Monday, March 21, 2016

मोटरसाइकलमोटरसाइकल एजेन्डा पूरा भएपनि चढ्न भने नपाउने

काठमाडौं, ९ चैत । सरकारले गाविस सचिवलाई मोटरसाइकल दिने निर्णय गरेपनि २ वर्षपछि मात्रै किन्न सकिने देखाएको छ ।

अर्थ मन्त्रालयले यस वर्ष विनियोजन भएको बजेटबाटै मोटरसाइकल किन्ने सहमति दिएको थियो ।

तर, यस वर्षका लागि बजेट गत आर्थिक वर्षको परिषदले बाँडफाँड गरिसकेको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

साथै, गत वर्षको बजेट पनि यस वर्षको गाउँ परिषदले पुसमै बाँडफाँड गरी सकिएकाले २ वर्षपछि धकेलिएको गाविस सचिव हकहित संरक्षण मञ्चका अध्यक्ष दामोदर रिजालले बताए ।

‘यो वर्ष खर्च भइरहेको बजेट गत वर्षको परिषदबाट र आउने वर्षको बजेट गत पुसको परिषदबाट बाँडफाँड गरिसकेको छ । यो आर्थिक वर्षमा त सम्भब छैन नै, आउने आर्थिक वर्षमा पनि सम्भव छैन’, रिजालले भने, ‘अहिले तत्काललाई हाम्रो एजेन्डा पूरा भयो भनेर खुसी मान्नबाहेक अरु केही छैन ।’

गत चैत १ मा अर्थ मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरी मोटरसाइकल किन्ने सहमति दिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विदेशमा बिक्दैछ, सेना-प्रहरीको प्रमाणपत्र

९ चैत, काठमाडौं । नेपालका सुरक्षाकर्मीले युद्ध लड्नु पर्दैन । माओवादी युद्ध अन्त्यपछि उनीहरुलाई मुलुकभित्र देखिने गरी खतरा छैन ।

यसको मतलब युवाका लागि सुरक्षा अंग रोजगारीको आकर्षक गन्तव्य बन्नुपर्ने हो । तर, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तल्लो तहमा कार्यरत युवाले स्थायी जागिर र पेन्सन सुविधालाई वेवास्ता गर्दै जागिर छाड्ने क्रम जारी छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सशस्त्र प्रहरीका जवान पदमा आठ वर्ष काम गरेपछि दीपक गिरीले २०७१ पुसमा राजीनामा दिए । थप आठ वर्ष काम गरेको भए उनको पेन्सन पाइन्थ्यो  । जीवनभर पेन्सन खान पाउँथे । तर परिवार चलाउन गाह्रो भएपछि उनले राजीनामा दिए ।

पर्वत कुश्माका स्थायी बासिन्दा गिरीले सुरक्षा अंगमा कार्यरत रहँदा हतियार चलाउने डि्रल, बिल्ला वार, म्यापरिडिङलगायत तालिम लिएका छन् । राज्यले पैसा खर्चेर उनलाई तालिम दिएको छ ।

नेपाली सेनाले नौ महिने तालिम पूरा गरी एक सैनिक जवान तयार पार्न करिब सात लाख ७० हजार रुपैयाँ र सैनिक अधिकृतको २४ महिने तालिम पूरा गर्न प्रतिव्यक्ति करिब २८ लाख रुपैयाँ लगानी गर्ने गरेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताए । अन्य विभागले पनि यही हाराहारीमा तालिममा लगानी गर्दछन् ।

राज्यले लगानी गरेर दिएको त्यही सीपको प्रमाणपत्रसहित वैदेशिक रोजगारीमा जाने तयारीमा दीपक जस्ता अरु धेरै युवा छन् । सुरक्षा निकायको रोजगारी यसरी बीचमा छाडेर विदेश जाने तयारी गर्ने दीपक प्रतिनिधि उदाहारण मात्रै हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिंहदरबार गेटमा छड्के, एक सय २७ कर्मचारी कारबाहीमा

९ चैत, काठमाडौं ।  पोसाक भत्ता लिने तर तोकिएको पोसाक नलगाउने निजामति सेवाका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले सोमबार पनि छड्के जाँच गरेको छ ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र निकायमा काम गर्ने एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परेका हुन् ।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटा र ठाकुरप्रसाद निरौलाको नेतृत्वमा खटिएको छड्के टोलीले पोसाक नलगाएका कर्मचारीमाथि छड्के गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

आइतबारको छड्केमा तीन सय ७४ कर्मचारी बिनापोसाक कार्यालय आएको पाइएको थियो ।  सामान्यले पोसाक नलगाएका कर्मचारीको रेकर्ड सम्बन्धित मन्त्रालयमा पठाउँदै त्यस्ता कर्मचारीले पाउने पोसाक भत्ता कटौती गर्न निर्देशन दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धनमा भारतको एकाधिकार कायमै

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा इन्धन संझौता हुन नसकेपछि पेट्रोलियम पदार्थ आयातमा भारतकै एकाधिकार कायम रहने देखिएको छ ।

भारतीय नाकाबन्दीपछि नेपाल र चीनका अधिकारीबीच कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट आयात गर्नेसम्बन्धी प्रारम्भिक समझदारी भएको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

तर, प्रधानमन्त्रीको ओपचारिक भ्रमण सम्झौता नभएपछि चार दशक लामो भारतीय एकाधिकार कायम रहने देखिएको हो ।

पाँच महिना लामो भारतीय नाकाबन्दीबाट भर्खरै मुक्ति पाएका नेपाली नागरिकले प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन सम्झौता हुने अपेक्षा गरेका थिए । छिमेकी दुई देशबाट इन्धन आपूर्ति हुँदा बजार सन्तुलन राख्न सहज हुने अनुमान धेरैको थियो ।

प्रधानमन्त्रीको भ्रमणमा इन्धन सम्झौता हुन नसकेपनि छिट्टै सम्झौता प्रक्रिया अघि बढ्ने आपूर्तिमन्नत्री गणेशमान पुनको दाबी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३६ वर्षको प्रयासपछि पेट्रोलियम अन्वेषण हुँदै

९ चैत, काठमाडौं । झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ ।

सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन । अब चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालका ३ स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो ।  यससँगै मुलुकमा पेट्रोलियम पदाथएको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।

नेपालले करिब दुई महिनाअघि पेट्रोलियम अन्वेषणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको थियो । उद्योग मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई दैलेखको ग्यास खानी र अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिन आग्रह गरेको थियो ।

करिब दुई साताअघि चीनले मन्त्रालयलाई पत्राचार गरि पेट्रोलियम अन्वेषणमा आर्थिक एवं प्राविधिक सहयोग गर्न सहमति जनाएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमालेका २० हजार पुस्तक अलपत्र

९ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एकाले केन्द्रीय कार्यालयका करिब २० हजार पूस्तक अलपत्र बनेका छन् ।

अलपत्र पारिएका पुस्तकमा भूमिगतकालदेखि संकलित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास, दर्शन, संस्कृति, साहित्य, समाज, विज्ञान, प्रविधिलगायत विभिन्न विषयसँग सम्वन्धित रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

साथै, महत्वपूर्ण दस्तावेजहरु संग्रहरु दश महिनादेखि अलपत्र अवस्थामा देखिएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा पर्याप्त स्थान नरहेपछि ती पुस्तक धोबीखोलाकिनारामा रहेको मदन भण्डारी कलेजको गोदाममा बोराभित्र बाँधेर थन्काइएको छ ।

पुस्तक हराउन नदिन एमालेले बाहिर पुस्तक लैजान नपाउने तर, पुस्तकालय भित्र मात्रै अध्ययन गर्न पाउने नियम बनाएको थियो । दुई वर्षअघि पुस्तक व्यवस्थित गर्न १२ हजार पुस्तक दर्ता गरी नम्बरिङ गरिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच फेरी प्रतिस्पर्धा

९ चैत, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरवहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच अर्को प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिमा प्रतिस्पर्धा गरेको एक महिना बित्न नपाउँदै देउवा र पौडेल संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिन लागेका आजको नागरिक दैनिकमा समाचार छ ।

पार्टीको केन्द्रीय समिति बैठकले दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरेसँगै दुवै नेताले सक्रियता बढाएका छन् ।  १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले सांसदसँग भेटघाट तीब्र बनाएका छन् ।

सकेसम्म सहमतिबाट संसदीय दलको नेता बन्ने र सम्भव नभए अधिकतम सांसदलाई पक्षमा पार्न देउवा निकट नेता सक्रिय छन् । सभापतिमा समर्थन गरेका सांसद संख्या आंकलन गर्दै उनीहरु सुविधाजनक बहुमत पुग्नेमा ढुक्क छन् ।

तत्कालीन सभापति सुशील कोइरालासँग २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा देउवा १६ मतले पछि परेका थिए ।

यतिबेला कोइराला पक्षका भनिएका अर्जुननसिंह केसी, जगदीश्वरनरसिंह केसी, कुलबहादुर गुरुङ, चन्द्र भण्डारी लगातयतका नेता देउवा क्याम्पमा आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रीमती अर्कैसँग भाग्दा श्रीमानले उठाए खतरनाक कदम, प्रहरी पनि छक्क !

एजेन्सी । जेठा छोराको उपचार दिल्लीको एम्स अस्पतालमा चलिरहेको थियो । वर्षदिन पहिला अपरेशन भएको थियो । तर, आमालाई के सनक चढ्यो कुन्नी आफ्ना पति र छोराहरु छाडेर परपुरुषसँग मन साटेर भागिन ।

६ वर्षीय छोराको मुटुको उपचार गराउने क्रममा पति दिल्ली आएका थिए भने उता पत्नि आफ्ना नयाँ प्रेमीसँग भागिन । घर फर्किदा पतिले पत्निको कर्तुत थाहा पाएपछि आफूलाई सम्हाल्न सकेनन् ।

पत्नि भागेको पीडाले छटपटिएका पतिले पहिला छोरालाई मारे फेरि आत्महत्या गरे ।

मनै चसक्क पार्ने यो घटना यूपीको आगाराको हो । बाह थानाको गाउँ तेजसिंह पुरामा त्यो बेला शोक फैलियो जब बाबुछोराको शव कोठामा भेटियो । समाचार अनुसार पत्नि भागेपछि समालिन नसकेर पतिले यस्तो खतरनाक कदम उठाएका हुन् ।

प्रहरीका अनुसार पछाय गाउँ मनीनगर निवासी रामभरोसीकी छोरी पिंकीको विहे करिब ८ वर्ष पहिले तेजसिंह पुरा निवासी गौरीशंकरका छोरा २९ वर्षीय आशारामसँग भएको थियो । पिंकीले दुई छोरा ६ वर्षीय हिमांशु र ३ वर्षीय आदित्यलाई जन्म दिएकी थिइन् । भर्खरै सम्पन्न स्थानीय चुनावमा पिंकी बीडीसी सदस्यमा पनि निर्वाचित भएकी थिइन् ।

यो घटना आशारामका पिता गौरीशकरले बाहिर ल्याएका हुन् । बुधबार विहान ढोका फोडेर घरभित्र पस्दा उनले छोरी र नातिको शव फेला पारेका थिए । त्यहाँ बुहारी पिंकी भने थिइनन् ।

प्रहरीले पिंकीलाई गिरफ्तार गरेको छ । उनका प्रेमीको खोजी कार्य जारी छ । पिंकीका कान्छा छोरा आदित्य आफ्नो मामाघरमा सकुशल छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पाकिस्तान हारेपछि भारतीय हिरोइन नाङ्गिइन (फोटो फिचर)

मुम्बई । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतसँग पाकिस्तान पराजित भएपछि भारतीय मोडल तथा अभिनेत्री अर्शी खानले आफ्नो वाचा पुरा गरेकी छिन् ।

शनिबार खेल सुरु हुनुभन्दा अगाडि अर्शीले भारतले जिते शरीरको पछाडीको भाग देखाउने र पाकिस्तानका कप्तान शाहिद अफ्रिदीले शतक हाने अगाडिको पुरै देखाउने घोषणा गरेकी थिईन् ।

हिजो राति भएको म्याचमा शाहिदको जादु चलेन । उनले मात्र ८ रन बनाए । तर, भारतले जित्यो । जसअनुसार अर्शीले पछाडीको भाग देखाएर न्यूड फोटो सार्वजनिक गरेकी हुन् ।

समाचार अनुसार यसअघि उनले आफ्नो गर्भमा शाहिदको बच्चा हुर्किरहेको भनिसकेकी छिन् ।

arhi-1458460193 arshi-khan-bikini-shoot-12-1458465329 phpthumb_generated_thumbnail

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रीमान हुँदाहुँदै विपक्षी दलकी महिला नेतृले परपुरुष सम्बन्ध राखेपछि…

एजेन्सी । जर्जियामा एकैपटक ठूला ठूला राजनीतिज्ञहरुको सेक्स भिडियो सार्वजनिक भएपछि हंगामा मच्चिएको छ ।

भिडियो सार्वजनिक गरेको अभियोगमा गृहमन्त्रालयका पूर्व अधिकारी र एक जना वकिललाई पक्राउ गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विभिन्न यौन क्रियाकलापमा व्यस्त भएका वरिष्ठ राजनीतिज्ञहरू संलग्न सेक्स टेपलाई गरेका उनीहरुले आफूलाई केही भए अझै बढी भिडियोहरू सार्वजनिक गरिने धम्की दिएका थिए ।

आउँदो अक्टोबर महिनामा संसदीय निर्वाचन हन लागेको पूर्व सोभियत संघको सदस्य राष्ट्र जर्जियामा नेता तथा नेतृको लगातार भिडियो युट्युबबाट सार्वजनिक भएपछि उनीहरुको राजनीतिमै असर परेको छ ।

समाचार अनुसार गृह मन्त्रालयका पूर्व कर्मचारी जुराब जमालविली र वकिल इराक्ली खालद्जेले गएको साता भिडियोलाई युट्युबमा पोस्ट गरेका थिए । उनीहरुले पोस्ट गरेको भिडियोमा विपक्षी दल फ्रि डेमोक्र्याट्स पार्टीकी एक जना महिला राजनीतिज्ञले परपुरुषसँग यौन सम्पर्क गरेको देखिएको थियो । ती व्यक्ति उनको श्रीमान थिएनन् ।

महिला राजनीतिज्ञको भिडियो सार्वजनिक भएलगत्तै अन्य दुई भिडियो सार्वजनिक भएका थिए, जसमा सत्ताधारी पार्टीका नेता र पत्रकारका यौनिक क्रियाकलापमा लागेको देखिएका थिए । आउँदो ३१ मार्चसम्म भिडियोमा देखिएका सबैले राजनीतिबाट राजिनामा नदिए थप सेक्स टेपहरू सार्वजनिक गरिने अज्ञात व्यक्तिले चेतावनी दिएका छन् ।

जर्जियाली राष्ट्रपति गियोर्गी मार्गभेलास्भिलीले पक्राउ परेका यी दुईसँगै अन्य पाँच जनाविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने र राज्यको सम्पूर्ण स्रोत र साधन परिचालन गरेर अपराधको जरासम्म चाँडै पुग्ने बताएका छन् ।

यता पक्राउ परेका दुई जना कर्मचारी र वकिलले भने आफूहरूमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आयो अहिलेसम्मकैै शक्तिशाली स्मार्टफोन, २१ मेगापिक्सेल क्यामरा

स्मार्टफोनको बजारमा उच्च क्षमतायुक्त स्मार्टफोन भित्रिने क्रममा एक चिनिया कम्पनीले अहिलेसम्मकै क्षमतावान प्रोसेसर भएको स्मार्टफोन सार्वजनिक गरेको छ ।

चिनिया स्मार्टफोन कम्पनी वर्नीले आफ्नो नयाँ स्मार्टफोन अपोलो लन्च गरेको हो । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण र खास विशेषता भनेको यसको क्षमतावान प्रोसेसर नै हो । साथै यसमा ६ गिगाबाइटको र्‍याम प्रयोग गरिएको छ ।

यो स्मार्टफोनका अन्य फिचर्समा साढे ५ इन्चको क्युएचडी डिस्प्ले तथा डेकाकोर मिडियाटेक २० प्रोसेसर प्रयोग गरिएको छ । यसको र्‍याम ६ जिबी हुनुका साथै इन्टर्नल मेमोरी १२८ जिबी रहेको छ । यो स्मार्टफोनको स्क्रिन रिजोलुसन २५६० गुणा १४४० पिक्सेल रहेको छ ।

अपोलोमा एन्ड्रोइड सिक्स मार्सर्मेलो अपरेटिंग सिस्टम रहेको छ । यसमा फिंगरप्रिन्ट स्क्यानर प्रविधि समेत राखिएको छ । स्मार्टफोनकेा अर्को विशेषता भनेको यसको उच्च क्षमतायुक्त क्यामरा पनि हो । यसमा २१ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ, जसमा डुअल टोन एलइडी फ्लास रहेको छ । त्यस्तै सेल्फी क्यामरा समेत ८ मेगापिक्सेलको दिइएको छ ।

कनेक्टिभिटीको कुरा गर्नेहो भने यसले फोर जी, एलटीइ, वाइफाइ, ब्लुटुथ तथा जिपिएस सपोर्ट गर्दछ । आउँदो महिनादेखि चिनिया बजारमा यो स्मार्टफोन उपलब्ध हुने बताइएको छ । तर यसको मूल्य भने सार्वजनिक गरिएको छैन । अन्तराष्ट्रिय बजारमा यो स्मार्टफोन कहिले पठाउने भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् प्रविधि क्षेत्रका १० धनाढ्य

अहिलेको दुनियाँमा प्रबिधिको ब्यापार सवैभन्दा नाफामूलक ब्यापार हो । यो कुरालाई पुष्टी गरेका छन् हालै विश्व चर्चित म्यागेजिन फोव्र्सको सूचीकरणमा पर्ने प्रबिधि क्षेत्रका बादशाहरुले ।

प्रविधिको ब्यापारबाट उदाएर नाम र दाम कमाउँदै संसारकै धनीहरुको सूचीमा पर्न सफल १० जनाको नालीवेली यस्तो छ ।

१०. मा हुवातेङ

Ma Huatang
कुल सम्पतिः १६.६ अर्ब डलर
मुलुकः चीन
मा हुवातेङ चिनियाँ सचिनियाँ सˆटवेर कम्पनी टेनसेन्ट होल्डिङका सह संस्थापक तथा सिइओ हुन् । टेनसेन्टको QQ.com विश्वकै १० ठूला वेबसाइटहरुमध्ये एक पर्छ । उनी चाइना मोसन टेलिकम डेभलपमेन्ट लिमिटेड अन्तर्गत गरेर पेजिङ सिस्टमको बिकासमा लागि रिसर्च समूहमा आबद्ध थिए ।

९. माइकल डेल

Micheal Delकुल सम्पतिः १९.८ अर्ब डलर
मुलुकः अमेरिका
माइकल डेल चर्चित कम्पनी डेलका निर्देशक मण्डलका अध्यक्ष तथा सिइओ हुन् । उनले सन् १९८४ मा टेक्सासस्थित छात्राबासमा यो कम्पनी स्थापना गरेका थिए । त्यसबेला उनी मात्र १९ बर्षका थिए । सन् १९९२ मा उनलाई त्यसबेलाका कान्छा सिइओको रुपमा फर्च्युन ५०० ले उल्लेख गरेको थियो । फोव्र्सका अनुसार डेल कम्पनीमा अहिले पनि उनको ७० प्रतिशत शेयर छ ।

८. ज्याक मा

jack-maकुल सम्पतिः २०.५ अर्ब डलर
मुलुकः चीन
चिनियाँ इन्टरनेट उद्योगलाई विश्वभर बिस्तार गर्ने श्रेय अलिवावाका संस्थापक तथा सिइओ ज्याक मालाई जान्छ । उनले अलिबाबा नामक इकमर्स साइटबाटै अरबौं डलर बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । ज्याकले अलिबाबाबाहेक सिनेमा र उत्पादन क्षेत्रमा पनि लगानी गरेका छन् ।

७. स्टिभ बाल्मर

steve-ballmerकुल सम्पतिः २३.५ अर्ब डलर
मुलुकः अमेरिका
माइक्रोसˆटका पूर्व सिइओ स्टिभ बाल्मरसँग २३.५ विलियन अमेरिकी डलर बराबरको सम्पति छ । बाल्मरले माइक्रोसˆटको सिइओ र निर्देशकबाट सन् २०१४ मा राजीनामा दिएका थिए । तर उनसँग कम्पनीको ४ प्रतिशत शेयर भने कायमै छ । माइक्रोसफ्टको सेयर र प्रबिधि क्षेत्रमा गरेको लगानीबाट उनले यो सम्पत्ति आर्जन गर्न सफल भएका हुन् । उनी र बिल गेट्स मिलेर माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए ।

६. सेर्गेइ ब्रिन

Sergey-Brineकुल सम्पतिः ३४.४ अर्ब डलर
मुलुकः अमेरिका
सेर्गेइ ब्रिन इन्टरनेट बादशाह गुगलका संहसंस्थापक एवं ‘अल्फाबेट’ कम्पनीका अध्यक्ष हुन् । यो नयाँ कम्पनी, उनी र गुगलका सह संस्थापक ल्यारी पेज मिलेर सन् २०१५ मा घोषणा गरेका हुन् । यो कम्पनी गुगलको माउ कम्पनी हो । अल्फावेट कम्पनीको छाता संगठनमा रहेर ‘क्यालिको’, ‘गुगल भेन्चर्स’ र ‘गुगल एक्स’ आदि सेवा उपलब्ध हुनेछन् । ब्रीनले स्टानफोर्ड विश्वबिद्यालयबाट कम्यूटर साइन्समा स्नाकोत्तर गरेका छन् ।

५. ल्यारी पेज

larry-pageकुल सम्पतिः ३५.२ अर्ब डलर
मुलुकः अमेरिका
ल्यारी पेज गुगलको मातृ संस्था अल्फावेटका प्रमुख कार्यकारी हुन् । ल्यारी र सर्गेइ मिलेर सन् १९९८ मा गुगलको स्थापना गरेका थिए । गुगलका पहिलो प्रमुख कार्यकारी अधिकृत रहेका ल्यारी सन् २००१ सम्म सो पदमा थिए ।
गुगल र त्यसअन्र्तगतका उत्पादनहरुबाट कमाएको पैसाकै कारण उनी बिश्वका १० धनी प्रबिधि बादशाहमा परेका हुन् ।

४. ल्यारी इलिसन

Larry Ellisonकुल सम्पतिः ४३.६ अर्ब डलर
मुलुकः अमेरिका
ओरेकल कम्पनीका संस्थापक ल्यारी इलिसन यस सूचीमा चौथो नम्बरमा छन् । उनले सन् १९७७ मा ओलेकलको स्थापना गरेका थिए र सन् २०१४ सम्म त्यसको सिइओ थिए । उनी सेलबोट रेसिङ, बिमानको उडान र टेनिस खेलाडी तथा गितार बादकको रुपमा पनि परिचित छन् ।

३. मार्क जुकरवर्ग

Mark zuckerbergकुल सम्पतिः ४४.६ अर्ब डलर
मुलुकः अमेरिका
प्रविधि क्षेत्रका शीर्ष १० धनाढ्यको सूचीमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग तेस्राे स्थानमा छन् । उनले पछिल्लो १२ महिनामा ११.२ अर्ब डलर सम्पति जोडेका छन् । जुकरवर्गले कलेजको छात्रावासबाट दुई रुममेटहरु डस्टिन मोस्कोभिच र क्रिस हृयुजसँग मिलेर सन् २००४ मा फेसबुकको सुरुवात गरेका थिए । जतिबेला उनी मात्र १९ बर्षका थिए ।

२. जेफ वेजोस

Amazon Readies Kindle Fire Update to Keep Up With Apple, Googleकुल सम्पतिः ४६.२ अर्ब डलर
मुलुकः अमेरिका
शीर्ष १० को सूचीम दोस्रो नम्बरमा आउँछन् अमेरिकी धनाढ्य जेफरी प्रिष्टोन बेजोस । उनी इ-कमर्स जायन्ट अमेजनका फाउण्डर तथा सिइओ हुन् । उनले प्रिन्स्टोन विश्वबिद्यालयबाट ग्राजुएट गरेका छन् । इन्टरनेटमा आधारित किनमेललाई बिश्वभर स्थापित गर्न उनको मुख्य योगदान छ ।

१. विल गेट्स

bill-gatesकुल सम्पतिः ७५ अर्ब डलर
मुलुकः अमेरिका
प्रविधि क्षेत्रका धनाढ्यहरुमा शीर्ष स्थानमा रहन सफल छन् माइक्रोसफ्टका सह-संस्थापक विल गेट्स । उनी विश्वकै सर्बाधिक धनी मानिस पनि हुन् । अमेरिकाको सियाटल्मा सन् १९५५ मा जन्मिएका गेट्ले सहकर्मी पल एलेनसँग मिलेर विश्वकै सबैभन्दा ठूलो सफ्टवेर विजनेश सुरु गरेका थिए ।

माइक्रोसफ्टमा उनको मात्र तीन प्रतिशत शेयर छ । यद्यपी उनको क्यानेडियन रेल्वे लगायत अन्य ठूला कम्पनीहरुमा शेयर छ ।

जुन २००८ देखि उनले माइक्रोसफ्टमा आफ्नो सक्रियता बिस्तारै घटाउँदै लगेका छन् । समाजसेवामा समय व्यतित् गर्न उनले व्यवसायिक जीवनबाट टाढा रहने निर्णय गरेका हुन् । उनी ‘विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन’मार्फत संसारका बिकासशील मुलुकमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

-एजेन्सीको सहयोगमा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतीय चासोकाबीच चीनले नेपालमा पेट्रोल भेटाउला ?

रवीन्द्र घिमिरे
८ चैत, काठमाडौं । चीनले नेपालमा रहेका पेट्रोलियम खानीको अन्वेषणमा सहयोग गर्ने भएको छ । चीनको नेशनल चाइना पेट्रोलियम कर्पोरेशन विश्वकै पेट्रोल अन्वेषण र उत्खनन् गर्ने सबैभन्दा ठूलो संस्था हो ।

यसैले अब नेपालमा पनि तेल र ग्यासको उत्खननको सम्भावनाबारे अध्ययन गर्नेछ । खानी तथा भूगर्भ विभागले तीन दशक अघिदेखि नेपालमा पेट्रोलियम खानीको अन्वेषण थालेको थियो ।

नेपालमा पेट्रोलियम पदार्थको उत्खनन गर्न सकिने सम्भावना प्रचुर भएपनि प्राविधिक विज्ञता, प्रविधिक र जनशक्तिको अभावमा यसको विस्तृत अनुसन्धान हुन सकेको छैन ।

त्यसो त नेपाल सरकारले अहिलेसम्म यस विषयमा खासै चासो पनि दिएको थिएन । तर, नयाँ बनेको संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि नेपालले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्र्याउन पहल गरेको थियो ।

त्यही परिणामस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला पेट्रोलियम अन्वेषणमा सहयोग उपलब्ध गराउने सम्झौता भएको छ ।

नेपालको अध्ययन कहाँ पुग्यो ?
नेपालको तराईका अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन् गर्न सकिने भनेर झण्डै ३५ वर्ष अघि नै पत्ता लागेको हो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि स्थापना गरिएको छ ।

तर, सरकारले परियोजनालाई सक्रिय गरेर पेट्रोल नेपालमै उत्खनन् गर्ने गरी त्यस्ता कुनै नतिजा दिने किसिमका कार्यक्रम अघि सारेको छैन ।

नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्रहरु पहिचान भइसकेको खानी तथा भूगर्भ विभागका भूगर्भविद सोमनाथ सापकोटाले अनलाइनखबरलाई बताए ।

पेट्रोलियम अन्वेषणका आवश्यक अर्बौं रकम लगाउन अहिलेसम्म सरकार पनि थिएन । अब भने यसका लागि चीनले नेपालमा औपचारिक प्रवेश पाउनेछ ।

अहिलेसम्मका उपलब्धी
खानी विभागले गरेको अध्ययनले चुरेभन्दा मुनिको सबै भू-भागबाट पेट्रोलियम पदार्थ उत्खनन् हुनसक्ने देखाएको छ । पेट्रोलियम बन्ने स्रोत पहाडी भू-भाग हो भने, चुरे ‘सिल्ड’ क्षेत्रमा पर्छ । तराईबाट उत्खनन् गर्न सकिने भएकाले त्यसलाई रिजर्भवायरका रुपमा मानिएको छ ।

विभिन्न वैज्ञानिक आधारहरुलाई पछ्याएर विभागले पेट्रोलियमको सम्भावनालाई पुष्टी गर्ने गरी भौगर्भिक एक्स-रे लगायत विभिन्न अध्ययन सकेको छ । त्यसैका आधारमा ती क्षेत्रमा पेट्रोलियम पदार्थ पाइने सम्भावनालाई विभागले बाहिर ल्याइसकेको छ ।

तिनै अध्ययनका आधारमा सम्भावित भू-भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो ।

तर, सम्झौताअनुसार तिनले अन्वेषण र उत्खननको काम नगरेपछि नेपाल सरकारले सम्झौता गत वर्ष मात्रै खारेज गरेको थियो । १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले पाएको अनुमति खारेज भएको थियो भने ३ र ५ मा टेक्साना, ८ र ९मा इएबी र १० नम्बर ब्लकमा बीबीबीको अनुमति रद्द भएको थियो ।  त्यसपछि कुनै ब्लकका लागि पेट्रोलियम पदार्थको अन्वेषण र उत्खननका लागि कसैलाई अनुमति दिइएको छैन ।

भारतको चासो
भारतले ०४५ सालमा नकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको थियो । सेल नेपाल नामक कम्पनीले बिराटनगर आसपासको क्षेत्रमा अन्वेषणको काम गरेको थियो ।

मोरङको बाहुनी गाविसस्थित राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिराइसम्म डि्रल गर्‍यो । तर, त्यति गहिराइसम्म पुग्दा पनि तेल नभेटिएको भन्दै कम्पनी अन्वेषणबाट पछि हट्यो ।

त्यस घटनालाई नजिकबाट हेर्नेहरु भारतको दबावमा कम्पनीले काम नगरेको आरोप लगाउँछन् । जानकारहरुका अनुसार नेपालमा तेल निकालियो भने आफ्नो तेल भण्डार सुक्ने डर भारतलाई थियो । त्यतिबेला राधानगरमा पेट्रोल खोज्न खनिएको खाडल अहिले पनि देख्न सकिने स्थानीय बताउँछन् ।

०४६ सालबाट देशमा विकसित नयाँ बहुदलीय राजनीतिक परिवर्तनपछि पेट्रोलियम पदार्थको खोज र उत्खननमा राज्यले खासै काम गर्न चाहेन ।

सम्भावना कति ?
नेपालको जुन भूभागमा पेट्रोलियम पदार्थ छ भनेर अनुमान गरिएको छ, भारत र पाकिस्तानका त्यस्तै श्रृङ्खलामा पर्ने भूभागमा डिजेल-पेट्रोल भेटिएका छन् ।

दैलेखको पादुकामा भेटिएको कच्चा तेल

दैलेखको पादुकामा भेटिएको कच्चा तेल

पाकिस्तानमा नेपालको जस्तै चुरे पर्वत श्रृङ्खलामा पर्ने पाट्वर बसिन क्षेत्रमा तेलको उत्खनन् भइरहेको छ । भारतले पनि चुरे श्रृङ्खलाभन्दा मुनिको विभिन्न क्षेत्रबाट तेल निकालिरहेको छ ।

अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । अन्य धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यासहरु निस्किरहेका छन् । काठमाडौंमै पनि प्राकृतिक ग्यासको भण्डार रहेको कुरा जापानले गरेको एक अध्ययनले पुष्टी गरिसकेको छ ।

यी विषयले नेपालको पेट्रोलियम सम्भावनालाई सतहमा नै ल्याएका छन् । दैलेख कै श्रीस्थानमा जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ ।

यस्ता ग्यास र तेल भण्डार उत्खनन् गर्न चीनले गर्ने सहयोगमा नेपाली अधिकारीको समर्थन तथा सदासयता रह्यो भने र नेपालको प्रगति देख्न नचाहने छिमेकी राष्ट्रको चलखेल भएन भने नेपाल पेट्रोलियम पदार्थमा आत्मनिर्भर बन्नसक्ने विज्ञहरु बताउँछन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्चना पनेरुलाई पाँच घण्टापछि प्रहरीले छाड्यो

पोखरा । अनुमति नलिएरै फिल्म शुटिङ गरेको भन्दै पक्राउ परेकी मोडल अर्चना पनेरु र निर्देशक राजु गिरीसहित जिस्म फिल्म युनिटलाई प्रहरीले पाँच घण्टापछि छाडेको छ ।

पोखरा–१८ खाल्टे मसिनामा छायांकन भइरहेकोे फिल्म युनिटका निर्देशक राजु गिरीसमेत ९ जनालाई सोमबार दिउँसो कास्की प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि चलचित्र विकास बोर्डबाट निर्माण अनुमति नलिएरै फिल्म शुटिङ गरेको अरोप लागेको थियो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिनपछि हाजिर हुन आउने शर्तमा अर्चनासहित सबैलाई छाडेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

म श्रीमान् खोज्दै हिड्दिन, समाजले के भन्ला भनेर बिहे गर्दिनः प्रियंका कार्की

नायिका प्रियंका कार्कीले आफू अब बिहेका लागि श्रीमान् खोज्दै नहिड्ने बताएकी छिन् । कुराकानीका क्रममा कार्कीले आफूले अब बिहे गर्नका लागि श्रीमान् नखोज्ने बताइन् ।

आफ्नो जीवनमा पनि कोही राजकुमार आउला नि भन्दै यी नायिकाले समाजलाई देखाउनका लागि बिहे पनि नगर्ने बताइन् । उनले भनिन्-‘बिहे भनेको लाइफमा स्थापित हुनका लागि र अरुले के भन्ला भनेर पनि गरिन्छ । तर, मलाई कसले के भन्छ भनेर बिहे गर्नुछैन ।’

कार्कीका अनुसार उनले बिहे गर्ने यूवकले ‘यो काम गर, यो नगर, यस्तो गर, यस्तो नगर’ भनेर आफूलाई आदेश दिन पाउँदैन । आफू आफ्नो काममा रमेको बताउँदै यी सुन्दरीले अरुलाई देखाउन, अरुसँग तुलना गर्नका लागि बिहे नरोज्ने बताइन् ।

अमेरिकाबाट श्रीमान्लाई डिभोर्स दिएर नेपाल आएपछि प्रियंका अहिले चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त छिन् । उनले समाजले बिहे किन नगरेकी होला भनेर कुरा काटेको आधारमै बिहे नगर्ने तर्फ संकेत गरेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

किन भोलि, आजै खेलौं होली (फोटो फिचर)

८ चैत, काठमाडौं । रंगहरुको पर्व होली तराई बाहेक पहाडी क्षेत्रमा मंगलबार मनाइंदै छ । तर, होलीको रंगमा रंगिन काठमाडौंका स्कुल कलेजका विद्यार्थीले भोलिसम्म कुर्नै सकेनन् ।

धेरै कलेजमा सोमबार नै होलीको ठूलो रौनक देखियो । होलीको शुभकामना साट्दै आफ्ना ‘क्लासमेट’ र शिक्षकहरुसँग खेलेको कलेजका परिसरदेखि सडकसम्म पोखियो ।

मंगलबार होलीको सार्वजनिक विदा भएकाले सोमबार नै आफ्ना साथीसँग होली खेल्नुको विकल्प विद्यार्थीहरुसँग थिएन । रंग दलेर आत्मियता साट्ने पर्व मनाउन विद्यार्थीहरु जति लालाहित देखिए, उनीहरुका शिक्षक पनि त्यसबाट अछुतो रहेनन् ।

निस्फिक्री साथिसँगै रंग खेल्दै धेरैले भने ‘बुरा मत मानो होली है’ । तर, भोलि नै खेलौंला भन्ने साथि पनि रंगको निशनाबाट जोगिन सकेनन् । कलेजहरुमा सुनियो-के को भोलि, लेट्स प्ले होली’ ।

holi 2072 (1) holi 2072 (2) holi 2072 (4) holi 2072 (5) holi 2072 (6) holi 2072 (7) holi 2072 (8) holi 2072 (9) holi 2072 (10) holi 2072 (11) holi 2072 (12) holi 2072 (13) holi 2072 (14) holi 2072 (15)

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गुरुङ बस्तीमा ढिँडो र घाँटुनाचमा रम्दै बेलायती राजकुमार

८ चैत, लमजुङ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुगेका छन् ।

राजकुमार ह्यारीले गौंडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गरेका छन् । गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी भएका हुन् ।

राजकुमार ह्यारीसहितको टोली होमस्टेमा बसेका छन् । ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए ।

उनले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खाए ।  ‘मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो’–ह्यारीले भने ।

Harry-in-lamgung-1

यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी पनि नाचेका थिए । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेटे । ‘आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ’– मङ्गलीले भनिन् ।

भेटमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पु¥याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गरिन् ।

ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पुर्याउने वचन दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतीय खुला शिक्षालयका कार्यक्रम रोक्का, विद्यार्थी अन्योलमा

– प्रकाश सिलवाल

काठमाडौँ, ८ चैत । शिक्षा मन्त्रालयले विगतमा अनुमति दिइएको भारतको ‘राष्ट्रिय मुक्त विद्यालयी शिक्षा संस्थान (एनआइओएस)’ अन्तर्गतका खुला शिक्षालयसम्बन्धी कार्यक्रम रोक्का गरेको छ ।

नेपालमा विद्यालय तहमा खुला शिक्षा पद्धतिमा अध्यापनका लागि दिइएको अनुमति खारेज हुनुपर्ने माग उठेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेको निर्णयबाट ती कार्यक्रम रोक्का भएको हो । सो सम्बन्धमा नयाँ कार्यविधि तय गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । शिक्षामन्त्री पोखरेलले भारतीय खुला विद्यालयलाई अनुमति दिइएको विषयमा एमाओवादीको केन्द्रीय कमिटीको बैठकमा समेत प्रश्न उठेपछि मन्त्री तहबाट निर्णय पुनरवलोकन भएको हो ।

मन्त्रालयको सो निर्णयसँगै उक्त संस्थान अन्तर्गत हाल अध्ययनरत विद्यार्थी अन्योलमा पर्ने र यसअघि उत्तीर्ण विद्यार्थीको शैक्षिक योेग्यता र सम्बन्धित शिक्षालय विवादमा पर्ने देखिएको छ । विगतमा अनुमति नलिई सञ्चालित त्यस्ता शिक्षालयले पछिल्लो समय प्रक्रिया पूरा गरेर अनुमति पनि लिएका थिए । मुलुकभित्रका शिक्षण संस्थालाई खुला शिक्षाको अनुमति नदिएको सन्दर्भमा विदेशी संस्थालाई त्यस्तो अनुमति दिन अनुचित भएको भनी विज्ञले आलोचना गरेका थिए ।

मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले हाललाई ती कार्यक्रम रोक्का गरिएको र नयाँ कार्यविधि तर्जुमाको तयारी भएको बताउनुभयो । उहाँले सोही संस्थानबाट विदेशमा पढेर आउनेलाई भने परीक्षा दिई समकक्षता दिइने जानकारी दिनुभयो । राय स्कुल, डिएभी सुशील केडिया विश्व भारती र हिमाली स्कुलले सो पद्धतिका लागि चालु शैक्षिक सत्रमा पनि विद्यार्थी भर्ना लिइरहेका छन् । ती विद्यार्थीको चालु सत्र यही सन् २०१६ अक्टोबरमा सकिन्छ । यी तीन सहित अन्यमा गरी कक्षा १० देखि १२ सम्मका लागि वार्षिक एक हजार २०० विद्यार्थी भर्ना हुन्छन् । ती प्रतिविद्यालयलाई पाँच सय विद्यार्थीको सङ्ख्या तोकिएको छ ।

यसअघि डा अवस्थीको संयोजकत्वमा रहेको एक कार्यदलले समग्र विदेशी र भारतीय शिक्षालयको सम्बन्धनका शिक्षालयलाई उमावि वा सोभन्दा माथिल्लो तहमा अनुमति दिलाउन तथा कानुनी संरचनामा ल्याउन सुझाव दिएको थियो । केही भारतीय शिक्षालयले उमावि तहको अनुमतिको प्रक्रिया प्रारम्भ पनि गरिरहेका छन् तर विद्यालय तहमा खुला शिक्षाका लागि विदेशी संस्थालाई अनुमति दिने परम्परा छैन ।

पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतमका अनुसार कुनै पनि मुलुकको कूटनीतिक संयन्त्रबाट एक आधिकारिक शिक्षण संस्था बाहेक अन्य संस्थाले विद्यालय तहमा खुला शिक्षा पद्धति नअपनाइने मान्यता छ तर नेपालमा करिब एक दशकअघि एनआइओएस मातहत विभिन्न विद्यालय सञ्चालित छन् ।

यसअघि मन्त्रिपरिषद्को निर्णयबाट विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाको सम्बन्धन तथा लर्निङ सेन्टर सञ्चालनका लागि अनिवार्य अनुमति लिन पनि निर्देशन भइसकेको छ । मन्त्रालयको अनुमति प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थामा मात्र विद्यार्थी भर्ना गर्न सरकारले सार्वजनिक आह्वान गरिसकेको छ ।

राय स्कुलका प्रिन्सिपल केपी पाण्डेयले सो पद्धतिबाट विभिन्न पार्टीका कार्यकर्ताले पनि सो प्रणालीमा अध्ययन गरी उत्तीर्ण भएर समकक्षता लिइसकेकाले तिनको शैक्षिक योग्यताको प्रमाणपत्रलाई पनि विवादमा तान्ने प्रयास हुन सक्ने बताउनुभयो । पाण्डेले भन्नुभयो, ‘‘कुनै पनि विद्यार्थीलाई बिगार्ने अधिकार कसैलाई छैन, हाल मुलुकको राजनीतिक, सुरक्षा निकाय र अन्य निकायमा पुगिसकेलाई विवादमा ल्याउनु हुँदैन ।’’ उहाँले नेपालको उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् पनि भारतको ‘काउन्सिल अफ बोर्ड अफ स्कुल एजुकेसन’ (कोब्से) को सदस्य बनेकाले त्यस मातहत विद्यालय चल्नु सामान्य भएको जिकिर गर्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्रीलाई जथाभावी गाली गर्ने यादव धरौटीमा छुटे

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएका बेला आफ्नो फेसबुक वालमा अपशब्द प्रयोग गर्दै गाली गरेको अभियोगमा पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला सचिव रामअवतार यादव रिहा भएका छन् ।

दिनको हिरासत बसाइपछि १५ हजार रुपैयाँ धरौटी बुझाएर उनी सोमबार रिहा भएका हुन् ।

यादवले साइबर क्राइम गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरी टेकुस्थित हिरासतमा राखेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘राष्ट्रिय सुरक्षाको जिम्मेवारी बर्दीधारीको मात्र होइन’

काठमाडौँ, ८ चैत । राष्ट्रिय हित तथा सुरक्षा मामिलाको प्रश्नमा बर्दीधारी सेनाको मात्र नभई समाजका सबै तह र तप्काको समान जिम्मेवारी रहने निष्कर्ष सहित दशदिने उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सकिएको छ ।

नेपाली सेनासहितका सुरक्षा अङ्ग र सरोकार भएका सबै निकायबीच एउटै अवधारणा बनाउने प्रमुख उद्देश्यका साथ शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सञ्चालन गरिएको थियो । नेपालको भूराजनीति र परराष्ट्रनीति, राष्ट्रिय सुरक्षा, सैनिक र नागरिकबीचको सम्बन्ध तथा विपद् व्यवस्थापन सम्बन्धमा कसरी सामूहिक प्रयास अघि बढाउन सकिन्छ भन्नेबारेमा तालिमका क्रममा विज्ञद्वारा प्रस्तुत गरिएको अवधारणामा समूहगत छलफल गरिएको थियो ।

हाम्रा यसअघिका राष्ट्रिय सुरक्षा रणनीति तथा विदेशी र छिमेकी मुलुकले अख्तियार गरेका परराष्ट्र र सुरक्षा नीतिबारेमा विज्ञद्वारा प्रस्तुत गरेको कार्यपत्रका आधारमा राष्ट्रिय सुरक्षा नीति बनाउन सहयोग पुग्नेगरी तालिमका अवसरमा प्रशिक्षार्थीले सुझाव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सुरक्षा चुनौतीका विभिन्न अवस्थालाई बुझ्न र परिस्थितिलाई विश्लेषण गरी राष्ट्रिय सुरक्षा नीति बनाउन तथा सुरक्षा रणनीति तय गर्न सहयोग पुग्ने विश्वासका साथ सरकारका सहसचिव, नेपाली सेनाको सहायकरथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका नायब–महानिरीक्षक तहसम्मका अधिकृतलाई समावेश गरिएको थियो ।

सुरक्षा चुनौतीका विविध आयामलाई समेत समावेश गरी सञ्चालन हुने सो तालिमबाट आन्तरिक सुरक्षामा नेपाली सेनाको परिचालनलाई अझ व्यावहारिक रुपमा बुझ्न तथा नागरिक–सैनिक सम्बन्ध सुमधुर बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ । आर्थिक, कूटनीतिक, सैनिक र सूचना तथा प्राविधिक पक्षबीचको अन्तरसम्बन्ध र यसबाट राष्ट्रिय सुरक्षामा पार्ने प्रभावबारे समेत मूल्याङ्कन एवम् परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न तालिमबाट मद्दत पुग्ने विश्वास गरिएको नेपाली सेनाले जनाएको छ ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री भीमबहादुर रावलले राज्यका विभिन्न क्षेत्रका जिम्मेवारी र विकास निर्माण लगायत कामलाई अघि बढाउँदा राज्यको भूराजनीति र सुरक्षण नीतिलाई ध्यान दिँदै राष्ट्रिय हितमा काम गर्न योगदान पुगोस् भन्ने हेतुले उच्चस्तरीय सुरक्षा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय सुरक्षा नीति र सुरक्षा परिषद्लाई अघि बढाउने विषय सुरक्षा निकायको मात्र होइन भन्ने बुझ्न आवश्यक छ भन्दै रक्षामन्त्री रावलले लामो समयदेखिको राजनीतिक सङ्क्रमण अन्त्य गरेर अघि बढ्ने क्रममा मुलुक अत्यन्त संवेदनशील मोडमा रहेकाले ठीक बिन्दुबाट अघि बढ्न सक्नुपर्छ भन्नुभयो ।

स्टाफ कलेजका समादेशक उपरथी जगदीशचन्द्र पोखरेलले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितका बारेमा विशेषज्ञबाट प्रस्तुत गरिएको अवधारणामाथि समूहगत छलफल गरी राष्ट्रिय सुरक्षा नीति बनाउन सहयोग पुगोस् भन्ने मान्यताबाट तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

सहभागी प्रशिक्षार्थीका तर्फबाट इन्जिनियर महेश्वरनरसिंह केसीले राष्ट्रिय हित र सुरक्षाको विषय सेना र प्रहरीको मात्र नभई सबै नेपालीको पनि जिम्मेवारीको विषय भएका बारेमा विभिन्न कोणबाट विस्तृत रुपमा छलफल भएको जानकारी दिनुभयो । मु

लुकको सुरक्षासँग सम्बन्ध राख्ने मन्त्रालयका प्रथम तथा द्वितीय श्रेणीका अधिकृत, सुरक्षा निकाय, बैंक तथा उद्योग वाणिज्य क्षेत्र तथा विश्वविद्यालयका प्राध्यापक र व्यापारी गरी २७ जना तालिममा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रात परेपछि चीनबाट आयो अर्काे महत्वपूर्ण शुभ खबर !

काठमाडौं, ८ चैत । नेपाल र चीनबीच सोमबार १० वटा सम्झौता भए ।

तर, आम नेपालीले अपेक्षा गरेको इन्धन सम्झौता भएन् । इन्धन सम्झौता नभएपछि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना र विरोध भयो ।

तर, सोमबार राति बेइजिङबाट प्राप्त समाचार अनुसार आम नेपालीले चाहेको इन्धन सम्झौता पनि प्रधानमन्त्री ओलीकै भ्रमणका बेला हुने निश्चित भएको छ ।

बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार रेल विस्तार र इन्धन आयातबारे सोमबारै सैद्धान्तिक सहमति भएको छ ।

नेपालबाट प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री लि खछ्याङबीच रेल विस्तार र इन्धन आयातबारे सैद्धान्तिक सहमति भएको हो । यो विषयमा बुधबार सम्झौता हुने र संयुक्त विज्ञप्ति जारी गर्ने तयारी छ ।

‘आज भएको सम्झौतामा पेट्रोलियम सम्झौतामा नेपालले चीनबाट इन्धन आयात गर्नेबारे तथा नेपालसम्म रेलवे सेवा विस्तार गर्नेबारे सैद्धान्तिक सहमति भएको छ । यससम्बन्धी विस्तृत विवरण दुई देशबीच जारी हुने संयुक्त विज्ञप्तिमा उल्लेख हुनेछ । संयुक्त विज्ञप्ति पर्सी बुधबार जारी हुनेछ,’ बेइजिङबाट प्रमका प्रेस सल्लाहकार दाहालले भने ।

भारतले पाँच महिना लामो नाकाबन्दी गरेपछि इन्धन आयातको विकल्प खोज्दै नेपालले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाएको थियो । जसले ओलीकै भ्रमणका क्रममा मूर्तता पाउने निश्चित भएको हो ।

नेपालले भारतबाट आयात हुने इन्धनको कम्तिमा ३० प्रतिशत इन्धन चीनबाट ल्याउने गरि दुई देशबीच सम्झौता हुन लागेको बताइएको छ ।

यसअघि आजै नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको छ । जसमा पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

संविधान कार्यान्वयनमा जोडसँगै आर्थिक विकासमा लाग्नुपर्ने: सभापति देउवा

काठमाडौँ, ८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधान कार्यान्वयनसँगै मुलुकमा व्याप्त हरेक प्रकारका विभेद् अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

एकाउन्नौँँ अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मूलन दिवस (मार्च २१) को अवसरमा राष्ट्रिय दलित आयोग, उत्पीडित, उपेक्षित तथा दलित वर्ग उत्थान विकास समिति, वादी समुदाय उत्थान विकास समिति, दलित नागरिक समाज, संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले संयुक्तरूपमा यहाँ आज आयोजना गरेको वृहत् अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“दलित, महिला, मुस्लिम, आदिवासी जनजातिमाथि हुने विभेद् र अन्य क्षेत्रीय विभेद्लाई अन्त्य गर्नका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्छ, त्यसका लागि सबैको उत्तिकै भूमिका हुन्छ,” उहाँले भन्नुभयो । दलित समुदायलाई राज्यका हरेक संरचनामा समान सहभागिताका लागि आरक्षणको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

एकाउन्नौँँ अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मूलन दिवस (मार्च २१) का दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने मागसमेत दलित समुदायले गर्दै आएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद जीवन परियारले अन्य समुदायको तुलनामा दलित समुदायलाई सबैभन्दा बढी संविधानको आवश्यक परेको हुँदा कार्यान्वयनका लागि पनि दलित समुदाय नै अग्रसर हुनुपर्ने बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी)का नेता विश्वभक्त दुलाल, सांसदहरू दलजीत श्रीमाइली र जीतु गौतमले मुलुकमा व्याप्त जातीय भेद्भाव तथा छुवाछूत अन्त्य गर्नका लागि भएका ऐन/कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अफ्रिकाको जातीय, रङ्गभेदसम्बन्धी मुद्दाबाट २१ मार्च मनाउने सुरुवात् गरिएको हो । जतिवेला गोराहरूको हरेक प्रकारको विभेद र मजदुरी काला जातिले झेल्न बाध्य भएका थिए । सङ्घर्ष गर्ने क्रममा काला जातिका मानिसले परिचय लेखेको पत्र जलाएर गरेको सङ्घर्षमा ६९ जनाको मृत्यु पनि भयो ।

त्यो आन्दोलनलाई सरकारले निर्मम तरिकाले दमन ग¥यो । त्यसै घटनाको स्मरणमा यस दिनलाई जातीय विभेद् उन्मूलन दिवसको रुपमा मनाउन सुरु गरिएको छ । नेपालको सन्दर्भमा सिधै सम्बन्धित नभएपनि संसारभरि हुने हरेक विभेद्का मुद्दासँग सम्बन्धित भएर हेर्दै २०४९ सालदेखि यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा आज बिहान निकालिएको ¥याली भृकुटीमण्डपबाट सुरू भएर शहिद ढोका हुँदै त्रिपुरेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनको एउटा कदमले भारतलाई तनाव ! नेपाललाई ठूलो उपलब्धि (फोटो फिचर)

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला चीनले नेपालको नयाँ संविधानको खुलेरै प्रशंसा गरेको छ ।

उसले नेपालको संविधान विश्वकै उत्कृष्ठ र समावेशी भन्दै नेपाली जनतालाई बधाई दिएको छ । चीनको यो कदमले भारतलाई भने धक्का लागेको छ ।

संविधानमा आफूले चाँहेको नभएपछि भारतले नेपालमाथि पाँच महिना नै नाकाबन्दी लगाएको थियो भने चीनलाई संविधानको स्वागत नगर्न कुटनीतिक दबाब दिएको थियो ।

तर, चीनले नेपालको संविधानको स्वागत मात्रै हैन खुलेरै प्रशंसा गरेपछि यो कदमले भारतलाई लज्जित बनाइदिएको छ ।

सोमबार विहान प्रधानमन्त्री ओलीसँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछियाङले नयाँ संविधान संविधानसभाबाट बनाएकोमा बधाई दिंदै नेपालको आर्थिक विकास र समृद्धिमा चीन सहयोग गर्न तत्पर रहेको बताएको बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

उनका अनुसार ग्रेट हल अफ द पिपुलमा भएको भेटमा चीनियाँ प्रधानमन्त्री खछियाङले संविधान जारी भएपछि नेपालमा राजनीतिक स्थिरता र आर्थिक प्रगति हुने विश्वास ब्यक्त गरेका थिए । त्यसअवसरमा प्रधानमन्त्री ओलीले नेपाल सदैब एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिका चीनबिरुद्ध कुनै गतिविधि हुन नदिने वताए ।

यसैगरी प्रधानमन्त्री ओलीको सम्मानमा ग्रेट हल अफ दि हलको पूर्वी द्वारमा आयोजित भव्य समारोहमा २१ तोपको सलामी सहित सम्मानगारद अर्पण गरिएको थियो । स्वागत पछि नेपालका प्रधानमन्त्री ओली र चीनियाँ प्रधनमन्त्री लि खछयाङ तथा दुई देशका वार्ता टोली वीच वार्ता भएको थियो ।

भेटवार्तापछि दुइ देश वीच विभिन्न दश विषयमा सहमति तथा सम्झौता भएको थियो । दुई प्रधानमन्त्रीको उपस्थितिमा दुई देशका मन्त्री तथा सरकारी अधिकारीबीच पारवहन यातायात र स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो ।

यसैगरी जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न वस्तुहरुको व्यवस्था गर्ने, पेट्रोलियम पदार्थ र ग्यास उत्पादनको लागि संभाव्यता अध्ययन गर्ने, ट्रेडमार्क दर्ता गर्ने, बैंक नियामक आयोग सहयोग सम्बन्धी र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण लगायत विभिन्न महत्वपूर्ण विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Li Keqiang Khadga Prasad Oli Li Keqiang Khadga Prasad Oli China Nepal  CHINA-BEIJING-NEPALESE PM-VISIT (CN) Li Keqiang Khadga Prasad Oli


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धन सम्झौताबारे चीनका प्रधानमन्त्रीले नै मुख खोले

काठमाडौंं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर भए पनि इन्धन व्यापार सम्झौतामा भने सम्झौता हुन सकेन । तर नेपाली र चिनियाँ पक्ष पूर्वाधार तयार पारी चाँडै इन्धन व्यापार सम्झौता गर्न तयार भएका छन् ।

प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा चिनियाँ समकक्षी ली खछयाङले नेपालसँग तेल व्यापार गर्न चीन तयार रहेको बताउनुभएको छ । नेपालको आवश्यकताको एक तिहाई इन्धन दिन यसअघि नै चीन तयार भइसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका १० बुँदे सम्झौतामा इन्धन व्यापार गर्ने भन्ने विषय उल्लेख छैन ।

तर नेपाल र चीनबीच तेल व्यापारका लागि पूर्वाधार तीव्र बनाउने सहमति भएको र संयुक्त वक्तव्यमा यस सम्बन्धी प्रतिबद्धता आउने अधिकारीहरुले बताएका छन् ।

दुई मुलुकका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले नै नेपालसँग पेट्रोलियम पदार्थको व्यापार गर्न तथा तेल र ग्यास उत्खननु र प्रशोधनमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पेट्रोलियम पदार्थ व्यापारका विषयमा सम्झौता हुन नसक्नुको खास कारण भने ढुवानीको समस्याले गर्दा भएको बताइएको छ । नेपालमा ल्याउने तेल कस्तो, कहाँबाट, कसरी र कुन मूल्यमा दिने भनेर मिलाउन थप समय लाग्ने भएका कारण पनि सम्झौता हुन नसकेको हो । तेलको ढुवानी, मूल्य र भण्डारण व्यवस्थापन गरिसकेपछि मात्र सम्झौता गर्ने गरी अहिले तयारी तिव्र बनाउने सहमति भएको बताइएको छ ।

चीनसँग तत्काल इन्धन व्यापारको सम्झौता नभए पनि पारहन यातायात सम्झौताले चीनको बन्दरगाहा भएर तेस्रो देशबाट तेल वा अन्य व्यापार गर्न नेपाललाई ढोका भने खुलेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महेन्द्र र वीरेन्द्रले पनि गर्न नसकेको के गरे प्रधानमन्त्री ओलीले चीनमा ? – See more at: http://dainiknepal.com/2016/136125.html#sthash.21EMnR5G.dpuf

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा स्वतन्त्र व्यापारलगायत १० वटा सम्झौता भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि खछयाङसँग भेटवार्ता गरेपछि १० वटा महत्वपूर्ण सम्झौता भएको हो । चीनमा भएका सम्झौतामध्ये पारवहन र स्वतन्त्र व्यापारको सम्झौतालाई सबैभन्दा महत्वपूर्ण मानिएको छ । भारतले इतिहासदेखि अहिलेसम्म नेपालमाथि पटकपटक नाकाबन्दी गरी अप्ठ्यारो पार्दै आएको अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको यो सम्झौतालाई ऐतिहासिक मानिएको छ ।

यसअघि पनि चीनसँग पारवहन सम्झौताको प्रयास भने नभएका होइनन् । तर चीनसँग जसले पारवहन सम्झौताको प्रयास गरेका थिए, त्यसको बदलामा सरकार र राजनीतिक व्यवस्था नै परिवर्तन हुँदै आएका थिए । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रका पालामा पनि चीनसँग पारवहन सम्झौताको प्रयास भएको थियो । तर चीनसँगको निकट सम्बन्धलाई अवरोध गर्न प्रयोग गरिएका भूराजनीतिक अस्त्रले नेपालमा सरकार मात्र होइन राजनीतिक व्यवस्था नै परिवर्तन हुँदै आएका थिए ।

तर प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा यो सम्झौता हुनुलाई ऐतिहासिकक उपलब्धी मानिएको छ । भारत बाहेक अर्को मुलुकसँग यस्तो सम्झौता नहुँदा नेपाल सधैं भारतकै भर पर्नुपर्ने अवस्था थियो । भारतले पनि नेपाललाई सधैं हेपाहा दृष्टिकोणले हेर्दै आएको थियो । अब चीनसँग यो सम्झौता भएपछि नेपाल र चीनबीच स्वतन्त्र व्यापारको बाटो पनि खुलेको छ । त्यसैगरी दुई देशबीच सडक सञ्जाल पनि विस्तार हुने भएका छन् ।

यस्तै नेपालमा चिनियाँ र चीनमा नेपाली बैंकले शाखा सञ्चालन गर्न पाउने भएका छन् । प्रधानमन्त्रीले विभिन्न तहमा चीनसँग १० वटा सम्झौता गरे पनि नेपालका प्रमुख तीन स्थानमा पेट्रोलियम भण्डारण बनाउन चीनले सहयोग गर्ने भएको छ । केरुङदेखि लुम्बिनीसम्मको रेलमार्ग बनाउने तयारी पनि चीनले गरेको छ । जसले नेपालको विश्व बजारमासम्मको पहुँच स्थापना गर्न पाउने छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शक्तिको आडमा डिएसपीमा बढुवा गरिएपछि प्रहरी संगठनभित्र असन्तुष्टिv

काठमाडौं, ८ चैत । नेपाल प्रहरीमा मर्यादाक्रम मिचेर केही प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक डिएसपीमा बढुवा गरिएपछि प्रहरी संगठनभित्र असन्तुष्टि चर्किएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको नेतृत्वमा रहेको बढुवा समितिले लोकसेवा आयोगको मेरिट लिस्टलाई लत्याएर शक्ति केन्द्रका नजिक बसेकालाई बढुवा गरेपछि असन्तुष्टि चर्किएको हो । समितिले केही दिनअघि केही इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको थियो ।

लोकसेवा आयोगको मेरिट लिस्टमा आफू अगाडि भए पनि बढुवामा नपरेकाहरुले असन्तुष्टि जनाइरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको सुरक्षागार्ड रहेका इन्स्पेक्टर दानबहादुर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्ड रहेका सुदीप पाठक, राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा गार्ड रहेका कपिल कटुवाल, आईजीपीको सचिवालयमा रहेका श्याम सारुमगर, एआईजी वीरेन्द्रबाबु श्रेष्ठको सचिवालयका रुपेश तण्डुकार, गृहमन्त्रीको सुरक्षा गार्ड रहेका पवनकुमार भट्टराईलाई समितिले बढुवा गरेको थियो । यसरी शक्तिकेन्द्रको नजिक बसेकाहरुलाई बढुवा गरिएको भन्दै प्रहरी प्रधान कार्यालयकै अधिकृतहरुले असन्तुष्टि व्यक्त गर्दै यसलाई शक्ति र सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।

बढुवा गर्दा समितिले २०६२ साल साउनको पुरै ब्याजलाई छुटाएर २०६२ साल भदौको ब्याजकालाई समेटेको छ । साउनमा भर्ना भएका करिब १ सय जना प्रहरी निरिक्षक छन् । भदौको ब्याचका ४६ जनामध्ये १० जना बढुवामा परेका छन् ।

बढुवाको रोल क्रममा रहेका दक्ष र कुशल भनिएका नविन कार्की, नवराज मल्ल, पुष्प मल्ल, दीलबहादुर मल्ल, दीलिप गिरी, भरत लामा, मुकुन्द रिजाल, रविन श्रेष्ठ, प्रदीप सिंह र बुद्धिलाल कामत भने बढुवामा परेका छैनन् ।

प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले भने बढुवा न्यायसंगत भएको दाबी गरेका छन् । व्यक्तिगत असन्तुष्टि भए कानुनी बाटो खुला रहेकाले उजुरी दिए हुने उनले बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ल्हारक्याल लामा गोलीकाण्डमा छुटे लगतै ठगी आरोपमा समातिए

८ चैत, काठमाडौं । गोलीकाण्डमा धरौटीमा छुटेका एमाओवादी सांसद ल्हारक्याल लामा ठगीमा पक्राउ गरेका छन् ।

अख्तियारको छानविनका क्रममा लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले ८ दिन थुनामा राखेर सार्वजनिक अपराधको मुद्धा चलाएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सांसद लामासँग ६६ हजार ७५० धरौटी माग्यो । लामा धरौटी बुझाएर छुटे ।

तर, कार्यालयको गेटबाट बाहिर निस्कनासाथ वैदेशिक रोजगारीको ठगी मुद्धामा पक्राउ गरेका छन् । सांसद लामालाई अहिले बुद्धनगरस्थित वैदेशिक रोजगारको कार्यालयमा लगिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आरुघाटमा ‘अनौठो’ भो ! स्थानीय भन्छन्- आकासबाट ढुंगा वर्षियो  

८ चैत, गोरखा । सीता बानियाँको आरुघाटस्थित घरमा तीन दिनदेखि ‘अपत्यारिलो घटना’ भइरहेको छ । घरको छानादेखि चुल्होसम्म अज्ञातस्थलबाट ढुंगालगायतका वस्तुहरु खस्छन् ।

यो सिलसिलाले आतंकित बनेपछि बानिया परिवारले प्रहरी गुहारे । सोमबार दिउँसो घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घरकी जेठी बुहारी नानिमाया बानियाँका अनुसार शनिबार साँझ एक्कासी घरको जस्ताको छानोमा केही खसेको आवाज आएको थियो । हेर्दा ढुंगा रहेछ । त्यसपछि लगातार आवाज आइरह्यो र ढुंगा खसिरहे । साँझ ६ बजेतिर सुरु भएको ढुंगा खस्ने क्रम राति ११ बजेसम्म चल्यो । त्यतिबेलासम्म सारा गाउँलेहरु घर वरपर जम्मा भइसकेका थिए ।

सुरुमा कसैले तर्साउन गुलेलीले हानेको अनुमान परिवार र गाउँलेले गरेका थिए । एकोहोरो ढुंगा वर्षिएपछि गाउँलेले वरपर व्यापक ‘सर्च’ गरे । तर, केही भेटिएन । राति ११ बजेसम्म ढुंगा झर्ने क्रम नरोकिएपछि सबैजना आ-आफ्ना घरमा गएर सुते । भोलिपल्ट पनि यही क्रम चल्यो । अहिले गाउँलेहरु ठान्छन्, यो मानिसले गरेको हुँदै होइन ।

‘अहिले त घरभित्रैका सामान पनि खस्न थालेका छन् । हामीले खाटमुनी राखेको साबुनको डल्लो पनि खस्यो । धारामा राखेको गिलास पनि खस्यो,’ बानियाँले भनिन् ।

सीताका तीन घर आसपासमा छन् । जसमध्ये बीचको घर मूल घर हो, जहाँ ढुंगा खसिरहेको छ । भूकम्पले क्षति भएपछि यो घरको माथिल्लो तला भत्काएर एक तल्ले बनाएर टिनको छानो हालिएको हो । त्राशले गर्दा परिवारका सदस्य अन्य दुई घरमा सुत्न थालेका छन् । यद्यपि, अहिलेसम्म मानिसलाई एकपटक पनि ढुंगाले लागेको छैन ।

प्रहरीले ‘सर्च’ गर्ने

घटनाबारे खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टर रवीराज थपलियाको नेतृत्वमा टोली परिचालन भएको छ । थापाले अनलाइनखबरसँग भने- म आइपुगेको आधा घन्टा भयो । एकपटक जस्तामा केही खसेको आवाज आयो । तर खस्दै गरेको देखिएन ।’

अहिले जस्तामा खसेको ढंगासहितका बस्तुहरुलाई जम्मा पारेर डोकोले छोपेर राखिएको छ । र, प्रहरीले पनि त्यो हरेर बसेको छ । इन्स्पेक्टर थपिलयाका अनुुसार ती ढुंगाहरु आधा किलोदेखि २ सय ग्रामसम्मका छन् ।

कसैले तर्साउन हानेको हो कि भन्ने आशंकामा प्रहरीले २/३ किलोमिटर क्षेत्रमा सर्च अभियान सुरु गर्ने तयारी गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बेलायत बस्ने नेपालीले पर्यटन प्रवर्द्धनमा एक करोड लगानी गर्ने

८ चैत, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा एक करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका बेलायत बस्ने नेपाली व्यवसायीहरुले नेपाली चिकित्सकहरुलाई लक्षित गरी मोबाइल एप सञ्चालनमा ल्याउने भएका छन् । स्वास्थ्य मन्त्रालयले एप सञ्चालनका लागि स्वीकृति दिने आश्वासन पनि दिइसकेको छ ।

ब्रिटेन नेपाल चेम्वर अफ कमर्सको टोलीले ‘द ओसीआर’ नामक एप सञ्चालनमा ल्याउन लागेको हो । बेलायतमा लामो समयदेखि बसेर सफल व्यवसायी बनेका डा. कपिल रिजालले विरामीहरुको उपचारमा नेपाली चिकित्सकलाई कुनै कठिनाइ भए यो एपमार्फत् सिधै बेलायतका चिकित्सकहरुबाट सल्लाह लिनसक्ने बताए ।

ओम अस्पतालका अध्यक्ष डा. भोला रिजालले चिकित्सकहरुका लागि  एप आउन लागेको खबरले आफूलाई निकै खुसी लागेको बताए । उनले भने, ‘यो एप हामीले फेसबुक चलाएजस्तै हो । तर काउन्सीलमा दर्ता गरेपछि सम्बन्धित चिकित्सकहरुका बीचमा मात्रै कुरा आदान प्रदान हुन्छ ।’

स्वास्थ्य संस्थाको सुधारसँगै डा. कपिल रिजाल नेतृत्वको टोली नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकृय छ । डा. रिजाल र बेलायतका लागि पर्यटन प्रतिनिधि रहेका पशुपति भण्डारीले विभिन्न तह र तप्काका मन्त्री, सचिव तथा उद्योगी व्यापारीहरुसँग यसबारे छलफल समेत गरेका छन् ।

नेपाललाई लगानी मैत्री वातावरण बनाउन नेपालका परराष्ट्रमन्त्री कमल थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी र स्वास्थ्य मन्त्री रामजनम चौधरीसँग छलफल गरेका छन् ।

सुरुवाति चरणमा गोरखामा एक करोड लगानी गर्ने बेलायतमा बसेर व्यवसाय गर्दै आएका पशुपति भण्डारीले बताए । नेपालीलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यसहित सुरु गरीने लगानी गरिव तथा जेहेन्दार परिवारप्रति लक्षित रहेको उनले जानकारी दिए ।

उनले भने, ‘नेपाली युवा युवतीको विदेश यात्रा रोक्ने र नेपालमै काम गर्ने वातावरण बनाउनका लागि एक करोडबाट ईन्भेष्ट तय गरेका छौं । यसलाई आगामी दिनमा बृद्धि गर्दै लैजाने योजनासहित नेपाल आएका हौं ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विश्व काठ दिवस काठमाडौंमा सुरु, एक सय देशका काष्ठकला प्रदर्शनीमा

८ चैत, काठमाडौं । विश्व काष्ठ दिवस सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । चार वर्ष अघिदेखि मनाउन थालिएको दिवसको चौंथो मूल समारोह नेपालमा सुरु भएको हो ।

प्रज्ञा भवन कमलादीमा सुरु भएको दिवसको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरिन् । भण्डारीले काठको प्रयोग मानव जीवनमा अत्यावश्यक भएको भन्दै यसको सिर्जनशील प्रयोगबाट आर्थिक उपार्जन गर्न सकिने बताइन् । उनले वन जोगाउने दायित्व सबैको भएको बताउँदै काठको दीर्घकालीन उपयोगमा सबैको ध्यान जानुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा वन मन्त्री अग्नी सापकोटाले भूकम्पबाट भर्खर तङ्ग्रिन लागेको नेपालमा भएको काठ दिवसको समारोहले काठको महत्वलाई झन् बढाएको उल्लेख गरे ।

कार्यक्रमका वक्ताहरुले काष्ठकलाकै नामबाट चिनिएको काठमाडौं शहरमा विश्व काष्ठ दिवस मनाउन पाउनु सौभाग्य भएको बताए ।

३ सय ५० भन्दा बढीको सहभागिता

प्रकृति र संस्कृति भन्ने मूल विषयमा केन्द्रित रहेर यो वर्षको विश्व काष्ठ दिवस मनाउन लागिएको छ । वातावरण मैत्री नविकरणीय जैविक पदार्थका रुपमा चिनिने काठको महत्वलाई प्रवर्द्धन गर्न विश्व काष्ठ दिवस मनाउन थालिएको हो । यो दिवस आजदेखि साताव्यापी रुपमा मनाइने छ ।

सन् २०१३ मा पहिलोपटक तान्जेनियामा भएको यो दिवसको समारोह सन् २०१४ मा चीन र २०१५ मा टर्कीमा आयोजना भएको थियो । प्रकृति र संस्कृति विषयमा केन्द्रित रहेर मनाइनेे दिवसमा झण्डै एक सय देशका काठविद, कलाकार र वैज्ञानिक गरी ३ सय ५० भन्दा बढीको सहभागिता छ ।

अन्तर्राष्ट्रिय प्रकृति संघले संयोजन गरेको कार्यक्रमको उदघाटन समारोहमा विभिन्न देशका साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरियो । विशेष गरी काठबाट बनेका वाद्यवाधनबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिएको हो ।

अन्तर्राष्ट्रिय काष्ठ सँस्कृति समाज र वन मन्त्रालयको आयोजनामा सुरु भएको कार्यक्रममा काष्ठकलाको प्रदर्शनी पनि राखिएको छ । प्रज्ञा भवनभित्रै कालीगढहरुले काठमा खोपेका कला अवलोकन गर्न सकिन्छ ।

पुनर्निर्माणमा सहयोग पुग्ने विश्वास

विभिन्न देशका कलाकारहरुले काठको प्रयोग गरी विभिन्न मुर्ति, हस्तकला र विभिन्न काष्ठजन्य सामाग्रीहरु निर्माण पनि गर्नेछन् । कार्यक्रमले नेपालको काष्ठकलाको प्रवर्द्धन हुनुका साथै भूकम्पपछि पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन फलदायी हुने विश्वास गरिएको वन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले बताए ।

कार्यक्रममा काष्ठसम्बन्धी कार्यशाला पनि हुनेछ । काठबाट बनेका बाद्यवाधनको प्रदर्शनी पनि राखिएको छ । यस्तै लोककला कार्यशाला, बाल कार्यक्रम, सांगितिक कार्यक्रम, वृक्षारोपणलगायत कार्यक्रम पनि राखिएका छन् । काठको टर्निङ प्रविधि र फर्निचर बनाउने प्रतियोगिता पनि प्रज्ञा भवन परिसरमै हुनेछ ।

चैत १२ गतेसम्म चल्ने विश्व काष्ठ दिवसको सर्वसाधारणले पनि अवलोकन गर्नसक्ने आयोजकले जनाएको छ । प्रदर्शनी र कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रुपन्देहीका बालगृहबाट ८ बालबालिका गायब !

सलमान खान

८ चैत, भैरहवा । रुपन्देहीमा रहेका आवासीय बालगृहमा रहेका ८ जना बालबालिका अवस्था अज्ञात रहेको पाइएको छ । जिल्लामा रहेको ७ वटा आवासीय बालगृहमा आश्रति बालबालिकाहरुको अवस्थाबारे सार्वजनिक भएको प्रतिवेदनमा ८ जना बालबालिका अवस्था अज्ञात देखिएको हो ।

अध्ययनको क्रममा जिल्लामा संचालनमा रहेको सातवटा बालगृहहरुमा २ सय ८२ जना बालबालिका हेरचाहमा रहेको भेटिए पनि हालको अध्ययनमा बालगृहमा जम्मा २ सय ७४ बालिबालिका मात्र संरक्षित रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

केन्दि्रय बाल कल्याण समिति २०७१ को नेपाली बालबालिकाको स्थिति अनुसार रुपन्देहीका बालगृहमा १ सय १८ बालिका र १ सय ६४ बालक गरि २ सय ८२ जना हुनुपर्नेमा ८ जना बालबालिका कम देखिएका छन् । प्रतिवेदनमा १ जना बालिका र ७ जना बालकको अवस्थाबारे केही उल्लेख गरिएको छैन ।

प्रतिवेदन अनुसार आवासीय बालगृहहरु मध्ये सबै भन्दा बढी १ सय ५० जना बालबालिका एसओएस बालग्राममा र सबै भन्दा कम ९ जना बालबालिका रुद्रपुर अनाथ आश्रममा आश्रति छन् । बालगृहमा संरक्षित बालबालिका ७ देखी ११ बर्ष उमेरसमूहका धेरै छन् ।

रुपन्देहीमा २०७१ बैशाख २१ गते देखि २६ गते सम्म स्थलगत अन्तरवार्ता, सरकारी निकायका सरोकारवाला समुह लगायतको बिषयगत कार्यालयहरुसँगको समन्वयमा प्रतिवेदन तयार गरिएको “मेरो हेरबिचार गर्नुहोस Û” परियोजनाकी संयोजक तथा एसओएस बालग्राम नेपालकी नायव निर्देशक सुष्मा पोखरेलले बताइन् ।

एसओएस बालग्राम नेपाल र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयुक्त प्रकाशनमा एसओएस बालग्रामको “मेरो हेरबिचार गर्नुहोस !” अभियान अन्र्तगत रुपन्देही जिल्लाका आवासीय बालगृहहरुको गुणस्तरीय हेरचाह सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले बालगृहमा रहेका बालबालिका मध्ये धेरै बालबालिकाहरु परिवार विखण्डनका कारण परित्याग हुने अवस्थामा भएको उल्लेख गरेको छ । राष्ट्रिय स्तरको प्रतिवेदन सन् २०१६ को २२ डिसेम्बरमा नै सार्वजनिक भएपनि आठौं जिल्लाको रुपमा रुपन्देहीमा जिल्लास्तरीय प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आठ बालबालिकाको अवस्था अज्ञात रहेको विषयमा बालगृहको अनुगमन गर्ने महिला तथा बालबालिका कार्यालयकी प्रमुख उषा रावलले बताइन् । साथै बालगृहबाट बालबालिकाहरुको परिवार पुनःस्थापना हुन सक्ने आसंका उनको थियो । तर कुन बालगृहबाट कति जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको विषयमा अनलाइनखबरले जिज्ञासा राख्दा उनले आफुहरुसँग त्यस्तो तथ्याङ्ग नभएको भन्दै जिल्ला बाल कल्याण समितीमा सम्पर्क गर्न अनुरोध गरिन् ।

सार्वजनिक प्रतिवेदनमा कम देखिएका ८ जना बालबालिकाको विषयमा रुपन्देही प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बाल कल्याण समितीका संयोजक समेत रहेका विष्णु प्रसाद ढकालले यस विषयमा छानबिन गर्ने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कुवेतबाट ८१३ नेपाली फर्काइए, ३४ जना जेलमा

८ चैत, काठमाडौं । कुवेतले अवैधानिक कामदारविरुद्ध धरपकड तीव्र पारेको छ । सन् २०१६ यता कुवेतले ६ हजार विदेशी कामदारलाई देशनिकाला गरेको छ, जसमा ८१३ जना नेपालीहरु पनि परेका छन् ।

अवैधरुपमा कुवेत पुगेका, भागेर रोजगारदाता परिवर्तन गरेका र भिसा अवधि सकिएर पनि उतै बसिरहेका ८१३ नेपालीलाई कुवेतले निश्काशन गरेको कुवेतस्थित नेपाली दुताबासले जनाएको छ ।

यसरी डिपोट गरिएकाहरुमा आपराधिक मुद्दा खेपिरहेकाहरु भने परेका छैनन् । दूतावासका अनुसार ३४ जना नेपालीहरु कुवेतको जेलमा छन् । उनीहरु तोकिएको सजायँ भुक्तान गरेर मात्रै स्वदेश फर्किन पाउनेछन् । कुवेतमा वैधानिक बन्न धेरै रकम खर्च गर्नुपर्ने भएपछि अहिले प्रहरीमार्फत पक्रिएर स्वदेश फर्किने बढेका हुन् ।

गैरकानुनी विदेशी कामदारलाई २ लाख रुपैयाँसम्म बुझाएपछि कानुनी रुपमा पुनदर्ता गर्न सकिने कुवेत सरकारको नीति छ ।

अढाइ महिनामा ८१३ लाई डिपोट

जनवरी महिनामा ३१८ जना नेपाली कामदारलाई कुवेतले डिपोट गरेको छ त्यसैगरी फेबु्रअरीमा ३५६ जना अवैध नेपाली कामदारलाई घर फर्काइएको छ । मार्च महिना लागेयता मात्रै १३९ जना नेपाली कामदार फिर्ता भएको नेपाली दुताबासले अनलाइनखबरलाई जानकारी दियो ।

कुवेतले आममाफी प्रक्रियमा सहभागी नभई लुकेर हिँड्ने अवैध नेपालीलाई पक्राउ गरेर फिर्ता पठाएको हो । कुवेतमा ४ हजार भन्दा बढी नेपाली अझै अवैधानिकरुपमा बसिरहेको दुताबासको अनुमान छ ।

नयाँ वर्षदेखि सामान्य आममाफी प्रक्रिया सुरु गरेको सरकारले पछिल्लो समयमा अवैधानिकलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ । यो बीचमा कुवेतबाट विभिन्न देशका ६ हजार अवैधानिक कामदार स्वदेश फर्किएका छन् ।

पक्राउ परेका अवैध कमादार स्वदेश फर्किएपछि पुनः कुवेतमा कामका लागि जान पाउँदैनन् । सरकारसँग आत्मसर्पण गरेमा भने गैरकानुनी कामदारलाई आममाफीको प्रक्रिया अघि बढाइनेछ । आत्मसमर्पण गर्नेहरुलाई फेरि कुवेत जान पनि समस्या हुनेछैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘आफू मरेर यात्रु बचाउने’ विमान चालकको सालिक राखिने  

८ चैत, नेपालगञ्ज । कालीकोटमा विमान दुर्घटनामा ज्यान गुमाएका चालकको सम्मानमा बाँके राँझा चोकमा सालिक राख्न पहल थालिएको छ ।

एयर काष्ठमण्डपको जहाज दुर्घटनामा ‘आफू मरेर यात्रु बचाउने’ चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको योगदानको कदर गर्दै चोक नामकरण तथा सालिक स्थापना गर्न सरकारलाई सिफारिस गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको अध्यक्षतामा सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगन्ज–कोहलपुर सडकखण्डको राँझा विमानस्थलतर्फ जाने चोकमा दुवै जनाको सालिक स्थापना गर्न सिफारिस गरेको हो ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइन एनएजेभी जहाज कालीकोटको चिल्खाया–२ मा गत फागुन १४ गते दुर्घटनामा परेको थियो ।

जहाजमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गर्ने क्रममा नेपालगन्ज १६ कोरियनपुर निवासी २९ वर्षीय चालक दिनेश र पाल्पा स्थायी घर भई काठमाडौंमा बस्दै आएका २७ वर्षीय सहचालक सन्तोषको मृत्यु भएको थियो । जहाजमा सवार अन्य नौजना यात्रुको भने ज्यान जोगिएको थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजकुमार ह्यारी लम्जुङमा, मंगलीले जोहो गरिन् लोकल भाले र ढिँडो

८ चैत, लम्जुङ । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी लम्जुङ पुगेका छन् । लम्जुङको लेउरानी टोलको मंगली तामाङको घरमा ह्यारी बस्ने प्रवन्ध मिलाइएको छ ।

उनका पति ब्रिटिश आर्मीमा थिए । त्यतिबेला मंगलीका श्रीमान बेलायतमा युद्ध लडेका थिए । उनी श्रीमान स्वर्गे भइसके । ८७ वर्षीया मंगली श्रीमानको पेन्सनबाट जीबन गुजारा गरिरहेकी छन् । त्यहि पेन्सनको पैसाले राजकुमार ह्यारीलाई खुवाउन भनेर उनले लोकल भाले र ढिँडो जोहो गरेकी छन् ।

mangali-harryबर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण भ्याएर सोमबार ह्यारी लमजुङ पुगिसकेका छन् । ह्यारी सवार नेपाली सेनाको हेलिकोप्टर गौंडा गाउँको भीरकुनामा अवतरण गरेको थियो । त्यहाँबाट करिब एक डेढ घन्टा पैदल हिँडेर उनी लेउरानी टोलमा अबस्थित मंगली तामाङको घरमा पुग्नेछन् ।

सेतो टीका लगाइदिएर स्वागत 

भिरकुना गैरा-४ मा मौलिक भेषमा सजिएका स्थानीय गुरुङ समुदायले सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरे । उनले विनाशकारी भूकम्पले क्षति पुर्‍याएको भूतपूर्व गोर्खा सैनिकका घर र उनीहरुका आफन्तहरुसँग भेटघाट पनि गरे । सोमबार नै ह्यारीले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भ्रमण गर्ने र सूर्यास्तको दृष्य अवलोकन गर्ने कार्यक्रम छ ।

स्थानीय आमा समूह र युवा क्लबले ह्यारीलाई साँस्कृतिक कार्यक्रम देखाउने तयारी गरेका छन् । बेलायती सैनिक क्याम्प पोखरा र जिल्ला प्रहरीले सुरक्षाको विशेष प्रवन्ध मिलाएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मलेसियासँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा, को-को परे टिममा ?

काठमाडौं, ८ चैत । अखिल नेपाल फुटबल संघ (एन्फ)ले मलेसिया यू–२२ विरुद्ध खेल्ने राष्ट्रिय टिमको घोषणा गरेको छ ।

सोमबार एन्फाको सल्लाहमा नेपालका नवनियुक्त जापानी प्रशिक्षक ग्योटोकु कोजीले कप्तान विराज महर्जनको नेतृत्वमा २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

नेपाल र मलेसिया यू–२२ बीच नेगेरी साम्बिलान आइतबार हुँदैछ । टिमका प्रशिक्षक समेत रहेका कोजीले घोषणा गरेको टिमबाट पुराना कप्तान अनिल गुरुङलाई हटाइएको छ ।

को-को छन् टोलीमा
भरत खवास, विजय धिमाल, विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरण लिम्बू, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रञ्जन विष्ट, रञ्जित धिमाल, सुजल श्रेष्ठ, सुमन लामा र सुनिल बम ।
प्रशिक्षकका राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र छन् ।

टिम घोषणाका अवसरमा मुख्य प्रशिक्षक कोजीले मैत्रीपूर्ण खेलको नतिजा भावनात्मक मात्र हुने र सबैभन्दा महत्वपूर्ण आफ्ना खेलाडीले कस्तो खेल्ने हो, त्यसको परीक्षा रहेको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँग सम्झौता गरेलगत्तै दक्षिणबाट आयो कडा चेतावनी ! सरकारको आयु तोकियो

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा नेपाल र चीनबीच १० वटा महत्वपूर्ण सम्झौता भएपछि दक्षिणबाट कडा चेतावनी आएको छ ।

उसले ओली सरकारको आयु समेत तोकिदिएको छ । यो सन्देश नेपालको दक्षिण तराईस्थित वीरगञ्जमा केन्द्रीय कार्यालय हिन्दू युवा जनशक्ति संघ नेपालबाट आएको हो ।

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुर

हिन्दू राष्ट्रको पक्षमा वकालत गरिरहको संघका अध्यक्ष विकास ठाकुरले सोमबार विज्ञप्ति जारी गरी चीनसँग महत्वपूर्ण सम्झौता गरेर ओली सरकारले भारतलाई चिढ्याएको दाबी गरेका छन् ।

‘मधेश आन्दोलनको कारणले बिग्रिएको नेपाल-भारत समबन्धलाई सुर्धानुको साटो केपी ओली नेतृत्वको सरकारले भारतलाई चिढाएर चीनसंग केही महत्वपूर्ण सम्झौता गरेका छन्,’ भारत र मधेसवादी दल नजिक भनेर चिनिने ठाकुरले विज्ञप्तिमा भनेका छन्– ‘मधेशको जायज माग सम्बोधन गर्न नसक्नु, वर्षौदेखीको नेपाल-भारत समबन्ध बिग्रिएपछि सुधार्न नसक्नु र भारतको बिकल्प खोजेर आफूलाई राम्रो साबित गर्न प्रयास गर्ने ओली सरकार नपुंसक सरकार हो । नपुंसकहरुले देशलाई कहिल्यै निकाश दिन सक्दैन ।’

उनले नपुंसकहरुले देशलाई समृद्ध बनाउन सक्दैन भन्दै ओली सरकारको बिकल्प खोज्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले भनेका छन्– ‘म बिश्वस्त छु कि ओली सरकारको आयु अब बढीमा एक महिनाको हुनेछ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँगको सम्झौताले पोखरालाई धेरै फाइदा, पोखरा क्षेत्रीय विमानस्थल चीनले बनाउने

– रमेश लम्साल

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर भएपछि सरोकार भएका पक्षले खुसी व्यक्त गरेका छन् ।

लामो समयदेखि चर्चा र परिचर्चामा रहे पनि कुनै पनि काम अगाडि बढ्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला चीन सरकारसँग भएको सम्झौताले आयोजना अगाडि बढ्नेमा आशा पलाएको भन्दै उहाँहरुले खुसी व्यक्त गर्नुभएको हो ।

चीन सरकारले नेपाललाई सो विमानस्थल निर्माणका लागि रु २१ अर्ब ऋण दिने भएको छ । सहुलियतपूर्ण ऋण सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको हो । कुल ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्नेछ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्नेछैन ।

ऋण सम्झौता भएकोप्रति खुसी व्यक्त गर्दै कास्कीका पूर्वसांसद् एवम् एकीकृत नेकपा (माओवादी)का नेता राजकाजी गुरुङले विगत ४० वर्षदेखि पोखरेली जनताको चाहना पूरा भएको र आर्थिक समृद्धिको ढोका खोलेको बताउनुभयो ।

उहाँले पोखरा विमानस्थल ४ नं प्रदेशको आर्थिक समृद्धिको ढोका खोल्ने माध्यम भएको र लामो समयदेखि हुँदै आएको राजनीतिक खिचातानीको समेत अन्त्य भएको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सो विनमास्थल निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा प्रारम्भिक सम्झौता गरेको जानकारी दिँदै उहाँले हाल एमाओवादी सहभागी सरकारले नै ऋण सम्झौता गरेकाले आयोजना अगाडि बढ्ने विश्वास बढेको उल्लेख गर्नुभयो ।

केही दिनपहिलेको मन्त्रिपरिषद्को बैठकले सो विमानस्थल अगाडि बढाउने निर्णय गरेको थियो । चिनियाँ ठेकेदार कम्पनी सिएमसीले प्रारम्भिक रुपमा कामसमेत सुरु गरिसकेको छ । सम्झौता भएपछि तीन महिनाको अवधि तयारीका लागि लाग्नेछ ।

सरकारले केही समयभित्रै सो विमानस्थलको शिलान्यास गर्नेछ । लामो समयदेखि रहँदै आएको जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत लगभग सम्पन्न भएको छ । पूर्वमन्त्री एवम् नेकपा (एमाले)का सचिव भीम आचार्य ऋण सम्झौता हुनुलाई सुखद ठान्नुहुन्छ ।

‘‘धेरै पहिले हुनुपर्ने काम अहिले आएर सम्पन्न भयो, यसलाई सकारात्मक रुपमा लिनुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘हामी नेपालीको काम गर्ने शैली एकदमै सुस्त र परम्परागत भएका कारण समस्या पैदा हो । तर ढिलै भए पनि ऋण सम्झौता भयो यो सकारात्मक छ ।’’

ढेड वर्षपहिले नै सुरु हुनुपर्ने आयोजनामा ढिलाइ हुनुको पछाडि नेपालको काम गर्ने शैली र तरिका नै गलत भएको आचार्य बताउनुहुन्छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सकारात्मक तवरले अगाडि बढाउन कन्जुस्याइँ गर्न नहुने भन्दै उहाँले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

क्षेत्रीय होटल सङ्घ पोखराका पूर्वअध्यक्ष विप्लव पौडेल पोखरा विमानस्थल निर्माण गर्नेसम्बन्धी ऋण सम्झौता हुनु नै महत्वपूर्ण भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘यो निर्णय उत्साहजनक छ । पहिले नै हुनुपर्ने थियो ढिलो नै भए पनि राम्रो निर्णय भएको छ । यसले काँस्केली जनतालाई त खुसी दिएको नै छ, त्योभन्दा बढी खुसी आम नेपाली पनि भएका छन् ।’’

निर्णय स्वागतयोग्य भए पनि तत्काल नै निर्माण सुरु भइहाल्छ भन्नेमा आफू विश्वस्त नभएको भन्दै पौडेल पछिल्लो निर्णयलाई पर्ख र हेरको रणनीतिमा रहेको बताउनुहुन्छ । कास्कीका सांसद् यज्ञबहादुर थापा पोखरेली जनताको लामो समयदेखिको सपना पूरा हुने चरणमा पुगेको बताउनुहुन्छ ।

विमानस्थल निर्माणका लागि पार्टीगत रुपमा भन्दा पनि सामूहिक रुपमा नै लागेको भन्दै उहाँले आगामी चार वर्षभित्र जुनसुकै हालतमा पनि परियोजना सम्पन्न हुनुपर्ने बताउनुभयो । कार्यान्वयनको चरणमा परियोजना तत्काल अगाडि बढाउनुपर्ने बताउँदै सांसद थापा कुनै पनि बहानाबाजीले अब काम नगर्ने बताउनुहुन्छ । ऋण सहयोग चिनियाँ आयात निर्यात बैंकले उपलब्ध गराउनेछ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अन्ततः चीनसँग यसरी रोकियो इन्धन सम्झौता, बेइजिङमा पनि भारतको प्रभाव ?

काठमाडौं, ८ चैत । नेपाल र चीनबीच सोमबार १० वटा सम्झौता भए । जसमा पारबहन महत्वपूर्ण थियो ।

तर, अर्काे निकै महत्वपूर्ण विषय भने छुटेको छ । त्यो हो इन्धन आयात सम्झौता । यो सम्झौता भएको भारतको एकाधिकार पुरै तोडिन्थ्यो । फेरि नाकाबन्दी गरेपनि नेपाललाई असर कम पर्थ्यो । तर, अन्तिम समयमा नेपालले चीनसँग इन्धन सम्झौता गरेन् ।

चिनियाँ पक्षले पनि नेपालसँग इन्धन सम्झौतामा गर्न चाहेका थिए । तर, भारतको पाँच महिने लामो नाकाबन्दीकाबीच निकै आश गरिएको बहुप्रतिक्षित इन्धन आयात सम्बन्धी सम्झौतामा भने हस्ताक्षर हुन सकेन ।

इन्धन सम्झौतामा हस्ताक्षर भएको भए इन्धनको एकतर्फी निर्भरता कम हुने थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार निकै बहसमा आएको उक्त विषयमा नेपाल सरकार नै पछि हटेपछि सम्झौता हुन नसकेको हो ।

China-Agreement-2

भारतीय नाकाबन्दीको समयमा चीनले नेपाललाई इन्धन उपलब्ध गराउन सक्छ भन्ने सन्देश दिनको लागि १३ लाख लिटर इन्धन सहयोग स्वरुप उपलब्ध गराएर व्यवसायीक डिल गर्न खोजेको थियो । तर, नेपाल सरकार आँफै पछि हटेको कारण यो निर्णय हुन सकेन ।

यो सम्झौता नहुनुमा भारतको हात रहेको बताइन्छ । सार्क सम्मेलनका बेला नेपाल आएका भारतका विदेशसचिव एस जयसंकर र विदेशमन्त्री सुष्मा स्वराजको दबाबले यो सम्झौता नभएको हो की भन्ने प्रश्नहरु पनि उठेको छ । यसको वास्तविक कारण विस्तारै बाहिर आउने छ तर, ओली सरकारमाथि जनताले भारतको नाकाबन्दी बदला लिन पनि चीनसँग इन्धन आयात सम्झौता गर्छ भनि राखेको भरोसा लत्याइएको छ ।

के–के सम्झौता भयो ?

☞१. पारवहन सम्झौताः नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
☞२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
☞३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
☞४. २५ प्रतिशत विना ब्याजको अनुदान
☞५. एक्जिम बैंकको ऋण
☞६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
☞७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारीः यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।
☞८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौताः यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।
☞९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौताःएक अर्को देशमा बैंकको शाखा खोल्ने
☞१०. हिल्सामा पुल निर्माण


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

होली भनेको मनमिल्ने साथीभाई, आफन्तहरूको मिलनको अवसर होः संस्कृतविद् गिरी

प्राध्यापक डा. गितु गिरी नेपाली समाज, संस्कृति र पर्यटनको क्षेत्रमा सुपरिचीत नाम हो । त्रिभुवन विश्वविद्यालयमा संस्कृति विषय प्राध्यापन गर्ने प्रा.डा. गिरी हिन्दू/बौद्ध धर्म दर्शनका ज्ञाता पनि हुनुहुन्छ । उहाँले २ दर्जन भन्दा बढी अनुसन्धानमूलक कृर्ति प्रकाशित गरिसक्नुभएको छ । मोफसलमा रहेर पनि सस्कृति र पर्यटनको विज्ञको रुपमा नेपाल सरकार सस्कृति मन्त्रालयले उहांलाई विज्ञको रुपमा विभिन्न आयोजना तथा परियोजनामा सल्लाहकारको रुपमा नियुक्त पनि गरेको छ । भैरहवा बहुमुखी क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत गिरी विविधतामा एकता भएको बहुजाति भाषा धर्मी र सांस्कृतिक मुलुक नेपालको हरेक जाति, भाषा, सस्कृतिको निरन्तर अध्ययन अनुसन्धान गरिरहेने विज्ञ भनेर चिनिनुहुन्छ । यसैबीच भोली र पर्सि नेपालमा होली मनाउन गइरहेको छ । पहाडी क्षेत्रमा भोली र तराई क्षेत्रमा पर्सि मनाईने होलीको सन्दर्भमा तीनै संस्कृति तथा पर्यटनविद प्रा.डा. गिरीसंग पत्रकार नरेश केसीले गरेको कुराकानीः

सांस्कृतिक विविधता भएको हाम्रो मुलुकमा होली पूर्णिमा नजिकिएको छ । होलीको वास्तविक महत्व के छ ?

–नेपाल एउटा बहुभाषिक, बहुजातीय, बहुसंस्कृति तथा अनेकतामा एकता मौलाएको सभ्य तथा सौम्य राष्ट्र हो । यहाँका हामी नेपालीको आफ्नै मौलिक पहिचान, स्वाभिमान र गौरवशाली स्वामित्व कायम छ । पहिचानको मूलः आधार भनेको मौलिक संस्कृति हो । संस्कृतिका मूर्त तथा अमूर्त विधामा प्राचीनकालदेखि वर्तमानसम्मका हाम्रा पुर्खाका आर्जनहरू संरक्षित भएकोले यिनको अध्ययन, विश्लेषण तथा सामान्यीकरण गरी समयसापेक्ष उपयोग गर्नसकेमा निकै उपलब्धि प्राप्त गर्न सकिन्छ ।

यी विभिन्न विधामध्ये चाडपर्व, जात्रा, पर्वोत्सव आदि पनि जीवन्त संस्कृतिको रूपमा रहेका छन् । सवाल आयो होली पूर्णिमाको । फागु, होरी वा होली पर्वको रूपमा मनाइने यो उत्सव प्रत्येक वर्षको फागुन महिनाको शुक्लपक्ष अष्टमीदेखि पूर्णिमासम्म आठ दिन विशेष हर्षोल्लासका साथ मनाउने प्रचलन छ । सर्बप्रथम विभिन्न रंगले सजाइएको ध्वजापताका सहितको रुख वा छत्राकार पर्ने गरी बनाइएका चीर गाड्ने गरिन्छ । यसलाई पूजा गर्ने, काठमाडौ लगायतका गाउँघरमा फागु फुकेको मानी रंग खेल्ने, ख्याली रागमा गीत गाउने तथा अश्लील शब्दको प्रयोगमा कुनै संकोच नमानी फागु खेल्ने (लयबद्ध गीत गाउने) चलन छ । यसमा बढी मात्रामा युवायुवतीहरूको रोमाञ्चक ढंगले सहभागिता रहेको हुन्छ । हाम्रो तराईमा पनि यसलाई रंगको पर्वको रूपमा पहाडी जिल्लामा तिहार मनाएझै गरी विशेष ढंगले मनाउने चलन विद्यमान छ । यस अवसरमा मड्का फोर्ने, महादेवको अनुकरण गरी गाँजा, भाङधतुरो आदि मिलाई हलुवा खाने आदि क्रियाकलावहरू गर्ने चलन छ । यसको प्रचलन के कसरी सुरु भएको हो भन्ने सोधखोज गर्दा बखत हाम्रा पौराणिक ग्रन्थ तथा लोकपरम्पराको चियोचर्चा गर्नुपर्ने हुन्छ ।

पद्मपुराणमा फागुन शुक्लअष्टमीका दिन चीरोत्थान महोत्सव गरी चीर गाडेर आठ दिन हर्षोल्लासका साथ फागु खेल्नाले कृष्ण प्रशन्न भई फलोक्ष्या पुराहुने गर्दछ भनी चर्चा गरिएको पाइन्छ । यस चीरलाई पूर्णिमाको दिनमा जलाउनाले बर्ष दिनका सबै खराबीहरू यसै चीरको साथमा जलेर जान्छन् भन्ने लोकमान्यता रहेको छ । त्यसैगरी द्वापरयुगमा बालक कृष्णलाई मार्न उनका मामा कंसले पुतना नाम गरेकी राक्षस्नीलाई पठाएका थिए । पुतनाले कृष्णलाई मार्नको निम्ति विषाक्त दुध खुवाइन । दुध खाएपछि कृष्णको सट्टा पुतनाकै मृत्यु भयो । कृष्णको जीवन बँचेको र पुतनाको देहान्तको खुसियालीमा गोकुल, मथुरा, बृन्दावन आदि क्षेत्रका बासिन्दाहरूले पुतनाको लाश जलाई कुष्णको प्रशंसा गर्दै फागु महोत्सव मनाउन थालिएको भन्ने लोकमान्यता छ । त्यसैगरी हिरण्यकश्यपले प्रल्हादको ईश्वरभक्ति हटाउन कैय्न प्रयत्न गर्दापनि नसकेपछि आफ्नी बहिनी पुतनालाई मार्ने योजनासहित आगोमा डढाउने निधो गरियो । पुतनालाई आगोले नछुने विशेष शक्ति रहेकोमा उनको काखमा राखी अग्निकुण्डमा हाम फाल्दा त उल्टै पुतना जलेर मरिन । तर प्रल्हादलाई आगोले छोएन । यसरी यसलाई होलिका दहनको अवसरको रूपमा पनि लिने चलन विद्यमान रहिआएको छ ।

यी विभिन्न आख्यानहरूको आ–आफ्नै समयसापेक्ष जे जति मूल्य तथा मान्यता रहे पनि यथार्थतामा खास सार के हो त भन्ने नै मूलः विषय हो । पुतना वा होलिका अन्याय तथा अराजकताका प्रतिनिधिपात्र मात्र हुन् । कृष्ण वा प्रल्हाद सत्य, न्याय, विवेक वा सज्जनका प्रतीक खडा भएका छन् । तसर्थः समाजमा रहेका अन्याय, अराजकता, अशान्ति, विवेकहिनता तथा शोषणको विरुद्ध न्याय, सत्य, शान्ति तथा विवेकको पक्षमा मनाइने अवीर जात्रा हो, आपसी बैमनुष्यता, झैझगडा आदि कलुषित भावनाको अन्त्यको अवसर हो होली । यसले कुनै वर्गविशेष वा समूहको मात्र पहिचान नगराई सम्पूर्ण मानव समाजको सत्यतथ्य उजागर गर्दछ । बसन्त रितुको स्वागत सहित यस अवसरमा विभिन्न क्रियाकलापहरू सम्पन्न गरिन्छन् ।

पर्वको बहानामा अहिले लोला हान्ने, फोहोर पानी छयाप्ने, इच्छा विपरीत रंग लगाउने पनि गरिन्छ । सांस्कृतिक ऐतिहासिकता अनुसार के होली यसरी नै खेलिथ्यो त ?

–यसको परमपरागत मूल्य र मान्यताबारे माथि नै स्पष्ट गरिएको छ । यो अवसर भनेको त मनमिल्ने साथीभाइ, आफन्त वा सकारात्मक सोच भएका व्यक्तिहरूको मिलनको अवसर हो । यसको अवसरमा कोही कसैलाई जवरजस्ती लोला हान्ने, इच्छा विपरित रंग हान्ने वा फोहोर पानी हान्ने गर्नुहुँदैन । बालबालिकाहरूलाई पनि अभिभावकले यसको सत्यतथ्य जानकारी गराउनु पर्दछ । यसले एकपुस्ताबाट अर्को पुस्ताका सांस्कृतिक निधिको हस्तान्तरण समेत हुनेगर्दछ । यसमा रहेका विकृति र विसंगतिहरूबारे हटेमा भोलीका दिनमा पनि यसको निरन्तरता रहने निश्चित छ ।

नेपालमा एउटै पर्व भूगोल विशेषको कारण पहाडमा एक दिन तराईमा अर्को दिन मनाउने गरिन्छ । यसो गर्नु जरुरी छ ?

–यो अवसर मनाउने समयबारे एउटै भएपनि केवल होलीको दहन पछि तराईका बासिन्दाहरूले भारतीय प्रवाहले पूर्णिमाको अर्को दिनमात्र होली मनाउने प्रचलन छ । विषयवस्तु र औचित्यता एउटै हो, समान छ । केवल विशेष दिनको मात्र सवाल हो । हुनत माथि नै चर्चा गरियो यो पर्व ८ दिन मान्ने गरिन्छ । त्यसको बिचमा अनुकूलताको आधारमा मनाउने गरिन्छ । पहाड वा तराई जहाँ भएपनि परम्परागत रूपमा मनाउन कुनै सांस्कृतिक अवरोध रहँदैन । यो त सामाजिक मान्यता हो ।

प्रसंग बदलौँ, यहाँ नेपालको संस्कृतिविद् भनेर पनि चिनिनुहुन्छ । नेपालमा पछिल्लो समय सांस्कृतिक विचलन आए जस्तो लाग्दैन ?

–विश्व अहिले एउटै गाउँको रूपमा देखिएको छ । संचारले संसारलाई संकुचित बनाएको अवस्थामा सांस्कृतिक प्रभाव पर्नु परिवर्तित सन्दर्भको सामाजिक रूपान्तरण मान्नु पर्दछ । समयसापेक्ष रूपान्तरित नभई जडसूत्रको आधारमा बाँच्न अहिले संभव रहेन । यस सन्दर्भमा हाम्रा सामाजिक मूल्य र मान्यतामा आधारित सांस्कृतिक निधिको जगेर्ना गर्न चनाखो हुनु पर्दछ । यसको नाममा विकृति र विसंगतिहरूलाई प्रश्रय नदिई हटाउनु पर्दछ । रूपान्तरित सामाजिक मूल्य, मान्यता, आस्था, विश्वास तथा उपयोगिताको आधारमा संस्कृतिको जगेर्ना अनिवार्य छ । बाह्य संस्कृतिको हस्तक्षेप तथा मौलिक संस्कृतिमा विचलन ल्याउनुहुँदैन । वर्तमान अवस्थामा केही विचलनको संकेत देखिएका छन् । नयाँ पुस्तालाई हाम्रो सांस्कृतिक मूल्य र मान्यताबारे उचित समयमा उचित ज्ञान दिनु अत्यावश्यक छ ।

विश्वव्यापीकरणकोे कारण नेपालको परम्परागत संस्कृति खिचडी जस्तै भयो भनी चिन्ता व्यक्त गरेको पनि यदाकदा सुनिन्छ । त्यसबाट जोगाई लौकिक र मौलिक संस्कृतिको जर्गेना गर्न के गर्नुपर्ला ?

–नेपालको सांस्कृतिक मूल्य र मान्यतामा नेपालीको अस्तित्व बाँचेको छ । संस्कृति हाम्रो पहिचान हो । समयसापेक्ष रूपान्तरित हुनु विधिको नियम हो । तर खिचडी भएको होइन । यसको क्षेत्र व्यापक छ । लौकिक तथा मौलिक संस्कृतिको जगेर्ना गर्न निम्नलिखित अभियानलाई सरकारी, गैरसरकारी निकाय तथा नागरिक समाज प्रभावकारी बनाउनु पर्दछ ।
१.चीन जस्ता विकसित मुलुकहरूमा जस्तै प्राथमिक विद्यालयदेखि औपचारिक रूपमा स्तर बमोजिम संस्कृतिको पठनपाठन संचालन,
२.जातजाति, भाषभाषी, वा अन्य विधाका सांस्कृतिक सम्पदाको योजनाबद्ध विकास, संरक्षण तथा संवद्र्धन,
३. विधागत सांस्कृतिक प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन तथा संचालन,
४. नागरिक समाजलाई सांस्कृतिक जनचेतना प्रवाह,
५. सांस्कृतिक सम्पदाको समुचित दोहन गर्दै सांस्कृतिक पर्यटन विकास,
६. स्थानीय निकायदेखि राट्रिय निकायमा तोकिएको कानुनी प्रावधानलाई प्रभावकारी कार्यान्वयन,
७. पुरस्कार र दण्डको प्रभावकारिता,
८. संचार माध्यमहरूको उचित परिचालन आदि ।

अन्त्यमा, यहाँ त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि संस्कृति विषय प्राध्यापन गदै केन्द्रीय बिषय समितिमा समेत रहनुभएको छ । त्रि.विको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने विश्वविद्यालयमा संस्कृति विषय पढ्ने विद्यार्थी शून्य प्रायः हुन थालेका छन् । यस विषयमा यहाँहरुजस्तो प्राध्यापकहरुको सोच के छ ?

शिक्षा समयसापेक्ष क्रियाशील ढंगले परिमार्जिन तथा समाजको आवश्यकतालाई छोप्ने खालको हुनु पर्दछ । लामो समय अध्ययन तथा उपयोग गर्नु भन्दा छिटो छरितो ढंगले आयआर्जन गर्नसकिने विषय बढी लोकप्रिय भएकाले यस विषयप्रति आकर्षण कम भएको देखिन्छ । संस्कृति भनेको घर, परिवार, समूह तथा समाजको परम्परागत मूल्य र मान्यता हो । यो बिना समाजमा समायोजन तथा रूपान्तरण संभव छैन ।
तसर्थः विभिन्न विधामापनि यसलाई समावेश गर्नुपर्ने आवश्यकता छ । जस्तै ः चिकित्सा विज्ञानका विद्यार्थीलाई पनि समाजको मूल्यमान्यता आवश्यक छ । त्यसैगरी व्यवस्थापन, शिक्षा, कानुन आदि संकायमा पनि आवश्यक तत्वको समावेश गर्नुपर्ने चर्चा छ । यसलाई प्रभाककारी गर्न सकेमा विषयगत ज्ञानको सानै अनुशासन तथा नीतिगत आधारबारे पनि ज्ञान प्रदान गर्न सकिने छ । विद्यालय तहदेखि पठनपाठन तथा विशिष्ट ढंगले रोजगारका अवसरहरूपनि सिर्जना गरिनु पर्दछ । यसले थप आकर्षण प्रदान गर्ने छ ।

जय संस्कृति!


यो समग्री नेपाल१२३.com मा पुरै पढौं