२५ फागुन, काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि पेट्रोलियम पदार्थको बिक्री-वितरण सहज बनाउन आपूर्ति मन्त्रालय सातैंवटा प्रदेशमा नेपाल आयल निगमको भण्डारण बनाउने तयारीमा जुटेको छ ।
पहिलो चरणमा तीन ठाँउमा भण्डारण बनाउने निर्णयमा पुगेको निगमलाई मन्त्रालयले सातवटै प्रदेशमा बनाउन निर्देशनपछि अध्ययन अघि बढाएको आजको नागरिक दैनिकमा समाचार छ ।
नुवाकोटको विदुर-बेत्रावती, तनहुँको खैंरेनी र काभ्रेको बनेपा-पाँचखालमा डिपो निर्माण गर्न दाता खोजिरहेको निगमलाई धनगढी, सुर्खेत, दाङ, बागलुङ, डोटी, खोटाङ, र झापामा भण्डारण बनाउन मन्त्रालये निर्देशन दिएको हो ।
देश संघीयतामा गएकोले त्यसकै आधारमा इन्धन भण्डारण गर्ने योजना अघि बढाएको आपूर्तिमन्त्री गणेशमान पुनले बताए ।
चीनबाट इन्धन ल्याउने तयारीसँगै तीन ठाउँमा ढिपो निर्माण गर्न चीनसँग ओपचारिक रुपमा आग्रह गर्ने निगमले तयारी थालेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment