काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धरास्थित ‘काठमाडौं मल’ संचालनका लागि बोलपत्र आब्हान गरेको छ । तत्कालिन संचालक प्रवीर शम्सेर जवराले सम्झौता अनुसारका सर्त पुरा नगरेपछि उक्त सम्झौता भङ्ग गरी नयाँ माग गरेको कोषका प्रशासक कृष्णप्रसाद आचार्यले बताए ।
नयाँ बोलपत्र अनुसार उक्त व्यापारिक भवन भाडामा लिन चाहन व्यक्ति वा फर्मले ३१ दिनभित्र अर्थात आगामी चैत १२ सम्ममा बोलपत्र पेश गर्नुपर्ने छ । साथै सोही दिन दिउसो २ बजे बोलपत्र खोलिने समेत सञ्चय कोषले जानकारी दिएको छ । बोलपत्र जमानत वापत ५७ लाख ६० हजार रुपैयाँ कर्मचारी सञ्चयकोषको ललितपुरस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ७०००१०० मा जम्मा गर्नुपर्ने छ ।
प्रवीर शम्सेरले बैंक ग्यारेन्टी ल्याउन नसकेको र भाडा समेत तिर्न नसकेकाले उनीसँगको सम्झौता रद्द गरी नयाँलाई जिम्मा दिन लागिएको आचार्यले जानकारी दिए । ‘सम्झौता पालना गर्नका लागि प्रवीर शम्सेरलाई पटक–पटक ताकेता गरी सुध्रने मौका दियौं,’ आचार्यले भने, ‘कुनै पनि विषयमा सुधार नगरेपछि उनीसँगको सम्झौता भङ्गरी नयाँ आवेदन माग गरिएको हो ।’
प्रवीर शम्सेरले बैंक ग्यारन्टी वापत १० करोड रुपैयाँ राख्न नसकेको र झण्डै ६ करोड रुपैयाँ भाडा समेत नतिरेको आचार्यले जानकारी दिए । हाल उनीसँग रकम असुल गर्नका लागि कोषले मुद्दा दायर गरिसकेको छ । प्रवीरले यस अघि राखेको बैंक ग्यारन्टीबाट भने कोषले भाडा असुल गरेको थियो ।
यसैगरी, काठमाडौं मलमा रहेको व्यापारीहरुको व्यवस्थापन भने नयाँ आउने कम्पनी वा फर्मले गर्ने छ । हाल रहेका व्यवापारीहरुलाई सोही स्थानमा राख्ने वा हटाउने भन्ने विषयमा नयाँ व्यवस्थापनले निर्णय लिने कोषले जानकारी दिएको छ । हाल मलमा ३ सयभन्दा व्यापारीले विभिन्न किसिममा पशल तथा व्यवसाय संचालन गर्दै आएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment