८ चैत, काठमाडौं । रंगहरुको पर्व होली तराई बाहेक पहाडी क्षेत्रमा मंगलबार मनाइंदै छ । तर, होलीको रंगमा रंगिन काठमाडौंका स्कुल कलेजका विद्यार्थीले भोलिसम्म कुर्नै सकेनन् ।
धेरै कलेजमा सोमबार नै होलीको ठूलो रौनक देखियो । होलीको शुभकामना साट्दै आफ्ना ‘क्लासमेट’ र शिक्षकहरुसँग खेलेको कलेजका परिसरदेखि सडकसम्म पोखियो ।
मंगलबार होलीको सार्वजनिक विदा भएकाले सोमबार नै आफ्ना साथीसँग होली खेल्नुको विकल्प विद्यार्थीहरुसँग थिएन । रंग दलेर आत्मियता साट्ने पर्व मनाउन विद्यार्थीहरु जति लालाहित देखिए, उनीहरुका शिक्षक पनि त्यसबाट अछुतो रहेनन् ।
निस्फिक्री साथिसँगै रंग खेल्दै धेरैले भने ‘बुरा मत मानो होली है’ । तर, भोलि नै खेलौंला भन्ने साथि पनि रंगको निशनाबाट जोगिन सकेनन् । कलेजहरुमा सुनियो-के को भोलि, लेट्स प्ले होली’ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment