मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर २६ वर्ष पूरा भएकी छिन् । नायिकाको साथै उनी गायिका पनि हुन् । पछिल्लो एक चलचित्रमा गीत पाएपछि उनी गायिकाको रुपमा समेत चिनिइन् ।
उनको जन्म ३ मार्च सन् १९८९ मुम्बईमा भएको थियो । उनका बुबा शक्ति कपुर पुराना अभिनेता हुन् भने आमा शिवांगी कपुर नायिका एवं गायिका हुन् । उनका दाई सिद्धान्त कपुर पनि बलिउडमा संघर्षरत छन् ।
उनका बुबा पञ्जाबी संस्कारका हुन् भने आमा मराठी संस्कारमा हुर्किएकी थिइन् । श्रद्धाको सानो वेलाको साथी वरुण धवन हुन् । श्रद्धालाई सानोमा ‘चिरकुट’ भनेर बोलाउाथे ।
उनले मुम्बइको जमनाबाइ नर्सरी स्कुल र अमेरिकन स्कुल अफ बम्बेवाट पढाई पुरा गरेकी थिइन् । उनी वोष्टर्न युनिभर्सिटीमा पनि भर्ना भएकी थिइन् । सानोमा श्रद्धा फुटवल र भलिवल खेलसँग जोडिएकी थिइन् ।
फेसबुकमा फोटो देखेपछि फिल्मकर्मी अम्बिका हिन्दुजाले श्रद्धा कपुरलाई हिन्दी चलचित्र ‘तीन पट्टी’ मा लिएका थिए । फिल्ममा अरु थुप्रै चलेका कलाकार थिए । तर, फिल्म चलेन ।
मोहित सुरी निर्देशित ‘आशिकी-२’ मा अभिनय गरेपछि उनको चर्चा एकाएक बढेको थियो । फिल्मको गीत फिल्म रिलिज हुनु अघि नै चर्चित भयो भने फिल्मले एकसय करोड बढी कमाई गरेको थियो ।
उनको नाम प्राय आदित्य राय कपुरसँग जोडियो । तर, अहिलेसम्म उनीहरुको सम्बन्धको पुष्टि भएको छैन । यो वर्ष श्रद्धाले बागी, रक अन-२ र ओक जानुको सुटिङ गरेकी छिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment