Wednesday, August 31, 2016

विद्यार्थीले बनाए थ्रेसर र सिँचाइ गर्ने उपकरण

student's
१६ भदौ, पथरी (मोरङ) । मनमोहन पोलीटेक्निकल कलेजका विद्यार्थीले बिनाइन्धन धान पेल्ने थ्रेसर र सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण बनाएका छन् । सो कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले सो उपकरण निर्माण गरेका हुन् ।

यी उपकरण मानिसको दैनिक जीवनमा निकै उपयोगी भएको विद्यार्थीले बताएका छन् । थ्रेसर निर्माण समूहका विद्यार्थी अमित साहले भने, “बिनाइन्धन परालबाट धान निकाल्ने यो मेसिनको काम हो ।” साह लगायतका विद्यार्थीको समूहले थ्रेसर बनाएको थियो । किसानले उत्पादन गरेको धान काटेपछि चुट्ने झन्झटबाट सो मेसिनले मुक्ति दिनेछ ।

सो कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले सोलारको माध्यमबाट सिँचाइ गर्ने उपकरण पनि निर्माण गरेका छन् । सिँचाइ गर्दा किसान महँगो खर्चबाट जोगिउन् भन्ने उद्देश्यले सो मेसिन निर्माण गरिएको सिँचाइ मेसिन निर्माण समूहका विद्यार्थी सरोज थापाले बताए । उनले भने, “सिँचाइको असुविधा भएको ठाउँमा थोरै खर्चबाट सो मेसिन प्रयोग गरेर सिँचाइ गर्न सकिन्छ ।”

मनमोहन पोलीटेक्निकल कलेजका प्रिन्सिपल डा सुभाष पोखरेलका अनुसार सरकारले विद्यार्थीलाई थप लगानी गरे अझै धेरै जीवन उपयोगी र प्रयोगात्मक उपकरण निर्माण गर्न सक्ने छन् ।

उनले भने, “विद्यार्थीको बलबुताले उपकरण बनाए, तर सरकारले विद्यार्थीले गरेको कामलाई सहयोग गरिराखेको छैन ।” उनका अनुसार सरकारले अझै सहयोग गर्ने हो भने बाहिरबाट खरिद गरेर आयात गरिने मेसिन यहीँ बनाउन सकिन्छ ।



from Nepal123.com - विद्यार्थीले बनाए थ्रेसर र सिँचाइ गर्ने उपकरण

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावित, संसद सचिवालय दोषी- मन्त्रालय

ministery-of-local-development, Sthaniya Bikas१६ भदौ, काठमाडौं । व्यवस्थापिका संसद सचिवालयले समानुपातिक सांसदहरुको निर्वाचन क्षेत्र तोक्न ढिलाइ गरिँदा निर्वाचन क्षेत्र विकास कार्यक्रम प्रभावित बनेको गुनासो गरेको छ ।

निर्वाचन क्षेत्र विकासका लागि नियमावली बन्न नसकेको भन्दै संसदको विकास समितिले मन्त्रालयलाई ताकेता गरिरहेको बेला मन्त्रालयले यस्तो बताएको हो । ‘संसदकै समितिले नियमावली किन बनेर, पैसा खर्च गर्ने अख्तियारी किन नदिएको भनिरहेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘संसद सचिवालयले काम गर्दिएन भनेर कस्ले भन्ने ?’

संसद सचिवालयले समानुपातिक तर्फका सांसदहरुको निर्वाचन क्षेत्र तोक्न ढिलाइ गरिरहेको छ । समानुपातिक सांसदहरुको निर्वाचन क्षेत्र नतोक्दासम्म विकास बजेटको अख्तियारी दिन नसकिने स्थानीय विकास मन्त्रालयको भनाइ छ ।

आर्थिक वर्ष २०७३/७४ मा सरकारले प्रत्यक्ष निर्वाचित सांसद कोषबाट निर्वाचन क्षेत्रको विकासमा खर्च गर्न ३ करोड र समानुपातिक सांसदले आफ्नो निर्वाचन क्षेत्रको विकासमा संसद कोषबाट ५० लाख खर्च गर्नसक्ने व्यवस्था गरेको थियो ।

सांसदहरुले आफूले रोजेको आयोजनामा त्यस्तो पैसा खर्च गर्न पाउनेछन् । मन्त्रालयका अनुसार सांसदहरुले भदौ मसान्तसम्म आफूले खर्च गर्ने आयोजनाहरु छनौट गरिसक्नुपर्नेछ ।

नियमावली १० दिनभित्र

मन्त्रालयले करिब १० दिनभित्र निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि आवश्यक नियमावली संशोधन गरिसक्ने बताएको छ ।

प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार नियमावली निर्माणका काम अन्तिम चरणमा रहेको र त्यसलाई मन्त्रिपरिषदले पास गर्नुपर्ने बताए ।



from Nepal123.com - निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावित, संसद सचिवालय दोषी- मन्त्रालय

जन्माइसकेपछि आफ्नै बच्चालाई चपाइन् महिलाले

यो दुनियामा कुनै महिला यतिसम्म क्रुर हुनसक्ला, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ ?

motherchewsherbabyममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु इस्ता कहाँ हुन्छन् र ? अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक कदम अघि बढ्दै यस्तै आमा फेला परेकी छिन् जसले आफैले जन्माएको नवजात शिशुलाई खानका चपाइन् ।

ली जेंगहुवा नामकी ती महिलालाई गर्भवती अवस्थामै घरपरिवारले घरनिकाला गरेका थिए । उनी सडकमै बसेर गुजारा गरिन् र उनको पेटको बच्चा हुर्किँदै गयो । एक दिन उनलार्य प्रसव पीडा भएपछि स्थानीय मानिसहरुले उनलाई अस्पतालमा पूराए । अस्पतालमा उनले छोरा जन्माइन् ।

ती महिलाको मानसिक अवस्था बिगि्रएको थियो । पुलिस तथा अस्पतालका अधिकारीहरुले पटक पटक सोधखोज गर्दा पनि उनले आफ्नो घर तथा लोग्नेको नाम बताउन सकिनन् र उनलाई तत्कालका लागि अस्पतालमै राखियो । तर एकदिन यस्तो घटना भयो, जसले अस्पतालका नर्स तथा डाक्टरहरुको होसहवास उड्यो ।

आफ्नो बच्चा जन्माएको ४ दिनपछि ती महिलाले आफ्नो डरलाग्दो रुप देखाउन सुरु गरिन् । ती महिला नरभक्षी जस्तै आफ्नो नवजात शिशुलाई चपाउन थालिन् । उनले बच्चाको हातपाखुरा यसरी चपाएकी थिइन् र बच्चा रगताम्य भएको थियो ।

जब ड्युटीमा रहेकी नर्शले यो भयानक दृशय देखिन् त उनी चिच्याइन् र तत्कालै बच्चालाई ती नरभक्षी आमाबाट खोसिन् । आमाबाट चपाइएको बच्चाको उपार भैरहेको छ । मानसिक रोगबाट प्रताडित आमाको पनि उपचार भैरहेको बताइएको छ ।



from Nepal123.com - जन्माइसकेपछि आफ्नै बच्चालाई चपाइन् महिलाले

ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा

Trama center

भदौ १६ । जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुट्कारा पाउन गरिने कृत्रिम जोर्नी प्रत्यारोपण उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक तथा ट्रमा सर्जरी विभाग प्रमुख प्रा डा श्रीकृष्ण गिरीले दुई महिनाअघि प्रत्यारोपण सेवा सुरु गरिएको बताए । ‘‘विभिन्न कारणले जोर्नीले कामगर्न नसक्ने अवस्था आएपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा सेन्टरमा विभिन्न दुर्घटनामा परी आएका बिरामीको पनि कहिलेकाहीँ प्रत्यारोपण गर्नुपर्ने हुनाले हामीले यो सेवा सुरु गरेका हौँ ।’’

सेवा सुरु भएपछि तीनजनाको घुँडा र नितम्ब प्रत्यारोपण गरेको  जानकारी दिए । तीमध्ये एकजना गत वर्षको भूकम्पमा लडेर जोर्नी भाँचिएका बिरामीको जोर्नी प्रत्यारोपण गरिएको थियो ।  खिएको भागमा कृत्रिम जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । जोर्नी प्रत्यारोपण गर्न रु ६० हजारदेखि करिब रु तीन लाखसम्म पर्ने डा गिरीले जानकारी दिए । शल्यक्रिया शुल्क सस्तो भएपनि कृत्रिम जोर्नी किन्न बढी मूल्य पर्ने भएकाले यो सेवा महँगो भएको हो ।

प्रत्यारोपण गरेपछि पहिलेजस्तो कडा परिश्रम गर्नु हुँदैन । पलेटी मारेर बस्ने, टुक्रुक्क बस्ने, उफ्रने, धेरै उकालो–ओरालो हिँड्ने, रूख चढ्ने तथा शरीरलाई भार पार्ने खालका काम गर्न पनि हुँदैन । खानपिनमा ध्यान दिनुका साथै शरीरको तौल पनि नियन्त्रणमा राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौँलगायत धरान तथा चितवनका अस्पतालमा पनि विस्तार भइसकेको छ । पहिले भारत र अन्य देशमा उपचारका लागि जाने नेपाली अहिले नेपालमै उपचार गराउन थालेका छन् ।

प्रत्यारोपण गरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुनः संशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट कामलाग्ने बनाउन सकिन्छ । यसका लागि विशेष औजार तथा सुविधालगायत प्रक्रिया आवश्यक हुन्छ । विभिन्न कारणले जोर्नी बिग्रने, औषधिले काम नगर्ने तथा फिजियोथेरापीले पनि काम गर्न नसकेमा जोर्नी प्रत्यारोपण गरिन्छ

The post ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा appeared first on नेपाल आज.



from Nepal123.com - ट्रमा सेन्टरमा जोर्नी प्रत्यारोपण सेवा

करिना भन्छिन्-‘गर्भवती अवस्थाको इन्जोए गरिरहेकी छु’

kareena kapoor
आम भारतीय महिला गर्भवती अवस्थामा काम गर्न चाहदैनन् । तर नायिका करिना कपुर अहिले पनि आफ्नो काममा सक्रिय छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीसँग कुरा गर्दै करिनाले भनिन्-‘म एक कामकाजी महिला हुँ, जबसम्म काम पाउछु गरिरहन्छु ।’

गर्भवती अवस्थामा आराम गर्नुपर्ने प्रसंगमा उनको भनाई थियो-‘आराम गर्नुपर्छ तर, मिलाएर’ । दिउँसो काम गरेपछि राती आराम गर्ने गरेको उनको भनाई थियो । रातको आराम आफ्नो लागि काफी भएको उनको भनाई थियो ।

उनी अहिले जीन्दगीको नयाँ खालको आनन्द उपभोग गरेको दाबी गर्छिन् । ‘म अहिले गर्भवती अवस्थामा रमाइरहेकी छु ।’ त्यसो त उनलाई आफ्ना साथीहरुले पहिलाको तुलनामा अनुहारमा चमक बढेको प्रतिक्रिया दिएका छन् । उनको कपाल पनि अहिले निकै राम्रो भएको छ ।

करिना डिसेम्बरमा आमा बन्ने तयारीमा छिन् । तर, उनी नयाँ चलचित्रको छायांकन प्रारम्भ गर्दैछिन् ।



from Nepal123.com - करिना भन्छिन्-‘गर्भवती अवस्थाको इन्जोए गरिरहेकी छु’

स्वर्गीय भाइका नाममा दाजुको मनै रुवाउँने वकपत्र

122
प्रिय बाबु किरण,
जीवनमा पहिलो चोटि तिमीलाई यो पत्र लेख्दैछु । आज धेरै दिन पछि तिमीलाई यो पत्र लेख्ने जमर्को गरेको छु । बाबु तिमी कहाँ छौ, के गर्दै छौ । तिमी साथ नहुँदा तिम्रो सम्झनामा झन् बढी पीडा हुँदो रहेछ । तिमीले छोडेर गएको पनि झन्डै दुई महिना पुग्न लागेछ । लाग्छ , तिमी फर्केर आउने छौ । ढोकामा टुप्लुक्क आएर मलाई अङ्कमाल गर्ने छौ भन्ने सपना मैले नदेखेको सायद कुनै रात छैन ।

मानिसहरू भन्दछन् कि तिमी सदा–सदाका लागि बिदा भएका छौ । तर मलाई विश्वास छैन । तिमी हामी सबलाई यसरी एक्लो पारेर जान सक्दैनौ भन्ने मेरो विश्वास हो । तर दुनियाँ भन्छ कि मैले यो अन्तिम सत्य स्विकार्न गर्नै पर्छ । नाता कुटुम्ब र साथीभाइ मलाई सम्हालिन आग्रह गर्छन् । तर कसरी सम्हालिउँ बाबु ?

किन बाबु तिमी यति छिटो छोडेर गयौ ? तिमी मेरो भाइ भएर जन्मे पनि भाइ थिएनौं । जन्म नदिए पनि मेरो छोरा जस्तै थियौ । सानै देखि मेरो रेखदेखमा हुर्केका थियौ । मैले अहिले पनि तिमीलाई नुहाइदिएको झल्झल्ती याद आउँछ । खाना पकाउँदा पोलेर परेको डाम मेरो सम्झनामा अझै ताजै छ । याद छ कि छैन तिमीलाई, एक पटक पैसा नभएर अन्डाको सुप खाएको तर त्यो कुरा बा आमालाई नभनेको ?

हाम्रो यस्तो दौंतरी हुँदा हुँदै मेरो के गल्ती थियो र तिमीले मलाई यति छिटो छोडेर गयौ ! तिमीले आफ्नै सपना पनि त पूरा गर्नु थियो नि, होइन र ? तिमी भन्ने गथ्र्याै, दाइ तपाईँ अब गरिब दुखीको सेवा गर्न नेपाल जानुस, छोरीहरुको हेरचाह म गर्छु । तिमी आफै भन अब म कसलाई छोडेर जान सक्छु नेपाल । कसरि गर्न सक्छु ती गरिब र दुःखीको सेवा ?

मैले तिमीलाई म १८ वर्षको हुँदा देखि हुर्काएं, बढाएँ र पढाएँ । तर अचानक तिमीले मलाई छोडेर गयौ । तिमी मेरो मुटु थियौ । तिमीले जीवनभर मसँग केही पनि मागेनौं । मसँग सबै कुरा खुलस्त गर्थ्याै । केही गर्नु पर्दा पनि मलाई नसोधी कहिल्यै पनि गर्दैनथ्यौ । तर अब मलाई त्यसरी सोध्ने कोही छैन ।

म आफै बा आमासँग बोल्न सकेको छैन । तिमी भन त बाबु साँच्चै तिमी नआउने गरी गएका हौ ? किन बाबु मैले के पाप गरेको थिएँ र यस्तो सजाय पाउँन । दुई दिन अगाडी फोन गरेका थियौ, मलाई बोलाएका थियौ तर म आएँ तर तिमी मसँग बोलेनौ । सदाका लागि तिमी अर्कै संसारमा गयौ, हामीलाई टुहुरो बनाएर । तिमी भन त म अब नेपाल जाँदा के भन्ने ? अनि के लिएर जाने ?

तिमी हाम्रो सन्तान, परिवार, नातागोता र नाम्जुंग कै तारा थियौ, आशाका किरण थियौ । बाबु आज त्यो सबै छिनाएर गयौ । एक शब्द पनि नसोधी गयौ । आखिर किन बाबु ? मेरो मुटु प्रिय बाबु, तिमीलाई बालकमा मैले नुहाउँदा, तिमीलाई साबुन लगाउँदा काठमाडौँको जाडोमा मट्टीतेलको स्टोभ बालेर पानी तताएर र तिमीलाई नुहाइदिएको । तिम्रो शरीरमा मैले छोएको अझै ताजा छ । तिमीलाई मन पर्ने गुन्द्रुक र भात अब म कसलाई खुवाऊँ ? तिमि मेरो भाइ थिएनौं । मेरो छोरीहरू भन्दा प्रिय थियौ मेरा लागि ।

बाबु, छोरी कृतिमा र इच्छाले तिमीलाई मलाई भन्दा माया गर्थे । हामी सँग रिसाउँदा तिमीलाई फोन गरेर कुरा लगाउँथे । आज तिनीहरूको हालतको के कुरा गरौँ । भाउजू मालाको तिमीलाई गर्ने मायाको बारेमा म के भनौं, २४ सै घण्टा तिम्रो यादमा बस्छिन ।  बाबु राजीको बारेमा म के भनौं ? भगवानको सुन्दर बस्ती स्वर्गबाट तिमी आफैंले देखेका हौला । उनको हालत के छ म स्वंय उनीसँग बोल्न सक्ने अवस्थामा छैन । बाबु पत्र लामो भयो भनेर दिक्क नमान, यही पत्र नै तिम्रो लागि मेरो पहिलो र अन्तिम हुनेछ ।

मैले आफू नपढेर पनि तिमीले मेरो परिवारको सान थियौ । तिमीलाई मैले कति दुःख गरेर पढाएँ । राति १०–१२ बजे सम्म काठमाडौँमा ट्युसन पढाएँ । आज तिमीले गर्ने बेलामा किन थाकेर मलाई छोडेर गयौ ? तिमीलाई मेडिकल डाक्टर बनाउने मेरो रहर थियो । तर मेडिकल डाक्टर बनाउन नसके पनि पिएचडी डाक्टर वैज्ञानिक बनाएँ । यसमा त मेरो बाटो देखाउने मात्र काम थियो, तिमि स्वंयले धेरै दुःख मेहेनत गरेर पढ्यौ ।

दाइ म डालसमा काम खोज्दै छु, छिट्टै डालस आउँछु भन्थ्यौ । तर कहिल्यै नआउने गरी गयौ । काठमाडौँ र डालसको बसाइमा म जहिले पनि मर्दा र पर्दा अगाडी सरेर सहयोग गर्न पुग्थें र मेरो आँसु रोकिदैन्थ्यो । तर अपसोच, मैले तिम्रो शरीरमा एक थोपा पनि आँसु चुहाउन पाइन ।
राशी र छोरालाई अभिभावकत्व प्रदान गर्न म हरतरहले प्रयास गर्नेछु । म यस मानेमा खुसी छु । छोराले मलाई बाबा र भाउजूलाई आमा भन्छ । बाबु आज सम्म तिमी गएको कुरा छोरालाई भनेको पनि छैन । कहिले काहीं रिसाउँदा डालस बाट कोलम्बिया (उसको भाषामा अमेरिका) जान्छु भन्छ । राति म सँगै सुत्छ । म सामाजिक कार्य र मिटिंगबाट आउँदा ढिलो हुन्छ अनि रिसाउँछ । तर म उसलाई घोडा चढेर खेलाउंदै ढाडमा सुम्सुम्याउन्दै निदाउँछ ।

दिनभरि फोनमा फ्रेस टाइम गर्दै बाबा भन्छ अनि मेरो मुटु भारी हुन्छ । तिमीलाई सम्झी आँखा भरी आँसु बनाइ बस्छु । आजसम्म हामी परिवार कसैको पनि आँखा ओभाएको छैन । सायद यो जिन्दगी भरि आँसु रोकिएला जस्तो लाग्दैन ।

बाबु म आमालाई के भनुँ भेटेपछि ? तिमीले बुधवार कुरा गर्दा आमाको भिसाको कुरा गरेका थियौ । यो निष्ठुरी अमेरिकी दूतावासले आमालाई यस्तो पीडामा पनि भिसा दिएन । बाबु तिमीले बेलाबेलामा काललाई पनि जितेर आएका थियौ । दुई दुई चोटि टेक्सासमा काललाइ पाखा लगायौ । नेपालमा हुँदा पनि ठूलो हेलिकप्टर दुर्घटनाबाट बाँचेका थियौ । तर यतिबेला तिमीले थाहै नदिएर गयौ ।

तिमीले बाबा आमालाई के वाचा गरेका थियौ बाबु ? तिमी ती वाचाबाट कता गयौ ? किन यस्तो गरेका ? तिमी हाम्रो सन्तान परिवार इष्टमित्र सबैको तारा थियौ ? बाबु भन त तिमी कहिले फर्केर आउँछौ, म ढोकामा कुरेर बसेको छु ।

तिमीलाई के थाहा तिम्रो अन्तिम संस्कारमा कति दाइभाइ इष्टमित्र आए तिम्रो अन्तिम दर्शनका लागि । सामाजिक सञ्जाल, पत्रिका अनि टिभीमा तिमी मात्र छाएका थियौ । तिमी यतिका प्रिय हुँदा हुँदै किन गएको ? बाबु तिम्रो सट्टामा म जान तयार थिएँ । किन मलाई नभनेको, किन यति छिटै थाकेको ? तिम्रो लागि मेरो यो जीवन केही थिएन । अब म यस धर्तीमा बाँच्नुको केही अर्थ छैन तिमी बिना । म तिम्रो लागि आफ्नो जीवन दिन सधैँ तयार थिएँ । तिमीले ती सब बिर्सियौ, हाम्रो परिवार माथि परेको पीडा । सायद तिमी चीर निद्रामा थियौ । तर यो दुनियाँ जागा बसेर तिम्रो स्वर्गबास होस् भनी कामना गरी रहेका थिए । कति साथी भाइले फोन गर्न सकेनन्, पत्याउन पनि सकेनन् ।

बाबु, तिमीले हामीलाई छोडेर गएपनि आफ्नो चिनोको रूपमा दुई छोराहरुलाई छोडेर गएका छौ । तिमीलाई लाग्ला कि तिम्रा ती साना नानीहरूको के हुन्छ भनेर । तर बाबु, तिम्रो यो दाइ जीवित रहन्जेलसम्म तिमी सरह नै यी दुई आँखाका नानीलाई माया दिनेछु । तिम्रो माया अब म यिनीहरूलाई नै हेरेर पूरा गर्नेछु । तिमी जहाँ भए पनि शान्तिका साथ रहनु । यो नीरिह र अभागी दाजुको को यही नै अन्तिम इच्छा छ ।
उही दाजु,
कृष्ण लामिछाने

र, यो पनि

अमेरिकामा वैज्ञानिक किरणको सडक दुर्घटनामा निधन भएसंगै नथामिएको बुबाआमाको आंशु

हे दैब ! छोराको क्रिया कसैलाई बस्न नपरोस्

The post स्वर्गीय भाइका नाममा दाजुको मनै रुवाउँने वकपत्र appeared first on नेपाल आज.



from Nepal123.com - स्वर्गीय भाइका नाममा दाजुको मनै रुवाउँने वकपत्र