Wednesday, April 13, 2016

सलमानको ध्यान तान्न मोडलले खोलिन् कपडा

बलिउडका चर्चित नायकहरुको ध्यान खिच्नका लागि यूवतीहरुले के सम्म गर्दैनन् । एक मोडलले अहिले यस्तै एउटा हर्कत गरेकी छिन् । भारतीय मिडियामा ‘दबंग ३’ नायिका पर्ल राहको टपलेस तस्बिर सार्वजनिक भनेर समाचार आएको थियो ।

१८ बर्षकी पर्ल सलमानको नजिकको साथी हुन् र उनी खानसँग सम्पर्कमा रहेको चर्चा भयो । तर, यो सबै हल्ला मात्र रहेको पुष्टी भएको छ । सलमानको मुख्य भूमिका रहने ‘दबंग ३’का लागि लण्डनकी मोडल पर्ल मुख्य भूमिकामा रहेको चर्चा भएपनि अहिलेसम्म नायिका पक्का नभएको पुष्टी भएको छ ।

लण्डनमा बस्दै आएकी पर्लले चर्चामा आउनका लागि मात्र आफ्नो टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् । सलमानको ध्यान खिच्नका लागि पर्लले यस्तो उपाय अपनाएको र उनको सलमानसँग चिनजान पनि नभएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिन्दुरे जात्रामा यसरी रंगियो थिमि, हेर्नुस् ९ तस्वीर

२ वैशाख, भक्तपुर । मध्यपुरथिमि क्षेत्रमा बिहीबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।

१.

Sindur Jatra (1)

पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

२.

Sindur Jatra (2)

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

३.

Sindur Jatra (6)

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

४.

Sindur Jatra (3)

५.

Sindur Jatra (4)

६.

Sindur Jatra (5)

७.

Sindur Jatra (7)

८.

Sindur Jatra (8)

९.

Sindur Jatra (9)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पोखराका होटलमा ८० अर्ब लगानी, चार अर्ब थपिँदै

२ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालित होटलमा अहिलेसम्म ८० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यही वर्ष ४ अर्बको लगानी थपिँदै छ ।

नयाँ वर्षको प्रारम्भमै प्रधानमन्त्री केपी ओलीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् । ठेकेदार चिनियाँ सीएएमसी इञ्जिनियरिङ कम्पनीले चार वर्षभित्र विमानस्थल निर्माण सम्पन्न गर्ने बताएको छ । अन्तरराष्ट्रिय विमानस्थल बनेपछि पोखरामा विदेशी पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

विमानस्थल बनेसँगै पर्यटकको संख्या बढेमा अहिले सञ्चालनमा रहेका होटलहरुले नपुग्ने निश्चित छ । केही होटलबाहेक अहिले सञ्चालनमा रहेका अधिकांश होटलहरुले सुरक्षा संवेदनशिलता भएका विशिष्ट पर्यटकलाई सेवा दिन सक्दैनन् ।

नयाँ विमानस्थलसँगै पोखरामा प्रयाप्त पाँचतारे होटलको आवश्यकता महशुस गरिएको छ । विमानस्थल शिलान्यासमा आएका प्रमुख दलका शीर्ष नेताहरुले पनि तारे होटलहरुको संख्या बढाई र सेवा सत्कारको गुणस्तर सुधारेर धेरै भन्दा धेरै पर्यटकको सेवाका लागि तयार रहन सुझाव दिएका छन् ।

अहिले पोखरामा वाषिर्क सवा लाख विदेशी पर्यटक आउँछन् । विमानस्थल सञ्चालनमा आएपछि यो संख्या १५ गुनाले बढ्ने सांसद रविन्द्र अधिकारीको ठम्याइ छ । पर्यटकको संख्या १५ गुनाले बढेमा होटलको संख्या पनि त्यही अनुरुपमा बढाउनुपर्ने हुन्छ ।

ठूला घरानाको आकर्षण 

पोखरामा पछिल्लो समय होटलमा लगानी हृवात्तै बढेको छ । होटल व्यवसायमा लगानी गर्न खोज्नेहरुको पहिलो रोजाइ पोखरा बनेको छ । पोखरामा स्तरीय तारे होटलको अभाव महसुस भइरहेका बेलामा ठूला व्यवसायिक घरानाले लगानी गर्ने घोषणा गरिसकेका छन् ।

लगानी घोषणा गरेर पनि निर्माण सुरु नगरेका यी घरानाले विमानस्थल निर्माण सँगसँगै होटल बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

Hotel-Middle-Path,-Pokhara-पोखरामा चारतारे होटल खोल्ने घोषणा गरेको लक्ष्मी समूहले लगानीको उपयुक्त समय पर्खिएर बसिरहेको थियो । विमानस्थलको शिलान्यासँगै होटल बनाउने उपयुक्त समय आएको लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले बताए । लेकसाइडमा होटल खोल्न चाहिरहेको लक्ष्मी समूहले चारतारे होटलका लागि करीब दुई अर्ब लगानी गर्नेछ ।

यसैगरी सोल्टी होटलले छिट्टै ४ तारे होटल निर्माण गर्ने बताएको छ । अहिले नेपालगञ्जमा चारतारे होटल बनाइरहेको सोल्टीले दोस्रो प्राथमिकतामा पोखरालाई राखेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्यले बेगनासमा रिसोर्ट सञ्चालनको तयारी गरिरहेको बताएका छन् । रिसोर्टका लागि उनले जग्गा समेत खोजेर तयारी अवस्थामा राखिसकेका छन् ।
डलर अर्बपति विनोद चौधरीले पनि पोखरामा तारे होटल खोल्नका लागि जग्गा खोजिरहेका छन् । उपयुक्त जग्गा पाउनासाथ होटल निर्माण गर्ने पक्षमा उनी छन् ।

भर्खरैमात्र उनले चितवनको मेघौलीमा मेघौली सराई लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएका छन् । जुन रिसोर्टको व्यवस्थापनको जिम्मा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड ताज सफारीले लिएको छ ।

व्यवसायिक घरानाले होटल निर्माण सुरु गरेमा करीव १० अर्ब रुपैयाँ लगानी थपिने देखिन्छ । यी घरानाले ४ र ५ तारे होटल बनाउने योजना बनाइरहेका छन् ।

यस्तो छ पोखरामा होटलको अवस्था 

अहिले पोखरामा ४ सय पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरत पराजुलीले बताए । यी होटलमा करिव ९ हजार रुमहरु छन् ।

अहिलेसम्म यहाँका होटलमा २० हजार रुमहरु उपलब्ध रहेको अध्यक्ष पराजुलीले बताए । अहिले सञ्चालनमा रहेका होटलहरुले दैनिक २५/३० हजार पर्यटकलाई सेवा दिन सक्छन् ।

‘पोखरामा होटल बनाउने क्रम हृवात्तै बढेको छ, ३/४ अर्ब लगानीका होटलहरु निर्माण भइरहेका छन्’ अध्यक्ष पराजुलीले भने- ‘तर, नयाँ बन्न लागेका अधिकांश होटलहरु २५ देखि ८० रुमका मात्र छन् ।’

पोखरामा फूलवारी रिसोर्ट र पोखरा ग्रान्ड होटल गरी दुईवटा पाँचतारे होटल सञ्चालनमा छन् । अझै रिसोर्ट प्रकृतिका तीनवटा पाँचतारे होटलको आवश्यकता रहेको अध्यक्ष पराजुलीको भनाइ छ । पोखरामा खर्चालु र विशिष्ट खालका पर्यटक राख्ने होटलको अभाव रहेको उनले बताए ।

hotel-pokhara-grandeपोखराका होटलमा लगानी बढे पनि एउटै स्तरका होटलहरुमात्र बनिरहेको पराजुली बताउँछन् । यस्ता होटलले गुणस्तरीय पर्यटक भित्राउने भन्दा पनि आपसी प्रतिस्पर्धामात्र बढाउने पराजलुीको बुझाइ छ । उनका अनुसार पोखरामा ठूलो क्षेत्रफलमा फैलिएका भिल्लासहितका रिसोर्ट आवश्यक छ ।

पोखरामा रिसोर्ट विनाका होटलहरु पर्याप्त भएको हुँदा नयाँ लगानी गर्नेहरुले रिसोर्ट टाइपका होटलहरु बनाउनुपर्ने पराजुलीको जोड छ ।

ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेका अनुसार करिव ५० वटाको हाराहारीमा नयाँ होटल तत्कालै सञ्चालनमा आउँदैछन् । भूकम्प र नाकाबन्दीका कारण यी होटल सञ्चालनमा आउन ढीला भएको उनको भनाइ छ ।

निर्माणाधीन नयाँ होटलहरु 

भूकम्प र नाकाबन्दीको बिचमा पनि गएको वर्ष पोखरामा करिव एक दर्जन होटल सञ्चालनमा आएका छन् । सराङकोटमा कर्ण शाक्यको हिमालय फ्रन्ट रिसोर्ट, हलनचोकमा होटल गुडवील, जलमाजल, पुम्दीभुम्दीमा दी प्याभिलियन हिमालयज रिसोर्ट, रुपाकोट रिसोर्ट लगायत गतपर्ष वर्ष सञ्चालनमा आए ।

पोखरा भ्यालीमा जग्गा महंगो र अभाव भएका कारण नयाँ लगानीकर्ताको आकर्षण डाँडाकाँडातिर देखिएको छ

हिमालय फ्रन्ट रिसोर्ट, दी प्याभिलियन हिमालयज र रुपकोट रिसोर्ट खर्चालु पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । बाँकी निर्माणाधीन होटलहरु भूकम्प र नाकाबन्दीका कारण सञ्चालनमा आउन ढिलाइ भएको हो । यो वर्ष यी होटलहरु सञ्चालनमा आउने ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक पाण्डे बताउँछन् ।

पछिल्लो समय पोखरा भ्यालीबाहिर पनि होटलहरु निर्माण गर्ने क्रम बढेको छ । पोखरा भ्यालीमा जग्गा महंगो र अभाव भएका कारण नयाँ लगानीकर्ताको आकर्षण डाँडाकाँडातिर देखिएको छ । डाँडाकाँडा दृश्यालवकोनका लागि उत्तम हुने हुँदा पर्यटक समेत त्यस्ता ठाउँमा बस्न रुचाउँछन् ।

सराङकोट डाँडामा दुईवटा तारे होटल बनिरहेका छन् । धनाढ्य पर्यटक भित्राउने लक्ष्यसहित जापानीज र नेपाली लगानीकर्ताले दुईवटा होटल बनाइरहेका छन् । सराङकोटका दुई होटलमा करीव एक अर्ब रुपैयाँ लगानी हुने अनुमान संघका अध्यक्ष पराजुलीको छ ।

Pokhara-Japanise-Hotelजापानी लगानीकर्ताले बनाउन लागेको सराङकोटको होटलमा पोखराबाट केवलकारमा ग्राहकहरुलाई होटलसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य राखिएको छ । यो होटल पोखराकै नमूना होटलका रुपमा स्थापित हुने छ ।

राजधानी र पोखरामा तारे होटल चलाइरहेको सांग्रिला होटल चलाइरहेको सांगि्रला होटल एन्ड रिसोर्टले पोखराको बेगनासस्थित पचभैयामा ५० अर्ब लगानीमा ‘द लस्ट होराइजन रिसोर्ट’ खोल्ने तयारी गरिरहेको छ ।

यो रिसोर्टमा ४० वटा विश्वस्तरीय कटेजहरु रहनेछन् । यो रिसोर्टमा प्रतिरुम करबाहेक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म बिक्री गरिने भएको छ ।

खासगरी बेगनास तला, रुपाताल, विश्व शान्ती स्तुपा, सराङकोट, पामे साइटमा होटल तथा रिसोर्ट खुल्ने क्रम जारी छ । तारे होटल बनाउने लगानीकर्ताले लेकसाइड भन्दा बाहिर जग्गा खोजिरहेका छन् । लेकसाइडमा ठूलो क्षेत्रफलमा बनाइने होटलका लागी जग्गा पाउन मुस्किल पर्छ ।

बहुराष्ट्रिय ब्रान्ड भित्राउनुपर्छ 

पोखराको पर्यटनलाई गति दिनका लागि विदेशी बहुराष्ट्रिय ब्रान्ड आवश्यक रहेको संघका अध्यक्ष पराजुली बताउँछन् । पछिल्लो समय राजधानीमा केन्द्रीत भएका अन्तर्राष्ट्रिय चेनहरु पोखरामा पनि ल्याउन सकेमा यहाँको पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यावसायीको छ ।

पोखरामा अधिकांश होटलहरु पारिवारिक रुपमा चलिरहेका छन् । कर्पोरेट रुपमा सञ्चालनमा रहेका होटलहरु निकै कम रहेका छन् । जसले गर्दा पोखरा गुणस्तरीय पर्यटक भित्राउन चुकिरहेको छ ।

अर्बपति विनोद चौधरीले पोखरामा रिसोर्ट खोले पनि अन्तर्राष्ट्रिय चेनलाई भित्राउने छन् । जसले धनाढ्य पर्यटक भित्राउन सहयोग पुग्नेछ । पोखरामा अहिलेसम्म विदेशी चेन टिक्न सकेका छैनन् । एशियाकै चर्चित मानिने फुलवारी रिसोर्टमा पटक-पटक विदेशी चेन व्यवस्थापन सम्हाल्न आए पनि टिक्न सकेका छैनन् ।

बहुराष्ट्रिय कम्पनीको सञ्जाल विश्वभर फैलिएको हुँदा मार्केटिङमा सहज हुन्छ । यी कम्पनीले आफुलाई आवश्यक ग्राहक आफै खोज्छन् । यिनीहरुको सञ्जालबाट विश्वभर भ्रमण गर्ने पर्यटकको सानो हिस्सामात्र नेपाल ल्याउन सकेमा नेपाली पर्यटन व्यवसायले फड्को मार्छ ।

लेकसाइट बाहिर फैलन जरुरी 

पोखरालाई पर्यटकीय नगरी भनेपनि यहाँको पर्यटन लेकसाइडमा मात्र केन्दि्रत रहेको छ । लेकसाइडको विकल्पमा सराङकोट र हृवाइट गुम्बा बाहेक तेस्रो ठाउँ छैन । जसले गर्दा होटल व्यावसायी पनि लेकसाइडमै केन्द्रित छन् ।

Pokhara Lakesideलेकसाइडमा थोरै जग्गा लिएर भवन बनाई ४०/५० रुमका होटल बनाउने क्रम बढेपछि यहाँको पर्यटन खुम्चिएको छ । यही कारण पोखरामा रिसोर्ट टाइपका तारे होटलहरुको संख्या कम भएको पराजुली बताउँछन् ।

अब लेकसाइड बाहिर पर्यटन विस्तारमा लाग्नुपर्ने पराजुलीको भनाइ छ । नयाँ विमानस्थल बनेपछि त्यहाँ पाँचतारे होटल बनाउनैपर्छ । यो विमानस्थलले पोखराको पर्यटन बहुआयामिक हुने विश्वास उनको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसरी पाँच मिनेटमै बढाउनुहोस् वाईफाईको स्पीड

वाईफाई एक प्रकारको चुम्बकीय तरंग हो जसले एउटा निश्चित दुरीसम्म इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन सक्छ । तर केही यस्ता कारणहरु छन् जसले यसको तरंग (सिग्नल) कमजोर हुन्छ र इन्टरनेट एकदमै ढिलो चल्दछ ।

तर शक्तिशाली वाईफाई सिग्नलले तपाईलाई तिव्र गतिमा इन्टरनेट उपलब्ध गराउँछ र यसको काम पनि तिव्र हुन्छ । यसकारण वाईफाईको सिग्नललाई बलियो बनाउन आवश्यक हुन्छ । यहाँ वाईफाई सिग्नल शक्तिशाली बनाउने केही टिप्सको बारेमा छलफल गरिनेछ जसले तपाईको घर र कार्यालयमा तिव्र गतिको इन्टरनेट चलाउन सक्नुहुनेछ ।

सामान्यतः सबै राउटरमा बाहिरी भागमा एन्टिना लगाइएको हुन्छ जसलाई मिलाएर पनि सिग्नल सुधार्न सकिन्छ । कहिलेकाँही एन्टिना खुकुलो भएर तलतिर निहुरेको हुन्छ, यसलाई ठाडो बनाउँदा सिग्नल राम्रो आउन सक्छ ।

कुनै राउटरहरु दुई एन्टिना भएका पनि हुन्छन् । यस्ता राउटरको यदि दुवै एन्टिना फरक फरक दिशामा भयो भने सिग्नल राम्रो नहुन सक्छ । यसकारण दुईवटा एन्टेना भएका राउटरको दुवै एन्टेना एउटै दिसामा बनाउनुपर्छ ।

यदि तपाईंको राउटरबाट रामे सिग्नल आइरहेको छ भने राउटर नचलाउनुहोस् ।

राउटरलाई बढीभन्दा बढी उचाइमा राख्दा इन्टरनेटको स्पीड बढी हुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

के तपाईलाई थाहा छ कार्ल मार्क्सबारे यी रोचक तथ्यहरु

राजनीति, अर्थशास्त्र र समाजशास्त्रका विद्यार्थीका लागि कार्ल मार्क्स कुनै नौलो नाम होइन । तर उनीसँग सम्बन्धित केही रोचक तथ्यबारे भने थोरै मानिसलाई मात्रै थाहा हुन सक्दछ । के के हुन त मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?

तथ्य नं. १
कार्ल मार्क्सलाई प्राय समाजवादमा जनक भनेर थेरैले चिन्ने गरेका छन् । यो कुरा विल्कुल मिथ्या हो । उनी भन्दा पहिला नै समाजवाद भन्ने शब्द सत्रौं तथा अठारौं सताब्दीका युरोपेली विद्वानहरुले प्रयोगमा ल्याएका थिए । राजतन्त्रका कारण निकै पिछडिएको समाज तथा मानिसको खस्कँदो जीवनस्तर देखेर रुसो, क्याबेट, फूरियर तथा प्रध्वा जस्ता लेखकहरुले एउटा आदर्श राज्य व्यवस्थाको कल्पना गर्दै थुप्रै लेख लेखेको पाइन्छ । र, त्यस्ता लेखहरुमा समाजवादको वकालत गरिएको पनि छ ।

यसरी उनी भन्दा पहिला नै समाजवादीहरु थिए तर उनीहरुलाई मार्क्सले काल्पनिक समाजवादी भनिदिए भने आफू अलि वैज्ञानिक समाजवादको पक्षमा रहेको कुरा आफ्ना लेखमार्फत् व्यक्त गरिदिए ।

तथ्य नं. २
मार्क्स स्वअध्ययनले मात्रै दार्शनिक थिएनन् बरु उनले त दर्शनशास्त्रमा जेना विश्वविद्यालयबाट विद्यावारिधि पनि गरेका थिए । उनले विद्यावारिधिको डिजर्टेसन अणु, समय तथा पुच्छ्रेताराबारे ग्रिकका वैज्ञानिक डेमोक्रिटस र इपिक्युरसले व्यक्त गरेका विचारमा केन्द्रित थियो । ‘द डिफरेन्स् विटविन द डेमोक्रिटियन एण्ड इपिक्युरियन फिलोसोफी अफ नेचर’ शीर्षकको थेसिस लेखेबापत उनलाई सन् १९४१ मा डाक्टर अफ फिलोसोफीको उपाधि प्रदान गरिएको थियो ।

तथ्य नं. ३
शास्त्रीय विद्वानजस्तै कार्ल मार्क्स पनि कला, साहित्य तथा संगीत भनेपछि हुरुक्कै हुन्थे । आफू जवान हुँदादेखि नै मार्क्सले नाटक लेख्ने गर्दथे भने उनले पछि आफू नाट्य समालोचक हुने कुरा पनि गर्दथे । उनले करीव १५ वटा जति कविता पनि लेखेका थिए जसमध्ये धेरै जसो आफ्नी जीवन संगिनी जेनी मार्क्सप्रति समर्पित थिए र उनका अनन्य मित्र एंगेल्ससँगसगैं कविता पनि लेख्ने गर्दर्थे ।

तथ्य नं. ४
कार्ल मार्क्स आफ्नो परिवारप्रति निकै बफादार तथा प्रतिबद्ध थिए । आफ्ना परिवारका सदस्यका साथै मित्रहरुसँग निकै खुशी तथा आत्मीयताका साथ रहने हुनाले मार्क्सलाई सबैले निकै माया गर्दथे । उनको यस्तो मायालु तथा प्रीतिकर स्वभावका कारण परिवार तथा साथीभाइले काले भनेर पनि सम्बोधन गर्दथे किनभने उनको छाला कालो थियो ।

तथ्य नं. ५
रमाइलो तथा हाँसीमजाक गर्ने र असल स्वभावका मार्क्सको स्वास्थ्य भने त्यति राम्रो थिएन । उनलाई कलेजोको समस्याका साथै बाथको पनि समस्या थियो । निन्द्रा नलाग्ने, टाउको दुख्ने र शरीरमा बारम्बार खटिरा देखिने रोग पनि उनीसँग थियो । शरीरको तल्लो भागमा देखिने खटिरा निकै दुख्ने गर्दाले उनलाई कहिलेकाहीं बस्न तथा आराम गर्न निकै कठिनाई हुने गर्दथ्यो । एकपटक यस्तै दुखाईका कारण आफ्नो महत्वपूर्ण किताब पुँजी लेख्ने कामलाई पनि थाति राखेका थिए । शरीर अति दुख्दा उनले आर्सेनिक वा ओपियमलाई पेन किलरका रुपमा प्रयोग गर्ने गर्दथे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बालविवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरीपछि विवाह रोकियो

जाजरकोट, २ वैशाख । यहाँकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ ।

जिल्लाको मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब, वडा नागरिक मञ्चमा जबर्जस्ती बालविवाह गराउन खोज्ने आमाबाबाविरुद्ध उजुरी दिएपछि बुधबार विवाह रोकिएको छ । विनिताको दैलेख जगनाथ–३ का २० वर्षीय मिलन विकसँग मागीविवाह गर्न लाग्दा विवाह रोकिएको मजकोट–३ नं वडा नागरिक मञ्चका अध्यक्ष वीरबहादुर शाहीले जानकारी दिए ।

विनिताका बाबु सगते विकले एसएलसी दिएर बसेकी छोरीलाई जन्ती ल्याएर जबर्जस्ती विवाह गाउन खोजेपछि विनिताले प्रतिकार गर्दै अधिकारकर्मी गुहारेको बताउनुभयो । उमेरै नपुगी विवाह गर्न राम्रो होइन भनी छोरीले बाबुलाई भने पनि ‘म बाबु हुँतैँले भनेर हुन्छ विवाह गर्नैपर्छ राम्रो इष्ट आएका छन्’ भनी जबर्जस्ती विवाह गराउन लाग्दा इलाका प्रहरी कार्यालय पञ्चाला, बडा नागरिक मञ्च र बालसञ्जालको संयुक्त प्रयासमा विवाह रोकिएको स्थानीय पत्रकार काँसी न्यौपानेले बताए ।

दुवै तर्फका अभिवावकलाई सम्झाई–बुझाई विवाह रोकिएको बालसञ्जालका अध्यक्ष भवीन्द्र थापाले बताए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसरी मात्र लिन सक्छ नयाँ वर्षले नयाँ गति

सधैंझै नयाँ बर्ष आउने गर्छ, आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ । आगामी दिन सबैको शुभ होस्, उन्नती-प्रगती, सुख-शान्ति होस् जस्ता अनेकन शब्दावली प्रयोग गरेर आत्मियता, मित्रवत सम्बन्ध देखाईन्छ । पक्कै पनि भविष्यप्रति सकारात्मक हुनु आफैमा सकारात्मक सोच, मान्यता, दृष्टिकोणको विकास गर्नु अवस्यनै राम्रो हो । प्रत्येक नागरिक र देश चलाउने नेतृत्व पंक्तिले भविष्यलाई सकारात्मक तवरबाट हेर्नै पर्छ तथापि विगत र वर्तमानको यथार्थतालाई पनि नजर अन्दाज भने गर्नु हुँदैन । विगत र वर्तमानबाट निश्चित पाठ सिकेर आगामी दिनका लागी निश्चित अठोट र आत्मविश्वासका साथ योजनाबद्ध ढंगबाट अगाडी बढ्न सकेमा मात्र नागरिकको व्यक्तिगत जीवन र देशको रुपरेखा बदल्न सकिन्छ ।

यति भनिरहँदा विगतमा नेपालमा भएका अनेकन राजनैतिक परिवर्तनहरुबाट जनता र देशको रुपरेखा त केही हदसम्म बदलिए होला तर विदेशी परनिर्भरता, विचलन, व्यक्तिगत स्वार्थ, वैदेशिक हस्तक्षेप, सुशासनको कमि, भ्रष्टाचारको बिगबिगी, नेतृत्वमाथि विश्वासको कमि, ईमान्दारिता र अनुशासनको कमि जस्ता कुराहरु दिन प्रतिदिन बढ्दै गएको जो कोहीले महशुष सजिलै गर्न सकिन्छ ।

कम्तीमा राणाहरु र पंचायती शासकहरु त देशको राष्ट्रिय अखण्डता, सार्भभौमसत्ता, आत्मनिर्भरता जस्ता कुराहरुमा सचेत थिए तर वर्तमान समयमा आफुलाई प्रजातन्त्र र लोकतन्त्रको ठेकेदार मान्ने शासकहरु पदलुप्तता, व्यक्तिगत स्वार्थ र हैकमवाद, विदेशी ईशारा र भक्तीभाव, परनिर्भरता र नेतृत्व क्षमताको कमि जस्ता अनेक मनोदशाबाट ग्रस्त भएर देशलाई नै विदेशीको शरणमा भित्र-भित्रै जिम्मा दिएको झै आभाष र गतिविधी बढिरहेको छ ।

प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र आफैमा जादूको छडी र परिवर्तन एवं समृद्धीको कडी हैन । यो त केवल शासन पद्दती मात्र हो, आफैमा वरदान होईन । यो तव वरदान सावित हुन्छ जव शासनको बागडोर सम्हाल्ने वर्ग र यो व्यवस्थामा आस्था र भरोसा राख्नेहरुले अवलम्बन गर्ने नीति, कार्ययोजना र दुरदर्शीतापुर्ण कार्यव्यवहारले देखाउने परिणाम देश र जनताको जीवनस्तर उकास्ने र देशलाई आत्मनिर्भर एवं शान्ती, सुरक्षा र अमन-चयन कायम गर्न सक्ने अवस्था देखिन्छ तव मात्र यस किसिमको राजनैतिक व्यवस्थाको औचित्य र महत्व उल्लेखनिय हुन्छ । अन्यथा एक दलीय निरंकुश शासन भनिने मुलुकहरुमा समेत जनताको जनजिविका राम्रो र उन्नत छ भने त्यसलाई उपयुक्त मान्न सकिन्छ । केवल बोल्न र भुक्न पाउने प्रजातन्त्र र चाकडी गर्नु पर्ने लोकतन्त्रको कुनै अर्थ र महत्व हुन सक्दैन ।

जनताले आफ्नै वैयक्तिक विकास र देशको समग्र विकास र उन्नती कायम गर्नको लागी पटक-पटक ज्यानको आहुति दिने बलिदानीपुर्ण त्याग र समर्पणबाट आएको लोकतन्त्र -गणतन्त्रमा केवल जनताको हित विपरित हुने काम मात्रै गर्न उद्दत नेताहरु र सत्तामा पुगे पछि व्यक्तिगत लाभको लागी जस्तोसुकै काम गर्न अघि सर्ने आचरणले गर्दा देश विदेशीहरुको प्रयोगशाला र रणसंग्राम अघोषित रुपमा भईरहेको छ । जनता र जनजिविकालाई प्राथामिकता दिदै काम गर्ने उद्घोषका साथ सत्ता सम्हालेका परिवर्तनगामी पार्टीकै उच्च नेतृत्वमा पुगेका सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने नेताहरु आज विश्वमा चर्चित अन्तर्राष्ट्रिय पत्रिकाहरुमा विश्वका अति भ्रष्ट र विलासिताको जीवन विताउनेको लाईनमा लाम्बद्ध हुनु लाजमर्दो कुरा हैन र ? यसको वारे कही कतैबाट बोल्ने र विरोध गर्ने साहस हुन नसक्नु र अझै पनि उनीहरुकै बोलीमा बोली मिलाएर परिवर्तन र विकाशको आशा गरेर बसिन्छ भने हामीहरु जस्तो पठलन्ठुहरु को हुन् सक्ला ? अझै नयाँ पार्टी र नयाँ शक्तीहरु भन्दै जनताहरुको आँखामा छारो हाल्न खोज्नु र त्यसमा विश्वास गरेर लाग्नु कति दुर्भाग्य होला हामी नेपाली जनताहरुको ? आफुलाई सक्कली प्रजातन्त्रवादीको दुहाई दिएर नथाक्ने पार्टी नदीनाला सबै भारतलाई नामसरी गरेर दिदा र भ्रष्टहरुलाई फुलमाला लगाएर फेरी नेतृत्वमा पुर्याउने र अझै उनीहरुको भाषणमा विश्वास गरेर बस्ने हामी जनता कति सोझा छौ विचार गरौ त !

सर्वहारा र श्रमजीवीको उत्थान गर्न भनि लागेको पुरानो नाममात्रको “कम्युनिस्ट” पार्टीको नेतृत्व समालेकाहरु देश-विदेशमा भ्रमण गर्दाको तडकभडक देख्दा र बेहुली लिन जन्ती गएको शैलीमा विदेश भ्रमण गर्ने एवं सामान्य ग्यास्ट्रिकको उपचार गर्न बेलायत, अमेरिकानै जानुपर्ने, सत्तामा पुगेर भत्तामात्रै पचाउन फुर्सद नभएका, भुकम्प जस्तो महाविपत्ती भएको एक बर्ष पुग्दा कानमा तेल राखेर बस्नेले कसरी सामान्य जनताको उत्थान गर्न प्रयासरत छन् ती पार्टी र विचारका नेताहरु भनेर हामी सर्वसाधरण जनताले बुझ्ने, आधार खै ? देशको बारे सानो निर्णय गर्दा भारत र चीनको डर र भयबाट ग्रसित बन्ने र अठोटपूर्ण र जनहितको निर्णय लिन नसक्ने आजका तमाम राजनैतिक नेताहरुले कसरी देशलाई समृद्ध र आत्मनिर्भर बनाउन सक्छन् भनि विश्वस्त हुन सकिन्छ । थोरै राजनैतिक निर्णय र परराष्ट्र सम्बन्धी निर्णय लिनु भन्दा पहिला भारतिय राजदुत र विभिन्न दुतावासहरुमा धाउने नेताबाट देशले के आशा गर्ने ?

देश विखण्डन गर्नेहरुलाई खुल्लमखुल्ला छोडि दिने, प्रजातन्त्रलाई के उत्कृष्ट व्यवस्था मान्ने ? यी र यस्तै प्रश्न र आक्रोसहरु तमाम जनताहरुको घर-आँगन र देश -विदेशमा बस्ने नेपालीहरुको रहेको छ । यती हुँदा पनि नेताहरुको चेत/होश खुलेको छैन । भारतले विना कसुर त्यती लामो समय आर्थिक नाकावन्दीबाट नेपालको अर्थतन्त्रलाई तहसनहस पारि दियो । लाखौ नेपाली दशकौ देखि भारतको सेवा गरिरहेका छन्, चाहे गोर्खाली पल्टनमा सेना भएर रगत र पसिना बगाएर होस् वा चाहे भारतिय कम्पनीहरुमा चौकीदार र वाचमेन भएर होस् वा निजी होटल र रेष्टुरेन्टमा काम गरेर होस् अनेक तवरबाट ज्यानको बाजी लगाएर काम गरिरहेका छन् । बेलायतले भारतमा शासन गरे देखे अहिले सम्म नेपालीहरुको धेरै रगत र पसिना भारतमा बगिरहेको छ त्यसको बदला भारतले दिनका दिन नेपाललाई लुटिरहेको छ । सिमा लुटेको छ, नदी-नाला लुटि सक्यो, लाखौ भारतियलाई नेपाली नागरिकता लिन सफल बनाएर नेपालको तराईलाई नेपालबाट अलग बनाएर लैजाने दाउमा तराईमा आन्दोलनको नाउँमा वितण्डा मच्चाएको छ । उसकै ग्राईण्ड डिजाईनमा तराईका विभिन्न राजनितिक पार्टीका नेताहरु विभिन्न अधिकार प्राप्तीको नाममा जनता भड्काउन लागी परेका छन् । तर हामी भारतले दुई चार वटा एम्बुलेन्स, दुई चार वटा स्कुल भवन र दुई चार अरव पैसा सहयोग गरेको देख्दैमा ताली पिटिरहेका छौ ।

यस्तै प्रवृती रहने हो र भारत लगायत अन्य देशहरुसँग निश्चित अडानको साथ निर्धक्क देशको सार्भभौमसत्ता जोगाउन र देशको अस्तित्व स्थापित गर्न नलाग्ने हो भने निकट भविष्यमा नै नेपाल विश्व मानचित्रबाट हराउन नसक्ला भन्न सकिदैन । अत: यस तर्फ सबै जनता सतर्क हुनै पर्छ र अहिलेका राजनैतिक दलहरु सुध्रिन नसके अन्य वैकल्पिक बाटो अपनाएर भएपनि नेपाल र नेपालीको अस्तित्व जोगाउनै पर्ने हुन्छ।

हाम्रो देश अथाह प्राकृतिक सौन्दार्यता र प्राकृतिक साधनहरुले भरिपुर्ण देश हो । नेपाल जलस्रोतको धनि देश, आकर्षक हिमाल, पहाड, नदीनाला, ताल, झरना, वनजंगल, सांस्कृतिक धरोहर,अनेकन खनिज पदार्थ र जागिरला युवाशक्ती भएको देश हो । यी सबै खाले प्राकृतिक स्रोत, सम्पदा, मानव संसाधनलाई उपयोग गर्न सके देशलाई विकास गर्न र जनताको जिवनस्तर उकास्न लामो समय कुर्नु पर्दैन । सबैले भन्दै आएको लगानीको समस्या छ नेपालमा भन्ने कुरा केही हदसम्म सत्य भएपनि पुर्ण सत्य भने हुन सक्दैन किनकी सरकारले उदार अर्थनिती र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीति-नियम निर्माण गरि कार्यान्वयन गर्ने हो भने विदेशमा बस्ने व्यवसायिक क्षेत्रमा आवद्ध नेपाली र विकसित देशका लगानी कर्ताहरुको ओहिरो नै लाग्न सक्छ । हामी धेरै टाढा जानु पर्दैन चीनले खुल्ला अर्थनिती लिएर विदेशी लगानी र विस्व बजारमा आफ्नो वस्तु तथा सेवाको प्रवेश बाट छोटो समयमै अमेरिका जस्तो शक्तीशाली देशलाई समेत झण्डै आर्थिक विकास र प्राविधिक विकासमा उछिनेर अगाडी बढ्न थालिरहेको छ ।

एशियाली मुलुकहरु जस्तै मलेसिया, दक्षिण कोरिया, कतार, दुवई लगायतका मुलुकहरुले पनि छोटो समयमा द्रुत आर्थिक विकास गरिरहेको देखिरहेका छौ । तसर्थ दृढ़ संकल्प र दुरदर्शी एवं लोभी-पापी नहुने नेताहरु हुन सक्ने हो भने देशको समग्र आर्थिक विकास हुन सक्छ । केवल देशको धरातलिय अवस्था र वर्तमान परिस्थितीलाई आधार बनाएर नेपालको विकास गर्न कठिन छ भन्नु, मात्र ईच्छा शक्ती र साहसको कमीले गर्दा हो । अन्यथा स्वीजरल्याण्ड जस्ता धेरै मुलुकहरु पहाडी र भुपरिवेष्ठित मुलुक भएर पनि विकसित मुलुक बनेका छन् । तसर्थ देशको भौगोलिक अवस्थालाई दोष नदिईकन त्यसबाट के कति लाभ लिन सकिन्छ त्यसमा विचार गरेर अनेकन विकासका कदम अवलम्वन गर्न सकिन्छ ।

नेपालमा सबैभन्दा राम्रो संभावना भनेकै टुरिजमको राम्रो विकास गरेर सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ र त्यसबाट आवस्यक कलकारखाना, उद्योगधन्दा स्थापना र संचालन हुन सक्छ जसबाट लाखौ युवाहरुले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी पाउन सक्छन् र नेपालबाट उत्पादित वस्तु तथा सेवा विश्व बजारमा निर्यात गरि थप आय आर्जन गर्न सकिन्छ। यसर्थ नेपालमा विकास गर्ने सबै खाले आधार हुँदाहुँदै पनि कुनै निश्चित जालोमा सबै राजनैतिक नेतृत्व वर्ग, कर्मचारीतन्त्र, नीति निर्माताहरु फसेको कारणलेनै देशले निकास र विकास पाउन सकिरहेको छैन । अव यस तर्फ सबै तह र तप्काबाट ध्यान दिनु जरुरी छ । हामी नेपालीहरुको ठुलो कमजोरी भनेकोकै आफ्नो आस्था रहेको राजनैतिक दलले गर्ने कमिकमजोरीमा बोल्न र औला ठड्याउन वा विरोध गर्न नसक्नु एवं नेतृत्वमाथि बढी भरोसा र अन्धभक्त रहनु नै हो ।

यस्तो प्रवृतीबाट नै नेपालका तमाम पार्टीका नेताहरुले जनतालाई गुमराहमा राखेर आफ्नो व्यक्तिगत स्वार्थमा जे पनि गर्न तयार रहे र उनीहरुले आफु एवं आफ्ना सन्तती, नातापाताबाहेक जनताहरुको समस्या र अभावमा कुनै चासो र समाधानको प्रयास गर्नै चाहेनन् । यसको ज्वलन्त उदाहरण त भूकम्पपछिको दिनमा भए, गरेका कामहरु र अहिले उनीहरु (भुकम्पपीडित वर्ग) को समस्या र पीडा अनि राज्यबाट देखाईएका वेवास्ताहरु नै काफी छ । यतिका धेरै विदेशबाट सहयोग र सद्भाव पाउँदा समेत ती पीडित वर्गले समयमै सामान्य ओत, भोटो र रोटो, औषधीमुलो नपाउनु कति सम्म राज्यको लज्जास्पद र निर्लज्ज काम होला । एक बर्षसम्म कानमा ठेडी कोचेर बस्ने, भाषणमा आकाशको चन्द्रमा धर्तिमै झारेर ल्याउने जस्ता मिठा र जोसिला कुरा गरेर कुनै अर्थ एवं उपलब्धी हुन सक्दैन ।

नेतृत्वमा हुनेले चर्को भाषण भन्दा पनि सुदृढ नेतृत्व क्षमता र ‘बोल्ड डिसिजन पावर’ हुनु आवस्यक छ । राम्रो कामको लागी कही कतैबाट विरोध र अवरोध आए पनि हिम्मतका साथ अघि बढ्न सक्ने आँट, साहस र लगाव हुनै पर्छ तर अहिलेको सरकारको पनि यस विषयमा निकै कमजोरी देखिएको छ । केही कतै सामान्य राम्रा कामहरु भए होलान् तर यस्ता कामहरु सत्ताको बागडोर सम्हाल्दा हुनु त्यति नौलो कुरा र ठूलो उपलब्धि हैन । जुन कामबाट जनताका तत्कालिन सरोकार र आवस्यकता सम्बोधन हुन सकेमा र दीर्घकालसम्म फाईदा दिन सक्ने योजनाहरु तर्जुमा र कार्यान्वयन हुने काम अगाडी बढ्न सकेमा, देशमा सुशासन र भ्रष्टाचारमा शुन्य सहनशीलता कायम हुन सकेमा र जनताको प्रतिव्यक्ति आय एवं जिवनस्तर सुधार हुन सकेमात्र त्यस्तो काम गर्न अभिप्रेरित सरकार र नेतृत्व पंक्तिलाई नै सबैले हार्दिकतापूर्वक स्वागत र प्रसंशा गर्दै अझै अघि बढ्न सहयोग एवं साथ दिनु सबैको कर्तव्य हुन आउँछ तर त्यस्तो किसिमको नौलो आयाम थप्ने काममा वर्तमान सरकार पनि अघि बढेको महसुस पटक्कै गर्न सकिएकाे छैन ।

अत: यो नयाँ बर्षमा आम नागरिक र नेतृत्व गर्ने नेताहरुको सवुद्धि पलाउन सकोस् । जनताको अभाव, पीडा र समस्यालाई सही रुपमा आत्मसात गरेर उचित तवरबाट समाधान गर्ने प्रयास अविलम्ब थालियोस् । विदेशीहरुको ईशारामा हैन की आफ्नो अन्तरआत्माबाट देशको वास्तविक धरातलमा टेकेर वास्तविक राष्ट्र हितका निर्णयहरु हुन सकुन । भाषणले जनताहरुलाई सपना बाँढ्नु भन्दा वास्तविक फिल्डमै काम गरेर देखाउने प्रवृतीको विकास हुन सकोस् । कम्तीमा ५ बर्ष सत्तामा पुग्नेलाई काम गर्न दिने वातावरण राजनितिक दलले सृजना गर्न सकून्।

राजनैतिक दल आपसी दुस्मनको रुपमा हैन की मित्रवत व्यवहार र सहकार्यबाट मुलुक निर्माणको महायज्ञमा समाहित हुन सकून् । भ्रष्टहरुलाई कडा कानुनी दायरामा ल्याएर कार्वाही गरियोस् र त्यस्ता आरोपित व्यक्ति अनि भ्रष्टाचारमा अपराधी घोषणा भई जेल सजायँ पाएकालाई सदाका लागि राजनीतिक नेतृत्वबाट मुक्त पार्ने पद्दतीको विकास होस् । खुमे, गोविन्दे र खुर्सानी माईला (चिरंजिवी) हरु जस्ता भ्रष्टाचारीहरु फेरि नेतृत्व सम्हालेर सत्तामा पुगी देश लुट्ने प्रयासहरु रोक्न जनता सफल बनून् । सबैको सहकार्य र सहअस्तित्वबाट नेपाल विश्वमै उत्कृष्ट मुलुक बन्ने अभियान अघि बढ्न सकोस् भन्दै सबैमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना छ ।
(हाल बाल्टिमोर मेरिल्याण्ड, अमेरिका)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शरीरको कुन अंगमा कोठी भए के हुन्छ ?

प्राय मानिसको शरीरको कुनै न कुनै भागमा कोठी हुनेगर्छ । कोठीलाई चिकित्सकीय भाषामा छालासम्बन्धी समस्याको रुपमा हेरिए पनि धर्मशास्त्रहरुले भने यसको विशेष अर्थ रहने विश्वास राख्छ ।

शरीरमा भएका कोठीहरुले मानिसको भाग्यको संकेत गर्ने विश्वास लिइन्छ । आउनुस्, आज हामी शरीरको कुन अंगमा कोठी भए कस्तो फल पाईन्छ भन्ने जानकारी दिँदैछौं ।

  • नाकमा कोठी भएमा विदेशयात्रा भइरहन्छ ।
  • कानमा कोठी भएमा अल्पआयुको संकेतको रुपमा बुझिन्छ ।
  • बायाँ गालाको कोठीले निर्धन बनाउन सक्छ ।
  • दाहिने गालाको कोठी धनवान हुने संकेत हो ।
  • निधारको दाहिने भागमा कोठी छ भने धन बढ्दै जान्छ भन्ने सोच्नुस् ।
  • निधारको देब्रेभागमा कोठी भए जीवन दु:खमा बित्नसक्छ ।
  • चिउँडोमा कोठी हुनेको स्त्रीसँग मेलमिलापमा समस्या आईरहन्छ ।
  • दायाँ आँखाको कोठीले स्त्रीसँग प्रगाढ प्रेमको संकेत गर्छ ।
  • बायाँ आँखाको कोठी निरन्तर चिन्ताको सूचक हो ।
  • माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक हुन्छन् ।
  • तल्लो ओठमा कोठी हुनेहरुलाई दु:खले कहिल्यै छोड्दैन ।
  • गर्धनमा कोठी हुनेहरुलाई आराम मिलिराख्छ ।
  • दाहिने छातीमा कोठी भए स्त्रीसँग सम्बन्ध भइरहन्छ ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुकमा तपाइँले पठाएको फ्रेण्ड रिक्वेस्ट कसले अस्विकार गर्यो ? एक मिनेटमै यसरी थाहा पाउनुस्

तपाइँले फेसबुकमा धेरै जनालाई फ्रेण्ड रिक्वेस्ट पठाउनुभएको होला । फ्रेण्ड रिक्वेस्ट पठाएका मध्ये धेरैजना साथी बनिसकेका होलान् तर कोही भने रिक्वेस्ट पठाएको लामो समय भैसक्दा पनि अझै साथी बन्न बाँकी होलान् ।

तपाइँले पठाएको फ्रेण्ड रिक्वेस्ट कुन कुन व्यक्तिले स्विकारेका छैनन्, के तपाइँलाई जानकारी छ ?

हो, हामीले धेरै मानिसलाई फेसबुक साथी बनाउनका लागि अनुरोध पठाएका हुनसक्छौँ र को चाहीँले एक्सेप्ट गरेको छैन भन्ने कुरा बिर्सिन्छौँ ।

कसैले तपाइँको रिक्वेस्ट अस्विकार गर्यो वा लामो समयसम्म पनि स्विकार गरेन भन्ने कुराको जानकारी फेसबुकले आफै नदिने भएकाले यस्तो समस्या हुन्छ । तर यदि अलिकति दिमाग चलाउने हो भने तपाइँले यो कुरा पत्ता लगाउन सक्नुहुन्छ ।

कसले तपाइँको फ्रेण्ड रिक्वेस्ट नजरअन्दाज गर्यो र कसले तपाइँको अनुरोधलाई अस्विकार गर्यो वा हटाइदियो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिले ब्राउजरमा गएर आफ्नो फेसबुक अकाउण्ट लगइन गर्नुहोस् । प्रोफाइल खोल्नुहोस् र त्यहाँ रहेको फ्रेण्डस् भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाइँले आफ्नो फेसबुकको फ्रेण्ड लिस्ट देख्न सक्नुहुन्छ । त्यहाँ माथि तपाइँले Friend Request नामक ट्याब देख्न सक्नुहुन्छ । सोही ट्याबमा क्लिक गर्नुहोस् ।

Friend Request ट्याबमा क्लिक गर्ने बित्तिकै नयाँ पेज खुल्नेछ । त्यसमा तपाइँलाई कस कसले फ्रेण्ड रिक्वेस्ट पठाएका छन् भन्ने सूचि आउनेछ ।

त्यहाँ नै तपाइँले View Sent Request नामक अप्सन पनि देख्नुहुनेछ । सोही अप्सनमा क्लिक गर्नुहोस् । क्लिक गर्नासाथ तपाइँले आफुले फ्रेण्ड रिक्वेस्ट पठाएका तर अहिलेसम्म एक्सेप्ट नगरेका वा तपाइँको रिक्वेस्ट इगनोर पनि गरि नसकेका मानिसहरुको प्रोफाइल देख्नुहुनेछ ।

तपाइँले पठाएकोफ्रेण्ड रिक्वेस्ट कसैले रिजेक्ट अर्थात् अस्विकार गरेको पनि हुनसक्छ । यो पनि पत्ता लगाउन सकिन्छ ।

यदि तपाइँले फ्रेण्ड रिक्वेस्ट पठाएको मानिसको नाम यदि तपाइँको फ्रेण्ड लिस्टमा पनि छैन र  Friend Request Sents नामक सूचिमा पनि छैन भने बुझ्नुहोस् उसले तपाइँको साथी बन्न गरेको अनुरोधलाई अस्विकार गरेको छ, अर्थात् तपाइँलाई हटाइदिएको छ ।

तपाइँलाई यसरी हटाएको मानिसको प्रोफाइलमा जानुभयो भने  Following लेखेको देख्नुहुनेछ र तपाइँले उसलाई पुनः फ्रेण्ड रिक्वेस्ट पठाउन सक्नुहुन्न । तथापि त्यस व्यक्तिले गरेका पब्लिक पोष्ट तथा तस्वीरहरु भने देख्न पाउनुहुन्छ ।

यदि तपाइँलाई आफ्नो रिक्वेस्ट लामो समयसम्म पनि स्विकार नगर्ने अर्थात् नाजवाफ भइरहने मानिससँग किन अनुरोध तेर्साइरहुँ भन्ने लाग्छ र कसैलाई पठाएको फ्रेण्ड रिक्वेस्ट रद्द गर्न चाहनुहुन्छ भने पनि सक्नुहुन्छ ।

तपाइँले रिक्वेस्ट पठाएको व्यक्तिको प्रोफाइलसँगै रहेको Friend Request नामक ट्याबमा क्लिक गर्नुहोस् । यसमा एउटा ड्रपडाउन मेनु खुल्नेछ त्यसको सबैभन्दा तल Cancel Request नामक अप्सन हुनेछ । सोही अप्सनमा क्लिक गरेसँगै तपाइँले कसैलाई पठाएको फ्रेण्ड रिक्वेस्ट फिर्ता गर्न सक्नुहुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भान्साबाट सल्किएको आगोले सिंगो घर जल्यो, साढे ८ लाखको क्षति

उर्लाबारी (मोरङ) : मोरङको गोविन्दपुर–१ मुसरभट्टी गाउँस्थित एक घरमा आज बिहान आगलागी हुँदा साढे आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

बिहान २ बजेतिर गोन्दिपुर–१ का रत्नबहादुर बस्नेतको भान्साघरबाट आगो सल्किदा भान्साघार, उनी बस्दै आएको घर, घरभित्र रहेको नगद एक लाख, अन्नपात, लत्ताकपडा, बाख्रा सातवटा जल्दा आठ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन्। आगोलाई प्रहरी, स्थानीयवासी र झापा दमकबाट गएको वारुणयन्त्रको सहयोगमा करिब ५० मिनेटपछि नियन्त्रणमा लिइएको थियो।

राति खाना खाएर आगोलाई राम्रोसँग ननिभाउँदा आगलागी भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

परीक्षामा देउवा : सक्लान् त विधान अनुसार पार्टी हाँक्न?

– रमेश वाग्ले

काठमाडौं : नेपाली कांग्रेसभित्र विधि र प्रक्रियाका विषय उठाएर नेतृत्वमाथि निरन्तर औंला ठड्याउने शेरबहादुर देउवा गत फागुन २४ गते आफैं सभापति निर्वाचित भए। त्यसको ठीक एक महिनामा पार्टी संसदीय दलको नेता पनि चुनिएपछि उनी कांग्रेसभित्र झन् शक्तिशाली बन्न पुगे।

२०५१ सालमा गिरिजाप्रसाद कोइरालादेखि २०७२ मा सुशील कोइराला सभापति रहँदासम्मको २१ वर्षमा कांग्रेसमा आन्तरिक प्रतिपक्षको निरन्तरता रह्यो। त्यस अवधिमा देउवाले नै पार्टी विधानसम्मत सञ्चालन गर्नुपर्छ भनेर प्रतिपक्षी नेताको भूमिका निर्वाह गरेका थिए।

त्यसैले पनि अहिले धेरैको नजर देउवाको कार्यशैलीतिर केन्द्रित छ। कांग्रेसभित्र विधि र प्रक्रियाको कुरा गर्नेहरु तथा नेता कार्यकर्ताहरुको नजर देउवातिर सोझिएको छ। सबैको एउटै प्रश्न छ- के देउवाले पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउलान्?

नेपाली कांग्रेसको विधानले महाधिवेशनको दुई महिनाभित्र पार्टीका सबै विभाग र समितिहरु गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ। कांग्रेसमा ४२ वटा विभाग छन् भने संसदीय समितिसहित विभिन्न समितिहरु पनि छन्। ती विभाग र समिति गठन गर्न देउवासँग अब करिब २० दिनको समयमात्र छ। देउवाले तत्कालै निर्णय गरेनन् भने उनीपनि अघिल्ला सभापतिहरुजस्तै आलोचित हुनेछन्।

देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँड विधानले तोकेको अवधिमै विभाग र समितिहरु गठन गर्नुपर्ने बताउँछन्। ‘विधानले तोकेका सबै कामहरु तोकिएकै अवधिमा गर्नुपर्छ, पार्टी सभापतिले कति तदारुकता देखाउनुहुन्छ त्यसैमा भर पर्छ’ खाँडले भने, ‘तर हाम्रो सद्भाव, सहयोग र सुझाव भने विधानले तोकेको समयभित्र नै गर्नुपर्छ भन्ने हुनेछ।’

कांग्रेसमा ४२ विभागसँगै १४ जना केन्द्रीय सदस्य मनोनयन पनि बाँकी छ। विगतमा यस्ता विभाग गठन र मनोनयनमा आफ्नो खेमाको भाग खोज्ने गरेका देउवासँग यसपटक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि पक्कै भाग खोज्नेछ। त्यसैले यी काम गर्दा पार्टीभित्रको शक्ति संघर्षले पनि देउवालाई सहज हुने छैन।

कांग्रेसमा विगतको संस्थापन पक्षका नेता आनन्दप्रसाद ढुंगाना पार्टी विधि विधान अनुसार चल्नुपर्ने भएपनि त्यो सहज नभएको बताउँछन्। ‘सभापतिजीले सबै विभाग समितिहरु पुरा गर्नुहुन्छ भन्ने त विश्वास छैन’ ढुंगानाले भने, ‘तर अहिले नै यो विषयमा कमेन्ट गरियो भने हतारो हुन्छ।’

उनले पार्टीभित्रको प्रतिपक्षले सकारात्मक सहयोग गर्नुपर्ने भन्दै आफूहरुले पनि त्यही गर्ने बताए। ‘कांग्रेस एक भएन कांग्रेसमा विग्रह भयो भने लोकतन्त्र धरापमा पर्छ भन्ने सबैले बुझेका छौं’ उनले विगत सम्झिँदै भने, ‘हिजो सभापतिले ल्याएका उपसभापति र महामन्त्रीको प्रस्ताव नौ महिनासम्म पुरा भएन। विभागहरु गठन गर्दा देउवाजीका पक्षधरले राजिनामा दिएर हिँड्नुभयो केन्द्रीय समित बैठक बहिस्कार गर्नुभयो।’

कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले देउवा सभापति निर्वाचित भएपछि दुईवटा महत्वपूर्ण जिम्मेवारी आएको बताए। ‘एउटा संगठनको फाँटमा विधान अनुसार सबै काम सम्पन्न गरेर पार्टीलाई सशक्त बनाउन आवश्यक छ’ महतले भने, ‘संसदीय फाँटमा चाहिँ अरुदलको सहयोग लिएर सरकारको गलत रबैया रोक्नुपर्छ समयमा सुधार नभए सरकारकै विकल्प समेत दिनुपर्ने हुन्छ।’

महतले पार्टीको विधानमा व्यवस्था भए अनुरुप बाँकी केन्द्रीय सदस्य नियुक्ति र उचितरुपमा कार्यसमिति चयन गरेर उनीहरुकै सहयोगमा भातृ संस्थालाई पनि क्रियाशिल बनाउन आवश्यक भएको बताए।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

2072: The year of comedies and performance-driven characters

Bijaya Adhikari

Nepali film industry had a string of comedies lined up for 2072. But due to the quake, and then the embargo, no matter how remarkable the films were, they could not create substantial buzz at the box office.

Cinema halls were badly hit by the April 25 quake, and some of them were even on the verge of shutting down. A handful of films did manage to draw people to the theatres, but that too took almost two months.

Here’s a look-back at the Nepali film industry in 2072.

1.

resham filili

Kali Prasad Baskota’s infectious tune Jaalma was undoubtedly the biggest highlight of the year.

With the release of the song, cinema goers were looking forward to watching Pranab Joshi’s Resham Filili. All shows were booked, and everyone was excited for the film as it promised bone-tickling comedy, and a chance to witness the debut of Kameshwor Chaurasiya’s as lead character. Nothing could go wrong, many would have thought. The film was destined to be a huge hit.

But on the very second day of its release, the temblor struck. People were forced out of their homes, and with a host of things to worry about,  no one had the courage or the want to go to the cinemas. Overshadowed by a national tragedy, a good comedy met with its untimely demise. The film was re-released two months later, but it could not live up to its promise.

2.

kk

The films released this year were mostly performance-driven. Kabaddi Kabaddi was one of those movies. Actor Daya Hang Rai continued to play a lovelorn character, and eventually became the biggest grosser with the movie, a sequel to Kabaddi (2070). Wada Number 6 was another hit that put Rai in limelight for the second time this year. Even though two of his other films, Fanko and Rahadani, did not do well, his work in both the films was admired.

3.

wada n6

This past year can safely be called as the ‘Year of comedy’. In films like Resham Filili, Kabaddi Kabaddi, Pashupati Prashad, Wada Number 6 and Adhkatti, Nepali film industry found successors to uphold its tradition of the situational comedy-social satire mix.

4.

dreams

The embargo, which began in September, was another event that shook the film industry. While there was much speculation that movie-goers would refrain from watching Bollywood flicks, Prem Ratan Dhan Payo recorded the highest collection in Nepal this year.

Actor Bhuwan KC’s directorial debut Dreams was close second. The Anmol KC-starrer recorded a big collection at the box office. he was one of the actors whose fandom sustained the industry’s last quarter. Though the film hardly broke any boundaries, it did generate enough interest to draw viewers, once again proving that Nepali films are here to stay.

5.

pashupatipsd

The most-talked-about actor this year was Khagendra Lamichhane.

Having already proven himself as an actor to watch out for, the Talakjung vs Tulke star proved he was an equally apt screenplay writer through his work with Pashupati Prashad. The movie will probably go on to win most awards for this year.

Using a subaltern context to drive the story forward, director Dpendra K Khanal’s experiment with ‘tragicomedy’ has started a trend that will perhaps be followed in the in the years to come.

6.

bhairab

While the issue of inclusion, especially for the people of Madhesh, took centrestage in national politics, Nepali film makers showed that they were mildly sensitive to it.

Actor Nikhil Uprety, even though not from the same community, starred in Bhairav, one of the biggest money-makers of the past year. His rendition of a Madheshi police officer turned some heads. Similarly, Actor Kameshwor Chaurasiya (from Resham Filili), and Pramod Agrahari (from tv series Singha Durbar) showed that they had the talent to become big names in the industry.

While Shilpa Pokharel played the role of a Madheshi woman in Fagu, female actresses from the same community were yet to make their presence felt.

Looking forward to 2073

The coming year is all set to bring stories from the Madhesh to the silver screen. Films like Junge and Sanrakshan, are completely based  on stories from the south. They will definitely shift the centre of film-making from Kathmandu to other regions in the years to come.

Also releasing this year are Chhaya by Manoj Pandit, Dokh by Anup Baral, Taandro by Samten Bhutiya, and Kalo Pothi by Min Bahadur Bham among others. These films will bring much needed ‘break from tradition’ in the film industry, and hopefully that will resonate with us for many more years to come.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसकारण भाग्यशाली वर्ष रहने छ नेपाल र नेपालीको लागि २०७३ साल !

– ज्योतिष डा. सुनील सिटौला
आज तान्त्रिक ज्योतिषमा सुर्य ग्रह मेष राशीमा प्रवेस गर्ने जनविश्वास छ। जसलाई सामान्य भाषामा मेष साक्रन्ती भनिन्छ र नेपाल, बङाल एवम दक्षिण भारत लगाएत श्रीलन्कामा नयाँ वर्ष उत्सव मनाइन्छ। सुर्यग्रहको एक नाम विक्रम रहेको र सुर्य मेष राशीमा प्रवेश गरेको आधारबाट विक्रम सम्वत मनाइन्छ। आज देखी विक्रम सम्वत २०७३ सुरुहुने तान्त्रिकहरुको मान्यता छ।

वैदिक ज्योतिषमा सुर्य चैत्र ७ गते आईतवार नै मेष राशीमा प्रवेश गरिसकेको हुन्छ। यसैलाई मेष विशुवत भनिन्छ। त्यो दिन दिन र रात बराबर हुने हुन्छ। वास्तवमा यसै दिन देखी विक्रम सम्वत २०७३ सुरु भैसकेको हुन्छ।

यसैलाई आधार मानेर सम्हिता ज्योतिषमा देस, काल परिस्थितीको पुर्व अनुमान लगाउने व्याख्या छ। जस अनुसार यो सालको सल्लाहकार ग्रह सुर्य  हुन्छ। अनी चैत्र प्रतिपदा वैदिक ज्योतिष अनुसार फाल्गुन ९ गते बुधवार परेको थियो,  जस अनुसार यो सालको सासक ग्रह बुध हुन्छ। बुध सासक हुँदा वर्षा काम हुने, अन्न उब्जनी कम हुने जस्ता स्वभाविक फलहरु भएता पनि नेपालको लागि सुर्य लाभ स्थानमा र बुध कर्मस्थानमा बसेको हुनाले यो साल शुभ फल्दायी हुने देखिन्छ।

ज्योतिष सिटौला

ज्योतिष सिटौला

त्यस्तै तान्त्रिक ज्योतिषमा लाहिडी अयनाम्सको गणित अनुसार काठमाडौंको आकाशमा आज साँझ ७:३१ मा सुर्य मेषमा प्रवेस गर्ने छ। जुन समयमा पुर्विय क्षितिजमा तुला लग्नको कुम्भ नवमाम्स उदाइरहेको हुनेछ।

भाग्य स्थानमा चन्द्रमा रहनु भाग्यसाली वर्ष रहने छ, नेपाल र नेपालीको लागि २०७३ साल। त्यस्तै केन्द्रमा बुधआदित्य योग अनी लाभ स्थानमा गुरु चन्डाल, सकारात्मक नै देखिन्छ। बुधआदित्य योगले गर्दा नेपाल विश्वसामु प्रतिष्ठित हुन पुग्ने छ। बिरोधीहरु गुटउपगुटमा विभाजन हुन पुगी आँफै कम्जोर हुने छ्न। तर लाभ स्थानको गुरुचन्डाल योगले चाँही धार्मिक क्षेत्रमा केही खलल पुग्ने सम्भावना रहन्छ। साथसाथै पश्चिमी देसहरुसँग नयाँ सन्धि सम्झौता हुने छ। जुन नेपालको लागि लाभ दाएक नै हुनेछ। मित्र राष्ट्र भारतसँगको सम्बन्धमा कुनै नयाँ पन देखिदैन। भारतको कालसर्प योगले गर्दा छिमेकीसँगको सम्बन्ध र आन्तरिक अवस्था सदैव तनाव युक्त नै रहिरहने हुन्छ।

तर अर्को महत्वपूर्ण कुरा अहिले आकाशमा ४२७ वर्षपछी अलिकता असामान्य ग्रह योग परेको छ, वैसाख जेठसम्म, जसले गर्दा नेपालले पनि संकट भोग्न पर्छ। तर असारलागे पछी हामीलाई शुभ फल प्राप्त हुँदै जानेछ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं