Monday, March 21, 2016

बेलायत बस्ने नेपालीले पर्यटन प्रवर्द्धनमा एक करोड लगानी गर्ने

८ चैत, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा एक करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका बेलायत बस्ने नेपाली व्यवसायीहरुले नेपाली चिकित्सकहरुलाई लक्षित गरी मोबाइल एप सञ्चालनमा ल्याउने भएका छन् । स्वास्थ्य मन्त्रालयले एप सञ्चालनका लागि स्वीकृति दिने आश्वासन पनि दिइसकेको छ ।

ब्रिटेन नेपाल चेम्वर अफ कमर्सको टोलीले ‘द ओसीआर’ नामक एप सञ्चालनमा ल्याउन लागेको हो । बेलायतमा लामो समयदेखि बसेर सफल व्यवसायी बनेका डा. कपिल रिजालले विरामीहरुको उपचारमा नेपाली चिकित्सकलाई कुनै कठिनाइ भए यो एपमार्फत् सिधै बेलायतका चिकित्सकहरुबाट सल्लाह लिनसक्ने बताए ।

ओम अस्पतालका अध्यक्ष डा. भोला रिजालले चिकित्सकहरुका लागि  एप आउन लागेको खबरले आफूलाई निकै खुसी लागेको बताए । उनले भने, ‘यो एप हामीले फेसबुक चलाएजस्तै हो । तर काउन्सीलमा दर्ता गरेपछि सम्बन्धित चिकित्सकहरुका बीचमा मात्रै कुरा आदान प्रदान हुन्छ ।’

स्वास्थ्य संस्थाको सुधारसँगै डा. कपिल रिजाल नेतृत्वको टोली नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकृय छ । डा. रिजाल र बेलायतका लागि पर्यटन प्रतिनिधि रहेका पशुपति भण्डारीले विभिन्न तह र तप्काका मन्त्री, सचिव तथा उद्योगी व्यापारीहरुसँग यसबारे छलफल समेत गरेका छन् ।

नेपाललाई लगानी मैत्री वातावरण बनाउन नेपालका परराष्ट्रमन्त्री कमल थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी र स्वास्थ्य मन्त्री रामजनम चौधरीसँग छलफल गरेका छन् ।

सुरुवाति चरणमा गोरखामा एक करोड लगानी गर्ने बेलायतमा बसेर व्यवसाय गर्दै आएका पशुपति भण्डारीले बताए । नेपालीलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यसहित सुरु गरीने लगानी गरिव तथा जेहेन्दार परिवारप्रति लक्षित रहेको उनले जानकारी दिए ।

उनले भने, ‘नेपाली युवा युवतीको विदेश यात्रा रोक्ने र नेपालमै काम गर्ने वातावरण बनाउनका लागि एक करोडबाट ईन्भेष्ट तय गरेका छौं । यसलाई आगामी दिनमा बृद्धि गर्दै लैजाने योजनासहित नेपाल आएका हौं ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment