वाशिंगटन डिसी । फूलको आँखामा फूलै संसार बेलके गीतबाट चर्चा कमाएकी अानी छौइङ डोल्माले संयुक्त राष्ट्रसंघमा गीत सुनाउने भएकी छिन् ।
आगामी मार्च २० तारिखमा संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको छ भने उनले हिमाली बौद्ध भजन, तथा आध्यात्मिक गीत सुनाउने कार्यक्रम तय भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाको इतिहासमा पहिलो पटक नेपाली गायिकाको स्वरमा सुनिने भएको छ । आनीले भजन र आध्यात्मिक गीतको साथै मन्तब्य पनि दिने छिन् । राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई अन्तर्राष्ट्रिय खुशी दिवस’ मनाउदै आएको छ भने उक्त अवसरमा आनी छोइङ डोल्माले बौद्ध मन्त्र मार्फत शान्तिको कामना समेत गर्ने छिन् ।
युनिसेफकी सद्भावदूत समेत रहेकी आनी छोइङको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि रहने छन् ।
आनी छोइङले अमेरिकाको वाशिंगटन डिसी तथा न्युयोर्कमा भूकम्पपीडितहरुको सहयोगार्थ दुईवटा कार्यक्रम गर्ने भएकी छिन् । राष्ट्रसघको प्रस्तुतिपछि न्युयोर्कमा आनीको कार्यक्रम मार्च २६ तारिखमा कोलडेन सभामण्डप अडीटोरिएम ०मा आयोजना हुने भएको छ ।
यस्तै वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप अडीटोरिएममा अप्रिल २ तारिख आनीको कार्यक्रम हुने भएको आयोजक सदस्य तथा ब्यबसायी सुरेश सापकोटाले जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment