Thursday, March 3, 2016

पशुपतिनाथसँग के मागे नीतिशकुमारले ? मधेस आन्दोलनबारे ‘नो कमेन्ट’

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुन नेपाल आउनुभएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनले आफ्नो पहिलादेखिको पशुपतिनाथ दर्शन गर्ने चाहना रहेको र त्यो कांग्रेसको महाधिवेशनले जुटाई दिएको बताए । ‘मैले पशुपतिनाथसँग नेपालमा शान्ति कायम होस र दुई मुलुकको सम्बन्ध अझै प्रगाढ बनोस भन्ने कामना ब्यक्त गरेको छु,’ आज विहान पशुपतिनाथको दर्शनपछि सञ्चारकर्मीहरुसँग भने ।

मधेस आन्दोलनका बारेमा आफूले केही बोल्न नमिल्ने उनको भनाई थियो । उनले भने– ‘मधेस नेपालको आन्तरिक विषय हो । यसमा मैले प्रतिक्रिया दिन मिल्दैन् । मधेसबारे नो कमेन्ट ।’

मधेस आन्दोलनमा समर्थन जुटाउन विहारका नेताहरुलाई पटनासम्म पुगेर फकाउने कोशिस गरिरहेको बेला विहारकै मुख्यमन्त्री नीतिश मधेस मुद्दामा मौन बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नितिशले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्म रहेकोले यसको ब्याख्या गर्न नसकिने भन्दै यो अझै सौहार्द पूर्ण बनाउनुपर्ने बताए ।

मधेस आन्दोलनबारे नीतिश मौन बसेपनि भारतको केन्द्रीय सरकार चलाइरहेका नरेन्द्र मोदी र उनको पार्टी वीजेपीका नेताहरुले बारम्बार मधेसको मुद्दा उठाउँदै नाङ्गो हस्तक्षेप गर्दै आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment