२२ फागुन, काठमाडौँ । सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठक चैत १ देखि ४ गतेसम्म पोखरामा हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले सार्कको परराष्ट्रमन्त्रीस्तरीय ३७औँ बैठक पोखरामा हुन लागेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । बैठकले उक्त सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकका लागि तीन वटा समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
सार्कको परराष्ट्रस्तरीय बैठकका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा समिति, परराष्ट्रसचिव शङ्करदास बैरागीको नेतृत्वमा छ सदस्यीय समिति र परराष्ट्रमन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईको नेतृत्वमा पाँच सदस्यीय कार्यक्रम समिति गठन गर्ने निर्णय गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment