काठमाडौं, २२ फागुन । नेविसंघको पहिलो पुस्तामा मैत्री सम्बन्ध थियो । युवाकालमा देउवा र पौडेलबीच तँतँ–ममसम्मको सम्बोधन हुन्थ्यो ।
‘पहिले आपसमा तँतँ–मम नै चल्थ्यो,’ देउवासँगको सम्बन्धबारे पौडेल भन्छन्, ‘यसरी नै हुर्केका साथी हौँ हामी । पाको भएपछि एक–अर्कालाई आदर गर्छौं, तपाईं भन्छौँ ।’
सिटौला भने अलि पछि राजनीतिमा लागेकाले जुनियर नै मानिन्छन् । तर, विचार, नीतिमा दृढ र तार्किक लाग्छन् ।
को केमा प्रस्ट ?
पौडेल वैचारिक रूपमा अगाडि छन् । पार्टीमा बहस र नीति ल्याउने उनै हुन् । देउवा भने बहस र कुरामा त्यति विश्वास गर्दैनन्, तर यी विषयमा दृढताका साथ प्रस्तुत हुन्छन् । समन्वय गर्न सक्छन् ।
राप्रपादेखि कम्युनिस्टलाई मिलाएर अघि बढ्न देउवाले खेलेको भूमिका महत्त्वपूर्ण भएको दाहाल मान्छन् । ०६३ पछि सिटौला चर्चामा आए । शान्ति प्रक्रियामा काम गरेपछि उनको चर्चा चुलियो । तर, सिटौलालाई यो उचाइसम्म ल्याउन देउवा र पौडेलको पनि उत्तिकै साथ रहेको कांग्रेस नेताहरूको भनाइ छ ।
सिटौला आफूलाई गिरिजाप्रसादको उत्तराधिकारी मान्छन् र फरक धारको नेताको रूपमा उदाउँदै छन् । यसैका लागि उनले गगन थापालाई महामन्त्रीमा उम्मेदवारी दिन लगाएको टिप्पणी कांग्रेसमा हुने गरेको छ ।
गिरिजाको निरंकुशताविरुद्ध एक
कांग्रेसमा ठूलो योगदान पुर्याएका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरू गिरिजाप्रसाद कोइरालाबाट कुनै न कुनै रूपमा सताइएका थिए । त्यही असन्तुष्टिको आडमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कोइरालाको निरकुंशता मान्न नसकिने साझा निष्कर्षमा पुगे ।
परिणामत: नयाँ पार्टी जन्माउने निष्कर्षमा देउवा र पौडल पुगे । ‘गिरिजाको निरकुंशता सहन सकिँदैन भन्ने साझा निष्कर्षमा पौडेल र देउवा पुग्नुभएको थियो,’ कांग्रेस राजनीतिलाई नजिकबाट हेरिरहेका एक राजनीतिक विश्लेषक भन्छन्, ‘४ असार २०५९ मा पार्टी फुट्नु दुई घन्टा अघिसम्म पनि गिरिजाप्रसाद कोइरालाको निरंकुशता सहिँदैन भन्दै पौडेल पार्टी तोड्नुपर्छ भन्ने पक्षमा थिए ।’
पौडेलकै जोडबलमा कांग्रेसमा विभाजन
स्वयं देउवा पनि पौडेलकै चाहनामा पार्टी फुटाउनुपरेको र माला मात्र आफूले लगाउनुपरेको बताउँछन् । ‘उहाँले नयाँ पार्टीको सभापति बन्न सहमति जनाउनुभयो । र, भेलामा जान साथीहरूलाई सल्लाह पनि दिनुभयो । भोलिपल्टको भेलामा आउने वचन दिनुभयो, तर आउनुभएन ।
बेलुका ५ बजेभित्र अर्को पार्टी दर्ता गरिसक्नुपर्ने थियो । नत्र म निर्दलीय प्रधानमन्त्री बन्ने अवस्था थियो । त्यसैले रामचन्द्रजीलाई लगाउन तयार गरेको माला म आफैँले लगाउनुपरेको हो । मैले रहरले होइन, बाध्यताले माला लगाएको हुँ । निर्दलीय प्रधानमन्त्री हुनबाट मुक्ति पाउन मात्र मैले अर्को पार्टी खोलेको हुँ,’ नयाँ पार्टी गठनमा पौडेलको भूमिकाबारे देउवाले भने ।
पौडेल सो आरोप स्विकार्न तयार छैनन्
तर, पौडेल देउवाको यो दाबीलाई स्विकार्दैनन् । पार्टी एकता खोज्नकै लागि आफूले पहल गरेको उनको भनाइ छ । ‘यो आरोप मात्र हो । म पार्टीमा साथीहरूलाई अन्याय हुनुहुँदैन भन्नेमा लाग्दै आएको छु । शेरबहादुरजीलाई पनि अन्याय नहोस् भन्नेमा थिएँ । तर, उहाँ आफैँ पार्टी फुटसम्म जान खोज्नुभयो, मैले मानिनँ । मैले एकतालाई नै जोड दिएको हुँ,’ उनले भने ।
पौडेलले सो दिन अन्तिमसम्म डा.रामशरण महत, महेश आचार्य, आमोदप्रसाद उपाध्यायलाई पनि सँगै लिएर आउने बचन दिएको चर्चा कांग्रेस वृत्तमा अहिले पनि हुने गरेको छ । देउवालाई कांग्रेस बनाएको पौडेलको दाबी पौडेल आफूले देउवालाई कांग्रेस बनाएको दाबी गर्छन् ।
०२१/०२२ सालतिर देउवालाई भेटेको स्मरण गर्दै पौडेल भन्छन्, ‘त्यतिखेर कांग्रेसको प्रजातान्त्रिक समाजवादतिर उहाँको त्यति धेरै रुचि थिएन । हामीले प्रजातान्त्रिक विद्यार्थीतिर ल्याउन प्रयत्न गर्यौँ ।’ शिवबहादुर खड्का, विपिन कोइरालासँगै भएका देउवालाई प्रगतिशीलबाट प्रजातान्त्रिकमा आउन आफूले भनेको उनको भनाइ छ । ‘उनीहरूको प्रगतिशीलता विद्यार्थीको समानतामा मात्रै हो । हामी प्रजातन्त्रवादीको समानता र स्वतन्त्रतता दुवै हो भनेर मैले उहाँलाई हाम्रो पक्षमा ल्याउन कोसिस गरेको थिएँ,’ पौडेल भन्छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment