Friday, March 4, 2016

कांग्रेस महाधिवेशनमा देखिएका यी चार गल्ति, जसले बेइज्जत गरायो (फोटो फिचर)  

– कमलराज भट्ट

काठमाडौं, २० फागुन । विहीबार भएको नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा गम्भीर त्रुटी भएको छ ।

आयोजकको अपरिक्वता पुरै झल्किनेगरी चार वटा गल्ति भएका हुन् । ती गल्तिले कांग्रेसीहरुको बेइज्जत गराएको छ भने अग्रजहरुको अपमान भएको ठहर गरिएको छ ।

नयाँ नेतृत्वका लागि आजबाट महाधिवेशन सुरु भएको कांग्रेसमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्ण सिटौलाले फरक फरक प्यानलसहित मैदानमा उत्रिएका छन् ।

Congress-6

पहिलो गल्तिः मौनधारण गरिएन

कुनै पनि कार्यक्रममा अग्रजको सम्झना तथा ज्ञात अज्ञात सहिदहरुको सम्मानमा मौन धारणा गराउने प्रचलन रहिआएको छ । तर, विपी कोइराला जस्ता महामानव संस्थापक रहेको कांग्रेसमा १३ औं महाधिवेशनको उदघाटन समारोह कार्यक्रमको कार्यसूचीमा मौन धारण नै राखिएन् । जसका कारण अग्रजहरुको अपमान भयो । अरुलाई नसम्झिएपनि विपी, गणेशमान, सुर्वणसम्शेर, गिरिजा र सुशीललाई सम्झिनुपर्ने भन्दै कार्यकर्ताले आवाज उठाएपछि बीचको समयमा मौन धारण गरिएको थियो । अग्रजलाई अपमानित गर्दा कांग्रेसीजनको शिर निहुँरिएको थियो ।

दोस्रो गल्तिः राष्ट्रगान बजाइएन

सार्वजनिक कार्यक्रम गर्दा राष्ट्रगान बजाउने परम्परा हुन्छ । अहिलेसम्म भएका हरेक कार्यक्रममा देशको पहिचान झल्काउने राष्ट्रगान बजाउने चलन छ । विदेशी नेताहरु पनि सहभागी कार्यक्रममा राष्ट्रगान सुनाउने सौभाग्य पनि कांग्रेसलाई थियो । तर, कार्यक्रममको सूचीअनुसार राष्ट्रगान पनि बजाइएन् । कार्यक्रम सञ्चालन गरिरहेका नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव ऋषिकेश तिवारीलाई बारम्बार चिट लेखेर पठाएपछि नेताहरुको बोलेको समयमा राष्ट्रगान बजाएका थिए । यो घटनाले पनि कांग्रेसीजनको बेइज्जत गर्यो ।

Congress-4

तेस्रो गल्तिः संस्थापकलाई माल्यापर्ण गरिएन

कार्यक्रमको सुरुवातमै संस्था अथवा संगठनका संस्थापकहरुको फोटोमा माल्यापर्ण गरी सम्मान व्यक्त गर्ने प्रचलन जुनसुकै कार्यक्रममा पनि हुन्छ । तर, कांग्रेसमा मनपरी ढंगले कार्यक्रम चलाइयो । माल्यापर्ण पनि गरिएन् । दर्शकदिर्घाबाट ठूलो स्वरमा हुटिङ भएपछि मात्रै कार्यक्रमको बीचमा विपी, गणेशमान, गिरिजा र सुशील कोइरालाको तस्वीरमा माल्यापर्ण गरिएको थियो । जसले कार्यक्रमलाई नै खल्लो बनायो । यो बीचमा धमाधम कम्पलेन आउन थालेपछि कार्यक्रम सञ्चालन गरिरहेका तिवारीले मञ्चबाटै क्षमायाचना गरेका थिए ।

चौथो गल्तिः ‘सुशील दा सम्झना’ स्मारिका विमोचन

महाधिवेशन उदघाटन समारोहमा चौथो गल्तिका रुपमा देखियो नेताहरुको तिक्तता । कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको सम्झनामा कांग्रेस प्रचार विभागबाट प्रकाशन भएको ‘सुशील दा सम्झना’ स्मारिका विमोचन गरियो । सामान्यतया पुस्तक विमोचन गर्दा कसले सम्पादन गर्यो । कसेले लेख्यो भन्ने कुरा खुलाइन्छ र अतिथिहरु सबै उठेर विमोचन गर्छन् । तर, महाधिवेशनमा समारोहमा त थुप्रै नेता थिए तर, विमोचनका बेला कोही नेता उठेनन् । जबकी रामचन्द्र पौडेलले एक्लै उठेर किताब विमोचन गरे । अरु हेरेका हर्यै थिए । परम्पराअनुसार सबै नेताहरु उठेर श्रद्धान्जली दिनुपर्ने थियो तर, गरेनन् ।

krishna-situla prachanda Prakashman-Sing Ramchandra-Paudel Sherbhadur-deubaCongress Congress-1 Congress-2 Congress-3


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment