रमेश धमला
२१ फागुन, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको औषधि उद्योगमा प्रहरीले सिल गरेको छ ।
काठमाडौं परिसरबाट खटिएको विशेष टोलीले महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको लुमस प्राइभेट लिमिटेड र हरी भक्त शर्माको जनता देउराली नामको औषधि कम्पनीमा छापा मारेर त्यहाँ रहेका ओषधि सिलबन्दी गरेको हो ।
प्रहरीको टोलीलेे प्रदिपजंग पाण्डेका दुई छोराहरु प्रबलजंग पाण्डे र प्रचोलजंग पाण्डेलाई नियन्त्रणमा लिएको छ । त्यस्तै जनता दउरालीका महाप्रबन्धक निलराज आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदिपजंग पाण्डेको उत्तरढोका स्थित लुमस प्रालिको गोदाम तथा कार्यलयमा तथा जनता देउराली र्फमास्युटिकल्स उद्योग हात्तिसार स्थित गोदाम तथा कार्यलयमा छापा मार्दा तोकिएभन्दा उच्च मूल्यमा औषधि बिक्री गरेको पाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।
सरकारले गत साउन १८ गते राजपत्रमा सुचना प्रकाशन गरी अत्यावश्यक औषधिको मूल्य तोकेको थियो । उक्त मुल्य माघ महिना सम्म लागु गर्न भनिए पनि जनता देउराली र लुमसले अटेर गरेर हरेक औषधिमा अधिक मूल्य तोकेको भेटिएको छ ।
एसएसपी थापाले भने,-‘जनताको जीवनसँग सरोकार राख्ने औषधि जस्तो वस्तुमा सरकारले तोकेको मूल्य भन्दा बढी लिएका छन त्यसैले काठमाडौंका सिडियो र हामीले संयुक्त रुपमा छापा मारेका हौं ।’
महिनौं सम्म सरकारले तोकेको भन्दा बढी मुल्य राखेर औषधि विक्रि गर्नेहरुलाई कालोबजारी ऐन अन्र्तगत मुद्धा चलाइने एसएसपी विक्रम सिंह थापाले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment