Monday, February 15, 2016

यो जित होइन, भारतलाई जवाफ हो

भारतले फुटबल मैदानमा ‘नाकाबन्दी’ लगाउन सकेन चिरञ्जीवी पौडेल साग फुटबल फिफाले औपचारिक मान्यता नदिएको प्रतियोगिता हो । तर, नेपालीहरुका लागि आजको जितको महत्व कति छ त्यो फिफालाई थाहा छैन । उसले मान्यता दिए पनि नदिए पनि फुटबल फुटबल नै हो । भारत भारत नै हो । र, जित जित नै हो । साग फुटबलको फाइनलमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अस्पताल र स्कूलमा हवाई आक्रमण, ५० जनाले ज्यान गुमाए  

४ फागुन, काठमाडौं । उत्तरी सिरियाको अस्पताल तथा स्कूलमा भएको मिसाइल हमलामा ५० जना भन्दा धेरैले ज्यान गुमाएका छन् । सयौं मानिस घाइते भएका छन्, जसका बालबालिका पनि छन् । संयुक्त राष्ट्रसंघका अनुसार अलेप्पो इदलिब शहरमा करिब पाँच अस्पताल तथा दुई स्कुलमा हवाई हमलामा परेका हुन्  । संयुक्तराष्ट्रसंघले हमला अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै आपत्ति ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतलाई हाराउने नेपाली टोलीलाई बधाईको ओइरो  

४ फागुन,काठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुल सागको फुटवलमा भारतलाई हराएसँगै नेपाली फुटबल टिमलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ । खेल जितेकोमा प्रधानमन्त्री केपी ओलीले नेपाली खेलाडीलाई बधाइ दिएका छन् । प्रधानमन्त्री ओलीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शीर उच्चो भएको बताएका छन् । उनले सबै नेपालीको शीर उच्च बनाएको भन्दै ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाली फुटबलले ईतिहास रचेपछि युरोपका नेपालीहरुमा छुट्टै रौनक  

बसन्त रानाभाट बार्सिलोना । नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद साग फुटबलको च्याम्पियन बने पछि प्रवासमा रहेका नेपालीहरु खुसीयालीमा रमाएका छन्। फुटबललाई नजिकबाट हेरीरहने, युरोपका नेपालीहरुले जीत पछि,उत्साहपूर्बक खुसीयालीमा रमाएका हुन्। गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २-१ ले हराउँदै नेपालले उपाधि उचाले पछि नेपाली फुटबलप्रेमी दर्शकहरुमा, छुट्टै रौनकता र उत्साह छाएको छ। ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतलाई घुडाँ टेकाइ छाड्यो नेपालले

गुवाहटी– भारतलाई उसैको भूमिमा हराउँदै नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पूरुष फुटबलतर्फ स्वर्ण जितेको छ । सुरुआतमा भारतले हलिचरणको गोलमार्फत अग्रता लिएपनि नेपालले अन्नत दोस्रो हाफमा भारतलाई घुडाँ टेकाइछाड्यो । हलिचरणले ३२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । त्यसपछि निरन्तर आक्रमण उत्रिएको नेपाली टोलीले खेलको ६६ औँ मिनेटमा प्रकाश बुढाथोकीको गोलमार्फत ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मोर्चाले फेरि बन्द गरायो सरकारी कार्यालय

जनकपुरधामः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको कारण ६ महिनादेखि बन्द भइ खुलेका जनकपुरका सरकारी कार्यालय फेरि बन्द गराएको छ । आन्दोलनबाट उपलब्धी नभइ केन्द्रीयतहबाट निर्णय गरि बन्द हड्ताल फिर्ता लिने निर्णय गरेपछि खुलेका यातायात कार्यालय र विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रको कार्यालय मोर्चाले सोमबारबाट फेरि बन्द गराएको हो । आन्दोलनका क्रममा सरकारी कर, राजश्व तथा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रुपन्देही सबैभन्दा धेरै कुष्ठरोगका बिरामी भएको जिल्ला

दीपक घिमिरे रुपन्देही–रुपन्देही जिल्लामा कुष्ठरोगको अवस्था डरलाग्दो रुपमा रहेको पाइएको छ । जिल्लामा विगत वर्षमा भन्दा अहिले कुष्ठरोगका बिरामी बढेको पाइएको छ । रुपन्देहीका सबै क्षेत्रमा कुष्ठरोगका बिरामी रहेका पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार जिल्लाका सबै गाविस/नगरपालिकामा कुष्ठरोगी पाइएको छ । कार्यालयका निमित्त प्रमुख टीकाराम अधिकारीले सबै गाविस÷नपामा कुष्ठरोगका बिरामी रहेको ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कार दुर्घटनामा ब्याण्डका ४ सदस्यको मृत्यु  

स्विडेनमा भएको कार दुर्घटनामा बेलायतको एक चर्चित ब्याण्डका ४ सदस्य र मेनेजरको निधन भएको छ । ‘बियोला बीच’ नाम गरेको यो ब्याण्डका ४ सदस्यको निधन भएपछि यसले विश्वलाई नै स्तब्ध बनाएको छ । शनिबार स्टकहोमको नजिकै रहेको एक हाइवेमा रहेको पुलबाट करिब २५ मिटर तल नहरमा कार खसेको  थियो । ब्याण्डका सदस्य क्रिस लियोनार्ड, रीवर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधि  

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ । कांग्रेसमा २४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसीमा ‘सी ग्रेड’ नल्याउनेले स्वास्थ्यको डिप्लोमा तह पढ्न नपाउने  

३ फागुन, काठमाडौं । एसएलसी परीक्षामा ‘सी ग्रेड’मा नपर्ने विद्यार्थीहरुले स्वास्थ्यतर्फ डिप्लोमा तह अध्ययन गर्न नपाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सिटिइभिटी)को पाठ्यक्रम विकास समितिको सोमबारको बैठकले ‘सी ग्रेड’का विद्यार्थीहरुलाई मात्र स्वास्थ्यतर्फ भर्ना लिने निर्णय गरेको हो । सिटिइभिटीले स्वास्थ्यतर्फ डिप्लोमा तह (पिसिएल नर्सिङ, फार्मेसी, हेल्थ असिस्टेन्ट)लगायतका विषय पढाउने गर्दछ । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अखिलको सम्मेलनमा दिनभर लफडा, साँझ मात्रै मनोनयन दर्ता

केन्द्रीय कमिटीको चुनाव भोलि हुने ३ फागुन, काठमाडौं । एमाले निकट अनेरास्ववियुको जारी २२ औं राष्ट्रिय सम्मेलनमा उत्पन्न प्रतिनिधिसम्बन्धी विवादका कारण सोमबार दिनभरि पनि मनोनयन दर्ता हुन सकेन । आइतबार नै मनोनयन दर्ता गर्ने भनिए पनि सोमबार दिनभरि विवाद टुंगिन सकेन । सम्मेलनमा सहभागी करिब दुई सय प्रतिनिधिहरुको वैधानिकता बारे विवाद भएपछि बन्दशत्र अघि बढ्न ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हतियार कारोबारी डाक्टर पक्राउ  

३ फागुन, काठमाडौं । धनुषाबाट हतियार कारोबारी एक चिकित्सक पक्राउ परेका छन् । उनले हतियार बेच्न प्रयोग गर्ने १४ वर्षे बालक पनि समातिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले ३४ वर्षका रमेशप्रसाद यादव पक्राउ गरेको छ । धनुषा १२ कुवाका उनी पेशाले चिकित्सक हुन् । आँखा सम्वन्धी उपचार गर्ने चिकित्सक भन्छन् र नेपाल मेडिकल कलेजबाट ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीले दिल्लीमै ‘प्रजातन्त्र दिवस’ मनाउने !

फागुन ७ मा भारत भ्रमणः फेरि छुट्यो चीन चिरञ्जीवी पौडेल/विश्लेषण ३ फागुन, काठमाडौं । अघिल्ला प्रधानमन्त्री सुशील कोइराला (स्व.) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरबाटै जन्मदिनको शुभकामना दिएका थिए । हालका प्रधानमन्त्री केपी ओलीलाई भने मोदीले भेटेरै शुभकामना दिने अवसर पाएका छन् । आफ्नो जन्मदिन ११ फागुनमा प्रधानमन्त्री ओली मोदीकै देशमा घुमघाम गरिरहेका हुनेछन् । ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

६ फागुनदेखि सुरु हुने बिराट गोल्डकपको तयारी पूरा  

३ फागुन, विराटनगर । मोरङमा आगामी बिहीबारदेखि सुरु हुने विराट गोल्ड कप फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा बंगलादेश, भारत र नेपालका जम्मा दशबटा ए डिभिजन फुटबल टिमले सहभागिता जनाउने छन । बंगलादेशबाट एक,  भारतको उडिसा,कलकत्ता र सिक्किमबाट एक एक टीमले सहभागिता जनाउने छन् । प्रतियोगितामा बंगलादेश फुटबल क्लब, उडिसा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ईलेक्ट्रिक स्कुटर आयातमा भ्रष्टाचार, यातायातका उपसचिवविरुद्ध मुद्दा  

३ फागुन, काठमाडौं । ईलेक्ट्रिकल स्कुटर आयातमा भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक (उप-सचिव) नबिन कुमार पोखरेलविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भारतको एभन साईकल लिमिटेडबाट ईलेक्टि्रकल स्कुटर नेपाल आयात गर्ने प्रकियाको सिलसिलामा यातायात पोखरेलले घुस लिएका थिए । पोखरेलले आयातकर्तासँग ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारले भारतबाट ८० मेगावाट बिजुली किन्ने  

३ फागुन, काठमाडौं । सरकारले भारतबाट ८० मेगावाट बिजुली किनेको छ । यो भोलिदेखि राष्ट्रिय प्रशारण लाईनमा जोडिनेछ । भारतीय बिद्युत व्यापार लिमिटेडसँग सम्झौता गरी ८० मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा जोड्न लागिएएको हो । यसले दैनिक १५ घण्टासम्म लोडसेडिङ व्यहोरिरहेका सार्वसाधारणलाई केहि राहत हुनेछ । सरकारले ३ रुपैयाँ ४४ पैसा भारतीय (५.५० नेपाली रुपैयाँ) मा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौं कांग्रेसका ९ क्षेत्रीय सभापतिको समर्थन बानियाँलाई  

३ फागुन, काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका ९ जना क्षेत्रीय सभापतिहरुले आगामी अधिवेशनमा सबुज बानियाँलाई समर्थन गर्ने भएका छन् । काठमाडौंमा १० निर्बाचन क्षेत्र छन् । तिमध्ये ९ जना क्षेत्रीय सभापतिहरुसँग सोमबार कांग्रेस महामन्त्री प्रकाशमान सिंहले सामूहिक छलफल गरेका थिए । छलफलमा ६ नम्बर निर्बाचन क्षेत्रका सभापति श्याम खड्की भने उपस्थित थिएनन् । खड्कीले संस्थापन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

असइ हत्या आरोपमा तीन जना पक्राउ गरेकोमा मधेसी मोर्चाको विरोध  

३ फागुन, काठमाडौं । सशस्त्र प्रहरीमा असई थमन विश्वकर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आपत्ति जनाएको छ । मोर्चाले अहिले गृहमन्त्री शक्ति बस्नेतलाई भेट्दैछ । ‘महोत्तरीमा प्रहरीले धरपकड सुरु गरेको छ । यसबारे ध्यानाकर्षण गराउन लागिएको हो’ मोर्चाका नेता रामनरेश रायले अनलाइनखबरसँग भने । घटना भएको करिव ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लोडसेडिङ कूटनीतिः मोदी नेपाललाई देखाउने, ओली बिहारलाई

उर्जा मन्त्रालय भन्छ- भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाइन्छ ३ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभा निर्वाचनका बेला चुनावी सभालाई सम्बोधन गर्दै बिहारको विद्युत संकट टार्न नेपालमा बिजुलीको कारखाना खोलिएको बताएका थिए । नीतिशकुमार र लालु यादवले जनतालाई कम्प्युटर बाँड्ने आश्वासन दिएकोमा हँसीमजाक गर्दै मोदीले भनेका थिए-कम्प्युटर चलाउन बिजुली हुनुपर्छ कि पर्दैन ? बिहारमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्टेक्सले ल्यायो ५ इञ्चको एक्वा एयर फ्याब्लेट  

२ फागुन, काठमाडौं । इन्टेक्स मोबाइलको नेपाली बिक्रेता सिजी इओएल कम्पनीले इन्टेक्सको नयाँ मोडल एक्वा एयर फ्याब्लेट नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा एक्वा एयरको मूल्य ७ हजार ७ सय ७७ रुपैयाँ तोकिएको छ । यो फ्याब्लेट किन्दा ग्राहकले ८ जिबीको मेमोरी कार्ड निःशुल्क प्राप्त गर्नेछन् । पाँच इञ्चको यो फ्याब्लेटमा टीएन (टिव्सेट नेमटिक) ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आयोगले थाल्यो रंगेली र डायनिया घटनाको अनुसन्धान  

३ फागुन, काठमाडौं । गत माघ ७ गते रंगेली र डायनियामा संयुक्त सुरक्षा कारबाहीमा तीन जना सर्बसाधारणहरु मारिएको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय टोली मोरङ पठाएको छ । अनुसन्धान टोलीमा आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृतहरु छन् । घटनाको अनुसन्धान गर्न टोली रंगेली पुगेर ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं