फागुन, काठमाडौं । बढ्दो युवा पलायनका कारण नेपालको कृषि क्षेत्रमा महिला सक्रियता बढ्दै गएको छ ।
रोजगारीका क्रममा पुरुषहरु पलायन हुने क्रम बेपछि कृषि उत्पादन तथा परिवारको समग्र अर्थ व्यवस्था महिलाले धान्नपुपरेकोले कतिपय महिलले यसलाई अवसरको रुपमा लिएका आजको कारोबार दैनिकमा समाचार छ ।
फरेष्ट एक्सन नेपालले हालै गरेको अध्ययनले पुरुषको पलायन र ग्रामीण क्षेत्रमा बढ्दो महिलाको जनचेतानाको प्रभावले महिला उद्यमशीलताको विकास र जमिनमा महिलाको स्वामित्व बड्दै गएको निष्कर्ष निकालेको हो ।
आम्दानीमा आएको कमी र कृषिलाई हेयको पेशाको रुपमा हेरिएका कारण् पुरुषहरु सहरोन्मुख बसाइँसराइ तथा वैदेशिक रोजगारीमा गएको देखिएको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढी भएका देशका ८ जिल्लामा अध्ययन केन्दि्रत गरिएको थियो ।अध्ययनमा संलग्न ९२ प्रतिशत महिलाले कृषिलाई निर्वाहमुखी रुपमा लिएको जनाएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment