केही दिनअघि प्रसारित एक टेलिभिजन कार्यक्रममार्फत् जानकारीमा आयो – अनामनगर काठमाडौंमा बसोवास गर्ने स्थायी ठेगाना सिरहा जिल्ला भएकी सीमादेवी यादव (वर्ष २४नाम परिवर्तन) को मनमा ढ्याङग्रो बज्न थाल्छ जब साँझ पर्दै जान्छ । दिनभरि त उनी मानसिक यातना मात्र मनमा लिएर बस्छिन् तर रात परेपछि उनको कहालीलाग्दो पल सुरु हुन्छ । जसको कारण अरु कोही नभई उनकै पति परमेश्वर हुन् ।
तिलक घिमिरे
जब रात पर्छ, उनका पति अाफ्ना जडि (कडाइ) मा काम गर्ने अन्य साथीसँग आउँछन् कोठामा अनि सुरु हुन्छ मादक पदार्थ सेवनको कार्यक्रम । जब मात्दै जान्छन्, तब उनै सीमाले सबैसँग सुत्नैपर्छ, जुन कुरामा वाध्य स्वयम ऊनकै पतिले बनाउँछन् । त्यो गर्न नमान्दा उनको कपाल ५० प्रतिशतभन्दा बढी बाँकी छैन होला भुत्लिएर ।
पटक-पटक यस्तो अमानवीय व्यबहार नगर्न अनुनय विनय गर्दै जति नै गरेता पनि नरपशु श्रीमानले उनको वेदना सुन्दैन । उल्टो मुखाले हुन्छेस् भन्दै झन प्रताडना दिन्छ ।
पतिको त्यस्तो दुव्र्यवहार त सायद उनी सहन सक्थिन् होला, तर पतिका साथीहरुलाई समेत खुसी तथा सन्तुष्ट बनाउन विवश हुँदा तीन पटकभन्दा बढी आत्महत्याको प्रयास गरिसक्दा पनि सफल नभएको भनेर बयान दिएको सुन्दा आँखा नरसाएका कमैका थिए ।
कारण बुझ्दै जाँदा उनी सिरहा जिल्लाको सीमावर्ती भारतकी रहिछिन् । हिन्दु जाति समाजमा हुर्किएकी सीमाको सिरहा (नेपाल) को अन्सारी थरको व्यक्तिसँग माया प्रेम भएछ । सोही प्रेमले गर्दा कक्षा ७ पढ्दै गरेकी सीमा अन्सारीसँग भागेर आई काठमाण्डौमा डेरा बस्न थालेको पनि ९ बर्ष भएछ ।
उनका पति डल्लुमा जडि पसलमा बुट्टा भर्ने काम गर्दारहेछन् । हिन्दु परिवेशमा हुर्किएकी उनलाई मुस्लिम संस्कारका रम्न साह्रै धेरै समय लागेछ । यद्यपि आफूले मन पराएर, रोजेर आएको मान्छेसँग बस्दा सारो पीडा पनि फितलो हुँदै जाने कुरा मनन गर्दै उनी घरवार चलाउँदै आएकी रहिछन् ।
विवाहको सुरुवाती अवस्था त ठीकै भएता पनि जब उनका बच्चा भएनन्, तब श्रीमान्बाट सास्ती खेप्न बाध्य भइछिन् । बालबच्चा नभएपछि श्रीमानले स्वजातीय केटी हेरेर विवाह गरेछन् र उनीतर्फ २ छोरा पनि रहेछन् । कान्छी श्रीमती सिराहामै छिन् रे । त्यसपछि उनका पतिले यतिसम्म नरपशु व्यवहार गर्न थालेछन् कि त्यो बताउँदा बताउँदै उनी अर्ध्मूर्छित भइन् ।
यौन सम्बन्ध राख्दा पनि अत्यधीक अप्राकृतिक क्रियाकलाप गर्ने, मुखमैथुन गर्नैपर्ने र आˆना सबै साथीलाई सन्तुष्ट नपारे चक्कू तथा पन्यू तताएर डामिदिने, कपाल भुत्याउने, कुट्ने, पिट्ने जस्ता कुराहरु त लगभग दिनहुँजस्तो नै चल्नेरहेछ ।
सीमा बसेको स्थान अनामनगरबाट राष्ट्रिय महिला आयोगको दुरी लगभग ५ मिनेटको छ । सो ५ मिनेटको दुरी पार गरेर आउन त्यो पनि राजधानीको मुटुमै बस्नेलाई त ५ वर्ष लाग्यो भने मधेसका ती दूर-दरार अनि विकट-विकट, दुर्गम, दुर्गमका बस्तीसम्म महिला अधिकारको घण्टी बज्न अझै कति लाग्ने हो ? त्यो अझै एकिन छैन ।
मधेसी समाजमा घर बाहिर निस्कनु हुन्न र अाफ्ना पुरुषको कुरा बाहिर गरेमा पाप मानिनेछ र चरित्रहीन ठहरिने कुप्रथाले जरो गाडेको हुनाले यो घटना राजधानीकै मुटुमा भइरहँदा समेत गुपचुप हुन पुगेको रहेछ ।
उजुरी गर्ने ठाउँ कहाँ हो, के गर्नु पर्दछ, उजुरी गर्नलाई कसलाई भेट्नुपर्छ, अनि घरबाट निस्कँदा लोग्नेले अब के गर्ने हुन् र उनको सुरक्षा कस्तो हुने हो ? कसले जिम्मा लिने हो ? यो सबैथोकको जानकारी नहुँदा लगभग पाँच वर्षदेखि यो पीडा सहेर बसिरहेकी सीमा एकजना छिमेकी दिदीको सहारामा राष्ट्रिय महिला आयोग (रामशाह पथ) आइपुगिन् र सोही दिदीको सहयोगमा निवेदन दर्ता गराइन् ।
सीमा बसेको स्थान अनामनगरबाट राष्ट्रिय महिला आयोगको दुरी लगभग ५ मिनेटको छ । सो ५ मिनेटको दुरी पार गरेर आउन त्यो पनि राजधानीको मुटुमै बस्नेलाई त ५ वर्ष लाग्यो भने मधेसका ती दूर-दरार अनि विकट-विकट, दुर्गम, दुर्गमका बस्तीसम्म महिला अधिकारको घण्टी बज्न अझै कति लाग्ने हो ? त्यो अझै एकिन छैन ।
ढोंगी अधिकारवाद फलाक्दैमा दुर-दरारका बस्तीमा अधिकारको पहुँच पुगिसकेको भन्दै हिँड्ने नियमनकारी निकाय तथा अधिकारका क्षेत्रमा जिम्मेवारी पाएका मनुवाहरुलाई सीमाको घटनाले दरै झापड हानेको छ । सीमा त एक प्रतिनिधि पात्र मात्रै हुन् । हाम्रो समाजमा त्यस्ता सयौं सीमाहरु छन्, जसले आजसम्म पनि त्यस्ता डरलाग्दा अत्याचार, व्यभिचार तथा अमानवीय पीडा सहेरै बसिरहनुपरेको छ ।
यस्तो छ नेपालमा महिला हिंसाको तथ्यांक
गत वर्षको तुलनामा यस वर्ष महिलाविरुद्ध घरेलु हिंसासम्बन्धी उजुरी तेब्बर बढेको आयोगको तथ्यांकले देखाएको छ । आयोगमा आ.व. ०७०/०७१ मा परेका कुल उजुरीमध्ये २ सय ९६ वटा घरेलु हिंसासम्वन्धी छन् ।
आयोगमा यस वर्ष ४ सय ५६ उजुरी परेका थिए । घरेलु हिंसामध्ये १ सय ८२ शारीरिक हिंसासम्वन्धी उजुरी परेका थिए । गत वर्ष आयोगमा परेका ५ सय ५६ हिंसाका उजुरीमध्ये ३ सय घरेलु हिंसाका थिए ।
नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांक अनुसार आ.व.०७०/०७१ मा नेपालभर ६ हजार ८ सय ३५ वटा घरेलु हिंसाका उजुरी परेका थिए भने अघिल्लो वर्ष १ हजार ८ सय उजुरी परेका थिए । महिला आयोग र अन्य निकायबाट न्याय पाउन नसकेका घरेलु हिंसासम्वन्धी उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा पुग्ने गरेको आयोगकी प्रवक्ता मोहना अन्सारीको भनाइ छ ।
यस वर्ष साउन यता आयोगमा ६१ वटा घरेलु हिंसासम्वन्धी उजुरी परेका छन् । आयोगमा घरेलु हिंसासम्वन्धी छुट्टै अभिलेख छैन । प्रवक्ता अन्सारीले न्याय पाउन नसकेपछि आयोग आउनेको संख्या बढ्दै गएको बताइन् ।
घरेलु हिंसामध्ये पनि सबैभन्दा बढी शारीरिक हिंसा र मानसिक तथा आर्थिक हिंसाका उजुरी बढी पर्ने गरेका छन् । एक टेलिभिजन कार्यक्रम मार्फत् आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाईका अनुसार महिलामा हिंसाविरुद्ध चेतना बढ्दै गएकाले यस्ता उजुरी हृवात्तै बढेका हुन् ।
‘मिडिया, सरकार सबैले हिंसाविरुद्ध चेतना फैलाएका छन्,’ अध्यक्ष हुमागाईले भनिन् । उनी भन्छिन्, ‘पहिला घरभित्रको समस्याका रुपमा लिइन्थ्यो, अहिले बल्ल हिंसाका रुपमा लिन थाले । तर, यस्ता उजुरी बढे पनि न्याय पाउनेको संख्या भने न्यून रहेको हुमागाई बताउँछिन् । ७५ प्रतिशत उजुरी आयोगमै समाधान गरेर पठाइने र बाँकी अदालत पठाउने गरिएको छ ।
आयोग, महिला तथा बालबालिका सेवा केन्द्रजस्ता निकायको न्यायिक अधिकार कम भएकाले पीडित महिलाले न्याय नपाएको उनको ठम्याइ छ । महिलाले आत्मसम्मान खोज्नु, चेतना वृद्धि र बेरोजगारीजस्ता कारणले घरेलु हिंसा बढेको हो । ‘कुनै पनि कारणले प्रभाव परेपछि परिवारमा कुनै न कुनै बहानामा हिंसा हुन्छ,’ उनको तर्क छ ।
कम्मल ओडेर घिउ खानेहरु
महिला अधिकारसम्बन्धी जानकारी, चेतना, कानुन बढ्दै गएकाले घरेलु हिंसासम्बन्धी उजुरी बढ्दै गएको छ । परिवारमा पीडक र पीडितको प्रत्यक्ष सरोकार हुने भएकाले महिलामाथि हुने अन्य हिंसाको तुलनामा घरेलु हिंसा बढी हुने देखिन्छ ।
राज्यले महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाइरहेको छ । यही १६ दिन अखबारका पाना अनि टेलिभिजनका स्त्रिmनमा महिला अधिकारको क्षेत्रमा वकालत गर्ने अत्यन्तै “ठूला-ठूला” अधिकारकर्मीहरु कुर्लिरहेका देखिन्छन् ।
बग्रेल्ती खुलेका एफ.एम. स्टेशनहरुमा अन्तरवार्ता दिन भ्याई-नभ्याई हुन्छ । कसको धेरै नाम आउने, कसको नेतृत्वमा भएको र्यालीमा धेरै मान्छेको सहभागिता हुने, कसको ठूलो ब्यानर हुने, कसले धेरै प्ले कार्ड बोकेर आउने होडबाजी नै चलिरहेको छ । सबै आˆनो रवाफ देखाउनमा तल्ीलन छन् । कसले धेरै मिडियामा कभरेज गर्न सक्यो, को बढि भन्दा बढी भाषण गर्न सक्यो, उसैको समीक्षा हुँदैछ ।
धेरै मानिसका अगाडि नारी अधिकारवादको आदर्शवादी भाषण ठोक्दै हिड्ने अनि घरमा गएर काम गर्ने सहयोगीलाई तथा अन्य हेप्न सक्नेलाई हेपेको पनि प्रष्टै देखियो ।
कमजोरीलाई भर्याङ्ग बनाई आफ्नो लोकप्रियता भँजाउने प्रशस्तै छद्मभेषी अधिकारकर्मीहरु हाम्रो शहर बजारमा प्रसस्तै पाइन्छन् ।
महिला पूनस्र्थापना केन्द्र खोलेर खुबै महिला अधिकारको लागि म जत्तिको ठूलो र अत्यन्तै कुशल “अधिकारवादीहरुको पनि फुस्रा भाषणमा, आदर्शवादी पाखण्डीपन देखियो । महिला हिंसा यसरी बढी मात्रामा दर्ता हुनुलाई प्रचार प्रसारको कारण मात्र भएको मान्न सकिने भरपर्दो प्रमाण के त ? १६ दिने अभियानमा भाषण दिँदैमा यसले पूर्ण सचेतनाको काम भइसक्यो भन्ने बलियो आधार के त ?
महिला हिंसा पहिला भन्दा कतै बढिरहेको पो त छैन कतै ? यी यस्ता सवालहरुमा समीक्षा हुन आवश्यक छ । मुद्दा उठान गर्नु आफैमा सकारात्मक पहल हो ।
तर, मुद्दालाई वास्तविकतासम्म पुगेर उचित न्याय दिने एक सकारात्मक कडी हो । शहर, बजार तथा ठूला ठूला कार्यशाला गोष्ठी गरेर अधिकार जनताले पाइसके भनेर फलाक्दै हिँड्नेहरुले बेलैमा सचित हुनु जरुरी छ ।
‘परिवारमा महिला-पुरुषबीच असमान शक्ति सम्बन्धका कारण पीडकले हिंसा गर्ने वातावरण पाउँछ, आर्थिक स्रोतसाधनमा दुबैको समान हैसियत भए न महिलामाथि हिंसा हुन्छ, न पुरुष माथि । खोक्रोे भाषणले मात्र अब हुनेवाला केही छैन । जसका लागि काम गर्ने हो, सो सम्वन्धी कार्यक्रम लक्षित समुदायसम्म पुग्नु पर्दछ ।
कतै यौन दुव्र्यवहारको घटना भयो भने “बलात्कारीलाई फाँसी दे” भनेर उफ्रदै हिँड्नु भन्दा पनि त्यस अवस्थाबाट कसरी सुरक्षित रहने र सजग हुने सो सम्वन्धी सचेतनामूलक कार्यक्रम अति सीमान्तकृत समुदायसमक्ष पुर्याउनुपर्छ । उजुरी गर्ने निकाय, उजुरीको प्रक्रिया, उजुरीपछिको उसको सुरक्षाको प्रत्याभूति, सामाजिक लान्छनाको विषय आदि इत्यादिप्रति रहिरहेको विद्यमान कमीकमजोरीको पाटोलाई कम गराउनुपर्दछ ।
रोग लागेपछि उपचारमा लाखौं रकम खर्च गर्नु भन्दा रोगै लाग्नबाट बच्न बरु केहि लगानी गर्नु मनासिव ठहरिनेछ । अन्यथा १६ दिने यस्ता अभियान जति नै मनाए पनि महिला हिंसाको घटनामा कमी आउँछ भन्न सकिन्न । पूर्वतयारी, सावधानी, जानकारी एवं समस्या समाधानको उपायमा बढी नै घोत्लियौं भनेमात्रै यस्ता अभियान मनाएको सार्थकता हुन सक्छ, अन्यथा घाम अस्ताएपछि बिस्कुन सुकाउनुमा कुनै अर्थ देखिन्न ।
कमजोरीलाई भर्याङ्ग बनाई आफ्नो लोकप्रियता भँजाउने प्रशस्तै छद्मभेषी अधिकारकर्मीहरु हाम्रो शहर बजारमा प्रसस्तै पाइन्छन् । बाहिरी एउटा रुप हुन्छ , भित्र-भित्रै अनेक तिक्डमबाजी भइरहेको हुन्छ । अतः कम्मल ओडेर घिउ खानेहरुले यो बुझ्नै पर्ने हुन्छ कि, कम्मल बाहिर पनि घिउको गन्ध आइरहेको हुन्छ ।
यस्ता पनि महिला अधिकारकर्मी
शहरकी एक चर्चित महिला अधिकारवादी जो खाँदा, खेल्दा, हाँस्दा, बोल्दा पढ्दा, रुँदा जतिखेर पनि उही महिला अधिकारकै बखान गर्ने गर्छिन् । नेपालको सिष्टम नै खराब छ, महिलाहरुलाई हेर्ने पुरुषहरुको नजर नै गलत छ भन्दै जतिबेला पनि आलोचना गर्छिन् ।
हाम्रो समाजमा महिला अधिकारका क्षेत्रमा काम गर्ने मानिसहरु तथा सच्चा अधिकारवादी पनि नभएका होइनन् । कतिपय दिलोज्यान दिएर अधिकारका वकालत गर्नेहरु पनि छन् तर सच्चा मनले लाग्ने धेरै कम छन् ।
मिडियामा पनि उनको राम्रो प्रभाव छ । उनलाई महिला अधिकारसम्बन्धी धेरै कुराहरुका बारेमा जानकारी छ । नारी अधिकारहरुको प्रायः धारा, उपधारा, दफा, खण्ड, ऐन कानुन, नियम, नियमावली, विनियम, कार्यविधिदेखि ठूला-ठूला महासन्धि, सिडो देखि बेइजिङ्ग घोषणा पत्र सबै कण्ठै छ ।
प्रायः ठाउँमा त्यस्तै धारा, बेइजिङ्ग घोषणा सभाको कुरा गर्छिन् । धान काट्न फुर्सद नहुने र निरक्षर महिलाहरुलाई त्यो भाषण के-के न हो लाग्नु स्वभाविक नै हो । पानी लिन तीन घण्टा हिँड्नुपर्ने महिलाहरुलाई दफा, धारा र उपधाराको कुरा अनौठो लाग्ने नै भयो । प्रायः धेरै मान्छे भएको ठाउँमा महिलाहरुको दुःख देखिन् भने मानिसहरुको अगाडि हिट हुन अनेक तिक्डमबाजी गर्छिन्, एकछिन रुन्छिन् पनि ।
वरपरका मानिसहरुलाई एकछिन आदर्शवादी भाषण छाँट्छिन् । राज्य र उनलाई त्यस्तो बनाउनेदेखि त्यहाँ मूकदर्शक भएकाहरुलाई सत्तोसराप पनि गर्छिन् र त्यस घटनाबाट आफूलाई कसरी हिट बनाउन सकिन्छ सोही प्रकृया आवलम्वन गर्छिन् । अनि अाफ्नै मोटरमा राखेर आफैले सञ्चालन गरेको महिला सुरक्षा पूनस्र्थापना केन्द्रमा लिएर जान्छिन् र त्यहाँभित्र पुगेपछि सुरु हुन्छ उनको नाममा कमाउने कुकृत्य । नाम भजाएर उनी राम्रै आम्दानी भित्र्याउन सफल हुन्छिन् । अनि कोही अनुगमन गर्न आएमा तप्प आँशु नै झार्छिन् । तर, उनको लोलोपोतो र गोहीको आँसु अलि ध्यान दिएर हेर्ने हो भने जो कोहीले तुरुन्तै बुझ्न सक्छन् ।
सफा, सुग्घर खान नपाउनु, न्यानो तथा राम्रा कपडा नपाउनु, प्रसस्त अवसर नपाउनु, मैत्री वातावरण नपाउनु अनि श्रमशोषणको काम यति धेरै गर्छिन् कि भनी साध्य छैन । उनलाई राम्रोसँग थाहा छ कि, कुशल शासकले दण्ड दिने बेलामा उपस्थित हुनुहुन्न ।
तर, पुरष्कृत गर्नेबेला अनिवार्य उपस्थित हुनै पर्दछ भन्नेमा, उनीहरुलाई लगायत अन्य सरोकारवाला दातालाई थाङ्ना मै सुताएर नचाउने राम्रै सिप उनिसँग छ । प्रायःलाई आदर्शवादी वक्तब्यवाजी गरेर इमोसनल ब्ल्याकमेल गर्न उनी माहिर छिन् । घरमा पनि, उनको कार्यालयमा पनि अनेकौं आदर्शवादी भाषण गर्छिन् । तर, व्यवहारमा सबभन्दा बढी महिला हिंसा उनै ठूला महिला अधिकारवादी भनाउँदाबाटै भइरहेको देखिन्छ ।
हाम्रो समाजमा महिला अधिकारका क्षेत्रमा काम गर्ने मानिसहरु तथा सच्चा अधिकारवादी पनि नभएका होइनन् । कतिपय दिलोज्यान दिएर अधिकारका वकालत गर्नेहरु पनि छन् तर सच्चा मनले लाग्ने धेरै कम छन् ।
प्रायःजसो नामलाई र नारालाई भर्याङ्ग बनाउने र भँजाएर दुनो सोज्झाउनेहरु प्रशस्तै महान महिला अधिकारवादी छन् । अनेक नारा लाउँछन्, वकालत गर्छन्, उप|mन्छन् । किनकि महिलाहरुको स्वर राज्यले चाँडो सुन्ने हुनाले यस्तो भएको हुन सक्छ । जति धेरै अधिकारवादी भएता पनि महिलाहरुको अवस्था माथि उठ्न नसक्नुको एक “लुप्त तर मुख्य कारण” यसलाई पनि मान्न सकिन्छ ।
यो समग्री
नेपाल१२३.com मा पुरै पढौं