Friday, March 4, 2016

एमालेले जे भन्छ त्यो पूरा गरेरै छाड्नेः प्रधानमन्त्री ओली

नुवाकोट, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानका पिता भन्नेहरुलाई नै आफ्नो पार्टीले कठालो समातेर संविधान लेख्न लगाएको बताउनुभएको छ ।

नेकपा एमाले नुवाकोटको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शुक्रवार प्रधानमन्त्री ओलीले संविधान लेख्दा लेख्दै छाडेर भाग्ने र लेख्दै नमान्नेहरु अहिले आफूलाई संविधान र गणतन्त्रका पिता भन्न रुचाउने गरेको बताउँदै उहाँले एमालेको प्रमुख भूमिका नभएको भए देशमा संविधान नै बन्न नसक्नेसमेत दावी गर्नुभयो । उहाँले संविधान संविधान बनेपछि जनताका हक अधिकार स्थापित भएको बताउँदै संविधानले जनताका हक अधिकार स्थापित गराएकोले अब देश समृद्धिको बाटोतर्फ अघि बढेको बताउनुभयो ।

अर्को प्रसंगमा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले नेपाली कांग्रेसको महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउने दावी गर्नुभयो । कतिपयले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नभई कांग्रेस पनि सरकारमा आउने दावी गर्नुभयो । उहाँले राजनीति र देशमा एमालेले जे भन्छ त्यही लागू हुने, देश र जनताको निम्ति एमालेको निती प्रभावकारी रहेको बताउँदै देशको आर्थिक विकास र समृद्धिको लागि एमालेले जे भन्छ त्यो पूरा गरेरै छाड्ने बताउनुभयो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले गुटगुपगुटबाट माथि उठेर कार्यकर्ताको भावना अनुसार एमालेलाई सशक्त पार्टीको रूपमा उभ्याउन सुझाव दिनुभयो ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा नेकपा एमाले नुवाकोटको संगठन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने युवराज कार्की, सुरेश कार्की, नरनाथ लुइटेल, महेन्द्रबहादुर पाण्डे, राजेन्द्रप्रकाश लोहनी, गोविन्द नेपालीलगायतलाई सम्मान गरिएको थियो । एमाले अधिवेशन तीन दिनसम्म चल्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment