Saturday, March 26, 2016

हिन्दु धर्मका केहि अन्धविश्वासका पछाडि यस्ता कारणहरू छन्…

जुनसुकै भू-भाग वा देशमा जाऔँ, हरेक ठाउँका मानिसहरूको आफ्नै एउटा विश्वास हुन्छ, जुन पुर्खौँदेखि चल्दै आएको हुन्छ। उनीहरूको त्यो विश्वास हामी आधुनिक युगका लागि अर्थहीन अथवा तर्कहीन लाग्न सक्छ, तर त्यसमा कुनै-न-कुनै एउटा तर्क समावेश भएको हुन्छ, जुन समयसँगै बिलाएको हुन्छ। अनि त्यसैलाई हामी अन्धविश्वास भन्छौँ। प्राचीनकालका मानिसहरूको बाँच्ने शैली र विश्वास अहिले आएर अन्धविश्वासको रूपमा परिवर्तन भएको छ।

अधिकांश प्राचीन जीवनशैली आधुनिक युगको लागि सङ्कुचित हुन सक्छ, त्यसको कुनै आधार हुँदैन, तथापी, हिन्दु धर्ममा मान्दै आइएका केहि अन्ध-विश्वासहरू छन्, जसको साँच्चीकै अर्थ र तर्क हुन्छ अनि वैज्ञानिक अर्थ पनि हुन्छ।

नेपालमा हाम्रा पुर्खाहरूले मान्दै आएका केहि अन्ध-विश्वासहरू छन्, जुन तर्कहीन छ, फेरि त्यहिँ कतिपय अन्ध-विश्वासहरू पनि छन्, जसको एकदम ठेट तर्क छ, जस्तै;

१. ‘तुलसीको पात चपाउनुहुँदैन, पाप लाग्छ!’

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको स्वरूप मानिन्छ, त्यसकारण नै यसको पातलाई दाँतले चपाउनु भनेको भगवान विष्णुको अपमान गर्नु हो भनिन्छ, तर यो त धार्मिक कारण भयो।

तथापी, आजको विज्ञानले अर्कै कुरा भन्छ- तुलसीको पातमा थोरै मात्रा ‘आर्सेनिक’ (Arsenic) रसायन हुन्छ, जसलाई चपाउँदा हाम्रो मुखमा भएको अल्कलाइन (alkaline) र दाँतमा भएको क्याल्सियमसँग प्रतिक्रिया गरेर दाँतबाट क्याल्सियम सोस्दछ र कमजोर बनाउँदछ।

२. ‘शिशुको नाबी काटेर फाल्नुहुँदैन, तामाको भाँडामा छोपेर राख्नुपर्छ!’

‘मानवधर्मशास्त्र’मा यो उल्लेख गरिएको छ कि नवजात शिशु जन्मिएपछि उसको नाबीलाई काटेर फाल्नुहुँदैन र तामाको भाँडामा ढाकेर राख्नुपर्दछ। यसो गर्दा सो बच्चा घरप्रति उत्तरदायी हुने र घरको जिम्मेवारी लिन सक्षम हुने विश्वास गरिन्छ।

तर अहिलेको वैज्ञानिक खोजबाट के पत्ता लाग्यो भन्दा, मानवको नाबीमा एक विशेष किसिमको कोष हुन्छ, जसको अन्य किसिमका कोषहरूमा विकसित हुन सक्ने क्षमता हुन्छ र तामाको भाँडामा राख्दा त्यसको क्षमता नष्ट हुँदैन।

३. ‘घर वा पसलको ढोकामा एउटा कागती र सातवटा हरीयो खुर्सानी झुण्ड्याउनुपर्दछ!

जहाँ ‘धर्म’ हुन्छ, त्यहाँ ‘पाप’ हुन्छ। ‘सत्य’ जहाँ हुन्छ, त्यहाँ अवश्य पनि ‘असत्य’ हुन्छ हुन्छ। यो प्रकृतिकै नियम हो, एक बिना अर्को अधुरो छ, सिक्काको दुई पाटा जस्तै।

त्यसरी नै घरको पारिवारिक तथा आर्थिक स्थितिको दुईवटा पाटा हुन्छ- लक्ष्मी (सुख, शान्ती, सम्पन्नता) र अलक्षमी (दुख, चिन्ता र दरिद्रता)। हिन्दु धर्ममा अलक्ष्मी भनेको लक्ष्मीकै बहिनी मानिन्छ। र उनको मन नपर्ने स्वाद भनेको अमिलो र पीरो हो भन्ने ठानिन्छ। त्यसैले घर र पसलको ढोकामा यसरी कागती र खुर्सानी झुण्ड्याउँदा घरभित्र अलक्ष्मी भित्रीन पाउँदैन भन्ने विश्वास गरिन्छ।

तथापी, विज्ञानको तर्क भने अर्कै छ। कागतीमा साइट्रिक एसिड हुन्छ र खुर्सानीमा क्यापसेसिन एसिड। जब हामीले कागती र खुर्सानीलाई धागोले उनेर झुण्ड्याउँछौँ, तब त्यहि धागोको बाटो हुँदै क्यापसेसिन एसिड साइट्रिक एसिडसँग मिल्न जान्छ, जसको रसायनिक प्रतिक्रियाबाट एक मन्द गन्ध पैदा हुन्छ। यो गन्ध यति सुक्ष्म हुन्छ कि यसले स-साना कीटाणुहरूलाई मात्र प्रभाव पार्दछ। यो गन्धले कीटाणुहरूलाई घायल बनाइदिन्छ र घरमा रोगव्याध आउन दिँदैन।

४. ‘उत्तरतर्फ टाउको राखेर सुत्नुहुँदैन!’

सायद हाम्रा पुर्खाहरूलाई पृथ्वीको चुम्बकीय बल र मानव शरीरको सम्बन्धको बारेमा ज्ञान थियो होला, त्यसैले नै उत्तरतर्फ टाउको राखेर सुत्नुहुँदैन भन्ने गर्थे। तर समयसँगै त्यो तर्क पनि बिलाएर गएको थियो होला।

यदि हामीले सुत्नेबेला उत्तरतर्फ टाउको राखेर सुत्यौँ भने, पृथ्वीको चुम्बकीय क्षेत्र र हाम्रो शरीरको जैविक-चुम्बकीय क्षेत्रको बीचमा प्रतिकर्ष (repel) पैदा हुन्छ र हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्दछ।

५. ‘नछुने भएको महिला घर र मन्दिरभित्र पस्नुहुँदैन, पाप लाग्छ!’

हुन त यो एकदमै तार्किक विश्वास हो। प्राचीन वैद्यहरूले सोँचबुझ गरेरै महिलाहरूलाई महिनावारी भएको बेला घर र मन्दिरभित्र प्रवेश निषेध गरिदिएका थिए। महिलाहरूको काम घरमा नै सीमित हुने गर्थ्यो। खाना बनाउने, बालबच्चाको ख्याल राख्ने, गाई भैँसी दानापानी दिने, आदि। महिनावारी हुँदा केहि दिनसम्म महिलाको योनीबाट निरन्तर रगत बगिरहन्छ र शरीर पनि कमजोर हुने गर्छ। यस्तो बेलामा घरको काम गर्दा शरीरलाई प्रत्येक्ष असर गर्दछ। त्यसको साथै योनीबाट निस्केको रगतमा विभिन्न किसिमका कीटाणु तथा जीवाणुहरू आकर्षित हुने गर्छ, जसले विभिन्न किसिमका रोग तथा समस्याहरू ल्याउन सक्दछ।

अनि मन्दिर भनेको पवित्र स्थल हो, जहाँ एकदमै चोखो हुनुपर्दछ। महिनावारी भएको महिला मन्दिर भित्र पस्दा उनीहरूसँगै आएका कीटाणु तथा फोहोर अनि रगतको दर्गन्धले मन्दिरलाई अपवित्र बनाउने कारणले नै उनीहरूलाई मन्दिरमा पस्न निषेध गरिएको थियो।

तर, समयसँगै यो परम्परा विकृति र कुकृतिको स्रोत बन्न पुग्यो। महिनावारी भएको बेलामा काम गर्नुहुँदैन, बरु दिनदिनै नुहाएर केहि दिनसम्म आराम गर्नुपर्दछ भन्ने तार्किक विश्वास रूढ हुँदै आएर अन्धविश्वास र विकृतिको रूपमा परिवर्तन हुन पुगेको हो। अझै पनि कतिपय विकट गाउँहरूमा महिनावारी भएको महिलालाई घरभित्रै पस्न नदिई गाईको गोठ अथवा टहरामा सुताउने प्रथा चलिरहेको छ।

६. ‘घर भित्र नङ काट्नुहुँदैन, गरीबीले घेर्छ!’

यो त सबैले सुनेकै र भोगेकै कुरा हो। अनि सोँच्नुभएकै होला कि नङ र गरीबीको के सम्बन्ध? तर सम्बन्ध छ:

नङ भनेको मृतकोषहरू हुन्, जसमा शरीरलाई नचाहिने अनि हानिकारक तत्वहरू हुन्छन्। यदि हामीले घरभित्र नङ काट्यौँ भने त्यो नङ उछिट्टिएर जता पनि जान खस्न सक्छ, खाना अथवा पानीमा पनि पर्न सक्छ। अनि यदि हामीले नङ खायौँ भने त्यसमा भएका कीटाणु र हानिकारक तत्व पनि खान्छौँ, जसले विभिन्न किसिमका रोग तथा शारीरिक समस्याहरू निम्त्याउन सक्छ। रोग लागेपछि उपचार गर्नुपर्यो, जसको लागि खर्च बढि हुन्छ र यसरी उपचार गर्दा गर्दा घरको आर्थिक स्थिति पनि कमजोर हुँदै जान्छ र अन्त्यमा, गरीबी!

७. ‘रातिको बेला घर बढारेर फोहोर बाहिर फाल्नुहुँदैन, लक्ष्मी भाग्छिन्!’

यसमा पनि एक गहिरो तर्क लुकेको छ। पहिलेपहिले धन र सम्पत्ती पैसा थिएन। पहिले अन्नलाई नै धन र सम्पत्ती मानिन्थ्यो र पैसा पनि सानो-सानो सिक्का हुन्थ्यो। र यदि राति घर बढार्यो भने भुइँमा खसेका अन्नका दाना र पैसाको सानो सिक्का पनि फोहोरसँगै बाहिर फालिने डर हुन्थ्यो, किनभने राति अँध्यारो हुन्छ र देख्नको लागि पहिले बिजुली थिएन। त्यसैकारण नै घरको फोहोर फाल्ने काम विहानमा गर्दा शुभ मानिन्थ्यो।

साभारः नेपाली हेडलाईन्स


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतीय राजदूतले मधेसीवादी दलहरुलाई उचालेः उपप्रधानमन्त्री मैनाली

१४ चैत, विराटनगर । उपप्रधानमन्त्री सीपी मैनालीले भारतीय राजदुत रणतीय रायले मधेसीवादी दललाई उचालेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला मधेसवादी दलहरुलाई उचाल्ने उद्देश्यले भेटघाट गर्नु कूटनीति मर्यादा विपरित रहेको उनले बताए ।

शनिबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसंगको कराकानी मैनालीले प्रधानमन्त्री ओली चीन भम्रण सकेर स्वदेश फर्केपछि यसबारे छलफल हुने बताए । आन्दोलनमा रहेका मधेसी दलका नेतालाई आन्दोलनमा कसरी जान्छौं, त्यसको तयारी कस्तो छ भनेर मनसाय वुझ्न् सामान्य नभएको उनले बताए ।

उप-प्रधानमन्त्री मैनालीले प्रधानमन्त्रीको जारी चीन भ्रमण नेपाल र नेपालीका लागि कोशेढुंढा सावित भएको पनि दाबी गरे । चीनसँग भएको सम्झौताले नेपालले दिर्घकालीन फाइदा लिन सक्ने भन्दै उनले भने, ‘अब भारतसँग मात्र व्यापार निर्भरता कायम रहनु पर्दछ भन्ने भएन ।’

माले महासचिव समेत रहेका उपप्रधानमन्त्री मैनालीले सरकार परिवर्तनको सम्भावना नरहेको दाबी गरे र कांग्रेसलाई समेत यहि सरकारमा ल्याएर संविधान कार्यन्वयनको दिशामा देश बढ्ने उनको तर्क छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुकमा मायाजाल विच्छ्याएर ठग्ने जीवनको रामकहानी

रमेश धमला

१३ चैत, काठमाडौं । शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको मुद्दा शाखाका डीएसपी रविन्द्र रेग्मीको कार्यकक्षमा युवतीहरुको भीड थियो । उनीहरु धारे हात लगाएर भन्दै थिए ‘त्यो फटा’लाई भेट्न पाएहुन्थ्यो ।

उनीहरुले खोजिरहेको फटाह अरु कोही नभएर अमेरिकी सेना हुँ भन्दै ठगी गर्ने जीवन लामा थिए । र, अहिले जसले उनलाई ‘फटाह’ भन्दै खोजिरहेका थिए, उनीहरु मध्ये धेरैले तीनै जीवनसँग विवाह गरेर अमेरिका जाने सपना देखेका थिए ।

जब बिहे गरेर अमेरिका उड्ने सपना देखाएर पैसा हात पारेका जीवन भागे, तब मात्र उनीहरुले ठगिएको पत्ता पाए । धेरैको उजुरी परेपछि प्रहरीले लामालाई क्राउ गरेको छ ।

२ पटकको भेटले २ लाख ६० हजार चट्

धरानकी रेश्मा राई (नाम परिर्वतन)लाई करिब १ वर्ष अगाडी राजु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा फे्रन्ड रिक्वेस्ट आयो । केहिदिन सम्म त उनले स्वीकार गरिनन् ।

तर, पटक-पटक म्यासेज आउन थालेपछि फेसबुक साथी बनाइन् । अमेरिकाको क्यालिफोर्निया बस्ने बताउने राजुसँग उनको च्याटबाट गफ हुन थाल्यो । केहि महिनाको फेसबुक च्याटपछि राजुले आफू केहि दिनमा नेपाल आउन लागेको र आएपछि भेटने बताए ।

फेसबुकको कुराकानीबाटै नजिकिएकी रेश्मा पनि अमेरिकाबाट आउने राजुलाई भेटन तयार भइन् । गत अक्टोबरमा राजु नेपाल आइपुगेको खबर रेश्माले पाइन् । उनिहरुको भेटघाट पनि भयो दुई पटक ।

केहि दिनपछि राजुले रेश्मालाई फोन गरेर आफ्ना एक जना आफन्त बिरामी भएर भारतको बैंग्लोरमा उपचार गरिरहेकोले पैसा चाहिएको तर, आफ्नो अमेरिकाको एटीमबाट पैसा निकाल्न नमिल्ने सुनाए । आफूलाई तत्काल २ लाख भारु खोजिदिन आग्रह गरे ।

राजुको मोहमा फसिसकेकी रेश्माले २ लाख भारु त दिन सकिनन्, जसो तसो गरेर २ लाख ६० हजार नेपाली रुपैयाँ भने दिलबहादुर श्रेष्ठको नाममा आईएमई गरिदिइन् राजुको लागि । पैसा पठाएको भोलिपल्टैबाट राजु फेसबुक र फोन सम्पर्कबाट गाएब भए, किनकी उनी राजु नभएर ठग जीवन थिए ।

जसले सिक्री बेचेरै पैसा बुझाइन्

नुवाकोटकी रमा थापा (नाम परिर्वत)लाई गत साउनमा सञ्जु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा साथी बन्न आग्रह आयो । केहीदिन स्वीकार नगरेपछि पटक-पटक म्यासेज आयो ।

आफू अमेरिकामा बस्ने र एउटै जिल्लाको भएको भन्दै कुरा गर्न खोजेको भन्दै पुरानै परिचय दिए । त्यसपछि फेसबुकमा कुराकानी हुनथाल्यो । मंसिरमा आफू नेपाल आएको भन्दै फोन गरे र गंगबुमा भेट्न बोलाए । ‘सन्जु’ रमालाई भेट्न चक्लेट लिएर पुगेका थिए ।

त्यसको केहि दिनपछि सुकेधारामा दोस्रो भेट भयो । त्यति बेला अमेरिकाबाट आएको बताउने सन्जुले रमालाई आइफोन उपहार दिएका थिए । तर, उनले अस्वीकार गरिन् । रमालाई के थाहा त्यही आइफोन दिएको बहानामा आफनो २ लाख चट हुन्छ भन्ने ।

केहीदिनपछि सन्जुले अंकलको छोरी बिरामी भएर थाइल्याण्ड लैजान लागेकोले पैसा जरुरी परेको भन्दै पोखराबाट फोन गरे । रमाले सुरुमा त आफूसँग पैसा नभएकोले सहयोग गर्न नसक्ने भन्दै टारेकी थिइन् । तर, पटक-पटक आग्रह आए पछि उनको मन पग्लियो ।

परिवारले खाजा खान दिएको पैसा जम्मा गरेको ५० हजार र घाँटीमा लगाएको सुनको सिक्री विक्री गरेर १ लाख ५० हजार जम्माभयो । केहि दिनमा फिर्ता गर्छु भनेकोले आमासँग थप एक लाख माग गरिन र २ लाख ५० हजार आइएमईमार्फत गरेर सन्जुलाई पठाइन् । तर, रमालाई के थाहा उनी जीवनको जालमा परेकी थिइन् ।

को हुन् जीवन ?

यो त प्रतिनिधि घटना मात्र हो जीवनले चलाएको गठी धन्दाको । प्रहरीका अनुसार उनले यसरी नै फेसबुकमा अनेक नामबाट पेज बनाउने, युवतीहरुसँग सम्वन्ध बढाउने र ठग्ने गर्दैर् आएका थिए ।

उनको नागरिकतामा रहेको नाम जीवन तामाङ छ । २००४ सालमा जीवन अफगानिस्तान गएको अनुसन्धानका क्रममा खुलेको छ । कहि वर्ष अफगानिस्तान बसाइको क्रममा केही अमेरिक सेनालाई साथी बनाए र उनीहरुसँग केहि तस्वीरहरु पछि खिचाए ।

अफगानस्तानबाट फर्किएपछि बेरोजगार जीवनले ठगी धन्दा सुरु गरे । उनले २०६९ सालमा मकवानपुरका एक व्यक्तिलाई अफगानिस्तान पठाइदिन्छु भन्दै ठगेको खुलेको छ । मकवापुरका ती पीडितसँग पनि जीवनको फेसबुकमार्फत नै चिनजान भएको थियो ।

करिब ४ लाख रुपैंया ठगी गरेको आरोपमा पक्राउ परेका उनी ७० साल चैतमा धरौटीमा छुटे । त्यसपछि भने उनले युवतीलाई निशानामा पारेर ठगी धन्दा चलाउन सुरु गरे ।

१६ जनाबाट ४२ लाख असुली, श्रीमतीको साथ

जीवन पक्राउ परेको खबर सार्वजनिक भएपछि उनीविरुद्ध उजुरी गर्नेहरु सानोतिनो भीड नै लागेको छ काठमाडौं प्रहरीमा । काठमाडौं बाहिर रहेका कतिपय पीडितले फोनबाटै उजुरी टिपाएका छन् ।

अहिलेसम्म १६ जना युवतीबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको जीवन आफैंले स्वीकार गरिसकेका छन् । अहिलेसम्म ठगेको पैसा कहाँ छ भनेर प्रहरीले खोजिरहेको छ । पछिल्लो पटक उनले ५ लाख रुपैयाँ पोखराका दाइ पर्ने व्यक्तिलाई पठाएको खुलेको छ ।

जीवनसँगै उनकी श्रीमती सूवी पनि प्रहरी हिरासतमै छिन् । जीवनले आफनो ठगी धन्दामा श्रीमती सुवीको पनि सहयोग लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विषेश गरेर आफुलाई विश्वास नगर्ने युवतीलाई बहिनी भन्दै श्रीमतीसँग कुरा गर्न लगाउँथे ।

फोटोसपको कमाल

चाबहिलस्थित जीवनको डेरामा छापा मार्न पुगेको प्रहरीलाई उनको कोठामा देखिएको दृष्यले चकित बनायो । बाराका ओबामादेखि जर्ज बुसुँगग खिचिएका तस्वीरहरु राखिएका थिए । तर, सबै फोटोसपबाट जोडिएका तस्वीरहरु थिए, जुन ठगी धन्दामा प्रयोग भएको छ ।

५ वटा कोठा भएको ˆल्याटमा बस्ने उनले कुकुर पालेका थिए भने एउटा कोठामा छुट्टै मन्दिर नै खडा गरेका थिए । उनले ˆल्याटको ३० हजार र एसीको ५ हजार गरेर महिनाको ३५ हजार भाडा बुझाउँथे ।

कोठामा अमेरिकन आर्मीको पोशाकमा सजिएको फोटो राखेर बसेरका जीवनको धन्दाबारे घरमालिकले समेत सुइको पाएका थिएनन् । करिब ४ महिना अघि उक्त घरमा बसेका जीवनले आफू अवकाश प्राप्त अमेरिकन सेना भएको बताउने गरेका थिए ।

प्रहरीलाई जीवनले आफू ३ कक्षा मात्रै पढेको बताएका छन् । तर, फेसबुकमा भने उनी पोख्त रहेछन् । जीवनले सबैलाई फेसबुकबाटै आफ्नो ठगी जालमा पारेका छन । फेसबुकबाटै युवतीको विवरण लिने र भेटनु अघि गाउँ पुग्ने र त्यसको फेहरिस्त सुनाउने उनको गजबको शैली थियो ।

फेसबुक ‘आतंक’ रोक्न नयाँ कानुन चाहिन्छः एसएसपी थापा

जीवन तामाङले फेसबुकको प्रयोग गरेर चलाएको ठगी आतंकले प्रहरीलाई चकित बनाएको छ । पछिल्लो समय समाजिक संजाल सूचनाको लागि जति उपयोगी छ उतिकै घातक बन्दै गएको उदारहण जीवन तामाङ भएको काठमाडौंका एसएसपी बिक्रम सिंह थापा बताउँछन् ।

नेपालमा सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा पक्राउ परेकाहरुलाई विद्युतीय ऐन अन्र्तगत कारबाही हुने गरेको छ । जुन निकै फितलो देखिने भएकोले सामाजिक सञ्जाल नियन्त्रण गर्न नयाँ कानुनको जरुरी भएको एसएसपी थापा बताउँछन ।

एसएसपी थापा भन्छन्, ‘फेसबुककै कारण कतिको ज्यान गएको छ, कति ठगिएका छन् । त्यस्तालाई कावारबाही गर्न प्रहरीलाई पनि प्रविधि चाहिन्छ र कानुन पनि नयाँ बनाउनु पर्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नयाँ शक्तिले सफा गर्‍यो बौद्ध परिसर

१३ चैत, काठमाडौं। ‘हरियाली काठमाडौं, सफा काठमाडौं’ भन्ने नाराका साथ २४ हप्ते काठमाडौँ सफाइ अभियान सुरु गरेको नयाँ शक्ति नेपालले आज विश्व सम्पदा स्थल बौद्ध क्षेत्रको सफाइ गरेको छ ।

यही चैत ६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट सुरु भएको अभियानको दोस्रो साता आज बौद्ध क्षेत्रको सफाइ गरिएको हो ।

काठमाडौँ महानगरपालिका-६ बौद्ध स्तुपबाट गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकसम्म गरिएको सहर सफाइबाट पाँच ट्रक फोहर निकाली व्यवस्थापन गरिएको अभियानकर्मी नीरज लामाले जानकारी दिए।

कार्यक्रमको शुभारम्भ गर्दै नयाँ शक्तिका सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले उपत्यकालाई सफा बनाउने २४ हप्ते कार्यक्रमअन्तर्गत दोस्रो साता बौद्ध क्षेत्रको सफाइ गरिएको बताए ।

“अर्को हप्ता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन क्षेत्रको सफाइ गरिनेछ, क्रमशः उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रको सफाइ गरी सहर सफा गर्न जुट्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नेछौँ”–उनले भने ।

सफाइमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो । दुई वर्षअघि वागमती सफाई महाअभियान सुरु गरेर वागमतीको शुद्धीकरणमा योगदान पुगेजस्तै काठमाडौँलाई आदिकवि भानुभक्तको शब्दमा ‘अमरावती कान्तिपुरी नगरी’ बनाउन जनचेतना जगाउने उद्देश्यले अभियान सुरु गरिएको अभियानकर्मी लामाले राससलाई जानकारी गराए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आइतबार मिस्टर नेपाल

चैत्र १३, २०७२- नेपाली पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल—२०१६’ को भोलि आइतबार सम्पन्न हुने ग्रान्ड फिनालेको सम्पूर्ण तयारी पूरा भएको आयोजक एक्सपोज नेपालले जनाएको छ ।

विजेताले मिष्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकोले प्रतियोगिता भव्य बनाउने तयारीमा लागेका जनाउँदै आयोजक संस्थाले मिस्टर नेपालमा स्थानीय स्तरमा हुने सौन्दर्य प्रतियोगिता मध्येकै भव्य स्टेज हुने दाबी गरेको छ । यसपटकको मिस्टर नेपालमा ४५ जिल्लाका ५० प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगीहरूलाई सैद्धान्तिक, प्रयोगात्मक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

मिस्टर नेपालको ग्रान्ड फिनालेलाई तीन जना उद्घोषकहरू कला सुब्बा, सुशील नेपाल तथा रोजिन शाक्यले सञ्चालन गर्नेछन् । दुई चरणमा विभाजन गरिएको प्रतियोगिताको उद्देश्य युवाहरूको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउनेछ । प्रतियोगिताका सहभागीहरूलाई स्वीमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ्ग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ आदिका विधामा समेत पोख्त बनाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कथाः सपनाकी बेहुली

– सविता सापकोटा

छोरी भएर जन्मिसकेपछि पराईको घरलाई आफ्नो सम्झेर जानुपर्ने विधाताको नियमलाई कसैले पनि हत्कडी लगाउन नसक्दो रहेछ । रातो साडी, रातै चुरा सबै रातो पहिरनमा सजिएर बेहुलीबन्दा सबैको मुहार मोतीझैं चम्केको देखिन्छ । बाबाआमाको न्यानो काख र मायामोह त्यागेर पराईको अँगालोमा रमाउनुपर्ने नियमले साथीभाइ, आफन्त सबैलाई बिरानो बनाउँदो रहेछ । लामो यात्रामा अदम्य साहस बटुलेर एक्लै होमिएको मेरो मन निकै चिन्तित थियो । सधैं बसमा सँगै यात्रा गर्ने साथीको यादले एउटा पीडा थियो भने खाली रहेको सिटमा कस्तो मान्छे पर्ला भन्ने अर्को पीर थियो ।

कोहीसँग चाहेर पनि जीवन बिताउन नपाउने र कोहीसँग नचाहँदा–नचाहँदै पनि जीवन जिउनुपर्ने दैवको खेल देख्दा पनि अचम्म लागेर आउँछ, मन भारी हुन्छ र म सुस्केरा हाल्न पुग्छु । केही बेरको समयपछि मेरो छेउको खाली सिटमा एउटा अधबैंसे युवक आइपुग्यो र यो सिट खाली हो भनी बस्यो । वर्षांैसम्म सँगै साथ बिताएकी साथीको विवाहमा जान आँटेकी म मनमा धेरै कुरा खेलाउँदै थिए । रहर भनूँ वा बाध्यता, पराईको अँगालोमा बेरिएर हाँस्नुपर्ने कठोर जीवनलाई म आफ्ना कल्पनाको किताबमा पाना पल्टाउँदै थिए । घरमा सधैँ पढ्नु छ भन्दै खाएको थालमा चुठ्ने बानीले मनमनै आफैंलाई गिज्याइरहेको थियो । यो जाडो याममा चिसो पानीले भाँडा माझ्दै गरेको सम्भिँmदा पनि मन नै बरफ भएर आएको थियो । ओहो † अरूका बाबा–आमाले कस्तो व्यवहार देखाउने हुन् । सबै मानिस एकै हुँदैनन् । हुनत हाम्रा हातका ५ औंला त बराबर हुँदैनन् । कतिपय घरमा बुहारीलाई नोकर नै सम्झन्छन् भने कोही घरमा माया र स्नेहले सजाएर राखेका हुन्छन् । यो सबै भाग्यकै खेल हो जस्तो लाग्छ । आफ्नो भाग्यमा जे लेखेर आएको छ त्यो भोग्नैपर्छ र ढिलो या चाँडो जहिले भए पनि पराईको घरमा जानैपर्छ । भाग्यको खेललाई न इरेजरले मेटाउन मिल्छ, न त कटरले नै चुच्चो बनाउन । उफ † यो चिसो मौसममा कसैले पनि विवाह नगरोस् । मेरो सोच पनि कस्तो ? त्यो भन्दैमा विवाहका लागि उपयुक्त मानिने मंसिर महिनामा लगन जुरे पनि विवाह नै नगरी बस्नु त ।

विवाहको दिनमा रातो पहिरनमा सजिँदा मोतीजस्तै टल्किन्छन् सबै बेहुली । विधाताको नियमलाई न कसैले बाँध्न सक्छ न त कसैले रबर चुटाएजसरी चुटाउन । जुनसुकै केटीलाई पनि आफ्नो भावी श्रीमान् असल परोस्, आफ्नो भावना बुझोस्, दु:खसुखमा साथ देओस्, लक्ष्य चुम्न मद्दत गरोस् भन्ने लाग्छ ।

पुरुषको मस्तिष्क त म पढ्न सक्दिनँ, तैपनि मैले सुनेअनुसार पुरुषहरूलाई पनि आफ्नी श्रीमती अरूभन्दा स्मार्ट होस् भन्ने लाग्छ रे । सम्मान भन्ने चिज दुवैले दुवैलाई दिनुपर्छ जस्तो लाग्छ ।
कहालीलाग्दो यो जीवन देखेर पनि यो मन त्यसै भारी भएर आउँछ । हातमा हत्कडी र नेलसरह चुरा लगाउनुपर्ने, घाँटीमा गाई–गोरुलाई दाम्लो बाँधेसरह पोते लगाउनुपर्ने, सिउँदोदेखि लिएर आँखा, ओठ सबै सजाउनुपर्ने । मन नलागेर भए पनि रातो पोसाकमा आफूलाई सजाउनुपर्ने । के एक नयाँ बन्धनमा बाँधिन मैले यी सबै गर्नुपर्ने हो र ? के मेरो जिन्दगीको गन्तव्य यही हो ? यसरी मैले नचाहेर भए पनि उसलाई साथ दिनुपर्छ भनेर सबैले सिकाउँछन् । छोरी भएर यो धर्तीमा जन्म लिएपछि आफ्ना इच्छा–आकांक्षालाई एकातिर कुजाएर जिन्दगी नै अरूका निम्ति तर्पन गर्नुपर्दा मन नै बरफ जमेजसरी चिसिन पुग्छ । जीवनको लामो यात्रामा एकल जीवन जिउने यात्रीहरू पनि यो दुनियाँमा छन् । के उनीहरूले यी सबै सपना सजाएका हुँदैनन् ?

विविध सोचको भुमरीमा डुब्दै म त सपनीमा आफूलाई बेहुलीका रूपमा सजाउन पुगेछु । आफ्नै नजिक बसेको युवकलाई बेहुलाको भेषमा ऊसँगै रातो साडीमा सजिएर हिँडेको सपनी देखेछु । विवाहका लागि कुनै सोच नबनाएको यो मनले अचानक बेहुली बनेको सपना देख्दा म झसङ्ग भए । के विवाहपूर्व कुनै मोडमा सबै नारीले यस्तै सपना देख्छन् र ? खाजा खाने ठाउँमा बसको ब्रेकसँगै बिउँझिएकी म आफूलाई पाइन्ट–टिसर्टमा पाउँदा झसङ्ग भए । खोई कस्तो दिवासपनामा रुमलियो मेरो मन । म त दिनमा सुत्ने र रातमा ब्युँझिने उल्लूजस्तै भएछु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आउनुस्, मिलेर अमेरिका छिरौं !

अमेरिकी वैज्ञानिकको दावी, ‘राम, रावण र हनुमान असली पात्र हुन्, कथामात्रै होइन रामायण’

आधुनिक युवा पुस्ताले रामायण र महाभारतको कथालाई किंबदन्तीकोरुपमा मात्रै बुझ्ने गर्छन् । अब उनीहरुले आफ्नो बुझाई सच्याउनुपर्ने अवस्था सिर्जना भएको छ । किनकी अमेरिकी वैज्ञानिकहरुले रामायणमा उल्लेख भएको पाताल लोक तथा रामायणमा उल्लेख भएका कहानीलाई सत्य सावित गर्ने तथ्यहरु भेट्टाएका छन् ।

रामायणमा उल्लेख गरिएको छ, ‘यही स्थानबाट हनुमानले राम र लक्ष्मणलाई पातालपुरीको राजा अहिरावणको पञ्जाबाट मुक्त गराएका थिए । उक्त स्थानमध्य अमेरिकी महाद्वीपमा पूर्वीहोण्डुरसको जंगलमूनि रहेको छ । अमेरिकी वैज्ञानिकहरुले लाइडर प्रविधिबाट उक्त स्थानको थ्रिडी नक्सा तयार गरेका छन् । जसमा जमिनको गहिराइमा गदाजस्तो हतियार लिएको बाँदर देवताको मूर्ति रहेको पुष्टि भएको छ ।

ahiravana-8

स्कूल अफ म्यानेजमेन्ट साइन्सेजका निर्देशक तथा वैदिक विज्ञान केन्द्रका ईञ्चार्ज प्रो. भरतराज सिंहले भने, ‘पहिलो विश्व युद्धपछि एक अमेरिकी पाइलटले होण्डुरसको जंगलमा केही अवशेष देखेका थिए । अमेरिकी पत्रिका ‘डेली टाइम्स ग्याजेट’का अनुसार यस सहरबारे पहिलो जानकारी अमेरिकी खोजकर्ता थिं‌योडोर मोर्डले सन १९४०मा दिएका थिए । एक अमेरिकी पत्रिकामा उस प्राचीन सहरमा बाँदर देवताको पूजा हुने गरेको कुरा लेखेको थियो, तर उसले त्यसको कारण खुलासा गरेन । पछि रहस्यमयी तरिकाले थिंयोडोरको मृत्यु भयो, उनको मृत्यु अझै रहस्यकै घेरामा छ ।

ahiravana-5

करीब ७० वर्षपछि अमेरिकी ह्यूस्टन यूनिभर्सिटी तथा नेशनल सेंटर फर एयरबोर्न लेजर म्यापिङ्गका वैज्ञानिकले होण्डुरसको घना जंगलमा मस्किटिया नामक स्थानमा लाइडर नामक प्रविधिको सहयोगमा जमिनको गहिराइको थ्री-डी नक्साङ्कन गरे, जसमा प्राचीन रामायणमा उल्लेख भएको पाताल लोकनामक प्राचीन सहर पत्ता लाग्यो । यसक्रममा जंगलकोमाथिबाट विमानको सहायतामा अर्बौं लेजर तरङ्ग जमिनमा फ्याँकिएको थियो । यसरी थ्री-डी डिजिटल नक्सा तयार भयो । थ्री-डी नक्सामा जमिनमूनिको गहिराईमा मानव निर्मित कैयन बस्तु देखियो । यसमा हातमा गदाजस्तो हतियार लिएर घुँडा टेकेको भीमकाय बाँदरको मूर्ति पनि सामेल थियो ।

ahiravana-6_hj5Kkcu

होण्डुरस सरकारले सो एेतिहासिक जंगलमा अनुसन्धान गर्न प्रतिबन्ध लगाइपछि यसबारे थप खोज हुन सकेको छैन । अमेरिकी इतिहासकार पनि मान्छन्, ‘पूर्वी होण्डुरसको घना जंगलस्थित मस्किटिया नामको इलाकामा हजारौं वर्ष पहिले एक गुप्त सहर थियो । त्यहाँका मानिसशरु एक भीमकाय बाँदर मूर्तिलाई पूजा गर्दथे ।

ahiravana-3

प्रो. भरतराज सिंहले भने, ‘बंगाली रामायणमा पाताल लोकको दूरी १००० योजन रहेको भनिएको छ । जुन लगभग १२ हजार ८०० किलो मिटर हुन्छ । यो दुरी सुरुङको माध्यमबाट भारत र श्रीलंकाको दूरी बराबर छ । रामायणमा वर्णन छ कि, ‘अहिरावणको कब्जाबाट भगवान राम र लक्ष्मणलाई छुटाउनका लागि हनुमानले पातालपुरीका रक्षक मकरध्वजलाई हराउनु परेको थियो । मकरध्वज बजरंगबलीकै पुत्र थिए, उनको स्वरुप पनि बजरंगबलीजस्तै थियो । अहिरावणको बधपछि रामले मकरध्वजलाई नै पातालपुरीको राजा बनाइदिएका थिए । जमिनमूनी भेटिएको सो बाँदरको मूर्तिप्रतिबारे अनुसन्धानकर्ताहरुको निष्कर्ष छ, त्यहाँका मानिसहरुले सोही समयदेखि मकरध्वजको मूर्ति पुज्ने गरेका थिए ।

साभारः साझा पोष्ट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजधानी प्रवेश वा बाहिरिदै हुनुहुन्छ भने यो बाटो कदापि नआउनु

काठमाडौं, १३ चैत । सडक मर्मत कार्य गर्नुपर्ने भएकाले सडक विभागले मकवानपुर जिल्लाको फाखेल हुँदै काठमाडौंको फर्पिङसम्मको सडकमा काम थालेको छ ।

सो सडकमा काम सुरू भएकाले सवारी आवागमन प्रभावित हुनेभन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशहापथले बैकल्पिक मार्गबाट जान अनुरोध गरेको छ ।

फाखेल-फर्पिङ सडक मर्मतका लागि एक महिना लाग्ने भएकाले सो अबधिभरि आवागमन सहज नहुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि जनाएको छ ।

यो मार्ग हुँदै हेटौँडा र पूर्वी तराईका जिल्ला जान सहज हुने भन्दै यात्रुले यो सडक धेरै प्रयाग गर्दै आएका छन् । सडक शुक्रबारदेखि नै मर्मत सुरू भइसकेको छ ।

महानगरीय प्रहरीले यो मार्ग प्रयोग गर्नुभन्दा बैकल्पिक मार्गबाट यात्रा गर्दा तत्कालका लागि सहज हुने सुझाव यात्रुलाई दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौँमा सडक फराकिलो पार्ने भाइकाजी तिवारी ‘रिटायर्ड’ भएपछि….

५८ वर्षे उमेर हदका कारण यही चैत ८ गते सरकारी जागिरबाट अवकास पाएका छन् काठमाडौंको मुहार फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपत्यका शहरी विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले । तिवारीले काठमाडौंका सडक फराकिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । धेरै धाकधम्कीको सामना गरी उनले काठमाडौं मुहार नै फेरिदिए । लमजुङको चिती गाविसमा जन्मिएका भाइकाजी तिवारी पहिलोपटक एसएलसी फेल भएका थिए । दोस्रोपटकमा एसएलसी पास गरेका तिवारीले इन्जिनियरिङमात्रै गरेनन, पीएचडीसम्म गरे । २०४४ सालमा नेपाल कागज उद्योग लिमिटेडबाट सरकारी जागिरे यात्रा सुरु गरेका तिवारी २०४५ साल मंसिर २४ गतेबाट नेपाल सरकार राजपत्रांकित तृतीय श्रेणी इन्जिनियर पदमा नियुक्त पाएका हुन् । २०६० पुसमा आइपुग्दा उनी राजपत्रांकित द्वितीय श्रेणीमा वढुवा भएका थिए । २०६२ सालमा नगर नियोजक तोकिएका उनी त्यही बेलादेखि १० वर्षसम्म एउटै कार्यालयमा रही काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको प्रमुख आयुक्तका रुपमा अवकास पाए । काठमाडौं उपत्यका प्राधिकरणको आयुक्त हुँदा उनले देखेको सपना के थियो ? कतिको पूरा भयो ? यो बीचमा के कस्ता धम्कीका सामना गर्नुप¥यो ? उनले मनको वह यसरी पोखेः

भुत्ते बनाइयो प्राधिकरण

मन्त्रालयमा आउँदा देखेको सपना केही हदसम्म पूरा भयो तर मेरो चाहना सबै पूरा हुन सकेनन् । प्राधिकरणलाई लंगडो पार्ने काम भयो । त्यसमा पनि विविध वहानावाजी हुँदै कामहरु रोकिए । समयमा बजेट कहिल्यै निकासा भएन । तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिमा रहँदा जब कामले गति लिँदै थियो त्यही समयमा समितिलाई खारेज गरियो । प्राधिकरण बनाइयो । त्यही कुर्सीमा दाँयाबायाँ नगरी काजमा खटाइयो । यहीँबाट प्रस्ट हुन्छ स्तर कसरी खस्काइयो ?

Bhaikaji-tiwari

जब प्राधिकरण बनाइयो, भएका सरसामान फिर्ता गर्नु अनि नयाँ सामाग्री आउँछ भन्ने आश्वासन देखाइयो । न त सामाग्री आयो न भनेको समयमा बजेट । प्रधानमन्त्री, मुख्य सचिव, विभागीय मन्त्रीलाई समेत भेट्दा बजेट रोकिँदैन, काम गर्नुहोस् भन्ने ‘ओठे’ आश्वासन त देखाए तर कहीँ कतैबाट समयमा बजेट आउन सकेन । विस्तारको क्रममा रहेको जोरपाटी–शाँखु सडकखण्डका जग्गाधनीले क्षतिपूर्ति पाएको खण्डमा ‘हाम्रो जग्गा खुशीसाथ दिन्छौं, सरकार आउ’ भनेर बोलाएका छन् । तर सरकार कानमा तेल हालेर बसेको छ । यो सडक विस्तारका लागि मुआब्जाका लागि मात्र कम्तिमा १४ करोड रुपैयाँ लाग्दछ । त्यस्तै त्रिपुरेश्वर–नागढुंगा सडकको हालत पनि उस्तै छ ।

२०५८ सालदेखि निरन्तर

२०५८ सालदेखि काठमाडौं उपत्यका नगर विकास समितिमा डल्लु आवास नगर विकास समितिको योजना प्रमुख, कीर्तिपुर जग्गा एकीकरण आयोजना (जो सबैभन्दा छोटो समयमा सकिएको आयोजनामध्ये पर्दछ), सिनामंगल जग्गा एकीकरण आयोजनामा रही काम सम्पन्न गरिसकेको अनुभव थियो । वागमतीनगर जग्गा एकीकरण आयोजना, दिव्यश्वरी नगर विकास आयोजना, धोवीखोला करिडोर १३ किमी काम सम्पन्न भइसकेको छ । राजाको प्रत्यक्ष शासनकालमा नगर नियोजक तोकिएर यता आएको थिएँ । सरकारले दिएको जिम्मेवारीबाट भाग्न मिल्दैनथ्यो । आफूसँग भएको सीमित स्रोत र साधनको अधिकतम् प्रयोग गरी काम गर्दै गए ।

२ सय ६२ किमी सडक विस्तार

म काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको प्रमुख रहँदा काठमाडौंभित्रको २ सय २५ किमी सडक चौडा भइसकेको छ । म रिटायर्ड भएर जाने समयसम्म पनि काम चलिरह्यो । ललितपुरमा ३० किमी र भक्तपुरमा ७ किमी गरी काठमाडौं उपत्यकाभित्र २ सय ६२ किमी सडक विस्तार भइसकेको छ । अरु विस्तारका लागि २ सय किमी सडक पहिचान भएका छन् । चाबहिलदेखि जोरपाटी हुँदै सुन्दरीजल, ललितपुरमा कर्मनशादेखि गोदावरीसम्म, सातदोवाटोदेखि लेले, टियु गेटबाट दक्षिणकालीसम्म पहिचान भएको छ । सायद अव आउने प्रमुखले यसलाई निरन्तरता दिनुहोला भन्ने अपेक्षा राख्दछु । कमलपोखरीमा कमिला हिँड्थ्यो । अहिले कमलपोखरी पुग्दा सबैको मन रमाउँछ । नारायणचौरलाई पार्कका रुपमा विकसित गरेको, टोखामा सपना तीर्थ मन्दिर, चण्डेश्वर मन्दिर, नाट्यश्वर मन्दिरलगायतका हजारौं मन्दिर सुधार यी सबैको पछाडि मेरै हात छ ।

भनिन्छ, मूल राम्रो भयो भने खोला पनि सग्लो हुन्छ । राजधानीमा गरेका कामको प्रतिविम्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेको छ । यसैगरी केन्द्रमा राम्रो कामको सुरुवात भएको खण्डमा अरु क्षेत्रमा पनि विकास गर्दै जान सकिँदोरहेछ ।

नयाँ हाकिमलाई चुनौती

भाईकाजी तिवारीलाई सरकारले २०७० सालमा सर्वाेत्कृष्ठ कर्मचारीका रुपमा पुरस्कृत पनि ग¥यो । ‘साथीभाई रिसाउलान् मैले यसो भन्दा यो कुर्सीमा भाइकाजी मात्र बसेन । म १८ औं हाकिम हुँला ।’ यही नियम, कानुनले काम गर्न सकिँदो रहेछ । वस् खाँचो रहेछ इच्छाशक्ति । म जागिरे मात्र बन्न रुचाइनँ । नतिजामुलक काम गरी देखाउँछु भन्ने अठोट लिएर यो क्षेत्रमा प्रवेश गरेको थिएँ । प्राधिकरणलाई स्रोत/साधनविहीन बनाएर अपांग बनाउँदा समेत यो देश विकास र जनताको हितमा के गर्न सक्दछु भन्ने सोच सदैव रही रह्यो । जिम्मेवारीबाट पन्छिँन । आजै गर्ने सकिने कामलाई भोलि÷भोलि भन्दै पन्छाईनँ । नहुने कामलाई हुँदैन भन्दै उल्टै नमस्कार गरेरै विदा गरियो ।

बेहिसाव धम्की

यो बीचमा आएको दवाव धम्की बेहिसाव रह्यो । अवकास पाउनु अघिल्लो दिनसम्म पनि आफ्नै कार्यकक्षमा ज्यादती भए । तँलाई कुनै पनि समय सिद्धाउँछुसम्म भने । घर घेर्ने कति आए कति ? चोक–चोकमा काला अक्षरले लेखियो । अपराधी करार गर्ने प्रयास गरियो । तर हिम्मत हारिँन । मेरो व्यक्तिगत हितका लागि बाटो विस्तारको काम गरेका काम थिईंन । तर, पछिल्लो समयमा आएर जसले हिजो विरोध गरेका थिए उनीहरुलाई आत्मग्लानी भएको छ । अपवादको रुपमा चामल पिस्दा घुन पिसिएको हुन सक्दछ ।

नेताको थग्नै गार्‍हो पर्ने दबाब

नेताहरुबाट पनि दवाव आए । अरु त परको कुरा आफ्नै विभागीय मन्त्रीले फोन गरेर त्यो काम रोकिदिनुहोस् भन्ने आग्रह गर्दथे । म कडा स्वभावको भएकाले कडै जवाफ फर्काउँथें । ‘मेरो हातबाट बन्दुक पड्किसक्यो, अव गोली फर्कंदैन मन्त्रीज्यू’ भनेर फोन राखिदिन्थें । सचिवले तँ ठूलो कि म ठूलो भन्दै धम्काए÷तर्साए । विकास आयुक्तले पनि तर्साए । संसद्को पूर्वाधार समितिमा समेत उभ्याइयो । तर म आफ्नो कदमबाट पछाडि हटिन । ऐन कानुन पल्टाएँ, मौजुदा नियम कानुन यो छ भन्दै देखाएँ । कानुन ठीक छैन भने त्यसलाई संशोधन गर्नुहोस्, होइन भने कानुन अनुसार काम गरेको हुँ, काम गर्न दिनुहोस् भनें । माननीयहरुलाई सहयोग गर्नुहोस् भन्ने कडा जवाफ दिएँ । कसैले जवाफ फर्काउन सकेनन् ।
एउटै केसमा काग्रेस, एमाले, माओवादीका शीर्षस्थ नेताहरुको फोन समेत रिसिभ गरेको छु । सकेसम्म धम्क्याउने, नसके तर्साउने, त्यहाँबाट पनि पार नलागे अदालतमा पुगी मुद्धा मामिला गर्ने, त्यहाँबाट पनि हारेसँगै यहाँ, फलानोले भष्ट्राचार ग¥यो भन्दै अख्तियारमा उजुरी हाल्ने जस्ता काम पनि भए ।

कति धान्छ काठमाडौंले ?

मुलुकी ऐनको दफामा लेखिएको छ– आफ्नो जग्गा छ भने जहाँ पनि घर बनाउन सकिन्छ । हो, यही ऐनमा टेकेर पछिल्लो चरणमा विदेशमा गएर आठ÷दश लाख कमाएर ल्याइ, काठमाडौंको जग्गामा हालिहाल्ने र घर बनाइहाल्ने प्रवृत्ति मौलाउँदै गएको छ । म एकान्तमा अझै ठण्डा दिमागले सोच्छु हरित शहर र स्मार्ट सिटी कसरी बनाउन सकिएला ?
सडक विस्तार गरेर मात्र राजधानी व्यवस्थित हुँदैन । स्याटलाइट सिटीहरुको निर्माण गर्ने र नयाँ काठमाडौं निर्माण गर्ने सकेको खण्डमा सडकको भीडभाड कम गर्ने सकिन्छ भन्ने योजनालाई राष्ट्रिय योजना आयोगबाट स्वीकृत त गराएँ । तर पुनर्निर्माण प्राधिकरणमा पुगेर त्यो अल्झिरहेको छ । अव यो कस्ले खोज्छ ?

वावुराम र सडक

सडक विस्तारसँगै जोडिएर आउने नाम हो– पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई । उनी अर्थमन्त्री भएसँगै सरकारी कर्मचारीहरुलाई बोलाएर सोधे– ‘नयाँ नेपाल बनाउन तपाईंहरु के गर्न सक्नुहुन्छ ?’ यही प्रश्नले मेरो दिमाग रन्थनियो । साघुँरा मोड फराकिलो पार्ने पचासौँ करोड लाग्ने देखेसँगै मैले सुजाएको योजना हो सडक विस्तार गर्ने । जसको सुरुवात भैरवनाथ गणदेखि डिल्लीबजारसम्मको सडकबाट ग¥यौं । दुई वटा सरकार परिवर्तन भए तर पनि योजना लागु भयो । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २ सय ६७ किमी सडक विस्तार भएको छ । सर्वसाधारणहरु बाटोमा हिँड्दा घण्टौ जाममा पर्नुपर्ने समस्यामा केही हदसम्म कमी आएको छ । यो सबैको पछाडि हात कसैको छ भने मेरै छ ।

अवकासपछिको योजना

५८ वर्षीय उमेर हदका कारण सरकारी जागिरबाट अवकास पाएको छु । अब तत्काल केही दिन आराम गर्ने सोच बनाएको छु । त्यसपछि सरकारले केही जिम्मेवारी दिए त्यो बहन गर्ने सोचसमेत बनाएको छु । सरकारले कुनै काम नदिए निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने तयारी गर्ने छु ।

बिदाईको त्यो क्षण

सरकारी जागिर खाएपछि अवकाश त लिनै पर्छ । तर, डा. तिवारीको बिदाईमा भने आफ्ना मातहतका कर्मचारीमात्र हैन्, सडक विस्तारमा संलग्न काठमाडौँ महानगरपालिका, विद्युत प्राधिकरणका कर्मचारी पनि भाबुक थिए । काठमाडौँको नयाँ बानेश्वर र लाजिम्पाटमा छुट्टाछुट्टै कार्यक्रम गरेर उनको बिदाई गरियो । बिदाईमा खादा र मालाले भाइकाजीका शिर भरिएको थियो भने बिदाईमा आएकाहरु भाबुक देखिन्थे । सडक विस्तारको जिउँदो बाघको बिदाई भइरहँदा सडक मिचेर घर बनाइरहेका र गलत कार्यलाई बचाउन संगठित भइरहेकाहरुलाई भने सास्ती मिलेको छ । तर, जनमानसमा भने एउटा प्रश्न छ– अब भाइकाजीका अनुभावलाई सरकारले सही ठाउँमा उपयोग गर्ने मौका दिन्छ कि दिन्न ?

– प्रस्तुति: हरि गजुरेल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रचण्ड मधेस पसेपछि मधेशी मोर्चामा खैलाबैला, आयो कडा विज्ञप्ति

काठमाडौं, १३ चैत । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तराई प्रवेश गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा खैलाबैला मच्चिएको छ ।

आफूले प्रवेश गर्न नदिने घोषणा गरेपनि प्रचण्ड पावर लगाएर मधेस पसेपछि मोर्चाले आपत्ति जनाउँदै विहानै कडा विज्ञप्ति निकालेको छ ।

मोर्चाका नेताहरु वृषेश चन्द्र लाल, मंगलसिद्धि मानन्धर, मनिष कुमार सुमन, राम नरेश राय, केशव झा, कौशलेन्द्र मिश्र र परमेश कुमार साहले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा ‘संविधानमा हस्ताक्षरकत्र्ता पूर्व सभासदहरुलाई जिल्लामा विरोध गर्ने मोर्चाको घोषित कार्यक्रम अनुसार शुक्रबार एमाओवादीका अध्यक्ष प्रचण्डको वीरगंजमा मोर्चाका नेता कार्यकत्र्ताद्वारा विरोध गरिएको र उक्त विरोध प्रदर्शनमा प्रहरीबाट भएको दमनको घोर भर्त्सना गर्दछौं’ भनिएको छ ।

विज्ञप्तिमा मोर्चाले विरोध प्रदर्शनमा प्रहरी प्रशासनद्वारा गरिएको हस्तक्षेप र महोत्तरी लगायतका जिल्लाहरुमा झुठा आरोपमा आन्दोलनकारीहरु पक्राउ गरी मुद्दा चलाउने कार्य तत्काल फिर्ता लिन माग गरेको छ भने पक्राउ परेकालाई रिहा गर्न माग गरेको छ ।

‘प्रचण्डको वीरगंजमा मोर्चाका नेता कार्यकत्र्ताद्वारा गरिएको विरोध प्रदर्शनमा प्रहरी प्रशासनद्वारा गरिएको हस्तक्षेप र महोत्तरी लगायतका जिल्लाहरुमा झुठा आरोपमा आन्दोलनकारीहरु पक्राउ गरी मुद्दा चलाउने सरकारी दमन नीतिलाई निरन्तरता दिइदै विरगंजमा भएको धडपकडको मोर्चा घोर भत्सर्ना गर्दछ र पक्राउ परेका आन्दोलनकारी साथीहरुलाई तत्काल बिना शर्त रिहाई गर्न मोर्चा जोडदार माँग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

sachiwalay bigyapati


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमुख दल मिल्नुको विकल्प छैनः अध्यक्ष प्रचण्ड

दमौली, १३ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रमुख दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

यहाँस्थित सरकारी कार्यालयका प्रमुखसँग आज भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनको चुनौतीले गर्दा राष्ट्रिय एकताको आवश्यकता छ, भन्नुभयो ।

प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको उहाँको भनाइ थियो ।

निमित्त प्रजिअ किशोरकुमार चौधरीले जिल्लाका शान्ति, सुरक्षा र स्थानीय विकास अधिकारी उदयबहादुर रानाले विकास निर्माणका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

आजै क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार कुनै हालतमा पनि नढल्ने र नेपाली काँग्रेसलाई पनि सरकारमा मिलाएर लैजानुपर्ने बताउनुभएको थियो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काँग्रेस सरकारमा सहभागी भए संविधान कार्यान्वयन सहज: गृहमन्त्री बस्नेत

तुलसीपुर(दाङ), १३ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

घोराहीमा आज इन्द्रेणी न्यूज पोर्टलको सुभारम्भ गर्दै उहाँले वर्तमान सरकारमा काँग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहजता आउने बताउनुभयो ।

उहाँले काँग्रेसले संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र संविधान कार्यान्वयनमा पनि उसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, भन्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एकाएका सडकमा लाखौं पैसा खसेपछि…

एजेन्सी । हाम्रो देशमा सार्वजनिक ठाउँमा पैसा भेट्टाएपछि सुटुक्क उठाएर लैजाने चलन छ ।

तर यहाँको एउटा सहरको ब्यस्त सडकमा लाखौं रुपैयाँ खस्दा पनि कसैले हातै लगाएनन् । हाम्रो यहाँ भएको भए शायद टिप्नेको तछाड, मछाड नै हुन्थ्यो ।

यो घटना हो दक्षिण कोरियाको । जहाँ सडकमा पैसा बर्सिदा पनि कसैले वास्ता गरेन् । समाचार अनुसार कोरियाकी एक ५६ बर्षिया महिलाले १९,०३० डलर राजधानी सोलमा फालेकी छिन् । उनले उक्त रकम फाल्दा पनि कुनै पनि ब्यक्तीले पैसा उठाएनन् । पैदलयात्रुहरुले उक्त छरिएर रहेका पैसाको फोटो खिचे तर कसैले पनि उठाएनन ।

स्थायनी प्रहरीका अनुसार कोरियामा बेवारिसे अवस्थामा रहेको पैसा उठाउनु पनि चोरी मानिन्छ । तर, जानजान फालिएको पैसा उठाउँदा भने कुनै कानुन लाग्दैन् । तैपनि पैसालाई कसैले हात लाएनन् ।

अन्तिममा त्यो पैसा प्रहरीले बटुल्यो । र फाल्ने महिलाको जिम्मा लगायो । ती महिलाले बैंकबाट ३६ हजार डलर झिकेर सडकमा उडाएकी थिइन् । सबै पैसा जम्मा गरेर प्रहरीले ट्याक्सीमा चढाएर उनलाई घर पठाएको थियो ।

‘म, मेरा श्रीमान र छोराले उक्त पैसा लिईदिन्छन् भनेर डराएकी हुँ । उनीहरुले लिनु भन्दा सडकमा रहेका कुनै आवश्यक ब्यक्तीले उक्त रकम पाउँन भन्ने चाहना हो ।’ प्रहरीलाई ती महिलाले भनेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं