Friday, March 4, 2016

सरकारी खर्चमा उपप्रधानमन्त्रीको ‘हुनिमुन ट्रिप’

२२ फागुन, काठमाडौं । उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनाली नजाँदा पनि हुने एउटा कार्यक्रममा भाग लिन सरकारी खर्चमा पत्नी निलम खड्कासमेतको एउटा ठूलो टोली लिएर अमेरिका जाने तयारीमा छन् ।

महिलाको अवस्थाका बारा राष्ट्रसंघीय ६० औँ सेसनमा भाग लिनका लागि उनी त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले जनाएको आजको समाचार पत्र दैनिकमा समाचार छ ।

मन्त्रालय स्रोतका अनुसार यस खालको कार्यक्रममा न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिले भाग लिएमा नै प्रयाप्त हुन्छ । यसो गरिएमा सरकारको खर्च समेत जोगिन्छ ।

तर, उनले पत्नी खड्का तथा स्वकीय सचिवसहित १६ जनाको टोलीलाई मन्त्रिपरिषद्बाट पास गराएर अमेरिका लान लागेका हुन् । अन्य केही पनि थपिने सूचीमा रहेको मन्त्रालय स्रोतले बताएको  छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पेट्रोलपम्पका छुट्टै अनुगमन सुरु, वितरण व्यवस्थाबारे अनुगमन गरिने

२२ फागुन, काठमाडौं । इन्धन अभाव खडि्करहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका पेट्रोल पम्पमा छुट्टै अनुगमन सुरु गरेको छ ।

शुक्रबारदेखि प्रहरी, उपभोक्ता र प्रशासनकै कर्मचारी खटाएर छुट्टै अनुगमन गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

गृहमन्त्रालयले स्थानीय स्तरमा जिल्ला प्रशासन कार्यालय र आपूर्ति मन्त्रालयलाई दैनिक रुपमा पम्पको वितरण व्यवस्थाबारे अनुगमन गर्न निर्देशन दिएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले नीतिगत अध्ययन गर्नका लागि छुट्टै अनुगमन गर्न लागेको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशन : एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा

२२ फागुन, काठमाडों । नेपाली कांग्रेसको १३औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ ।

महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विनटल तरकारी, पाँच सय किलो चामल पाक्ने गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

खानापछिको डेजर्टका लागि नौ हनारवटा रसवरी र ६ लिटर दही खपत हुन्छ । खाना खुवाउने जिम्मा दिव्वेश्वरी पार्टी प्यालेसले लिएको छ ।

महाधिवेशनमा बिहान ७ देखि ९ बजेसम्म नास्ता खाने व्यवस्था गरिएको छ । उसिनेको अन्डा एउटा, पुरी तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए ।

खानाको लागि मध्याह्न १२ देखि २ बजे र साँझ साढे ६ देखि ९ बजेसम्म तोकिएको छ । भेज खानको समेत व्यवस्था गरिएको छ । माछामासुवाहेक थप दुई भेज तरकारी थप गरिएको छ । डाइवेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आऊ युवाहरु ! बाबुरामलाई यसरी चुनौती दिऔं

– सरोज खड्का

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको साठी उक्लिसक्दा पनि उनको ऊर्जा, सक्रिया, क्रियाशीलता र इच्छाशक्ति अनौठो छ । उनले हामी युवाहरुलाई आफ्नो बुढेसकालमा पनि चुनौती दिइरहेका छन् । यो चुनौतीको हामी युवाले सामना गर्न सक्यौं भने नयाँ नेपाल अवश्य पनि सपनाबाट विपना बन्ने छ । जीवनका सम्पूर्ण उपलब्धिलाई जोखिममा पारेर वैकल्पिक राजनीतिका लागि भट्टराईले जुन स्तरको चुनौतीलाई आत्मसाथ गरेका छन्, त्यही स्पिरिटलाई हामी युवाले पछ्याउन मात्रै सकेपनि राष्ट्रले नयाँ गति लिनेछ । मलाई लाग्छ, अब युवाहरुले आफ्नो क्षमता देखाउने बेला आएको छ । उनलाई चुनौती दिने बेला आएको छ । ‘बाबुराम ! तिमी बुढेसकालमा त यति जोखिम मोल्न सक्छौं, यति सक्रिय जीवन जिउन सक्छौ । हामीसँग त झन सिंगै जीवन बाँकी छ, युवा ऊर्जा छ । किन सक्दैनौं हामी हाम्रो क्षमतालाई विस्फोटक ढंगले देखाउन ? लौ चुनाती छ बाबुराम तिमीलाई !’

सम्भवतः यस्तो चुनौती नै दिए पनि सबैभन्दा बढी खुसी बाबुराम नै हुन्छन् होला । किनकी उनको उद्देश्य नै सपना मरिरहेका युवाहरुको सपना जगाउनु हो । यो देश बनाउन सकिन्छ भन्ने आत्मविश्वास भर्ने हो । सभ्यता निर्माणको नयाँ युगको ढोका खोल्ने हो र त्यसमा सबै युवालाई लामबद्ध लगाउने हो ।

तर मलाई आजको दिनसम्म चिन्ता नै छ । के हामी पनि अब राष्ट्रको लागि यस्तो जोखिम मोल्न सक्छौं ? के नयाँ पुस्ताले उनले जस्तै जोखिम मोल्न सक्छ राष्ट्र बनाउन ? जसरी उनले निजी जीवन त्यागको राजनीतिमा लगाए, त्यसरी हामीले समृद्धिको नयाँ चरणमा हामीलाई लगाउन सक्छौं ? अनि जगाउन सक्छौं हामीभित्रको सुतिरहेको सपनालाई, हाम्रो क्षमतालाई, हाम्रो अल्छी क्रियाशीलतालाई ? अनि संसारभरको ज्ञानलाई आफूमा केन्द्रित गरेर युगको आवश्यकता पूरा गर्न सक्ने हामी युवामध्येबाट कोही नेता जन्मन सक्ला त नयाँ भिजन लिएर ? म चिन्तामा छु ।

Saroj Khadkaअब एकाध दशक बाबुराम हामीसँग होलान् । उनीजस्तो नेता राष्ट्रमा हुनु भनेको एक देशभक्त, बुद्धिमान, विवेकशील र असल अभिभावक आफ्नो घरमा हुनु हो । तर उनीसँग अब हामीले सधैंभरी आशा गरेर मात्रै हुँदैन । अब हरेक नेपाली युवाहरु समृद्ध नेपाल निर्माणको अभियानमा लामबद्ध हुनुपर्छ । असल र निस्वार्थ बन्न जरुरी छ । सोच बदलेर सत्य बोल्न र मेहनतकश हुन आवश्यक छ । अब नेताहरुलाई गाली गरेर मात्र देश बन्दैन । गाली गर्नुभन्दा अगाडि आफ्नो भूमिकाबाट समिक्षा सुरु गर्नुपर्छ हामीजस्ता युवाहरुले । अनि गर्न आवश्यक छ नयाँ संकल्न र अठोट, जसको बलमा समृद्ध नेपाल बनाउने सपना पूरा गर्न सकियोस् ।

नयाँ शक्तिमा लागेका एक अभियन्ताले बाबुरामको नामको प्रत्येक अक्षरको अर्थ लगाएका रहेछन् । बाबुराम भट्टराई अर्थात् वास्तविक, बुद्धिजिवी, राजनेता, महान विचार बोकेको, भरपुर, टक्कर दिनसक्ने, राष्ट्रनायक, इमान्दार नेता । यसको अर्थ के हुन्छ ? यो कति न्यायोचित हुन्छ, समयले बताउला । किनकी समयभन्दा शक्तिशाली केही पनि छैन । तर हामीले विगतबाट सिक्दै हाम्रो नेतृत्वलाई देवत्वकरण गर्नुहुँदैन । मान्छेलाई मान्छे बनेर बाँच्न दिनुपर्छ । किनकी मान्छे भनेको न भगवान हुन्छ, न दानव । मान्छे मान्छे नै हो अर्थात् केही कमजोरीसहित हुन्छ मान्छे । मन परेको बेला भगवान बनाउने र मन नपर्दा राक्षस बनाउने जनता विवेकशील जनता हुन सक्दैनन् । आउनुहोस्, विवेकशील जनता बनौं । सत्य बोल्न हिम्मत गरौं । राम्रो कामलाई पछ्याऔं । नराम्रो कामको रचनात्मक आलोचना गरौं । यसरी मात्रै आफू असल बन्न सक्छौं र असल मानिसहरु बस्ने देश पक्कै असल बन्ने नै छ ।

आज ५० लाखभन्दा बढी हामीजस्ता युवाहरु विदेशी भूमिमा आफ्नो रगत पसिना बगाइरहेका छौं । यही पसिना र रगत देशमा बगाउन पाएको भए देश कस्तो बन्थ्यो होला । हामी बुढेसकाल लागेर रिटायर्ड जीवन बाँच्ने बेला स्वदेश फर्कन्छौं । अनि त्यतिबेला हाम्रो छोराछोरीहरु विदेशिने बेला हुन्छ । अभावले जीवनभर आफ्ना परिवारबाट टाढिनुपर्ने यो वियोगान्त जीवन कहिलेसम्म बाँच्ने ? बाबुरामले हामीसँग यही प्रश्न गरिरहेका छन् । भूगोल एकीकरणको युगको बेला गोर्खाकै पृथ्वीनारायण शाह नयाँ शक्ति बनेर आए । अनि एउटा भूगोल कब्जाको लागि मारकाट गरिरहनुपर्ने युगको अन्त्य उनले गरिदिए भलै सुगौली सन्धिसम्म यसको पराकम्प जारी थियो । त्यसपछि भूगोल परिवर्तन गर्ने शक्ति पुरानो भयो र त्यो विकासको निम्ति बाधक भयो र राजनीतिक क्रान्ति सुरु भयो । सुरुमा प्रजापरिषद नयाँ शक्ति थियो, बिस्तारै कांग्रेस थपियो, एमाले थपियो र अन्तमा यसको उत्कर्षमा गोर्खाका बाबुरामलगायतले जनयुद्धको नेतृत्व गरे । संविधानसभाबाट नयाँ संविधान लेखनको नेतृत्व बाबुरामले नै गरे पार्टी भित्र र पार्टी बाहिर पनि । अन्ततः नयाँ संविधान लेखियो । राजतन्त्र हट्यो र संघीय गणतन्त्र आयो ।

अब के को लागि राजनीति गर्ने ? कुन व्यवस्था फेर्न राजनीति गर्ने ? अवश्य पनि अबको राजनीति समृद्धि र विकासको लागि हुनुपर्छ । तर बाबुरामले यो अभियानको सुरु गरे पनि उनी बुढा भइसके । अब कति सक्लान् र यसको नेतृत्व गर्न ? अब नयाँ पुस्ताले उनको सपनाको नेतृत्व गर्नुपर्छ । बिस्तारै विदेशी भूमिबाट स्वदेश फर्कने वातावरण बनाउँदै लैजानुपर्छ र अन्ततः नेपाली जनशक्तिले नपुगेर विदेशबाट कामदार झिकाउनुपर्ने अवस्था हाम्रै प्रिय मातृभूमिमा हामी किन बनाउन सक्दैनौं ?

एकपटक हामीले मनको आँखाले हेरौं । छातीमा हात राखेर सोचौं । सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्न सक्ने परिकल्पना हामी किन गर्न सक्दैनौं ? उपलब्ध खुसी बाँढेर थप खुसी सिर्जनाको लागि हामी किन योजना बनाउन सक्दैनौं ? यतिबेला पनि हामीले हाम्रो सपनालाई ब्युँझाउन सकेनौं भने राष्ट्र बीस तीस वर्ष पछाडि धकेलिने निश्चित छ ।

हामीलाई थाहा छ, हाम्रोमा कति नकरात्मकता छ । नपढ्ने, फेल हुने अनि बोर्ड फस्टहरुलाई गाली गर्ने प्रचलन छ । प्रचण्डले त गोरुको सिङमाथि पिएचडीको कथा हालिरहेका छन् । उनी भन्न सक्छन्, ‘अहिलेसम्म एसएलसी बोर्ड फस्ट हुने एक दर्जन मानिसले मात्र बाबुरामले जति राष्ट्रको लागि योगदान दिएको भए देश कहाँ पुग्दथ्यो होला ?’ हामीलाई थाहा नै छ, अहिले पनि हजारौं डाक्टर इन्जिनियरहरु विदेश भासिएका छन् । स्वदेशमा बस्नेहरुलाई बाबुरामले ऊर्जा थपिरहेका छन् । हामीले राजनीतिक संस्कार कहिले देखाउने होला ?

त्यसैले आउनुहोस्, बुढेसकाल लागेका बाबुरामलाई चुनौती दिऔं । किन २० वर्ष लगाउने मुलुक बनाउन ? एउटा सानो तर सम्भावना भएको देश हो नेपाल । गोर्खालीहरुको देश हो । १० वर्षमै बनाएर देखाइदिऔं । बाबुरामको सपनालाई साथ दिऔं, अभियानलाई साथ दिऔं र उनलाई चुनौती दिऔं– ‘तपाई बुढो हुनुभयो बाबुराम ! तपाईंको दिशा ठिक छ, तर गति अझै बढाउनुपर्छ । किनकी हामी युवा हौं । हामी सक्छौं । तपाई नेतृत्व गर्नुहोस् ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सबैले वाह वाह गर्ने गरी नाकाबन्दीविरुद्ध के बोले प्रचण्डले ? (भिडियो)

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डले गरेको सम्बोधनले सबैतिर चर्चा पाइरहेको छ । आखिर के बोलेका थिए प्रचण्डले ? हेर्नुहोस् उनको मन्तवय :

नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी हो । यो नेपाली राजनीतिक इतिहासको सबभन्दा लामो इतिहास भएको पुरानो पार्टी हो । नेपाली काँग्रेस अहिलेको यो राजनीतिक प्रक्रियामा पनि नेतृत्वदायी भूमिका खेलेको पार्टी हुनुको नाताले मैले नेपाली काँग्रेसका नेताहरुलाई तपाईहरुले विषय कसरी प्रस्तुत गर्नुहुन्छ, मलाई यो असाध्यै चासो छ । र तपाईहरु नेपाली काँग्रेसका कार्यकर्ताहरुले त्यसलाई कसरी ‘रेस्पोन्स’ गर्नुहुन्छ भन्नेमा पनि मेरो विशेष चासो छ । किनकी म आज मञ्चमा बसेर तपाईहरु तिर हेर्दै गर्दा नेताहरु र विदेशी पाहुनाहरुका कुरा सुन्दै जाँदा त्यता तिर फर्किएको छु, जतिखेर शेरबहादुर देउवाजी निरंकुशताको हिरासतमा हुनुहुन्थ्यो । थुप्रै साथीहरु भूमिगत हुनुहुन्थ्यो । त्यतिबेला तत्कालित सभापति गिरिजाप्रसाद कोइराला, जसले संसदमा भएका सातवटा पार्टीको पनि नेतृत्व गर्नुहुन्थ्यो । उहाँ र मेरो बीचमा भएका छलफलका दिनहरु स्मरणमा ताजा भएर आएको छ । त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग महामन्त्री कृष्णप्रसाद सिटौला पनि हुनुहुन्थ्यो । र हाम्रो ऐतिहासिक समझदारीको वातावरण बन्दै थियो, म त्यता फर्किएको छु ।

गिरिजाप्रसाद कोइराला र मेरो बीचमा भएका छलफलहरु र ति छलफल पछिका निश्कर्षहरु जुन निष्कर्ष १२ बुँदे समझदारी हुँदै अनि विस्तृत शान्ति सम्झौता हुँदै, गणतन्त्रको घोषणा हुँदै संविधान सभासम्म पुग्यौं । ति दिनहरु प्रत्यक्ष र ताजारुपमा अहिले स्मरण गरेको छु ।

अहिले यो वर्ष हाम्रो निम्ति एउटा असाधारण वर्ष भएको हुनाले एकातिर विनासकारी भूकम्पको सामना गर्नुप¥यो । त्यसबाट हामीलाई निकै ठूलो क्षति भयो । यसै वर्ष हामीले संविधानसभाबाट संविधान बनाउने जस्तो ऐतिहासिक कार्य पनि राजनीतिक समझदारी कै आधारमा बनायौं । त्यसपछि हामीले नाकाबन्दीबाट पनि ठूलो आर्थिक क्षतिको सामना गर्नुप¥यो । र पनि हामीले राष्ट्रिय एकताको एउटा मजबुत आधार बनाउँदै लग्यौं । संविधान बनाउने बेलामा सुशील कोइरालाजीसँग भएका छलफलहरु राष्ट्रिय एकताको निम्ति हामीले गरेका प्रतिवद्धताहरु र यो कार्यान्वयनको सन्दर्भमा पनि अब नेपाली काँग्रेसले कस्तो बाटो लिन्छ ? तपाईहरुले कस्तो बाटो लिनुहुन्छ भन्ने तिर मेरो ध्यान बढी केन्द्रीत भएको हुनाले उद्घाटन समारोहको अन्तसम्म बसेर सबै नेताहरुको र तपाई कार्यकर्ताहरुको पनि प्रतिक्रियालाई पनि मैले हेर्नुपर्छ भन्ने ठानेको छु ।

जब नेपाली काँग्रेसका कुनै नेता मेरो अगाडि नेपाली काँग्रेसले मात्रै सबै गर्यो अरुको केही भूमिका छैन भन्नुभयो भने मेरो मन चसक्क घोच्छ । निरंकुशतासँग लड्ने बेलामा तपाईहरु जसरी लड्नुभएको थियो विभिन्न ढंगले त्यससँग लड्ने बेलामा गिरिजाप्रसाद लगायत नेपाली काँग्रेसलाई दिलोज्यानले साथ दिने समुह वा शक्तिलाई तपाईहरुले बिर्सिनुभयो भने नेपाल बनाउन सकिँदैन । यो कुरा पनि म तपाईहरुको अगाडि भन्न चाहान्छु ।

राजनीतिक कार्यनीतिको दृष्टिकोणले तात्कालिन राजासँग विपी कोइरालाले कार्यगत वा कुनै खालको एकता गरेर राणाका विरुद्ध लड्न जरुरी थियो । विपीले त्यो आँट नगरेको भए संभवत नेपालको इतिहास अर्कै ढंगले कोरिन सक्थ्यो । अनि ३० वर्ष पञ्चायत विरुद्धको लडाई र ०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुको सहकार्य र एकताद्वारा पञ्चायतको अन्त्य भएको अर्को इतिहास छ । यदि परम्परागतरुपमा नै हाम्रा सोचहरु रही रहेको भए, हामी सबै जड जस्तो ‘आफ्नो गोरुको बाह्रै टक्का’ गरेको भए सायद पञ्चायतलाई ०४६ सालमै ढाल्न गाह्रो हुन्थ्यो । म त्यो दिन सम्झन्छु, विशाल यही खुल्ला मञ्चमा जनसभा थियो । गणेशमान सिं वीर अस्पतालको माथि हुनुहुन्थ्यो । हामी सबै साथमा थियौं । एउटा ऐतिहासिक राजनीतिक प्रयोग त्यो थियो, जसले पञ्चायतको अन्त्य गर्यो ।

हामीले नेपालमा जे राजनीतिक प्रयोग गर्दैछौं । त्यसमा हाम्रा छिमेकीहरुको सहयोग र सद्भाव जरुरी छ । बेलाबेलामा हामीलाई वा नेपाली जनतालाई जे महसुश हुने गरेको छ । कहिले काही हाम्रा भावनाहरुमा ठेस लाग्ने गरेको छ । भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरो गरी सम्मान गर्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहान्छु, भाजपाका भगतसिं कोसियारीजी मार्फत । फेरी यस्तो इतिहास फेरी नदोहोरियोस् । हामीले नाकाबन्दी व्यहोर्नुपर्ने के गल्ती गर्यौं ? यो इतिहास फेरी नदोहोरियोस् । म उहाँ मार्फत भारतीय सबै नेताहरुलाई यो अनुरोध गर्न चाहान्छु । हामी मित्रता चाहान्छौं । हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो अर्थनीति, हाम्रो संस्कृति, हाम्रा सबै मौलिक प्रकृतिका छन् । हामीलाई छुट्याउन सकिँदैन । तर कहिले काहीँ व्यवहारमा जे जस्ता पीडाहरु हामीले भोग्नु परेको छ । त्यो इतिहास नदोहोरियोस् । म यही अनुरोध गर्न चाहान्छु ।

यो राजनीतिक प्रयोग जो गरिएको छ, खासगरी गिरिजाप्रसाद कोइराला जस्तो ‘टावरिङ पर्सनालिटी’ नभएको भए, र मैले विद्रोह गर्दागर्दै पनि नेपाल राष्ट्र र नेपाली जनताको हितको निम्ति ठूल्ठूलो जोखिम उठाउन तयार नभएको भए अहिले हामी जहाँ छौं संविधान सभाबाट संविधान जारी गर्ने हामीलाई जो शुसील जी प्रधानमन्त्री भएको बेलामा उहाँको नेतृत्वमा संविधान घोषणा गर्ने ऐतिहासिक गौरव प्राप्त भएको छ, त्यो प्राप्त हुने थिएन । अहिले पनि देश सहज भईसकेको छैन । राष्ट्रिय एकता झन् बढी आवश्यक भईसकेको छ । संविधान कार्यान्वयनको चुनौति हाम्रो अगाडि छ । पुनर्निर्माणको चुनौति हाम्रो अगाडि छ । यो सबै कामको निम्ति राष्ट्रिय एकताको आवश्यकता छ । हामी विभिन्न विचारधार र दर्शन भए पनि राष्ट्रको एकताको निम्ति जनताको हक अधिकारको निम्ति जनताको समृद्धि र चाहानाको निम्ति हामी एकै ठाउँमा छौं ।

गिरिजाबाबुसँग हुँदा मेरो भनाई हुन्थ्यो, उहाँले नै पनि मलाई भन्नुहुन्थ्यो , १५/२० वर्ष हामी सँगै जानुपर्दछ । सुशील जीले पनि मलाई त्यहि भन्नुहुन्थ्यो । म के आशा गर्छु भने अब आउने नेतृत्व तपाईहरु जुन प्रक्रियाबाट आए पनि यो संविधान कार्यान्वयन गरी छाड्ने राष्ट्रलाई एकतावद्ध गरी छाड्ने र नेपाली जनताको विकासको चाहानालाई सम्बोधन गरी छाड्ने प्रतिवद्धता र आँट सहित आउनेछ भन्ने विश्वास र शुभकामना पनि व्यक्त गर्न चाहान्छु । तपाईहरुको यो तेह्रौ महाधिवेशन विशिष्ट क्षणमा हुँदैछ । शुसीलजी जसले संविधान बनाउने प्रक्रियामा नेतृत्वदायी भूमिका खेल्नुभयो उहाँ हामीसँग हुनुहुन्न । गिरिजा बाबु जसले यति ठूलो जोखिम उठाएर हामीसँग एकता गरेर राष्ट्रलाई शान्ति र संविधानको नयाँ प्रक्रिया तिर लैजाने कुरा गर्नुभयो उहाँ पनि हामीसँग हुनुहुन्न । अब जो नेताहरु हामीसँग हुनुहुन्छ, म के चाहान्छु भने यो इतिहास र परम्परालाई त्यो ऐतिहासिक विरासतलाई हामी कसैले नबिर्सिउँ । हामी एउटा सहकार्य, सहमति र एउटा नयाँ ऐतिहासिक प्रयोगबाट शान्ति र संविधानको एउटा नयाँ परिणति ल्याएका छौं । जसलाई विश्वभरी हामीले स्थापित गर्नुछ । विश्वमा हामीले यो सन्देश दिनुछ ।

नेपाल इतिहासमा पनि वर्तमानमा पनि यो भूमि विचारको दृष्टिकोणले र संस्कृतिको दृष्टिकोणले विविधतामा एकताको दृष्टिकोणले ऐतिहासिक छ । एउटा नयाँ विचार एउटा नयाँ प्रयोगबाट जसरी हामी आयौं गिरिजाप्रसाद र मैले हस्ताक्षर गरेर जुन राजनीतिक प्रक्रियाको सुरुवात गरिएको छ त्यसलाई त्यसको तार्किक निश्किर्षमा पु¥याईयोस् यही म अब आउने नेतृत्वले नेपाली काँग्रेसलाई एकतावद्ध गर्नेछ । राष्ट्रलाई एकतावद्ध गर्नेछ र यो ऐतिहासिक राजनीतिक विरासललाई निरन्तर अगाडि बढाउने छ भन्ने विश्वास गर्दै तपाईहरुको यो उल्लासमय र यो भब्य उद्घाटन समारोह र यो तेह्रौं महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु । धन्यवाद !

(नेपाली काँग्रेसको तेह्रो महाधिवेशनको उद्घाटन सत्रमा एमाओवादी अध्यक्ष प्रचण्डले गरेको मन्तव्यको सम्पादित अंश)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पौडेल र देउवाबीच ताता–ममको सम्बन्ध, तँतँ-ममसम्म चल्थ्यो

काठमाडौं, २२ फागुन । नेविसंघको पहिलो पुस्तामा मैत्री सम्बन्ध थियो । युवाकालमा देउवा र पौडेलबीच तँतँ–ममसम्मको सम्बोधन हुन्थ्यो ।

‘पहिले आपसमा तँतँ–मम नै चल्थ्यो,’ देउवासँगको सम्बन्धबारे पौडेल भन्छन्, ‘यसरी नै हुर्केका साथी हौँ हामी । पाको भएपछि एक–अर्कालाई आदर गर्छौं, तपाईं भन्छौँ ।’

सिटौला भने अलि पछि राजनीतिमा लागेकाले जुनियर नै मानिन्छन् । तर, विचार, नीतिमा दृढ र तार्किक लाग्छन् ।

को केमा प्रस्ट ?

पौडेल वैचारिक रूपमा अगाडि छन् । पार्टीमा बहस र नीति ल्याउने उनै हुन् । देउवा भने बहस र कुरामा त्यति विश्वास गर्दैनन्, तर यी विषयमा दृढताका साथ प्रस्तुत हुन्छन् । समन्वय गर्न सक्छन् ।

राप्रपादेखि कम्युनिस्टलाई मिलाएर अघि बढ्न देउवाले खेलेको भूमिका महत्त्वपूर्ण भएको दाहाल मान्छन् । ०६३ पछि सिटौला चर्चामा आए । शान्ति प्रक्रियामा काम गरेपछि उनको चर्चा चुलियो । तर, सिटौलालाई यो उचाइसम्म ल्याउन देउवा र पौडेलको पनि उत्तिकै साथ रहेको कांग्रेस नेताहरूको भनाइ छ ।

सिटौला आफूलाई गिरिजाप्रसादको उत्तराधिकारी मान्छन् र फरक धारको नेताको रूपमा उदाउँदै छन् । यसैका लागि उनले गगन थापालाई महामन्त्रीमा उम्मेदवारी दिन लगाएको टिप्पणी कांग्रेसमा हुने गरेको छ ।

गिरिजाको निरंकुशताविरुद्ध एक

कांग्रेसमा ठूलो योगदान पुर्‍याएका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरू गिरिजाप्रसाद कोइरालाबाट कुनै न कुनै रूपमा सताइएका थिए । त्यही असन्तुष्टिको आडमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कोइरालाको निरकुंशता मान्न नसकिने साझा निष्कर्षमा पुगे ।

परिणामत: नयाँ पार्टी जन्माउने निष्कर्षमा देउवा र पौडल पुगे । ‘गिरिजाको निरकुंशता सहन सकिँदैन भन्ने साझा निष्कर्षमा पौडेल र देउवा पुग्नुभएको थियो,’ कांग्रेस राजनीतिलाई नजिकबाट हेरिरहेका एक राजनीतिक विश्लेषक भन्छन्, ‘४ असार २०५९ मा पार्टी फुट्नु दुई घन्टा अघिसम्म पनि गिरिजाप्रसाद कोइरालाको निरंकुशता सहिँदैन भन्दै पौडेल पार्टी तोड्नुपर्छ भन्ने पक्षमा थिए ।’

पौडेलकै जोडबलमा कांग्रेसमा विभाजन

स्वयं देउवा पनि पौडेलकै चाहनामा पार्टी फुटाउनुपरेको र माला मात्र आफूले लगाउनुपरेको बताउँछन् । ‘उहाँले नयाँ पार्टीको सभापति बन्न सहमति जनाउनुभयो । र, भेलामा जान साथीहरूलाई सल्लाह पनि दिनुभयो । भोलिपल्टको भेलामा आउने वचन दिनुभयो, तर आउनुभएन ।

बेलुका ५ बजेभित्र अर्को पार्टी दर्ता गरिसक्नुपर्ने थियो । नत्र म निर्दलीय प्रधानमन्त्री बन्ने अवस्था थियो । त्यसैले रामचन्द्रजीलाई लगाउन तयार गरेको माला म आफैँले लगाउनुपरेको हो । मैले रहरले होइन, बाध्यताले माला लगाएको हुँ । निर्दलीय प्रधानमन्त्री हुनबाट मुक्ति पाउन मात्र मैले अर्को पार्टी खोलेको हुँ,’ नयाँ पार्टी गठनमा पौडेलको भूमिकाबारे देउवाले भने ।

पौडेल सो आरोप स्विकार्न तयार छैनन्

तर, पौडेल देउवाको यो दाबीलाई स्विकार्दैनन् । पार्टी एकता खोज्नकै लागि आफूले पहल गरेको उनको भनाइ छ । ‘यो आरोप मात्र हो । म पार्टीमा साथीहरूलाई अन्याय हुनुहुँदैन भन्नेमा लाग्दै आएको छु । शेरबहादुरजीलाई पनि अन्याय नहोस् भन्नेमा थिएँ । तर, उहाँ आफैँ पार्टी फुटसम्म जान खोज्नुभयो, मैले मानिनँ । मैले एकतालाई नै जोड दिएको हुँ,’ उनले भने ।

पौडेलले सो दिन अन्तिमसम्म डा.रामशरण महत, महेश आचार्य, आमोदप्रसाद उपाध्यायलाई पनि सँगै लिएर आउने बचन दिएको चर्चा कांग्रेस वृत्तमा अहिले पनि हुने गरेको छ । देउवालाई कांग्रेस बनाएको पौडेलको दाबी पौडेल आफूले देउवालाई कांग्रेस बनाएको दाबी गर्छन् ।

०२१/०२२ सालतिर देउवालाई भेटेको स्मरण गर्दै पौडेल भन्छन्, ‘त्यतिखेर कांग्रेसको प्रजातान्त्रिक समाजवादतिर उहाँको त्यति धेरै रुचि थिएन । हामीले प्रजातान्त्रिक विद्यार्थीतिर ल्याउन प्रयत्न गर्‍यौँ ।’ शिवबहादुर खड्का, विपिन कोइरालासँगै भएका देउवालाई प्रगतिशीलबाट प्रजातान्त्रिकमा आउन आफूले भनेको उनको भनाइ छ । ‘उनीहरूको प्रगतिशीलता विद्यार्थीको समानतामा मात्रै हो । हामी प्रजातन्त्रवादीको समानता र स्वतन्त्रतता दुवै हो भनेर मैले उहाँलाई हाम्रो पक्षमा ल्याउन कोसिस गरेको थिएँ,’ पौडेल भन्छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हुन् दोहोरो सुविधा फिर्ता नगर्ने वरिष्ठहरु

काठमाडौं, २२ फागुन । दोहोरो सुविधा लिन नपाईने सरकारको निर्णयविपरीत राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा तथा लोकसेवा आ योगका पाँच सदस्यले अझै दोहोरो सुविधा फिर्ता गरेका छैनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

समान्य प्रशासमन्त्री रेखा शर्माको पहलमा गत माघ ८ गते मन्त्रिपरिषदको बैठकले सार्वजनिक पद धारण गरेको व्यक्तिहरुले दोहोरो सुविधा लिन नपाउने निर्णग ग रेको थियो । दोहोरो सुविधा फिर्ता नगर्नेहरु यी हुन्ः

– अनुपराज शर्मा, अध्यक्ष राष्ट्रिय मानवअधिकार आयोग
– अशोककुमार झा, सदस्य लोकसेवा आयोग
– बम्हादेव राय, सदस्य, लोकसेवा आयोग
– श्रीपुरुष ढकाल, सदस्य, लोकसेवा आयोग
–कृष्णचन्द्र झा, सदस्य, लोकसेवा आयोग
–विन्दा हाडा भट्टराई, सदस्य लोकसेवा आयोग


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यी हिरोइनले सुटुक्क गरिन विहे, को हुन् श्रीमान ?

मुम्बई । केहि दिनअघि मात्रै बलिउडकी चलेकी हिरोइन प्रिति जिन्टाले अमेरिकास्थित प्रेमीसँग गोप्य बिवाह गरेकी थिइन ।

उनकै सिको गर्दै अर्की बलिउड हिरोइन उर्मिला मन्तोडकरले पनि गोप्य रुपमा विवाह गरेकी छिन ।

उर्मिलाले बिहिबार मुम्बईमा एक निजी समारोहका बीच बिवाह गरेकी हुन ।

उनले कश्मिरको ब्यापारी मोहसिन अख्तरसँग लगनगाँठो कसेकी हुन । उनको विवाहबाट बलिउड बेखबर नै छ । मात्र बलिउड डिजाइनर मनिष मल्होत्रलाई उनको बिबाहबारे खबर रहेको बताइन्छ ।

मनिषले नै ट्वीट गर्दै उर्मिलाले विवाह गरेको सार्वजनिक गरेका हुन । विवाह बारेमा पारिवारिक सहमतिमै विवाह सम्पन्न भएको उर्मिलाले बताएकी छिन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक पोखरामा हुने

२२ फागुन, काठमाडौँ ।  सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक चैत १ देखि ४ गतेसम्म पोखरामा हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  शुक्रबार बसेको बैठकले सार्कको परराष्ट्रमन्त्रीस्तरीय ३७औँ बैठक पोखरामा हुन लागेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । बैठकले उक्त सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकका लागि तीन वटा समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

सार्कको परराष्ट्रस्तरीय बैठकका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा समिति, परराष्ट्रसचिव शङ्करदास बैरागीको नेतृत्वमा छ सदस्यीय समिति र परराष्ट्रमन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईको नेतृत्वमा पाँच सदस्यीय कार्यक्रम समिति गठन गर्ने निर्णय गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आनी छोइङले संयुक्त राष्ट्रसंघमा गीत सुनाउने

वाशिंगटन डिसी । फूलको आँखामा फूलै संसार बेलके गीतबाट चर्चा कमाएकी अानी छौइङ डोल्माले संयुक्त राष्ट्रसंघमा गीत सुनाउने भएकी छिन् ।

आगामी मार्च २० तारिखमा संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ भने उनले  हिमाली बौद्ध भजन, तथा आध्यात्मिक गीत सुनाउने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाको इतिहासमा पहिलो पटक नेपाली गायिकाको स्वरमा सुनिने भएको छ ।  आनीले भजन र आध्यात्मिक गीतको साथै मन्तब्य पनि दिने छिन्  ।  राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवस’ मनाउदै आएको छ भने उक्त अवसरमा आनी छोइङ डोल्माले बौद्ध मन्त्र मार्फत शान्तिको कामना समेत गर्ने छिन् ।

युनिसेफकी सद्भावदूत समेत रहेकी आनी छोइङको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि रहने छन्  ।

आनी छोइङले अमेरिकाको वाशिंगटन डिसी तथा न्युयोर्कमा भूकम्पपीडितहरुको सहयोगार्थ दुईवटा कार्यक्रम गर्ने भएकी छिन् ।  राष्ट्रसघको प्रस्तुतिपछि न्युयोर्कमा आनीको कार्यक्रम मार्च २६ तारिखमा कोलडेन सभामण्डप अडीटोरिएम ०मा आयोजना हुने भएको छ ।

यस्तै वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप अडीटोरिएममा अप्रिल २ तारिख आनीको कार्यक्रम हुने भएको  आयोजक सदस्य तथा ब्यबसायी सुरेश सापकोटाले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसमा क-कसले दिए उम्मेदवारी ( पूर्णविवरण सहित)

२२ फागुन, काठमाडौं ।  नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको समय शुक्रबार मध्यान्ह १२ बजेसम्मको समय तोकिएको थियो । सभापति पदमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।

Shasank arjun narsing and gagan

महामन्त्रीमा शशांक काेइराला, अर्जुननरसिंह केसी र गगन थापा भिड्दैछन् । केसी देउवा प्यानलका हुन् भने गगन कृष्ण सिटाैला प्यानलका हुन् । शशांक रामचन्द्र पाैडेलकाे टीमबाट महामन्त्री दाबेदार हुन् ।

chitra lekha umakant and sita deviत्यसैगरी काेषाध्यक्षमा देउवा पक्षबाट चित्रलेखा यादव, सिटाैला प्यानलबाट उमाकान्त चाैधरी र रामचन्द्र पाैडेल पक्षबाट सीतादेवी यादव उठेका छन् । काेषाध्यक्षमा कृष्ण कार्कीले पनि उम्मेदवारी दिएका छन् ।

केन्दीय सदस्य खुला तर्फ २५ पदका लागि

१. अशोक कोईराला
२. उत्तर बहादुर ऐर
३. उदय शम्शेर राणा
४. उमेश कुमार मिश्र
५. एनपी साउद
६. कमलेश कुमार शर्मा
७. किरण राज पौडेल
८. कुलबहादुर (केबी) गुरुङ
९. केशब राज आचार्य
१०. खुम बहादुर खड्का
११. गजेन्द्र कार्की
१२. गोपाल मान श्रेष्ठ
१३. गोबिन्दराज जोशी
१४. प्रा.डा. गोविन्दराज पोखरेल
१५. गोविन्द बहादुर शाह
१६. घनश्याम रेग्मी
१७. चन्द्र बहादुर केसी
१८. चन्द्र भण्डारी
१९. चिरञ्जिवी वाग्ले
२०. चिरिञ्जीबीनिधी तिवारी
२१. जिपछिरिङ लामा
२२. टेकराज पौडेल
२३. डिना -महालक्ष्मी उपाध्याय
२४. तारानाथ दाहाल
२५. तारानाथ रानाभाट
२६. तिलक प्रसाद सापकोटा
२७. धनराज गुरुङ्ग
२८. धावा गुरुङ्ग (दावा)
२९. ध्रुव वाग्ले
३०. डा. नारायण खडका
३१. निरु पोखरेल
३२. पदम नारायण चौधरी
३३. पूर्णबहादुर खड्का
३४. पूर्ण कुमार शेर्मा लिम्बु
३५. पुष्पराज पराजुली
३६.पुस्कर नाथ ओझा
३७. प्रकाश कुमार उपाध्याय
३८. प्रकाशमान सिंह
३९. डा. प्रकाश शरण महत
४०. प्रदीप गिरी
४१. प्रदीप पौडेल
४२. प्रदीप राज शर्मा
४३. प्रविन बन
४४. प्रशान्त मान सिंह मास्के
४५. प्रेमबहादुर खड्का
४६. बद्री पाण्डे
४७. बल बहादुर केसी
४८. बल बहादुर खवास
४९. बर्षा राम भण्डारी
५०. बालकृष्ण खाण
५१. बालकृष्ण दाहाल
५२. बिनयध्वज चन्द
५३. बिमलेन्द्र निधि
५४. डा. भगवाल प्रसाद यादव
५५. मनमोहन भट्टराई
५६. महेन्द्र कुमार शर्मा
५७. महेश आचार्य
५८. महेश थपलिया
५९. डा. मिनेन्द्र रिजाल
६०. मित्र सेन दहाल
६१. मोहन ज्ञवाली
६२. मोहम्मद निजामुद्दिन
६३. युवराज शर्मा
६४. रउफ अहमद खाँ
६५. रमेश लेखक
६६. राजन के.सी.
६७. राजेन्द्र वजगाई
६८. राजेश आचार्य
६९. राम कृष्ण ताम्राकार
७०. रामचन्द्र पोखरेल
७१. डा. राम शरण महत
७२. रामहरी खतिवडा
७३. सुर्यमान गुरुङ
७४. लक्ष्मणप्रसाद घिमिरे
७५. लक्ष्मणबहादुर बस्नेत
७६. वासुदेव तिमल्सिना
७७. विश्वप्रकाश शर्मा
७८. शुसिल नाहटा
७९. डा. शेखर कोइराला
८०. शोभाकर पराजुली
८१. शंकर भण्डारी
८२. साधुराम खड्का
८३. सिताराम भण्डारी
८४. सुजाता कोइराला
८५. सुनिल नरसिंह राणा
८६. डा. सुरेशचन्द्र चालिसे
८७. सुवासकुमार पोखरेल
८८. हरिबोल भण्डारी
८९. हरी बहादुर खड्का
९०. हुर्मत कुमार न्यौपाने
९१. हस्त बहादुर मल्ल
९२. हाजिम अब्दुल मिया
९३. त्रैलोक्य प्रताप सेन
९४. ज्ञानेन्द्र वहादुर कार्की

केन्दीय सदस्यः १ नं. प्रदेशको दुई पदको लागि

अनिलकृष्ण प्रसाई
अमृत अर्याल
आनन्द सन्तोषी राई
उत्तम कुमार चापागाई
कुमार रेग्मी
केशव प्रसाद दाहाल
गुरुराज घिमिरे
गोपाल कुमार वस्नेत
दामोदर कोइराला
दीपक प्रकाश बाँस्कोटा
बद्री नारायण चौधरी
बाबुराम कोइराला (बासु)
भिष्मराज आङ्गदेम्वे
महेश थपलिया
रामजी बास्तोला
वालकृष्ण थापा
शिव कुमार वस्नेत
हरि प्रसाद सापकोटा

केन्दीय सदस्यः २ नं प्रदेशको दुई पदको लागि

आनन्द प्रसाद ढुङ्गाना
तेजुलाल चौधरी
रमेश रिजाल
राजेन्द्र बहादुर अमात्य
राम कुमार चौधरी
हरेश प्रसाद महतो

केन्दीय सदस्यः ३ नं. प्रदेशको दुई पदको लागि

आत्माराम पौडेल
कृष्ण प्रसाद सुवेदी
कृष्ण बहादुर लामा
कृष्णलाल सापकोटा
जगन्नाथ पौडेल
तारा वहादुर कोइराला
देवी प्रसाद न्यौपाने
ध्यानगोविन्द रंजीत
ध्रुव प्रसाद अधिकारी
नविन्द्र राज जोशि
मथुरा प्रसाद घिमिरे
माईकल रामचन्द्र अर्याल
मोहन प्रसाद वराल
मोहन बहादुर वस्नेत
राजाराम कार्की
राजेन्द्र कुमार केसी (राजन)
रामकृष्ण चित्रकार
रामप्रसाद थपलिया
रामचन्द्र खड्का
रामनाथ अधिकारी
लोकेश ढकाल
विनोदप्रकाश कायस्थ
शिव प्रसाद हुमागाँई
शेषनाथ अधिकारी
हरिबोल भट्टराई

केन्दीय सदस्यः ४ नं. प्रदेशको दुई पदको लागि

अर्जुन प्रसाद जोशी
कपिलदेव भुषाल
कृष्ण चन्द्र नेपाली
गुरु प्रसाद बराल
गोविन्द भट्टराई
देबराज चालिसे
प्रकाश शर्मा पौडेल
महेन्द्रध्वज जिसी
रघुनाथ पौडेल
रोमी गौचन थकाली
विष्णु प्रसाद धिताल
सुरेन्द्र राज पाण्डे

केन्दीय सदस्यः ५ नं. प्रदेशको दुई पदको लागि

कृष्ण किशोर घिमिरे
खिमान सिं रायमाझी
दिपक गिरी
दिवाकर गौतम
देवेन्द्र राज कण्डेल
बुद्धि राम भण्डारी
भरत कुमार शाह
भरतवहादुर न्यौपाने
मनोजमणी आचार्य
राजन प्रसाद पन्त
राजु खनाल
राम बहादुर कार्की
रेवती प्रसाद भूसाल
विष्णु राज आचार्य
सुरेन्द्र हमाल
हरि प्रसाद नेपाल

केन्दीय सदस्यः ६ नं. प्रदेशको दुई पदको लागि

ऋषिकेश जंग शाह
खेमराज केसी
गोपाल जी जंग शाह
जीवन बहादुर शाही
दिपेन्द्र कुमार खत्री
दीनबन्धु श्रेष्ठ
ध्रुवराज पुरी
भुपेन्द्रजङ्ग शाही
मधुर विक्रम खनाल
राजीव विक्रम शाह
हृदयराम थानी

केन्दीय सदस्यः ७ नं. प्रदेश दुई पदको लागि

अर्जुन जंग बहादुर सिंह
कमल बहादुर शाह
गोविन्द राज जोशी
जनक राज गिरी
दिलेन्द्र प्रसाद बडू
देवराज जोशी
देवराज देवकोटा
नन्द कृष्ण जोशी
नैन सिंह महर
बहादुर सिंह थापा
बिर बहादुर बलायर
भक्त बहादुर बलायर
भरत बहादुर खडका
रण बहादुर रावल

केन्दीय सदस्य मुस्लिम आरक्षणतर्फ एक पदको लागि

अतहर कमाल मुसलमान
अब्दुल कलाम
अब्दुल सतार
अरुण मानव हारुण रसिद
अहमद मिया हुसेन
खलील मिया
फरमुल्लाह मंसुर
मो. आफताव आलम
मोख्तार अहमद
शेख रसिद अलि लाल बाबु

केन्दीय सदस्यः महिला आरक्षण तर्फ छ पदको लागि

१. अनिता देवकोटा
२. अम्विका बस्नेतर्
३. इन्दिरा कार्की इन्दु
४. इश्वरी न्यौपाने
५. उमा दहाल
६. उमा रेग्मी
७. उर्मिला नेपाल के।सी।
८. कमला पन्त
९. कल्पना अधिकारी
१०. कल्पना ढुङ्गेल
११. गोमा केसी
१२. जानु घिमिरे
१३. डा. डिला संग्रौला
१४. धना खतिवडा
१५. पुष्पा भूसाल
१६. प्रतिमा गौतम
१७. प्रमिला र्राई
१८. प्रसीस महरा
१९. बसन्ती घिमिरे
२०. बिजुला बर्मा
२१. भूमा शर्मा पाण्डेय
२२. मंजु खाँण
२३. मन्जु गौतम
२४. मिता आचार्य
२५. मीना पाण्डे
२६. मृदुला कोइराला
२७. यमुना देवी श्रेष्ठ
२८. रीता खनाल
२९. रुकमिणी कोईराला
३०. लक्ष्मी खतिवडा
३१. लिला नेपाल
३२. विष्णु देवी पुडासैनी
३३. शसी शर्मा
३४. शान्ता ढकाल
३५. शान्ती तिवारी
३६. शारदा पौडेल
३७. सरिता प्रसाई
३८. सावित्री वोगटी पाठक
३९. सृजना अधिकारी
४०. हरिप्रभा खड्गी (श्रेष्ठ)

केन्दीय सदस्यः मधेसी आरक्षणतर्फ तीन पदको लागि

१. अजय कुमार चौरासिया
२. अनुराग यादव
३. जितेन्द्र महतो
४. बीरेन्द्र कुमार कनोडिया
५. भोला चौधरी
६. महेन्द्र यादव
७. राम कृष्ण यादव
८. राम चन्द्र तिवारी
९.राम दयाल यादव
१०. राम नारायण मंडल
११. रंजित कर्ण
१२. वादशाह कुर्मी
१३. सकल देव सुतिहार
१४. सनत कुमार मण्डल
१५. साजन कुमार महतो
१६. सीताराम महतो
१७. सुधाकर पाण्डेय
१८. सुरेन्द्र प्रसाद यादव

केन्द्रीय सदस्य: आदिवासी जनजातीतर्फ तीन पदको लागि

१.आङगेलु शेर्पा
२.आङटावा शेर्पा
३.उदयमोहन श्रेष्ठ
४.केवलबहादुर लामा
५.ममल तामाङ
६.कर्माछिरिङ शेर्पा
७.कल्याणकुमार गुरुङ केसरमान रोक्का-मगर)
८.घरेन्द्रराज श्रेष्ठ
९.चन्द्र महर्जन
१०.चीनकाजी श्रेष्ठ
११.झक्कुप्रसाद घर्ती
१२.टंकप्रसाद राई
१३.टीकाराम गुरुङ
१४.तारामान गुरुङ
१५.तुलसीनारायण श्रेष्ठ
१६.तुलसी सुब्बा
१७.दिलमान पाखि्रन
१८.दुर्योधनसिंह थारु
१९.देवेन्द्रकुमार शेरचन
२०.धर्मेन्द्रविक्रम नेम्वाङ
२१.नगेन्द्रकुमार कुमाल
२२.नरबहादुर पुन
२३.नजराज गुरुङ
२४.पूर्णबहादुर तमाङ
२५.पृथ्वीमान गुरुङ
२६.प्रेमध्वज लामा
२७.ब्रसलाल तामाङ
२८.बाहादुर सिंह लामा
२९.बालकृष्ण राई
३०.भरत गुरुङ
३१.भीम श्रीष
३२.भीमसेनदास प्रधान
३३.मदनकृष्ण श्रेष्ठ
३४.माहादेव गुरुङ
३५.मीनकृष्ण महर्जन
३६.मुक्तिनाथ चौधरी
३७.मोहनकुमार राई
३८.रामबहादुर गुरुङ
३९.रामसमझ  चौधरी
४०.सर्वधन राई
४१.सूर्यदेव दास उराँव
४२.लाक्पा लामा
४३.लामाकार्पु तामाङ
४४.बलराम सरदार
४५.विनोद बान्तवा
४६.बिष्णुकुमार राई
४७.शिवकुमार श्रेष्ठ
४८.हषिर्त लामा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पहिलो चरणमै जित्न कांग्रेसमा तीनै प्यानलमा भोट तानातान

२२ फागुन, काठमाडौं । पार्टी नेतृत्वका लागि उम्मेदवारी दर्तालगत्तै नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधिको जोडघटाउमा जुटेका छन् ।

सभापति उम्मेदवारहरु कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्रतिनिधिलाई आआˆनो पक्षमा तान्न सक्रिय भएको आजको नागरिक दैनिकमा समाचार छ ।

तीनै उम्मेदवार प्रदेश आधारमा आअाफ्नो मत आँकलन गर्दै एक अर्कानिकट प्रतिनिधिलाई फकाउन अाफ्ना संयन्त्र खटाइरहेका छन् । पार्टी वरिष्ठ नेता देउवा संस्थापनका नेतालाई अाफ्नो समूहमा ल्याएर चुनावी नतिजा आफू अनुकूल बनाउन व्यस्त छन् ।

देउवानिकट विमलेन्द्र निधि, पूर्णबहादुर खड्का ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतसहिका नेता पहिलो चरणमा नतिजा आफ्नो पक्षमा पार्न नसके दोस्रो चरणको निर्वाचनमा झन् कठिन हुने विश्लेषणसहित संस्थापनका नेता र प्रतिनिधि चोर्न लागिपरेको स्रोतको दावी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अभाव हल्लाले घरमा तेल थुपार्ने बढे, १५ दिनमा पाँच करोड लिटर तेल वितरण

२२ फागुन, काठमाडौं । सामान्य अवस्थाभन्दा नैनिक करिब साढे दुई लाख लिटर इन्ध वितरण भए पनि बजारमा अभाव अझै कायम छ ।

नेपाल आयल निगमले सामान्य अवस्थामा भन्दा प्रतिदिन एक लाख लिटरभन्दा बढी पेट्रोल र सोही अनुपातमा डिजेल बिक्री गरे पनि पम्पमा इन्धन लिने उपभोक्ताको संख्या नघटेको आजको अन्नपूर्णमा समाचार छ ।

निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा खपत हुने इन्धनको परिमाणभन्दा बढी इन्ध बिक्री हुँदै आएको छ । निगमले इन्धन खरिद गरेर घरमा मौज्दात गर्ने प्रवृत्ति बढेकाले उपभोक्ताको लाइन नघटेको जनाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार निगमले बिदाबाहेकका दिनमा इन्धन बिक्री गर्दै आएको छ ।

फागुन १५ गतेसम्म तीन दिन सार्वजनिक विदा र ७ गते प्रजातन्त्र दिवसबाहेक ११ दिनमा उपत्यककामा एक करोड १२ लाख ९२ हजार लिटर इन्धन वितरण गरिएको छ ।

सामान्य अवस्थामा उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजेल माग छ । तर, निगमले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक पेट्रोल चार लाख ६९ हजार लिटर र डिजेल पाँच लाख ५७ हजार लिटर बिक्री भएको देखिन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसको बैंक खातामा ६ करोड ६७ लाख मौज्दात, सरकारमा बस्दा आय धेरै खर्च कम

२२ फागुन, काठमाडौं । विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ ।

जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । तर खर्च भने १ करोड ४७ लाख मात्रै भई ६ करोड ६४ लाख रुपैयाँ बचत गरेको अाजको राजधानी दैनिकमा समाचार छ ।

अन्य वर्षहरुमा भने आय व्यय केही कम देखिएको छ । आर्थिक वर्ष २०६७/६८ मा ३ करोड ८३ लाख, ८७ हजार आम्दानी भएकामा ३ करोड ९४ लाख खर्च भएको छ ।

यस्तै, आर्थिक वर्ष २०६८/६९ मा ८६ लाख ५२ हजार आम्दानी भएकामा ८६ लाख १६ हजार खर्च भएको छ । सो वर्ष कांग्रेसले ३५ हजार रुपैयाँ बचत गरेको देखिन्छ । आर्थिक वर्ष २०७०/७१मा कुल  ३ करोड, ९ लाख आम्दानी भएको घ भने ३ करोड ३७ लाख खर्च भएको छ । सो वर्ष कांग्रेसले २७ लाख घाटा वेहोरेको छ । चार आर्थिक वर्षमध्ये दुई आर्थिक वर्षमा घाटामा गएको छ ।

प्रतिवेदन अनुसार विभिन्न बैंक खातामा गरी १८ फागुन २०७२ सम्म ६ करोड ६७ लाख रुपैयाँ नाफा मौजाद रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चेतावनी दिएको भोलिपल्टै भाजपा उपाध्यक्ष कोश्यारी प्रचण्डको दैलोमा

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारी लाजिम्पाट पुगेका छन् ।

लाजिम्पाट पुगेर कोश्यारीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । विहीबार कांग्रेसको महाधिवेशन उदघाटन समारोहबाटै प्रचण्डले चेतावनी दिएको भोलिपल्टै शुक्रबार भारतीय नेता कोश्यारी भेट गर्न लाजिम्पाट पुगेका हुन् ।

यसअघि विहीबार मात्रै कांग्रेस महाधिवेशनको मञ्चबाटै प्रचण्डले कोश्यारीको नाम नै लिएर अब भारतले नाकाबन्दी जस्ता ब्यवहार दोर्होयाउन नहुने चेतावनी दिएका थिए । ‘भारतले इतिहास नदोहोर्याओस’ भन्दै प्रचण्डले कोश्यारीको नाम बारम्बार लिएका थिए ।

आजको भेटमा नेपाल तथा भारतबीचको सम्बन्ध, मधेसी मोर्चाका माग तथा नेपाली राजनीतिबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । प्रचण्डले नेपालमा नयाँ प्रयोग गर्न गइरहेकोले परिवर्तन नचाहने शक्तिले बिभिन्न बहाना गरेर अवरोध सिर्जना गर्न खोजेको स्पष्ट पारेका थिए । मधेसी मोर्चाका माग तथा सरकारको बारेमा समेत उक्त अवसरमा छलफल भएको थियो ।

कोश्यारीले भारतीय नेतृत्वसमक्ष नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउने बताउँदै भविष्यमा दुई देशबीच सुमुधुर सम्बन्ध विकास गर्न पहल गर्ने बताएको सचिवालयले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशनमा देखिएका यी चार गल्ति, जसले बेइज्जत गरायो (फोटो फिचर)  

– कमलराज भट्ट

काठमाडौं, २० फागुन । विहीबार भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा गम्भीर त्रुटी भएको छ ।

आयोजकको अपरिक्वता पुरै झल्किनेगरी चार वटा गल्ति भएका हुन् । ती गल्तिले कांग्रेसीहरुको बेइज्जत गराएको छ भने अग्रजहरुको अपमान भएको ठहर गरिएको छ ।

नयाँ नेतृत्वका लागि आजबाट महाधिवेशन सुरु भएको कांग्रेसमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्ण सिटौलाले फरक फरक प्यानलसहित मैदानमा उत्रिएका छन् ।

Congress-6

पहिलो गल्तिः मौनधारण गरिएन

कुनै पनि कार्यक्रममा अग्रजको सम्झना तथा ज्ञात अज्ञात सहिदहरुको सम्मानमा मौन धारणा गराउने प्रचलन रहिआएको छ । तर, विपी कोइराला जस्ता महामानव संस्थापक रहेको कांग्रेसमा १३ औं महाधिवेशनको उदघाटन समारोह कार्यक्रमको कार्यसूचीमा मौन धारण नै राखिएन् । जसका कारण अग्रजहरुको अपमान भयो । अरुलाई नसम्झिएपनि विपी, गणेशमान, सुर्वणसम्शेर, गिरिजा र सुशीललाई सम्झिनुपर्ने भन्दै कार्यकर्ताले आवाज उठाएपछि बीचको समयमा मौन धारण गरिएको थियो । अग्रजलाई अपमानित गर्दा कांग्रेसीजनको शिर निहुँरिएको थियो ।

दोस्रो गल्तिः राष्ट्रगान बजाइएन

सार्वजनिक कार्यक्रम गर्दा राष्ट्रगान बजाउने परम्परा हुन्छ । अहिलेसम्म भएका हरेक कार्यक्रममा देशको पहिचान झल्काउने राष्ट्रगान बजाउने चलन छ । विदेशी नेताहरु पनि सहभागी कार्यक्रममा राष्ट्रगान सुनाउने सौभाग्य पनि कांग्रेसलाई थियो । तर, कार्यक्रममको सूचीअनुसार राष्ट्रगान पनि बजाइएन् । कार्यक्रम सञ्चालन गरिरहेका नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव ऋषिकेश तिवारीलाई बारम्बार चिट लेखेर पठाएपछि नेताहरुको बोलेको समयमा राष्ट्रगान बजाएका थिए । यो घटनाले पनि कांग्रेसीजनको बेइज्जत गर्यो ।

Congress-4

तेस्रो गल्तिः संस्थापकलाई माल्यापर्ण गरिएन

कार्यक्रमको सुरुवातमै संस्था अथवा संगठनका संस्थापकहरुको फोटोमा माल्यापर्ण गरी सम्मान व्यक्त गर्ने प्रचलन जुनसुकै कार्यक्रममा पनि हुन्छ । तर, कांग्रेसमा मनपरी ढंगले कार्यक्रम चलाइयो । माल्यापर्ण पनि गरिएन् । दर्शकदिर्घाबाट ठूलो स्वरमा हुटिङ भएपछि मात्रै कार्यक्रमको बीचमा विपी, गणेशमान, गिरिजा र सुशील कोइरालाको तस्वीरमा माल्यापर्ण गरिएको थियो । जसले कार्यक्रमलाई नै खल्लो बनायो । यो बीचमा धमाधम कम्पलेन आउन थालेपछि कार्यक्रम सञ्चालन गरिरहेका तिवारीले मञ्चबाटै क्षमायाचना गरेका थिए ।

चौथो गल्तिः ‘सुशील दा सम्झना’ स्मारिका विमोचन

महाधिवेशन उदघाटन समारोहमा चौथो गल्तिका रुपमा देखियो नेताहरुको तिक्तता । कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको सम्झनामा कांग्रेस प्रचार विभागबाट प्रकाशन भएको ‘सुशील दा सम्झना’ स्मारिका विमोचन गरियो । सामान्यतया पुस्तक विमोचन गर्दा कसले सम्पादन गर्यो । कसेले लेख्यो भन्ने कुरा खुलाइन्छ र अतिथिहरु सबै उठेर विमोचन गर्छन् । तर, महाधिवेशनमा समारोहमा त थुप्रै नेता थिए तर, विमोचनका बेला कोही नेता उठेनन् । जबकी रामचन्द्र पौडेलले एक्लै उठेर किताब विमोचन गरे । अरु हेरेका हर्यै थिए । परम्पराअनुसार सबै नेताहरु उठेर श्रद्धान्जली दिनुपर्ने थियो तर, गरेनन् ।

krishna-situla prachanda Prakashman-Sing Ramchandra-Paudel Sherbhadur-deubaCongress Congress-1 Congress-2 Congress-3


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ज्यान मार्ने धम्की दिँदै ८० लाख माग्ने पक्राउ

२१ फागुन, काठमाडौं । प्रहरीले फोनमार्फत ज्यान मार्ने धम्की दिँदै रकम मागेको आरोपमा पर्साबाट एकजनालाई पक्राउ गरेको छ । वीरगंज उपमहानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा-७ का १७ वर्षीय निखिल साह पक्राउ परेका हुन् ।

वीरगञ्जको अशोक इन्जिनियरिङ वर्कशपका सञ्चालकलार्इ धम्क्याएर ८० लाख रुपैयाँ मागेको आरोपमा साह पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

उनले वर्कशप सञ्चालकलाई फोन तथा म्यासेज गरी गत फागुन १६ गते ८० लाख रूपैयाँ मागेका थिए । आफुले मागेको रकम नदिएमा ज्यान मार्ने धम्की दिएपछि  सञ्चालकले प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले साहलाई  वीरगंज उपमहानगरपालिका-६ स्थित ६ नम्बर गेट सडकबाट पक्राउ गरेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आठ बर्षकी प्रीशाले गाइन् मन छुने गीत

आउँदो साउन महिनाबाट ८ बर्षमा प्रवेश गर्न लागेकी गायिका प्रीशाको स्वरमा समावेश एक गीत सार्वजनिक भएको छ । ‘जति माया लाग्छ मामुको’ बोलको गीतलाई प्रीशाले मन छुने तरिकाले गाएकी छिन् ।

आमा र बाबु अलग बस्दा साना बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई यो गीतमा उठान गरिएको छ । गीतमा प्रकाश सुवेदीले शब्द कोरेका छन् । प्रकाशले यसअघि पनि केही गीतमा शब्द कोरिसकेका छन् ।prisha-video

बाबु र आमा अलग बस्नु हुँदैन, यसले साना बालबालिकालाई असर गर्छ भन्ने भावलाई प्रकाशले मर्मस्पर्शी शब्द मार्फत प्रस्ट्याउने प्रयास गरेका छन् । गीतमा बसन्त सापकोटाको संगीत छ ।

रमेश वावा नेपालको निर्देशनमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने धिरज जंग शाहको छायांकन छ । गायिका प्रीज्माले वैशाख महिनामा ‘प्रीज्मा’ एल्बम बजारमा ल्याउने तयारी पनि गरेकी छिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्का एक नक्कली डाक्टर पक्राउ

२१ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अस्पतालमा कार्यरत थप एकजना डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

काठमाडौं थानकोट स्थाई ठेगाना भएका ४७ बर्षीय सुजितकुमार श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनले आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जिल्ला अस्पताल डोडीमा कार्यरत रहेको खुलेको छ । उनी डोटी अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत थिए ।

प्रहरीले नेपाल मेडिकल काउन्सिलसँगको समन्वयमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेकाहरुको अनुसन्धान गरिरहेको छ ।

यसअघि १२ जना नक्कली डाक्टरहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

पक्राउ परेका सबै अभियुक्तहरुलाई सरकारी छाप दस्तखत कीर्ते तथा नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोले जानकारी दिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौंमा नीतिशको दमदार भाषण, दिल्लीमा हंगामा (यसरी बन्यो हेडलाइन)

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारको भाषणले दिल्लीमा समेत नयाँ तरंग पैदा भएको छ ।

विहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नीतिश कुमारले मधेस आन्दोलन नेपालको आन्तरिक मामिला भएको बताए । उनले यसो भन्दा तालिको वर्षा भएको थियो ।

तर, यो कुराले दिल्लीमा तरंग नै ल्यायो । पाँच महिना लामो आन्दोलनमा सहयोग र नाकाबन्दीसम्म गरेको नरेन्द्र मोदी सरकारका लागि यो टाउको दुःखाइको विषय नै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किनकी मोदी सरकारले मधेसीका माग सम्बोधन गर भन्दै बारम्बार दबाब तथा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेका बेला नीतिशले भने भारत रहँदा होस् अथवा काठमाडौं आउँदा पनि नेपालको आन्तरिक मामिला भन्दै मधेसबारे केही बोलेनन् ।

उनको यो भाषणलाई नेपालमा मात्र नभएर भारतमा पनि मिडियाले उच्च महत्व दिएका छन् ।

भारतको राष्ट्रिय सञ्चार माध्यम प्रेस ट्रष्ट अफ इण्डियाले पनि नीतिशले बोलेका कुराको हेडलाइन बनाएको छ । पिटिआइको समाचारलाई अधिकाँश मिडियाले हेडलाइन बनाएका छन् ।

मधेस आन्दोलनमा समर्थन जुटाउन विहारका नेताहरुलाई पटनासम्म पुगेर फकाउने कोशिस गरिरहेको बेला विहारमै मुख्यमन्त्रीले मधेस मुद्दामा आफुले बोल्न आवश्यक नरहेको बताएपछि नेपालमा पनि यो विषयमा विशेष चर्चा भैरहेको छ ।

नेपालको विकाश र स्थायित्व नै भारतको चाहाना रहेको भन्दै मुख्यमन्त्री नीतिशले नेपाल र भारतबीचको सम्बन्धमा कुनै आशंका हुन नहुने बताएका थिए ।

nitish-kumar-headline-4nitish-kumar-headline-1-640x292nitish-kumar-headline-2nitish-kumar-headline-3


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमालेले जे भन्छ त्यो पूरा गरेरै छाड्नेः प्रधानमन्त्री ओली

नुवाकोट, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानका पिता भन्नेहरुलाई नै आफ्नो पार्टीले कठालो समातेर संविधान लेख्न लगाएको बताउनुभएको छ ।

नेकपा एमाले नुवाकोटको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शुक्रवार प्रधानमन्त्री ओलीले संविधान लेख्दा लेख्दै छाडेर भाग्ने र लेख्दै नमान्नेहरु अहिले आफूलाई संविधान र गणतन्त्रका पिता भन्न रुचाउने गरेको बताउँदै उहाँले एमालेको प्रमुख भूमिका नभएको भए देशमा संविधान नै बन्न नसक्नेसमेत दावी गर्नुभयो । उहाँले संविधान संविधान बनेपछि जनताका हक अधिकार स्थापित भएको बताउँदै संविधानले जनताका हक अधिकार स्थापित गराएकोले अब देश समृद्धिको बाटोतर्फ अघि बढेको बताउनुभयो ।

अर्को प्रसंगमा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले नेपाली कांग्रेसको महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउने दावी गर्नुभयो । कतिपयले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नभई कांग्रेस पनि सरकारमा आउने दावी गर्नुभयो । उहाँले राजनीति र देशमा एमालेले जे भन्छ त्यही लागू हुने, देश र जनताको निम्ति एमालेको निती प्रभावकारी रहेको बताउँदै देशको आर्थिक विकास र समृद्धिको लागि एमालेले जे भन्छ त्यो पूरा गरेरै छाड्ने बताउनुभयो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले गुटगुपगुटबाट माथि उठेर कार्यकर्ताको भावना अनुसार एमालेलाई सशक्त पार्टीको रूपमा उभ्याउन सुझाव दिनुभयो ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा नेकपा एमाले नुवाकोटको संगठन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने युवराज कार्की, सुरेश कार्की, नरनाथ लुइटेल, महेन्द्रबहादुर पाण्डे, राजेन्द्रप्रकाश लोहनी, गोविन्द नेपालीलगायतलाई सम्मान गरिएको थियो । एमाले अधिवेशन तीन दिनसम्म चल्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लैनचौरमा भारतीय दूतावास घेराउ, रञ्जीत रे बाहिर निस्कन सकेनन्

काठमाडौँ, २१ फागुन । सुगौली सन्धिको खारेजीको माग गर्दै उत्रिएका ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’का ११ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

सुगौली सन्धि भएको २०० वर्ष पुगेको दिन आज लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई आज दिउँसो करिब १ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल, उपाध्यक्ष बिएन शर्मा, सदस्य छवि पन्थी, जगदीश लानमिछानेलगायत छन् । प्रदर्शनका क्रममा उनीहरुले ‘सुगौली सन्धि मान्दैनौँ’, ‘अतिक्रमित भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए ।

अध्यक्ष नेपालले नेपालले अनाहकमा गुमाएको भूमिबारे जनतालाई जानकारी दिँदै चेतना फैलाउन प्रदर्शनमा उत्रिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी यो समस्या कूटनीतिक तरिकाले समाधान होस् भन्ने चाहन्छाँै, तसर्थ बेलायत सरकारको मध्यस्थतामा सरकारले भारत सरकारसँग यसबारे कुरा गर्नुपर्छ ।” उहाँले समस्या समाधान नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताउनुभयो ।

तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६ मा मार्च ४ मा सुगौली सन्धि भएको थियो । जसबाट नेपालले आफ्नो एकतिहाइ भूमि गुमाएको थियो। रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसका गुटलाई भारतले दियो १० करोड, पैसाको खोलो बगाएर भोट खरीद तीव्र

काठमाण्डौ । भारतीयले लगाएको नाकाबन्दीको खुलेर विरोध गर्न नसकेको नेपाली कांग्रेसलाई उसको १३ औं महाधिवेशनका लागि आवश्यक आर्थिक व्यवस्थापन तथा महाधिवेशन प्रतिनिधिहरुलाई खरीद गर्ने उद्देश्यले भारतले कांग्रेसका विभिन्न गुटहरुलाई १० करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालस्थित भारतीय दूतावासमा रहेको उच्च स्रोतका अनुसार भारतले आफ्नो अनुकूलको कांग्रेस नेतृत्वका लागि यति धेरै रकम उपलब्ध गराएको हो । यो रकम अघिल्लो महाधिवेशनको भन्दा ६ करोड रुपैयाँले बढी हो ।

१२ औं महाधिवेशनमा समेत भारतले नेपाली कांग्रेसलाई नेता कृष्ण सिटौलामार्फत ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । उनले २ करोड पार्टीलाई बुझाए पनि बाँकी २ करोड चाहि आफैले  राखेका अझै पनि कांग्रेसको शीर्ष नेताबीच चर्चा चल्ने गर्छ ।

स्रोतका अनुसार १३ औं महाधिवेशनमा सबैभन्दा बढी रकम रामचन्द्र पौडेल नेतृत्वको टिमले प्राप्त गरेको छ । यो टिमको भागमा ५ करोड रुपैयाँ परेको छ । कांग्रेसका कार्यबाहक सभापति समेत रहेका पौडेलको नेतृत्वमा संस्थापन समूहको अलग्गै प्यानल बनेको छ । यो प्यानलबाट मुख्यमन्त्रीको रुपमा वीपी पुत्र सशांक कोइराला चुनाव लड्दैछन् । संस्थापन पक्षका धेरै नेता भारतसँग नजिक भएका कारण र यो समूहले महाधिवेशनको खर्च व्यवस्थापन पनि गर्नुपर्ने भएकोले ५ करोड रुपैयाँ पाएको स्रोतको भनाई छ ।

यसैगरी, शेरबहादुर देउवा र कृष्ण सिटौला समूहले चाहि २÷२ करोडको दरले भारतीय रकम सहयोग पाएको छ । यी दुवै समूहले यो रकम आफ्नो पक्षमा माहौल सिर्जना गर्न तथा कार्यकर्तालाई खरीद गर्न खर्चिइरहेका स्रोतको भनाई छ । बाँकी एक करोड चाहि भारतसँग निकट रहेका विभिन्न नेताहरुलाई व्यक्तिगत रुपमा उपलब्ध गराइएको दूतावास स्रोतले उल्लेख गरेको छ ।

कांग्रेसका विभिन्न प्यानल तथा नेताहरुले भारतबाट पाएको सहयोग बाहेक नेपालका उद्योगी व्यवसायी तथा शुभेच्छुकहरुबाट समेत लाखौं रुपैयाँ उठाएर कार्यकर्तालाई प्रभाव पार्ने काममा खर्चिरहेका छन् । महाधिवेशन प्रतिनिधिलाई राखिएका होटेलहरुमा पैसाको खोलो बगाइएको स्वयम् कार्यकर्ता बताउँछन । एक समूहले अर्को समूहको मतदाता खरीद गर्ने उद्देश्यले भोट किन्ने क्रम समेत तीव्र भएको छ ।

कार्यकर्ताको समूहलाई खान्तपिन्तेमा समेत नेताहरुले राम्रै रकम खर्चिरहेका छन् । यस अलावा प्रचारप्रसारमा समेत उनीहरुले लाखौ रुपैयाँ खर्चिएका छन् । पैसाको व्यापक चलखेल भएकै कारण परिणाम कस्को पक्षमा जाने भन्ने बिषय अन्यौलमा परेको छ । पैसाको प्रभावमा परेर महाधिवेशन प्रतिनिधिले मत हाले भने भारतको स्वार्थ पूरा हुने गरी परिणाम आउने समेत आँकलन गर्न थालिएको छ । प्रतिस्पर्धा निकै कडा भएको बुझेको भारतले बाहिर हेर्दा सन्तुलित भूमिका खेल्न खोजेको देखिए पनि सिटौलालाई सभापतिमा उठाएका कारण रामचन्द्र पौडेल भन्दा शेरबहादुर देउवाप्रति उसको आकर्षण रहेको बुझिने स्रोतको भनाई छ । ‘सिटौला भारतकै इशारामा संस्थापनको क्याम्प छाडेर सभापतिमा उठेका हुन् ।’ स्रोतले भन्यो–‘यो रणनीति हेर्दा समेत भारतको भित्री इच्छा समेत सभापतिमा देउवा नै आउन् भन्ने देखिन्छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

लौ चिनौं औषधिमा कालोबजारी गरी जनता ठग्ने उद्योगीहरु

काठमाण्डौ । सरकारले तोके भन्दा २५ देखि १ सय प्रतिशतसम्म मनपरी मूल्य वृद्धि गरी समस्यामा परेका सर्वसाधारणलाई ठगी गरेको र राज्यको कानूनलाई चुनौति दिई चरम कालोबजारी गरेको आरोपमा प्रहरीले शुक्रबार नेपालकै दुई चर्चित औषधि उद्योगका संचालकसहित चारजनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको विशेष प्रहरी टोलीले गैरीधारा नजिकै रहेको लोमस फर्मास्ट्यूकल्स र काठमाण्डौको हात्तीसारमा रहेको देउराली जनता फर्मास्ट्यूकल नामको औषधि उद्योगमा छापा मारी उद्योगका संचालक तथा कामदारहरुलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार लोमसका संचालक प्रज्वलजंग र प्रवलजंग पाण्डेलाई पक्राउ गरिएको छ । दुवै दाजुभाई हुन् । उनीहरु नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् ।

यसैगरी, देउराली जनता फर्मास्ट्यूकल नामको औषधि उद्योगका भाइस प्रेसिडेन्ट निगराज अधिकारी र महाप्रबन्धक निलराज आचार्यलाई समेत प्रहरीले पक्राउ गरेको छ । सो औषधि उद्योगमा समेत प्रहरीले छापा मारेर महत्वपूर्ण कागजात तथा औषधि जफत गरेको छ । देउरालीका मुख्य संचालक हरिभक्त शर्मा चाहि फरार छन् ।

एसएसपी थापाले कुरा गर्दै बिरामीका आफन्त तथा सर्वसाधारणबाट दुई उद्योगबाट उत्पादित औषधिको मूल्यमा राज्यको दररेट भन्दा अधिक वृद्धि गरिएको गुनासो आएपछि प्रहरीले प्रारम्भिक रुपमा छानबिन गर्दा औषधिको मूल्यमा २५ देखि १ सय प्रतिशतसम्म वृद्धि गरिएको पुष्टि भएकोले छापा मारी संचालक तथा कर्मचारीलाई पक्राउ गरिएको स्पष्ट पारे । ‘हरेक व्यक्तिको जीवनमरणसँग जोडिएको औषधिजस्तो संवेदनशील वस्तुमा समेत राज्यलाई चुनौति दिई कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।’ एसएसपी थापाले भने–‘उनीहरुले कालोबजारी गरेको पुष्टि भइसकेको छ, आइतबार म्याद थपेर कालोबजारी ऐन अन्तर्गत पक्राउ परेका सबैविरुद्ध कडा कारबाही हुन्छ ।’

थापाले राजधानीका अन्य औषधि उद्योगको बिषयमा समेत गुनासो आएको र तिनीहरुको धन्दाको  बिषयमा छानबिन भइरहेको उल्लेख गर्दै दोषी देखिइने जोकसैलाई समेत नछाडिने स्पष्ट पारे । उनले सर्वसाधारणलाई कुनै औषधि उद्योगले फट्याईं गरेको भए र मनपरी मूल्य बढाएको भए प्रहरीमा उजुरी गर्न समेत अपील गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसको काँधमा बन्दूक राखेर राजतन्त्र फर्काउने भारतीय दाउ

काठमाण्डौ । ‘नेपाली कांग्रेसको अबको सभापतिमा शेरबहादुर देउवा र महामन्त्रीमा वीपी पुत्र सशांक कोइरालाले जित्दैछन्’, अहिले काठमाण्डौका बजार, सडक र गल्लीहरुमा यो हल्ला भूसको आगो झै फैलिएको छ । अझ कांग्रेसको १३ औं महाधिवेशनका प्रतिनिधि बसेका होटल, उनीहरुको बाक्लो जमघट हुने क्षेत्रमा त यो हल्ला भाइरल नै बनिरहेको छ । अहिले प्रतिनिधिहरु नै आपसमा प्रश्न प्रतिप्रश्न गर्न थालेका छन्–‘के देउवा र कोइरालाले नै बाजी मार्ने अवस्था हो ?’ धेरैलाई भ्रममा पार्न खोजे पनि देउवा र कोइरालाले जित्दैछन् भनेर नियोजित ढंगले नै हल्ला फैलाइएको र यसमा ठूलै शक्तिको चलखेल रहेको स्रोतहरुले दाबी गरेका छन् । आखिर यस्तो हल्ला मतदानको मुखमा कस्ले फैलायो होला ?

समाचार स्रोतका अनुसार शेरबहादुर देउवा र सशांक कोइरालाले बाजी मार्दैछन् भन्ने हल्ला विभिन्न शक्तिकेन्द्रहरुले नियोजित ढंगले नै फैलाएका हुन् । उनीहरुले हल्लालाई अझ धेरै भाइरल बनाई मतदाताहरुको मानसपटलमा प्रभाव पार्ने र जसरी भए पनि शेरबहादुर देउवा र सशांक कोइरालालाई जिताउने रणनीति लिएका छन् । यसरी नियोजित हल्ला फैलाइनु र विभिन्न भारतीय तथा नेपाली शक्तिकेन्द्र समेत देउवा र सशांक कोइरालाको पक्षमा लाग्नु पछाडि निकै ठूलो राजनीतिक ग्राण्ड डिजाइन रहेको उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाललाई हिन्दू राष्ट भएको हेर्ने भारतीय संस्थापन पक्षको चाहना देउवा र कोइरालाबाट मात्र सहज ढंगले संभव हुने शक्तिकेन्द्रको बुझाई छ । यही बुझाईका कारण भारतीय जनता पार्टीका केही नेताहरुको दवाबमा विभिन्न शक्तिकेन्द्रहरुलाई कांग्रेस महाधिवेशनको मुखमा परिचालन गरिएको छ । ‘तिनै शक्तिकेन्द्रबाट परिचालितहरुले अहिले सभापतिमा देउवाले जित्ने र महामन्त्रीमा चाहि सशांकले जित्ने हल्लालाई व्यापक बनाएका छन् ।’ स्रोतले भन्यो-‘यसभित्रको स्वार्थ भनेको हिन्दू राष्ट कायम गराउने र केही समयपछि राजतन्त्र पुनस्र्थापना गर्ने ठूलो ग्राण्ड डिजाइन हो ।’

उच्च स्रोतका अनुसार भारतीय संस्थापन पक्षले राजतन्त्र पुनस्र्थापनाको मुद्धामा रामचन्द्र पौडेल भन्दा शेरबहादुर देउवालाई बढी विश्वास गर्छ । देउवा दरबारिया हुन्, उनी आफैँ समेत राजतन्त्र पुनस्र्थापनाको पक्षमा छन् । उनले यसअघि विभिन्न बैठक तथा छलफलहरुमा समेत राजाको आवश्यकता औंल्याउँदै सार्वजनिक अभिव्यक्ति समेत दिने गरेका थिए । यसैगरी, महामन्त्रीका उम्मेद्वार सशांक कोइराला समेत कट्टर राजावादी हुन् । उनले त उम्मेद्वारी दिनुअघि बीबीसीलाई अन्तर्वार्ता दिंदै घुमाउरो ढंगले राजतन्त्र पुनस्थार्पना र राजतन्त्रको आवश्यकताको बिषयमा आफ्नो धारणा नै राखेका थिए । नेपालको समृद्धिका लागि हिन्दू राष्ट र राजतन्त्र हुनैपर्ने उनको भित्री अडान छ । देउवा र कोइरालाको हिन्दू राष्ट र राजतन्त्र पुनस्र्थापनामा कुरा मिल्ने भएकोले फरक फरक प्यानलबाट उठे पनि स्वदेशी तथा विदेशी एजेन्सी तथा तिनका प्रतिनिधि खुलेरै उनीहरुको पक्षमा माहौल सिर्जना गर्ने दौडमा लागेका छन् ।

देउवालाई नेतृत्वमा ल्याउनैका लागि भारतीय पक्षकै निर्देशनमा संस्थापनका प्रभावशाली मानिएका नेता कृष्ण सिटौलाले सभापतिमा उम्मेद्वारी दिएको समेत स्रोतको बुझाई छ । सिटौलाले संस्थापनको भोट काट्ने र त्यसले रामचन्द्र पौडेललाई असर गरी देउवाको जित सुनिश्चित हुने शक्तिकेन्द्रहरुको बुझाई छ । सिटौलाले समेत आफू निकै कमजोर हुँदा हुँदै पनि रामचन्द्रलाई कुनै पनि हालतमा सभापति बन्न नदिने उद्घोषसहित उम्मेद्वारी घोषणा गर्नुमा समेत यिनै शक्तिकेन्द्रहरुको खेल रहेको बुझिएको छ । पछिल्लो समय एक ब्रोडसिट दैनिकले गरेको नमूना मत सर्वेक्षणको क्रममा सिटौलाको पक्षमा निकै कम मत खसेको थियो । सिटौला आफैँलाई समेत आफ्नो निकै शर्मनाक हार हुने आँकलन भए पनि उनी बलीको बोको बन्न खोज्नुको पछाडि समेत यस्तै खेल रहेको बुझिएको छ ।

स्रोतका अनुसार शक्तिकेन्द्रहरुले केही दिनअघि देउवा निवासमा सिटौला, गगन थापा लगायतका नेताहरुको सहभागितामा छलफल आयोजना गरेका थिए । सो क्रममा अहिले सिटौलाले संस्थापनकै नेता भएर सभापतिमा उम्मेद्वारी दिने र रामचन्द्र पौडेललाई कुनै पनि हालतमा हराउने योजना तय गरिएको थियो । देउवाले जितेपछि महासमिति बैठक बोलाएर पार्टीको बिधान संसोधन गरी सिटौलालाई उपसभापति बनाउने गरी पदाधिकारीको संख्या थप गर्ने सम्झौता समेत भएको बुझिएको छ ।

अर्कोतर्फ संस्थापनबाट देउवा प्यानलमा प्रवेश गरी महामन्त्रीको उम्मेद्वारको रुपमा प्रस्तुत भएका कांग्रेसका लोकप्रिय र प्रभावशाली नेता अर्जुन नरसिंह केसीलाई समेत कमजोर पार्ने खेल शक्तिकेन्द्रहरुबाट खेलिएको स्रोतको दाबी छ । युवादेखि बूढा कांग्रेसीमाझ लोकप्रिय रहेका केसीले महामन्त्रीमा जिते आफूहरुको राजतन्त्र पुनस्र्थापनाको मुद्धा कमजोर हुने ठानेका शक्तिकेन्द्रहरुले उनको पारिवारिक मत समेत काटिइने आँकलनसहित ज्वाई गगन थापालाई सिटौला प्यानलबाट महामन्त्रीमा प्रस्तुत गरेका छन् । गगनको उम्मेद्वारीले केसीको मत काटिइने र त्यसले सशांकलाई जित्न सहज हुने शक्तिकेन्द्रको बुझाई भए पनि महाधिवेशन प्रतिनिधिहरुबीचमा चलेको लहर र केसीको पक्षमा देखिएको जनमतले सो खेल सफल हुने संभावना निकै क्षीण छ । महामन्त्रीका तीन उम्मेद्वारमध्ये देशभरिका कार्यकर्तालाई नामैले बोलाउने क्षमता र स्मरणशक्ति भएका केसी चुनावी दौडमा निकै अगाडि रहेका छन् । उनलाई हराउन शक्तिकेन्द्र लागे पनि उनको उचो व्यक्तित्वका कारण अन्ततः देउवालाई पनि राम्रै फाइदा पुग्ने देखिन्छ ।

भारतीय संस्थापन पक्षबाट परिचालित शक्तिकेन्द्रहरुकै इशारामा महाधिवेशनको मुखमा देउवा प्यानलमा कट्टर राजावादी नेता खुमबहादुर खड्का समेत समाहित भएका छन् । गोविन्दराज जोशी लगायतका नेताले समेत देउवालाई साथ दिनुमा राजतन्त्र पुनस्र्थापनाकै डिजाइन रहेको समेत स्रोत बताउँछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बीपीपुत्र भर्सेज महेन्द्रकुमारका छोरा ! साथमा ससुरा

२१ फागुन, काठमाडौं । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र नयाँ नेतृत्वको दौड उत्कर्षमा पुगेको छ । जारी १३ औं महाधिवेशनको बन्दसत्र सुरु हुँदा सबैको ध्यान भने भावी नेतृत्वको जोडघटाउमा केन्द्रित भइसकेको छ ।

बन्द सत्रअघि नै प्यानल घोषणा र उम्मेदवारी दर्ता भइसकेकाले महाधिवेशनको माहौल नेतृत्वकेन्दि्रत बनेको हो । यसपटक नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएकाले छनोटको दायरा फराकिलो भएको छ र मतदाता थप उत्साहित छन् ।

यस महाधिवेशनले सभापतिको कुर्सीमा कसलाई राख्ला भन्ने चासो सबैभन्दा बेसी हुने नै भयो । तर, अन्य पदहरुको दौड पनि कम्ति हेर्नलायक छैन । सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ, महामन्त्री पदमा ।

महामन्त्री पदका लागि फरक-फरक विशेषता बोकेका तीनजना प्रतिस्पर्धी मैदानमा छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल प्यानलबाट वीपीपुत्र शशांक कोइराला खडा भएका छन् । महामन्त्री कृष्ण सिटौलाले युवा नेता गगन थापालाई अघि सारेका छन् भने शेरबहादुर देउवा टीमबाट मैदानमा छन् अर्जुननरसिंह केसी ।

गगन भर्सेज शशांक

कांग्रेसभित्र मात्र नभएर बाहिर पनि आशालाग्दा युवा नेताका रुपमा लिइन्छन् गगन । त्यसैले उनले महामन्त्रीमा जित्लान् कि हार्लान् भन्ने चासो छ, कांग्रेसका मतदातामा मात्रै नभएर बाहिर पनि छ ।

महामन्त्रीका लागि यो त्रिपक्षीय भिडन्त जति रोचक छ, कसलाई मत दिने भन्ने निर्णय गर्न हरेक मतदातालाई कठिन पनि उत्तिकै छ

विद्यार्थी राजनीतिबाटै लोकप्रियता कमाएका गगन ४० वर्ष नकट्दै महामन्त्री पदको उम्मेदवार बनेका छन् । कपाल सेतै नफुलिकन पार्टीको नेतृत्वमा पुग्न योग्य नठानिने कांग्रेसमा उनको उम्मेदवारीले एउटा तरंग पैदा गरिदिएको छ ।

०६२/०६३ को दोस्रो आन्दोलनसँगै सडकबाट उदाएका गगन  गणतन्त्रको नारा घन्काउने पहिलो कांग्रेसीका रुपमा लिइन्छन् । कांग्रेस नेतृत्व संवैधानिक राजतन्त्रदेखि बेबी किङको बहसमा अल्मलिइरहेका बेला उनले सडकमा गणतन्त्रको नारा उरालेका थिए । त्यसयता उनको लोकप्रियताको पारो लगातार माथि उक्लियो र उनी अघिल्लो महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य चुनिए ।

गगनभन्दा बिल्कुलै फरक पृष्ठभूमि छ, महामन्त्रीका अर्का उम्मेदवार शशांकको । कांग्रेसभित्र उनको पृष्ठभूमि र योगदान खोतल्दा खासै उल्लेख्य भेटिँदैन । खासमा उनी राजनीतिमा आएको नै धेरै भएको छैन । राजनीतिमा आएपछि पनि उनी त्यति धेरै सक्रिय देखिएनन् । दोस्रो संविधानसभामा सांसद भए, तर एकपटक पनि रोष्टममा उभिएर बहसमा भाग लिएनन् ।

यद्यपि, यसको मतलब शशांक कमजोर उम्मेदवार भने होइनन् । उनको सबैभन्दा ठूलो शक्ति भनेको पारिवारिक विरासत हो । कांग्रेसमा पारिवारिक विरासतले ठूलो अर्थ राख्छ ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुन् शशांक । कांग्रेसमा अहिले पनि बीपीको नाम पुजनीय रुपमा लिइन्छ । कांग्रेसका नेतादेखि कार्यकर्तासम्म आफ्नो भाषणमा सकेसम्म बीपीको नाम लिन र उनको आदर्श, सिद्धान्तको चर्चा गर्न छुटाउँदैनन् । कांग्रेसका मतदाताले शशांकभित्र उनै वीपीको छवि खोज्ने प्रयास गर्दैछन् ।

यद्यपि, वीपीको छोरा हुनु मात्रै शशांकको योग्यता भने होइन । अनुभवका हिसाबले कमजोर भए पनि उनी पढेलेखेका बौद्धिक व्यक्तित्व हुन्, जसले कांग्रेसका मतदातालाई आकषिर्त गर्नेछ ।

विरासत खोज्दै जाने हो भने शशांकको भन्दा ठीक विपरीत छ गगनका लागि । उनका बुबाको नाम महेन्द्रकुमार थापा हो, जसको नामले गगनलाई चिनिँदैन, बरु गगनका बुबा भनेर चिनिन्छन् ।

गगनको पारिवारिक सम्वन्ध कांग्रेसकै नेता अर्जुननरसिंह केसीसँग छ । उनी केसीका ज्वाइँ हुन् । तर, त्यसअघि नै उनले गगन थापाको स्व-परिचय बनाइसकेका थिए ।

महामन्त्रीका दुई उम्मेदवार गगन र शशांकबीच तुलना गर्दा वैचारिक धरालतमा पनि गरिनुपर्छ । नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनसँग गगन कहीँ न कहीँ जोडिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको एजेन्डा कांग्रेसमा स्थापित गराउन गगनको भूमिका छ । गगनले सडकमा गणतन्त्रको नारा लगाउँदा कांग्रेसले विधानबाट राजतन्त्र हटाएकै थिएन । अहिले कांग्रेसको विधानमा मात्रै होइन, देशकै विधानमा गणतन्त्र संस्थागत भएको छ ।

शशांक भने गगनजस्तो अहिलेको राजनीतिक परिवर्तनको पूर्ण समर्थक होइनन् । यो परिवर्तनमा उनको खासै भूमिका पनि छैन । गणतन्त्र र धर्मरिपेक्षताको एजेन्डालाई शशांकले मनैदेखि आत्मसात गर्न नसकेको पछिल्लोपटक बीबीसी नेेपाली सेवालाई दिएको अन्तवार्ताबाट पनि देखिन्छ ।  उनले ‘पछाडि फर्कँदा के विग्रिन्छ ?’ भन्दै कांग्रेसभित्र नयाँ बहसको सिर्जना गर्न खोजेका छन् । नेतृत्वको परीक्षामा उत्रेकै समयमा उनले यो अभिव्यक्ति सभवतः जानिबुझी नै दिएका हुन् । यसबाट उनले अहिलेको परिवर्तनबाट असन्तुष्ट र नेपाललाई हिन्दूराष्ट्रका रुपमा हेर्न चाहने मतदाताहरुलाई पक्कै आकषिर्त गर्नेछन् ।

ज्वाइँ भर्सेज ससुरा

महामन्त्रीका लागि गगन र शशांकका बीचमा छन् अर्का उम्मेदवार अर्जुनरसिंह केसी । अर्जुन र गगनको भिडन्तको पाटो झनै रोचक छ । किनकि उनीहरु साख्खै ज्वाइँ-ससुरा हुन् ।

gagan and arjun narshing

कांग्रेसका पुराना हस्ती मानिने केसीका लागि महामन्त्री पदको दावेदारी विल्कुल अस्वभाविक होइन । क्षमताका हिसाबले पनि उनी गगन र शशांकभन्दा कम छैनन् । कांग्रेसमा केसीको पकड निकै रामो छ । उनी यसअघि संस्थापनमा थिए । र, अघिल्लो महाधिवेशनमा केसीले लोकप्रिय मत ल्याएका थिए । अहिले १३ औं महाधिवेशनको मुखमा अर्जुननरसिंह शेरबहादुर देउवा समूहमा गएर महामन्त्रीको उम्मेदवार भएका छन् ।

आफ्ना ज्वाइँ गगन थापा पनि महामन्त्रीमा उठ्दैछन् भन्ने जान्दा जान्दै केसीले सोही पदमा उम्मेदवारी दिएका छन् । यता, गगनले पनि ससुराको महामन्त्रीमा उम्मेदवारी घोषणा भइसकेपछि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

तर, अब यो ज्वाइँ-ससुराको मामला मात्रै रहेन । दुबैले तर्क गर्न सक्छन्, पारिवारिक सम्वन्ध अलग हो, राजनीति अलग हो । तर, बाहिर जे तर्क गरे पनि एक-अर्का विरुद्धको लडाईं उनीहरु दुबैका लागि पक्कै प्रितकर छैन ।

केसीको पाटोबाट हेर्दा उनको उम्मेदवारी अन्यथा लाग्दैन । किनकि राजनीतिक जीवनको उत्तरार्द्धमा रहेको र सभापति ताकिहाल्ने अवस्था नरहेकाले केसीले महामन्त्रीमा आँखा लगाएका हुन् । उनले भन्न सक्छन्, गगनको त समय छ, मेरो छैन ।

गगनको पाटोबाट हेर्दा पनि उनले गल्ती गरेको भन्न मिल्दैन । सिंगो देशको आशा बोकेको युवा नेताले पारिवारिक सम्वन्धका नाममा राजनीतिक करिअरमा सम्झौता गर्न सक्ने अवस्था थिएन । गगनलाई जति सक्दो चाँडो राजनीतिको खुड्किलो उक्लिनु छ । फेरि आफैंले १५ वर्षपछि राजनीतिबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।

मतदातालाई कठिन

सभापतिमा तीन उम्मेदवार भए पनि मुख्य भिडन्त पौडेल र देउवाबीच हुने अपेक्षा गरिएको छ । कृष्ण सिटौला यी दुईको जीत हारमा निर्णायक बन्न खोज्दैछन् ।

तर, महामन्त्रीमा भने सिटौला प्यानलका गगन सर्वाधिक चर्चामा छन् । उनको मुख्य भिडन्त शशांकसँग हुने अनुमान गरिएको छ । तर, देउवा समूहका उम्मेदवार भएकाले त्यहाँको समेत मत पाएको अवस्थामा केसी पनि कमजोर प्रतिद्वन्द्वी होइनन् । यस्तो अवस्थामा अब मतदाताले गगन, शशांक र अर्जननरसिंह केसीको व्यक्तिगत क्षमता तौलनुपर्ने हुन्छ, जुन  कांग्रेस कार्यकर्ताहरुका लागि निकै कठिन निर्णय हुन सक्छ ।

महामन्त्रीका लागि यो त्रिपक्षीय भिडन्त जति रोचक छ, कसलाई मत दिने भन्ने निर्णय गर्न हरेक मतदातालाई कठिन पनि उत्तिकै छ । यदि फरक- फरक पदमा उम्मेदवारी भएको भए मतदाताको रोजाइमा केसी, थापा र कोइराला तीनैजना उम्मेदवार पर्न सक्थे होला । किनभने, लोकप्रियताका हिसाबले कांग्रेसमा यी तीनैजना नेताहरु आ-आफ्नो ठाउँबाट अब्बल मानिन्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राष्ट्रपति भण्डारीलाई भेटे भगतसिंह कोश्यारीले

२१ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतको उत्तराखण्ड राज्यका पूर्वमुख्य मन्त्री तथा भारतीय लोकसभाका सांसद् भगतसिंह कोश्यारीले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा नेपाल र भारतबीच सदियौँदेखि जनस्तरमा रहि आएको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धका बारेका कुराकानी भएको थियो।
दुई देशबीचको सहयोग र हित प्रवद्र्धन गर्दै आपसी सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जानकारी दिए।
भेटका क्रममा भारतीय लोकसभामा पश्चिम चम्पारणबाट प्रतिनिधित्व गर्ने सांसद डा सञ्जय जैसवाललगायत नेपाल तथा भारतका उच्च अधिकारीको समेत उपस्थिती थियो । रासस

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चैतको पहिलो साता माओवादी एकताबारे टुंगो लाग्ने  

२१ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुंग्याउने सहमति भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच बिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो ।

माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनमा शुक्रबार महासचिव थापाले कार्यकर्तालाई एमाओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिए ।

उनले भने, ‘एकताको विषय उठेको दुई वर्ष पुग्न थाल्यो, सधैँ यही कुरा दोहोर्याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुंग्याउने गरी अगाडि बढेका छौँं ।’

बिहीबार राति तीन नेताबीच दुवै पक्षले एकता विरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति भएको उनले जानकारी दिए ।

माओवादी अध्यक्ष वैद्यले यही फागुन १४ गते प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै एमाओवादीसँग एकताको विषयमा कामभन्दा हल्ला धेरै भएको टिप्पणी गर्दै कसैलाई प्रधानमन्त्री बनाउन नभई क्रान्ति पूरा गर्र्ने सर्तमा मात्रै एकता हुने बताएका थिए ।

सोही प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन गर्दै महासचिव थापाले चैतको पहिलो हप्ताभित्र एकताको विषय टुङ्गिन लागेको बताएपछि माओवादी कार्यकर्ताबीच उत्सुकता छाएको छ । महासचिव थापाले एकताको विषयमा आफू र अध्यक्ष वैद्यबीच कुनै विवाद नरहेको बताए ।

उनले एकताका लागि एमाओवादीले केही दिनअघि सबै विषयमा स्पष्ट पार्दै पत्र पठाइसकेको र पत्रका बुँदा सकारात्मक भएको टिप्पणी गरे । उनले भने, ‘एमाओवादीको पत्र हेर्दा नयाँ संविधान राज्यसत्ताको स्वरुप र राष्ट्रियताका विषयमा उहाँहरु हाम्रो पार्टीको धारणासँग धेरै नजिक आइपुग्नुभएको छ, तर द्विअर्थी भएका केही शब्द अझ प्रस्ट पार्न आवश्यक छ ।’

एमाओवादीले पठाएको पत्रको केही दिनमै आफ्नो पार्टीले जवाफ पठाउने तयारी गरिरहेका उनको भनाइ थियो । उनले एमाओवादीले भन्दै आएको अबको समाजवादी आन्दोलनको स्वरुप र आफूहरुले भन्दै आएको जनवादी आन्दोलनको स्वरुप दुवै असफल साबित भइसकेकाले अब नयाँ रणनीति ल्याउन आवश्यक भएकामा जोड दिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अदालतको आदेश पनि मानेन विद्युत प्राधिकरणले

२१ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी स्वास्थ्य संस्थालाई वितरण गर्दै आएको डेडिकेटेड लाईन (फिडर लाईन ) गत फागुन ११ गतेबाट कटौती गरेपछि अस्पतालहरु बन्दहुने अवस्थामा पुगेका छन् ।

स्वास्थ्य क्षेत्रमा असर नपार्न र बन्द गरिएको बिद्युत सुचारु गर्न पुनरावेदन अदालतको आदेशपनि प्राधिकरणले बेवास्ता गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।

निजी स्वास्थ्यसंस्थाले दायर गरेको मुद्धामा पुनरावेदन अदालतले गत बुधबार उनीहरुकै पक्षमा फैसला सुनाएको थियो । तर प्राधिकारण अहिलेसम्म मौन छ ।

सरकारी निर्णय अनुसार नै २०६५ माघ १ गतेको सुचनाका आधारमा फिडर लाइन निजी स्वास्थ्य संस्थालाई उपलब्ध हुँदै आएको थियो । सरकारी निर्णय भएपनि त्यसका लागी आवश्यक सबै सामानहरु आँफैले बन्दोबस्त गरेर अस्पतालहरुले बिद्युत उपभोग गर्दै आएका थिए ।

राजधानीको ओम अस्पतालका डाइरेक्टर हरिस जोशीले भने,- ‘गत फागुन ५ गते गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर उर्जा संकटको कारण देखाउँदै फिडरबाट आएको सबै लाईन काट्ने विद्युत प्राधिकरणले निर्णय गरेसंगै फागुन ११ गतेबाट बिजुली काटेपछि अस्पतालहरुले अत्यावश्यकीय सेवा दिन असमर्थ भएका छन् ।’

यसअघि गत माघमा मात्रै प्राधिकरणले विगतमा लिदै आएको शुल्कमा तिन गुणाले बृद्धि गरेको थियो । ‘बृद्धि भएको तिन गुणा विद्युत महशुल पनि हामीले केहि नभनी तिरेका थियौ’ जोशीले भने ‘तर पनि प्राधिकरणले स्वास्थ्यजस्तो जटिल क्षेत्रान बिद्युत कटौती गरेको छ ।’

उनले सरकारले गरेको यस्तो व्यवहार विरामीले पाउने स्वास्थ्य उपचार प्रति खेलवाड भएको बताए । उनले भने, ‘सरकारी या निजी जेसुकै भएपनि अस्पताल भनेको संवेदनशील निकाय हो यसको सुनुवाई राज्यले गर्ने की नगर्ने ?’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नाकावन्दीका कारण चितवनका यातायात व्यवसायीले ४ करोड गुमाए  

राजेन्द्र अाचार्य

२१ फागुन, चितवन । गत असोजदेखि माघसम्म भारतले गरेको नाकाबन्दीका कारण करिव चार करोड घटा पुगेको चितवनका व्यवसायीहरुले बताएका छन् ।

चितवन माईक्रो वस यातायात व्यवसायी संघको १३ औ बाषिर्क साधारण सभामा बोल्दै जिल्लाका व्यवसायीहरुले इन्धन अभावले यो क्षेत्रले ४ करोड बढी नोक्सानी खेप्नु परेको जानकारी गराए ।

कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले यातायात क्षेत्रको विकासका लागि सबै व्यवसायीहरु मिलेर एकीकृत कार्ययोजनासहित अघि बढ्नुपर्ने बताए ।

‘जिल्लामा ९ वटा संस्थाका गरि १५ सय बढी सवारी साधन छन्’- संघका अध्यक्ष कपिल पाण्डेले भने-‘५० प्रतिशत मात्रै गाडी चालाउन हामीले सक्यौ, तर पनि अझै चितवनमा इन्धन असहज नहुदां ४ करोड बढी नोक्सान भएको छ ।’

सभामा बाल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्दि्रय सल्लाहकार प्रभुप्रसाद गुप्ताले नाकावन्दी वीरगञ्जमा रहेको यातायात कार्यालय समेत लामो समय सम्म बन्द हुँदा सावारी नविकरण र बैंक व्याज समेत व्यवसायी तिर्न नसक्ने अवस्था रहेको भन्दै यस तर्फ सरकारले ध्यान दिन आग्रह गरे ।

यस्तै सभालाई सम्बोधन गर्दै नेपाल यातयात व्यवसायी संघका अध्यक्ष मित्रराज केसीले, सरकारले सिन्डीकेट प्रथा खारेज गरे पनि अझै हट्न नसकेको भन्दै स्वच्छ प्रतिस्पर्धा नभएसम्म यातायात क्षेत्र धरासायी हुने बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल र बंगलादेशका सरकारी सञ्चारमाध्यमबीच सहकार्य हुने

२१ फागुन, काठमाडौं । नेपाल र बङ्गलादेशका सरकारी सञ्चारमाध्यमबीच समाचार आदान-प्रदान एवम् पारस्परिक सहकार्यको सैद्धान्तिक सहमति भएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राई र उनका बङ्गलादेशी समकक्षी हसनुल हक इनुबीच शुक्रबार भएको भेटवार्तामा दुई मुलुकका सरकारी सञ्चारमाध्यमबीच सूचना आदान प्रदान गर्ने सहमति भएको हो ।

राष्ट्रिय समाचार समिति (रासस) र बङ्गलादेश सङ्घवाद संस्था (बासस), रेडियो नेपाल र बङ्गलादेश बेतार तथा नेपाल टेलिभिजन र बङ्गलादेश टेलिभिजन (बिटिभी) बीच सूचना र समाचारको आदान-प्रदान गर्ने सम्बन्धि समझदारीपत्रमा निकट भविष्यमा हस्ताक्षर गर्न दुबै मुलुकका सञ्चारमन्त्रीले सैद्धान्तिक सहमति जनाएका हुन ।

पहिलो चरणमा रासस र बाससबीच सम्झौता हुनेछ भने त्यसपछि क्रमस टिभी र रेडियोबीच सम्झौता हुने बताइएको छ । सम्झौताका लागि सम्बन्धित पक्षलाई निर्देशन दिने र सम्झौताको मस्यौदा राजदूतावासमार्फत टुंगो लगाइनेछ ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि दुबै देशका राष्ट्रिय सूचना आयोगबीचको सहकार्यबारे आफूलाई जानकारी भएको र द्विपक्षीय समझदारी गर्न नेपाल तयार रहेको पनि मन्त्री राईले बताए ।

नेपालका श्रमजीवी पत्रकारलाई व्यावसायिक उत्तरदायित्वबाट मर्यादित बनाउने उद्देश्यले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना हुन लागेको जानकारी दिँदै मन्त्री राईले बङ्गलादेशले त्यस क्षेत्रमा हासिल गरेका उपलब्धि नेपालका निम्ति उपयोगी हुने बताए ।

प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न भारतको राजकीय भ्रमण र त्यस क्रममा भएका सम्झौताले बङ्गलादेश र नेपालबीचको पारवहन मार्ग सञ्चालनलाई मूर्त रुप दिएकाले द्वि-देशीय व्यापार विस्तार र लगानीका ढोका खुलेको मन्त्री राईको भनाई थियो ।

उहाँले प्रेस इन्स्टिच्युट अफ बङ्गलादेशले पत्रकारितासम्बन्धी विविध तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै नेपालका श्रमजीवी पत्रकारहरुलाई तालिमका निम्ति स्वागत गर्न बङ्गलादेश तयार रहेको बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुपारी हामीले नै समातेको होः मेची भन्सार प्रमुख

२१ फागुन, झापा । काँकडभिट्टाबाट भन्सार अधिकारीकै मिलोमतोमा सुपारी तस्करी भएको भन्ने खबरको मेची भन्सार कार्यालयले प्रतिवाद गरेको छ । कर्मचारीको मिलेमतोमा सुपारी तस्करी भएको नभई भन्सारका कर्मचारीले चाँहि तस्करीका सामान पक्राउन गर्न भूमिका खेलेको दाबी भन्सार कार्यालयले गरेको छ ।

भन्सारलाई प्राप्त गोप्य सूचनाका आधारमा आफ्नै परिसरबाटै सुपारी पक्राउ गरिएको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।

अधिकारीले भन्सारले नै सुपारी नियन्त्रणमा लिएर प्रहरी र सञ्चारमाध्यमको रोहबरमा खोलिएको बताए । अधिकारीले सुपारी तस्करी हुन लागेको भन्ने पहिलो सूचना आफैंलाई आएको बताउँदै यो घटनाको प्रतिवेदक नै भन्सार नै भएको बताए ।

घटनाबारे भन्सार प्रमुख अधिकारीले यसो भन्छन्-

सामान्यतया निकासी हुने वस्तुमा हामी कडा किसिमको जाँच हुँदैन । निकासीलाई प्रोत्साहन गर्ने र प्राथमिकता दिने सरकारी नीति अनुरुप नै हामी जाँचपास सहज गराउँछौं ।
bhim-adhikari-mechi-vansarतर, हामीले सुपारी तस्करीबारे सुक्ष्म निगरानी गरिरहेका छौं । समान्यतयाः मेची भन्सारमा सयौं गाडी निकासीका लागि आउने र जाने क्रमा चलिरहेकै हुन्छ ।  कुचो लोड भएको भनिएको गाडीमा सुपारी नै हुन्छ भन्ने अनुमान हाम्रो थिएन ।

तर, मलाई कार्यलय बाहिर रहँदा नै एकजना सर्वसाधरणले भन्सारको यार्डमा कुचो बाकेको भनिएको गाडीमा सुपारी रहेको भन्ने गोप्य सूचना दिए । त्यसलगत्तै मैल भन्सार अधिकृतहरुलाई फोनमार्फत सबै कुचो बाकेका गाडीको जाँच पास रोक्न निर्देशन दिएँ र एलर्ट गराएँ ।

त्यसपछि म कार्यालय आएँ । मेचीको इलाका प्रहरी कार्यालय, भन्सार भित्रै रहने सशस्त्र प्रहरी बलसहित मिडिया बोलाइयो ।

सबै पक्षको रोहबरमा नै संकास्पद गाडीलाई खोलिएको हो । सूचना अनुरुप नै गाडीमा अवैध रुपमा निकासी गर्न लागिएको सुपारी भेटियो । हामीले दिएको सूचनाकै आधारमा प्रहरी पनि भन्सार आएको हो ।

हामीले सुपारी तस्करीबारे गरेको सुक्ष्म निगरानीकै कारण हामीलाई यस्तो महत्वपूर्ण गोप्य सूचना पनि आएको हो । बाहिर प्रचार गरिएजस्तो भन्सारका उच्च अधिकारी संलग्न भएर तस्करी हुन लागेको भए किन हामी प्रहरी र मिडिया बोलाउँथ्यौं होला र ?

सुपारी पक्राउ परेलगत्तै मैले मिडियामा प्रतिक्रिया पनि दिएको थिएँ । तर, त्यो प्रतिक्रिया नै नराखी एकपक्षीय रुपमा समाचार आयो । यो घटनाको प्रतिवेदनको प्रतिवेदकमध्ये म पनि एक हुँ । हामीलाई सूचना दिने व्यक्ति, प्रहरीलगायत पनि प्रतिवेदक हुन् ।

पक्राउ परेका सहचालकको वयान लिने काम भन्सार कार्यालयमै चलिरहेको छ । फरार भनिएकाहरुलाई पक्राउ वारेन्ट जारी गर्छौं । उनीहरु सबैलाई भन्सार ऐन २०६४ अनुसार कारवाही हुन्छ । हामीले हाम्रो काम गर्ने हो, यो विषयमा मैले मेरो माथिल्लाे निकायमा पनि जानकारी गराइसकेको छु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पले क्षतिग्रस्त बिद्यालय ३ बर्षभित्र निर्माण गर्न शिक्षामन्त्रीको निर्देशन

२१ फागुन, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पबाट ध्वास्त भएको विद्यालयको संरचना तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार पुनःनिर्माण प्राधिकरण र अर्थमन्त्रालयका अधिकारीहरुसँग भएको बैठकमा मन्त्री पोखरेलले भइसकेको कामलाई तीब्रता दिनसमेत आग्रह गरे ।

‘विद्यालय घर पछिको दोस्रो आश्रय स्थल हो । बालबालिकाहरु घरबाट निस्केपछि विद्यालयमै समय विताउँछन्,’ मन्त्री पोखरेलले भनेे, ‘त्यसैले यसको निर्माण तीन वर्षभित्रै सक्नेगरी पहल गर्न म तँपाई सम्बद्ध सबैलाई आग्रह गर्दछु ।’

भूकम्प प्रभावित भौतिक संरचनाहरुको पुनःनिर्माण प्राथमिकीकरणको क्रममा विद्यालयलाई तेस्रो स्थानमा राखिएको छ । सरकारले भत्किएका विद्यालयको पुनःनिर्माणको काम पाँच वर्षभित्र सक्ने लक्ष राखेको छ । तर मन्त्री पोखरेलले विद्यालय पुनःनिर्माणलाई दोस्रो प्राथमिकतामा राखिनुपर्ने बताएका थिए ।

अहिलेसम्म निर्माण आरम्भ नभएका विद्यालयहरुको निर्माण अब एकै पटक शुरु गर्नुपर्ने भन्दै उनले प्राधिकरण र अर्थका अधिकारीहरुलाई त्यसै अनुसार सहयोग गरिदिन आग्रह गरे । बैठकमा प्राधिकरणका सिईओ शुशिल ज्ञवालीले हालसम्म भएका कामको बारेमा जानकारी गराएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौं टावर सम्झौतामा २९ तले, नक्सामा भने १२ मात्रै !

२१ फागुन, काठमाडौं। सम्झौताभन्दा फरक तरिकाले नक्सा पास हुँदा राजधानीको पुरानो बसपार्क (रत्नपार्क) मा निर्माण गर्न लागिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित भएको छ ।

काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार  टावर निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपश्चात् टावर निर्माणसम्बन्धी फरक निर्णय भएकाले हालसम्म पनि निर्माणको प्रक्रिया अघि बढ्न नसकेको हो ।

भवनको निर्माण गत वैशाखको अन्तिमबाट सुरु गर्ने भनिए पनि भूकम्प तथा त्यसपछिका परकम्प र भूकम्पपश्चात् भवन निर्माणको मापदण्डमा फेरबदल भएकाले काम सुरु हुन समस्या भएको प्रमुख काफ्लेले बताए ।

भूकम्पपूर्वको योजनाअनुसार टावर २९ तल्ला बनाउने रहेको थियो । भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाइने र १२ तल्लाको बनाउनका लागि नक्सा पास भएको छ ।

सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ । महानगरपालिकाले टावर निर्माणका लागि जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् ।

काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ भने नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

सो टावरको लागत तीन अर्ब ५० करोड रूपैयाँ पुग्ने अनुमान गरिएको महानगरपालिकाले जानकारी दिएको छ । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहनेछ ।

त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सो भवन नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ ।

निर्माणको समयमा पुरानो बसपार्कको सवारीसाधन व्यवस्थापनको उपयुक्त विकल्प निश्चित नहुँदा पनि समस्या भएको महानगरले बताएको छ ।

पुरानो बसपार्कको विकल्पका रूपमा तीनकुने, नयाँबसपार्क र रत्नपार्कलाई राखिएको छ । सोही तीन स्थानमध्ये कुनै एक स्थानलाई निर्माणको समयभरि पार्क गर्ने स्थान बनाइने बताइएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शेखर कोइराला भन्छन्- पहिलो चरणमै नतिजा आउँछ

२१ फागुन, काठमाडौं । रामचन्द्र पौडेलको प्यानललाई सघाइरहेका कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको सभापति पदको चुनावी नतिजा पहिलोचरणमै आउने दाबी गरेका छन् । तर, यो चुनावमा कसले जित्ला ? कोइरालासँग गरेको छोटो कुराकानी यस्तो छः

संस्थापनबाटै दुईवटा प्यानल देखिएका छन् । पहिलो चरणमै परिणाम आउने सम्भावना छ ?

संस्थापन र शेरबहादुर ग्रुप चिन्दिँन । यहाँ दुई बलिया उम्मेदवार छन् रामचन्द्र पौडेल र शेरबहादुर देउवा । सिटौलाजीको कतै कहीँ म देख्दिनँ ।

नजिते पनि पहिलो चरणमा परिणाम आउन त गाह्रो होला ?

पहिलो चरणमै नतिजा निस्कन्छ । जो जित्छ, पहिलो चरणमै जित्छ । म कुनै पक्षको कुरा गरिरहेको छैन । म कसैको पक्षमा पनि होइन, विपक्षमा पनि होइन । तर, मैले कार्यकर्ताको भावना बुझेर भन्दैछु ।

रामचन्द्र पौडेललाई सुजाताको समर्थनले के फरक पर्छ ?

मैले तपाईलाई पटक-पटक भनेको थिएँ कि हामी कोइरालाहरु फुट्दैनौं, एक ठाउँमा उभिन्छौं । त्यो आज सही सावित भयो ।

यसको अर्थ, कोइराला परिवारले शशांकलाई नेताका रुपमा अघि सार्‍यो भन्न मिल्छ ?

हाम्रो वीचमा प्रतिस्पर्धा छ । शशांक, मेरो र सुजाताका बीचमा ।

तर, शशांक त महामन्त्रीको उम्मेदवार भइसक्नु भो नि ?

अहिले भनेको होइन मैले । राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्‍यो नि त ।

योपटक कांग्रेस महाधिवेशनमा धेरै युवाहरु आएका छन् भनिएको छ । महामन्त्रीमा शशांकसँगै गगन र अर्जुननरसिंह केसी हुनुहुन्छ । यसले कस्तो असर गर्ला ?

कांग्रेस ट्रेडिसनल पार्टी हो । मान्छे धेरै चाँडै माथि जान खोज्यो भने तल पनि सरर र्झछ । कांग्रेसका धेरै मानिसले बुझेका छन् । र, महाधिवेशन प्रतिनिधिहरुले झन बुझेका छन् । तलबाट लड्दै आएका मानिसहरुले सबै कुरा बुझेका छन्, हतार गरेर माथि चढ्न हुँदैन । गगनजीले के सोचेर महामन्त्रीमा उम्मेदवारी दिनुभो, त्यो पनि सिटौलाजीको प्यानलमा ? मैले बुझेको छैन ।

मैले त सम्झाएको थिएँ कि तिम्रो अहिले उमेर के भएको छ र भनेर । त्यतिमात्र होइन, बरु हामीसित मिलेर लड, राजनीति सबै कुरा होइन, पारिवारिक कुरा पनि हुन्छ, भनेको थिएँ ।

तपाईले यो महाधिवेशनमा मधेस निर्णायक फ्याक्टर हो भन्नुभएको थियो । तीन समूहले कोषाध्यक्षमा मधेसबाटै उम्मेदवार बनाएको छन् । यसमा के भन्नुहुन्छ ?

सीता यादवजीको जीत सुनिनिश्चित भइसक्यो ।

कसरी डाक्टरसा’ब ?

भोट कांग्रेसका कार्यकर्ताले दिने हो । चित्रलेखाजीको मन्त्रीको कार्यकाल कस्तो रहृयो, मान्छेले हेर्छन् नि त ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुगौली सन्धि जलाउन खोज्दा एक दर्जन पक्राउ

२१ फागुन, काठमाडौं । लैनचौरस्थिति भारतीय दूतावास अगाडि नेपाल र बेलायतबीचको सुगौली सन्धि जलाउने प्रयास गर्दा एक दर्जन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका ती युवाहरुलाई महाराजगञ्जस्थित प्रहरी वृत्तमा राखिएको छ ।

सुगौली सन्धि भएको दुई सय वर्ष पुगेकै दिन मोर्चाले लैनचौरस्थित भारतीय दूतावास अगाडि सन्धिको प्रतिलिपी जलाउने कार्यक्रम राखेको थियो । ग्रेटर नेपालको ब्यानरसहित दूतावासतर्फ जाने क्रममा प्रहरीले उनीहरुलाई भारतीय बाटैमा रोकेको थियो । मोर्चाका युवाले त्यहिँ नै सन्धि जलाउन खोजेपछि प्रहरीले सबैलाई पक्राउ गरी भ्यानमा हाल्यो । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीले नारावाजी गरेका थिए ।

सन् १८१६, मार्च ४ मा नेपाल र बेलायतबीच भएको सुगौली सन्धिपछि नेपालले पूर्वमा टिष्टापारी र पश्चिममा सतलजपारीको भूमि नेपालले गुमाएको थियो । नेपालले गुमाएको भुमि फिर्ता हुनुपर्ने मागका साथ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आन्दोलन गर्दै आएको मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए । उनले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै निन्दा गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं