Friday, March 4, 2016

सुपारी हामीले नै समातेको होः मेची भन्सार प्रमुख

२१ फागुन, झापा । काँकडभिट्टाबाट भन्सार अधिकारीकै मिलोमतोमा सुपारी तस्करी भएको भन्ने खबरको मेची भन्सार कार्यालयले प्रतिवाद गरेको छ । कर्मचारीको मिलेमतोमा सुपारी तस्करी भएको नभई भन्सारका कर्मचारीले चाँहि तस्करीका सामान पक्राउन गर्न भूमिका खेलेको दाबी भन्सार कार्यालयले गरेको छ ।

भन्सारलाई प्राप्त गोप्य सूचनाका आधारमा आफ्नै परिसरबाटै सुपारी पक्राउ गरिएको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।

अधिकारीले भन्सारले नै सुपारी नियन्त्रणमा लिएर प्रहरी र सञ्चारमाध्यमको रोहबरमा खोलिएको बताए । अधिकारीले सुपारी तस्करी हुन लागेको भन्ने पहिलो सूचना आफैंलाई आएको बताउँदै यो घटनाको प्रतिवेदक नै भन्सार नै भएको बताए ।

घटनाबारे भन्सार प्रमुख अधिकारीले यसो भन्छन्-

सामान्यतया निकासी हुने वस्तुमा हामी कडा किसिमको जाँच हुँदैन । निकासीलाई प्रोत्साहन गर्ने र प्राथमिकता दिने सरकारी नीति अनुरुप नै हामी जाँचपास सहज गराउँछौं ।
bhim-adhikari-mechi-vansarतर, हामीले सुपारी तस्करीबारे सुक्ष्म निगरानी गरिरहेका छौं । समान्यतयाः मेची भन्सारमा सयौं गाडी निकासीका लागि आउने र जाने क्रमा चलिरहेकै हुन्छ ।  कुचो लोड भएको भनिएको गाडीमा सुपारी नै हुन्छ भन्ने अनुमान हाम्रो थिएन ।

तर, मलाई कार्यलय बाहिर रहँदा नै एकजना सर्वसाधरणले भन्सारको यार्डमा कुचो बाकेको भनिएको गाडीमा सुपारी रहेको भन्ने गोप्य सूचना दिए । त्यसलगत्तै मैल भन्सार अधिकृतहरुलाई फोनमार्फत सबै कुचो बाकेका गाडीको जाँच पास रोक्न निर्देशन दिएँ र एलर्ट गराएँ ।

त्यसपछि म कार्यालय आएँ । मेचीको इलाका प्रहरी कार्यालय, भन्सार भित्रै रहने सशस्त्र प्रहरी बलसहित मिडिया बोलाइयो ।

सबै पक्षको रोहबरमा नै संकास्पद गाडीलाई खोलिएको हो । सूचना अनुरुप नै गाडीमा अवैध रुपमा निकासी गर्न लागिएको सुपारी भेटियो । हामीले दिएको सूचनाकै आधारमा प्रहरी पनि भन्सार आएको हो ।

हामीले सुपारी तस्करीबारे गरेको सुक्ष्म निगरानीकै कारण हामीलाई यस्तो महत्वपूर्ण गोप्य सूचना पनि आएको हो । बाहिर प्रचार गरिएजस्तो भन्सारका उच्च अधिकारी संलग्न भएर तस्करी हुन लागेको भए किन हामी प्रहरी र मिडिया बोलाउँथ्यौं होला र ?

सुपारी पक्राउ परेलगत्तै मैले मिडियामा प्रतिक्रिया पनि दिएको थिएँ । तर, त्यो प्रतिक्रिया नै नराखी एकपक्षीय रुपमा समाचार आयो । यो घटनाको प्रतिवेदनको प्रतिवेदकमध्ये म पनि एक हुँ । हामीलाई सूचना दिने व्यक्ति, प्रहरीलगायत पनि प्रतिवेदक हुन् ।

पक्राउ परेका सहचालकको वयान लिने काम भन्सार कार्यालयमै चलिरहेको छ । फरार भनिएकाहरुलाई पक्राउ वारेन्ट जारी गर्छौं । उनीहरु सबैलाई भन्सार ऐन २०६४ अनुसार कारवाही हुन्छ । हामीले हाम्रो काम गर्ने हो, यो विषयमा मैले मेरो माथिल्लाे निकायमा पनि जानकारी गराइसकेको छु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment