Thursday, March 3, 2016

कांग्रेस महाधिवेशनः सभापतिको मात्रै मतगणना राष्ट्रिय सभागृहमा

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा ६५ पदका लागि निर्बाचन हुनेछ । त्यसका लागि केन्द्रीय कार्यालय सानेपामा उम्मेदवारी दर्ता जारी छ । विहान ७ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताको समय मध्यान्ह बाह्र बजेसम्म तोकिएको छ ।

आजै २ बजे पहिलो नामावली प्रकाशित गरिनेछ । नामावली वर्णानुक्रमअनुसार प्रकाशित हुनेछ । त्यसमा दाबी बिरोध र संशोधनका लागि २ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ । त्यसपछि दाबी विरोधमा जाँचबुझ गर्नका लागि सोही दिन ७ बजेसम्मको समय तोकिएको छ ।

केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार शनिबार विहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारहरुलाई  उम्मेदवारी फिर्ता लिने समय छुट्याइएको छ । ११ बजेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

त्यसपछि आइतबार बिहान ८ बजेदेखि चार बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।

मतदानका लागि ३ हजार २ सय १८ प्रतिनिधि छनोट भएका छन् । निर्वाचनमा मतपत्रको प्रयोग हुने पराजुलीले जानकारी दिए ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा हुनेछ । महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्य पदको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेस केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन समितिका सचिव पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

सभापतिमा निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । तर अन्य पदमा भने सबैभन्दा धेरै मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गरिनेछ ।

पहिलो चरणको मतगणनामा सभापति पदको कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए बढी मत ल्याउने दुई उम्मेदवारबीच भोलिपल्टै पुनः निर्बाचन हुने छ ।

सभापति पदका लागि कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला प्यानलसहित प्रतिस्पर्धामा छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment