फाल्गुन २४, २०७२- महाशिवरात्रिका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । लाखौं दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । यसवर्ष साँझ सम्म १० लाख दर्शनार्थी आउने पशुपति विकास कोषको अनुमान छ ।
बिहान पौने ३ बजे मन्दिरको चारवटै ढोका खोलिएको थियो । भक्तजनको लाइन भने १ बजेबाट लाग्न सुरु भइसकेको थियो । विगत वर्षहरु झैं यसवर्षपनि शिवरात्रिमा भारतबाट आएका साधुसन्तहरु आकर्षणको केन्द्र बनेका छन् । भक्तजनहरुपनि दर्शनपछि धार्मिक गीत र नृत्य गरेर रमाएका छन् ।
कोषका सदस्य सचिव गोविन्द टण्डनले भक्तजनलाई सहज र छिटो होस भनेर विभिन्न उपायहरु अपनाइएको बताए । उनले चार ढोकाबाट प्रवेश गर्ने र जुन ढोकाबाट प्रवेश गरेको त्यहीबाट निस्कने व्यवस्था मिलाइएको जानकारी दिए ।
तस्विरहरु: हेमन्त श्रेष्ठ र इलिट जोशी
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment