२१ फागुन, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पबाट ध्वास्त भएको विद्यालयको संरचना तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार पुनःनिर्माण प्राधिकरण र अर्थमन्त्रालयका अधिकारीहरुसँग भएको बैठकमा मन्त्री पोखरेलले भइसकेको कामलाई तीब्रता दिनसमेत आग्रह गरे ।
‘विद्यालय घर पछिको दोस्रो आश्रय स्थल हो । बालबालिकाहरु घरबाट निस्केपछि विद्यालयमै समय विताउँछन्,’ मन्त्री पोखरेलले भनेे, ‘त्यसैले यसको निर्माण तीन वर्षभित्रै सक्नेगरी पहल गर्न म तँपाई सम्बद्ध सबैलाई आग्रह गर्दछु ।’
भूकम्प प्रभावित भौतिक संरचनाहरुको पुनःनिर्माण प्राथमिकीकरणको क्रममा विद्यालयलाई तेस्रो स्थानमा राखिएको छ । सरकारले भत्किएका विद्यालयको पुनःनिर्माणको काम पाँच वर्षभित्र सक्ने लक्ष राखेको छ । तर मन्त्री पोखरेलले विद्यालय पुनःनिर्माणलाई दोस्रो प्राथमिकतामा राखिनुपर्ने बताएका थिए ।
अहिलेसम्म निर्माण आरम्भ नभएका विद्यालयहरुको निर्माण अब एकै पटक शुरु गर्नुपर्ने भन्दै उनले प्राधिकरण र अर्थका अधिकारीहरुलाई त्यसै अनुसार सहयोग गरिदिन आग्रह गरे । बैठकमा प्राधिकरणका सिईओ शुशिल ज्ञवालीले हालसम्म भएका कामको बारेमा जानकारी गराएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment