मुम्बई । यस पटक बलिउडमा शाहरुख खान र सलमान खानको फिल्म भिड्ने संकेत देखिएको छ । यो भिडन्तमा सञ्जय दत्त पनि सामेल हुने सम्भावना उत्तिकै छ ।
केही दिनदेखि यो पनि अनुमान गरिएको छ । शाहरुख अभिनित फिल्म ‘रइस’ को रिलिज डेट सर्छ । तर, रइसका निर्माता रितेश सिधवानीले ट्वीट गर्दै यो अनुमानलाई अवफाव भनेका छन् ।
बिगत केही वर्षदेखि इदको अवसरमा सलमानको फिल्मले बाजी मार्दै आएको छ ।
गत वर्ष इदकै अवसरमा कबिर खान निर्देशित ‘बजरंगी भाइजान’ रिलिज भएको थियो भने यस वर्ष सलमानको सुल्तान रिलिज हुने पक्का भइसकेको छ ।
केही वर्षदेखि सम्बन्ध खराब बनाएका शाहरुख र सलमानको सम्बन्ध अहिले निकै राम्रो छ । यहि कारण पनि सलमानले आफ्नो फिल्मको डेट सार्लान कि भन्ने अनुमान पनि छ ।
राहुल ढोलकियाको निर्देशनमा बनेको रइस इद भन्दा तिन दिन अघि रिलिज हुने भएको छ भने अली अब्बास जफर निर्देशित सुल्तान इदकै दिन रिलिज हुने भएको छ ।
बलिउड बक्स अफिसमा दुई फिल्मको कडा टक्कर हुने निश्चित जस्तै छ । फिल्म पण्डितका अनुसार यसरि फिल्म जुध्दा कारोवार तीस प्रतिशत प्रभावित हुने छ ।
त्यसो त शाहरुख अभिनित दिलवाले र रणबीर अभिनित बाजीराव मस्तानी प्रदर्शन हुँदा पनि दुबै फिल्मको ब्यापारमा असर परेको थियो । शाहरुख सलमान दुबै यो विषयमा जानकार छन् ।
यी दुई मध्ये कसले बाजी मार्ने हो अहिल्यै भन्न सकिदैन । त्यसो त सन २००६ मा सलमान र अक्षय कुमार अभिनित जान-ए-मन र शाहरुख अभिनित डन एकै दिन रिलिज भएको थियो । बक्स अफिसमा शाहरुले सलमान र अक्षयलाई पछाडि पारेका थिए ।
सञ्जय दत्त अभिनित गुजराती फिल्म पनि जुलाईमै रिलिज हुने सम्भावना छ । यसको कथा शाहरुखको सुल्तानसंग मिल्दो भएको बताईएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment