ निवासी पासवानलाई सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको थियो । उनका श्रीमान शिवजीका अनुसार समय पुग्दा पनि २४ घण्टासम्म बच्चा नजन्मिएपछि डाक्टरको सल्लाहमा शल्यक्रिया गर्ने निर्णय भएको थियो ।

मृतकका काका अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा.शिला सिंहले चन्द्रकलाको शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिकेपछि अत्याधिक रक्तश्राव भएको हो ।

शल्यक्रियापछि डा. सिंहले पेटभित्रै बच्चाको मृत्यु भइसकेको बताएको आफन्तले जनाएका छन् । अत्यधीक रक्तश्रावका कारण ७ पाउण्ड रगत चढाइएको थियो ।

डा.सिंहको समूहले शल्यक्रियाको क्रममा गडबढी गरेपछि अत्याधिक रक्तश्रावका कारण चन्द्रकला झनै सिकिस्त बनेको आफन्तको आरोप छ ।
बुधबार बिहान पीडितको अवस्था नाजुक भएपछि अस्पतालले जनकपुरकै सिटी हस्पिटल रिफर गर्‍यो र त्यहीँ उपचारका क्रममा चन्द्रकलाको मृत्यु भयो । उनका दुई छोरी छन् ।

रगत अभावले बिरामीको मत्युः अस्पताल

पीडित पक्षले चिकित्सकको लापरबाही भने पनि बिहीबारसम्म अञ्चल अस्पतालले यो आरोप स्वीकार गरेको छैन । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर गौराग मिश्राले चन्द्रकलाको सामान्य रुपमा बच्चा नजन्मेपछि डा. शिला सिंहले शल्यक्रिया गरेकी हुन् ।

शल्यक्रियाका क्रममा पाठेघर फाटेपछि अर्का प्रशुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुबैले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको अस्पतालको भनाइ छ ।

शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावका कारणले उनको ज्यान गएको मिश्राले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग सप्टष्टीकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने उनले प्रतिवद्धता जनाए ।

अस्पताल र डाक्टरको लापरवाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनले आरोप लगाउँदै दोषी डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । कारवाही नगरिए आफूहरु बाध्य भएर आन्दोलनमा उत्रने अनिलले बताए ।



from Nepal123.com - शल्यक्रियापछि सुत्केरीको निधन, जनकपुर अस्पतालमा विवाद

ओस्कार अवार्डकाे लागि ३ नेपाली फिल्मबीच प्रतिस्पर्धा

kalo pothi
भदाै – १६ । आगमी फेब्रुअरी २८ मा अमेरिकामा हुन लागेको ओस्कार अवार्डको लागि तीन नेपाली फिल्मबीच प्रतिस्पर्धा सुरु भएको छ ।

अवार्डको यो वर्षको संस्करणको लागि नेपालबाट फिल्म मागिएको केहि हप्तापछि तीन फिल्मबीच प्रतिस्पर्धा सुरु भएको हो ।

छनाैट समितिले तीन फिल्मलाई अन्तिम प्रतिस्पर्धाको लागि छान्दै फिल्म हेर्न सुरु गरेको छ । तीन फिल्ममा कालो पोथि, पशुपति प्रसाद र को आफ्नो छनाैट भएका छन् । यी तीन फिल्ममध्ये उत्कृष्ट ठहरिएको एक फिल्मले ओस्कारमा नेपालीको प्रतिनिधित्व गर्नेछ ।

फिल्म कालाो पोथी विदेशमा सम्पन्न विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरिएको थियो भने पशुपति प्रसादले राष्ट्रिय अवार्ड जित्न सफल भएको थियो । त्यस्तै को आफ्नाो पनि यहि प्रतिस्पर्धामा जुधिरहेको छ ।

यहि साता भित्र उक्त तीनमध्ये एक फिल्म छनाैट गरी ओस्कारको लागि पठाइने छ । हरेक वर्ष ओस्कारमा नेपाली फिल्मले नेपालको प्रतिनिधित्व गरेपनि कुनै अवार्ड भने हात पारेको छैन ।

The post ओस्कार अवार्डकाे लागि ३ नेपाली फिल्मबीच प्रतिस्पर्धा appeared first on नेपाल आज.



from Nepal123.com - ओस्कार अवार्डकाे लागि ३ नेपाली फिल्मबीच प्रतिस्पर्धा

वीर अस्पताललाई जनताको अस्पताल बनाउनुपर्छ ः स्वास्थ्यमन्त्री

काठमाडौँ, १६ भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ ।

अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिनुभयो । अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भन्नुभयो – “सम्पूर्ण नेपाली नागरिकको राम्रो उपचार पाइने भरोसाको केन्द्र भएकाले यहाँबाट दिइने सेवा पनि जनतामैत्री हुनुपर्छ ।”
मन्त्री थापाले सय दिनको कार्ययोजना र समाधानका उपायसहित एक हप्तामा पेस गर्न निर्देशन पनि दिनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङले अस्पतालमा बन्द भएको रेडियोथेरापी सेवा छिटो सुरु गर्नुपर्ने, नर्सिङ क्याम्पस भाडामा लिई व्यवस्था गर्नुपर्ने, गुरुयोजनानुसार सर्जिकल ब्लक निर्माण प्रक्रिया अगाडि बढाउन ग्लोबल टेन्डर गर्ने लगायत कार्य तत्काल सुरु गर्न आवश्यक रहेको जानकारी गराउनुभयो ।
मन्त्री थापाले अस्पतालमा छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीलाई सघन उपचार कक्षमा भेट गर्नुभयो । सो अवसरमा श्रीमती अधिकारीले आफ्ना छोराको हत्यारालाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
मन्त्री थापाले अस्पतालको क्यान्सर वार्ड र जेनेटेकी ल्याबको समेत निरीक्षण गर्नुभयो । त्यसक्रममा एक वर्षदेखि बिग्रिएको क्यान्सर रेडियसनका विषयमा समेत जानकारी लिँदै यन्त्रका लागि तत्काल पहल थालिने बताउनुयो ।

The post वीर अस्पताललाई जनताको अस्पताल बनाउनुपर्छ ः स्वास्थ्यमन्त्री appeared first on Diyo post.



from Nepal123.com - वीर अस्पताललाई जनताको अस्पताल बनाउनुपर्छ ः स्वास्थ्यमन्त्री

भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा असर गर्ला ?

petrol-oil-pump-tel
१६ भदौ, काठमाडौं । भारतमा बुधबार रातिदेखि पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको छ । पेट्रोलमा भारतीय ३ रुपैयाँ ३८ पैसा र डिजेलमा २ रुपैया ६७ पैसा मूल्य बढेको हो ।

यो सँगै अब भारतमा पेट्रोल प्रतिलिटर ६३.४७ र डिजल ५२.९४ भारु भएको छ । विश्वबजारमा कच्चा तेलमा वृद्धि आएसँगै तेलको मूल्य बढेको भारतीय आयल कर्पोरशन (आइओसी)ले जनाएको छ । भारतमा मूल्य बढेसँगै नेपालमा पनि असर पर्ने सक्छ । नेपालले सबै प्रकारका इन्धन भारतबाट नै आयत गर्छ ।

नेपाल आयल निगमले भने सामन्य मूल्यवृद्धि भएर नयाँ सूची आएको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य नबढ्ने स्पष्ट गरेको छ ।

निगमलाई अहिले पुरानै मूल्य सूचीकै आधारमा पनि प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ ६५ पैसा र डिजलमा ५ रुपैयाँ ३८ पैसा नाफा छ ।

त्यस्तै निगमलाई अहिले मटि्टतेलमा १६ रुपैयाँ ८८ पैसा, आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर १५ रुपैयाँ ९० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १ सय ११ रुपैयाँ ७० पैसा फाइदा छ ।



from Nepal123.com - भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा असर गर्ला ?

मानव बेचबिखन विरूद्ध सप्ताहव्यापी कार्यक्रम

 



from Nepal123.com - मानव बेचबिखन विरूद्ध सप्ताहव्यापी कार्यक्रम

गगन थापाको मोबाईलमा वीर अस्पतालको फोहोर ‘ट्वाइलेट’को तस्बिर, कसले पठायो ?

काठमाडौं, १६ भदौ । स्वास्थ्य मन्त्री गगन थापाले वीर अस्पालको निरिक्षण गरेका छन् । निरिक्षणको क्रममा उनले कर्मचारीलाई १०० दिन भित्र अस्पताल सुधारको कार्ययोजना ल्याउन निर्देशन समेत दिएका छन् । थापाले आफ्नो मोबाईलमा रहेको वीर अस्पतालको शौचालयको तस्बिर देखाउँदै ‘यस्तो शौचालयमा हामीले शौचालय गर्ने कुरा सोच्न पनि सक्दैनौं भन्दै हकारेका थिए ।

उनको फेसबुक पेजमा एक सर्वसाधारणले वीर अस्तालको तस्विर पोस्ट गरिदिएका थिए । थापाले सोही तस्बिर देखाउँदै कर्मचारीलाई १०० दिन भित्र सुधार गर्न निर्देशन दिएका हुन् । ‘मेरो फेसबुक पेजमा कसैले फोटो पठाएको छ,’ उनले मोबाईलमा तस्विर देखाउँदै भने,‘यो शौचालय प्रयोग गर्ने विषयमा हामी सबैले कल्पना पनि गर्न सक्दैनौं । यस्तो कुराहरुको लागि केही पनि कुर्न पर्दैन । यो सामान्य कुरा हो । म तुरुन्त २४ घण्टा भित्र अस्पताल सफा गरेर देखाउँनुस् भन्दिन । यसले के दर्शाउँछ ?’

The post गगन थापाको मोबाईलमा वीर अस्पतालको फोहोर ‘ट्वाइलेट’को तस्बिर, कसले पठायो ? appeared first on Diyo post.



from Nepal123.com - गगन थापाको मोबाईलमा वीर अस्पतालको फोहोर ‘ट्वाइलेट’को तस्बिर, कसले पठायो ?

टेलिकमले ल्यायो ‘तीज डाटा अफर’

Nepal-Telecome
१६ भदौ, काठमाडौं । नेपाल टेलिकमले फेस्टिभल अफरअन्तर्गत जीएसएम मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ ।

टेलिकमका अनुसार नयाँ अफर राति ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । यो अफर योजना भदौ १८ गतेदेखि असोज १ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

अफरअन्तर्गत ५०० एमबी डाटा भोल्युमको लागि ४० रुपैयाँ र १२ सय एमबी डाटा भोल्युमको लागि ८५ रुपैयाँ लाग्ने जनाएको छ ।

५०० एमबी डाटा भोल्युमको ७ दिन र १२०० एमबी डाटा भोल्युमको १५ दिन म्याद रहने टेलिकमले जनाएको छ ।

यो महसुल दरमा नियमअनुसार लाग्ने कर समावेश गरिएको नगरेको समेत टेलिकमले स्पष्ट पारेको छ ।



from Nepal123.com - टेलिकमले ल्यायो ‘तीज डाटा अफर’

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भावुक हुँदै प्रचण्डले भने ‘मेरो बाबु आमा हजुर नै !

bidhya dahal
आज कुसे औशी । सबैले आफ्ना आफ्ना बुवाको मुख हेरेर मनाए । तर,राष्ट्रका प्रमुख कार्यकारी प्रधानमन्त्री प्रचण्डले आफ्ना बाबुको मुख हेर्ने दिन कसरी मनाए होला ? चासो जाग्नु स्वभाविकै हो ।

पुष्पकमल दाहाल प्रचण्ड कुशे औशीका दिन अरु समय भन्दा भिन्दै तरिकाले राष्ट्रपति भवन शितलनिवास प्रवेश गरे ।  प्रचण्डले कुशे औशी दिन  राष्ट्रपति निवास पुगेका थिए ।

सँधै राजनीतिक भेटघाट हुने भएपनि बिहीबार त्यस्तो हुन गएन । देशको तेस्रो पदमा बसेर कार्यभार सम्हाल्दै गरेका प्रधानमन्त्री प्रचण्डले अव बुवा आमा दुवै नै तपाई हो भन्दै भावनात्मक रुपमा राष्ट्रपति विद्या देवी भण्डारीसँग शितलनिवासमा वार्तालाप गरे । ‘प्रधानमन्त्री प्रचण्डले भावनात्मक शैलीमा अव मेरो र राष्ट्रको बुवा आमा हजुर नै हो, यस्तो सम्मान र आदरले राष्ट्रपति विद्या देवी भण्डारी हाँसि मात्रै रहनु भएको थियो । ’एक सहयोगीले बताए ।

कार्तिक ११ गते को त्यो दिनलाई विद्या देवी भण्डारीले पनि विर्सन पक्कै विर्सन सकेकी छैनन होला । प्रचण्डको बलबुता कारण राष्ट्रपति बन्न सफल विद्या देवी भण्डारी पनि भावुक रुपमै प्रचण्डसँग कुरा गर्दै थिए । ‘अकासको राहु पतालको केतु एक फेर नपरी कसरी चेतु ?’भने झै राष्ट्रपति सँग कुरा गर्दैै उनले पहिला सानो गल्तिका कारण पहिलो प्रधानमन्त्री पद गुमाउन पुगे अव उप्रान्त त्यस्तो गल्ति गर्दिन भन्दै उहाँले भन्नुभयो । सहयोगीले बताए ।

नौ वर्ष अगाडि रुकमांगद कटवालको काण्डमा मुछिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको सानो पत्रले पहिलो पटकको पद गुमाउन पुगेका थिए ।

 



from Nepal123.com - राष्ट्रपति विद्यादेवी भण्डारीसँग भावुक हुँदै प्रचण्डले भने ‘मेरो बाबु आमा हजुर नै !

प्रचण्डलाई गंगामायाको सन्देशः कि माग पूरा गर कि मर्न देऊ

Gangamaya

१६ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले आमरण अनसनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।

बिहीबार मुलुककै जेठो अस्पताल वीर अस्पतालको निरीक्षणमा गएका मन्त्री थापाले पुरानो आइसीयु कक्षमा १८ दिनदेखि आमरण अनसनमा रहेकी अधिकारीलाई भेटेका हुन् ।

गंगामायाले प्रधानमन्त्री समक्ष पुर्‍याइदिन भन्दै मन्त्री थापालाई आफ्नो सन्देश सुनाइन् । उनले भनेकी छन्, ‘यदि प्रधानमन्त्री एउटा पार्टीको प्रधानमन्त्री हो भने मेरो भन्नु केही छैन । राष्ट्रको प्रधानमन्त्री हो भने मैले कुनै राज्यको कोषबाट केही माग्न अनशन बसेको हैन । छोराको हत्यारालाई कारवाही गरेर न्याय पाउनुपर्छ भन्ने मेरो माग हो, त्यो पुर्‍याइदिनुस् ।’

उनले अघि भने, हैन भने मेरो मर्न पाउने अधिकार हो, मैले यही मर्न पाउनु पर्छ, यो सन्देश प्रधानमन्त्री समक्ष पुर्‍याइदिनुस् ।’

जवाफमा स्वास्थ्यमन्त्री थापाले बिहीबार नै मन्त्रिपरिषद् बैठक रहेको भन्दै सन्देश प्रधानमन्त्रीसमक्ष पुर्‍याइदिने बताए ।

आफ्ना छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया अनसनरत छिन् । अनसनकै क्रममा उनका पति नन्दप्रसादको केही वर्ष पहिले निधन भएको थियो ।

सरकारले अनुसन्धान प्रक्रिया अघि बढाएपछि गंगामायाले आमरण अनसन तोडेर झोल कुरा मात्र खान थालेकी थिइन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि उनले फेरि अनसन थालेकी छन् ।



from Nepal123.com - प्रचण्डलाई गंगामायाको सन्देशः कि माग पूरा गर कि मर्न देऊ

झापाबाट गरियो शसस्त्र र भूमिगत गतिविधि परित्याग गरेको घोषणा

काँकडभिट्टा, १६ भदौ- पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ ।

झापाको विर्तामोडमा बिहीबार सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र सङ्घर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो ।

भेलापछि बिहीबार पार्टीका अध्यक्ष अनन्त क्रान्तिले एक विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन निर्देशन दिएका छन् ।

भेलाले अनन्त क्रान्ति अध्यक्ष र हिमाल किराती महासचिव रहेको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

पूर्वमा छुट्टै किरात प्रदेशको माग गर्दै आएको वर्कर्स पार्टीको स्थापना २०६३ सालमा भएको थियो । पूर्वी पहाडमा भूमिगत सङ्गठन चलाउँदै आएको वर्कर्स पार्टीले विगत तीन वर्षदेखि नेपाल सरकारसँग शान्ति वार्तामा संलग्न भए यता सशस्त्र गतिविधि गरेको छैन ।



from Nepal123.com - झापाबाट गरियो शसस्त्र र भूमिगत गतिविधि परित्याग गरेको घोषणा

गोकर्णेश्वरमा भक्तजनको भीड

काठमाण्डु, १६ भदौ-उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवङ्गत पितृलाई श्रद्धा भक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

दिवङ्गत पितृलाई भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर मन्दिरमा गई तर्पण, सिदादान र श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीनरतीन पुस्ताका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

बागद्वारबाट बग्दै आएको बाग्मती गोकर्णमै आएपछि उत्तरतिर बग्ने भएकाले पनि यहाँ आई पितृलाई श्रद्धाभक्तिसाथ तर्पण, सिदादान र श्राद्ध गर्दा दिवङ्गत पितृ प्रशन्न भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

मन्दिरमा बुधबार बेलुकीदेखि नै भक्तजनको भीड लागेको पुजारी जगदीश भट्टले बताए । बिहान ३ बजेदेखि मन्दिरमा दर्शनका लागि खुला गरिएको थियो । देशका विभिन्न भागबाट आएका भक्तजनले वाग्मती नदीमा स्नान गरी गोकर्णदेखि उत्तरगयासम्मका बाग्मती किनारमा तर्पण, सिदादान एवम् श्राद्ध गरिरहेका छन् ।

मन्दिर क्षेत्र व्यवस्थित नहुँदा धार्मिक कामका लागि अप्ठ्यारो भएको सप्तरीबाट आउनुभएका रामचन्द्र यादवले गुनासो गरे । ‘साँघुरो सडकमा व्यापार गर्ने, बिरामीको उपचारका लागि सहयोग माग्नेको पनि भीड हुँदा धार्मिक क्षेत्र अस्तव्यस्त पाएँ, सार्वजनिक सवारी साधन जोरापाटीचोकमै रोकिँदा चार किमी हिँड्न बाध्य हुनुप¥यो’, उनले भने ।

मन्दिरमा बौद्ध धर्मावलम्बीको पनि उत्तिकै उपस्थिति छ । बौद्ध धर्मावलम्बीले गोकर्णेश्वरलाई बोधिसत्वका रुपमा मानी श्रद्धाभक्तिसाथ पितृका सम्झनामा दीपदान गरेका छन् । रासस



from Nepal123.com - गोकर्णेश्वरमा भक्तजनको भीड

राष्ट्रपतिले प्रचण्डलाई सोधिन्- चुनावको तयारी के हुँदैछ ?

राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भने- बुवा आमा हजुर नै !

Bidhya-Bhandari-and-Prachan

विहीबारको भेटमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री प्रचण्ड । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

१६ भदौ, काठमाडौं । संविधानतः राष्ट्रपति मुलुकको सर्बोच्च व्यक्ति हुन् । आलंकारिक राष्ट्रपति जनताका अभिभावक हुन् ।

जनताका अभिभावक मेरा पनि अभिभावक भन्दै मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री प्रचण्डले कुशे औंशीको विहानै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीका मुख हेरेका छन् ।

केही वर्षअघिमात्र पिता गुमाएका र आमा धेरै वर्षअघि नै गुमाएका प्रचण्ड र राष्ट्रपति भण्डारीबीचको विहीवारको भेट एक प्रकारले अनौपचारिक र भावनात्मक खालको रहेको स्रोतले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट हुनु सामान्य विषय हो । दैनिक कामकाज र महत्वपूर्ण घटनाक्रमका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिने प्रचलन छ ।

तर, बिहीबार बिहान राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच भएको वार्तालाप भने अलि फरक थियो । प्रचण्ड बालुवाटारबाट बिहानै शितल निवास पुगेपछि सन्चो-बिसन्चोको अवस्था सोधेर सामान्य औपचारिकता पूरा भयो ।

भेटका प्रत्यक्षदर्शीका अनुसार त्यसपछि प्रचण्डले हाँस्दै भने- आज कुशे औंसीको दिन म यता आएँ । किनकी यो राष्ट्रको अभिभावक हजुर हो । बुवा-आमा पनि हजुर नै हो ।

मनमा धेरै कुरा राख्न नसक्ने र फ्याट्टै बोलिहाल्ने प्रचण्डको स्वभाव बिहीबार राष्ट्रपति भण्डारी समक्ष पनि लुक्न सकेन । प्रचण्डले आफूलाई आमा पनि हजुर, बुबा पनि हजुर भन्नु राष्ट्रपतिका लागि सायद अनपेक्षित थियो ।

प्रधानमन्त्रीले दिएको सम्मान र आदरलाई रष्ट्रपति भण्डारीले मुसुक्क हाँसेर स्वागत गरेको एक सहयोगीले बताए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डबीच बिहीबारको मन्त्रिपरिषद बैठक, आसन्न भारत भ्रमणलगायतका विषयमा कुराकानी भएको थियो ।

पहिलो प्रधानमन्त्री कालमा राष्ट्रपतिको एउटै पत्रका कारण राजिनामा दिनु परेको तितो अनुभव संगालेका प्रचण्डले यसपटक बिगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता भिन्न सन्दर्भमा पटक-पटक व्यक्त गर्दै आएका छन् ।

संयोग के पनि मान्नुपर्छ भने विद्या भण्डारीलाई राष्ट्रपतिका रुपमा अघि सार्न एमालेलाई साथ दिने र चुनाव जिताउनेसम्मका घटनाक्रममा प्रचण्ड निर्णायक बनेका थिए ।

कांग्रेस सहमतिबाट बाहिर गएपछि ‘पावर शेयरिङ’मा एमालेले प्रधानमन्त्री पाउँदा माओवादीले राष्ट्रपति पाउने अवस्थामा विद्या भण्डारीलाई राष्ट्रपति बनाउन प्रचण्डले भूमिका खेलेको दावी उनी निकटस्थहरुको छ ।



from Nepal123.com - राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्रीले भने- बुवा आमा हजुर नै !

अब विद्युतीय सवारीमा जोड दिइनुपर्छ: वातावरण मन्त्री

काठमाण्डु, १६ भदौ- जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले हाल मुलुकले भोग्दै आएको ऊर्जा सङ्कट समाधानका लागि जलविद्युत् एवम् सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिइएको बताएका छन् ।

मन्त्री जोशीको सम्मानमा ऊर्जा विकास परिषद्ले आयोजना गरेको स्वागत समारोहमा बोल्दै उनले यातायात क्षेत्रमा इन्धनको ठूलो हिस्सा खपत हुने गरेको र यसको आयातमा विदेशी मुद्रा खर्च हुने र वातावरणमा पनि असर पुगेकाले अब विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिने बताए । यसका लागि छोटो तथा लामो दूरीका विद्युतीय सवारी सञ्चालन गर्न ठाउँठाउँमा चार्जिङ सेन्टरहरु निर्माण गरिने मन्त्री जोशीले बताए ।

वातावरण र जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने विभिन्नखालका प्रदूषणको दिगो समाधानका लागि मन्त्रालयले छिट्टै प्रदूषण नियन्त्रण रणनीति र कार्ययोजना ल्याउन लागेको मन्त्री जोशीले जानकारी दिए । सो अवसरमा परिषद्का सुजीत आचार्यले सौर्य ऊर्जा प्रविधि र जलविद्युत्को विकाससँगै ऊर्जा दक्षताको माध्यमबाट न्यूनतम विद्युत् खपत गरी अधिकतम ऊर्जाको मागलाई पूर्ति गर्न सकिने धारणा राखे ।

कार्यक्रममा सहभागी अन्य वक्ताले आयातीत इन्धन खपतलाई घटाउन विद्युतीय सवारी साधनलाई प्रोत्साहन आवश्यक रहेको बताउँदै सरकारले चार्जिङका लागि निश्चित ठाउँको व्यवस्था मिलाउन आग्रह गरे ।

परिषद्ले विशेष गरेर जलविद्युत्, सौर्य ऊर्जा र अन्य वैकल्पिक ऊर्जा क्षेत्रमा देखा परेका समस्या उजागर गर्ने, तिनलाई समाधान गर्न आवाज उठाउने र नीति निर्मातालाई स्वदेशी ऊर्जा विकासका लागि घचघच्याउने काम गर्दै आएको छ । रासस



from Nepal123.com - अब विद्युतीय सवारीमा जोड दिइनुपर्छ: वातावरण मन्त्री

नेपालमा आफू बराबरको नृत्य गर्ने नायक नभएको प्रियंकाको दाबी(भिडियो समाचार)

priyanka karki
के नेपालमा नायिका प्रियंका कार्कीसँग नृत्य गर्न सक्ने कोही पनि नायक छैनन् । होइन भने प्रियंका हरेक गीतमा आफूले नै लिड गरेर नृत्य गरिरहनु परेको दाबी किन गरिरहेकी छिन् त ?

विदेशमा कसैले सांकृतिक कार्यक्रमका लागि बोलाउँदा जान नपरे जस्तो गर्ने नायक रहेछन् दयाहाङ राई । के यी नायक लजालु हुन् ?

साथमा साहिद कपुरले लिए संजय लिला भन्सालीको चलचित्रमा १० करोड पारिश्रमिक ? हेर्नुहोस् रोचक बिषय समावेश गरिएको आजको मनोरञ्जन भिडियो समाचारः



from Nepal123.com - नेपालमा आफू बराबरको नृत्य गर्ने नायक नभएको प्रियंकाको दाबी(भिडियो समाचार)

लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुपबाट देश अघि बढ्छः उपप्रम निधि

काठमाण्डु, १६ भदौ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुप निर्माण प्रक्रियाबाट देश अगाडि बढ्न लागेकोे बताएका छन् ।

Bimelendra Nidhi

प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री निधिले गणतन्त्र, सङ्घीयता, समावेशी, मिश्रित निर्वाचन प्रणाली र धर्म निरपेक्षताजस्ता नयाँ स्वरुपलाई संस्थागत गर्ने चरणमा लागिएको बताए ।

‘यी विषयलाई संस्थागत गर्न मधेसको समस्या संविधान संशोधनका माध्यमबाट सम्बोधन गरिनुपर्छ, संशोधनपछि कार्यान्वयनका लागि तीन तहको निर्वाचन प्रक्रिया अघि बढ्न सहज हुन्छ’ – उनले भने ।

मधेस समस्यालाई सम्बोधन गरी संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउनु वर्तमान सरकारको प्राथमिकता रहेको पनि मन्त्री निधिले बताए।

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाण्डु केन्द्रित बसाइ सराइलाई रोक्न नगर भइसकेका र नगरोन्मुख गाउँमा ढल, खानेपानी, व्यवस्थित सडक, हरियाली क्षेत्रलगायत संरचना निर्माण गर्न मन्त्रालयले कार्य गर्ने बताए ।

‘सहरको विकास भनेको ठूला भवनको विकास भन्ने मात्र सोच बनेको छ, ग्रामीण, नगरोन्मुख एवम् साना सहर बनिसकेकाको व्यवस्थित विकास गरिनु नै वास्तवमा सहरी विकास हो’ – उनले भने ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग खोल्ने गृहकार्य सुरु गरिएको जानकारी गराए। ‘बेरोजगारी समस्या समाधान गर्न र रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न पनि नयाँ उद्योग खोल्ने एवम् भएकालाई सञ्चालन गरिनुपर्छ’ – उनले भने ।

कार्यक्रममा परराष्ट्रविद् मधुरमण आचार्य, प्रशासनविद् जैनेन्द्र जीवन, कानुनविद् उपेन्द्रकेशरी न्यौपाने, चिकित्सक डा अञ्जनीकुमार झा, समाजका अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष कुलचन्द्र वाग्ले, पत्रकार गोकर्ण अर्याललगायतका वक्ताले प्रजातान्त्रिक संस्कारको विकासमा मन्त्रीहरुले योगदान पु¥याउनुहुने विश्वास व्यक्त गरे ।



from Nepal123.com - लोकतान्त्रिक प्रणालीको नयाँ स्वरुपबाट देश अघि बढ्छः उपप्रम निधि

एमालेले कूटनीतिक अज्ञानता देखायोः उपप्रधानमन्त्री निधि

Bimalendra-Nidhi

१६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

कूटनीतिमा दुई देशबीच आदान प्रदान हुने पत्र सार्वजनिक गर्ने चलन नहुने नरहेको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदीलाई आफूले बुझाएको पत्र सार्वजनिक गर्नु पर्ने माग राखेर एमालेले कुटनीतिक अज्ञानता प्रदर्शन गरेको बताए ।

प्रजातान्त्रिक विचार समाजले विहिवार काठमाडौमा गरेको कार्यक्रममा निधिले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा नभइ प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा भारत गएको र भारतीय प्रधानमन्त्री मोदीलाई पत्र बुझाएको बताए ।

मोदीलाई बुझाइएको पत्रमा संविधान संशोधनबारे केही उल्लेख नभएको भन्दै उनले पटक पटक सरकार संचालन गरेको एमालेले पत्रलाई स्थायी समितिको बैठकको एजेण्डा बनाएर कच्चा काम गरेको बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधी प्रधानमन्त्रीको विशेष दूतका रुपमा भदौको सुरुमा भारत भ्रमणमा गएका थिए ।

प्रमुख विपक्षी दल एमालेले स्थायी समितिको बैठकबाट निर्णय गरी निधिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाएको पत्र सार्वजनिक गर्न माग गरेको थियो । पत्रकै विषयलाई लिएर दुई दिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा काँग्रेस र एमालेका नेताबीच चर्काचर्की समेत भएको थियो ।



from Nepal123.com - एमालेले कूटनीतिक अज्ञानता देखायोः उपप्रधानमन्त्री निधि

भाषा विवाद संसदमा पुग्यो, छानविन समिति बनाउन माग

Kanta Bhattarai and Anuradha Thapa

सांसदद्वय कान्ता भट्टराई र अनुराधा थापा

१६ भदौ, काठमाडौं । नयाँ परिवर्तनका नाममा नेपाली भाषामा गरिएको हेरफेरसँगै सुरु भएको भाषा विवाद व्यवस्थापिका संसदमा पुगेको छ ।

संसदको बिहीबारको बैठमा सांसदहरुले भाषा विवादबारे ध्यानाकर्षण गराएका छन् । राप्रपा नेपालकी सांसद कान्ता भट्टराईले भाषामा गरिएको परिवर्तन अत्यन्त दुःखद भएको बताइन् ।

‘भाषा हो सभ्यता हाम्रो, भाषा नै पहिचान हाम्रो, भाषाले जोड्छ सम्वन्ध, यहि नै स्वाभिमान हाम्रो’ भन्ने स्लोकबाट आफ्नो सम्बोधन सुरु गरेकी उनले भाषामा जबरजस्ती तोडमोड गर्दा संस्कृतिमा ह्रास आउने बताइन् ।

उनले ०४७ पछि संस्कृत भाषाको अपमान गर्दा नेपाली भाषाको जग हल्लिएको बताइन् । मुठ्ठीभरका मान्छेले नेपाली भाषालाई छिन्न भिन्न पार्न खोजेको भन्दै उनले वृहत र व्यापक चिन्तन नगरी भाषालाई चलाउन नहुने बताइन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले गल्ती गरेको बताइन् ।

केही मान्छेले बुझाएको प्रतिवेदन हेर्दै नहरी मन्त्रीले सदर गरेको भन्दै उनले भनिन्, ‘के मन्त्रालय सचिव र नजिककाले भनेको भरमा चलाउने हो ? कि आफ्नो गल्तीको भारी विसाउने चौतारो हो ?’

अमेरिकाको क्रिश्चियन संस्थाको दबावमा प्रतिवेदन सदर गरेको भन्ने चर्चा रहेको भन्दै उनले यसबारे छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेकी छन् ।



from Nepal123.com - भाषा विवाद संसदमा पुग्यो, छानविन समिति बनाउन माग