Thursday, March 3, 2016

कांग्रेस महाधिवेशनः निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने, मतपत्र ९ किसिमका

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिन प्रयोग नहुने भएको छ ।

राष्ट्रिय सभागृहमा आइतबार हुने निर्वाचनमा नेता-कार्यकर्ताहरुले परम्परागतरुपमै मतपत्रमा नेता रोजेर मत पेटिका मत खसाल्नेछन् ।

कांग्रेसको १२ औं महाधिवेशनमा पनि मतपत्रकै प्रयोग गरिएको थियो । संसदीय दलको निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गर्दा निष्पक्ष नभएको भनेर विवाद भएको थियो जुन निर्वाचनमा रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई हराएका थिए ।

१३ औं महाधिवेशनमा पनि पौडेल र देउवा सभापति पदका मुख्य प्रतिस्पर्धी हुन् । महाधिवेशनमा विद्युतीय मेसिन प्रयोग गर्ने चर्चा चले पनि नेताहरुबीच सहमति जुटेन ।

सबै प्रतिनिधिहरु विद्युतीय मेसिनमा अभ्यस्त नभैसकेको र उम्मेदवारहरुको सूची लामो भएको भन्दै विद्युतीय मेसिन प्रयोग नगर्ने नेताहरुबीच सहमति भएको केन्द्रीय निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

मतपत्र ९ किसिमका

निर्वाचनमा ९ किसिमको मत पत्र प्रयोग हुनेछ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छपाइ गरिने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

निर्वाचनमा ९ किसिमको मतपत्र प्रयोग हुने भएकाले मतगणना झन्झटिलो हुने त छ नै परिणाम सार्बजनिक हुन पनि बढी समय लाग्ने छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस चुनावमा कोषाध्यक्षका तीनै उम्मेदवार मधेसबाट  

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोषाध्यक्षका तीनै उम्मेदवार मधेसबाट भएका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवा समूहले चित्रलेखा यादवलाई उम्मेदवार बनाएको छ । उनी वर्तमान कोषाध्यक्षसमेत हुन् । पूर्वउपसभामुख समेत रहेकी यादव अघिल्लोपटक देउवा समूहबाटै कोषाध्यक्ष बनेकी थिइन् ।

रामचन्द्र पौडेल समूहले सीतादेवी यादवलाई उम्मेदवार बनाएको छ । उनी सिराहाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पौडेल समूहले सभापति र महामन्त्रीमा उम्मेदवार घोषणा गरे पनि कोषाध्यक्ष सार्वजनिक गरेको थिएन । मनोनयन दर्ताको अन्तिम समयमा मात्रै सीतादेवीको नाममा सहमति जुटेको हो ।

कृष्ण सिटौलाको समूहले कोषाध्यक्षमा उमाकान्त चौधरीलाई अघि सारेको छ । उनी नेवि संघ, तरुण दल हुँदै केन्द्रीय राजजीतिमा आएका हुन् । उनी बाराका पूर्वसांसद हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतले मागेजति तेल दिने राजदूत उपाध्यायको दाबी

२१ फागुन, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाललाई दिने इन्धन भारतले कटौती गर्न नखोजेको दाबी गरेका छन् । उनले नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि नेपाल आयल निगमलाई तेलको माग बढाउन सुझावसमेत दिएका छन् ।

Deep-Kumarनयाँदिल्लीबाट अनलाइनखबरसँग कुरा गदै राजदूत उपाध्यायले भने, ‘नाकाबन्दी खुलिसके पनि काठमाडौंमा अझै तेलको लाइन नघटेको सुन्दा दुखित छु । मैले आयल निगमलाई भनिरहेको छु, जनतालाई मागे जति तेल देऊ, यताबाट आपूर्ति समस्या आएमा मलाई भन ।’

‘माथिको आदेश’ भन्दै भारतीय तेल कर्पोरेसन (आइओसी) ले मागको भन्दा ७० प्रतिशत मात्रै तेल दिइरहेको विषयमा प्रश्न गर्दा उपाध्यायले केन्द्रबाट त्यस्तो निर्देशन गएको आफूले नपाएको बताए । ‘मैले जिम्मेवार व्यक्तिहरुसँग कुरा गर्दा तेल कटौती गर्ने नीति नरहेको बताउनुभएको छ, कहिलेकाहीँ प्राविधिक कारणले मागेजति दिन नसकेको भनाइ उहाँहरुको छ ।’

राजदूत उपाध्यायले बुधबार भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग तेल आपूर्तिका विषयमा कुराकानी गरेका थिए । सो कुराकानीमा पनि मागबमोजिम तेल आपूर्तिको प्रतिवद्धता आफूले पाएको उनको भनाइ छ ।

‘यतिबेला पहिलेकै अनुपातमा तेल माग गरेर संकट हट्दैन, त्योभन्दा दोब्बर-तेब्बर माग्नुपर्छ, मैले आयल निगमलाई यही भनिरहेको छु ।’ मागबमोजिम तेल नपाएको खण्डमा जिम्मेवार निकायहरुमार्फत भारत सरकारसँग कुरा गर्न सकिने पनि उपाध्यायको भनाइ छ ।

उनी भन्छन्, ‘आयल निगमले आफ्नो तालुकदार मन्त्रालयलाई, त्यस मन्त्रालयले परराष्ट्रलाई र परराष्ट्रले हामीलाई यस विषयमा विवरणसहित लिखित जानकारी गराउनुपर्छ । त्यसपछि हामीले यहाँको सरकारसँग कुरा राख्न सक्छौं । आयल निगमले तेल पाइएन भनेर गनगन मात्रै गरेर हुँदैन ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशनः सभापतिको मात्रै मतगणना राष्ट्रिय सभागृहमा

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा ६५ पदका लागि निर्बाचन हुनेछ । त्यसका लागि केन्द्रीय कार्यालय सानेपामा उम्मेदवारी दर्ता जारी छ । विहान ७ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताको समय मध्यान्ह बाह्र बजेसम्म तोकिएको छ ।

आजै २ बजे पहिलो नामावली प्रकाशित गरिनेछ । नामावली वर्णानुक्रमअनुसार प्रकाशित हुनेछ । त्यसमा दाबी बिरोध र संशोधनका लागि २ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । त्यसपछि दाबी विरोधमा जाँचबुझ गर्नका लागि सोही दिन ७ बजेसम्मको समय तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार शनिबार विहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारहरुलाई  उम्मेदवारी फिर्ता लिने समय छुट्याइएको छ । ११ बजेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

त्यसपछि आइतबार बिहान ८ बजेदेखि चार बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।

मतदानका लागि ३ हजार २ सय १८ प्रतिनिधि छनोट भएका छन् । निर्वाचनमा मतपत्रको प्रयोग हुने पराजुलीले जानकारी दिए ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा हुनेछ । महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्य पदको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेस केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिका सचिव पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । तर अन्य पदमा भने सबैभन्दा धेरै मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिनेछ ।

पहिलो चरणको मतगणनामा सभापति पदको कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए बढी मत ल्याउने दुई उम्मेदवारबीच भोलिपल्टै पुनः निर्बाचन हुने छ ।

सभापति पदका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला प्यानलसहित प्रतिस्पर्धामा छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालले नामिबियासँग कीर्तिपुरमा खेल्ने मौका गुमायो

२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेल वैशाख ४ र ६ (अप्रिल १६/१८) मा कीर्तिपुरमा गर्ने तय भएको थियो । तर, आईसीसीले अब यो खेल दिल्लीको ग्रेटर नोयडामा गर्ने सहमति जनाएको छ ।

नेपाल र नामिबियाबीचको खेल तय भएको भन्दै ग्रटेर नोयडा इन्ड्रस्टियल डेभलोपमेन्ट अथोरिटीका म्यानेजर राजिव ग्यागीले भने-‘आईसीसीले पास गरेको छ । तर, अन्तिम क्लियरेन्स हुन बाँकी छ ।’ नेपाल क्रिकेट संघकी कार्यकारी अधिकृत भावना घिमिरेले पनि अन्तिम निर्णय हुन बाँकी रहेको अनलाइनखवरलाई बताइन् ।

नेपालले यसअघि पपुवा न्यूगिनीसँग घरेलु मैदानमा खेल्ने मौका गुमाएको थियो । वैशाख १२ को भूकम्पपछि आईसीसीले नेपाल र पपुवा न्यूगिनीको खेल यूएईमा सारेको थियो । तर, दुबै खेलमा नेपाल पराजित भएको थियो ।

यस्तै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा खेलेको थियो । त्यहाँ पनि दुबै खेल हारेको थियो ।

नेपाल अझै अंकबिहीन छ र अंक तालिकाको पुछारमा छ । अब नेपालले नेदरल्याण्ड, केन्या, हङकङ र यूएईसँग खेल्न बाँकी छ । लिगको शीर्ष चार टोलीले २०१८ मा हुने विश्वकप छनोट खेल्ने मौका पाउनेछ भने पुछारका चार टोली डिभिजन २ मा झर्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भन्सार कर्मचारीकै मिलेमतोमा सुपारी तस्करी (भिडियोसहित)

राजु पौडेल

२१ फागुन, झापा । पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य दिनदहाडै जो कोहीले देख्न सक्छन् तर ठुलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन ।

तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीको मिलेमतोमै भन्सार परिसर भित्रैबाट सुपारी तस्करी हुने गरेको तथ्य प्रहरीले सहतमा ल्याएको छ ।

प्रहरीले कुचो बोकेको ट्रकमा ठुलो परिमाणमा सुख्खा सुपारी लुकाएर भन्सार मार्फत भारत निकासी गर्न तयारी गरेको अवस्था मेची भन्सार कार्यालय परिषरबाट फेला पारेपछि भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।

प्रहरीले भन्सार परिषरबाट पी बी ९८०९ नम्बरको ट्रकमा करिब ५५ लाख मुल्यको ६० केजी दरका २ सय ७४ बोरा सुपारी फेला पारेको छ ।

सुपारीको भारत निर्यात प्रतिबन्धित भएका बेला तस्करहरुले गाडीको माथिल्लो भाग कुचोले छोपेर त्यसभन्दा तल सबै सुपारीका बोरा राखेको अवस्थामा ट्रक फेला परेको हो । ‘भन्सार भित्रको चेकजाँच हामी गर्दैनथ्यौं’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘आज विशेष सूचना आएपछि चेकजाँच गर्दा कुचोबोकेको ट्रकमा सुपारी भेट्यौं ।’

दशवटा मध्ये नौ वटा गाडीहरु अझैं खोलिएका छैनन् । बुधबार बिहानै भन्सार प्रवेश गरेका ती ट्रक राति मात्रै भारत निकासी हुने तयारीमा थिए । भन्सारले राति मात्रै प्रज्ञापनपत्र दिएर ती ट्रकलाई वैधानिकरुपमा भारत जाने अनुमति दिने अवस्था थियो । प्रहरीले सुराकीका आधारमा भन्सार परिसरमा प्रवेश गरेर चेकजाँच गर्न लागेपछि भन्सार अधिकृतलगायतका कर्मचारीले चेकजाँच गर्न आनाकानी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मंगलबार राति धुलाबारीस्थित प्रदीप चौधरीका नाममा रहेको चौधरी कुचो उद्योगको गोदामबाट सो गाडीमा सुपारी लोड गरिएको हो । उक्त कुचो उद्योगले झापाका सुपारी व्यापारी श्याम पिन्टुलाई गोदाम घर भाडामा दिएर त्यहीँ मार्फत तस्करी धन्दा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पूर्वी पहाडी जिल्लाहरु बिशेष गरेर इलाममा उत्पादन हुने कुचो लगायतका कृषिजन्य वस्तुलाई सरकारले विशेष प्राथमिकतामा राखेर सहज निकासी गर्ने प्रावधान छ । त्यही प्रावधानलाई टेकेर भन्सारका कर्मचारीले त्यस्ता वस्तु लोड गरिएको सवारी चेकजाँच नै नगरी तस्करलाई साथ दिने गरेको यो घटनाले पुष्टि गरेको छ ।

तर, मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले कुचो लगायतका कृषिजन्य उत्पादनमा चेकजाँच नगर्ने गरिएको र यस्तो धन्दा यसअघि पनि हुन्थ्यो अथवा यो पहिलो पटक हो भन्ने बारे आफुलाई थाहा नभएको बताए ।

पूर्वको झापा, मोरङ्ग र सुनसरी लगायतका जिल्लामा मात्र उत्पादन हुने सुपारीलाई बिराटनगरको रानी भन्सारबाट मात्रै निकासी गर्न पाउने सरकारी प्रावधान छ । तर, झापाका केही तस्करले भने तेस्रो मुलुकबाट सुपारी आयात गरेर पूर्वको काँकडभिट्टा नाकाबाट भारत तस्करी गर्ने गरेका छन् । सुपारी तस्करीको सञ्जाल बलियो भनिए पनि यसरी ठूलो परिमाण र तस्करीको तरिका सार्वजनिक भएपछि प्रहरीलाई केही राहत मिलेको छ ।

किन र कसरी हुन्छ सुपारी तस्करी ?

नेपालको पूर्वी नाकाहरु सुपारी तस्करीको कारण पटक-पटक विवादमा आउने गरेको छ । भारतसँग खुला सीमा जोडिएका नाकाहरुमा सुपारी तस्करीको चर्चा केही समय चल्ने र सेलाउने क्रम बर्षेनी हुन्छ । तस्करीमा ठुलै गिरोह संलग्न रहेको भनिए पनि तस्करी नियन्त्रण गर्न सरकार, प्रहरी र स्थानीय प्रशासन कहिल्यै सफल हुन सकेको छैन ।

सुपारी तस्करी हुने प्रक्रिया झट्ट हेर्दा सरल देखिन्छ । तर, यसको जालो स्थानीयदेखि केन्द्रसम्म जोडिएको छ । सुपारी तस्करी दुई तरिकाबाट हुने गरेको छ । एउटा व्यवसायी र अर्को व्यापारिक । पूर्वी नाकाहरुमा प्रहरी र प्रशासन सँग दैनिकजसो जोडिएर आउने सुपारी तस्करी व्यापारी हो । अर्कोतिर तेस्रो देशबाट सुपारी ल्याएर नेपालमा उत्पादनको प्रमाणपत्र बनाएर र लाइन मिलाएर रातारात भारत निकासी गर्ने गिरोह व्यवसायीक तस्करहरु हुन् ।

व्यापारीबाट हुने तस्करी

अवैध मानिएको सुख्खा सुपारी ठुलो परिमाणमा एकसाथ तस्करी गर्न नसकेपछि व्यापारीले स्थानीय पोकेत स्करको माध्यमबाट मौका छोपेर तस्करी गर्ने गरेका छन् । व्यापारीले जिल्लास्थित प्रशासन, प्रहरीसँग लाइन मिलाएर सुपारी नाका कटाउने गरेका छन् ।

थोरै मेहनत गर्दा मनग्य आम्दानी हुने भएपछि सीमावर्ती क्षेत्रका सर्वसाधारणको आकर्षण पनि सुपारी तस्करीमा बढी छ । तर, भारतको नाकाबन्दीपछि पोके तस्करहरु पेट्रोलियम पदार्थको ओसार-पसारमा लागेकाले पोके सुपारी तस्करहरु देखिन छाडेका थिए ।

सिजनमा प्रतिकिलो भारु ८० देखि ८५ रुपैयाँका दरले सुपारी खरिद गरी नाका कटाउँदा प्रतिकिलो २० देखि २५ रुपैयाँ भारु आम्दानी हुन्छ । प्रहरीसँगको ‘सेटिङ्ग’ का कारण प्रहरीले सार्वजनिक बिदा, मानिसको चहल-पहल कम भएका बेला या रातमा आँखा चिम्लिदिएपछि पोके तस्करहरुले सुपारी झोला, बोरा र स्कुले झोलामा बोकेर र साइकलबाट गुडाएरै मेची नदी पार गर्छन् ।

सुपारी तस्करी भइरहेको विषयमा जिल्लाका सम्बन्धित निकायहरु हत्तपत्त प्रतिक्रिया दिन चाहँदैनन् । जिल्लाका प्रमुख, प्रहरी प्रमुखहरु समेत सुपारी तस्करीको विषयमा खुलेर कुरा गर्न चाहँदैनन् । यस अघि झापाका पूर्वप्रमुख जिल्ला अधिकारी एकमणि नेपालले सुपारीका विषयमा आफु केही नबोल्ने बताएका थिए ।

काँकडभिट्टास्थित इलाका प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारी थोरै जनशक्तिका भरमा काम गर्नुपरेकाले पुरै तस्कर नियन्त्रण गर्न नसकिएको दाबी गर्छन् ।

व्यावसायिक तस्करी

सुपारी गुट्खा तथा सुर्तीजन्य पदार्थ उत्पादनका लागि प्रयोग हुन्छ । पछिल्लो समय यसको माग नेपालमा भन्दा भारतमा बढी छ । नेपाली व्यवसायीले उत्पादनको ‘उत्पत्तिको प्रमाणपत्र’ बनाएर मात्र निश्चित मात्राको सुपारी विराटनगरस्थित रानी भन्सारबाट निकासी गर्न पाउँछन् ।

उत्पादन र उत्पति प्रमाणपत्रको तथ्यांक हेर्दा नै थाहा हुन्छ, सुपारी तस्करीको जालो सामान्य छैन । कृषि मन्त्रालयको सिफारिसमा झापामा गत वर्ष मात्र ९ हजार ८ सय र मोरङ्गमा २ हजार मेटि्रक टन सुपारी उत्पादन भएको भन्दै सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघले व्यवसायीलाई भारत निकासीका लागि उत्पतिको प्रमाणपत्र दिएको थियो ।

जबकि, देशभर उत्पादित सुपारीको वास्तविक तथ्यांक पुग नपुग ५ हजार मेटि्रक टन मात्रै छ । यही उत्पतिको प्रमाणपत्र लिन विभिन्न संस्थाको यतिबेला होडबाजी चलेको छ । केही महिनाअघि मात्रै व्यवसायीको एक समूहले आफुहरुले समेत ‘उत्पतिको प्रमाणपत्र’ पाउनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा हालेको छ । त्यो मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

अहिलेसम्म झापाको ‘नेपाल सुपारी खेती विकास संस्था’ ले उत्पतिको प्रमाणपत्र पाइरहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले साबिक ३० प्रतिशत महशुल परिवर्तन गरी सोझै ४५ रुपैयाँ प्रतिकेजी कायम गरे पनि सुपारीको पैठारी भने घटेको छैन । बरु गत वर्षको तुलनामा ५० प्रतिशत बढी सुपारी आयात भएको छ ।

चालु आर्थिक वर्षको जेठ सम्ममा मेची भन्सार कार्यालयबाट २३ हजार १४ मेटि्रक टन सुपारी भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रियो । त्यति नै परिमाणको सुपारी नेपालमा खपत हुने अवस्था छैन ।

कहाँ जान्छ यत्रो सुपारी ?

पान मसला, गुट्खा लगायत उत्पादनका लागि भारतमा सुपारीको माग उच्च छ । भारत सरकारले विदेशी सुपारीको आयातमा १ सय १३ प्रतिशत भन्सार शुल्क तोकेपछि सोझै आयात गर्दा महंगो पर्छ ।

कृषिजन्य उत्पादनको सुचीमा पर्ने नेपालमा उत्पादित सुपारी भारत निकासी गर्न भने ४० प्रतिशत शुल्क तिरे पुग्छ । यही सुविधा दुरुपयोग गर्दै नेपाल र भारतका तस्करले तेस्रो देशबाट भारत हुँदै नेपाल ल्याएको सुपारी फेरि भारतीय बजारमै पुर्‍याउँछन् ।

सुपारी कारोबारमा संलग्न व्यापारीका अनुसार नेपालमा उत्पादित सुपारी भारत पुर्‍याउँदा अधिकतम २० रुपैयाँ प्रतिकेजी मात्र पाउँछन् । त्यही बजारमा तेस्रो देशबाट ल्याइएको सुख्खा सुपारी प्रतिकिलो ४ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

नेपालबाट तेस्रो देशको एक किलो सुपारी भारत पुर्‍याउँदा किलोमा सहजै एक सय रुपैयाँ फाइदा निस्कन्छ । यसरी एक टन सुपारी भारत पुर्‍याउँदा सहजै एक लाख रुपैयाँ फाइदा हुन्छ । सुपारी तस्करीको जालो फैलिनुमा मुख्य कारण यही नाफा नै हो ।

सुपारी तस्करीकाे भिडियो हेर्नुस्


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिटौला र गगनको उम्मेदवारी दर्ता

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी कार्यलय सानेपामा केहिबेर अघि उनी नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गरेको हो ।

सिटौला प्यानलको महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरी रहेका छन् ।

कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव रहने गरी उम्मेदवारी दर्ता गरेका थिए ।

वरिष्ठ नेता शेरबहादुर देउवाले भने हिजै आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । यससँगै कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिमा तीन उम्मेदवार भएका छन् ।

Sitaula and gagan thapa (2) Sitaula and gagan thapa (4)Sitaula and gagan thapa (1)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेसबुकको दुरुपयोग रोक्न विद्यालयमा प्रहरीको कक्षा

२१ फागुन, ताप्लेजुङ । सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाइ अपराधिक गतिविधि बढ्न थालेपछि पाँचथर प्रहरीले जिल्लाका विद्यालयहरुमा साइबर क्राइम सम्बन्धी कक्षा सञ्चालन गर्न सुरु गरेको छ ।

मोवाइल फोनको पहुँच पुगेको र मोवाईलबाट नै फेसवुक लगायत सामाजिक सञ्जाल प्रयोग गर्न सकिने भएकाले यस्ता सञ्जालको प्रयोग गरी अपराधिक गतिविधि बढ्न थालेकाले यस्तो कक्षा सञ्चालन सुरु गरीएको पाँचथर प्रहरी प्रमुख  कृष्ण प्रसाद कोइरालाले बताए ।

सदरमुकाम फिदिमका  उच्च मावि, क्याम्पस, मात्र नभई दुर्गम गाविसमा रहेका माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै पुगेर दुई देखि तीन घण्टा सम्म इमेल इन्टरनेट र सामाजिक सञ्जालको फाईदा र बेफाईदाका विषयमा प्रहरीले जानकारी दिने गरेको छ ।

प्रहरीले सञ्चालन गरेको कक्षामा विद्यार्थीलाई सामाजिक सञ्जालको पहुँचको विषयमा सोध्ने, आफुलाई आएको समस्याको विषयमा विद्यार्थीबाट जानकारी लिने साथै उनीहरुलाई इमेल, इन्टरनेट, फेसवुक, युट्यूव लगायत सामाजिक सञ्जालको दुरुपयोगबाट हुने बेफाईदा र कानूनी तवरबाट हुने दण्ड सजायका विषयमा सचेत गराउने गरीएको कोइरालाले बताए ।

पछिल्लो समय युवायुवतिले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम जानकारी बिनानै एकाउन्ट बनाउने अन्जान व्यक्तिहरुसँग च्याट, कल, सेयगर्ने हुँदा अपराधको जोखिम बढ्दै गएको प्रहरीको भनाई छ ।

प्रहरीले सञ्चालन गरेको कक्षामा माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी सहभागि रहने र उनिहरुलेनै सबै भन्दा बढि सामाजिक सञ्जालको प्रयोग गर्ने भएका कारण उनिहरुलाई सचेत गराए घटनामा कमी आउनेमा प्रहरी विश्वस्त छ  ।

यसअघि फेसबुकको माध्यमबाट पाँचथरकी एक युवतीलाई तीन लाख रुपैयाँ ठगी गरेको अभियोगमा पाँचथर बस्दै आएका झापाका निश्चल शर्मा भनिने भविन्द्र सुबेदिलाई प्रहरीले पक्राउ गरेपछि अरु युवा युवती पनि यस्तो अपराधमा नफसुन् भन्दै प्रहरीले अभियानलाई तिब्रता दिएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्याजका १० फाइदा, क्यान्सर देखि मधुमेह सम्मको औषधि

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।

तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् –
१, क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पूराउँछ ।

२,महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४(५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।

३, दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

४, प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।

५, प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी को प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।

६, दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।

७, प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।

८, निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।

९,मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।

१०, मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ । एजेन्सीको सहयोगमा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विकिनीमा आलियाको फोटोसुट, सिद्धार्थ पनि के कम ?

‘कपुर एन्ड सन्स’ नामक चलचित्रमा देखिएका चर्चित जोडी सिद्धार्थ मल्होत्रा र आलिया भट्टले एक म्यागेजिनका लागि हट फोटोसुट गराएका छन् ।

aliya-and-siddharthaएक चर्चित म्यागेजिनको कभरका लागि यो हट जोडीले फोटोसुट गराएको छ । फोटोसुटमा आलिया विकिनी अवतारमा देखिएकी छिन् भने सिद्धार्थ पनि हट देखिएका छन् ।

आलिया र सिद्धार्थको यो जोडी रियल लाइफमा पनि प्रेममा रहेको चर्चा छ । तर, यी दुइले अझै पनि आफूहरुलाई प्रेमी-प्रेमिकाको रुपमा स्विकार गरेका छैनन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ब्रेकअपको चर्चापछि अनुष्काले दिइन् विराटलाई वधाई

भारतीय क्रिकेट टिमका चर्चित खेलाडी विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको सम्बन्ध बिगि्रयो भनेर कोही दुःखी भएको छ भने, खुसीको खबर छ । उनीहरुको सम्बन्ध फेरि सुधि्रएको छ ।

भारतीय मिडियाले जनाए अनुसार २७ फेब्रुअरिमा भएको भारत-पाकिस्तान क्रिकेट खेलमा टिम इण्डियाले शानदार ढंगले जितेपछि अनुश्काले विराटलाई फोन गरेर वधाई दिइन् । उनीहरुले कुरा गरेको जानकारी अनुष्काकै एक साथीले दिएकी थिइन् ।

त्यसो त केही मिडियाले अनुश्का र विराटको ब्रेकअप भयो भनेर समेत लेखे । खासमा ति मिडियाले पनि पछि थाह पाए कि उनीहरुको ब्रेक नभएर ठाकठुक परेको रहेछ ।

अष्टे्रलिया टुरमा जानुअघि विराटले केही दिन अनुश्कासँग छुट्टी मनाउने योजना बनाएका थिए । अनुश्का ‘सुल्तान’को सुटिङमा ब्यस्त भएकाले समय दिन नसक्ने भइन् र उनीहरुको सँगै घुम्ने योजना पूरा भएन । त्यहि कारण विराट अनुश्कासँग रिसाएका थिए । तर, अहिले उनीहरुको सम्बन्ध सुधि्रसकेको मिडियाले दाबी गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ह्वाट्सएपले ल्यायो नयाँ फिचर्स

मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले आफ्नो आइओएस तथा एन्ड्रोइडको अपडेटेड भर्सन सार्वजनिक गरेको छ ।

दुबै प्लेटर्फमका लागि अलग अलग अपडेट जारी गरिएको हो । अर्थात् जुन फिचर्स अहिले आइफोन चलाउनेले ह्वाट्सएपमा प्राप्त गर्दछन् त्यो एन्ड्रोइडमा उपलब्ध हुनेछैन । तर एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि ह्वाट्सएपले बढि सुविधाजनक तथा नयाँ अपडेट्स उपलब्ध गराएको छ । के के छन् त नयाँ अपडेट्स ?

क्लाउडबाटै फोटो तथा भिडियो पठाउनुहोस्

सबैभन्दा पहिलो कुरा गरौँ आइफोनको । अब आइफोन प्रयोगकर्ता ह्वाट्सएपको २.१२.१४ भर्सनमा गुगल ड्राइभ तथा ड्रपबक्सबाट पनि फाइल पठाउन सक्नेछन् । आइक्लाउड ड्राइभ, गुगल ड्राइभ, ड्रपबक्स आदिलाई एकत्रित गर्न सकिनेछ । अर्थात् तपाइँले क्लाउड स्टोरेजमा सेभ गरेका फोटो तथा भिडियोलाई सिधै ह्वाट्सएपमा पठाउन सक्नुहुनेछ ।

यसरी इन्टिग्रेट गर्नुस् क्लाउड

क्लाउड सर्भिसमा स्टोर भएका फोटो तथा भिडियो शेयर गर्नका लागि यी चरण पूरा गर्नुहोस् :

च्याट विन्डोको पुछारमा देखिने वाणजस्तो बटनलाई ट्याप गर्नुहोस् ।

Photo/video library अप्सन छनोट गर्नुहोस् ।

Choose from another app अप्सन छनोट गर्नुहोस् ।

यहाँ तपाइँले आइक्लाउड ड्राइभ डिफल्ट रुपमा छनोट भएको पाउनुहुन्छ । त्यस्तै तपाइँको आइफोनमा इन्स्टल भएको गुगल ड्राइभ वा अन्य क्लाउड एप पनि तपाइँले छनोट गर्न सक्नुहुन्छ ।

भिडियो जूम गर्न सकिने

अब क्लाउडबाट एक्सेल सिट तथा वर्ड डकुमेन्ट पठाउन सकिनेछैन । यसका अलावा अब अब प्रयोगकर्ताले भिडियो प्ले गरेको बेला त्यसलाई जूम गरी ठूलो आकारमा हेर्न सक्नेछन् ।

सुरुवातमा यो फिचर केवल आइओएस प्लेटर्फममा मात्र उपलब्ध गराइएको छ र एन्ड्रोइडमा उपलब्ध छैन । तथापि एन्ड्रोइड प्रयोगकर्ताका लगि समेत ह्वाट्सएपले केही सुविधाजनक परिवर्तन गरेको छ ।

ह्वाट्सएपले अघिल्लो हप्ता आफ्नो अफिसियल बिटा टेस्टिंग प्रोग्राम गुगल प्ले स्टोरमार्फत लन्च गरेको थियो । त्यस लगत्तै ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर्स ल्याएको छ जसमा :

च्याटबाट वेबलिंक कपी गर्न सकिने

अब ह्वाट्सएपमा च्याटबाटै वेबलिंकहरु कपी गर्न सकिनेछ र यसबाट च्याट क्लिएर गर्न सजिलो हुनेछ । एन्ड्रोइड पुलिसको रिपोर्ट अनुसार दुइ नयाँ फिचर्स ह्वाट्सएपको पछिल्लो एन्ड्रोइड भर्सनमा थप गरिएको छ ।

नयाँ भर्सनमा शेयर्ड लिंक हिस्ट्रीको एक नयाँ ट्याब थपिएको छ । जसमा लिंकमा ट्याप गरेसँगै च्याट संवाद खुल्नेछ । यसबाट प्रयोगकर्ताले लिंकलाई ट्याप तथा होल्ड गरेर कपी पनि गर्न सक्नेछन् । यसभन्दा पहिले त्यो सम्भव थिएन ।

च्याट हिस्ट्री हटाउन सजिलो

यसका साथै च्याट हिस्ट्री डिलिट गर्न पनि अब निकै सजिलो भएको छ । प्रयोगकर्ताले ६ महिनाभन्दा पूराना देखि लिएर ३० दिनभन्दा पूराना च्याटहरु डिलिट गर्न सक्नेछन् । यदि तपाइँ कुनै मेसेजलाई स्टार दिनुभएको छ भने तपाइँले एक चेकबक्स प्राप्त गर्नुहुनेछ कि तपाइँले त्यसलाई डिलिट गर्न चाहनुहुन्छ कि हुँदैन । यो फिचर्स निकै उपयोगी हुने बताइएको छ ।

कसरी गर्ने डाउनलोड ?

यदि तपाइँ एन्ड्रोइडमा यो फिचर्स प्रयोग गरिहनुभएको छैन भने गुगल प्ले स्टोरमा ह्वाट्सएपको बिटा टेस्टिंग प्रोग्रामबाट डाउनलोड गर्न सक्नुहुन्छ वा ह्वाट्सएपको आधिकारिक साइटबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अमेरिकामा कुसुमलाई फकाउँदै जीवन लुइटेल

केही महिना अघि अमेरिका पुगेका नायक जीवन लुइटेलले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
अमेरिकामै रहेर सिनेमा पढिरहेका केहि युवाहरुको समुहले निर्माण गरेको ‘किन बोल्दिनौ’ बोलको गीतमा जीवनले अभिनय गरेका छन् ।

अमेरिकाकै बिभिन्न स्थानमा खिचिएको भिडियोलाई नेक्सस क्रियसनले तयार परेको हो । गीतमा ओम शंकरको रचना छ भने दीनेश शंकरको संगीत छ ।

भिडियोमा जीवनसँगै कुसुम तिम्सिनाको पनि अभिनय छ । जीवनकी प्रेमिका कुसुम रिसाएको र जीवनले उनलाई मनाउने प्रयास गरेको देखिन्छ । भिडियोको निर्देशन दीपक गजमेरले गरेका हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशनमा गगन गर्जनको चर्चा

नेपाली कांग्रेसका अधिकांश नेता–कार्यकर्ता पार्टीको १३ औं महाधिवेशनमा जुटेका छन् । मुलुकको पुरानो पार्टी र अहिलेको ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनले लिने नीति र चुन्ने नेतृत्वप्रति कांग्रेसजनको ध्यान केन्द्रीत छ । विगतका महाधिवेशन जस्तै अहिले पनि कांग्रेसको नीतिभन्दा नेतृत्वमै बढी छलफल भएको देखिन्छ । अवश्यनै नीतिको कार्यान्यवनमा नेतृत्वको भूमिका अहम् हुन्छ । त्यसैले सही नीतिलाई कार्यान्वयन गर्न सही नेतृत्वको खाँचो रहन्छ ।

लेखकअहिले कांग्रेसको यो महाधिवेशनमा नेतृत्वको चर्चा चुलिनुको अर्को कारण लामो समय पार्टीको नेतृत्व गरेको कोइराला परिवारको पनि हो । यसपटकको महाधिवेशन कोइरालाको नेतृत्वविहीन छ । कोइरालाको नेतृत्व नै कांग्रेस हो भन्ने छाप परेको अवस्थामा यस पटकको महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारको हातबाट बाहिरिने निश्चित जस्तै छ । खासगरी महाधिवेशनको अन्तिम समयमा सभापति सुशील कोइरालाको निधन हुनु र कोइराला परिवारको विरासत बोकेका शेखर कोइराला, शंशाक कोइराला र सुजाता कोइरालाले आफूलाई त्यो भूमिका वहन गर्न सक्ने अवस्थामा पु¥याइ नसक्नुले यो महाधिवेशनमा कोइराला विनाको नेतृत्व चुनिने अवस्था आएको हो ।

सुशील कोइरालाको निधनले कांग्रेसको नेतृत्वलाई लिएर बढी नै वहस गराउने अवस्था आएको छ । खासगरी संस्थापन पक्षभित्र यो समस्या बढी देखिएको छ । अर्कोतर्फको समूहबाट शेरबहादुर देउवा निर्विकल्प सभापतिको उम्मेदवार भए पनि संस्थापन भनिनेबाट लामो रस्साकस्सीका विच पनि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी पर्ने देखिन्छ । सभापतिका लागि मात्र होइन कांग्रेसभित्र पदाधिकारी र अन्य केन्द्रीय सदस्यहरुका विच पनि अहिले तिव्र प्रतिस्पर्धा देखिन्छ । प्रजातान्त्रिक पार्टीमा यसलाई सहज र सरल रुपमा लिनुपर्दछ । आफूलाई प्रजातान्त्रिक भने पनि विगतमा कांग्रेसका धेरै निर्णय अलोकतान्त्रिक र टिके प्रथामा गरिएको देखिन्छ । तर जे होस् यसपटकको महाधिवेशनले चुन्ने नेतृत्व त्यसबाट अलग रहोस् भन्ने चाहना आम प्रजातन्त्रप्रेमीको छ ।

विश्वमा धेरै विकसित मुलुकका राजनीतिक दलहरुमा उमेरले पाका नेतालाई सम्मान र युवा उमेरका नेतालाई जिम्मेवारी दिने गरिएको पाइन्छ । दुर्भाग्य हाम्रो मुलुकमा त्यो अवस्था छैन । अझ ५० वर्ष कटेका नेतालाई पनि युवा नेता भनेर सम्बोधन गर्ने गरिन्छ । हुनतः युवा उमेरले होइन विचारले हुने हो भन्ने तर्क राख्दा पनि हुन्छ तर गाई गाई नै हो, गोरु गोरु नै हो । गाईलाई गोरु मानेर जोत्दा गोरुले जतिनै छिटो जोत्न कहाँ सकिएला र ?

अहिले नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिमा आउन चाहना राख्ने र उम्मेदवारी घोषणा गर्नेको लर्को लामो छ । तीन पुस्तासँगै रहेको कांग्रेसमा यसपटक केन्द्रीय समितिमा आउन चाहना राख्नेमा अधिकांश युवा देखिएका छन् । खासगरी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आएका र अहिले पनि क्रियाशिल रहेको पंक्ति देखिन्छ । कांग्रेसको भ्रातृ संगठनहरु प्रजातान्त्रिक परिपाटीबाट चल्न नसक्दा र समयमै नेतृत्व हस्तान्तरण हुन नसक्दा एउटा ठूलो पंक्ति निस्क्रिय बस्नु परेका कारण पनि अहिले केन्द्रीय नेतृत्वमा आउन चाहनेको लर्को बढेको हो । यो आफैंमा सुखद् पक्ष भने हो । विश्वमा धेरै विकसित मुलुकका राजनीतिक दलहरुमा उमेरले पाका नेतालाई सम्मान र युवा उमेरका नेतालाई जिम्मेवारी दिने गरिएको पाइन्छ । दुर्भाग्य हाम्रो मुलुकमा त्यो अवस्था छैन । अझ ५० वर्ष कटेका नेतालाई पनि युवा नेता भनेर सम्बोधन गर्ने गरिन्छ । हुनतः युवा उमेरले होइन विचारले हुने हो भन्ने तर्क राख्दा पनि हुन्छ तर गाई गाई नै हो, गोरु गोरु नै हो । गाईलाई गोरु मानेर जोत्दा गोरुले जतिनै छिटो जोत्न कहाँ सकिएला र ?

अब प्रसंग बदलौं अहिले कांग्रेसको नेतृत्वलाई लिएर जुन वहस अघि बढिरहेको छ । यही वहसका बीच गगन थापाको चर्चा पनि उत्तिकै छ । नेपाल विद्यार्थी संघका सशत्त नेता रहेर पनि सभापति बन्न नदिइएका नेता गगन राजनीतिमा थकित कहिल्यै देखिएनन् । आफूलाई तत्कालिन कांग्रेस नेतृत्वले पाखा लगाउन खोज्दा पनि कार्यकर्ताको साथ र आफ्नो राजनीतिक कौटिल्यताका कारण नेपाली कांग्रेसको गएको महाधिवेशनमा सवैभन्दा वढी मत ल्याएर केन्द्रीय समितिमा निर्वाचित भए । उनले अहिले आफूलाई महामन्त्रीको उम्मेदवार बनाएका छन् । चाहेर वा नचाहेर कांग्रेसभित्रको अहिलेको युवा पुस्ताको प्रतिनिधि पात्र हुन् गगन । उनीमाथि अहिले पनि धेरैको आशा र भरोसा छ । यो आशा र भरोसा त्यसै जन्मिएको होइन, मुख्यतः आफूलाई चिनाउन सक्ने सामथ्र्य उनमा देखिन्छ । अहिले गगनले एउटा पुस्ताको नेतृत्व गर्न चाहेको स्पष्ट देखिन्छ । त्यो नेतृत्व कांग्रेसको जीवनसँग मात्र जोडिएको छैन । भोलि त्यो नेतृत्वले गर्ने निर्णय र लिने नीतिले राष्ट्रलाई धेरै प्रभाव राख्न सक्दछ ।

अधिकांश युवा महाधिवेशन प्रतिनिधिमा आउनु, आफ्नो शाख आफैं निर्माण गर्न सक्नु गगनको निम्ति सकारात्मक पक्ष हो । परिणाम जे सुकै आउला तर प्रतिस्पर्धामा उत्रन साहस गर्नु एउटा सन्देश हो । अझ विरासतको राजनीति चल्ने नेपालका राजनीतिक पार्टीमा युवा पंक्तिका गगनको उम्मेदवारीले भविष्यमा कांग्रेसजनमा धेरै अर्थ छाड्ने निश्चित छ ।

गगनको महामन्त्रीमा उम्मेदवारी यो अर्थमा पनि सही छ कि पार्टी भनेको कुनै निजामती अंग होइन, जहाँ वर्ष वित्छ र पद बढ्छ । त्यसरी बढाउँदै लग्ने हो भने उमेरले वृद्धावस्था टेक्दा पनि नेतृत्वमा जाने छाँट देखिँदैन । रह्यो कुरा अनुभवको । उनले अहिले नै सभापतिको उम्मेदवार आफूलाई बनाएका छैनन् । महामन्त्री भनेको नीति कार्यान्वयन गर्ने पद हो । सभापतिले बनाएको नीतिलाई सही ढंगले कार्यान्वयन गर्ने चुनौती लिएर उनी मैदानमा उत्रिएका हन् । पार्टीले लिएको नीतिलाई कार्यान्वयन गर्दै भोलिको मार्ग निर्माण गर्ने अभियानमा लागेका हुन् गगन ।

पारिवारिक विरासत र वर्षौं वर्ष एउटै नेताको पछि लागेर विस्तारै सिँढी उक्लने स्वभाव गणतन्त्रमा सामन्तवादी प्रवृत्तिको अवशेषबाहेक केही हुन सक्दैन । यसपटक महामन्त्रीमा उठ्ने गगनको निर्णयले कांग्रेसभित्रका युवा पंक्तिलाई उर्जाशील बनाएको छ । तर अर्को पंक्तिका केही नेतालाई गगनको निर्णय पाच्य देखिएको छैन । गगनको उमेरलाई हेरेर उनको उम्मेदवारीको कुरा काट्नेहरुको तर्क औचित्यहीन छ । पछिल्लो पटक गगनले यदी कार्यकर्ताले रुचाएनन् भने पार्टीमा झुण्डिरहन उचित रहँदैन भन्ने अभिव्यक्ति दिएका थिए । त्यो आफैंमा निकै ओझिलो छ ।

प्रतिनिधिहरुद्वारा अनुमोदित हुन पनि नचाहने तर आफूलाई सधैं नेता मानिराखुन् भन्ने मानसिकता अहिले आम पार्टीका नेतामा रहेको देखिन्छ । त्यसैले त विधान पनि आफू अनुकूल निर्माण र परिमार्जित भइरहेको देखिन्छ । गगनको उम्मेदवारीको समुह हेर्दा अहिले देखिएका तीन समुह मध्ये निकै कमजोर समुह देखिन्छ । एक पार्टी दुई समुहको अवस्था रहेको नेपालका राजनीतिक दलहरुभित्र कांग्रेसभित्र पनि स्पष्ट दुई समुह छ । तर गगन रहेको कृष्णप्रसाद सिटौलाको समुह तेस्रो जस्तो देखिन्छ । त्यसो त कांग्रेसभित्र अहिले खुमबहादुर खड्का, कुलबहादुर गुरुङलगायतको समुह पनि छन् । तर नेतृत्वमै आकांक्षा नदेखाएका कारण अहिलेलाई कांग्रेसमा तीन समुह बनेको देखिन्छ । कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले गगनलाई महामन्त्रीमै उठाउला भन्ने संकेतसमेत संस्थापन पक्ष भनिएको रामचन्द्र पौडेल समूहले पाउन सकेको थिएन । किनकी सिटौलाको समयमा पनि उमेरले पाका र जबरजस्त मानिएका नेताहरुको बाहुल्यता छ । अर्को समुह शेरबहादुर देउवा जो पहिला देखिनै समुह बनाएर बसेका थिए, उनले पनि ज्वाई गगन भन्दा ससुरा अर्जुननरसिंह केसीलाई प्यारो मान्नु स्वभाविकै थियो । यो समूहमा पनि गगनमाथि पर्दा अरुको चित्त दुखाई हुन्थ्यो । कमसे कम उमेर बढी र कपाल फुलेका आए हामीले छाड्यौं भन्ने बाटो त रह्यो । त्यसैले अन्ततः गगन अर्को समुहमा जान वाध्य भए । कृष्णप्रसाद सिटौलासँग मिलेर गगन अघि बढ्दैछन् । अहिलेको अवस्था, कांग्रेसभित्रको गुटको समस्या, नेता केन्द्रीत कार्यकर्ता पंक्तिलाई हेर्दा सिटौलाको समुह कमजोर रहेको संकेत गर्छ ।

तर गगन आफैंमा सशक्त उम्मेदवार हुन् । अधिकांश युवा महाधिवेशन प्रतिनिधिमा आउनु, आफ्नो शाख आफैं निर्माण गर्न सक्नु गगनको निम्ति सकारात्मक पक्ष हो । परिणाम जे सुकै आउला तर प्रतिस्पर्धामा उत्रन साहस गर्नु एउटा सन्देश हो । अझ विरासतको राजनीति चल्ने नेपालका राजनीतिक पार्टीमा युवा पंक्तिका गगनको उम्मेदवारीले भविष्यमा कांग्रेसजनमा धेरै अर्थ छाड्ने निश्चित छ ।

गगनको उम्मेदवारीको चर्चासँगै यसपटक कांग्रेसको केन्द्रीय समितिमा धेरै युवा पुस्ताको प्रवेश हुने संकेत देखिएको छ । केन्द्रीय समितिको निर्णय प्रधान रहने पार्टीका लागि केन्द्रीय समितिमा अन्य युवाको प्रतिनिधित्व पनि अधिकतम् हुनु जरुरी छ । युवाको पंक्तिको दरिलो उपस्थितिमा गगनको सांगठनिक भूमिका र उनले देशको निम्ति हितकर ठहर्ने गरी खेल्न सक्ने आशातित प्रभावकारी भूमिका प्रदर्शनको अपेक्षा अहिलेको पुस्ताको छ भने भावी पुस्ताको निम्ति पनि अवसरको निर्माण गरिदिनुपर्ने जिम्मेवारी पनि सँगै रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गगन महामन्त्रीमा उठ्दा एमालेकी रामकुमारी किन खुसी ?

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका युवा नेता गगन थापा १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्दा अन्य पार्टीका थुप्रै युवा नेताहरुले खुसी व्यक्त गरेका छन् ।

यसैक्रममा नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पनि गगन लगायत थुप्रै नेताहरु नेतृत्व लिन कसिएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

उनी खुसी हुनुको कारण हो राजनीतिमा युवाहरु आउनु ।

उनले भनेकी छिन्– ‘गगन थापा, लक्ष्मी खतिवडा, विश्व प्रकाश शर्मा, प्रदिप पौडेल, गुरूराज घिमिरे, बन्द्री पाण्डे, प्रतिमा गौतम, कल्याण गुरूड, उदय सम्शेर राणा नेपाली कांग्रेसको १३ औ राष्ट्रीय महाधिवेशनमा महामन्त्री र क्रमशः केन्द्रीय सदस्यका उम्मेद्वार बन्दै गरेको खबरले हामीहरू खुसी छौ ।’

फेसबुकमार्फत उनले अगाडि भनेकी छिन्- ‘सबै पार्टीमा युवाहरूको राजनीति हस्तक्षेप जरूरी छ । प्रतिनिधि साथिहरूको न्यानो माया र समर्थन पाउनुहुनेछ भन्ने आशा एवंम विश्वास छ । यहाँहरू सबैलाई सफलताको हार्दिक शुभकामना !’

नेता गगन थापाले कृष्ण सिटौला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस महाधिवेशन आजबाट सुरु भएको छ ।

Ramkumari-Jhakri


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसलाई खुलापत्रः नीतिश कुमारको खुट्टा समातेर लम्पसार पर्ने व्यक्ति हो हुन् ?

रौनकमय राजधानी – सडक विस्तारले सहरीकरण केही व्यवस्थित

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेपछि भदौ ०६५ तिर अर्थमन्त्री बाबुराम भट्टराईले भाइकाजी तिवारीसहित तत्कालीन नगर विकास समितिका अधिकारीहरूलाई सिंहदरबारमा बोलाए । भट्टराईले भनेछन्, ‘नयाँ नेपाल शब्द एकदमै उच्चारण भइरहेको छ । हामीले पनि यो शब्दको उच्चारण बारम्बार गरिरहेका छौँ । त्यसैले काठमाडौँको स्वरूप बदल्न नयाँ देखिने केही काम गर्न सकिँदैन ? म पैसा जति पनि छुट्याइदिन तयार छु ।’ 

भट्टराईको त्यही प्रस्तावले तिवारीलाई नयाँ केही गरेर देखाउने जाँगर चल्यो । लगत्तै आफ्नो कार्यालय फर्किएर सहकर्मीहरूलाई कार्यकक्षमा बोलाई नयाँ योजनाको परामर्शमा जुटिहाले । परामर्शका क्रममा राजधानीको सडकका मोड मात्र सुधार गर्न सके पनि यातायातको जाम धेरै घटाउन सकिने तथा सडक राम्रो देखिने सुझाव आयो । र, मोटामोटी योजना बनाएर खर्च निकाल्ने कामसमेत भयो । तर, लागत धेरै लाग्ने देखियो । यसपछि उनीहरू विकल्पमा घोरिए ।

त्यही क्रममा योजना फुर्‍यो, ०३३ सालमै मापदण्ड तोकिएको तर कार्यान्वयन गर्न नसकिएको अतिक्रमण हटाएर राजधानीको सडक चौडा बनाउने । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशजस्ता विशिष्ट व्यक्तिहरू दैनिकजसो हिँड्ने बाटो चौडा बनाउन प्रस्ताव लैजाने काम भयो । किनभने, यो सडक चौडा बनाउँदा जनस्तरमै देखिने काम हुने थियो । तर, त्यो काम ठेक्कामार्फत हुन नसक्ने ठहरपछि उपभोक्ता समिति गठन गरेर विस्तार गर्ने योजना बन्यो ।

त्यसपछि महाराजगन्जस्थित नेपाली सेनाको भैरवनाथ गणदेखि डिल्लीबजारसम्मको झन्डै पाँच किलोमिटर थीरबम मार्ग विस्तारका निम्ति काठमाडौँ महानगरपालिका–४ का पूर्ववडाध्यक्ष अच्युत सापकोटाको अध्यक्षतामा उपभोक्ता समिति गठन भयो । तैपनि, काम सहजतापूर्वक अघि बढ्न सकेन । किनभने, दिनहरू बित्दै जाँदा सुरुमा उत्साहित भएर उपभोक्ता समितिको उपाध्यक्ष रहेका ३ नम्बरका पूर्ववडाध्यक्ष दीपक केसीकै नेतृत्वमा सडक विस्तारविरुद्ध उपत्यका संघर्ष समिति बन्यो । सडक विस्तार सुरु भएपछि निजी घरवालाहरूले ‘पहिले सरकारले नै अतिक्रमण गरेका संरचना भत्काएर देखाऊ, त्यसपछि मात्र हामीलाई छुन आऊ’ भनेर चुनौती दिए ।

हुन पनि सेनाको भैरवनाथ गण, प्रधानमन्त्री निवासको ३ नम्बर गेटसँगैको लामो पर्खाल, राष्ट्र बैंक, प्रहरी प्रधान कार्यालयकै पर्खाल मापदण्ड अतिक्रमण गरेर लगाइएको थियो । त्यसलाई भत्काएपछि सानै रूपमा सही, सडक चौडा बनाउने काम बामे सर्न थाल्यो ।

अहिलेसम्म आर्थिक वर्ष ०६८/०६९ मा ३४ वटा, ०६९/०७० मा ६३ वटा ०७०/०७१ मा ४१ वटा, ०७१/०७२ मा ३३ वटा र चालू वर्ष ०७२/०७३ मा ५१ वटासमेत गरी २ सय २२ वटा सडक विस्तार भइसकेको छ भने १ सय २ वटा सडकमा विस्तारका लागि ‘मार्किङ’ गरिएको छ । त्यस्तै १ सय ३ वटा सडक विस्तार गर्ने गरी निर्णयको तयारीमा छन् ।

राजधानीको अतिक्रमित सडक विस्तार गर्ने अभियान हिउँद ०६८ सालबाट सुरु भएको थियो । त्यसयता काठमाडौँमा झन्डै २ सय ३ किलोमिटर सडक चौडा भइसकेको छ । ललितपुरमा ३० र भक्तपुरमा सात किलोमिटर सडकको रूप पनि फेरिएको छ । ०३३ सालको मापदण्ड अनुसार मुख्य सडक, सहायक सडक, शाखा सडक, उपशाखा सडकमा अतिक्रमण गरिएको भाग पुन: कायम गरी उपत्यकामा झन्डै २ सय ४० किलोमिटर सडक विस्तार गरी सकिएको छ ।

त्यसो भए आगामी दुई वर्षभित्र कस्तो हुन्छ त काठमाडौँ उपत्यकाको सडक ? सडक विस्तारको नेतृत्व गरिरहेका उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त भाइकाजी तिवारीका शब्दमा सडक विस्तार भइसकेको र भइरहेको स्थान अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुन्दर हुनेछ । तिवारी थप्छन्, “बाँकी स्थान साँघुरो र गएगुज्रेको हुनेछ ।” अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एम्बुलेन्स, शव वाहन, दमकलजस्ता आपतकालीन बाहनहरू छिर्नका लागि ५.६ मिटर चौडा अर्थात् न्यूनतम १८ फिट चौडाइको सडक अनिवार्य हुनुपर्छ । जसले आपतकालीन बाहनहरू गुडेका बेलामा समेत दोहोरो आवत/जावत सहज हुन सकोस् । विस्तार गर्नुअघि प्राय:जसो सडक यस मापदण्ड अनुसार थिएनन् । अझै पनि, केही सडक समझदारीमा विस्तार भएकाले मापदण्डभित्र पर्दैनन् ।

१२ वैशाखको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीपछि सडक विस्तार कार्य रोकिएको थियो । यही माघको तेस्रो साताबाट पुन: सुचारु गरिएको छ र आफ्नो अवकाशअघि खास–खास अतिक्रमित क्षेत्रका सडकहरू भत्काइसक्ने योजनामा छन् तिवारी । जसका लागि उनले नापी विभागबाट थप जनशक्ति झिकाएका छन् । आउँदो चैतमा अवकाश पाउन लागेका तिवारी भन्छन्, “२ सय २ किलोमिटर निर्माण सम्पन्न भइसकेका बाहेक करिब ४ सय १६ किलोमिटर सडक चौडा बनाउने क्रममा छ । यति सडक विस्तार भइसक्दा काठमाडौँ विकसित देशका सहरहरूको तुलनामा पछि पर्ने छैन ।”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाल गुणस्तर तथा नापतौल बिभागको वेभसाइट ह्याक

काठमाडौं – नेपाल सरकारको उद्योग मन्त्रालय अन्तरगत रहेको नेपाल गुणस्तर तथा नापतौल विभागको वेभसाइट ह्याक भएको छ ।

आफूलाई मिस्टीरियस साइबर वारियर भन्ने समूहले वेभसाइट ह्याक गरेको बताएको छ ।

ह्याकरहरुले वेभसाइटको सुरक्षा कमजोर भएको देखाउन गरेको सन्देश दिन वेभसाइट ह्याक गरेको बताएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अर्काको सम्पत्ति कब्जा गर्ने यी नेपाली नटवरलाल

– मनबहादुर बस्नेत

सेतो कुर्ता–सुरुवाल पहिरिएकी उनी उदास छिन् । अनुहारमा डर र त्रासका बांगाटिंगा धर्सा दौडिरहेझैँ लाग्छ । स्वर दबिएको छ । महानगरीय प्रहरी अपराध महाशाखामा सन्त्रस्त मनोभावमा देखिएकी यी महिला दिवंगत पूर्वसेनानी मोहनबहादुर खत्रीकी पत्नी कृष्णकमल हुन् । उनले यही मनोदशामा जीवन बिताएको एक दशक कटिसकेको छ ।

माओवादी द्वन्द्वका बेला ०५९ मा पति मारिएपछि उनको जीवनमा अकल्पनीय दु:खका दिन सुरु भएका हुन् । खत्री परिवारले चलाउँदै आएको सिन्धुपाल्चोकस्थित मुढेको हर्स सु माउन्टेन रिसोर्ट माओवादीले सेनानी मोहनको हत्या गरेपछि प्रमोदराज पन्तले कब्जा गरे । सुरुमा दोस्रो वर्षदेखिको मुनाफा पन्त र खत्री परिवारले आधाआधा बाँड्ने शर्तनामा गरिएको थियो । १३ वर्ष यसरी चलाउने सम्झौता भए पनि दोस्रो वर्ष २ लाख २० हजार रुपियाँ दिएपछि पन्तले एकलौटी रूपमा रिसोर्ट कब्जामा लिए, जो आजपर्यन्त कायम छ । ‘रिसोर्टमा पैसा लिन आउँदा तपाईंलाई खतरा हुन्छ, म नै ल्याइदिन्छु भन्दै टार्दै गयो, सुरुसुरुमा । पछि त पैसा माग्दा उल्टै डर, धम्की दिन थाल्यो,’ कृष्णाकमलले प्रहरीमा दिएको उजुरीमा भनेकी छन् ।

३० लाख रुपियाँ सेयर लगानी रहेको यो रिसोर्ट गुप्त रूपमा आफ्नो स्वामित्वबाट फुत्किएको समेत पत्तो पाएन खत्री परिवारले । महाशाखाले पन्तलाई माघको अन्तिममा पक्राउ गरेपछि मात्रै अनुसन्धानका क्रममा यो रहस्य खुलेको हो । कम्पनी नवीकरणका लागि भनेर खाली कागजातमा सही गराएर पन्तले रिसोर्ट भने आफ्ना विश्वासपात्र चाबहिलका कुसाङ शेर्पाका नाममा बनाइसकेका रहेछन् । गजब त के भने रिसोर्टमा खत्री परिवारलाई नै निषेध गरिएको थियो । १० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको रिसोर्टको आम्दानी हरिँदासमेत उनीहरूले कहीँ उजुरबाजुर गरेनन् । “बाहिर हल्लाखल्ला गरे जे पनि हुन सक्ने धम्की दिएकाले उनीहरू डराएर चुपचाप बसेछन्,” महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) सर्वेन्द्र खनाल भन्छन् ।

उनीहरू कति धेरै त्रस्त रहेछन् भन्ने महाशाखाले पन्त पक्राउ गरेको एक सातासम्म पनि सम्पर्कमा नआउनुले देखाउँछ । न्याय पाइन्छ भनेर आश्वस्त तुल्याउनै प्रहरीले एक साता खर्चनुपर्‍यो ।
आफूलाई प्रफुल्ल राणा भनेर चिनाउने पन्तले दिवंगत भइसकेका पूर्वपरराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायकी बुहारी सुनीता उपाध्यायको ललितपुरस्थित मानभवनमा रहेको साढे दुई तले घरसमेत एक दशकदेखि आफ्नो कब्जामा लिएको पत्ता लागेको छ । यो घर कब्जा गर्न उनले पारिवारिक बेमेललाई बाटो बनाएका थिए । सुनीता ०५८ देखि नै अमेरिकामा बस्दै आएकी छन् ।

ससुराले सुनीताका नाममा घर पास गराइदिएका थिए । पछि पति सुशीलसँग उनको ०६१ मा पारपाचुके भयो । त्यसपछि सम्पत्तिमा विवाद भएपछि सुनीतालाई तह लगाउन सुशीलले पन्तलाई अघि सारे । “सम्बन्धविच्छेद भएलगत्तै यो घरमा सुशील र पन्त बस्न थाले,” सुनीताका भदा अंगिरा थापा भन्छन्, “केही समयपछि नै पन्तले सुशीललाई घरबाट निकालिदिए र एकलौटी कब्जा गरे ।”

त्यसपछि उपाध्याय परिवार घर खाली गराउन न्यायालयको शरणमा पुग्यो । ललितपुर जिल्ला अदालतले जेठ ०६८ मा घर खाली गराउने आदेश दियो । तर, पन्तले अदालती आदेशको पालना गरेनन्, उल्टै पुनरावेदन अदालत गए । पुनरावेदनले समेत जिल्लाकै निसाफ सदर गरिदियो । यति मात्र होइन, सर्वोच्चमा जान नपाउने गरी फैसला सुनाइदियो, ०७० जेठमा । घर खाली गराइदिएर साँचोसमेत दिएको थियो, अदालतले सुरक्षाकर्मीको सहयोगमा । तर, त्यसको दुई दिनपछि नै पन्तले पुन: कब्जा गरे । “त्यसपछि हामीले जिल्ला अदालतमा चलन कटक ( अदालती फैसला उल्लंघन)को निवेदन दियौँ,” थापा भन्छन् । अदालतले एक सय रुपियाँ जरिवाना तोकेर घर खाली गराउन भन्यो । तर, पन्त जिल्ला अदालतको निर्णय मान्य नहुने जिकिर गर्दै पुन: पुनरावेदनमा गएका छन् । “जसरी पनि प्रक्रिया लम्बाएर सम्पत्ति कब्जा गर्ने उसको दाउ छ,” थापा भन्छन् ।

पोखराबाट पक्राउ परेका पन्त त्यहाँसमेत जग्गाकै ‘केस’ मिलाउन पुगेका थिए । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उक्त केस मिलाएबापत पन्तले ६ करोड रुपियाँ पाउने सहमति बनेको थियो ।

खासमा उनी ग्यालेक्सी स्कुलकी संस्थापक एवं सांसद गीता राणालाई धम्क्याएको अभियोगमा पक्राउ परेका हुन् । सांसद राणासँग केही रकम मागेको र नदिए छोरी वा स्कुलका विद्यार्थी अपहरण गर्ने धम्की दिएपछि पक्राउ परेका पन्तबाट अपराधका अन्य आयाम अनौठोसँग जोडिन थालेपछि प्रहरीसमेत अचम्मित बनेको छ । “व्यक्तिको कमजोरीमा टेकेर उसले सम्पत्ति खाने दाउ गरेको देखिन्छ,” महाशाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश थापा भन्छन् ।

पन्तको धन्दा करिब साढे दुई दशकदेखि नै सुरु भएको प्रहरी अभिलेख छ । उनी ०५० सालमा प्रहरीको नक्कली डीएसपी बनेर ब्ल्याकमेलिङ काण्डमा समेत मुछिएका थिए । पन्तकै योजनामा सुरेन्द्रमुनि तुलाधरबाट विशेष प्रहरीको कर्मचारी भन्दै साढे आठ लाख रुपियाँ असुलिएको थियो । ‘तैँले विभिन्न केटीसँग अनुचित कार्य गरेको फोटो खिचेको छु, पैसा नदिए कारबाही हुन्छ’ भनेर धम्काएपछि तुलाधरले पैसा दिएका थिए । प्रहरी अनुसन्धानबाट पन्तले फुलीसमेत किनेर ल्याएको खुलेको थियो । प्रहरी बयानमा पन्तले ठहिँटी जाने बाटोमा रहेको पसलबाट फुली किनेको बताएका थिए ।

तर, काठमाडौँ जिल्ला अदालतले पन्तसहित सबैलाई सफाइ दिएको थियो, ०५४ फागुनमा । अदालतले पन्तले प्रहरीमा दिएको बयानमाथि प्रश्न उठाउँदै सफाइ दिएको थियो । प्रहरीले कुटपिट गरी बयान गराएकाले उक्त बयान आफ् नो राजीखुसीबाट भएको होइन भन्दै फैसलामा भनिएको छ, ‘स्वतन्त्र प्रमाणबाट पुष्टि हुन आएको नदेखिएकाले सबुद प्रमाणको अभावमा प्रमोदराज पन्तले अभियोगबाट सफाइ पाउने ठहर्छ ।’ पुनरावेदनको संयुक्त इजलासले समेत जिल्लाकै फैसला  सदर गरिदिएको थियो ।

जिल्ला र पुनरावेदन दुवै अदालतबाट सफाइ पाएको तीन वर्षपछि नै पन्तले नेपाल औद्योगिक विकास निगमलाई समेत मोटो रकम ठग्न भ्याए । दरबारमार्गस्थित कार्यालयबाट पन्तले हिमशिला कार्पेट इन्डस्ट्रिजका नाममा कीर्ते कागजात पेस गरेर ४० लाख रुपियाँ ऋण लिएका थिए । साँवा र ब्याज गरी निगमलाई १ करोड ७ लाख रुपियाँ नोक्सान पुर्‍याएको यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले पन्तसहित अन्यलाई दुई वर्ष कैद सजाय र ९१ लाख ६३ हजार २ सय ५४ रुपियाँ जरिवाना तोकेको थियो, ०६५ मा । तर, पन्तले यो सजाय भुक्तान गरेनन् । बरू, फैसलाविरुद्ध उत्प्रेषण रिट हाले । ०६१ मा परेको मुद्दालाई पन्तले ठेल्दै करिब १३ वर्ष गुजारिसकेका छन् । “उसको पहुँच कहाँ छैन,” एसएसपी खनाल भन्छन्, “फिल्मको कथानकभन्दा रोचक छ उसका सम्बन्ध र ठगीका आयाम ।”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नीतिश कुमारले सुजातालाई दिउँसै श्रीमती भनेपछि…

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले कांग्रेस नेतृ सुजाता कोइरालालाई दिउँसै श्रीमती भनेका छन् ।

विहीबार राजधानीको टुँडिखेलमा आयोजित कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै भारतीय नेता नीतिशले सुजातालाई श्रीमती भनेका हुन् ।

श्रीमती भनेपछि कांग्रेस नेता कार्यकर्ता तथा सर्वसाधारण पेट मिचिमिचि हासेका थिए । ठूलै स्वरमा हुटिङ समेत गरेका थिए ।

नीतिशले दिउँसै सार्वजनिक कार्यक्रममा श्रीमती भनेपछि छेउमै बसेकी सुजाता पनि लजाएकी थिइन् । हजारौ कार्यकर्तामाझ उनको लाज भएको थियो ।

जर्मन नागरिकसँग विहे गरेकी गिरिजापुत्री सुजाताले कुरा नमिलेपछि डिभोर्स गरेकी थिइन् ।

नेपालको कानुनअनुसार विदेशीसँग विहे गर्दा आफू पनि विदेशी नागरिक हुने प्रावधान छ । जसअनुसार सुजाता पनि विदेशी नागरिक हुन् । तर, गिरिजापुत्री सुजाताको हकमा त्यो लागु भएन् । उनी नेपालकै नागरिक छिन् ।
सुजाताकी एक छोरी छिन् । जसको विहे बंगलादेशी नागरिकसँग केही वर्षअघि भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्रीको आधिकारिक वेबसाइट सुरु

२० फागुन, काठमाडौं । नेपालका प्रधानमन्त्रीको आधिकारिक वेबसाइट सञ्चालनमा आएको छ । वेबसाइटमा प्रधानमन्त्रीसँग सम्बन्धित सामाग्रीहरु उल्लेख गरिएको छ ।

वेबसाइटमा २०४६ सालपछिका प्रधानमन्त्रीहरुबारे संक्षिप्त जानकारीसमेत राखिएको छ । साथै मन्त्रिपरिषदका निर्णयहरु, मन्त्रीहरुको सम्पत्ति विवरण, सचिवहरुको सूची लगायत सामग्री पनि यसमा समावेश छन् ।

वेबसाइटलाई विस्तारै परिमार्जन गर्दै सामग्रीहरु थपिदै लगिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

देउवा, पौडेल र सिटौलामध्ये कसको भाषण दमदार ?

टिप्पणी

२० फागुन, काठमाडौं । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको उदघाटन सत्र विहीबार खुल्लामञ्चमा सकिएको छ । पार्टी सभापति हाँक्ने दाबीका साथ उम्मेदवारी घोषणा गरेका नेतात्रय रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले खुल्लामञ्चबाटै भाषणमार्फत् केही सन्देश दिने प्रयास गरेका छन् ।

कसको भाषण कस्तो ?

प्रायः भाषणमा पोख्त मानिँदैनन् कांग्रेस नेताहरु । १३ औं महाधिवेशन उद्घाटन समारोहमा सभापतिका तीन दाबेदारहरुले गरेका भाषणले पनि यसलाई पुष्टि गर्‍यो ।

खचाखच भरिएको खुलामञ्चमा भाषण गर्न पाउनु सभापतिका आकांक्षीहरुका लागि कार्यकर्ताको मन जित्ने सुन्दर मौका थियो । तर, उनीहरुले यसलाई ‘क्यास’ गर्न चुके । तीनैजनाको भाषणले सहभागीहरुमा जोश भर्न र उत्साह सञ्चार गर्न सकेको देखिएन ।

तीन दावेदारमध्ये कृष्ण सिटौलाले सबैभन्दा पहिले बोलेका थिए । उनको भाषण केही हदसम्म तार्किक भए पनि ‘बडी ल्याङ्वेज’ ले साथ दिएन । उनमा यति ठूलो जनसमुदाय अगाडि भाषण गर्दाको जोश थिएन, निद्रामा बोलिरहेझैं देखिन्थे ।
तर, सिटौलाको भाषणमा दमै नभएको चाँहि होइन । यद्यपि प्रस्तुति फितलो हुँदा उनले ताली र हुटिङ खासै पाउन सकेनन् ।

सभापतिका अर्का आकांक्षी शेरबहादुर देउवाको भाषण लगभग रित्तो नै थियो । उनले नयाँ र रोचक कुरा केही पनि भनेनन् । कुनै तयारीबिनै बोलिरहेका छन् भन्ने उनको भाषणबाटै प्रष्ट हुन्थ्यो ।

सायद भाषण आफ्नो बलियो पक्ष होइन, भन्ने महसुस गरेर पनि होला देउवा धेरैबेर बोल्दा पनि बोलेनन् । उनको भाषणबाट हेडलाइन फुराउन समेत पत्रकारलाई धौधौ परेको छ ।

कार्यक्रमको अन्तिममा बोलेका कार्यवाहक सभापति रामचन्द्र पौडेलको प्रस्तुति अरुभन्दा फरक रह्यो । उनले केही हदसम्म जोश भर्न खोजेका थिए ।

तर, यदाकदा नाटकीय र आवश्यकताभन्दा बढी भावुकता देखाउन पुगे पौडेलले । ‘मलाई कहिलेकाहीँ आत्महत्या गरौं झैं लाग्छ‘ भन्ने एउटै लाइनले गर्दा पौडेलले गरेको सारा भाषणलाई ‘न्यूट्रलाइज्ड’ गरिदियो ।

त्यसमाथि पौडेलले भाषण गर्ने पालो आउँदासम्म खुलामञ्चको भिड पातलो भइसकेको थियो । मैदानमा भएकाहरु पनि थकित मुद्रामा थिए ।

संस्थापन पक्षको प्रतिनिधित्व गर्ने दुई उम्मेदवार पौडेल र सिटौलाले दिवंगत सभापति सुशील कोइरालाको प्रशंसा गर्ने प्रतिस्पर्धा नै गरे । दुबैको उद्देश्य कोइराला समर्थकको भोट हत्याउनेमा केन्द्रित देखिन्थ्यो ।

अर्का उम्मेदवार देउवामा कोइराला परिवारको सहानुभूतिको आशा नभएकाले नै होला, उनले कोइरालाको प्रशंसामा धेरै शब्द खर्च गरेनन् । सामान्यरुपमा श्रद्धाञ्जली दिए ।

सिटौला र पौडेलले कांग्रेसभित्र आत्मालोचोना, समीक्षा र चारित्रिक शुद्धतामा जोड दिएको देखियो । यस्तो शुद्धीकरणको नारामार्फत् उनीहरुले कांग्रेसमा व्याप्त भ्रष्टाचारको दोष देउवापक्षका नेताहरुलाई लगाउन खोजिरहेजस्तो देखिन्थ्यो । तर, देउवा पक्षबाट खुल्लामञ्चमा यसको प्रतिवाद भएन ।

सिटौलाको जोड १२ बूँदे समसझारीपछिको राजनीतिक लाइनलाई ‘क्यास’ गर्नेमा देखियो । सिटौलाले विदेश पलायन भएका नेपालीको भावना समेट्ने प्रयास गरे । रामचन्द्रले अबको कांग्रेस नेतृत्व जनताले पत्याउनेखालको र सदाचारी हुनुपर्ने भन्दै अब आर्थिक क्रान्तिमा लाग्ने बताए । मधेसलाई पनि संविधान फेरि संशोधन गरेर सम्बोधन गर्ने पौडेलले बताए । शेरबहादुर देउवाले पनि दलित, जनजाति, आदिवासी, महिला सबैको नाम लिँदै उनीहरुका असन्तुष्टि सम्बोधन गर्ने बचन खुल्लामञ्चबाट दिए ।

प्रचण्ड र केपी ओलीको मनोविज्ञान

एमाओवादी नेता प्रचण्डले कांग्रेसबारे गहिरो चासो देखाए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चाँहि कांग्रेसबाट केही अपेक्षा देखाए ।

खुल्लामञ्चभरि खचाखच उपस्थितिका वीच आयोजना गरिएको महाधिवेशन उदघाटन समारोहमा अतिथिका रुपमा उपस्थित एमाओवादी अध्यक्ष प्रचण्ड गिरिजाप्रसाद कोइरालासँगै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेता हुन् । प्रचण्डले दुई वर्षमा आफ्नो पार्टीलाई पहिलो नम्बरमा पुर्‍याउने दाबी गरिरहेका छन् । तर, विहीबार नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टीको महाधिवेशनको उत्साह देखेर सम्भवतः प्रचण्ड निकै तरंगित भए ।

आफूभित्रको तरंगलाई प्रचण्डले मन्तव्यका क्रममा समेत चुहाए । कांग्रेसले अबको नीति कस्तो लिन्छ र नेताहरुले के-कस्ता अभिव्यक्ति दिन्छन् भनेर आफूले चासोपूर्वक हेरिरहेको र यही कारणले कार्यक्रमको अन्तिमसम्म मञ्चमा बस्ने निधो गरेको प्रचण्डले बताए । कांग्रेस कार्यकर्ता र भारतीय नेताले पनि प्रचण्डलाई भाउ दिए, कसैले मञ्चबाट नाम लिएर त कसैले ताली बजाएर ।

सबैलाई थाहा छ, प्रचण्ड महत्वाकांक्षी नेता हुन् । तथापि एउटा प्रतिस्पर्धी पार्टीको नेताका रुपमा प्रचण्डले मात्रै होइन कि कांग्रेसका शुभेच्छुक र आलोचक सबै नेपालीले विहीबार खुल्लामञ्चमा कांग्रेसका शीर्ष नेताहरु के बोल्छन् भनेर ध्यान दिएकै थिए ।

कांग्रेसको मुख्य प्रतिद्वन्द्वी मानिने नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीचाँहि अलि बढी निश्चिन्त देखिन्थे । बुधबार मात्र एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए कि एमाले जुन चुनावमा जान्छ, उसले बहुमत ल्याउँछ । यही निश्चिन्तताका कारणले हुनुपर्छ, ओली कांग्रेसको भीडलाई देखेर प्रचण्डजति गम्भीर देखिएनन् । कांग्रेस इमान र जमानमा अडिनेखालको पार्टी बनोस्भन्नेमात्रै प्रधानमन्त्रीले शुभकामना दिए ।

भारतीयहरु छक्कै परे

नेपाली कांग्रेसको महाधिवेशन उदघाटनस्थल एक प्रकारले नेपाल-भारत सम्बन्धको विवेचना गर्ने थलोजस्तै बन्यो । भारतबाट बीजेपी, कांग्रेसआइ, कम्युनिष्ट पार्टी र क्षेत्रीय पार्टीका नेताहरुसमेत खुल्लामञ्चमा थिए । यो मञ्चलाई प्रयोग गर्दै प्रचण्डले नाकाबन्दी किन गरेको भनेर भारतीय नेतालाई दह्रो प्रश्न तेस्र्याउँदा कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए ।

उता, भारतीय कम्युनिष्ट पार्टीका नेता जोगेन्द्र शर्माले खुलेर नाकाबन्दीको विरोध गरे, जसबाट उनले कांग्रेस कार्यकर्ताको समर्थन र ताली बटुले । उनले नेपाल र भारतवीचको सम्बन्ध ‘बडेभाइ र छोटेभाइ’ को नभई समान रहेको बताए ।

रोचक त के भयो भने भारतीय नेताहरुले नेपालमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा देख्दा आश्चर्य व्यक्त गरे । यसरी अचम्मित हुनेमा विहारका मुख्यमन्त्री नीतिश कुमार मात्रै थिएनन्, बीजेपी नेता भगतसिंह कोशियारीसमेत थिए ।

कांग्रेसको सभामा एमालेका अध्यक्ष ओली र एमाओवादीका अध्यक्ष प्रचण्डलाई देख्दा भारतीय नेताहरुलाई अचम्मै लागेछ । भारतमा विपक्षी नेताहरु एकअर्कामा हिलो छ्यापाछ्याप गरिरहेको देखेका भारतीय नेताहरु काठमाडौंमा नेपाली नेतावीच राजनीतिक मिलाप र सभ्यता देखेर छक्क परेका हुन् ।

बीजेपी नेता कोशियारीले नेपाल ज्ञानभूमि रहेको र यहाँबाट विचार र विज्ञानको विकास होस् भने । हुन पनि विपक्षी दलका नेतासँग गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने भारतीय नेताहरुले काठमाडौंबाट सिकेकै हुनुपर्छ । यो दृश्य हेर्दा भारतभन्दा राजनीतिक संस्कारमा नेपाल अगाडि रहेको भारतीय नेताहरुले अनुभूति गरेकै हुनुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

रामचन्द्र पौडेलले भने-कहिले काँही त आत्महत्या गरौं जस्तो लाग्छ (अडियोसहित)

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले राजनीति गर्नेहरुको आलोचना हुने गरेको भन्दै कहिले काँही त आत्महत्या गरौं जस्तो लागेको बताएका छन् ।

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा समापन मन्तव्य व्यक्त गर्दै पौडेलले राजनीतिप्रति जनतामा विश्वास जगाउनुपर्ने र नेताहरु सदाचारी हुनुपर्ने बताए । खुल्लामञ्चमा भाषण गर्दै पौडेलले भने-‘कहिलेकाँही मिडिया र सामाजिक सञ्जालमा राजनीति गर्नेहरुलाई गाली गरेको सुन्दा मलाई आत्महत्या गरौंजस्तो लाग्छ ।’

नेताहरुले अब अरुको निन्दा हैन, आत्मालोचना गरेर आफूमा परिवर्तन हुनुपर्ने पौडेलले बताए । ‘हामी राजनीतिमा किन छौं ? के यो पेशा हो ? व्यापार हो ?’ पौडेलले भने- राजनीति भनेको छ देशको सेवा हो ।’

खुल्लामञ्चमा देखिएको विशाल उपस्थितिले कांग्रेसको महत्व दर्शाएको पौडेलले बताए । तेह्रौं महाधिवेशनले कांग्रेसको भावी कार्यदिशा के हुने भन्नेबारे विश्लेषण गर्नैपर्ने पौडेलले बताए ।

सुशीलको नेतृत्वमा संविधान आएको बताउँदै पौडेलले अब संविधानको कार्यान्वयन गर्दा प्रजातान्त्रिक समाजवाद साकार हुने बताए । उनले भने, ‘अब भारत र दुनियाँले देख्नेछन्, हिमालको फेदमा कस्तो समाज बन्यो ?अब संविधान कार्यान्वयन कांग्रेसले गर्छ ।’

संविधान बनेपछि पनि केही गलतफहमी भएको भन्दै पौडेलले मधेसमा रहेको असन्तुष्टिलाई फेरि पनि संविधान संशोधनमार्फत् सम्बोधन गर्न सकिने बताए ।

‘नाकाबन्दीलाई अलिकति सहज गराएका छौं, मधेसी मोर्चाका साथीहरुले आन्दोलनको तयारीमा छौं भनिरहेका छन्,’ पौडेलले भने- ‘असन्तुष्टि मिलाएर लान तयार छौं । संशोधन बाँकी छ भने पूरा गर्न तयार छौं । अब आर्थिक क्रान्ति गर्नुछ । नेपाललाई सम्वृद्ध बनाउनु छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

छुट्टा छुट्टै घटनामा ४ को मृत्यु

२० फागुन, काठमाडौं । बाँके, कपिलबस्तु र सुनसरीमा भएका छुट्टा छुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बाँकेमा ट्रकको ठक्करबाट बिहीबार दुईजनाको मृत्यु भएको छ ।

बाँकेको गनापुर-७ पिपरहवा चोकमा ना ३ ख ९२७४ नम्बरको ट्रक र भे ५ प ७८०७ नम्बरको मोटरसाइकल बिहीबार ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ बस्ने २२ वर्षीय श्यामलाल गुप्ता र मोटरसाइकलमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय अनिल नेपालीको मृत्यु भएको हो ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी कपिलवस्तुको पतरिया-७ सोहसा बस्ने २० वर्षीय रामबहादुर थारुको छिमेकीको कुटपिटबाट बिहीबार मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने १९ वर्षीय जंगबहादुर थारु र उनका बुवा ३९ वर्षीय सेसमान थारुले फागुन १५ गते रामबहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रामबहादुरलाई उपचारको लागि बुधबार भैरहवा मेडिकल कलेज लगिएको थियो । अस्पतालले साधन सम्पन्न अस्पताल लैजान रिफर गरेपनि परिवारका सदस्यहरुले घरमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सुनसरीको इटहरी-३ बुढीखोलाको बगरमा इटहरी-२ बस्ने मिना भुजेलकी छोरी १३ वर्षीया सपना भुजेल बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मल्टिप्लेक्समा ‘ड्रिम्स’को बुकिङ आक्रामक, देखियो अनमोल क्रेज

भोलीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डि्रम्स’को बुकिङ मल्टिप्लेक्समा आक्रामक देखिएको छ । भूवन केसी निर्देशित यो चलचित्रलाई मल्टिप्लेक्स हलहरुले उच्च शो दिएका छन् ।

क्यूएफएक्सले कुमारी, जय नेपाल र सीभील गरेर १४ वटा शो चलचित्रले पाएको छ  । जसमध्ये बिहानीको शोको वुकिङ अहिलेसम्म औषत रहेपनि १२ बजेपछि आक्रामक बुकिङ भएको क्यूएफएक्स कुमारी र जय नेपालका म्यानेजर विनोद पौडेलले जानकारी दिए । उनले भने-‘बिहानीको शोमा ठिकै छ । १२ बजेपछिको शो यसरी नै बुकिङ भयो भने हलमा दर्शकको उच्च चाप देखिनेछ ।’ उनले यो वुकिङलाई उत्साहजनक भनेका छन् ।

चलचित्रका काठमाण्डौ वितरक गोविन्द शाहीका अनुसार सिंगलदेखि मल्टिप्लेक्समा  दर्शकको चाप उच्च हुने देखिएको छ । काठमाण्डौको गोपिकृष्णमा ४ वटा हल पाउने निर्माता तथा निर्देशक भूवन केसीले जानकारी दिएका छन् ।

वितरक गोविन्द शाहीका अनुसार वीग मुभिजको एउटा हल बिग्रिएकाले २ पर्दामा ७ शो, एफक्यूबमा १२ शो, क्यूज हलमा ६ शो चलचित्रले पाएको छ । यी सबै हलमा पनि चलचित्रको बुकिङ उच्च छ ।
काठमाण्डौको सुन्धारामा रहेको क्यूएफएक्स सीभीलमा यो समाचार तयार पार्दासम्म मध्यान्न १२ बजेको हल हाउफूल भैसकेको छ ।

नायक अनमोल केसीको स्टारपावर र मिडियामा उच्च प्रचारका कारण चलचित्रको बुकिङ आक्रामक देखिएको हो । यूवायूवतीमाझ अत्यन्त लोकप्रिय मानिएका नायक केसीको १६ महिनापछि चलचित्र रिलिज हुन लागेकाले पनि दर्शकको क्रेज अझ बढेको हो । काठमाण्डौ बाहिर पनि चलचित्रको लागि दर्शकको उत्साह उस्तै देखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

युएईबाट नेपाल फोन गर्दा ५० प्रतिशत छुट

१९ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्सको भ्तष्कबबित कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तोमा कल गर्न सकिने भएको छ ।

कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने छ ।

उक्त अफर मार्च १ अर्थात फागुन १८ गतेदेखि तीन महिनासम्म लागू हुनेछ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी भ्तष्कबबित कम्पनीले उक्त अफर लागू गरेको हो ।

यस छुट अफरबाट युएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुनेछन् ।

यो अफर नहुँदाको सामान्य दर भने प्रतिमिनेट ६० फिल्स अर्थात करिब १७ रुपैयाँ ६० पैसा रहेको छ । नेपालबाट युएईमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

क्यान्सर पीडित बालिकालाई कलाकारको आर्थिक सहयोग

२० फागुन, काठमाडौं । नेपाली चलचित्र ‘भाग सानी भाग’को टोलीले अष्ट्रेलियामा गरेको च्यारिटी सोबाट उठेको रकम रक्त क्यान्सर पीडित ७ वर्षीया बालिका रेजिना पौडेललाई प्रदान गरेको छ ।

उनको उपचारमा सहयोग होस् भनेर १ लाख ६६ हजार २ सय १५ रुपैयाँको चेक बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी प्रदान गरिएको हो ।

चलचित्रकी नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठले पौडेलका अभिभावकलाई हस्तान्तरण गरे । भाग सानी भाग चलचित्र र नेनाज फाउण्डेसनको आयोजनामा नारायण पन्थी र विष्णु चापागाईको सक्रियतामा सो रकम संकलन गरिएको थियो ।

‘भाग सानी भाग’ चलचित्र आगामी चैत ५ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौंमा कुकुरको गणना हुँदै, भुस्याह हटाउनै १२ वर्ष लाग्ने  

२० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका कुकुरको संख्या गणना गरिने भएको छ । सामुदायिक (भुस्याह) कुकुरले सहरी व्यवस्थापनमा समस्या ल्याएको भन्दै व्यवस्थापनको आधार तयार गर्न कुकुर गणना गर्न लागिएको हो ।

गणनामा सडकमा रहेका सामुदायिक र घरमा रहेका घरपालुवा कुकुरको अवस्था, भाले, पोथी र बच्चाको संख्या, रोग लागेका, बिरामी, अस्वस्थ्य, दुर्घटनामा परेका कुकुरको विवरण संकलन गरिनेछ।

कुकुर गणना हुनुअघि सिंहदरबार क्षेत्रमा रहको कुकुर व्यवस्थापन गरिने महानगरपालिकाले जानकारी दिएको छ । भोलि शुक्रबार त्यस क्षेत्रका ४० वटा कुकुरलाई बन्ध्याकरण गरेर अभियान सुरु गर्न लागिएको छ ।

तिनलाई उपचारपछि पुनः त्यसकै बसोबासस्थलमा फर्काइने महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महानगरभित्रको सामुदायिक कुकुर पूर्णरुपमा हटाउन अझै १२ वर्ष  लाग्ने देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको सरसफाई, हरियाली तथा उद्यान व्यवस्थापन अभियान अन्तरगत सामुदायिक कुकुर व्यवस्थापन थालिएको हो ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भएका सामुदायिक कुकुरले सेवाग्राही, कर्मचारी र  सवारी साधनको निर्वाध आवागनमा समस्या उत्पन्न भएको छ ।

सेवाग्रहीलाई झम्टने तथा टोक्ने खतरा बढेको र फोहोर गर्ने समस्या बढेकोले सिंहदरबार क्षेत्रभित्रका सामुदायिक कुुकर व्यवस्थापन गर्न लागिएइको महानगरका अधिकारीले बताए ।

सामुदायिक कुकुर व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम प्रविधि र प्रक्रिया आवश्यक हुने महानगरको भनाइ छ ।

महानगरले कुकुर व्यवस्थापनका लागि यसवर्ष ३ करोड रुपैयाँ खर्च गर्दैछ । सामुदायिक कुकुर व्यवस्थापनमा हृयुमन सोसाइटी इन्टरनेशनलले साझेदारी गर्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रदीप पौडेलको चुनावी प्रचार रोबोटले गर्ने  

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रदीप पौडेलको चुनाव प्रचार रोबोटले गर्ने भएको छ ।

प्राविधिक विद्यार्थी समूहले निर्माण गरेको रोवोटले पौडेलको पक्षमा भोट माग्ने छ र पर्चा वितरण गर्नेछ ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रोबोट सार्बजनिक गरिएको छ र यसले गर्ने कामबारे जानकारी दिइएको छ ।

रोवोट निर्माण टोलीका सदस्य धिरन कार्कीले भने, ‘रोबोटले दुई हात जोडेर नमस्ते गर्दै भोट माग्दै चारैतिर घुम्छ ।’

कांग्रेस पार्टीको महाधिवेशनलाई प्रविधि मैत्री बनाउने उद्देश्यसहित ९१ हजार रुपैयाँ खर्च गरेर यो रोबोट बनाइएको उनले जानकारी दिए ।

सो रोबोट कार्कीसहित सुमन थपलिया, बाबुराम अधिकारी, दिग्दर्शन सुवेदी, अंकित बराल र मिलन कोराङगीको समूहले निर्माण गरेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेसलाई विजय गच्छदारको महंगो ‘जय नेपाल’  

२० फागुन, काठमाडौं । उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसमा लामो योगदान गरेका पूर्वकांग्रेस नेता हुन् । कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेपछि गच्छदारले ‘जय नेपाल’ भन्न छाडेको धेरै वर्ष भइसकेको छ ।

तर, विहीबार उनले निकै महंगो मूल्य तिरेर खुल्लामञ्चबाट दुईपटक ‘जय नेपाल’ उच्चारण गरे । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा उभिनासाथ उनले सहभागीहरुलाई ‘जय नेपाल’ शब्दले सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनी निकै भावुकजस्तो देखिएका थिए । सम्बोधनको अन्त्यमा पनि उनले ‘जय नेपाल’ भन्न छुटाएनन् ।

गच्छदार विहीबार बिहानसम्म बिराटनगरमा थिए । आफ्नो मातृपार्टीको अधिवेशनमा पाहुनाकारुपमा निम्त्याइएपछि गच्छदार विहीबारै बिराटनगरका विमान चढेर काठमाडौं आएका हुन् । उनी खुल्लामञ्चमा पुग्दा कांग्रेस नेताहरु आइसकेका थिएनन् । गच्छदारले केहीवेर मञ्चमा चित्रबहादुर केसीसँगै बसेर राधिका हमालको दोहोरी सुनेपछि बल्ल रामचन्द्र पौडेल, कृष्ण सिटौला र शेरबहादुर देउवाहरु मञ्चमा आइपुगे ।

‘म आजै बिराटनगरबाट आएको हुँ, र अहिले फेरि बिराटनगरतिरै र्फकँदैछु,’ करिब पाँच मिनेट बोलेका गच्छदारले भने- ‘म यत्तिका लागि आज बिराटनगरबाट काठमाडौं आएको हुँ ।’

उपप्रधानमन्त्री गच्छदारले बिरानगरबाट विमानमा ओहोर-दोहोर गरेका कारणले मात्रै उनको ‘जय नेपाल’ महंगो भएको होइन, बरु आफूले दशकौं रगत र पसीना बगाएको पार्टीबाट आज अलग हुनुपर्दाको पीडा पनि उनको अनुहारमा प्रष्ट झल्किएको देखिन्थ्यो । आफूले छाडेको घरमा फर्किँदा यस्तो हुनु स्वाभाविकै पनि हो ।

शायद यही भएर हुनुपर्छ, गच्छदारले आफ्नो मन्तव्यमा आफ्ना ‘आदर्श पुरुष’ वीपी, सुवर्णसमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सबैको एक-एक गरेर प्रशंशा गरे ।

साथै गच्छदारले नेपाली कांग्रेसको इतिहासको मुक्तकण्ठले प्रशंसा गरे । अनि नेपाली कांग्रेसको काँधमा अझै पनि संविधान कार्यान्वयनको जिम्मेवारी रहेको बताए ।

आफ्नो जीवनको महत्वपूर्ण हिस्सा खर्च गरेको पार्टीको अधिवेशनमा प्लेनबाट आहोर-दोहोर गरेर पाँच मिनेट शुभकामना दिएका गच्छदारलाई अब कांग्रेसमै फर्कौं-फर्कौं जस्तो पो लाग्यो कि ? रिजर्भमा बस्न रुचाउने गच्छदारको मनको बात उनैले जानून् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चुनावमा आफूबिरुद्ध उठेर जित्न प्रचण्डलाई बाबुरामको चुनौति

सन्देश श्रेष्ठ
२० फागुन, पोखरा । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराइले एमाओवादी अध्यक्ष प्रचण्डलाई आगामी चुनावमा आफूबिरुद्ध उठेर चुनाव जित्न चुनौति दिएका छन् । नयाँ शक्ति प्रचार अभियान कास्कीले पोखरामा विहीबार गरेको पत्रकार सम्मेलनमा डा.भट्टराइले प्रचण्डलाई घुमाउरो पारामा यस्तो चुनौति दिएका हुन् ।

केही दिनअघि एमाओवादी अध्यक्ष प्रचण्डले भट्टराइलाई गोर्खाबाट अब चुनाव जितेर देखाउन चुनौति दिएको विषयमा पत्रकारले राखेको जिज्ञासामा डा.भट्टराईले गोर्खाली जनताले प्रचण्डलाई आफूबिरुद्ध चुनाव लडेर जित्न चुनौति दिइसकेको भन्दै त्यसमा आफ्नो समर्थन रहेकाले थप टिप्पणी आवश्यक नरहेको बताए ।

उनले भने, ‘गोर्खाली जनताले मसँग चुनाव लडेर जितेर देखाउन प्रचण्डलाई चुनौति दिइसकेका छन्, त्यसैले यसबारेमा मैले थप भनिरहनु आवश्यक छ जस्तो मलाई लाग्दैन ।’

भट्टराइले गोर्खामा नयाँ शक्ति सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित भइसकेको दाबीसमेत गरे । नयाँ शक्तिमा आकर्षण बढ्दै गएको भन्दै गोर्खामा सबैभन्दा ठूलो पार्टीमा नयाँ शक्ति दर्ज भइसकेको र चाँडै देशकै ठूलो शक्ति बन्ने उनको दाबी थियो ।

भट्टराइले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले मुलुक विकास र आर्थिक समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसका लागि नयाँ शक्ति निर्माण गरिएको स्पष्ट पारे ।

वैशाख र कात्तिकमा मात्रै चन्दा

नयाँशक्ति अभियानका संयोजक डा.भट्टराईले नयाँ शक्तिले वैशाख र कात्तिकमा मात्रै चन्दा उठाउने घोषणा गरे । ६/६ महिनाको अन्तरमा चन्दा उठाउने नयाँ श्क्तिको नीति रहेको भन्दै उनले वर्षको पहिलो महिना वैशाख र त्यसको ६ महिनाको अन्तर गर्दा कात्तिक हुने भएकाले वैशाख र कात्तिकमा चन्दा उठाउने उनले प्रष्ट्याए ।

आर्थिक संकलन सम्बन्धि नीति सार्वजनिक गरिसकिएको भन्दै उनले आर्थिक संकलन खुल्ला र पारदर्शी बनाइने प्रतिबद्धता जनाए । चन्दा उठाउन पार्टीका कोहि पनि एक्लाएक्लै नहिँड्ने बताउँदै उनले संस्थाबाट एक वर्षमा २० लाख र व्यक्तिबाट ५० हजारभन्दा बढी चन्दा नलिने नीति लिइएको जानकारी दिए । साथै १० हजार बढी चन्दा लिनुपरे बैंकमार्फत मात्रै लिइने उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तस्वीरमा कांग्रेस महाधिवेशन

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज बिहीबारबाट सुरु भएको छ । खुलामञ्चमा उद्घाटन समारोह चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, विहारका मुख्यमन्त्री नितिशकुमार लगायतले महाधिवेशनका लागि शुभकामना दिएका छन् ।

NC-Convention

NC-Convention (2)

Nitish kumarNepali Congress-Convention-2072

NC-Convention (1)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एक लाख सदस्य बनाएर मात्रै पार्टी घोषणा गर्छौ : भट्टराई

गोकुल बानियाँ
पोखरा २० फागुन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशभर एक लाख सदस्य बनाएर मात्रै पार्टी घोषणा गर्ने बताउनुभएको छ । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले केहि महिनाभित्र देशभरबाट एक लाख सदस्य संख्या बनाएर उनिहरुको उपस्थितिमा पार्टी घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो ।

केन्द्र, प्रदेश जिल्ला र गाउमा अन्तरिम परिषद् निर्माण गरी सदस्यता अभियान सञ्चालन गर्ने र एक लाख सदस्य संख्या पुगेपछि उनिहरुलाईनै पार्टीको संस्थापक मान्ने गरी पार्टी घोषणा हुने उल्लेख गर्नुभयो ।
भट्टराईले नयाँ शक्ति नेपाल पुरानै पार्टीहरु मध्यको थप पार्टी नभई बैकल्पिक राजनीतिक अभियान भएको बताउनुभयो । यसअघिका पार्टी राजनीतिक अधिकार प्राप्तीको लागि बनेको भएपनि नयाँ शक्ति नेपाल त्यो भन्दा निकै फरक धारबाट आएको उहाँको दावि छ ।
उहाँले पार्टी सञ्चालनको लागि एकै ब्यक्तिबाट कमिसनको रुपमा करोडौ रुपैया नलिने भन्दै ब्यक्तिबाट ५० हजार तथा संस्थाबाट २० लाख रुपैया प्रतिबर्ष चन्दा लिने स्पष्ट पार्नुभयो ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

खुलामञ्चमा चलिरहेको कांग्रेस महाधिवेशनको उद्घाटन समारोह

ठमाडौँ, २० फागुन । ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३औं महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

करिब एक वर्ष ६ महिना ढिलो गरी सबैभन्दा पुरानो पार्टी काँग्रेसको महाधिवेशन सुरु भएको हो । १२औं महाधिवेशन पनि काठमाडौँमा नै २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा नै सम्पन्न भएको थियो ।

खुल्लामञ्चमा आयोजित भव्य समारोहबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुद्घाटन गर्नुभयो । आफ्नो सभापतिले नै पार्टीको महाधिवेशनको उद्घाटन गर्ने परम्परा कबाभ्रेसमा रहिआएको छ ।

उद्घाटनअघि नेपाल सांस्कृतिक सङ्घका कलाकारले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

Congress-2 - Copy

चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि आजदेखि नै मनोनयन सुरु भएको छ । काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी जम्मा तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

Congress-1 - Copy

महाधिवेशनमा शुभकामना मन्तव्य दिन प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता राजीव पराजुली, उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपप्रधानमन्त्री एवम् नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनाली सहभागी हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत राजनीति दलका नेताहरुले महाधिवेशनको उद्घाटन सत्रमा भाग लिइरहनुभएको छ ।

Congress - Copy

समारोहमा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुक हजारौँको सङ्ख्यामा सहभागिता छ ।

उद्घाटन समारोहमा भारतको विहारका मुख्यमन्त्री नीतिश कुमार, बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलालगायतका विशिष्ट पाहुनाले भाग लिइरहनुभएको छ ।

महाधिवेशन सुरु हुनुअघि काँग्रेसले राजधानीका विभिन्न स्थानबाट आयोजना गरेको सांस्कृतिक, झाँकीसहितको ¥याली खुल्लामञ्च प्रवेश गरेको थियो ।

महाधिवेशनका लागि खुल्लामञ्चलाई विशेष रुपमा सिङ्गारिएको छ । राजधानीका प्रमुख सडक, गल्ली र चोकमा काँग्रेसको चारतारे झन्डाले राजधानी रङ्गिएको छ ।

महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमा प्रवेश गर्ने दुबैतर्फबाट विशेष स्वागतद्वार निर्माण गरिएको छ । खुल्लामञ्च परिसर र आसपासका सडकमा संस्थापक नेताहरु बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला एवम् सुशील कोइरालाको चित्र अङ्कित फ्लेक्स ब्यानरले झकिझकाउ पारिएको छ ।

मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशीले राससलाई जानकारी दिनुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालका एकमात्र अर्बपति उद्योगपति विनोद चौधरीको सम्पती घट्दै

काठमाडौं, २० फागुन । नेपालका एक मात्र अर्बपति उद्योगी विनोद चौधरी सम्पत्ति घट्न थालेको छ ।

चौधरी ग्रुपका मालिक समेत रहेका चौधरीको पछिल्लो एक वर्षमा सम्पति घटेको हो । चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको अर्बपतिहरुको सूची अनुसार चौधरीको सम्पतिमा सन् २०१५ को तुलनामा २०१६ मा २ मिलियन डलरले कमी आएको हो ।

सन् २०१५ को मार्चमा चौधरीको १.३ बिलियन अमेरिकी डलर सम्पति रहेको थियो । सन् २०१६ को मार्चसम्म आइपुग्दा घटेर १.१ बिलियन डलर पुगेको छ ।

सन् २०१५ मा अर्बपछिको सूचीमा १,४१५ औं स्थानमा रहेकोमा सन् २०१६ मा उनी १५७७ औं स्थानमा खस्केका छन् ।

भारतीय मूलका नेपाली व्यापारी विनोद चौधरीको चौधरी ग्रुपदेखि नबिल बैंकसम्म लगानी रहेको छ । उनले नेपाल लगायत सर्बिया, साउदी अरेबिया, भारत र बंगलादेशमा समेत लगानी गरेका छन् ।

फोब्र्सले सार्वजनिक गरेको सूचीमा फेरिपनि बिल गेट्स विश्वकै पहिलो धनी बनेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतीय कम्युनिष्ट नेताले गरे नाकाबन्दीको विरोध

२० फागुन, काठमाडौं । भारतीय नेताले नै भारतले लगाएको नाकाबन्दीको विरोध गरेका छन् । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले विहीबार नेपाली कांग्रेसको अधिवेशनमा मन्यव्य दिनेक्रममा भारतीय नाकाबन्दीको विरोध गरेका हुन् ।

‘हाम्रो पार्टी नेपाली जनताको दुःख र यातनाका साथमा छ,’ भारतीय नेता शर्माले खुल्लामञ्चबाट भने,’हामीले नाकाबन्दीका विषयमा संसद र सडकबाट संघर्ष गर्‍यौं, सरकारले नेपालमै आन्दोलन भएका कारण ब्लकेड भएको जवाफ दियो । त्यसपछि हामीले संसदीय टोली नेपाल पठाउनुपर्ने माग गर्‍यौं । सच्चाइ के हो ? यदि भारतले नाकाबन्दी गरेको हो भने, दोस्रो देशबाट नाका खोल्नुपर्छ भन्ने माग राख्यौं ।’

शर्माले आफ्नै सरकारले लगाएको नाकाबन्दीको विरोध गर्दा खुल्लामञ्चमा उपस्थित कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए । मञ्चमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डसमेत हषिर्त देखिएका थिए ।

सीताराम येचुरीको पार्टीको नेता शर्माले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता कायम भएकोमा खुशी व्यक्त गरे । उनले भारतमा पनि साम्प्रदायिक तत्वहरुले हिन्दुराष्ट्र चाहिन्छ भन्दै ‘खून खरावा’ गरिरहेको बताए । र, तिनैले नेपालमा पनि हिन्दु राष्ट्र चाहेको उनले बताए ।

तर, नेपालका सबै जात जाति र समुदायहरु एकतावद्ध भएर अघि बढ्न उनले आग्रह गरे । उनले भने- ‘सिंगो दक्षिण एशियाका जनताको भाग्य एकै प्रकारको छ, नेपाल भित्री र बाहिरी शोषणबाट मुक्त होस् । भारतीय जनता नेपाली जनताका साथमा छन् ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालगञ्जमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु

२० फागुन, नेपालगन्ज । नेपालगन्ज-कोहलपुर सडकखण्डको गनापुर-२ पिप्रहवा चोकमा बिहीबार मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगन्ज आइरहेको भे ५ प ९८०७ नम्बरको मोटरसाइकललाई नेपालगन्जबाट कोहलपुर जाँदै गरेको ना ३ ख ९२७४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार कपिलबस्तु कृष्णनगरका २२ बर्षीय श्यामलाल गुप्ता र नेपालगञ्जकै २५ बर्षीय अनिल नेपालीको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका दुईको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी भीमकिरण बोगटीले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

छविले बनाएको ‘हिरो’लाई दशकपछि सविनले बनाउँदै  

छविराज ओझाले नायिका रेखा थापालाई चलचित्र नगरिमा डेब्यू गराएको चलचित्र हो, ‘हिरो’ । यो चलचित्रबाट रजतपटमा आएकी नायिका रेखा थापा अहिले सुपरस्टार भैसकेकी छिन् । अब, यही नामलाई सापटी लिदै एक दशकपछि नायक सविन श्रेष्ठले चलचित्र बनाउने भएका छन् । करिब २ बर्षदेखि उनको यो प्रोजेक्ट पेन्डिङमा थियो ।

वैशाखको दोश्रो साताबाट छायांकनमा जाने ‘हिरो’लाई समिर मियाले निर्देशन गर्दैछन् । चलचित्रको फस्टलुक समेत सार्वजनिक गरिएको छ । सविनले बनाउने यो चलचित्रका लागि अन्य कलाकार फाइनल भएका छैनन् ।

तर, एक्सन चलचित्रमा जमेका सविनले यो चलचित्र पनि पूर्ण रुपमा एक्सन शैलीमा बनाउने बताए । सविन श्रेष्ठको प्रस्तुतीमा तयार हुने यो चलचित्रमा नवराज शर्मा मुख्य सहायक निर्देशक रहनेछन् ।

शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद रहने चलचित्रमा सहदेव गौतम र अमन मियाले लगानी गर्नेछन् । नेपाली चलचित्रका नायक-नायिका निर्माता बनिरहेको समयमा अब सविन पनि यो भीडमा प्रवेश गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फिफा बरियतामा नेपाल ३ स्थान सुधार

२० फागुन, काठमाडौं । विश्व फुटबल महासंघ फफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आएको छ ।

दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको हो । माल्दिभ्स एक स्थान तल झर्दै १५८ औं स्थानमा तथा दुई स्थान सुधार गर्दै भारत १६०औं स्थानमा छ ।

त्यस्तै बंगलादेश १७७औं स्थानमा छ । दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान नेपालभन्दा पछाडि छन् । पाकिस्तान १८७औं, श्रीलंका १८९औं र भुटान १९३औं स्थानमा छन् ।

फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । बरियतामा शीर्ष १३ स्थानमा रहेकाहरु यस महिना परिवर्तन भएका छैनन् । फिफाले प्रत्येक महिना उसका सदस्य राष्ट्रहरुबीचको बरियता सार्वजनिक गर्ने गर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इमान बचनमा अडेको पत्यारिलो कांग्रेस हेर्न चाहन्छु: प्रधानमन्त्री ओली

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इमान, बचनमा अडेको पत्यारिलो कांग्रेस आफूले हेर्न खोजेको बताएका छन् ।

१३ औं महाधिवेशनको उदघाटन समारोहलाई बिहीबार खुलामञ्चमा सम्वोधन गर्दै ओलीले भने, ‘नेपाली कांग्रेस विश्वासिलाो बनोस्, पत्यारिलो बनोस्, इमान बचनमा अडेको पत्यारिलो कांग्रेस बनोस् म यही हेर्न चाहन्छु ।’

‘महाधिवेशन कर्मकाण्डी नबनोस्’

राणाशासनको अन्धकारबाट नेपाललाई यहाँसम्म ल्याउन कांग्रेसले धेरै बलिदान गरेको चर्चा गर्दै ओलीले कांग्रेसको काँधमा अहिले ठूलो जिम्मेवारी आएको बताए । उनले यो महाधिवेशन कर्मकाण्डी नबन्ने विश्वास व्यक्त गरे ।

‘कांग्रेस महाधिवेशन नितान्त कर्मकाण्डी हुनुहुँदैन । कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ । त्यो जिम्मेवारी पूरा गर्न कांग्रेसले यस महाधिवेशनबाट नीतिगत निर्णय गर्ने छ,’ ओलीले भने, ‘लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा, विकास निर्माण अगाडि बढाउने प्रश्नमा, राष्ट्रिय एकता अगाडि बढाउने प्रश्नमा जनताले कांग्रेसले सुझबुझपूर्ण निर्णयको अपेक्षा गरेका छन् । जुन म पनि गर्न चाहन्छु ।’

अब देशलाई आर्थिक उन्नतीमा लैजान सबै दल लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । त्यसका लागि कांग्रेस, एमालेलगायत सबै राजनीतिक दल लाग्नुपर्ने भन्दै उनले कांग्रेसले पनि त्यसैलाई आत्मसाथ गर्दै निर्णय गर्ने विश्वास व्यक्त गरे ।

‘यो महाधिवेशनबाट कांग्रेसले त्यस उचाइबाट निर्णय गरोस् भन्ने चाहान्छु,’ ओलीले भने, ‘यो देशमा सबै जाति, भाषा क्षेत्रलाई सम्मान गरिनेछ । म चाहन्छु कांग्रेसको ध्यान पनि गम्भीरतापूर्वक त्यतापटि्ट जानेछ ।’

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जेनिफरको पहिरनमा खुलेको जवानी (फोटो फिचरसहित)

चर्चित गायिका जेनिफर लोपेज आफ्नो पहिरनले सबैलाई आकषिर्त गर्न कहिल्यै पनि पछि पर्दिनन् । उनले लगाउने पहिरन सधै नै विशेष हुन्छ, जसले राम्रो चर्चा पाउँछ ।

jenifar-lopej-3
एक टेलिभिजिन अन्र्तवार्ताका लागि पुगेकी जेनिफरले यस्तै एक आकर्षक पहिरन रोजिन् । उनले लगाएको वन पिस पहिरन विचमा केही खुलेको थियो । जसले उनको क्लिभेज र बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको थियो । फेसनमा सधै नै अगाडि रहेकी यी सुन्दरीले आफ्नो  जवानी स्पष्ट खुलाइन् । jenifar-lopej-1

jenifar-lopej-2
४६ बर्षको उमेरमा पनि करोडौ यूवाहरुलाई उनले दिवाना बनाएकी छिन् । यसैले पनि उनी पहिरनमा सधै नै सजग देखिने गर्छिन् । jenifar-lopej-4


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस महाधिवेशन सुरु, रामचन्द्रले पानसमा बत्ती बाले

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन औपचारिकरुपमा सुरु भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज दिउँसो दुई बज्न दुई मीनेट बाँकी रहँदा पानसमा बत्ती बालेर महाधिवशेनको उदघाटन गरेका छन् ।

खुल्लामञ्चमा आयोजना गरिएको महाधिवेशनमा उदघाटन समारोहमा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी छन् ।

उदघाटन समारोहमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार उपस्थित छन् । भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सशभागी छन् । त्यसैगरी बंगलादेश, क्याम्बोडिया, पाकिस्तान लगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन पाहुनाहरु आएका छन् ।

उदघाटन समारोहमा स्वागत मन्तव्य काठमाडाैं जिल्ला कांग्रेसका सभापति सबुज बानियाँले व्यक्त गरे ।

स्वागत मन्तव्यपछि सुशील कोइराला र वीपी कोइरालाको स्मरणमा प्रकाशित दुईवटा स्मारिका कार्यवाहक सभापति रामचन्द्र पौडेलले विमोचन गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसरी पक्राउ परे गगन थापा पक्राउ ! (दुर्लभ फोटोहरु)

काठमाडौं, २० फागुन । १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गगन थापाका दुर्लभ तस्वीहरु सार्वजनिक भएका छन् ।

विद्यार्थी आन्दोलनका अगुवा तथा लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि लडेका नेता थापाका केही पुराना तस्वीर सार्वजनिक भएका हुन् । जसमा उनको योगदान र संघर्ष झल्किएको छ ।

Gagan-Thapa-3

परिवर्तनका लागि भएका आन्दोलनका क्रममा थापा थुप्रैपटक पक्राउ तथा जेल परेका थिए ।

अहिले कांग्रेस मात्र नभई सिंगो नेपाली युवामाझ लोकप्रिय नेता थापा १३ औं महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् । उनको पक्षमा थुप्रै नेता कार्यकर्ता उभिएका छन् ।

बुधबार आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले आफूमा विपीको रगत नभएको र नशा नशामा विपी विचार बगेको बताएका थिए ।

हेर्नुस् दुर्लभ फोटोहरुः

Gagan-Thapa-6Gagan-Thapa-11 Gagan-Thapa-1 Gagan-Thapa-2 Gagan-Thapa-3 Gagan-Thapa-4 Gagan-Thapa-5  Gagan-Thapa-7 Gagan-Thapa-8 Gagan-Thapa-9 Gagan-Thapa-10 Gagan-Thapa

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं