Friday, February 26, 2016

ठेकेदारले समयमा काम नगर्दा मध्यपहाडी लोकमार्गको सडक निर्माण कार्य अलपत्र

१५ फागुन, जाजरकोट । जाजरकोटखण्डमा मध्य पहाडी लोकमार्ग निर्माणको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा यो सडक अलपत्र परेको हो ।

जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर सडक निर्माणको काम अलपत्र भएको छ । दुई वर्षभित्र यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाएको पश्चिम लोकमार्ग आयोजना ठेकेदारका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।

जिल्लाको कुदुदेखि दैलेखको सुयाडासम्मको ८२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम विभिन्न ठाउँमा अलपत्र छ । स्तरोन्नतिको काम पनि अगाडि बढ्न सकेको छैन । बीस किलोमिटर बढी सडक निर्माणको जिम्मा लिएका तीनवटा निर्माण कम्पनीले सम्झौताअनुसारको काम पाँच वर्षदेखि नगरेका कारण सडक निर्माणको कार्य अलपत्र परेको आयोजना कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

आयोजनाको जगतीपुरको कुदुदेखि दसेरा र झाप्रा गाविसको सिमानामा पर्ने थलह बजारसम्मको सडक निर्माणको काम अहिले रोकिएको छ । कार्कीगाउँदेखि झाप्रा गाविसको बीचमा सडकको ट्रयाक नै खुलेको छैन । सडक निर्माणको काम रोकिएपछि सर्वसाधारण मात्र होइन, सरकारी लक्ष्यसमेत अप्ठ्यारोमा परेको छ । निर्माण कम्पनीमध्ये स्पेक्स खानी धुलिखेल जेभी, कन्काइ कविर थापा जेभी तथा अनक रोड एन्ड व्रिज कविर जेभीले जिम्मा लिएको काम रोकिएको आयोजनाले जनाएको छ ।

अर्काको फर्म लिएर काम सुरु गर्ने पछि बीचमै कामै छोडेर भाग्ने चलनका कारण आयोजनाको काम अल्झिएको हो । स्पेक्स खानी धुलिखेल जेभीको फर्म खलङ्गा–२ का प्रकाशजंग शाहले लिएर काम सुरु गरेको तथा अन्य दुई वटा फर्म कविर थापा र गोरे तामाङले प्रयोग गरेर काम गरेका थिए । शाहले झाप्रा विद्यालयदेखि थलह बजारसम्म पाँच किलोमिटर, थापाले कुदुदेखि चौखे ढुङ्गासम्म साढे आठ किलो मिटर र तामाङले दसेराको वडावनदेखि जेवासम्मको साढे पाँच किमी सडक निर्माणको जिम्मा लिएका थिए ।

उनीहरुमध्ये शाहले पाँच वर्षदेखि काम नगरेको र अन्य दुई जनाले तीन वर्षदेखि कामै नछोएको आयोजनाले जनाएको छ ।

एक पटक सम्झौता गरेपछि त्यसको म्याद १५ महिनाको हुने गरे पनि लामो समय काम छोड्ने माथि कुनै कारबाही नभएको दसेराका पदमबहादुर शाहीले आरोप लगाउनुभयो । पटकपटक ताकेता र फर्म कालो सूचीमा राख्ने चेतावनी दिएपछि केही समयपछि काम सुरु गर्ने गरी वाचा गर्ने गरेका छन् ।

ठेकेदारलाई कालो सूचीमा राख्न ताकेता गर्ने तथा चेतावनी दिनेबाहेक केही गर्न नसकिने आयोजनाको भनाइ छ । जाजरकोटको भूभागभित्र ८२ किलोमिटर सडक निर्माणका लागि विभिन्न १५ वटा निर्माण कम्पनीले काम गरिरहेको र तीमध्ये तीन वटाले चार वर्षदेखि काम छोडेका कारण पूरै योजना अलपत्र पर्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ । जिल्लामा एक दर्जन गाविसमा सडक पहुँच पु¥याउन रु ५६ करोड बजेट विनियोजन भएपनि काम पूरा हुन सकेको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओलीलाई पगाल्न असफल भारत ‘प्लान सी’ को तयारीमा

चिरञ्जीवी पौडेल/टिप्पणी

भारतले नरुचाएका नेपालका प्रधानमन्त्री हुन् केपी ओली । प्रधानमन्त्रीको चुनावमा ओलीलाई हराउनकै लागि उसले सुशील कोइरालालाई खडा गरेको थियो । तर, सफल भएन । आज तिनै ओलीलाई भारतमा पहिलो भ्रमण गराउन पाउँदा सफलतावोध गरेको छ भारतले ।

ओलीको भ्रमण नेपालमाथि भारतको ‘प्लान बी’ थियो । नाकाबन्दीमार्फत दिएको दवाव असफलताउन्मुख भएपछि भारत एक कदम पछि हटेर ओलीलाई रिझाउने बैकल्पिक रणनीतिमा प्रवेश गरेको हो । पछिल्लो कालखण्डमा यस्तो कमै भएको छ, जहाँ भारतले आफ्नो नेपाल नीतिलाई ‘प्लान ए’ बाट ‘प्लान बि’ मा सिफ्ट गर्नुपरेको होस ।

तर, भारतको ‘प्लान बी’ पनि लगभग असफल बनेको छ । ओलीको भ्रमणबाट भारतले खासै केहि हासिल गर्न सकेको देखिएन । ओलीले भारतको चिप्लो सत्कार खुशीसाथ ग्रहण गरे र चिप्लो भाषामा धन्यवाद पनि दिए । तर, उसको एजेन्डामा सही गरेनन् ।

यसरी झुक्यो भारत

– एउटा देशको प्रधानमन्त्री भ्रमणमा आउँदा अर्को देशले राजकीय सम्मान दिनु ठूलो कुरा होइन । यसअघि आएका भुटानी प्रधानमन्त्रीले पनि राजकीय सम्मान पाएका थिए । विदेशमन्त्रीले विमानस्थलमा स्वागत गर्न जानु पनि ऐतिहासिक घटना होइन ।

तर, अहिले भारत र नेपाल सम्वन्ध जुन अवस्थामा थियो, त्योभन्दा पनि ओलीप्रतिको भारतीय दृष्टिकोण जस्तो थियो, त्यसका आधारमा यो सम्मानको विशेष अर्थ छ । यसबाट भारतको बदलिएको मनोविज्ञान प्रष्ट हुन्छ ।

– जून संविधान रोक्नलाई भारतले अन्तिम क्षणसम्म मरिहत्ते गरेको थियो र रोक्न नसकेपछि नेपालमाथि नाकाबन्दी लगाइदिएको थियो, त्यहि संविधानलाई उसले ‘महत्वपूर्ण उपलब्धि’ को संज्ञा दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सम्वोधनमा स्वागत शब्द प्रयोग नभए पनि महत्वपूर्ण उपलब्धी भनेर प्रशंसा गरिएको छ । त्यसभन्दा अगाडी बढेर विदेशमन्त्री सुष्मा स्वराजले एक भाषणमा संविधान संसोधनपछि मधेसका माग पूरा भइसकेको बताइन् ।

– ओलीको भ्रमणमा दुई देशको संयुक्त विज्ञप्ति जारी भएन । संयुक्त विज्ञप्ति जारी हुन नसकेको विषयलाई लिएर भ्रमण असफल भएको चर्चा पनि चलिरहेको छ । यद्यपि, संयुक्त विज्ञप्ति जारी हुन नसक्नु, नेपालको होइन भारतको असफलता हो । भारतले नेपाललाई आफ्नो लाइनमा ढाल्न नसकेको परिणाम हो यो । भारतले विज्ञप्तिमा नेपालको संविधानलाई सशर्त समर्थन गर्न चाहेको थियो । तर, नेपालले निशर्त समर्थनको अडान लियो । भारतकोे सत्कारबाट पग्लिएर उसले बनाएको कागजमा सहि गर्न ओली तयार भएनन् । भारतको एजेन्डामा सहि गरेर विज्ञप्ति जारी गर्नुभन्दा विज्ञप्ति नै जारी नहुनु नेपालको हितमा छ ।

के पायो नेपालले ?

-प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालका लागि महत्वपूर्ण रह्यो । पहिलो उपलब्धि भनेको खासै केहि नगुमाइकन भारतसँग नेपालले सम्वन्ध सुधार गरेको छ । कटुता अन्त्य भएर सम्वन्ध सामान्यिकरणतर्फ अघि बढेको छ ।

-भारतको संस्थापन पक्कै पनि नेपालको संविधानका विषयमा कुनै भ्रम पालेर बसेको थिएन । तर उसले भ्रम फैलाउने प्रयत्न गरेको थियो । भारतीय बुद्धिजिवीदेखि सञ्चारमाध्यममा रहेको यस्तो भ्रम चिर्नका निम्ति यो भ्रमण केहिहदसम्म सफल रह्यो । प्रधानमन्त्री ओलीले गरेका प्रत्येक भाषणमा नेपालको संविधानका केस्रा-केस्रा केलाएर प्रश्न गरे, खोई कहाँ विभेदकारी छ ? उनले भारतमै अहिलेसम्म प्रदेशहरु थपिने क्रम जारी रहेको दृष्टान्तसमेत दिएर नेपालमा प्रदेश सीमांकनका विषयमा उब्जाएको विवादको जवाफसमेत दिएका छन् ।

-नेपालको संविधानलाई भारतले खुल्ला दिलले स्वागत र समर्थन गरेन । तथापि, समर्थनको नजिक-नजिक भने पुगेको छ । संविधानलाई ‘महत्वपूर्ण उपलब्धि’ भन्नु आफैंमा घुमाउरो समर्थन हो । सीमांकन परिमार्जनका विषयमा मधेसवादी दलहरुलाई विश्वासमा लिन सके भारतले संविधानलाई पूर्ण समर्थन गर्ने संकेत गरेको छ ।

– भारतसँग सातवटा विभिन्न सम्झौता गरिएका छन् । ती सम्झौताहरुमध्ये बंगलादेशसँगको पारवहन सुचारु गर्ने सम्झौता नेपालका लागि महत्वपूर्ण हुनसक्छ, यदि कार्यान्वयनमा आयो भने । बाँकी ६ सम्झौता भने आँखामा छारो हाल्ने खालका मात्रै छन् ।

ओलीलाई फाइदा

फाइल फोटो

प्रधानमन्त्री ओलीलाई यो भ्रमणले व्यक्तिगत फाइदा भएको छ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री उनी देशभित्र चौतर्फी आक्रमणमा थिए । उनको छवि एउटा ठट्यौले र उडन्ते नेताका रुपमा स्खलित भएको थियो । र्फकदा उनको व्यक्तित्व पुनर्जिवित भएको छ ।

भारतको मानमनितोमा पग्लिएर ओलीले देशहित विपरितको सम्झौता गरेनन् । आफ्नो अडानमा कायम रहनुले ओलीको राष्ट्रवादी छवि पनि बलियो भएको छ । भारतसित सम्वन्ध सुधार गरेर उनले सरकार तत्काल ढल्ने सम्भावना पर धकेलेका छन् ।

६ दिनको भारत भ्रमणमा ओलीको व्यक्तिगत प्रस्तुती पनि सन्तोषजनक रह्यो । यस्ता भ्रमणमा सानातिना कमजोरीहरुलाई पनि लिएर ठूलो विवाद सिर्जना हुने गर्छन् । ओलीले त्यो मौका दिएनन् । उनको बडी ल्याङ्वेज अति उत्साहित वा नर्भस दुवै थिएन ।

सुष्मा स्वराजले ओलीलाई आफ्नो भाइ भन्दै फुस्ल्याउन खोजिन् तर, उनले त्यसमा कुनै प्रतिक्रिया नै नजनाएर टारे । आफ्ना भाषणहरुमा ओलीले भारतलाई नेपालको घनिष्ठ वा विशेष मित्रका रुपमा अतिरञ्जित चर्चा गरेनन् । मोदी र शुष्माहरुले रोटीबेटीको कुरा गरिरहँदा उनले भारत र चीनलाई नेपालले समान दुरीमा राखेको बताए ।

‘प्लान सी’ के होला ?

यसअघि नेपालमा आफ्ना चाहना पुरा गर्न भारतले इशारा गरे पुग्थ्यो । तर, भारतको इशारालाई लत्याउँदै नेपालका प्रमुख राजनीतिक दलले १६ बुँदे सहमति गरेपछि उसले पहिलो धक्का खाएको थियो । त्यसयता भारतका एकपछि अर्को रणनीति असफल बन्दै गएका छन् । यद्यपि, यसको अर्थ नेपालले जितिसक्यो भन्ने होइन । किनकी मधेसको चाबी अझै पनि भारतसँगै छ ।

संविधान संशोधनपछि भारतले नाकाबन्दी खुकुलो बनाए पनि पूर्णरुपमा खोलिसकेको छैन । प्रधानमन्त्री भारत भ्रमण सम्पन्न भए लगत्तै दुई नाकाबाट भारतले पेट्रोलियम लोड रोकिदिएर केहि संकेत गर्न खोजेको छ । सूत्रका अनुसार भारत संविधान संसोधनप्रति सकारात्मक छ, तर सीमांकन परिमार्जनमा उसको अझै गम्भीर चासो छ । सीमांकन परिमार्जनका लागि बनेको कमल थापाको समितिलाई भारतीय संस्थापनले त्यति सकारात्मक ढंगले नलिएको समेत सूत्रको दावी छ ।

द्विपक्षीय वार्ताहरुमा भारतीय नेताले ‘संघीयताविरोधी कमल थापाको नेतृत्वमा बनेको समितिले कसरी संघीयताको समस्या हल गर्छ’ भन्ने प्रश्न तेस्र्याएका थिए । ओलीले पनि सीमांकनका विषयमा भारतीय नेतृत्वलाई आश्वत तुल्याउन खोजेका छन् ।

अहिले भारतको सबैभन्दा ठूलो चिन्ता र त्रास भनेको आफ्नो प्रभूत्वमा रहेको नेपाल चीनतिर ढल्केला कि भन्ने हो । भारतले नाकाबन्दी लगाइदिएपछि नेपालले चीनतिर आँखा डुलाउन थालेको छ । चीनले पनि नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्ने तत्परता देखाइसकेको छ । पहिलो भ्रमण चीनमा हुन नदिनुलाई भारतले चुनौतिका रुपमा लिएको थियो ।

भारत भ्रमण सम्पन्न गरेलगत्तै प्रधानमन्त्रीले अब चीन भ्रमणमा जाने बताइसकेका छन् । यो भारतलाई चिन्तित बनाउने कुरा हो । सूत्रका अनुसार सीमांकनमा मधेसी दलहरुलाई सहमतिमा लिएर अघि बढेको खण्डमा भारतले ओली सरकारलाई केहि समय समर्थन गर्नेछ ।

यद्यपि, त्यसमा असफल भए र आफ्नै हिसाबले अघि बढ्न खोजे लगाम कस्न सक्छ । त्यतिबेला ओली सरकारको विकल्प खोज्न भारतले ध्यान केन्दि्रत गर्ने सूत्रहरु बताउँछन् । यद्यपि नेपाललाई दवाव दिन तत्कालै अर्को नाकाबन्दीको श्रृंखला सुरु गर्ने मुडमा भने भारत छैन । नाकाबन्दीको साटो मधेसी दलहरुमार्फत दवावका अन्य स्वरुपहरु प्रयोग हुन सक्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अपहरण आरोपमा चार युवक पक्राउ

इलाम, १४ फागुन । एक काठ व्यवसायीलाई अपहरण गर्ने चार युवकलाई प्रहरीले गएराति इलाम सदरमुकामस्थित होटलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम चुलाचुली–१ का ३५ वर्षीय ध्रुव भनिने पूर्ण लावती, दमक नगरपालिका–१० का २३ वर्षीय सन्देश लिम्बू, झापा तोपगाछी–७ का ३६ वर्षीय भानु भनिने युके सुब्बा र तोपगाछी–५ का २८ वर्षीय नवराज राई रहेका छन् ।

जिल्ला वन कार्यालय इलामले बिहीबार खोलेको काठको लिलामी बोलपत्रमा बोलपत्र भर्न आएका झापा दमक नगरपालिका निवासी इन्द्रमणि सिवाकोटीलाई अपहरण गरी एक होटलमा लगेका थिए । होटलमा लगेर ती युवाले सिवाकोटीसँग एक लाख रूपैयाँ मागे । सिवाकोटीले जीउभन्दा पैसा ठूलो होइन भन्ठानेर ५०/५० हजारका दुई पेटी उनीहरूलाई दिए । केही छिनपछि ‘एक लाख अपुग भयो, फेरि एक लाख रूपैयाँ चाहियो’ भनेपछि उनीसँग पैसा थिएन । पैसा नभएपछि ती युवाले पुनः सिवाकोटीलाई एक लाख रूपैयाँ दिने तमसुक बनाएर त्यसमा ल्याप्चे लगाउन लगाए । तमसुकमा हस्ताक्षर गरेपछि उनीहरूले सिवाकोटीलाई मुक्त गरिदिए ।

ल्याप्चे गरेपछि युवा खान्तेपिन्तेमा लागेको मौकाछोपी सिवाकोटी जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूलाई अपहरण गरेको र पैसा लिएको सबै बताएपछि तत्काल प्रहरी टोली होटलमा पुगेर ती युवालाई पक्राउ गरेको हो । प्रहरीले राति १० बजे चारजनालाई फ्रेन्स र आशीर्वाद होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक रूद्र चुडालले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका युवाको साथबाट एक लाख रूपैयाँ, तमसुक र तीनवटा बोलपत्र फारामसमेत बरामद गरेको छ । पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा चलाइने प्रनि चुडालले जानकारी दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रेमिका भेट्न गएका युवकको हत्या

काठमाडौँ, १५ फागुन । बारा जिल्लामा रहेकी प्रेमिका भेट्न रौतहटका एक युवकको हत्या भएको छ । रौतहटको सन्तपुर दोस्तिया गाविस ७ का २६ बर्षीय पुण्यदेवप्रसाद यादवको हत्या भएको हो । बाराको भोडहा गाविस ८ धोदामा रहेकी आफ्नो प्रेमिका प्रियंका साहलाई भेट्न आएका बेला यादवको हत्या भएको हो ।

बाराको मनहर्वा गाविस ५ मझौलियामा अवस्थित टेङग्रहर खोलाको पश्चिमतर्फको बाँसघारीमा गाडिएको अवस्थामा यादवको शव शुक्रबार फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँघघारीमा टाउको तथा दाहिने हात नभएको अवस्थामा शव बरामद गरिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।

प्रहरी उपरीक्षक उप्रेतीका अनुसार यादव गत फागुन ४ गते बाराको भोडहा गाविस ८ मा रहेकी प्रेमिकालाई भेट्न भन्दै घरबाट हिँडेका थिए । घरबाट हिँडेकै दिनदेखि घरपरिवार र आफन्तको सम्पर्कबाट बाहिर रहेका यादवको शव शुक्रबार बाँसघारीमा गाडिएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक उप्रेतीले बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महामन्त्रीमा ज्वाइँ–ससुराको भिडन्त

काठमाडौं, १५ फागुन । कांग्रेस संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी देउवा पक्षवाट महामन्त्रीमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ। संस्थापन पक्षमा ठाउँ नपाएपछि केसी देउवा पक्षमा गएर महामन्त्रीको उम्मेदवार हुन लागेका हुन्।

उनका ज्वाइँ युवा नेता गगन थापा पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने भएका छन्। थापाले पनि आफ्नो तयारी तीब्र पारेका छन्। थापाले सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी तयारी गरेका हुन्।

देउवा पक्षबाट ससुरा उम्मेदवार बन्ने भएपछि थापा पारिवारिक अप्ठ्यारोमा परेका छन्। ‘अब थापा पछि हट्ने अवस्थामा पनि छैनन्, अघि बढ्न पनि पारिवारिक तनाव छ, उनी निकट स्रोतले भन्यो।’ यी दुवैले एक अर्कालाई छाड्ने सम्भावना पनि राखेका छन्।

थापाले आफू कुनै प्यानलमा परे नेता केसीले आफूलाई नै छोडिदिने संकेत आएको बताउँदै आएका छन्। कान्तिपुर दैनिकमा खबर छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनलाई नेपालबाट तह लगाउन भारतको यस्तो चाल !

काठमाडौं, १४ फागुन । नेपालबाट चीनलाई तह लगाउन भारतले अर्काे चाल चलेको छ ।

भारतले सहयोगको बहानामा ठाडो हस्तक्षेप गर्दै नेपालको अनुमतिविना उत्तर प्रदेशको बरौनीदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्वे तयारी थालेको छ ।

चीनले तिब्बतसम्म आइसकेको रेलमार्ग काठमाडौं ल्याउन तयारी गरिरहेका बेला भारत नेपाललाई नसोधेरै काठमाडौंसम्म रेल नेटवर्क ल्याउने तयारीमा लागेको हो ।

शुक्रबार भारतका रेलमन्त्री सुरेश प्रभुले आफ्नो दोस्रो रेल बजेटमा दिल्ली–काठमाडौं रेल नेटवर्क जोड्न सर्वे गर्ने योजना सार्वजनिक गरेका छन् ।

India-Rail

रेलमन्त्रीले उत्तर प्रदेशको बढनी स्टेशनलाई नेपालको काठमाडौंसँग जोड्नका लागि रेल नेटवर्कको सर्वे गर्न मञ्जुरी दिएका हुन् । यो क्षेत्रको दुरी करिब ३६० किलोमिटर छ र यसका लागि बजेटमा ५४ लाख रुपैयाँ छुट्याइएको छ । यसलाई सबैभन्दा महत्वपूर्ण प्रजोक्ट मान्दै भारतले तुरुन्तै अगाडि बढाउने जनाएको छ ।

भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार काठमाडौंसँग सिधा रेलमार्ग जोडिएमा नेपालमा भारतको व्यापार अझै बढ्नेछ । तर, नेपाल अझै बढी मात्रामा भारतमाथि निर्भर हुनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लोकसेवाको परीक्षा सदरमुकामै दिन पाइने

काठमाडौं, १५ फागुन । लोकसेवा आयोगले पहिलोपटक विकट र दुर्गम जिल्लाको रुपमा रहेका डोल्पा र हुम्ला सदरमुकामबाटै परीक्षा दिन पाइने व्यवस्था गरेको छ ।

आयोगले दुर्गम र विकट स्थानमा आफ्नो सेवा विस्तार गर्ने योजनाअनुसार डोल्पा र हुम्लाबाट पनि परीक्षा दिन पाइने व्यवस्था मिलाएको जनाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

सो व्यवस्थाअनुसार आयोगले २२ फागुनदेखि हुन गइरहेको नायब सुब्बाको परीक्षा डोल्पा सदरमुकाम दुनै र हुम्ला सदरमुकाम सिमिकोटबाट लिन लागेको आयोगका सचिव श्रीधर सापकोटाले जानकारी दिए ।

विकट डोल्पा र हुम्लाबासी यसअघि लोकसेवा आयोगका सवै तहको परीक्षा दिन सुर्खेत वा नेपालगञ्जमध्ये एक ठाउँमा आउन बाध्य हुन्थे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा प्यानल बनाउन नेताको तानातान

१५ फागुन, काठमाडौं । सात दिनपछि राजधानीमा सुरु हुने कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व लिदन सभापतिका आकांक्षी आ-आफ्ना प्यानल बनाउने कसरतमा जुटेका छन् ।

कार्यवहाक समापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहाद्र देउवा निकटकालाई भागबन्डा मिलाएर उम्मेदवारी घोषणाको तयारीमा भएको आजको नागरिक दैनिकमा समाचार छ ।

सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षको साझा उम्मेदवार बन्ने कसरतलाई तीब्र बनाएका कार्यवहाक सभापति रामचन्द्र पौडेलको प्रयास सफल भएको छैन । सभापतिका आकांक्षी महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै नेतृ सुजाता कोइराला अडानमा कायमै छन् ।

पौडेलले बिहीबार र शुक्रबार पनि सभापतिका आकांक्षीलाई समेटेर साझा उम्मेदवार बन्ने प्रयास साझा उम्मेदवार बन्ने प्रयास जारी राखेपनि सिटौलासहितका नेता सभापति उम्मेदवारीको अन्तिम तयारीमा जुटेका छन् । सवै सभापतिका उम्मेदवार आफ्ना पक्षमा प्यान बनाउन नेता तानातान गरिरहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सीडीओ कुट्ने पूर्वमन्त्रीलाई अदालतले तोक्यो जरिबाना

१५ फागुन, काठमाडौं । प्रमुख जिल्ला अधिकारीलाई कुटेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।

कृषि तथा सहकारी राज्यमन्त्री हुँदा बेगमले २०६६ साल कात्तिक २४ गते पर्सौका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई कुटेको मुद्दामा जिल्ला अदालतले बिहीबार अन्तिम फैसला गर्दै दुई हजार रुपैयाँ जरिवाना गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

अदालतले फैसला गरेको जरीवाना रकम पूर्वराज्यमन्त्री बेगमले शुक्रबारसम्मपनि नरिेको अदालतले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दिदी भिनाजुसँग पार्टी गर्न पाएनन् क्याप्टेनले

१५ फागुन, काठमाडौं । क्याप्टेन दिनेश न्यौपानेले शुक्रबार सुर्खेतमा रहेका दिदी, भिनाजु र भान्नाभान्जीसँग बसेर पाइलट भएको खुसी साट्ने योजना बनाएका थिए ।

शुक्रबार बिहान न्यौपानेले सुर्खेतमा रहेकी दिदी कृष्णाका ससुरा हेमप्रकाश भुषाललाई फोन गरेर बेलुकाको खाना घरमा नबनाउन भनेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भुसालका अनुसार दिदी भिनाजु, भान्जाभान्जीसहित सबै परिवार घरबाहिर बसेर पार्टी गर्ने न्यौपानेको योजना थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पशुपतिमा चढेका सामान बिक्रीमा राखिने

१५ फागुन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा विगत चार वर्षयता चढाइएका सामाग्री बिक्रीमा राख्ने भएको छ ।

२०६८ सालदेखि भण्डारमा थन्काइएका विभिन्न कपडा र शृंगार सामग्री सेभिनियर पसल खोलेर विक्री गर्न लागिएको आजको अन्नपूर्णमा समाचार छ । यसका लागि कोषले शनिबारदेखि सामाग्री सूचीकृत गर्ने भएको छ ।

कोषले २०६८ चैतमा मन्दिर तथा पूजा व्यवस्था नियमावी बनाएर लागू गरेपछि मन्दिरमा चढाइने जिन्सी सामाग्रीलाई मुचुल्का उठाएर मन्दिर परिसरमै राख्दै आएको थियो ।

कोषले मन्दिरको पश्चिम द्वारछेउमा सेभेनियर पसल सञ्चालन गरि बिक्री गर्न लागको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देशभरका सबै कर्मचारीहरुको सरुवा रोक्का

१५ फागुन, काठामाडौ । कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया सुरु भएको भन्दै सरकारले निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारीको सरुवा रोेक्ने तयारी गरेको छ ।

कर्मचारीको अधिकाररिक ट्रेड युनियनको निर्वाचन गर्न स्थापना गरिएको केन्द्रीय निर्वाचना अधिकृतको कार्यालयले सबै सरुवा रोक्न आग्रह गर्दै सरकारलाई पत्र लखेको छ ।

प्रमुख निर्वाचन अधिकृत सहसचिव राजिव गौतमले निर्वाचन सम्मपन्न नहुँदासम्म्ा देशभरका सबै सरुवा तथा काज सम्बन्धी व्यवस्था रेाक्न सरकारलाई पत्रचार गरिएको जानकारी दिए ।

सरकाले आगमी २८ चैतमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने घोषणा गरिसकेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल प्रहरीले गर्यो साउदीबाट २२ नेपालीको उद्धार

१५ फागुन, काठमाडौं । वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरेविया आए पनि काम र तलब नपाएर बिचल्ली परेका एक घाइतेसहित २२ नेपालीलाई नेपाल प्रहरीले उद्धार गरेको छ ।

उनीहरु शनिबार नेपाल फर्किएका आजको नागरिक दैनिकमा समाचार छ ।

साउदीको रियादस्थित अल मेसरी इस्ट फर कन्ट्रयाक्टीङ कम्पनीले संझौता अनुसार तलब नदिँदा बिचल्लीमा परेका र एक महिना अघि सवारी दु्र्घटनामा घाइते भएका रेगम बोहराको उचित उपचार गराउन समेत आनाकारी गरेको बेहेरा पीडितले नेपालको महानगरीय प्रहरी अपराध शाखामा जानकारी गराएपछि उनीहरुको उद्धार सम्भव भएको हो ।

पीडितहरुले महानगरीय प्रहरी अपराध शाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्पर्क गरेका थिए । त्यसपछि उनीहरुलाई साउदी पठाउने स्वस्तिक म्यानपावर कम्पनीबाटै स्वेदश फिर्ताको लागि बिहीबार टिकट पठाइएको थियो ।

महानगरीय प्रहरीको सक्रियतामा वैदेशिक रोजगारका क्रममा ठगिएका युवाको उद्धार गरिएको यो पहिलो घटना हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओली चैत ७ मा चीन जाने

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओली चैत ७ गते देखि चीनको औपचारिक भ्रमणमा जाने लगभग निश्चित भएको छ ।

दक्षिणी छिमेकी भारतको ६ दिने राजकीय भ्रमण गरेर बुधबार मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कन लागेका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमणको मितिबारे मोखिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको चीन भ्रमण बढीमा पाँच दिनको हुनेछ ।

प्रधानमन्त्री काठमाडौंबाट ७ गते बेइजिङ जाने, त्यसको भोलिपल्ट उच्चस्तरीय भेटवार्ता एवं महत्वपूर्ण दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी थालिएको छ ।

चीनले चैत ९ देखि १२ गतेसम्म हाइननन प्रातनमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा भागलिन प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रण समेत गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दाइजोको मोटरसाइकल किन्न भीड !

१५ फागुन, काठमाडौं । सिरहाका मदन महरा शुक्रबार जनकपुरको बजाज मोटरसाइकल सोरुममा मोटरसाइकल छान्दै थिए ।

उमेरले ६० वर्ष नाघेका महरा आफ्ना लागि नभई छोरीको बिहेमा दाइजो दिन मोटरसाइकल किन्दै थिए । उनीसँगै दुलाहाका जेठा दाजु रामसेवक रविदास पनि आफूलाई मन पर्ने मोटरसाइकल छान्दै थिए आजको अन्नपूर्णमा समाचार छ ।

आर्थिक रुपमा विपन्न महराले छोरीको बिहेमा केटा पक्षले केही नगदसँगै मोटरसाइकल अनिवार्य हुनुपर्ने माग गरेपछि वर पक्षले भनेको ठाउँमा मोटरसाइकल किन्न आएको बताए ।

जनकपुरका मोटरसाइकल सोरुमहरुमा विवाहको लगनसँगै दाइजो मोटरसाइल किन्न आउनेको भीडभाड बढेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आधुनिक मानव: यी ११ तस्बिर जसले मानिसलाई कुरी-कुरी गरिरहेको छ !

एजेन्सी । स्टिभ कट्स (Steve Cutts) एक यस्ता चित्रकार हुन उनी वास्तविकता र आफ्नो कल्पनालाई चित्रमा दुरुस्तै उतार्छन् । स्टिभका चित्रहरुमा निराशा देखिन्छ, उनी वास्तविकताको निकै नजिक हुन्छन् ।

लण्डन निवासी स्टिभ एक इलुस्ट्रेटर तथा एनिमेटर हुन् जो चित्रको माध्यबाट समाजको दुखद् स्थितिको आलोचना गर्छन् । लोभ, पर्यावरण, जङ्क फूड, टिभी, स्मार्टफोनको लत तथा जनावरको शोषण केही यस्ता इस्यू हुन्, जसलाई उनले चित्रमा उतारेका छन् ।

उनका चित्रमा हाम्रो समाजमा फैलिएको तनाव, निराशा तथा हताशा स्पष्ट देखिन्छ । यहाँ हामी तपाईंलाई उनका केही चुनिएका तस्बिर देखाउँदैछौं । तस्बिर हेरेर कल्पना गर्नुस्, आजका मानवहरु कुन स्थितिमा छन् ।

मुसा दौड

Rat race

स्टिभ अहिले स्वउद्यमी हुन्, तर पहिले उनी कर्पोरेट क्षेत्रमा काम गर्दथे । उनी अफिस ओहोर-दोहोर गर्दा यस्तो अवस्था हुन्थ्यो जसलाई उनले मुसा दौडसँग तुलना गरेका छन् । हाम्रो महानगरमा चल्ने बसहरुमा पनि हेर्नुस् त, यस्ता मुसा दौड दिनदिनै देखिन्छ ।


सोमबार फेरि:

Monday again

प्राय मुलुकमा शनिबार र आईतबार सार्वजनिक विदा हुन्छ । मानिसहरु आफ्नो निजी जिन्दगी बिताउँछन् । जब सोमबार आउँछ, फेरि सुरुहुन्छ भागदौड । हाम्रो नेपालमा भने आईतबार यस्तो अवस्था हुन्छ ।


खान्दानी अन्दाज:

The fatcat

समाजमा धनी र गरिबबीच यति ठूलो अन्तर देखा परिसकेको छ, मानौं उनीहरु अब कहिल्यै समान हुन सक्दैनन् । केही हुने खाने र खान्दानीहरु गरीबलाई यसरी दास बनाएर मोज गर्दैछन् ।


विकास:

Evolution

उनले अहिले विकासलाई पनि व्यंग्य गरेका छन् । स्लाइनबाट कोकाकोला दिइँदैछ । पाइपबाट आएको खानेकुरा रोबोर्ट ले नै खुवाउँछ । के यस्तै हो हामीले चाहेको विकास ?


आधुनिक खाना:

Dinner is served

खानाका विभिन्न परिकारको आ-आफ्नै महत्व र आवश्यकता हुन्छ । तर अहिले यतिसम्म भइसक्यो कि एक डिब्बा तयारी परिकार खानुस्, हरेक तत्वहरु त्यहीँ छन् ।


प्रविधिका दास:

Phone Slaves

प्रविधिलाई हामीले प्रयोग गर्दैछौं भनेर मख्ख नपर्नुस्, तपाईं प्रविधिको दास बन्दै हुनुहुन्छ । जब यो प्रविधिले साथ छाड्ने छ, तब तपाईं एउटा एउटा बेसाहारा दासजस्तो बन्नुहुनेछ ।


रि-साईक्लिङ:

Recycling

जे होस्, जसरी होस्, मात्रै पैसा निकाल्नु परेको छ ।


उद्योगमा काम गर्नेहरुको वास्तविकता:

Santa's real workshop

स्टिभले यस तस्बिरमार्फ कारखानामा काम गर्नेहरुको वास्तविकता देखाउन खोजेका छन् ।


सिकार:

The Trap

जसरी मुसालाई रोटीको टुक्रा देखाएर मेसिनमा फसाइन्छ, त्यसैगरी मानिसलाई पैसा देखाएर सिकार गरिँदैछ ।


खान पनि कति सकेका ?

The King

स्टिभले आफ्नो यो चित्रबाट माम्सहारीहरुमाथि व्यंग्य गरेका छन् । खान पनि कति सकेका हुन्, भैँसी पाए नि लुछेकै छ, कुखुरा पाए पनि लुछेकै छ, हुँदा हुँदा कुकुर, सर्प, भ्यागुता, गंगटाहरु पनि बाँकी रहँदैनन् । हेर्नुस् त चित्रमा एउटा मानिस आफूले अहिलेसम्म खाएका जनावरहरुको लासमाथि बसेर कुखुराको साँप्सा लुछ्दै छ ।


तबमात्रै मिल्ला सन्तुष्टि:

The Final Handshake

मानिस सबैभन्दा अशन्तोकी जात हो । सबै बर्बाद भएपछिमात्रै उसलाई सन्तोष मिल्ला भन्ने आसय यस तस्बिरमा देख्न सकिन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फलामको रडले टाउकोको वारपार छेड्यो, तर पनि यसरी बच्यो ज्यान !

एजेन्सी । एक दुर्घटनामा सात फिट लामो फलामको रडले टाउकोलाई वारपार छेड्दा पनि एक मजदूर जिवित रहन सफल भएका छन् । यो घटना भारतको मलाडस्थित तानाजी नगरको एक कन्स्ट्रक्सन कम्पनीमा भयो ।

२४ वर्षीय मोहम्मद गुड्डु सिमेन्ट घोल्ने काम गरिरहेका थिए । यसैक्रममा चौंथो तलाबाट एउटा रड खसेर उनको टाउकोलाई छेड्यो । तालुबाट छिरेको रड टाउकोलाई पूरा छेडेर पछाडिबाट निस्कियो ।

त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गराईयो । ५ घण्टासम्म सर्जरी चल्यो । अन्तत: चामत्कारिक रुपमा उनको ज्यान बाँच्यो । रडले छेडे पनि उनको दिमागको मुख्य धमनीलाई कुनै असर गरेन ।

उनको सिरको दाहिने भाग क्षतिग्रस्त भएको छ । तीन महिनासम्ममा त्यसमा सुधार आउन सक्ने चिकित्सकको विश्वास छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

झटारो: फेरि बन्ने भो सुरूङ मार्ग !

– लक्ष्मण गाम्नागे

पूर्वाधार विकास कम्पनीका नवनियुक्त अध्यक्ष भवन भट्टले एक अन्तर्वार्तामा सबैको सहयोग प्राप्त भएमा चार वर्षमा काठमाडौँ–हेटौँडा सुरुङ मार्ग बन्छ भनेछन् । सहयोग प्राप्त हुने मात्र होइन, सहयोगको वर्षा नै हुनेछ र चार वर्ष पनि नपुग्दै सुरुङ मार्ग बन्छ भन्ने कुरामा भवनजी ढुक्क हुँदा हुन्छ । राष्ट्रिय गौरवका अरू सबै आयोजनाजस्तै यो पनि सम्पन्न हुन्छ । सहयोगका लागि हामी सबै तत्पर छौँ । सरकारदेखि राजनीतिक दलसम्म, नेतादेखि डनसम्म, ठेकेदारदेखि स्थानीयवासीसम्म सबैले यस्ता विकास कार्यमा सहयोग गर्दै आएकै छन् । बरू, छिटो छिटो लगानी ल्याएर काम थालिहाल्नूस् भवनजी ! सहयोग गर्न हामी आतुर छौँ ।

सरकारका तर्फबाट प्राप्त हुने सहयोग सुन्नूस्, सरकारले तपार्इंको फाइल फनफनी घुमाउनमा महत्त्वपूर्ण सहयोग गर्नेछ । नियम, कानुन र प्रक्रियाका पहाडहरूमा चढाएर तपाईंको पसिना निकाल्ने छ । सरकारले पाँच दिनमा सकिने प्रक्रियालाई पाँच महिनामै फत्ते गरेर सहयोग गर्नेछ । बीचमा कदाचित सरकार परिवर्तन भयो भने त्यसले तपाईंको आयोजनालाई जनघाती, राष्ट्रघाती वा यस्तै केके जाति उपाधि दिँदै अलिअलि खनेको सुरुङ पुर्नमा पनि सहयोग गर्न सक्छ । नेताहरू, मन्त्रीहरू, सरकारी अधिकारीहरूले पनि पर्याप्त मात्रामा ‘लाभांश’ प्राप्त गरे भने तपाईंलाई पूरा सहयोग गर्नेछन् ।

अख्तियारलाई पनि इच्छा लाग्यो भने आयोजनाका फाइल तानेर दुई–चार महिना अध्ययन गरेको गरेकै गरेर ठूलै सहयोग पुर्‍याउने सम्भावना छँदैछ । ठेकेदारहरू पनि नेपालमा निकै सहयोगी हुने गरेको इतिहास छ । काम गर्दा गर्दै काम छाडेर नभाग्ने, मालसामान आपूर्ति भएन भनेर क्षतिपूर्ति नमाग्ने सम्भावना पनि केही प्रतिशत हुन सक्छ ।

सर्वसाधारण जनताले पनि पर्याप्त सहयोग गर्ने छन्, खास गरी सडक बन्ने जिल्ला र गाउँका स्थानीयले । उनीहरूले आयोजनाको सेयर माग्नेछन् । रोजगारी माग्नेछन् । चलनचल्तीभन्दा दस गुणा बढी जग्गाको मुआब्जा माग्नेछन् । तपाईंले उनीहरूका अनेकौँ मागमा सहीछाप गर्नुभयो भने सहयोग नपाउने कुरै छैन । बरू, सुरुङ मार्गका बीचबीचमा पर्ने आफ्ना गाउँमा पनि बस स्टपहरू चाहिन्छ भनेर अड्डी कसे भने पो कसो गर्ने ? माग पूरा भएन भने उनीहरू सुराल खोलेरै सडकमा सुतिदिन्छन् । राजनीतिक दलहरूकै नेतृत्व र उक्साहटमा धर्नामा बस्छन्, डोजरमा आगै लगाउन बेर लगाउँदैनन् । मागबमोजिम चन्दा सहयोग गरेपछि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका डनहरूबाट पनि पूरा सहयोग प्राप्त हुनेछ । कामदारहरू पनि बन्द–हडतालका माध्यमबाट सहयोग जुटाउन पछि पर्ने छैनन् ।

अर्काथरी विकासप्रेमी हातमा क्याल्कुलेटर लिएर निस्कनेछन् र यो सडक बनेपछि मुलुकलाई यति यति नोक्सान हुने सम्भावना भएकाले यो राष्ट्रिय हितविपरीत छ भनेर तपाईंलाई सचेत गराउने छन् । लामा–लामा विश्लेषणात्मक लेख–रचना पत्रपत्रिकामा छपाउने छन्, गोष्ठी गर्ने छन् । यो कुखुराले पछि अन्डा पार्दैन भनेर गोष्ठीमा उनीहरूले तपाईंको कुखुरालाई नै रोस्ट बनाउन सहयोग गर्न पनि सक्ने छन् ।

यसरी चारैतिरबाट सहयोगको ओइरो लागेपछि चार वर्षमा सुरुङ मार्ग किन बन्दैन ? अवश्य बन्छ । मेलम्ची त्यसै गरी बनेको छ । फास्ट ट्रयाक बनेको छ । पूर्व–पश्चिम रेल मार्ग यसै प्रक्रिया अनुरूप बनेको छ । हुलाकी मार्ग बनेको छ । सुरुङ मार्ग मात्रै किन नबन्नू † बन्छ भट्टजी ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महिनावारीमा जंगलको बास

फाल्गुन १४, २०७२- छाउपडी भएकालाई पनि अन्य महिलासरह व्यवहार गर्नुपर्छ भनेर सिकाउन हिँडेकी मेलविसौना स्वास्थ्य चौकीकी अनमी अनिताकुमारी सिंह आफैं महिनावारी हुँदा गाउँभन्दा दुई किलोमिटर टाढा जंगलको छाउपडी गोठमा बस्नुपर्‍यो ।

मेलविसौना २ लोकन्ड गाउँ पुग्न गाविसकै अन्य वडाबाट एक दिन हिँड्नुपर्छ । जिल्लाको उत्तरी हिमाली भूभागमा पर्ने यो गाउँमा महिनावारी हुँदा महिलालाई गरिने व्यवहार अत्यन्तै निर्मम छ ।

‘छाउपडी महिलालाई सरुवा रोग लागेका बिरामीलाई जस्तै व्यवहार गरिन्छ । कतिपय त छाउपडी हिँडेको बाटो पनि हिँड्दैनन्,’ अनमी सिंहले भनिन्, ‘लोकन्ड गाउँको अवस्था डरलाग्दो छ ।’

‘मलाई एक रात काट्न त यति गाह्रो भयो । गाउँका महिलाले सारा जिन्दगी कसरी काटेका होलान् ?’ उनले भनिन् । महिनावारी भएका महिला गाउँ नजिक बसे देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वास छ ।

छाउपडी र सुत्केरीले जंगलमा बनाइएका कटेरामा बस्दा नवजात शिशु नै गुमाएका उदाहरण छन् । सात दिनको छोरालाई छाउगोठमा छोडेर नुहाउन गएकी जलादेवी रोकाया नुहाएर गोठमा फर्किंदा भेटिनन् । जंगलभरि खोज्दा एउटा खोल्सामा सानो हाडको टुक्रा मात्र भेटियो । बच्चालाई जंगली जनावरले आहारा बनाइसकेको रहेछ ।

१२ दिनकी नवजात छोरीलाई छाउ गोठमा छोडेर गहुँ काट्न गएकी पिउली रोकायाले पनि त्यसरी नै सन्तान गुमाउनुपर्‍यो । जंगली जनावरले लगेको बच्चाको उनले त हाड पनि फेला पार्न सकिनन् । सोही गाउँकी जमुना रोकायाले छाउ गोठमा सुताएर गएको ८ दिनका छोरा पनि घाँस काटेर फर्किंदा गायव थिए ।

खोज्दै जाँदा नजिकैको ओडारमा स्यालले आधा खाइसकेको अवस्थामा फेला पारिन् । छाउ गोठमा बसेका बेला स्थानीयवासीबाट पनि महिला उत्तिकै पीडित भएको लोकन्डकी महिला स्वास्थ्य स्वयंसेविका पानकला रोकायाले बताइन् । ‘धेरै महिला बलात्कारको सिकार भएका छन्,’ उनले भनिन्, ‘कतिपय लाजले केही भन्न मान्दैनन् । भनिहाले पनि सानोतिनो जरिवाना गरेर गाउँमै कुरा मिलाइन्छ ।’

धामीझाँक्री पनि दोषी

सामाजिक कार्यकर्ता सानुकुमारी शाहीले परिवर्तन नआउनुमा धामीझाँक्रीको मुख्य दोष रहेको बताइन् । ‘धामीहरूले पहिले महिनावारी हुँदा घर नजिक आएको, देउताको वास्ता नगरेकाले तिनीहरूका बच्चा देउता रिसाएर जंगली जनावरले खाएको हो भनेर उल्टै हप्काउँछन् । यस्तो चलन परिवर्तन गर्न निकै गाह्रो छ,’ उनले भनिन् ।

देउताले भनेको मान्दा कसैलाई केही नभएको बताउने धामी हर्के रोकायाले आफ्ना देउताले यस्तो नसहने र महिनावारी भएका बेला घर नजिक आउनेलाई कुनै न कुनै सजाय दिने दाबी गरे ।

  • देउता रिसाउने र अनिष्ट हुने मान्यता
  • ठूलै सरुवा रोग लागेका बिरामीलाई जस्तै व्यवहार
  • जंगलमा बस्दा कतिले नवजात शिशु गुमाइसके

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

करिश्माको नजरमा पाँच नायिका

फाल्गुन १४, २०७२- एभरग्रिन एक्ट्रेस हुन्, करिश्मा मानन्धर। उनको अभिनयको जति तारिफ हुन्छ, सुन्दरताको त्योभन्दा बढी। फेसन सेन्स र बौद्धिकता पनि उत्तिकै। यिनै गुणले उनलाई धेरै हिरोइनको रोल मोडल बनाएको छ। मिडियाको नजरबाट बाहिर पर्न दिएको पनि छैन, भलै ‘सोकल्ड’ हिरोइनबाट रिटायर्ड भइसकेकी छन्।

उनको स्पेसमा अरु हिरोइनले इन्ट्री मारिरहेका छन्। भनेपछि नयाँ नायिकाप्रति करिश्माको नजर कस्तो होला? अहिले लाइमलाइटमा रहेका पाँच हिरोइनबारे करिश्मा यसरी खुलिन्।

१. प्रियंका कार्की
मलाई प्रियंका कार्की यस कारण मन पर्छ कि उनी मनैदेखि सफा र अनुशासित छिन्। अमेरिका बसेर होला, पोजेटिभ भाइब्रेसन प्रचुर छ। उनी ब्युटिफुल त लाग्दैन तर उनको आफ्नै खास व्यक्तित्व छ। म आफूलाई राम्रो ड्रेस लगाउँछु जस्तो लाग्छ तर उनमा अझ बढी ड्रेस सेन्स पाउँछु, गुड फिगर प्लस पोइन्ट हो।

मेरो बुझाइमा यो समयकी सबैभन्दा व्यस्त र पैसा कमाउने हिरोइन उनै हुन्। छ एकान छबाट आफूलाई सोझी युवतीको भूमिकामा पनि फिट देखाइन्। अभिनयप्रतिको प्यासन, क्षमता र सफलता हेर्दा प्रियंका लामो समय चम्कने छिन्।

२. नम्रता श्रेष्ठ
जीवनमा धेरै उतारचढाव आउँछन् तर फाइट गर्ने क्षमता कमैसँग हुन्छ, त्यसमा पनि महिला अझ कमजोर हुन्छन्। तर नम्रताले अत्यन्त कठिन परिस्थितिलाई सेफ ल्यान्डिङ गरिन्। उनी बाहिरबाट हेर्दा जति सुन्दर छिन्, भित्र त्यतिकै सशक्त। नम्रताको साहससँग म नतमस्तक हुन्छु। त्यतिको परिपक्व अभिनय भएका कलाकार कमै हुन्छन्।

क्लासिक हेरेपछि मलाई उनी यो वर्षको अवार्डको एक्लो हकदार हुन् भन्ने लागेको छ। हिरोइनलाई उमेरको दायराले छेक्छ, तर नम्रताको अभिनय र सुन्दरताको सामु उमेर पनि हार खान्छ।

३. ऋचा शर्मा
आमनायिकाभन्दा अलग छिन्, ऋचा। उनको लुक्समात्र होइन, सोचाइ र बुझाइ पनि भिन्न छ। ब्ल्याक ब्युटी हुन्, अमेरिकातिर भएको भए यहाँको भन्दा डिमान्ड हुन्थ्यो। सायद मैले सबैभन्दा धेरै फिल्म उनकै हेरेको होला, त्यस आधारमा भन्दा उनी सबै भूमिकामा नसुहाए पनि निश्चित–निश्चित खालका भूमिकामा अब्बलता देखाउन सक्छिन्।

खासगरी यथार्थवादी र चुनौतीपूर्ण भूमिकामा। उमा हेरेपछि त्यस्तै लाग्यो। भिन्न चरित्रमार्फत आफूलाई एक्सपेरिमेन्ट गर्न खोज्छिन्। म उनलाई सभाजा आज्मी, स्मिता पटेलसँग तुलना गर्न रुचाउँछु।

४. केकी अधिकारी
क्युट फेस छ केकीको। पढेलेखेकी छन्, पारिवारिक पृष्ठभूमि पनि फिल्म नै हो। अभिनयप्रति लगाव उस्तै सराहनीय। त्यस्तै अनुशासित र व्यावहारिक। यी भए केकीका अब्बलता। यति हुँदाहुँदै उनको च्वाइस रङ छ। उनले धेरै गलत र आफूलाई जस्टिस गर्न नसक्ने फिल्म खेलिन्।

माई प्रमिस हेर्दा त्यस्तै महसुस भएको थियो। उनले धेरैभन्दा उत्कृष्ट फिल्म खेल्नु जरुरी छ। क्षमता भएर मात्र हुँदैन। सही ठाउँमा सदुपयोग गर्न जान्नुपर्छ। केकीले यतातिर ख्याल गरिन् भने उनको फिल्मी करिअर उज्ज्वल देख्छु।

५. शिल्पा पोखरेल
शिल्पा मलाई आफ्नै छोरीजस्तो लाग्छ। दुई सयभन्दा धेरै म्युजिक भिडियो खेलिसकेकी रहिछन् तर मैले हेरेकै थिइनँ। फागुकी निर्देशक सम्झना उप्रेती रौनियामार्फत उनीसँग परिचित भएकी हुँ। लज्जामा उनको काम हेरेपछि फागुमा अनुबन्ध गरिएको हो।

त्यसपछि उनको हार्ड वर्किङबाट म अत्यन्त प्रभावित भएँ। उनको काम गराइ शैली र इनर्जी हेर्दा मेरा सुरुवातकालीन दिन सम्झन्छु। म पनि यस्तै थिएँ जस्तो लाग्छ। लुक्स नर्मल छ। तर स्क्रिन फेस धेरै आकर्षक। एक्सन र डान्समा पनि अब्बल छिन्।

यही लगाव कायम रह्यो र आफूलाई निखार्दै लगिन् भने उनी नेपाली फिल्मकी भविष्य बन्न सक्छिन्।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हेर्नुस् रेखाको रामप्यारी र राजेशको शकुन्तला स्वरुप

काठमाडौं : नेपाली फिल्मका दुई ठूला कलाकार अभिनित फिल्मका पोस्टर रिलिजभएका छन्। एकातर्फ छिन् रेखा थापा जो रामप्यारी बनेर रामायणका एक पात्र रामको पहेलो पहिरनमा उभिएकी छिन्।

अर्कोतर्फ छन् राजेश हमाल जो शकुन्तला बनेर तेस्रो लिंगी पात्रको गेटअपमा छन्। रेखाको रामप्यारी चैत २६ मा रिलिज हुँदैछ। पोस्टरमा रेखाको हेयर स्टाइल, वार्डरोव र हुलिया हेर्दा पात्र सशक्त लाग्छ।

रेखा रामप्यारीमा टेम्पु चालक ड्राइभरको रोलमा छिन्। सविर श्रेष्ठ निर्देशित सिनेमामा आभाष अधिकारी र आस्मा दाहाल पनि छन्।

अर्कोतर्फ दिनेश श्रेष्ठ निर्देशित सिनेमा शकुन्तलामा राजेश हमाललाई फरक रोलमा देख्न सकिन्छ। अनु शाहको समेत अभिनय रहेको सिनेमामा हमालले नारी पात्रकै गेटअपमा अभिनय गरेका छन्। शकुन्तला जेठ १४ गते रिलिज हुनेछ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दिनदिनै विमान दुर्घटना भएपछि लोकमान पड्किए, को-को लाई थर्काए ?

काठमाडौं, १४ फागुन । दिनदिनै विमान दुर्घटना हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आक्रोशित बनेका छन् ।

उनले राज्यमाथि प्रश्न उठाउँदै दोषी को हो भनेका छन् ।

दयनीय हवाई सुरक्षाः को जिम्मेवार ?
आज मात्रै नेपालगञ्जबाट जुम्लाका लागि ११ जना व्यक्ति सहित उडेको एयर काष्ठमाण्डपको जहाज कालीकोट जिल्लाको चिल्खायामा दुर्घटनामा परेको खबरले म अत्यन्त दुखी भएको छु । तारा एयरको बिमान म्याग्दीमा गम्भिर दुर्घटनामा परेको दुई दिन बित्न नपाउंदै एयर काष्ठमाण्डपको विमानमा प्राबिधिक समस्या उत्पन्न भई आकस्मिक अवतरण गर्ने क्रममा पुन: आज डरलाग्दो दुर्घटना भएको छ । आकस्मिक अवतरणको क्रममा पाइलट र चालकदलका सदस्यले देखाएको उच्चस्तरको विवेक, कौशल र निर्णय क्षमता अत्यन्तै सह्रानिय छ।  यात्रुको सुरक्षाको खातिर आफ्नो ज्यानको आहुति दिन समेत पछि नपरि जहाजलाई आकस्मिक अवतरण गराई हुनसक्ने थप क्षतिलाई रोक्न सक्नुले चालकदलको उच्च कोटिको व्यवसायिकता र कर्तव्यपरायणतालाई प्रदर्शित गरेको छ ।

सुरक्षित हवाई सेवा सञ्चालनको लागि नेपाल सरकारले बनाएका ऐन कानुन र नियमलाई पूर्ण रुपमा पालन गर्नु एयरलाइन्स कम्पनिहरुको दायित्व हो भने यसको परिपालना भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गरि सुरक्षित हवाई सेवा प्रत्याभुत गराउनु राज्यको दायित्व हो । अन्तराष्ट्रिय नागरिक उड्डयन कार्यालय (ICAO) लगायत बिभिन्न अन्तराष्ट्रिय संघ-संगठनहरुले नेपालको हवाई सेवा असुरक्षित र जोखिमपूर्ण भएकोले सो सम्बन्धमा आवश्यक सुधार गर्न बारम्बार सुझाब दिंदादिंदै पनि हवाई दुर्घटनामा कमि नआउनु संयोग मात्र हो या प्रभावकारी जिम्मेवारि निर्वाह नभएको हो ? एउटा प्रश्न चिन्ह खडा भएको छ ।

भौगोलिक रुपले चुनौतिपूर्ण हिमाली र पहाडी क्षेत्रमा सुरक्षित हवाई सेवाको लागि बिशुद्द मानवीय क्षमतामा मात्र भर नपरि मौसम सम्बन्धि सूचना प्रवाह गर्ने लगायतका अन्य आधुनिक प्रविधियुक्त उपकरणहरुको प्रयोगद्वारा हवाई सेवालाई सुरक्षित र विश्वसनीय बनाउन जरुरी भएको छ ।  सेवा प्रदायकहरुले नाफामुखि सोंचबाट मात्र अभिप्रेरित नभई दायित्वबोधका साथ सुरक्षित सेवा प्रदानमा कुनै सम्झौता गर्न हुदैन र सरकारले यसको निरन्तर अनुगमन गरि सुरक्षित सेवा प्रदानमा त्रुटी गर्ने उपर कडा कारवाही गर्न कत्ति पनि हिच्किचाहट गर्नु हुदैन ।

यस दु:खद घडीमा हवाई दुर्घटनामा असामयिक निधन भएका चालकदलका सदस्यहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भनि ईश्वरसंग प्रार्थना गर्दछु । साथै दुर्घटनामा परि घाइते भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु । यस अतिरिक्त हवाई यातायातसँग सम्बद्द सम्पूर्ण सरोकारवाला पक्षहरुलाई सुरक्षित हवाई यातायातका लागि अपनाउनुपर्ने सावधानी अपनाउन र भविष्यमा यस प्रकारका दुर्भाग्यपूर्ण घटना दोहोरिन नदिन आवश्यक पहल गर्न समेत अपिल गर्दछु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नगरकोटमा युवतीको रहस्यमय अवस्थामा शव भेटियो

भक्तपुर, १४ फागुन । भक्तपुरको नगरकोट नगरपालिकास्थित मुहान पोखरी नजिकै रहस्यमय अवस्थामा आज एक युवतीको शव भेटिएको छ ।

नगरकोट जाने सडकबाट केही तल बाँसको झ्याङमा करिब २२ देखि २५ वर्षकी युवतीको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

मृतकको शवमा बाहिरी घाउ नदेखिएको भए पनि आफै मरेको वा अरुले हत्या गरेर ल्याएर फालेको हो भन्ने यकिन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयले पहिचान गर्न नसकेको र स्थानीयबाट आफन्त हराएको उजुरी पनि नआएकाले मृतक स्थानीय नभई अन्तैको हुनसक्ने आशङ्का पैदा भएको छ ।

जुत्ता नलगाएको, कालो टिसर्ट र पाइन्ट लगाएको युवतीको शवको पहिचान हुन सकेको छैन । शवलाई परीक्षणका लागि शिक्षण अस्पताल पठाएको बताउँदै प्रहरी उपरीक्षक बज्राचार्यले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा देउवालाई ठूलो धक्का ! ‘दाहिने हात’ चौधरीले कांग्रेस छाडे

वीरगञ्ज, १४ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता सुरेन्द्रप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवाको दाहिने हातका रुपमा चिनिने नेता चौधरीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

अब नयाँ पार्टी निर्माण गर्ने घोषणा पनि उनले गरेका छन् । ‘फोरमका अध्यक्ष उपेन्द्र यादवजी, समाजसेवी रविन्द्र मिश्रजीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘उपेन्द्रजीले तपाईं आउनुभयो भने पार्टीको नाम परिवर्तन गर्छु भन्नुभएको छ । छिट्टै निर्णय लिन्छु ।’

पर्सा जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले पर्सा जिल्ला अधिवेशनमा पराजित भएपछि सांसदसहित साधारण सदस्यतासमेत नरहने गरि पार्टी परित्याग गरे ।

पार्टीको छाड्नुको अर्काे कारण खुलाउँदै चौधरीले कांग्रेसमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएको भन्दै आफू पार्टी छाड्न बाध्य भएको बताए ।

चौधरीले पार्टी छाडेसँगै सभापतिका उम्मेदवार देउवालाई धक्का लागेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोटेश्वरमा ग्यास निस्कियो

काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको छ ।


कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।

खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए ।

सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विमल, अनन्त र अन्जनलाई स्पेनिस क्लबमा बोलायो  

१४ फागुन, काठमाडौं । विमल घर्ती मगरसहित तीन नेपाली फुटबलरलाई स्पेनको मार्बेला युनाइटेड एफसीले बोलाएको छ ।

विमलसँगै अनन्त तामाङ र अन्जन विष्टलाई बोलाएको हो । विमलले औपचारिक सम्झौता नै गर्नेछ छन् भने अनन्त र अन्जनले क्लबमा झण्डै दुई महिना प्रशिक्षण लिनेछन् ।

तीनै जना अपि्रल ५ मा स्पेन जानेछन् र मार्च ३० सम्म रहनेछन् । उनीहरु मैत्रिपूर्ण सिरिजका लागि क्लबका टीममेम्बरहरुसँग मार्च १३ देखि ३१ सम्म नेदरल्याण्ड भ्रमणमा पनि जानेछन् ।

सन् १९९७ मा स्थापना भएको यो क्लब अहिले स्पेनको बी डिभिजनको समूह ४ मा छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अन्ततः अफगान बालकले पाए मेस्सीको रियल जर्सी

अर्जेन्टिनी फुटबलर लियोनल मेसीको ‘होममेड’ जर्सी लगाएर विश्वव्यापी चर्चामा आएका अफगानी बालकले मेसीबाटै साँच्चकै जर्सी प्राप्त गरेका छन् ।

पोलिथन ब्यागमा मेसीको नाम लेखेर जर्सी बनाएका उनको तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो ।

अफगानिस्तानका ५ वर्षीय बालक मुर्तजा अहमादीलाई मेसीको हस्ताक्षर सहितको टिशर्ट र फुटबल उपलब्ध गराइएको हो ।

मेसीको व्यवस्थापनले यसको पुष्टि गरेको छ ।

Murtaza-Ahmadi-1

मुर्तजालाई सुरुमा इराकी बालक भनेर प्रचारित गरिएको थियो । उनको तस्वीर प्रकाशित भएपछि मेसीले खोजी गर्दा उनी अष्ट्रेलियामा बस्ने अफगानी बालक भएको पत्ता लागेको हो । ‘म मेसीलाई माया गर्छु र मेरो टिसर्टमा लेखिएको छ कि मेसीले मलाई माया गर्छन्’ मुर्तजाले बीबीसीलाई भने ।

उनले मेसीले गोल गर्दाको शैलीमा फोटोग्राफरलाई पोज पनि दिएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिंगल इञ्जिन विमानमा यात्रु बोक्न सरकारले रोक लगायो

१४ फागुन, काठमाडौं । लगातार दुर्इवटा जहाज दुर्घटनामा परेपछि सरकारले सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न रोक लगाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत सबै सिंगल इञ्जिन भएका विमानमा यात्रु बोकाउन नपाउने कडा व्यवस्था गर्न निर्देशन दिएको हो ।

हुम्लाका लागि यात्रु लिएर जाँदै गर्दा इञ्जिन फेल भएर बिमान दुर्घटनामा परेपछि पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सबै सिंगल इञ्जिन विमानको परीक्षण नगरी उडान नगराउन र यात्रु बाकेर उडान भर्न रोक लगाउन निर्देशन दिएका हुन् ।  अाज दुर्घटनामा परको विमान पनि सिंगल इञ्जिन भएकै हो।

कनुनी व्यवस्थाअनुसार सिंगल इन्जिनका विमानले यात्रु बोक्न पाउँदैनन् । यस्ता विमानले कुनै दुर्गम क्षेत्रमा चार्टर गरे यात्रु लैजान भने सक्छन् । यिनलाई तालिका बनाएर यात्रु बोक्न इजाजत हुँदैन ।

‘नागरिक उडड्यन प्राधिकरणलाई यसमा कडाइ गर्न भनेका छौं । अब सिंगल इञ्जिन भएका विमानले यात्रु बोक्न पाउने छैनन्’ मन्त्री पोखरेले अनलाइखबरसँग भने ।

पाेखरेलका अनुसार निर्देशनपछि सिंगल इञ्जिन विमानमा यात्रु बोकिरहेका गोमा, सीता, र काष्ठमण्डपका केही विमानले यात्रु बोक्न पाउने छैनन् ।

दुर्गम क्षेत्रमा सामान ढुवानी गर्नुपर्ने बिमानमा यात्रु राख्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेपछि बल्ल सरकारले कानुन कार्यान्वयनमा चासो देखाएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ट्याक्सीमा छुटेको लाखौं रकम ट्राफिक प्रहरीद्वारा फिर्ता

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा छुटेको सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

बिहीबार बिहान बानेश्वरबाट कलङ्की जाने क्रममा बा१ज ७७०६ नम्बरको ट्याक्सीमा यमलाल सापकोटाको रु दुई लाख, जापानी येन चार हजार ५९२ र एउटा आइप्याड छुटेको थियो ।

धनीले महाशाखामा दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसिटिभीमार्फत खोजी गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । फेला पारेको सामानलाई आज बिहान सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखाले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

घाइते यात्रुको बयानः विमान अनियन्त्रित भएपछि कोलहाल मच्चियो

१४ फागुन, नेपालगञ्ज । एयर काण्ठमण्डपको उडानमार्फत म जुम्लाबाट नेपालगञ्ज जाँदै थिए । मध्यान्ह १२ बजेर १५ मिनेटमा बिमान नेपालगञ्ज बिमानस्थलबाट उडेको थियो ।

उडेको १० मिनेटपछि विमानभित्र हामीले चुईङगम पड्काएजस्तो आवाज सुन्यौँ । पहिलो पटक पड्किदा नै डर लाग्यो । दोस्रो पटक पनि पहिलेकै जस्तो आवाजमा पड्कियो ।

Dhurba-bhandari

तेस्रो पठक पड्किएपछि यात्रुहरु नर्भस भइसकेका थिए । पाइलटले यात्रुलाई नआत्तिन आग्रह गर्दै सुरक्षित अवतरण गराउने आश्वासन दिए ।

चौथोपटक अलि ठुलो आवाजमा पड्कियो । त्यसपछि त विमानमा रहेका यात्रुहरुको होसहवास उड्न थाल्यो । विमान असन्तुलित हुन थाल्यो र फाइटर विमान झै आकाशमा यताउता नाच्न थाल्यो ।

Dhurba-bhandari1त्यसपछि विमानले एकाएक उचाइ लिन थाल्यो । असन्तुलित भएपछि पहाडमा ठोक्किन सक्ने भयले पाइलटले उचाइमा पुर्‍याएका होलान् । त्यतिबेलासम्म विमानको सन्तुलन पुरै विगि्रसकेको थियो भने यात्रु रुने कराउने गरिरहेका थिए । मेरो पनि मुटुले ठाउँ छोडिसकेको थियो ।

बिमान उचाइमा रहेको बेला म बेहोस भएँ । करिव डेढ घण्टा बेहोस भएछु । होस खुल्दा कालिकोटकै स्थानीय स्वास्थ्य चौकीमा आफूलाई पाएँ । मेरो आँखा र खुट्टामा सामान्य चोट लागेको रहेछ । अहिले स्वस्थ भइसकेको छु । त्यहाँबाट उद्धार गरिएपछि अहिले यहाँ उपचाररत छु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

को-पाइलट सन्तोषको घरमा शोक

१४ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा मृत्यु भएका सहचालक सन्तोष रानाको काठमाडौं, कपनस्थित घरमा शोक छाएको छ ।

सन्तोष पूर्वमन्त्री तथा एमाले सांसद दलबहादुर रानाका छोरा हुन् । सन्तोषको परिवारमा बुवा आमा तथा एक दाजु छन् । छोराको विमान दुर्घटना हुँदा दलबहादुर भैरहवामा थिए ।

उनी अहिले काठमाडौं फर्किँदैछन् । घरमा रहेकी आमा बेहोस अवस्थामा छिन् । घटनापछि भेला भएका छरछिमेकी र आफन्तले उनलाई सान्त्वना दिइरहेका छन् ।

२८ वर्षका सन्तोषले गत वैशाखबाट मात्रै काष्टमण्डप एयरलाइन्समा काम थालेका थिए । सुर्खेतमा बस्ने उनी १० दिनअगाडि घरमा आएका थिए । परिवारले उनको विहेका लागि केटी खोजीरहेका थिए । तर, सन्तोष भने मुख्य पाइलट भएपछि मात्रै विहे गर्ने अडानमा थिए ।

सन्तोषले फिलिपिन्समा पढेका र अमेरिकामा ट्रेनिङ गरेका हुन् । उनका दाजु युकेको रिटायर्ड आर्मी हुन् र आफ्नो परिवारसहित युकेमा बस्दै आएका छन् ।

बुवा दलबहादुर पाल्पा-२ का एमाले सांसद तथा पूर्व भूमिसुधार मन्त्री हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतले ममार्फत नेपाललाई सम्मान गर्‍योः प्रधानमन्त्री  

सलमान खान

१४ फागुन, भैरहवा । प्रधानमन्त्री केपी ओलीले भारतले आफूमार्फत नेपाललाई बराबरको हैसियतमा सम्मान गरेको बताएका छन् । उनले नेपाल र भारतको पहिलै जस्तै मित्रता हुनुपर्ने विषयमा दुवै देशले स्विकार गरिसकेको बताए ।

शुक्रवार नेकपा एमाले लुम्बिनी अञ्चलद्धारा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले अत्यन्तै राम्रो व्यहार गरेको र अब आफुहरु नयाँ ढंगले अगाडि बढेको बताए । उनले भारत भ्रमणको क्रममा आफूले नेपाली जनताको हितमा विजुली, हुलाकी राजमार्ग निर्माण लगायत विभिन्न सहमति गरेर आएको उल्लेख गरे ।

उनले काग्रेस र मधेसी दललाई सरकारमा आउन आग्रह समेत गरे । ‘कांग्रेस सरकारमा आउनु पर्छ । मधेसी दलहरुलाई पनि आउन आग्रह गर्दछु’ उनले भने, ‘आफैंलाई दुःख दिने बाटोमा नहिडनुस्, आउनुस् मिलेर देश बनाऊँ ।’ उनले अघि थपे-हिमाल पहाड तराई मिलेर नै देशलाई विकास बाटोतर्फ लैजानुपर्छ ।’

अहिले पनि केही पार्टीले संविधानले केही नदिएको भनी हल्ला फिजाएको भन्दै उनले भने, संविधानले दाल भात तरकारी नभई अधिकार दिने हो र लोकतान्त्रिक विधिबाट निर्माण भएको संविधानले सम्पुर्ण नेपालीलाई अधिकार सम्पन्न गरेको छ ।’

सरकार निकै कठिन स्थितिमा गठन भएपनि विकास योजनाका साथ अगाडि बढेको र जनताले देख्ने गरी काम अघि बढ्ने बताए ।

सभालाई सम्बोधनलाई गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकास अव तीव्र गतिमा हुने र अबको ३ वर्षमा लुम्बिनीको मुहार फेरिने दाबी गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सञ्चय कोषको ‘सुन्धरा मल’ संचालन गर्न बोलापत्र आब्हान, प्रवीरसँगको सम्झौता रद्द

काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धरास्थित ‘काठमाडौं मल’ संचालनका लागि बोलपत्र आब्हान गरेको छ । तत्कालिन संचालक प्रवीर शम्सेर जवराले सम्झौता अनुसारका सर्त पुरा नगरेपछि उक्त सम्झौता भङ्ग गरी नयाँ माग गरेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए ।

नयाँ बोलपत्र अनुसार उक्त व्यापारिक भवन भाडामा लिन चाहन व्यक्ति वा फर्मले ३१ दिनभित्र अर्थात आगामी चैत १२ सम्ममा बोलपत्र पेश गर्नुपर्ने छ । साथै सोही दिन दिउसो २ बजे बोलपत्र खोलिने समेत सञ्चय कोषले जानकारी दिएको छ । बोलपत्र जमानत वापत ५७ लाख ६० हजार रुपैयाँ कर्मचारी सञ्चयकोषको ललितपुरस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ७०००१०० मा जम्मा गर्नुपर्ने छ ।

प्रवीर शम्सेरले बैंक ग्यारेन्टी ल्याउन नसकेको र भाडा समेत तिर्न नसकेकाले उनीसँगको सम्झौता रद्द गरी नयाँलाई जिम्मा दिन लागिएको आचार्यले जानकारी दिए । ‘सम्झौता पालना गर्नका लागि प्रवीर शम्सेरलाई पटक–पटक ताकेता गरी सुध्रने मौका दियौं,’ आचार्यले भने, ‘कुनै पनि विषयमा सुधार नगरेपछि उनीसँगको सम्झौता भङ्गरी नयाँ आवेदन माग गरिएको हो ।’

प्रवीर शम्सेरले बैंक ग्यारन्टी वापत १० करोड रुपैयाँ राख्न नसकेको र झण्डै ६ करोड रुपैयाँ भाडा समेत नतिरेको आचार्यले जानकारी दिए । हाल उनीसँग रकम असुल गर्नका लागि कोषले मुद्दा दायर गरिसकेको छ । प्रवीरले यस अघि राखेको बैंक ग्यारन्टीबाट भने कोषले भाडा असुल गरेको थियो ।

यसैगरी, काठमाडौं मलमा रहेको व्यापारीहरुको व्यवस्थापन भने नयाँ आउने कम्पनी वा फर्मले गर्ने छ । हाल रहेका व्यवापारीहरुलाई सोही स्थानमा राख्ने वा हटाउने भन्ने विषयमा नयाँ व्यवस्थापनले निर्णय लिने कोषले जानकारी दिएको छ । हाल मलमा ३ सयभन्दा व्यापारीले विभिन्न किसिममा पशल तथा व्यवसाय संचालन गर्दै आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तिनकुनेमा यस्तो बन्दै छ शान्ति मण्डला, हेर्नुहोस तस्विर

रक्षा रेग्मी

तिनकुने शान्ति मण्डलाको नक्सांकन सकिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘नक्सांकन हालै सहियो थप प्रक्रिया अगाडी बढाउँदै छौं’ उनले भने ।

काठमाडौं महानगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ बुद्धको विशाल मूर्तिसहितको मण्डला निर्माण गर्न लागेको हो ।

महानगरपालिकाले मण्डलाकोे आर्किटेक्ट डिजाइन एसोसिएसनको सहकार्यमा नक्सांकनको काम गरेको बताइएको छ । सो संरचना तिनकुनेको ५० रोपनी जग्गामा तयार गर्न लागिएको हो ।

कार्कीका अनुसार तिनकुने शान्ति मण्डला आगामी पाँच बर्षभित्र बनाइसक्ने योजना अनुरुप प्रक्रिया शुरु गरिएको छ । ‘मन्त्रालयले प्रस्ताव स्वीकृत गरेलगत्तै अत्याधुनिक मण्डला निर्माण कार्य शुरु गर्ने छौं’ उनले भने । सो मण्डल निर्माणको प्रस्ताव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रस्ताव स्वीकृत गर्नुपर्छ । तिनकुनेमा बन्ने भनिएको सो मण्डला संसारकै आकर्षक स्थल बन्ने विश्वास महानगरको छ ।

shanti mandalaहिन्दू र बौद्ध धर्मलाई ‘फ्युजन’ गरी यस्तो बन्दैछ मण्डला

सो शान्ति मण्डलाको बिचभागमा बुद्धको विशाल मूर्ति हुनेछ । महानगरपालिकाका अनुसार सो मण्डलाको संरचना मण्डला हिन्दू र बौद्ध धर्मलाई ‘फ्युजन’ गरी तयार गरिनेछ ।

त्यस्तै संरचनाको बीच भागमा १ सय ८ मिटर लम्बाइ र ५४ फिट अग्लो ‘डोम’ निर्माण हुनेछ । डोम तीन तलाको हुनेछ । सो डोमको सबैभन्दा तल्लो तला पार्किङका लागि प्रयोग गरिने छ । पार्किङमा एकैपटकमा ३ सय कार र २ सय ५० मोटरसाइकल पार्क गर्न सकिनेछ ।

shanti mandalaa

डोमको दोस्रो तलामा अत्याधुनिक ‘क्युरेटर सप’ निर्माण गरिने बताइएको छ । क्युरेटर सपमा पर्यटकहरुले आफुले चाहेजती सामग्री खरिद गर्न सक्नेछन् । त्यस्तै माथिल्लो तलामा ध्यान गर्नका लागि ‘मेडिटेसन’ हल निर्माण गरिनेछ । जहाँ एकपटकमा ३ सयजनाले ध्यान गर्न सक्नेछन् ।

 

सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ ।

मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति राखिनेछ । त्यस्तै मूर्तीको वरिपरि रूख–विरुवा रोपिने बताइएको छ ।

संरचनाको तीनवटै कोणमा २४ सै घन्टा पानी आउने फाउन्टेन समेत निर्माणको योजना छ ।

काठमाडौं । तिनकुनेमा काठमाडौं महानगरपालिकाले  बनाउन लागेको अत्याधुनिक शान्ति मण्डलाको प्रक्रिया अघि बढाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो देखियो एयर काष्ठमण्डप दुर्घटना भएको स्थल (फोटोफिचर)

काठमाडौँ – नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटनामा परेको छ ।
जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको थियो । नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिएका थिए ।

accident (3)जहाजमा ११ जना यात्रु सवार रहेकोमा दुई जनाको निधन भएको मृत्यु हुनेमा क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना रहेका छन् । घाइते तथा मृतकलाई अहिले नेपालगञ्ज लगिएको छ । त्यहाँको कोहलपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको छ ।

accident (2)

accidentaccident (4)kastmandap accident (2)kastmandap accident (1)
accident (1)

फोटोः कमल शाही


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विमान दुर्घटनाका घाइतेहरुलाई नेपालगञ्ज लगियो

१४ फागुन, नेपालगञ्ज । कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा घाइतेहरुलाई नेपालगञ्ज लगिएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी धिरु वस्न्यातका अनुसार श्री एयरलाइन्सको हेलिकप्टरबाट घाइते भएका ९ जनालाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको हो ।

दुर्घटनामा ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र को-पाईलट सन्तोष रानाको शव पनि कोहलपुर नै लगिएको छ । घाइतेहरुको अवस्था हेरेर थप उपचारको लागि काठमाडौं पठाइने एसएसपी वस्नेतले बताए ।

चालक दलका सदस्य सहित नेपालगंजबाट जुम्लाको लागि ११ जना सवार जहाज कालिकोटमा दुर्घटना भएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महानगरले मसानघाट र वधशालाको अनुगमन गर्ने

१४ फागुन, काठमाडौं। काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका मसानघाट र पशु वधशालाको अनुगमन गरी त्यसको व्यवस्थापनलाई योजनाबद्ध रुपमा अगाडि बढाउने भएको छ ।

सञ्चालनमा रहेको धेरै मसानघाट र वधशाला नियमभन्दा बाहिर रहेकाले उचित व्यवस्थापनका खाँचो रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार अनुगमनपछि मसानघाट सञ्चालन गर्नेहरुसँग छलफल गरी पुनःनिर्माणमा सघाइने छ । अनुगमनका क्रममा मसानघाट र वधशालाको लगत पनि अद्यावधिक गरिनेछ ।

वधशालाको अनुगमन भने महानगरबाहिर धादिङ, चितवनलगायत जिल्लामा गर्ने महानगरको योजना छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए’

१४ फागुन, काठमाडौं । ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउने गर्न थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए । विमानमा यात्रा गरेका मेघराज गिरीले भन्छन्, ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस-२ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को-पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।

आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

Dineshneupane-and-Santosh-rana

पाइलट दिनेश न्यौपाने र कोपाइलट राना

पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो ।

यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिमि्रक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’ अनलाइनखबरसँग कुरा गर्दै पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’

विमानका पाइलट दिनेश र को पाइलट सन्तोष रानाले विमानलाई खेतमा अवतरण गराएका थिए ।

दुर्घटनामा घाइतेहरुलाई लिन कालिकोट पुगेका सिमि्रक एयरका पाइटल कर्णेल मदन केसीका अनुसार ल्याण्ड गराउने क्रममा विमानको पाग्रा दाउराको कुन्यूमा ठोकिएपछि खेतको कान्लामा ठोक्किएको देखिन्छ ।

कर्णेल केसीले भने, ‘अप्ठेरो ठाउँमा पनि एकदमै राम्रो जजमेन्ट गरेर खेतमा ल्याण्ड गराउन खोजिएको रहेछ । जहाज सेफल्याण्ड गर्ने क्रममा अगाडिको भाग क्षतिग्रस्त भएकाले पाइलटहरु बाँच्न सफल हुनुभएन ।’

जहाजमा सवार यात्रुहरुमध्ये लक्ष्मण खड्काको अवस्था गम्भीर छ । अरुलाई पनि चोट लागेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फोटोमा हेर्नुहोस्, इन्भेष्टमेन्ट बैंकको एफपिअो भर्नेहरूको भीड !

१४ फागुन, काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंगलबारदेखि निष्काशन गरेको फरदर पब्लिक अपफरिंग (एफपिओ) मा सर्वसाधारणको अत्यधिक अाकर्षण देखिएको छ ।

_MG_1559बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर जारी गरेको एफपिअोमालगानीकर्ताले शुक्रबारसम्म गतेसम्म आवेदन दिन पाउने छन् ।
तर, बिहीबार सम्ममै १४ अर्ब रूपैयाँभन्दा बढीको अावेदन परेको निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

_MG_1508सर्वसाधारणले बैंकको एक कित्ता सेयरका लागि ६०१ रुपैयाँ तिर्नुपर्ने हुन्छ । बजारमा बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता ९ सय १४ रुपैयाँ छ । बैंकले १०० रुपैयाँ अंकित दरका सेयरमा ५०१ रुपैयाँ प्रिमियम जोडेर सेयर जारी गरेको हो । एफपिअोका लागि लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि देशभर तीन दर्जन बढी स्थानमा आवेदन दिनसक्नेछन् ।

_MG_1497

_MG_1510


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राष्ट्रिय परिचयपत्र बनाउन संसदीय समितिले बाटाे खाेल्याे

१४ फागुन, काठमाडौं। व्यवस्थापिका संसद, सार्वजनिक लेखा समितिले राष्ट्रिय परिचयपत्र सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालय र राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाई निर्देशन गरेको छ ।

समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा अहिलेसम्मको कार्य प्रक्रियाको सम्बन्धमा प्राप्त उजुरी, सम्बन्धित निकायबाट प्राप्त जवाफ र अन्य विवरणका आधारमा अहिलेसम्मका कार्यमा अनियमितता भएको भन्न नसकिने अवस्था रहेको भन्दै प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।

समितिले गत पुस २० गते समिति सदस्य रामहरि खतिवडाको संयोजकत्वमा गठित उपसमितिले राष्ट्रिय परिचयपत्रका सम्बन्धमा अनियमितता भएको भन्दै परेको उजुरीका सम्बन्धमा छानबिन गरेको थियो ।

एक महिनाभन्दा लामो समय लगाएर गरेको अध्ययनले परिचयपत्रका सम्बन्धमा अनियमितता नभएको देखिएपछि समितिले आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देश गरेको हो ।

राष्ट्रिय परिचयपत्र जस्तो संवेदनशील विषयमा सम्वद्ध पक्षले सुरक्षा प्रणाली सुरक्षित हुन्छ भनेतापनि सूचना तथ्याङ्कको सुरक्षाको प्रत्याभूतिको सम्बन्धमा सम्बद्ध पक्षले नै निर्णय गर्नुपर्ने भएकाले समितिको क्षेत्राधिकारभित्र नपर्र्ने निष्कर्षसमेत निकालेको संयोजक खतिवडाले बताए ।

परिचयपत्रको आवश्यक ठेक्का प्रक्रियाको समयावधि यही फागुन १६ गतेसम्म रहेको छ । एसियाली विकास बैंकले उपलब्ध गराउने अनुदान रकमको अवधि समेत आगामी चैत १८ गते सकिने भएकाले समय छँदै निर्णय गर्नुपर्ने अवस्था रहेको छ ।

सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा ‘सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी तस्विरसहितको ‘बायोमेट्रिक स्मार्ट’ कार्डको प्रयोग गर्ने व्यवस्था गरिने र यससम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिने’ भन्ने उल्लेख भएअनुसार सरकारले गृह मन्त्रालयमा विभागस्तरको संरचना स्थापना गरेको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना २०६७ साउन १ गते नै स्थापना भएको थियो । केन्द्रले परिचयपत्र प्रणाली स्थापनाका लागि आवश्यक पर्ने आधारभूत प्रविधिको खरिद गर्न र स्थापना गर्न अहिलेसम्म दुईपटक खरिद प्रक्रिया अगाडि बढाएको थियो ।

तर ती प्रक्रिया विवादको घेराबाट बाहिर निस्कन सकेन । एसियाली विकास बैंकको सहयोगमा परिचयपत्रको काम अगाडि बढेको छ । केन्द्रले अन्तर्राष्ट्रियस्तरमा सन् २०१३ अप्रिलमा गरेको विश्वव्यापी बोलपत्रमा विभिन्न ६ कम्पनीले चासो देखाएका थिए ।

तीमध्ये फ्रान्सको मार्फो र नेदरल्यान्ड्सको ग्याम्ल्टो कम्पनी छनोटमा परेका थिए । सर्टलिस्टमा नपरेका अन्य कम्पनीले छनोट प्रक्रिया नै पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, लेखा समितिमा उजुरी दिएपछि विवाद बढेको थियो ।

तर, उपसमितिले अनियमितता नै भएको तत्काल नदेखिने भएकाले आवश्यक निर्णय गर्न गृह मन्त्रालय र सो मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाई आग्रह गरिएको सभापति जनार्दन शर्माले जानकारी दिए ।

ठेक्काकै विषयमा प्रस्ट निर्णय नभएको, लगानीकर्ता र परामर्शदाता समेत रहेको एसियाली विकास बैंकले नै केही विषय सन्देहको घेराभित्र रहेको भन्दै आपत्ति जनाएपछि प्रक्रिया नै नयाँ चरणमा प्रवेश हो । पुनः केन्द्रले पुनः २०१५ जुन १ मा अर्को विश्वव्यापी बोलपत्र आह्वान गर्‍यो । सो बोलपत्रसमेत पारदर्शी नभएको भन्दै उजुरी परेको छ ।

छनोटमा परेको कम्पनीसँग कामको ठेक्का सम्झौता भएको मितिले डेढवर्षभित्र एक लाख १७ हजार परिचयपत्र पहिलो चरणमा वितरण गर्ने केन्द्रको योजना थियो ।

ठेक्का सम्झौता गर्ने कम्पनीले नेपालमै कार्ड छाप्ने संयन्त्र स्थापना गरिदिने र नेपाली प्राविधिकले नै परिचयपत्रमा तथ्याङ्क राखेर छपाइको काम गर्नुपर्ने उल्लेख थियो । तर पाँचवर्ष भइसक्दा समेत प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

केन्द्रले सामान्य रुपमा प्रक्रिया अगाडि बढाइरहेको बेला काठमाडाैंका रमेश पाण्डेले गत कात्तिक १६ गते परिचयपत्र छपाइसम्बन्धी बोलपत्रमै अनियमितता भएको र कतैबाट पनि सुनुवाई नभएको भन्दै लेखा समितिका उजुरी दिएका थिए।

पाण्डेको उजुरीमा राजनीतिक शक्तिलाई प्रभावमा पारी गलत मनसायका साथ काम हुन थालेकाले छानबिन गर्नुपर्ने उल्लेख थियो । यन्त्रले पढ्नसक्ने चिप्समा व्यक्तिको जैविक र व्यक्तिगत विवरण समावेश गरिनेछ ।

कार्डलाई राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्रलगायत बहुउद्देश्यीय बनाउन सकिनेछ ।

सरकारको योजनाअनुसार सन् २०१४ को अन्त्यसम्म एक लाख १० हजार नागरिकलाई परिचयपत्र वितरण गरिसक्ने योजना थियो । १० अर्ब रूपैयाँ लागत रहने सो परिचयपत्र नेपालको प्रमुख परिचयपत्रका रुपमा रहनेछ ।

के के समेटिन्छ परिचयपत्रमा ?
वैयक्तिक र जैविक पहिचान समेटेर नागरिकलाई छुट्टै विशेष नम्बरसहित दिइने परिचयपत्र नागरिकता भन्दा बढी उपयोगी परिचयपत्र हो ।

त्यसमा व्यक्तिको नाम, फोटो, दुबै हातको बूढी र चोरआँैलाको छाप, उमेर, लिङ्ग, बाबुबाजेको नामलगायतका विवरण उल्लेख गरिन्छ । परिचयपत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सङ्ग्रहित गरिन्छ ।

त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचानपत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

स्वच्छ र निष्पक्ष निर्वाचनको प्रमुख आधार, सानातिना काममा गाविस, नगरपालिका वा जिल्लाको सिफारिस लिनु नपर्ने, दोहोरो परिचयपत्र वा नक्कली परिचयपत्र बनाउन नसकिने र अपराध नियन्त्रणका लागि समेत सहयोगी हुने परिचयपत्र वितरणको जिम्मा सबै जिल्ला प्रशासन कार्यालयमार्फत गरिनेछ ।

आगामी पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई वितरण गर्ने लक्ष्य राखिएको प्रति परिचयपत्रको लागत चार अमेरिकी डलर अर्थात रु ४०० पर्नेछ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फिफा अध्यक्षका लागि निर्वाचन आज, नेपालको भोट सलमानलाई

१४ फागुन, काठमाडौं । विश्व फुटवलको सर्वोच्च निकाय फिफाले आज नयाँ नेतृत्व पाउँदैछ । फिफामा आवद्ध २०७ मुलुकका प्रतिनिधिहरु सेप ब्लाटरको उत्तराधिकारी चयन गर्न फिफा मुख्यालय स्वीट्जसल्याण्डको जुरिचमा भेला भएका छन् ।

फिफाको नयाँ अध्यक्षका लागि पाँच जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा एशियाली फुटबल महासंघका अध्यक्ष तथा बहराइन राजपरिवारका सदस्य शेख सनमान विन इब्राहिम अल खालिफा, जोर्डनका राजकुमार अली विन अल हुसेन, युरोपियन फुटबल महासंघका महासचिव जियान्नी इन्फान्तिनो, फिफाका सल्लाहकार जेरोमी चाम्पेन र दक्षिण अपि|mकाका टोक्यो सेक्सवेल प्रतिस्पर्धामा छन् । फिफामा आबद्ध २०९ सदस्यीय मुलुकहरुमध्ये कुवेत र इण्डोनेशीयाका फुटवल संघलाई फिफाले प्रतिबन्ध लगाएका कारण यी देशका प्रतिनिधिले मतदान गर्न पाउने छैनन् ।

आज राति हुने फिफा नेतृत्वको निर्वाचनका लागि अखिल नेपाल फुटबल संघका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित दिनेश ब्यञ्जनकार र प्रकाश बिष्टको टोली स्वीट्जरल्याण्ड पुगिससकेको छ । नेपालले फिफा निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी एशियाली फुटबल महासंघका अध्यक्ष तथा बहराइनका राजपरिवारका सदस्य शेख सलमानको पक्षमा मतदान गर्नेछ ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले सलमानलाई फिफा अध्यक्षमा समर्थन गर्ने निर्णय गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेप्सेमा निरन्तर वृद्धि, सूचक १२८३ अंकमा पुग्याे

१४ फागुन, काठमाडाैं । साताको नेप्से परिसूचक लगातार वृद्धि भएको छ । यस साता पहिलो दिनको तुलनामा नेप्से ४.६ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार गत साताको नेप्से १३.९३ अङ्कले बढेको थियो भने अघिल्लो साता ०.९० अङ्कले वृद्धि भएको थियो ।

नेप्से पाँचाैं साता पनि निरन्तर उकालो लागेको हो । यस साताको कारोबार हुने अन्तिम दिन आज एक हजार २८३.५२ अङ्कमा पुगेको हो ।

स्टक एक्सचेन्जमा १३८ कम्पनी अनुसार ११ हजार ६९६ कारोबारबाट दुई अर्ब ८३ करोड १५ लाख ७३ हजार रूपैयाँ बराबरको ८० लाख १० हजार २४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.७३ प्रतिशत बढी हो ।

गत साता १३६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १२ हजार ५३१ कारोबारबाट दुई अर्ब ५३ करोड ५५ लाख ५० हजार रूपैयाँ बराबरका ८४ लाख ७० हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए।

यो साता वाणिज्य बैंक ५.५९, विकास बैंक ६.७९ र वित्त कम्पनीको परिसूचकमा २६.०१ अङ्कले वृद्धि भएको छ भने उत्पादनमूलक समूह र व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन ।

त्यसैगरी होटलको ६०.८३, जलविद्युत् २६.१७ र बीमा समूहको परिसूचकमा ३३.५५ अङ्कले घटेको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.२९ अङ्कले बढेर २७७.५१ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार सङख्याको आधारमा नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । आइसिएफसी फाइनान्सको २१ लाख ३४ हजार ८४५ हकप्रद सेयर सूचीकृत भएको छ भने मिसन डेभलपमेन्ट बैंकको पाँच लाख ७५ हजार र विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको रु १२ लाख १५ हजार ९७ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओली गौतमबुद्ध विमानस्थलको अवलोकनमा

१४ फागुन, बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी गराए ।

निर्माणाधीन विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले उक्त विमानस्थलको निर्माणको जिम्मा पाएको छ ।

६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ ९१ पैसाको लागतमा यो विमानस्थल निर्माण हुँदैछ । भौतिक पूर्वाधार निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवन लगायतका निर्माण कार्य भइरहेका छन् । यो विमानस्थल सन् २०१८ मा सञ्चालन हुने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यो परियोजनाको निर्माणमा गुणस्तरीयता कायम राख्न र निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री ओलीले निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीको अभाव नहुने पनि बताए ।

विमानस्थलको निरीक्षणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललगायत सहभागी थिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुख्यो-दुख्यो भन्दै थिए चालक, समयमै उद्धार नहुँदा साढे २ घण्टापछि मृत्यु

काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस–२ मा दुर्घटना हुँदा चालकदलका दुई सदस्यको मृत्यु भएको छ । मृतकहरुमा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष राना छन् । 

विमान दिउँसो एक बजे दुर्घटनामा परेको प्रत्यक्षदर्शी नन्द कटुवालले टेलिफोनमा जानकारी दिए । सो विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो । ‘ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो,’ प्रत्यक्षदर्शी कटुवालले भने ।

खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए । ‘जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,’ उनले भने । चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्काको दुर्घटना भएको साढे दुई घण्टापछि मृत्यु भएको उपचारमा संलग्न चिलखाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले जानकारी दिए ।

‘एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन,’ उनले भने । चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको हो ।

‘बाहिर निकालेको एक घण्टासम्म दुख्यो-दुख्यो भनेर कराइरहनु भएको थियो,’ अहेव रावलले भने, ‘हामीले सक्दो उपचार गर्यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि !’ विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए ।

अहिले चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरिरहेका छन् । घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् ।

घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए । अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका धु्रवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ । ‘सबै जना होसमै छन्,’ उपचारमा संलग्न अहेव रावलले भने ।

अहिले घटनास्थलमा तीन घण्टा टाढाको पादमघाट प्रहरी चौकीबाट चार जना प्रहरी आएका छन् ।

घाइते यात्रुका अनुसार विमानमा खराबी आएपछि चालकले विमानको अवस्था ठीक नभएको भन्दै सबै यात्रुलाई सचेत गराएका थिए । ‘जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ,’ घाइतेलाई उद्धृत गर्दै अहेव रावलले भने । चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु पर्यो ।

एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो १२ः३० वजे जुम्लाका लागि उडेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लाइकको विकल्पमा फेसबुकले ल्यायो पाँच नयाँ संकेत, दुःख, हाँसो व्यक्त गर्न पाइने

कहिलेकाहीँ फेसबुक मित्रको दुःखको खवर सेयर हुँदा कसरी दुःख ब्यक्त गर्ने भन्ने चिन्ताले तपाइँ पक्कै पनि चिन्तित हुनुहुन्थ्यो होला । साथीको दुःखमा साहनुभूति दिन पाए हुन्थ्यो भन्ने तपाइँको इच्छा अब फेसबुकले पुरा गरिदिएको छ ।Facebook-Option2

फेसबुकले लाइकको विस्तारका रुपमा हालै पाँच नयाँ इमोसनहरु सुरु गरेको छ जहाँ तपाइँले आफ्नो साथीको दुःखमा स्याड चिन्ह प्रयोग गरेर साहनुभूति दिन सक्नुहुन्छ ।

Facebook-Option3तपाईले मोवाइल तथा ट्याबलेट र कम्युटरमा फेसबुक खोल्दा ‘लाईक बटन’ हुने स्थानमा अव अन्य पाँच बटनहरु हुनेछन् ।

फेसबुकले ल्याएको लाईकका बिकल्पहरुमा माया, रिस, दुःख, हाँसो र आश्चर्य लगायत छन् । सबै पोष्टमा प्रयागकर्ताले लाईकमात्र गर्न नसक्ने यथार्थलाई मध्यनजर गरी फेसबुकले बिकल्पका रुपमा यी पाँच प्रतिक्रियात्मक संकेत उल्लेख गरेको हो ।

फेसबुक चलाउँदा कसैको पोष्टमा प्रतिक्रिया दिनुपरेमा तपाइले लाइक भएको स्थानमा ‘टच’ गर्नुहोस । त्यसपछि पाँचवटै विकल्पहरु खुल्नेछन् । तपाईले चहानुभएको विकल्पमा ‘टच’ गरी ‘पोष्ट’ गर्न सक्नुहुनेछ ।

Facebook-Option

फेसबुकले यस बिकल्पलाई पहिलो पटक गत अक्टोबरमा आयरल्याण्ड, जापान र स्पेनमा परिक्षण गरेको थियो । परिक्षण सफल भएपछि यसलाई नियमित बनाउन लागिएको हो ।

तर समर्थकको सबैभन्दा धेरै माग रहेको ‘डिसलाइक बटन’ को सुविधा भने फेसबुकले यसपटक पनि बिस्तार गरेन । फेसबुकका प्रोडक्ट डिजाइन डइरेक्टर जुली जुहोले भनेका छन्, ‘फेसबुकले लाइकका अलावा पाँच प्रतिक्रियाको सुविधा थपेको छ । त्यसले उनीहरुको अभिव्यक्तिलाई नियन्त्रण गर्न सक्छ ।’

Facebook-Option1फेसबुक मालिक मार्क जुकरवर्गले डिसलाइक बटन नल्याउने बरु त्यसको सट्टा दुःख वा रिस ब्यक्त गर्ने चिन्ह थप्ने सोंच ल्याएका थिए । त्यसैलाई कार्यन्वनय गर्दै फेसबुकले नयाँ इमोसन चिन्हहरु ल्याएको हो ।

एजेन्सीको सहयोगमा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हेर्नुहोस् पेट मिचीमिची हसाउँने यी ४७ तस्बिर, हाँसो रोक्नै गाह्रो पर्छ (फोटोफिचर)

एजेन्सी । यी तस्बिर भारतका विभिन्न राज्यमा लिईएका हुन् । ४७ वटा यी वास्तविक तस्बिरहरुले तपाईंलाई निकै हसाउँने छ ।

48474645444341404239383733343536313230292827262524232221201918171615141312111087654321


यो समग्री नेपाल१२३.com मा पुरै पढौं