Monday, March 7, 2016

अब देउवाको नेतृत्वमा राष्ट्रिय सरकारः बालकृष्ण खाँड

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित सभापति शेरबहादुर देउवा निकट नेता बालृकष्ण खाँडले अब नयाँ सरकार बन्ने बताएका छन् ।

देउवा कांग्रेसको सभापतिमा निर्वाचित भएको घोषणा भए लगतै मतगणनास्थल राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खाँडले अब देउवाको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताए ।

केपी ओली नेतृत्वको वर्तमान सरकारलाई अप्राकृतिक गठवन्धन भन्दै उनले अब राष्ट्रिय सरकार बन्ने बताए । उनल भने, ‘अब कांग्रेस, एमाले र एमाओवादीसहितको राष्ट्रिय सहमतिको सरकार बन्छ ।’

दुई तिहाइले बनाएको संविधान कार्यान्वयन गर्न र आन्दोलनरत दलहरुलाई समेट्न पनि राष्ट्रिय सरकार चाहिने उनले बताए ।

त्यस्तो सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्नमा उनले नवनिर्वाचित सभापति देउवाको नाम लिएका छन् । सभापतिमा निर्वाचित हुनु कार्यकर्ताबाट जनादेश पाउनु भएको भन्दै उनले भने, ‘त्यो सरकारको नेतृत्व नव निर्वाचित सभापति देउवाले गर्नु स्वभाविक हो ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment