२२ फागुन, काठमाडौं । सामान्य अवस्थाभन्दा नैनिक करिब साढे दुई लाख लिटर इन्ध वितरण भए पनि बजारमा अभाव अझै कायम छ ।
नेपाल आयल निगमले सामान्य अवस्थामा भन्दा प्रतिदिन एक लाख लिटरभन्दा बढी पेट्रोल र सोही अनुपातमा डिजेल बिक्री गरे पनि पम्पमा इन्धन लिने उपभोक्ताको संख्या नघटेको आजको अन्नपूर्णमा समाचार छ ।
निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा खपत हुने इन्धनको परिमाणभन्दा बढी इन्ध बिक्री हुँदै आएको छ । निगमले इन्धन खरिद गरेर घरमा मौज्दात गर्ने प्रवृत्ति बढेकाले उपभोक्ताको लाइन नघटेको जनाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार निगमले बिदाबाहेकका दिनमा इन्धन बिक्री गर्दै आएको छ ।
फागुन १५ गतेसम्म तीन दिन सार्वजनिक विदा र ७ गते प्रजातन्त्र दिवसबाहेक ११ दिनमा उपत्यककामा एक करोड १२ लाख ९२ हजार लिटर इन्धन वितरण गरिएको छ ।
सामान्य अवस्थामा उपत्यकामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजेल माग छ । तर, निगमले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक पेट्रोल चार लाख ६९ हजार लिटर र डिजेल पाँच लाख ५७ हजार लिटर बिक्री भएको देखिन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment