Friday, February 26, 2016

प्रधानमन्त्री ओली गौतमबुद्ध विमानस्थलको अवलोकनमा

१४ फागुन, बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलको निर्माण अवस्थाका बारेमा विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्मा र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी गराए ।

निर्माणाधीन विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले उक्त विमानस्थलको निर्माणको जिम्मा पाएको छ ।

६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँ ९१ पैसाको लागतमा यो विमानस्थल निर्माण हुँदैछ । भौतिक पूर्वाधार निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवन लगायतका निर्माण कार्य भइरहेका छन् । यो विमानस्थल सन् २०१८ मा सञ्चालन हुने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको यो परियोजनाको निर्माणमा गुणस्तरीयता कायम राख्न र निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिए । साथै प्रधानमन्त्री ओलीले निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीको अभाव नहुने पनि बताए ।

विमानस्थलको निरीक्षणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललगायत सहभागी थिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment