Thursday, March 3, 2016

कृष्णप्रसाद भट्टराईलाई पार्टी छोड्न बाध्य पार्ने को ? भन्दै देउवा बम्किए

बिहीबार, २० फागुन- काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसमा स्वर्गीय कृष्णप्रसाद भट्टराईले जस्तो पार्टी छोडेर जान नपर्ने गरी आफुले पार्टीमा एकता कायम गर्ने बताएका छन् ।

उनले सभापतिमा उम्मेदवारी घोषणा गर्दै सो कुरा बताएका हुन् । उनले महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवसहितको प्यानल घोषणा गरे ।

पार्टी कार्यालय सानेपामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले देउवाको उम्मेदवारी प्रस्ताव गरे भने खुमबहादुर खड्काले समर्थन गरे ।

कार्यक्रममा देउवाले आफू सभापति कसैले पनि पार्टी छाड्नु नपर्ने बताए । नेतृत्व गर्ने मौका दिए गुटउपगुट अन्त्य गर्ने भन्दै उनले भने, ‘कृष्णप्रसाद भट्टराईले जस्तो पार्टी छाड्नु पर्ने अवस्था बनाउँदैन । सबैलाई बराबरी स्थान दिन्छु ।’
आफूसँग निर्णय गर्ने क्षमता र आँट रहेको भन्दै उनले मधेसको सीमांकनको समस्या समाधान गर्न तयार रहेको बताए ।
अहिले पार्टीमा एकताको खाँचो रहेको उनले बताए । उनले भने, ‘जबसम्म एक हुन सक्दैन, तबसम्म राष्ट्रका अगाडि आएका समस्या समाधान गर्न सकिँदैन ।’ वामपन्थी पार्टीहरु रुपान्तरित हुने प्रक्रियामा रहेपनि त्यो पुरा नभइसकेका भन्दै उनले त्यसका लागि बलियो कांग्रेस आवश्यक पर्ने बताए ।

आफूले समाज सुधारका कामहरु गर्ने भन्दै उनले भने, ‘कदमजम ९कर्णाली, दलित, महिला, जनजाति, महिला, मधेसी० को सुरुवात मैले गरेको हुँ । अहिले पार्टीले समावेशी सिद्धान्त मानेको छ ।’

महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले शेरबहादुर देउवाको नेतृत्वले पूर्णता प्राप्त गर्ने विश्वास व्यक्त गरे । कोषध्यक्षका उम्मेदवार यादवले देउवासँग ‘फेस, फाइट एण्ड फिनिस’ गर्न सक्ने क्षमता रहेको बताइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment