Monday, March 7, 2016

शेरबहादुर देउवाले सभापति जिन्नुको यस्तो छ रहस्य

काठमाडौ । कांग्रेस १३ औं महाधिवेशनमा पहिलो चरणमा विजेता हुन नसके पनि शेरबहादुर देउवा अर्का प्रत्यासी रामचन्द्र पौडेलभन्दा निकै अगाडि देखिए ।

दोस्रो चरणमा सभापतिको प्रतिस्पर्धाको रिङबाट बाहिरिएका कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल आमनेसामने भए । पार्टीमा ४० प्रतिशत हिस्सा लिँदै आएको देउवा समूह मूल नेतृत्वमा पुग्दा केन्द्रीय समितिमा ६० प्रतिशतभन्दा बढी पुग्ने विश्लेषण्मा छ । पार्टीभत्र स्थायी प्रतिपक्षको भूमिकामा रहेका देउवा १३ औं महाधिवेशनमा कसरी एकाएक बलिया भए ? अहिले चर्चा छ । उनी यति धेरै बलिया भएर उदाउनुमा सभापति सुशील कोइरालको निधन मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।

संस्थापन समूहबाट कोइराला वा पौडेल उम्मेदवार को भन्ने भन्ने टुंगो लागिनसक्दै कोइरालाको निधन भयो । त्यसलगत्तै पौडेलले कोइरालापछि आफू नै संस्थापनको मुख्य नेता भएको दाबी गरे । तर, राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन, ‘पौडेल सभापतिका उम्मेदवार हुन् भन्ने आम कार्यकर्ताले महसुस नगर्दै निर्वाचनमा होमिए र उनीप्रति विश्वास पलाइनसक्दै निर्वाचन भएकाले देउवा सजिलै हावी हुन सफल भए ।

संस्थापन समूहमा रहेका महामन्त्री कृष्णप्रसाद सिटौला पौडेललाई अस्वीकार गर्दै आफैं सभापतिमा अघि सरेपछि संस्थापन समूह सम्हालिन नपाउँदै विभाजित बन्न पुग्यो । ‘यही कमजोरीको भरपुर फाइदा देउवालेउठाउनु भयो ’ संस्थापन समुसहका एक नेता भन्दछन ।

यस्तै देउवा निकट नेता रामहरी खतिवडा भन्दछन ‘ संस्थापन भित्रको अस्तव्यस्थ र भद्रगोलको फाइदा शेरबादुरलाई पुग्यो तर यती मात्र कारण भने होइन उनी भन्दछन देउवाको इमान्दारी र उनीप्रतिको भरोसा नै जित्ने आधार हो । आजको कारोबारमा समाचार छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment