Wednesday, March 16, 2016

दक्ष शिक्षकको मापदण्ड तयार, सञ्चार प्रविधिको ज्ञान अनिवार्य

४ चैत, काठमाडौं । तपाईं शिक्षक हुनुहुन्छ र सञ्चार प्रविधिबारे ज्ञान छैन भने अयोग्य ठहरिन सक्नुहुन्छ । त्यसैले अब शिक्षकहरु पनि सञ्चार प्रविधिमा दक्ष हुनुपर्ने भएको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रले सफल शिक्षकमा हुनुपर्ने बिभिन्न ८ दक्षतासहितको प्रारुप तयार पारेको छ । त्यसलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषदको बैठकले पारित गरेको छ ।

यस्ता छन् मापदण्ड

विषय बस्तुको ज्ञान, शिक्षण सिकाइका तौरतरिका सम्बन्धी ज्ञान, विद्यार्थीहरुको पृष्ठभूमि, सन्चार तथा सहकार्य, सिकाई वातावरण र कक्षा व्यवस्थापन शिक्षकका न्यूनतम मापदण्ड हुन् ।

यसैगरी निरन्तर सिकाइ र पेशागत विकास, कानुनी आधार तथा पेशागत आचार संहिता, सूचना तथा सञ्चार प्रविधिलगायतको ज्ञान पनि शिक्षकका मापदण्डको रुपमा राखिएको छ । ‘सञ्चार प्रविधिको ज्ञानलगायतका यी मापदण्ड न्यूनतम रुपमा पूरा गरेमा मात्रै एउटा शिक्षक प्रफेक्ट हुन्छ,’ शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले अनलाइनखबरसँग भने, ‘अन्यथा शिक्षकको वृत्ती विकासमा बाधा पुग्छ ।’

परिषद शैक्षिक जनशक्तिको मापदण्ड तथा नीति निर्धारण गर्ने उच्चस्तरीय निकाय हो । आठ न्यूनतम मापदण्डका आधारलाई केन्द्रित गरी शिक्षकहरुलाई आगामी वर्षदेखि तालिम दिइनेछ भने तालिम पछि आफू सफल भएको पुष्टि गर्न शिक्षकहरुले लिखित परीक्षा दिनुपर्नेछ ।

स्रोत केन्द्रमा तालिम नहुने

पाँच वर्षको अबधिभित्र शिक्षकहरुलाई दक्ष बनाउन ३० दिनको तालिम दिइने छ र त्यो तालिम १५-१५ दिनको हुनेछ । विगतमा ३० दिनलाई १०-१० दिनमा बिभाजन गरी तीन मोडेलमा तालिम दिने गरिएको थियो ।

अबदेखि स्रोत केन्द्रहरुमा शिक्षकको तालिम हुनेछैन । देशभर १ हजार ५३ वटा स्रोत केन्द्र छन् । ति स्रोत केन्द्रहरुमा दक्ष जनशक्ति नभएका गुनासो आउने गरेको थियो ।

अबदेखि २९ वटा शैक्षिक तालिम केन्द्रमा शिक्षकहरुलाई तालिम दिइनेछ र तालिम केन्द्र नभएका स्थानमा अगुवा स्रोतकेन्द्रमा तालिमको व्यवस्था मिलाइने छ ।

शिक्षकहरुलाई डिभिजनको प्रमाणपत्र

तालिमलाई शिक्षकहरुले आ-आफ्ना विद्यालयलाई व्यवहारमा उतार्नुपर्नेछ । त्यसबारे प्रोजेक्ट वर्क तयार पारेर केन्द्रमा पठाउनु पर्नेछ । ति सबैलाई एक सय पूर्णांक मानेर मूल्याकंन गरी शिक्षकहरुलाई पहिलो, दोस्रो र तेस्रो डिभिजनको प्रमाणपत्र दिइनेछ ।

‘प्रोजेक्ट वर्क, फेस टु फेस काउन्सीलिङलगायतका तालिमको आधारमा एक्सन प्लान बनाएर स्कूलमा न्युनतम ४५ दिन काम गर्नुपर्छ,’ केन्द्रका कार्यकारी निर्देशक गौतमले भने, ‘त्यसक्रममा आएका समस्या, सफलतालगायतका विषय समेटेर रिपोर्ट बनाइ तालिम केन्द्रमा पठाउनुपर्छ । अनि हामीले डिभिजन खुलाएर प्रमाणपत्र दिन्छौं ।’

परिषदबाट स्वीकृत मापदण्ड पूरा गरे दक्ष शिक्षक नहुँदा शैक्षिक गुणस्तर खस्किएको भन्ने गुनासो हट्ने उनले विश्वास व्यक्त गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सार्क विदेशमन्त्री बैठक आज

४ चैत, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक आज हुँदै छ ।
बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री बुधबार नै पोखरा पुगेका छन् ।

बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौसुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्रीअब्दुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोजी, अफगानिस्तानका उपविदेशमन्त्री क्मित खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाकार सर्तराज अजिज सहभागी हुनेछन्।

भारतकी विदेशमन्त्री स्वराज बाहेक अन्यसव प्रतिनिधि काठमाडौंबाट एउटै जाहजमा पोखरा पुगेका थिए भने स्वराज गोरखपुरबाट सिधै पोखरा विमानस्थल उत्रेकी थिइन् ।

यसअघि हिजो सकिएको स्थाइ समितिको बैठकले सार्क स्थायी समितिको बैठकले अंगालेको र निर्णय गरेका गतिविधि परिणममुखी बनाउने निर्णय गरेको छ ।

सार्कका विगतमा भएका निर्णय कार्यान्वयन हुनपर्ने, सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयनमा नल्याएका कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गरिनुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि सम्पन्न हुनुपर्नेलगायतका विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकले सार्क सम्मेलन प्रत्येक दुई वर्षको नोभेम्बरमा गर्ने प्रस्ताव गरेको छ । नोभेम्बर महिनामा गर्ने तय भए पनि दिन भने सम्बन्धित राष्ट्रले अन्य राष्ट्रसँगको समन्वयमा निर्धारण गर्ने निर्णय गरिएको छ ।

बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषयमा छलफल भएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१५ हजारकोे ‘टुर प्याकेज’मा खप्तड घुम्न पाइने  

४ चैत, कञ्चनपुर। खप्तड घुम्न जाने सोचमा हुनुहुन्छ ? धेरै रकम खर्च होला भन्ने भ्रममा हुनुहुन्छ भने त्यसबाट मुक्त हुनुस् । खप्तडका जान १५ हजार रुपैयाँ खर्च गर्दा पर्याप्त हुने गरी टुर प्याकेज सार्वजनिक भएको छ ।

थोरै रकम खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ ।

मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन् ।

खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताए।

khaptad (2)
खप्तड पुगेपछि दुई दिन बसेर छैटौँ दिन दीपायल, अछाम वा बझाङ हुँदै महेन्द्रनगर फर्कने कार्यक्रम राखिएको छ । “प्याकेजअन्तर्गत बीसजना पर्यटकलाई घुमाउने योजना बनाएका छौँ”, व्यवसायी भण्डारीले भने ।

आगामी दिनमा सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रका लागिसमेत प्याकेज बनाइने उनले बताए । उहाँले यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागि टुर प्याकेज सञ्चालन गर्दै अाएका छन्  ।

पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले प्याकेज बनाई पर्यटकलाई घुमाउने योजना बनाउँदै आएको उहाँको भनाइ छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल–भारतका स्थानीय प्रशासकको बैठक  

४ चैत, इटहरी । नेपाल तथा भारतको खुला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अन्य मावनता विरोधी कार्य नियन्त्रणका लागि स्थानीय तहबाट नियन्त्रणका लागि गरिने छलफल र प्रयाससम्बन्धी नीति तयार गर्ने विषयमा भारत विहारको सुपौल जिल्लामा नेपाली र  भारतीय  स्थानीय प्रशासनको संयुक्त बैठक सम्पन्न भएकाे छ ।

बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिसँगै महिला ओसारपसार नियन्त्रण गर्न दुवै देशका स्थानीय प्रहरी तथा प्रशासनबीच निरन्तर संवाद र सञ्चारसम्पर्क स्थापित गरेर त्यस्ता आपराधिक कार्य रोक्ने सहमति भएको छ ।

बैठकमा सहभागी भएका सुनसरी जिल्लाका प्रमूख जिल्ला अधिकारी मोहन चापागार्इंका अनुसार आगामी अप्रिल २४ देखि सुरु हुने विहार ग्राम पञ्चायतको निर्वाचनमा अवाञ्छित कार्य हुन नदिनका लागि सीमा सिल गर्ने विषयमा पनि सहमति भएको छ ।

त्यसैगरी, सीमा क्षेत्रमा देखिने शङ्कास्पद अवस्थाका मानिसलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र आपराधिक कार्यमा संलग्न भएको पुष्टि भएको अवस्थामा कार्वाही चलाउन पनि सहमति भएको प्रजिअ चापागाईंले जानकारी दिए ।

सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार, भन्सार छली गर्ने गिरोह तथा कुनै पनि आपराधिक कार्य गर्ने जो कोही भए पनि त्यस्ता मानिसप्रति दुवै देशको स्थानीय प्रशासनले निरन्तर सम्पर्क स्थापित गरेर अपराधलाई रोक्ने प्रयास गर्ने पनि सहमति भएको प्रजिअ चापागाईंले जानकारी दिए ।

सप्तरी जिल्लाका प्रजिअ बलदेव गौतम तथा प्रहरी प्रमखलगायत र सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेल, भूमिसुधार प्रमुख, भन्सार प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारत विहारको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्टेट वैद्यनाथ यादवलगायत सम्बन्धित सरोकार राख्ने कार्यालयका प्रमुखको बैठकमा सहभागिता रहेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वी चितवनका किसानलाई चैते धान रोप्ने चटारो

राजेन्द्र आचार्य

४ चैत, चितवन । यतिबेला सुख्खा मौसम छ, पानीको अभावले अधिकांश उर्बर भूमी सुख्खा छन् । तर, यही मौसममा पूर्वी चितवनका किसानहरु भने हिलोमा हुने धान रोपाइर्ंको चटारोमा छन् ।

चितवनको सिँचाई सुविधा भएका अधिकांश क्षेत्रमा फागुनको अन्तिम सातादेखि चैते धान रोपाईं सुरु भएको हो । विशेष गरेर यस क्षेत्रमा साना सिँचाई सुविधासगै किसानहरुले आफै पनि ईनार र बोरिङ्ग राखि चैते धान रोप्न थालेका छन् ।

पूर्वी चितवनलाई धानको पकेट क्षेत्र मानिन्छ । देशमा हुने कूल धान उत्पादन मध्ये चैते धानको हिस्सा झण्डै १५ प्रतिशत छ ।

तर उत्पादकत्वको हिसाबले चैते धानको खेती महत्वपूर्ण छ । यो बेला मौसम पनि अनुकूल हुने र रोगकीरा पनि कम लाग्ने भएकाले चैते धानको उत्पादकत्व बढी रहेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

चितवनको पूर्वी क्षेत्रको कठार, कुमरोज, भण्डारा, पिप्ले, बछौलीलगायतका ठाउँहरुमा चैते धान लगाउने गरिन्छ । मौसमी सिँचाईले मात्र चैते धानलाई नपुग्ने र जिल्लाको पश्चिम क्षेत्रमा सिँचाई समेत कम हुने कारण पूर्वी क्षेत्रमा मात्रै चैते धान लगाउने गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यसवर्ष जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलमा चैते धानको रोपाईं हुँदैछ ।

जसबाट करिब २२ हजार पाँच सय मेटि्रक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा ४२ सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाईं भएको थियो भने १७ हजार छ सय ४० मेटि्रक टन धान उत्पादन भएको थियो ।

अहिले नेपालमा देखा पर्दै गइरहेको खाद्य संकटलाई प्रतिस्थापन गर्न पनि चैते धानले मुख्य भूमिका खेल्छ । कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार यो धान अधिकांश किसानहरुको आफूले खाना खानको लागि प्रयोग गर्ने गर्दछन् ।

किसानको चाहनाअनुसार सरकारले पनि किसानले खान मिल्ने मसिनो जातको चैते धानको बीउ प्रयोगमा ल्याउने हो मुलुकको खाद्य संकट कम गर्न सकिन्छ ।

चितवनका कतिपय किसानहरुले भने ब्याड राख्ने काम पनि जारी राखेका छन् । चैते धानको बीउ छनौट गर्दा स्रोत खुलेको ठाउँबाट बीउ ल्याउनुपर्ने विज्ञहरुको भनाइ छ ।

कार्यालयका अनुसार गुणस्तरीय र जातीय शुद्धता भएको बीउको छनौट मात्र गर्न सके पनि उत्पादनमा २० देखि २५ प्रतिशत वृद्धि गर्न सकिन्छ ।

कार्यालयका प्राविधिक सहायक मोदनाथ लामिछानेका अनुसार छिटो पाक्ने र वर्षा सुरु नहुँदै फल दिने बीउको छनौट गर्नुपर्छ ।

विषेशगरी हर्दिनाथ-१ जातको धानको बीउ चैते धान लगाउने किसानहरुको रोजाइमा पर्ने गर्दछ । ब्याड राख्दा हिलो भन्दा धुले ब्याडको प्रयोग राम्रो हुने लामिछानेले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आफ्ना नागरिकको तत्काल रिहा गर्न उत्तर कोरियालाई अमेरिकाको चेतावनी

४ चैत, काठमाडौं । अमेरिकाले उत्तर कोरियामा जेल सजाय तोकिएका आफ्ना नागरिकको तत्काल रिहा गर्न चेतावनी दिएको छ । उत्तर कोरियाले आफ्ना देश बिरुद्ध काम गरेको आरोपमा अमेरिकाका एक छात्रलाई १५ वर्षको श्रम जेलमा राख्ने फैसला गरेको छ ।

२१ वर्षीय ओटो वाम्बियर जनवरीमा उत्तर कोरिया गएका थिए जहाँ उनले एक होटलबात एक राजनीतिक प्रचारको नारा चोर्न लागेको अवस्थामा पक्राउ गरिएको थियो ।

हृवाइट हाउले उत्तर कोरियाले आफ्नो राजनीतिक एजेन्टको लागि अमेरिकी नागरिकलाई प्रयोग गरेको आरोप लगाएको छ । हृवाइट हाउसले अमेरिकी छात्रको माफी र तुरुन्त रिहाइको माग गरेको छ ।

बीबीसीका अनुसार पहिले कहिल्यै पनि विदेशी कैदिलाई यस्तो कठोर किसिमको सजाय दिइएको थिएन । वाम्बियर युनिभर्सिटी अफ भर्जिनियाका छात्र हुन् । २ जनवरुीमा उनलाई उत्तर कोरियाको विमानस्थलबाट पक्राउ गरिएको थियो ।

उनीमाथी सत्रुतापूर्ण काम गरेको आरोप लागेको छ । उत्तर कोरियाको सरकारी टेलिभिजनमा वाम्बियरले आफूले नारा चोर्न खोजेको स्विकार गरेका छन् । आफूलाई घुमाउन ल्याउने चर्चको समूहले यादगार चिज खोज्न भनेका थिए ।

उत्तर कोरियामा अमेरिकी पर्यटन कानूनी रुपमा स्विकार्य भएपनि अमेरिकाको विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमण नगर्न सल्लाह दिदै आएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मुस्ताङमा सडकलाई पाँच करोड रुपैयाँ बजेट माग

४ चैत, मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी सडकका योजना माग भएको छ । २४औँ जिल्ला परिषद्माफत २२ वटा सडक आयोजना निर्माणका लागि पाँच करोड ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सोह्र गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहुँ विस्तार भएपनि मर्मतसम्भार र कालोपत्रका लागि उक्त सङ्ख्यामा सडक आयोजनाको माग भएको पाइएको छ । जिल्लामा प्राप्त सडक योजनालाई विभिन्न कार्यक्रमअन्तर्गत समावेश गरेर सम्बोधन गर्ने प्रयास गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।

उनका  अनुसार ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत पाँच, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रममा आठ र सडक बोर्डमार्फत आठवटा सडक मर्मतसम्भार र विस्तारको कार्य हुनेछ । जिल्लाको गौरवका रुपमा मनाङ जिल्ला जोड्ने सडकलाई समेत प्राथामिकता साथ बजेट विनियोजन गरिएको छ ।

उक्त सडकका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको जिविसले जनाएको छ । सबैभन्दा बढी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रममा रु तीन करोड ४९ लाख, सडक बोर्डअन्तर्गत रु २८ लाख र स्थानीय यातायात पूर्वाधारमा रु ७५ लाख बजेट माग गरिएको छ ।

जिल्लामा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकखण्डको क्षेत्रमा पनि सडक विभागले आफैँले लगानी गरेर काम गर्न अर्थ मन्त्रालयमा बजेट माग गरिसकेको छ । कोरला नाका सञ्चालनका लागि सडकको स्तरोन्नति पहिलो प्राथामिकता भएकाले सडक विभागले उक्त खण्डलाई प्राथामिकतामा राखेको स्थानीय विकास अधिकारी बाँस्तोलाले जानकारी दिए ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

न्याय नपाएको बोक्सी आरोपितको गुनासो

४ चैत, मोरङ । होक्लाबारी गाविस–२ की एक महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने आरोपितलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिँदा आफूले न्याय नपाएको गुनासो पीडितले गरेकी छिन् ।

जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा भएको थुनछेक बहसका क्रममा आरोपितहरुसँग जनही २७ हजार रुपैयाँ धरौटी बुझाएर छोड्ने आदेश भएको थियो ।

आरोपित चारै जनाले आदेश अनुसारको रकम बुझाएर मङ्गलबार रिहा भएका जनाइएको छ ।

गत फागुन ६ गते होक्लाबारी गाविस–२ की २७ वर्षीया यशोदा डोटेल भण्डारीलाई उनका पति ३२ वर्षीय रोशन भण्डारी, ससुरा ५५ वर्षीय छत्रबहादुर भण्डारी, नन्द २५ वर्षीया मन्दिका भण्डारी र धामिनी सुनसरी जिल्ला इटहरी उमनपा–७ की ३८ वर्षीया जानुका कोइरालाले बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

पीडितले इलाका प्रहरी कार्यालय रङ्गेलीमा फागुन ९ गते उजुरी दिनुभएको थियो भने उजुरीका आधारमा फागुन १० गते पति, ससुरा, नन्द र धामिनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अदालतबाट आरोपितहरु छुटेपछि पीडितले आफूजस्ता कमजोर महिलालाई अदालतले समेत न्याय दिन नसकेको गुनासो गरेकी हुन् ।  विवाह भएपछि परिवारका सदस्यहरुले आफूलाई अस्वीकार गरी पीडा दिँदै आएको उनको भनाइ छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

न्याय खोज्दै हरुवा चरुवा सिंहदरवारमा

४ चैत, काठमाडौं । पूर्बी तराईमा रहेका हरुवा चरुवा न्याय माग्दै काठमाडौं आएका छन् । अन्यायपूर्ण श्रम सम्बन्ध अन्त्यको माग गर्दै बिभन्नि निकायमा ज्ञापनपत्र बुझाउन ब्यस्त छन् हरुवा चरुवा ।

सिराहा र सप्तरीबाट काठमाडौं आएका हरुवा चरुवाको प्रतिनिधिमण्डलले बुधवार उप-प्रधानमन्त्री चित्रबहादुर केसीलाई भेटेर ऋण मिनाहा र मुक्तीको घोषणा गर्न माग गरे । उनीहरुसँग भेटेपछि मन्त्री केसीले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिनिधिमण्डलले भुमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बालाई भेटी हरुवा चरुवाहरुको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्रको ब्यवस्था गर्न माग गरे ।

कमैया र हलिया सरह सुबिधा आफूहरुलाई उपलब्ध गराउन उनीहरुले माग गरे । मन्त्री सुब्बाले मन्त्रालय यो बिषयमा जानकार र सम्वेदनशील रहेका बताउदै चाँडै अन्यायपुर्ण श्रम सम्बन्ध अन्त्यका लागी प्रयास गर्ने बताए । भूमीसुधार तथा ब्यवस्था मन्त्रालयले हाल कमैया र हलिया पुनःस्थापना कार्यक्रम चलाई रहेको छ ।

राज्यले कमैया र हलियामुक्त गरीसकेको भए पनि उस्तै प्रकृतिको हरुवा चरुवा आज सम्म पनि अन्यायमा बाँच्नु मुलुककै दुर्भाग्य भएको बाँधा श्रम अन्त्यका लागी क्रियासील अधिबक्ता बालाराम भटट्राइले बताए । अधिबक्ता भटट्राईले हरवा चरवा प्रतिनिधि मण्डलका लागी काठमाडौंमा समन्वयकारी भुमिका निभाइरहेका छन् ।

सरकारले २०५७ सालमा कमैया र २०६५ सालमा हलिया मुक्त गरेको भए पनि हरवा चरवा मुक्त नहुनुले राज्यको चरित्र नै बिभेदयुक्त भएकोमा अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।

जेनेभा ग्लोबलले हाल तराईका हरवा चरवा लाई शिक्षा,स्वास्थ्य र सशक्तिकरणमा सघाइ रहेको ग्लोबल जेनेभाका हरी प्रसाद जोशीले बताए । हाल नेपालमा करीब १ लाख परिवार हरवा चरवा रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कोटेश्वर क्षेत्रमा विगविगी मच्चाउने यी हुन् ‘टोले गुन्डा’, प्रहरी निरीक्षकको संरक्षण

काठमाडौं, ४ चैत । गुण्डागर्दी विरुद्ध महानगरीय प्रहरी आक्रमक रुपमा पस्तुत भएपछि राजधानीमा कहलिएका डन यतिखेर गुमनाम छन् । तर केही दलालले कथित प्रहरीको आडमा टोलका चुल्ठे, मुन्द्रेलाई गुण्डागर्दीमा सक्रिय गराउन थालेका छन् ।

घर जग्गा व्यापारी दोलखाका दीपककुमार राउतले कोटेश्वर क्षेत्रका आभारा सिजल नाम गरेका टोले गुन्डालाई केही रुपैयाँको प्रलोभन देखाई गुण्डागर्दीमा सक्रिय गराउन थालेको स्थानीय पीडितहरूले बताएका छन् ।

राउतले गोठाटारमा बैना गरेको ८ रोपनी जग्गामा बिबाद आएपछि सिजल जस्ता बेरोजगार टोले गुन्डाको प्रयोग गरी स्थानीयलाई तर्साउन थालेका हुन् ।

८ रोपनी जग्गा बैना गरी प्लटिङको सुरुवात गरेका राउतले अन्य व्यक्तिको जग्गामा समेत आँखा लगाउँदै जबरजस्ती बालि काटेर डोजर चलाएपछि स्थानीय आक्रोशित बनेका छन् ।

बालि काटेपछि १० हजार जरिवाना तिरेर त्याहाबाट ज्यान जोगाएर फरार भएका राउतले भोलिपल्ट टोले गुन्डा सिजलको नेतृव्यमा २५ वटा मोटर साईकलमा गुण्डा लिएर गोठाटार पुगेको स्थानीय शिव चापागाइँले बताए ।

८ रोपनी जग्गा प्लटिङ गर्ने मिलाई दिने चापागाइँलाई राउतले कि अर्को ८ रोपनी जग्गा मिलाई देउ कि मेरो ढेड करोडको तीन करोड रुपैयाँ देउ भन्दै धम्काउने गरेका छन् ।

उनले उक्त पैसा असुल्न कोटेश्वर प्रभागका प्रहरी निरीक्षक केशब भाटको समेत दुरुप्रयोग गर्न थालेका छन् ।

भाटले आफ्नो क्षेत्रभन्दा बाहिर गोठाटार पुगेर चापागाइँलाई ‘तेरो नाममा इन्काउन्टर निस्केको छ, याद गर’ भन्दै पेस्तोल देखाएर तर्साएको भन्दै पीडित चापागाइँले महानगरीय प्रहरी परिसरमा ज्यान धनको सुरक्षा गरी पाँउ भन्दै निबेदन दिएका छन् ।

यस विषयमा प्रहरी परिसरले प्रहरी निरीक्षक भाटलाई मंगलवार कारवाहीको चेतावनी दिँदै सचेत गराएको छ ।

राउतले एमाले नेतृ नीरु पालको नाम जोडर आफ्नो गलत धन्दा चलाउने गरेको स्थानीय एमाले कार्यकर्ताको आरोप छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालको नाम समेतलाई राउतले बदनाम गर्दै आएका छन् । ‘एसएसपी खनालसँग मेरो कुरा भई सकेको छ, याँहा आएर गोली ठोक्छु भनेको छ’ भन्दै राउते टोले गुन्डाको आडमा स्थानीयलाई तर्साउने गरेको चापागाइँले बताए । (तस्बिर सौजन्य अपराध खबर डटकम)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ल्हारक्यालले किन लिए भारतीय नागरिकको नाम ?

काठमाडौं, ४ चैत । विवादास्पद सांसद ल्हारक्याल लामा गोलीसहित पक्राउ परेको घटनाले प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुतमा छानविन गरिरहेका लामाको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरमा १४ राउन्ड गोली फेला परेपछि अख्तियारले प्रहरीलाई छानविनका लागि जिम्मा लगाएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

लामालाई उक्त गोलीमा लाग्ने हतियार कहाँ छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्दा केही नखुलेपछि उनलाई पोलिग्राफ परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग पु-याइएको थियो ।

लामाको पोलिग्राफ परीक्षणको सबै तयारी सकिए पनि पोलिग्राफ परीक्षण निर्देशिकाअनुसार प्रहरीले अनुमति माग्दा उनले स्वीकार नगरेपछि प्रहरीले हैरानी खेप्नु परेको छ ।

लामाले प्रारम्भिक बयानमा भारत बस्ने एक मित्रले दिएको सामान आफूले बैंकको लकरमा राखेको दाबी गरेका थिए । भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परीक्षण प्रस्ताव भने अस्वीकार गरेर घटनालाई अन्यत्रै मोड्न खोजिरहेका छन् ।

प्रहरी अनुसन्धान स्रोतका अनुसार लामाले विदेशी नागरिकको नाम लिएर अनुसन्धानलाई अप्ठेरो बनाउन खोजेका छन् ।

तर, लामाले भारतीय नागरिकको नाम लिएपनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी स्रोत बताउँछ । भारतीय नागरिकलाई नेपाल झिकाइ अनुसन्धान गर्न प्रहरीलाई कठिनाई हुने देखेर नै लामाले चोखिनका लागि विदेशी नागरिको नाम लिएको प्रहरीको बुझाई छ ।

तर, लामाले जति चलाखी गरेपनि प्रहरीले उन्मुक्ति नदिने बुझिएको छ । अख्तियारले मंगलबार ल्हारक्यालको स्ट्यान्डर्ड चार्टर्ड बैंक लाजिम्पाटमा रहेको लकरसमेत जाँच गरेको थियो ।

अख्तियार टोलीले ल्हारक्यालसहित प्रहरी र बैंकको प्रतिनिधि राखेर लकर खोलेको थियो । सो लकर उनले २०१४ जुलाईमा खोलेका थिए । १५ सी नम्बरको उक्त लकरमा भने केही फेला परेन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साउथ अफ्रिका पठाउने भन्दै इनोभेटिभले यसरी गर्दैछ युवायुवतीहरूको दलाली

काठमाडौं, ४ चैत । मानवतस्करी र संगठित रुपमा ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले मेनपावर कम्पनीहरुविरुद्ध कारबाही थालेपनि अधिकांश कम्पनीहरुको ठगी धन्दा रोकिएको छैन । अझ ठग्न पाउनु पर्ने माग राख्दै मेनपावर नै ठप्प पारेर बसेका छन् उनीहरु । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अपराध महाशाखामा दिनहुँजसो विदेश जाने नाममा ठगिएको उजुरी गर्नेको संख्या बढ्दो छ । साउथ अफ्रिका पठाउने भन्दै धापासीमा रहेको इनोभेटिभ सर्भिस प्रालिले दर्जनौ युवा युवतीबाट लाखौं असुली अफ्रिकामा पुगाएर अलपत्र बनाएको विषयमा महाशाखाले छानविन थालेको छ ।

इनोभेटिभका मार्केटिङ मेनेजर खुमबहादुर केसीले विकास थापा, प्रतिक्षा गुरुङ, अमर थकाली र पार्वती थकालीलाई ‘वर्क परमिट’ मिलाइदिने भन्दै १२ लाखका दरले रकम असुलेर भिजिट भिसामा अफ्रिका पुगाई अलपत्र पारेका थिए ।

यि मध्ये दुई जनाले नेपालमा आएर ठगिएको भन्दै महाशाखामा उजुरी हालेका छन् । पार्वती र अमर अफ्रिकामा रहेपनि उनीहरुसँग भिसा नहुँदा समस्यामा परेका छन् । त्यस्तै प्रतिक्षा पनि भिसा विनाको पासपोर्टका कारण समस्यामा छिन् ।

तर, महाशाखाले ठग्ने मेनपावरहरुविरुद्ध कारबाही शुरु गर्दा इनोभेटिभका खुमबहादुरको ठगी धन्दा भने रोकिएको छैन । उनी अझै पनि अफ्रिका पठाइदिन्छु भन्दै नक्कली कागजात देखाएर दर्जनौ व्यक्तिबाट लाखौ उठाइरहेका छन् ।

तर, महाशाखाको ध्यान त्यता नपुग्दा यस्ता ठगहरुको धन्दा भने मौलाइरहेको छ । यसअघि महाशाखाले उपत्यकाका १७ ठूला मेनपावरहरुमा छापा हानी १२ सञ्चालकहरुलाई पक्राउ गरि कारबाही गरेको थियो ।

कल्पना राउतको भेरी कर्णाली इन्टरनेशन, अनुराज प्रधानको शिखर इन्टरनेशनल, युवराज राईको इनोभेटिभ ह्युमन रिसोर्स, रघुनाथ पुरीको रिभर ओभरसिज, नवराज चौलागाईको काबेली हयुमन रिर्सार्स, अनिल राईको मोभिरा इन्टरनेशनल, बिनोद श्रेष्ठको गोर्खा नेपाल प्रालि लगायतका मेनपावरमा प्रहरीले छापा हानेको थियो ।

त्यस्तै लाइफ लाइएन ओभरसिज प्रालि, नेपाल रिक्युटिङ प्रालि, सान्ना इन्टरनेशनल, अल सेक्युअर ओभरसिज, एबी इम्प्लयोमेन्ट सर्भि, सान इन्टरनेशनल, एसआरएस, आभेरि ओभरसिज, डीबी ओभरसिज, क्यापिटल ओभरसिज र नेल्को इन्टरनेशनलमा छापा हानेको थियो ।

ती मेनपावरका संचालकहरुलाई समेत पक्राउ गरी बैदेशिक रोजगार विभागसँग समन्वय गरी कारबाही गरेको थियो । ठगी धन्दाका मास्टर माइन्ड रिभर ओभरसिजका पुरी भने सरकारी वकील कार्यालयमा सेटिङ मिलाएर छुटिसकेका छन् ।

मानवतस्करी र ठगीको उजुरी आएका मेनपावरहरुमा मात्र प्रहरीले छापा हानेको थियो । तर, मेनपावर व्यवसायीहरुले भने प्रहरीले मेनपावरमाथि अनाबश्यक हस्तक्षेप गरेको भन्दै आन्दोलन गरिरहेका छन् ।

बिरामी भएर आफुहरु मर्न लागेको तर कम्पनीले वास्ता नगरेको जस्ता उजुरी परेपछि प्रहरीले मानवीय हिसाबले पनि ठगहरुमाथि अनुसन्धान अघि बढाएको थियो ।

मेनपावर कम्पनीहरुमाथि छानबिन र कारबाही गर्ने निकाय बैदेशिक रोजगार विभाग भएपनि विभागको कारबाही प्रभावकारी नभएको र प्रहरीमा ठगीका उजुरी बढेपछि प्रहरी सक्रिय भएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कारबाहीमा पर्ने भएपछि संगठनविरुद्ध लाग्दै यी एआईजी  

काठमाडौं, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा छानविन गरिरहेका नेपाल प्रहरीका एआईजी राजेन्द्रसिंह भण्डारी आफू कारबाहीमा पर्ने भएपछि निरन्तर संगठनविरुद्ध लागिपरेका छन् ।

विशेषगरी हुण्डी व्यापारी र भीओआइपी सञ्चालकहरूसँग एआईजी भण्डारी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा रहँदा देखी जोडिने गर्दथे । अख्तियारले भण्डारीविरुद्ध भिओआईपी मार्फत कल वाइपास गर्ने गिरोह र प्रशासनमा रहँदा हतियार, ज्याकेट, लत्ताकपडा जस्ता प्रहरीलाई आवश्यक पर्ने सामान खरिद गर्ने ठेकेदारसँग मिलेमतो गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविन गरिरहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

भण्डारीले आफ्नै घर नजिक एक ठेकेदारलाई प्रतिक्षालय बनाउन लगाएको उजुरीमा समेत अख्तियारले छानविन गरिरहेको स्रोत बताउँछ ।

अख्तियारले कारबाही गर्ने जानकारी पाएपछि एआईजी भण्डारी भने आईजीपी उपेन्द्रकान्त अर्याल र प्रहरी संगठनविरुद्ध खुलेरै लागेका छन् ।

आफूलाई मात्र स्वच्छ देख्ने भण्डारीले राज्यका विभिन्न निकायमा प्रहरी संगठनले नियमित गर्दै आएको काम कारबाही विरुद्ध उजुरी हाल्ने देखि दुस्प्रचारमा उत्रिएको जानकारी पाएपछि उनलाई प्रहरी मुख्यालयले समेत कारबाहीको तयारी थालेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक वर्ष विताई आफैले रोजेको राष्ट्रिय सुरक्षा परिषद्मा सरुवापछि उनको प्रहरी संगठनसँगको सम्बन्ध लगभग टुटेको छ ।

प्रहरीका कुनै पनि कार्यक्रममा भण्डारी सहभागी हुँदैनन् भने उनलाई संगठनको बारेर कुनै चिन्ता नै छैन । उनलाई चिन्ता यसमा छ कि कसरी हुन्छ, आफ्ना समकक्षीलाई झुटो उजुरी हालेर फसाउने ।

स्रोतका अनुसार सुरक्षा परिषद्मा सरुवा भएपछि भण्डारीले एआईजी विरेन्द्रबाबु श्रेष्ठलाई फोन गरी अब आईजीपी र तिमीहरुविरुद्ध उजुरी हाल्छु भन्दै गालीगलौज गरेका थिए । सोही कुराको अहिले पुष्टि भएपछि भण्डारीमाथि प्रहरी मुख्यालयले पुनः छानविन थालेको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

उम्मेदवार नैं नभएका १० केन्द्रीय सदस्यहरु, कांग्रेसमा पराजित चर्चित यि अनुहार

काठमाडौं, ४ चैत । नेपाली कांग्रेसको १३ औं महाधिबेसनबाट नयाँ अनुहार एक दर्जन आएपनि पुराना र चर्चित व्यक्ति पराजित भएका छन् । यसरी पराजित हुनेमा केन्द्रीय सदस्यदेखि पूर्ब महामन्त्रीसम्म छन् ।

पराजित हुने २३ जना केन्द्रीय पदाधिकारी एबं सदस्यहरुमा उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुृननरसिंह केसी, गगन कुमार थापा, चित्रलेखा यादब, उमाकान्त चौधरी, पद्म नारायण चौधरी, महालक्ष्मी उपाध्याय (डिना), मीना पाण्डे, अर्जुनप्रसाद जोशी, मनमोहन भट्टराई, सूर्यमान गुरुङ, रामकृष्ण ताम्राकार, रामकुमार चौधरी, मोहम्मद अफताव आलम, कृष्णचन्द्र नेपाली, राजनप्रसाद पन्त, दिनबन्धु श्रेष्ठ, रामचन्द्र तिवारी, मिनाक्षी झा, कविता कुमारी सरदार वाँतर, रञ्जित कर्ण र प्रतापराम लोहार हुनुहुन्छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

त्यस्तै, पराजित हुने आमन्त्रित केन्द्रीय सदस्यहरुमा कबेलबहादुर लामा, दिलकुमारी राई, महेन्द्र शर्मा रहेका छन् ।

त्यस्तै, १३ औं महाधिवेसनमा पराजित भएका पार्टीका पूर्ब पदाधिकारी र पूर्ब केन्द्रीय सदस्यहरुमा पूर्बमहामन्त्री एबं पूर्बसभामुख तारानाथ रानाभाट, पूर्बसहमहामन्त्री गोबिन्दराज जोशी, चिरञ्जीवि वाग्ले, संसदीय दलका पूर्ब सचेतक लक्ष्मणप्रसाद घिमिरे, बिनयध्वज चन्द, जीपछिरिङ लामा, पूर्णकुमार शेर्मा, उमा रेग्मी, खड्गबहादुर बस्याल, नेपाल टेड युनियन कांग्रेसका पूर्बअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाल तरुण दलका अध्यक्ष उदय शम्सेर राणा, पूर्बअध्यक्ष महादेव गुरुङ, बिनोद कायस्थ, पूर्बमहामन्त्री अनिलकृष्ण प्रसाईँ, कोइराला परिवारका सदस्यहरु स्वर्गीय पार्टी सभापति सुशील कोइरालाका भाई असोक कोइराला, रुम्मिणी कोइराला, मृदुला कोइराला, बाबुराम कोइराला, दामोदर कोइराला, कमलेस कुमार शर्मा, पूर्ब गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा, पूर्ब सहायकमन्त्री जनकराज जोशी, टंकप्रसाद राई, आदिवासी जनजाति महासंघका अध्यक्ष नरेन्द्र कुमाल आदि रहेका छन् ।

उम्मेदवार नैं नभएका १० केन्द्रीय सदस्यहरु

केशबकुमार बुढाथोकी, नरेन्द्रबिक्रम नेम्वाङ, आमोदप्रसाद उपाध्याय, दिलबहादुर घर्ती, डिल्लीराज रेग्मी, श्यामकुमार घिमिरे, बाबुराम राना, किसोरसिंह राठौर र लीला कोइराला हुन् । यि मध्ये नेम्वाङ, उपाध्याय र राठौर क्रमश मेची, कोशी र भेरी अञ्चलबाट १२ औं महाधिवेसनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

खुल्लाबाट निर्वाचित २५ मध्ये आदिबासी जनजाति समुदायबाट जित्नेमा केबी गुरुङ, धनराज गुरुङ, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ हुन् । जनजाति आरक्षण बाहेक प्रदेश नम्बर एकबाट भिष्मराज आङदम्बेले बिजय हासिल गरे ।

मधेशी समुदायका उम्मेदवारहरु आरक्षण बाहेक पदाधिकारीमा सीतादेवी यादब र खुल्लामा बिमलेन्द्र निधिले मात्र बिजय हासिल गरे । आरक्षण बाहेकबाट निर्वाचन जित्नेमा कोषाध्यक्षकी उम्मेदवार सीतादेवी यादब र खुल्ला केन्द्रीय सदस्यतर्फ सुजाता कोइराला मात्र हुन् । प्रदेशमा कुनैं पनि महिलाले उम्मेदवारी दिने हिम्मत गरेनन् ।

२५ जना निर्वाचित हुने खुल्लामा उम्मेदवारी दिने ९० जनामा दुई जना मात्र महिला थिए । एक महिला सुजाता कोइरालाले चुनाव जितिन भने महालक्ष्मी उपाध्यायले चुनाव हारिन ।

थारु र मगर समुदायबाट पार्बती डीसी चौधरी मधेशीतर्फको महिला कोटाबाहेक कसैले पनि चुनाव जितेनन् । आठौ महाधिबेसनदेखि हालसम्म केन्द्रीय सदस्य हुने पाँच जना शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना र केबी गुरुङ मात्र हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिटौला र खड्काको चेपुवामा देउवा

काठमाडौं, ४ चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानलसहित आरामदायी बहुमत ल्याएपनि सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला र अर्का प्रभावशाली नेता खुमबहादुर खड्काको सहमति बिना अघि बढ्न नसक्ने भएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

संस्थापन पक्षको नेतृत्व आफुले गरेको भन्दै निवर्तमान उपसभापति रामचन्द्र पौडेलले दाबी गरिरहे पनि उनको प्यानल देउवाको प्यानलसँग पराजित भएपछि देउवाको सामु अब पौडेल भन्दा पनि सिटौला र खड्काको सहयोग अपरिहार्य बनेको हो । पार्टी केन्द्रीय कार्य समितिमा २१ जना केन्द्रीय सदस्यलाई मनोनयन गर्न चाहेमा निर्वाचित कार्य समितिमा अनुमोदन गराउन खड्का वा सिटौलाको सहमति अनिवार्य बनेको हो ।

सिटौला र खड्कासँग केन्द्रीय कार्य समिति र संसदीय दलमा समेत पर्याप्त केन्द्रीय सदस्य र सांसद रहेका छन् । देउवाको प्यानलले स्पस्ट बहुमत अर्थात ६४ निर्वाचित पदमा ३८ जना आफ्नो पक्षधरले बिजयी हासिल गरेपनि देउवा प्यानलबाट जित्ने पाँच केन्द्रीय सदस्य खड्का पक्षधर रहेका छन् ।

त्यस्तै, संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित प्रदीप पौडेल, रामकृष्ण यादब, धनराज गुरुङ, कल्याण गुरुङ सिटौला पक्षधर रहेका छन् ।

देउवाले बुधबार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल, अतिरिक्त कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्षका प्रत्यासी चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनीत गरे । तर, देउवालाई केन्द्रीय समितिमा बहुमतका लागि सिटौला वा खड्काको समर्थन अझै आवश्यक पर्दछ ।

पहिलो चरणमा मनोनित भएका केन्द्रीय सदस्य नेताहरुमा मनोनित हुने केन्द्रीय सदस्यको नाम सभापतिले प्रस्ताव गर्दा पक्ष वा बिपक्षमा मत दिने अधिकार नभएपनि उनीहरुको उपस्थिति मात्र पनि देउवालाई सकसपूर्ण हुने देखिन्छ ।

देउवाले पहिलो चरणमा खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनयन गर्ने प्रस्ताव नल्याए खड्कासँगको सहमती तोडिने देखिन्छ ।

देउवालाई सभापतिको उम्मेदवार बन्दा जिताउन असहयोग गरेका खड्काले आफु र देउवा प्यानलबाट उम्मेदवार बनेका आफ्ना गुटका उम्मेदवारलाई मात्र जिताउन लागेको आरोप देउवा गुटका नेताहरुले लगाएका छन् ।

खुमबहादुरलाई उनी निकटका केन्द्रीय सदस्यहरु शंकर भण्डारी लगायतले देउवाको सट्टामा सभापतिमा रामचन्द्रलाई सहयोग गर्नुपर्ने दबाब दिएका थिए ।

तर उपसभापति मनोनित हुने आशामा खड्काले देउवा प्यानलबाटै आफु र आफ्नो सहयोगीलाई निर्वाचनमा होमेका थिए । देउवालाई चेपुवामा पारेर शक्ति आर्जन गर्ने सोच पालेका खड्काले सभापतिको फागुन २३ गतेको निर्वाचनमा देउवाको नाम अगाडी रेजा लगाएर करिब ७५ वटा भोट बद्धर गर्न लगाएका थिए ।

नेता देउवाबाट उपसभापतिसहित सहमहामन्त्रीमा आफु र आफ्ना निकटका लाई मनोनित गर्ने ग्यारेण्टी नपाएपछि खड्काले पौडेलसँग वार्गेनिङ गरेका थिए ।

फागुन २४ गते बिहान सभापतिको मतपरिणाम आउनासाथ कुनैं उम्मेदवारले पनि ५० प्रतिशत नकटाएको भन्दै खड्काले पौडेलसँग वार्गेनिङ गरेका थिए ।

तर पौडेलले दोश्रो चरणको निर्वाचनमा सिटौलाले प्राप्त गरेको सबै मत, बद्धर मत र थप करिब ६० मत देउवाले प्राप्त गरेको मत तान्न सके मात्र आफुले जित्ने वताएका थिए ।

पौडेलको सल्लाह बमोजिम नैं मुखमा सेतो माक्स लगाएका खुमबहादुर खड्का २४ गते एका बिहानै सिटौला निवास चण्डोल पुगेर सहयोगको याचना गरेका थिए ।

उनले पहिलो चरणमा देउवाले पाएको मतमध्ये करिब ६० देखि ७० मत मधेशबाट आफुले तान्ने र बद्धर मतलाई पौडेलको पक्षमा सद्धर गराउने योजना रहेको भन्दै सिटौलासँग उनले पाएको तीन सय २४ मत पौडेलको पक्षमा हाल्न आग्रह गरेका थिए ।

खड्काले पौडेललाई सहयोग गरेमा संसदीय दलको नेता सिटौलालाई बनाईदिने ग्यारेण्टी समेत लिएका थिए । खड्काको यस्तो प्रस्तावलाई सिटौलाले ठाडै अश्विकार गर्दै आफुले पदको लागि नभएर आदर्श र सिद्धान्तको राजनीति गरेकोले पद पाउन आफुलाई मत दिने महाधिवेसन प्रतिनिधिको चित्त दुखाउने पक्षमा नरहेको वताएका थिए ।

सिटौलाको यस्तो जवाफबाट निरास भएका खड्काले पछि दोश्रो चरणको मतदानस्थलमा गएर देउवाकै पक्षमा भोट मागेका थिए । खड्काले पौडेललाई सघाउने भन्ने हल्ला मतदानस्थलमा सनसनीपूर्ण भएपछि देउवालाई बिश्वास दिलाउन खड्का मतदानस्थल गएका थिए ।

खड्कासँगै देउवा प्यानलबाट निर्वाचन जित्ने केन्द्रीय सदस्यहरुमा पुष्पा भूषाल, शंकर भण्डारी, अजयकुमार चौरसिया, देवेन्द्रराज कँडेल र मोहनबहादुर बस्नेत छन् ।

खड्कासहित पाँच जना केन्द्रीय सदस्य पौडेल प्यानलको समर्थनमा उभिएमा देउवासँग निर्वाचित केन्द्रीय सदस्यको सख्या ३८ बाट घटेर ३२ हुने देखिन्छ भने पौडेल प्यानलको आकार बढेर ३४ पुग्ने देखिन्छ । त्यस्तो अवस्थामा सिटौला निकट चार केन्द्रीय सदस्यहरुले देउवा पक्ष लिएभने पौडेल पक्षलाई पनि त्यति सहज देखिदैन ।

आरक्षण दिँदा पनि अल्पमत

नेपाली कांग्रेसको बिधान अनुसार २२ वटा सिट महिला, जनजाति, मधेशी, दलित र मुस्लिमको लागि कोटा छुट्याइएको छ । तर पनि ६४ वटा निर्वाचित सिटमा आरक्षण कोटाबाट निर्वाचितहरुको संख्या बहुमत पुग्न पनि सकेन ।

२५ खुल्लातर्फ ४ जना जनजाति, एक मधेशी, एक महिला, प्रदेशतर्फ एक जनजाति र पदाधिकारीतर्फ एक महिला गरी आठ जना निर्वाचित भएका छन् ।

आरक्षण तर्फका २२ तथा पदाधिकारी, प्रदेश र खुल्ला आठ गरी ३० जना मात्र केन्द्रीय कार्य समितिमा पुगेका छन् ।

वर्तमान निर्वाचित ६४ जनाको कार्यसमितिमा १२ जना मात्र नयाँ अनुहारका छन् । वाँकी निर्वाचित केन्द्रीय सदस्यहरु १२ महाधिवेसनबाटै निर्वाचित वा मनोनित केन्द्रीय सदस्यहरु हुन । रमेश लेखक भने १२ महाधिवेसनअघि केन्द्रीय सदस्य थिए ।

केन्द्रीय सदस्यमा पहिलो पटक उम्मेदवार बनेर निर्वाचित हुने भाग्यमानीहरुमा नेबिसंघका पूर्ब केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मा, नवलपरासी कांग्रेसका निवर्तमान जिल्ला सभापति देवेन्द्रराज कँडेल, सिन्धुपाल्चोकका निवर्तमान जिल्ला सभापति मोहनबहादुर बहादुर बस्नेत, दलित संघकी लक्ष्मी परियार, नेबिसंघका पूर्ब नेता बीरबहादुर बलायर छन् ।

विगतमा उम्मेदवार बनेर पराजित भएपनि पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा भने सरिता प्रसाई, रामकृष्ण यादब, किरण यादब, चिनकाजी श्रेष्ठ, डा. डीला संग्रौला, हृदयराम थानी र बहादुर सिंह लामा रहेका छन् । नयाँ अनुहार भनिएपनि कल्याण गुरुङ, गोबिन्द भट्टराई, गुरुराज घिमिरे यसअघिको केन्द्रीय समितिमा केन्द्रीय सदस्य मनोनित गरिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

न्यायाधीसको नाममा पैसा असुल्दै क्यासिनो दलाल

काठमाडौं, ४ चैत । ठगहरुका आ–आफ्नै ठग्ने तरिका हुँदा रहेछन् । कोही प्रहरीको नाममा ठगेर फरार हुँदै आएका छन् त कोही न्यायाधीश कै नाममा पैसा उठाएर खुलम खुल्ला हिडिरहेका छन् । प्रसंग हो, रोयल क्यासिनो विक्रीको ।

भारतीय व्यापारी आषिश पटेललाई क्यासिनो मिलाउने नाममा एक दलालले करोडौं रुपैयाँ ठगी गर्न सफल भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

दरबारमार्गस्थित याक एण्ड यती होटलमा सञ्चालन भई हाल बिबादमा परेको क्यासिनो रोयल मिलाउने नाममा क्यासिनो दलाल धिरेन्द्र विक्रम मोक्तान उर्फ धिरेनले भारतीय व्यापारी आषिश पटेलबाट करोडौं ठग्न सफल भएका हुन् ।

रोयल क्यासिनो मिलाउन प्रहरी, नेता, गुण्डा देखि अदालतका न्यायाधीससम्मलाई खुसी बनाउनु भन्दै धिरेनले आशिषलाई गुमराहामा राखेर करोडौं रुपैयाँ लिन सफल भएका हुन् ।

क्यासिनो सञ्चालक राजबहादुर सिंहले आषिशलाई क्यासिनो बेच्ने भन्दै आठ करोड लिएर अर्कैलाई बिक्री गरेपछि क्यासिनो रोयल बिबादमा परेको थियो ।

बिबादकाबीच केही महिना बन्द भएको क्यासिनो अदालतको आदेशमा हाल खुल्ला छ । ‘पूर्व राजा ज्ञानेन्द्र शाहको ज्वाँइसँग मुद्दा लड्नु पर्छ, पैसा त धेरै खर्च हुन्छ’ भन्दै धिरेनले पटेलसँग करोेडौं रुपैयाँ असुलेका थिए ।

कुनै बेला राजबहादुरले व्यापारी पटेलकै रेखदेख गर्न राखेका धिरेन अहिले आफूलाई नेपालको नम्बर वान व्यापारी भएको हल्ला गर्दै हिड्छन् ।

क्यासिनोको नाममा ठगी गर्दै आएका सिंह र उनका भाई नाता पर्ने हरिशबहादुर सिंहले क्यासिनो बिक्री गर्ने नाममा आधादर्जन व्यापारीसँग करोडौं रुपैयाँ ठगी गरेको यसअघि सार्वजनिक भइसकेको छ ।

कतिपय पीडित प्रहरीमा पुगिसकेका छन् भने कतिपय इज्जतका कारण प्रहरीमा जान चाहेका छैनन् । क्यासिनो स्रोतका अनुसार छ महिनाको बीचमा भारतीय ब्यापारी पटेल, मुन्नाभाई र एक चाइनिज व्यापारीसँग सिंह दाजुभाईले ३० करोड ठगी गरिसकेका छन् ।

पछिल्लो समय सिंह दाजुभाईले मिनी क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्र सिंहलाई क्यासिनो चलाउने जिम्मा दिएका छन् ।

मिनी क्यासिनोको नाममा नेपालीलाई क्यासिनोमा प्रबेश गराई करोडौं असुल्ने सुरेन्द्र अहिले रोयल क्यासिनो चलाउन लागिपरेका हुन् । तर होटल मालिक भने कुनै हालतमा क्यासिनो चलाउन नदिने अडानमा छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीन भ्रमण जानेहरू यसरी हुँदैछन् मालामाल

काठमाडौं, ४ चैत । यही चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता (टीएडीए)मा खर्च हुने भएको छ । यो खर्च यातायात तथा आबासबाहेकको हो ।

मन्त्रिपरिषदको निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक तीन सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन् ।

प्रधानमन्त्रीले पाँच दिनका लागि एक हजार पाँच सय डलर अर्थात एक लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन् ।

त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन् ।

भ्रमण टोलीमा संलग्न १५ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अथर्तात १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन् ।

भ्रमण टोलीमा संलग्न सात सचिव, सात सहसचिव, र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन् ।

भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हिन्दू राष्ट्रबारे खुमबहादुरले रातारात गरे नयाँ घोषणा, अपमानको बदला लिने

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले बुधबार राति हिन्दू राष्ट्रबारे नयाँ घोषणा गरेका छन् ।

उनले बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिदै नयाँ संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउने घोषणा गरेका हुन् । अहिले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो ।

जनताको चाहना विपरित नेपाललाई धर्मनिरपेक्ष बनाएर नेताहरुले हिन्दूहरुको अपमान गरेको भन्दै यसको बदला जनताले लिएरै छाड्ने खड्काले घोषणा गरे ।

उनले भने- धर्मनिरपेक्षमा जनताको म्यान्डेड छैन् । जनताको मागमा जाऔं । जनमत संग्रहमा जाऔं । हिन्दूत्वको विषयमा ठूलो विवाद छ । जनमतबाट टुंगो लाउनुपर्छ । ८४ प्रतिशत हिन्दूहरु भएको देशमा धर्म निरपेक्षता लाद्नु भनेको हिन्दूहरुको अपमान हो । नेताहरुले अपमान गरेका छन् । अब जनताले यसको हिसाबकिताब गर्छन् ।’

उनले हिन्दूराष्ट्रमा फर्काउने आफ्नो पहिलेदेखिको एजेण्डा भएको भन्दै यो एजेण्डालाई पार्टी केन्द्रीय समिति बैठकमा उठाउने र महासमितिबाट पास गराउने बताए । ‘पार्टीको केन्द्रीय कमिटिमा छलफल हुन्छ । यो एजेण्डा कांग्रेसबाट पास हुन्छ । त्यसपछि संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ, हुन्छ ।

उनले आफू संघीयताको पक्षमा नरहेको स्पष्ट पार्दै पार्टीले स्वीकार गरेकाले बाध्य भएर सहेको धारणा राखे । ‘संघीयतामा मेरो विमति छ । तर, पार्टीले स्वीकार गरेपछि चुप लागेको छु । आज संघीयताको कारणले देश कहाँ पुग्यो । लक्षणहरु अहिले देखिएका छन्’ उनले भने ।

राजसंस्थाका विषयमा भने नेता खड्का केही बोलेनन् ।

फरक प्रसंगमा उनले आफू भ्रष्टारी भएको भन्दै सर्वाेच्च मान राख्न सजाय पुरा गरेको बताए । ‘मेरो घर हेर्नुस् । दाङका हरेक मान्छेलाई सोध्नुस् । मेरो मुद्दामा अख्तियारले दाबी नगरेको कुरा न्याधिशले बोलेको थियो । त्यो फैसला संविधान र ऐनकानुनको विपरित थियो । तर, सर्वाेच्च मान राख्न सजाय काटेको हुँ । मलाई कसैले भनोस खुमबहादुरले मेरो पैसा खायो भनेर । कोही छ माइकालाल ?’ उनले भने ।

अब राजनीतिक भविष्य के भनेर सोधिएको प्रश्नमा खुमबहादुरले आफू विरामी भएका कारण घरबाहिर निस्कन नसकेको र सिनियर साथीहरुसँग छलफल नभएकाले केही भन्न नसकिने बताए ।

नेता खड्का १३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा दोस्रो भएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रीमतीहरुले श्रीमानलाई धोका दिने ६ कारण यस्ता छन्

एजेन्सी । पछिल्लो समय पारपाचुक गर्ने जोडी निक्कै बढेका छन् । हुन त मन नै नमिले पछि अलग्गिनु नै राम्रो हो । तर, श्रीमतीका तुलनामा धेरै श्रीमानहरुले श्रीमतीलाई धोका दिने गरेका छन् । त्यसो त श्रीमतीले श्रीमानलाई धोका दिदै नदिने भन्ने होईन । तथापी तुलनात्मक रुपमा श्रीमानले श्रीमतीलाई बढी धोका दिन्छन् । मैरिटल एण्ड फ्यामिली थेरापीले सन् २०१२ मा गरेको सर्वेक्षणका अनुसार २२ प्रतिशत विवाहित पुरुषले आफ्नी श्रीमतीलाई धोका दिएका थिए भने १४ प्रतिशत पुरुष यस्ता थिए जसले श्रीमतीबाट धोका पाएका थिए ।
तर, आज महिलाले श्रीमानलाई किन धोका दिन्छन् त्यसका बारेमा चर्चा गरौं । सर्वेक्षणले देखाएका ६ कारणहरु यसप्रकार छन  :

१. जब महिलाले आफ्नो श्रीमान वा ब्वाईफ्रेण्डबाट महत्व र आफ्नोपन पाउँदैनन्, जसको उनीहरु अपेक्षा गर्दछन् तब उनीरुको मनमा अन्य पुरुषको ख्याल आउने गर्दछ । यही ख्यालले नै उनीहरुलाई आफ्नो श्रीमानलाई धोका दिनका लागि प्रेरित गर्दछ ।

२. कतिपय अवस्थामा महिलाहरु बदला लिनका लागि पनि आफ्नो श्रीमानलाई धोका दिने गर्दछन् । यदि उनीहरुले आफ्नो प्रेमी वा श्रीमानबाट धोका पाएको अवस्थामा उनीहरु त्यसको प्रतिशोध लिनका लागि उनीहरुलाई पनि धोका दिने गर्दछन् ।

३. कतिपय अवस्थामा शारीरिरक सम्बन्धमा असन्तुष्टि भएका कारण पनि महिलाहरुको मनमा आफ्नो श्रीमानलाई धोका दिने कुरा उत्पन्न हुने गर्दछ ।

४. महिलाहरुले आफ्नो पुरुष पार्टनरबाट शारीरिक बनावटका विषयमा टिकाटिप्पणी सुन्नुपर्ने हुन्छ । जस्तो कि तिम्रो फिगर उसको जस्तो छैन, तिम्रो रंग दविएको छ आदिआदि । यस्ता कुराले महिलाहरुलाई मन पर्दैन । र, उनीहरु स्वयमलाई सावित गर्नका लागि अन्य पुरुषतर्फ सल्कने गर्दछन् ।

५. जब कुनै महिला कुनै पुरुषमाथि निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरका साथ रहनु बाध्यता बन्छ । अधिकांश महिला जो महिला आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो स्वाभिमानलाई सबैभन्दा माथि राख्दछन । जब उनीहरुको स्वाभिमान खतरामा परेको आशंका गर्दछन् तब उनीहरु आफ्नो पार्टनरलाई छोड्न समय लगाउँदैनन् ।

६. जीवनमा केही नयाँ प्रयोग गर्ने उद्देश्यले पनि महिलाहरु आफ्नो श्रीमानलाई धोका दिन तयार हुन्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महिला टेम्पुचालकले पाखुरा सुर्केको देख्दा रेखा तीनछक !

काठमाडौं । रेखा आफ्नै गाडीमा गुड्दै थिइन् । नयाँ बानेश्वरबाट पुरानो वानेश्वर जाने क्रममा एउटा माइक्रोले टेम्पुलाई अप्ठेरोसित ओभरटेक गरेको उनले देखिन् ।

टेम्पु र माइक्रो दुवै रोकिए । रेखाले पनि आफ्नो गाडी रोकिन् । टेम्पुको अगाडि सिटबाट एक महिला बाहिर निस्किइन् र पाखुरा सुर्कदै भनिन्, ‘ओई तैँले के सोचेको छस् ? यो बाटो तेरो बाउको हो ?’

माइक्रोचालक नर्भस भए । रेखालाई यो दृष्य अनौठो लाग्यो । टेम्पोचालक महिलाले थर्कार्एपछि माइक्रोचालक निरीह मात्रै देखिएनन् । आफुबाट गल्ति भएकोमा क्षमा पनि मागे । एक पुरुषले महिलासँग बीच सडकमा यसरी क्षमा मागेको देख्दा उनलाई भित्रभित्रै खुशी बनिन् ।

‘त्यो दृष्यपछि मलाई लाग्यो,’ रेखा भन्छिन्, ‘महिला पनि महसुर पो हुँदा रहेछन् त ।’

सोही घटनापछि टेम्पोचालक महिलाको विषयमा फिल्म बनाउने सोच दिमागमा पलाएको रेखाले बताइन् । त्यसपछि त हरेक कार्यक्रममा जाँदा होस् या बाटोघाटोमा, टेम्पो चालक महिलाको वारेमा विशेष चासो राख्न थालिन् उनी । टेम्पोचालक महिलाको लाइफ स्टाइलका बारेमा चासो राख्न थालिन् ।

त्यहि बेला उनले थाहा पाइन्, चाबहिलमा आफ्नै घरपछाडी टेम्पो ग्यारेज रहेछ । ग्यारेजमा जम्मा हुने महिलाको बारेमा व्यापक चासो राख्न थालीन् उनले ।

रेखा भन्छिन् ‘ग्यारेजको दृष्य देखेपछि मलाई झन् रमाइलो लाग्यो ।’ केही दिन ग्यारेजको चियो गरेपछि उनले थाहा पाइन्, महिलाहरु वास्तवमै महसुर हुँदा रहेछन् । रक्सि खाएर स्वास्नीलाई थर्काउने लोग्नेहरु ग्यारेजमा निरिह जस्ता देखिन्थे । लोग्नेले अलिकति फुर्ति लाउने बित्तिकै महिलाहरु भनिहाल्थे, ‘दिनभरि टेम्पु चलाउँछु, बेलुका ल्याएर खुवाएकी छु । के फूर्ति लाउछौं ।’ यस्ता धेरै महिला भेटिन् उनले, जो आत्मनिर्भर थिए र लोग्नेको हेपाई पटक्कै सहँदैनथे ।

आउदो २६ चैतमा रिलिजको तयारीमा रहेको रामप्यारीमा रेखा आफैंले टेम्पुचालकको भुमिका निर्वाह गरेकी छिन् । टेम्पु चालकको बोलीचाली, लवाईखवाई र खानपिनलाई जिवन्त बनाउन उनले महाराजगञ्ज रुटमा टेेम्पु चलाउने एक महिलालाई सुटिङमै बोलाएकी थिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नीशा कोसँग भाग्यमानी ?

नेपाली चलचित्र क्षेत्रमा थुप्रै नायिकाहरु मिडियामा त चर्चामा रहन्छन्, तर चलचित्र भने खासै चल्दैन । केही नायिका मिडियामा भन्दा पर्दामा बढी चर्चामा हुन्छन् ।

नायिका नीशा अधिकारी भने मिडियामा जती चर्चित छिन्, त्यती चर्चा उनको पर्दामा छैन । पछिल्ला बर्षमा त उनको ‘लुटेरा’ बाहेक कुनै पनि चलचित्र सफल छैनन् । यो चलचित्र पनि नायक निखिल उप्रेतीका कारण बढी चर्चामा रह्यो र सफल भयो । निशा र निर्माताविच खटपट चलेका समाचार नै आएका थिए ।

तर, नीशा अधिकारीले नेपालका चर्चित नायकहरुसँग काम गरेकी छिन् । नायक आर्यन सिग्देलसँग उनले ‘फस्ट लभ’मा काम गरिन्, जुन हिट भयो । उनै आर्यनसँग उनको ‘धुवाँ यो नशा’ चल्न सकेन ।  विराज भट्टसँग ‘नैना रेशम’मा काम गरिन्, गीत चल्यो चलचित्र औषत बन्यो । नायक निखिल उप्रेतीसँग उनले पछिल्लो समय ‘लुटेरा’मा काम गरिन्, चलचित्र चल्यो नीशा चलिनन् ।

यी बाहेक उनले काम गरेका अधिकांश चलचित्रले व्यापारमा कुनै रेकर्ड राख्न सकेका छैनन् । अहिले फेरि नीशा नायक विराज भट्टसँग चलचित्र ‘पर्शुराम’मा व्यस्त छिन् । चलचित्र क्षेत्रमा कमब्याक गर्दै गरेका यी दुई चर्चित स्टारसँग नीशा नै जुरेकी छिन् । चलचित्र चलेपनि अहिले नीशा भाग्यमानी देखिएकी छैनन् । हेरौ, अब उनी कोसँग भाग्यमानी देखिनेछिन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो छ बलिउड अभिनेता आमिर खानको अबको चाहाना

एजेन्सी, ३ चैत्र । बलिउड नायक आमिर खानले पहिलेको गजनीजस्तो भूमिकामा आउन चाहेको बताएको छन् । उनले यो आफ्नो जीवनको लक्ष्य समेत रहेको उल्लेख गरेका छन् । शारिरिक अथवा स्वाथ्इका हिसावले जति नै जोखिम भएपनि आफ्नो भूमिकालाई न्याय दिन हर प्रयास गर्ने उनले आफ्नो जन्मदिनको दिन यस्तो लक्ष्य सार्वजनिक गरेका हुन ।

हाल सुटिङ भइरहेको फिल्म ‘दंगल’ का लागि तौल घटाउने क्रममा रहेका उनलाई डाक्टरले शारिरिक रुपमा समस्या हुने हुँदा उनले गरिरहेका कृयाकलाप नगर्न सुुझाव दिएका छन् । तर, ९५ केजीका आमिरले उक्त फिल्मका लागि २५ किलो घटाउनुपर्ने छ । १३ किलो ओजन उनले हटाईसकेका छन् । उनले डाक्टरको सल्लाह मानेका छैनन् ।

चिकित्सकले स्वास्थ्यमा समस्या आउँछ भन्दा पनि अटेर गरेर चरित्रका लागि सक्दो चुनौति खपेका आमिरले अब पहिलेको गजनीजस्तो भूमिकामा आउन चाहेको बताएका हुन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘आशिकी ३’ को मलाई अफर आएको छैनः आलिया भट्ट

फिल्म ‘आशिकी’ को तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ मा रितिक रोशन र आलिया भट्टले अभिनय गर्ने भन्ने समाचारलाई आलिया भट्टले खण्डन गरेकी छिन् । आलियाको आफ्नै पिता महेश भट्टले निर्माण गर्न लागेका तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ फिल्ममा रितिक र आलियाले अभिनय गर्ने भन्ने समाचारहरु मिडिया केहि समय अघि आएको थियो । यसै कुराको आलियाले खण्डन गरेकी हुन् ।

आलियाले अभिनय गरेकी फिल्म कपुर एण्ड सन फिल्मको प्रोमोशनको दौरानमा उनले “‘आशिकी ३’ तिन फिल्मको बारेमा केहि थाहा छैन, मलाई यस्तो केहि अफर आएको छैन” भनेकी हुन् । आलियाले करन जोहरको फिल्म स्टुडेण्ट अफ द इयर बाट बलिउड फिल्म ईन्डष्ट्रिमा करीअर सुरु गरेकी थिईन् । सकुन बत्राले निर्देशन गरेको फिल्म कपुर एण्ड सन फिल्ममा आलियाको साथमा सिद्धार्थ र फवाद खानले पनि अभिनय गरेका छन् ।

आशिकी सिरीजको पहिलो फिल्म १९९० मा आएको थियो । फिल्ममा अनु अग्रवाल र राहुल रायले अभिनय गरेका थिए । त्यस्तै दोस्रो सिक्वेल फिल्म आशिकी २, २०१३ मा आएको थियो, जस्मा श्रद्धा कपुर र आदित्य राय कपुरले अभिनय गरेका थिए । अब बन्न लागेको तेस्रो सिक्वेल फिल्म ‘आशिकी ३’ चाहि कहिले आउने हो, यो दर्शकहरुको लागि पर्खाईको फिल्म भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

UNESCO inspecting wildlife at Chitwan National Park

CHITWAN: A UNESCO team will begin inspecting the condition of the Chitwan National Park that has been facing many threats due to urbanisation and human settlement.

The team is scheduled to arrive here on Wednesday.

The team will be inspecting whether the rapidly growing human settlement is encroaching the diversified wildlife residing in the Park, one of the UNESCO World Heritage sites since 1984.

Inspection of the Park will be held for three days and it will include discussions with the stakeholders, Chief Conservation Officer of the Park, Ram Chandra Kandel, informed.

The recent construction of roads, bridges, temples and the possibility of construction of East-West Railway through the Park in near future have sparked UNESCO’s attention towards the preservation of endangered species, said the Assistant Conservation Officer Nurendra Aryal.

He further said the team suggested conducting security checks at both ends of the newly constructed bridge over the Rapti River. Also they have asked to maintain security along the roads through the Park.

It has been learned that in the five districts, which the Park stretches to, 1,211 hectares of land have been encroached and 2,330 households were found living in the encroached area.

Kandel said the UN agency has been conducting such inspection programmes time and again regarding similar concerns for the wildlife.

Chitwan National Park, established in 1973, is popular for housing the rare one-horned rhinoceros and royal Bengal tigers.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ICC conditions to let Nepal host match against Namibia

KATHMANDU: The International Cricket Council put forth two conditions in front of Nepal to let it host the ICC World Cricket League (WCL) Championship round-three matches between Nepal and Namibia.

These matches are scheduled to take place on April 16 and 18.

Issuing a press statement on Wednesday, the world cricket governing body said staging the match in Nepal would be possible only if “an independent selection panel, including the national team coach and captain will select the Nepal team to compete against Namibia, with Asia Development Officer Venkatapathy Raju acting as an advisor,” and “Asia Development Manager Bandula Warnapura will undertake an inspection of the Tribhuvan University Ground to assess its suitability to host the matches, while a local security plan will be developed for the assessment and approval of ICC.”

“If these assessments are not passed, the matches will be relocated to an alternate venue outside of Nepal.”

Even if the conditions were met, ICC would prepare for and conduct the matches independently, it said.

ICC said it was in regular communication with both committees of the Cricket Association of Nepal – the elected one led by Chatur Bahadur Chand and the ad hoc led by Ramesh Silwal – as well as the National Sports Council.

“The National Sports Council has nominated Bhawana Ghimire to work with ICC as a local liaison in this regard,” the statement read.

The ICC move comes after authority of CAN was questioned as the government did not accept legitimacy of the Chand-led committee and formed another Silwal-led panel with a mandate to hold an election within three months.

A case over the issue is currently sub-judice at the Supreme Court.

“The governance challenges currently being faced by Nepal cricket are unfortunate to say the least,” said ICC Head of Global Development, Tim Anderson, in the statement.

“However, in the best interests of the game, the players and the fans, we are heartened by the cooperation of all parties in agreeing a set of solutions that allows these important matches to be played, and consideration given to them being played in Nepal.”


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Deuba takes up Nepali Congress reins, nominates 7 in CWC

The new Nepali Congress president announced that he nominated seven leaders in the party’s Central Working Committee as per the party statute.

Earlier, the party’s election committee had distributed certificates to the office bearers and members of the newly elected CWC.

The nominees include Ram Chandra Paudel, Krishna Prasad Sitaula, Arjun Narsingha KC, Gagan Kumar Thapa, Chitra Lekha Yadav, Uma Kanta Chaudhary and Narahari Acharya.

Paudel and Sitaula were defeated in the party’s presidential election last week by Deuba. Likewise, KC and Thapa had lost the election for the general secretary, and Yadav and Chaudhary for the treasurer.

A former minister and CWC member, Acharya could not have attended the party’s 13th national general convention as he was hospitalised after suffering a brain hemorrhage on February 9.

The party statute requires the party chief to nominate 21 persons to give a full shape to the 85-member body.

Deuba will also appoint a Vice-President, a General Secretary and a Joint General Secretary from among the elected CWC members.

All the appointments have to be endorsed by the elected CWC.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Will rule for two full years, says PM Oli

POKHARA: Prime Minister KP Sharma Oli said his government would not topple for next two years.

Addressing local leaders and cadres of his party, in Pokhara, today, the confident CPN-UML Chairman said, “No any opposition can topple my government for next two years.”

Oli urged all not to engage in any plot against his government and said, “Rather, other parties too can join the government under my leadership.”

“This government will hold local to provincial elections after structuring the federal model,” he said, “We will move ahead while implementing the Constitution.”

Meanwhile, Oli said his government could not expedite development activities until now as it had to deal with the issues of post-earthquake reconstruction and the border blockade.

“Now, with the lifting of blockade,” he assured, “The nation will speedily move ahead toward development.”

The Prime Minister said his government would maintain friendly relations with both neighbours – India and China – so that they would extend support to Nepal’s development activities.

He, however, maintained that he would not make any compromise on the issues of national sovereignty and national interests.

Meanwhile, Oli also inaugurated a new office building of the Federation of Nepali Journalists, Kaski chapter, in Pokhara today.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

SAARC Summit will now be held in every alternate November

POKHARA: If a recommendation of South Asian Association for Regional Cooperation (SAARC) Standing Committee is anything to go by, the regional body will hold its Summit in every alternate November now onward.

The Standing Committee, comprising foreign secretaries of eight member nations, on Wednesday decided to recommend the SAARC Council of Ministers to make the decision in order to make the jamboree regular.

The Council of Ministers is holding its 37th session in Pokhara on Thursday.

Speaking at a press conference after conclusion of the Standing Committee meeting today, Nepal’s Foreign Secretary Shankar Das Bairagi, who had chaired the meeting, said the recommendation would be made in a bid to ensure the SAARC Summit in every two years regularly.

As the United Nations General Assembly opens on the third Tuesday of every September, the decision would help the South Asian regional body become more effective in its agendas of regional cooperation, he added.

It has already been 31 years since SAARC was established, but it has only hosted 18 Summits.

It was agreed to hold the Summit every year in the beginning. The 18th Summit, held in Kathmandu in November 2014, had decided to stretch the interval upto two years.

Bairagi said secretaries of the member nations are holding discussions to find an all-agreeable date for the Summit before the Council of Ministers meeting will begin tomorrow.

Discussions on 32 agendas

Bairagi informed that the Standing Committee held discussions over 32 agendas.

All the foreign secretaries have agreed to rectify regional agreements made so far and begin its implementation, according to the official.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रमाणपत्र बोकेर भौँतारिने कि स्वरोजगार बन्ने ?

३ चैत, काठमाडौं । एसएलसीबारे कोही नेपाली अनभिज्ञ नहोला । तर, टी-एसएलसीका विषयमा कमैलाई थाहा होला ।

व्यावसायिक शिक्षाको अभावमा डिग्री पास गरेका युवा पनि जागिरको खोजीमा सडकमा भौँतारिन बाध्य छन् । तर, उच्च शिक्षा लिएकै भरमा रोजगारी पाइने कुराको कुनै ग्यारेन्टी देशमा छैन । यही अवस्थाको विकल्प हो, टी-एसएलसी, जसलाई प्राविधिक विषयमा प्रवीणता भनेर बुझ्न सकिन्छ ।

व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट वाषिर्क २४ देखि २८ हजार विद्यार्थीले टी-एसएलसी दिन सक्छन् । त्यसअनुसार सिट क्षमता र पूर्वाधार तयार छ । तर, यो कोटा पुग्ने गरी पनि विद्यार्थी आउँदैनन् । यस वर्ष मुस्किलले २२ हजार विद्यार्थी टी-एसलसीमा सामेल हुँदै छन् ।

परिषद्को सूचना तथा अनुसन्धान महाशाखाका प्राविधिक अधिकृत संगम गौतमका अनुसार टी-एलएलसीका लागि तोकिएका झन्डै ६ हजार सिटमा विद्यार्थी भर्ना भएका छैनन् ।

‘प्राविधिक एसएलसीमा हाम्रो क्षमताअनुसार पनि विद्यार्थी भर्ना हुन सकेका छैनन्,’ उनले भने, ‘प्राविधिक शिक्षालाई दुर्गम क्षेत्रमा केन्दि्रत गर्दा पनि यस्तो भएको हो । अहिले सहरी क्षेत्रमा प्राविधिक एसएलसीप्रति चासो बढेको छ ।’

गौतमले भनेजस्तै अहिले अधिकांश विद्यार्थीलाई प्राविधिक एसएलसीबारे जानकारी नै छैन । अभिभावकले पनि टी-एसएलसीलाई खासै चासो दिएका छैनन् ।

के हो प्राविधिक एसएलसी ?

विद्यार्थीलाई स्वरोजगार र आत्मनिर्भर गराउन सहयोग गर्ने प्राविधिक शैक्षिक योग्यता हो, टी-एसएलसी । अहिले प्राविधिक एएसलसी दुई तवरमा सञ्चालित छन् । अप्राविधिक एसएलसी परीक्षा उत्तीर्ण गरेका र नगरेका दुवै खालका विद्यार्थी यसमा भर्ना हुन पाउँछन् ।

यो शैक्षिक योग्यता प्राप्त गर्न १५ र २९ महिने टी-एसएलसी पास गर्नुपर्छ । १५ महिने टी-एसएलसीका लागि अप्राविधिकतर्फ एसएलसी गरेको हुनुपर्छ भने २९ महिनेका लागि दश पास गरेकाले पनि अवसर पाउँछन् । यसमा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक विषय समेटिएको हुन्छ । टीएसएलसी उत्तीर्ण विद्यार्थीले ३ वर्षको प्रमाणपत्र तह अध्ययन गर्न पाउँछन् । यसका लागि टीएसएलसी परीक्षामा ६८.३३ अंक ल्याउनुपर्छ ।

जुम्लाबाट सुरु

नेपालमा पहिलोपटक २०३७ सालमा कणर्ाली प्राविधिक शिक्षालय जुम्लाबाट एसएलसी उत्तीर्ण नभएकालाई संलग्न गराएर प्राविधिक एसएलसीको सुरुवात गरिएको थियो । २०४५ सालमा सीटीइभीटीको स्थापना भएपछि सातवटा संस्थाबाट प्राविधिक शिक्षा अध्ययन गराउन थालियो । तर, यतिका वर्षका बीचमा पनि पुरानो शैक्षिक प्रणालीलाई यसले सामान्य धक्का पनि दिन सकेको छैन ।

टी-एसएलसीका विषय

सीटीइभीटीअन्तर्गत आंगिक र निजी गरी देशभर ६ सय २१ संस्थामा टी-एसएलसी कक्षा सञ्चालन भइरहेका छन् । प्राविधिक एसएलसी तहमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, कार्यालय व्यवस्थापन, विकास तथा व्यवस्थापनलगायत विषय पढाइ हुन्छ ।

इन्जिनियरिङअन्तर्गत इलेक्टि्रकल, सर्भे, सिभिल, जुनियर कम्प्युटर टेक्निसियन, अटोमोबाइल, रेफ्रिजेरेटर एन्ड एसी, स्यानिटरी, इलेक्ट्रोनिक्स विषय छन् । यी विषयहरुमा भने विद्यार्थीको सिट कहिल्यै खाली भएको छैन । इन्जिनियरिङतर्फ प्रतिवर्ष झन्डै ५ हजार भन्दा बढी विद्यार्थी भर्ना गर्न सक्ने क्षमता छ ।

इन्जिनियरिङमा चासो बढ्दै गर्दा आफ्नो सिट सुरक्षित गर्न प्रवेश परीक्षामा ठूलो संख्यामा विद्यार्थीहरु सामेल हुने गरेको अधिकृत गौतमले बताए । यस्तै सीटीइभीटीले प्राविधिक एसएलसीका लागि स्वास्थ्यतर्फ ९ हजारभन्दा विद्यार्थी भर्ना लिने गरेको छ । स्वास्थ्यअन्तर्गत सीएमए, अनमी, ल्याब असिस्टेन्ट, एएएम, आम्ची, आयुर्वेद, मेडिसिन असिस्टेन्टलगायत विषय अध्यापन हुन्छ ।

स्वाथ्यमा पनि इन्जिनियरिङमा जस्तै धेरै विद्यार्थी आकर्षित छन् । तर, सीमित सिटका कारण प्रवेश परीक्षा दिएका सबैले अवसर पाउँदैनन् । त्यस्तै, कृषिअन्तर्गत पशु जेटी, जेटीए प्लान्ट साइन्स, पशु स्वास्थ्य र टेक्सटाइल एन्ड सेरिकल्चर पढाइ हुन्छ । यसमा पनि विद्यार्थीको आकर्षण सामान्य छ । सामाजिक परिचालन, सेक्रटियल म्यानेजमेन्ट, उद्यमशीलता विकास, कलिनरी आर्ट, कार्यालय व्यवस्थापन, होटल व्यवस्थापन लगायतका विषयमा पनि टीएसएलसी दिन पाइन्छ ।

सीटीइभीटीले आंगिकमा मात्र नभएर निजी क्षेत्रबाट सञ्चालन भएका संस्थाहरुलाई प्राविधिक एसएलसीको कक्षा सञ्चालन गर्ने अनुमति दिएको छ ।

रोजगारीको सम्भावना

टी-एसएलसी उत्तीर्ण विद्यार्थीलाई स्वरोजगार बन्न खासै समस्या हुँदैन । थोरै लगानीमा पनि विभिन्न व्यवसाय सञ्चालन गर्न र रोजगारीकै लागि पनि अवसरहरु यसले सिर्जना गर्छ ।

एसएलसी दिएकाहरुले १५ महिना टीएसएलसीमा कस्सिने हो भने स्वरोजगार बन्न समय नलाग्ने सीटीइभीटीको दावी छ । यही सीपका आधारमा विदेशमा गएर पनि राम्रै कमाइ गर्न सकिन्छ ।

सीटीइभीटीबाट प्राविधिक एसएलसी उत्तीर्ण विद्यार्थी सरकारी सेवामा राजपत्र अनंकित दोस्रो श्रेणी तथा प्राविधिक सेवाको रोजगारीका लागि योग्य हुन्छन् ।

प्राविधिक एसएलसीपछिको ३ वर्षे प्रमाणपत्र तह अध्ययन गरेमा सरकारी सेवामा राजपत्र अनंकित पहिलो श्रेणीमा प्राविधिक सुब्बा वा सो सरहको रोजगारी पाउन सकिन्छ । यस्ता प्राविधिक पदमा लड्नेको संख्या पनि न्यून हुन्छ । त्यसैकारण जागिर नै पाउने विषय प्राविधिक शिक्षा पढेकाका लागि ठूलो नहुने अधिकृत गौमत बताउँछन् ।

प्राविधिक एसएलसी अध्ययन गरी ३ वर्षको डिप्लोमाका विविध कोर्स पूरा गरेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रसरहको मान्यता पाउछन् । प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीले अन्य शैक्षिक संस्थामा गएर माथिल्लो तहको अध्ययनलाई निरन्तरता दिन पनि सक्छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नामिबियासँगको खेल कीर्तिपुरमा गर्न आईसीसीले राख्यो दुई शर्त

३ चैत, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा खेलाउन दुई शर्त राखेको छ ।

नेपाल र नामिबियावीच आगामी वैशाख ४ र ६ (अप्रिल १६ र १८ तारिख) मा काठमाण्डौको कीर्तिपुर मैदानमा खेल हुने पहिले नै तय भएको थियो । तर, हालैका दिनमा नेपाल क्रिकेट संघमा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको ग्रेटर नोयडामा सर्न सक्ने संकेत दिएको थियो ।

आईसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गर्न आफ्ना शर्तहरु जानकारी गराएको छ ।

यी शर्त पुरा भए कीर्तिपुुरमा खेल खेलाउने र शर्त पुरा नभए नेपाल बाहिर गर्ने आईसीसीले बताएको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र सुरक्षा प्रबन्धबारे आश्वस्त भएपछि मात्र कीर्तिपुरमा खेलाउन सकिने बताएको छ ।

नेपाल क्रिकेट संघ क्यानको आधिकारिकता विवाद रहेको भन्दै आईसीसीले राखेपले बनाएको तदर्थ समिति र निर्वाचित क्यानको सहमति र राखेपको सहयोगमा काम गर्ने बताएको छ ।

नेपाली प्रशिक्षक र कप्तानसमेत सम्मिलित एक स्वतन्त्र छनोट समिति बनाइ नामिबियाविरुद्ध खेल्ने नेपाली टिमको छनौट गर्नु पर्ने आईसीसीको पहिलो शर्त छ । र, छनोट समितिको सल्लाहकारमा एसिया डेभलोपमेन्ट अफिसर वेन्कटपति राजु रहनेछन् ।

यो शर्त मान्न खासै समस्या छैन प्रशिक्षक जगत टमाटाले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् र टिम पनि उनले नै छनोट गर्नेछन् ।

आईसीसीको दोस्रो शर्त कीर्तिपुरको मैदानबारे छ । एसिया डेभलोपमेन्ट म्यानेजर बन्दुला वर्नापुराले कीर्तिपुरस्थित मैदानको निरीक्षण गर्नेछन् । बन्दुला केही दिनमा नै नेपाल आउने छन् र मैदानका साथै साथै सुरक्षा प्रवन्धबारे पनि अध्ययन गरिने छ ।

आईसीसीले भनेको छ, ‘यदि यो सर्तहरु पुरा भएमा खेल काठमाडौंमा हुनेछ । तर, पास भएन भने हामी नेपाल बाहिर खेल स्थल तय गर्नेछौं ।’
नेपाल क्रिकेट संघ क्यानकी सीईओ भावना घिमिरेले नेपालमा खेल हुने ८० प्रतिशत पक्का भएको प्रतिक्रिया दिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३ चैत, काठमाडौं । ‘धापासी कोलोनी’स्थित निवासमा पुग्दा कांग्रेस नेता गोविन्दराज जोशी एक्लै सोफामा आराम गरिरहेका थिए । पार्टीभित्र ‘हार्डलाइनर’ नेताका रुपमा चिनिने पूर्वगृहमन्त्री जोशीसँग हामीले कांग्रेस महाधिवेशनका साथै उनको आफ्नै विगत र आगत कोट्याउने प्रयास गर्‍यौं ।

जोशीले १२ बुँदे समझदारीको विरोध गरे, थोरै समर्थन पनि गरे । धर्म निरपेक्षता र गणतन्त्रको विरोध पनि गरेनन् तर समर्थन पनि गरेनन् । आफ्नो टीमले अरु विकल्प नभएकाले देउवालाई सघाएको प्रष्ट्याए । कुरा गर्दागर्दै जोशीको अन्तरवार्ता निकै लामो भयो, तथापि खल्लै चाहिँ भएनः

० कांग्रेसको तेह्रौं महाधिवेशन सफल भयो कि असफल ?

महाधिवेशनका दुईवटा पक्ष छन् । फाइदा-बेफाइदा दुबै छन् । महाधिवेशनले पार्टीलाई गाउँ र वडास्तरसम्म पुर्‍याएको छ । कांग्रेसको जरा गाउँसम्म पुगेको छ । यो महाधिवेशनको पोजेटिभ पक्ष हो ।

तर, हाम्रो पार्टीमा विगत केही वर्षदेखि अधिवेशन एउटा सेरेमोनियल भएको छ, उत्सव जस्तो भएको छ । वास्तवमा यसलाई उत्सवका रुपमा हामीले ल्याउन खोजेको होइन । नेपाली कांग्रेस कता जाँदैछ भन्ने एउटा दृष्टिकोण यो महाधिवशेनले दिनुपर्ने थियो । दुर्भाग्यवस भनौं, सैद्धान्तिक दृष्टिकोण र विचारमूलक प्रवाहचाँहि महाधिवेशनले दिन सकेन ।

यसपटक त महाधिवेशन कहिले सिद्धियो, मलाई नै थाहा भएन । सुरु भयो, सिद्धिएछ । त्यहाँ के पास भयो, के प्रस्तावहरु आए ? पहिला पहिलाको भन्दा यसपटक यस्तो नाजुक भयो कि पहिले त केही प्रस्तावहरु पास हुन्थे, त्यो बाहिर पनि आउँथ्यो । पत्रकार सम्मेलन गरेर घोषणा हुन्थ्यो, ती केही पनि भएनन् । यो अत्यन्तै नकारात्मक पाटो हो ।

तपाईहरुलाई कांग्रेसको हार्डलाइनर टीम भनिन्छ । महाधिवेशनको अन्तिम क्षणमा आएर तपाईहरुले देउवालाई समर्थन गर्नुभयो । देउवासँग केही जेन्टलमेन एग्रिमेन्ट भएको थियो ?

अहिले कांग्रेससँग अडान पनि छैन, पहिचान पनि छैन । नेपाली कांग्रेसको अहिलेको प्राथमिकता भनेको सत्ता हो ।

वास्तवमा हामीले सिफ्ट गरेको होइन । सुशील नेतृत्वको पदाधिकारी र कार्यसमितिमा जो हुनुहुथ्यो, उहाँहरुले विचारलाई अगाडि बढाउन सक्नुभएन । कुनै पनि भातृसंस्थाको अधिवेशन भएन । विभागहरु बनेनन् । जिल्लामा कुनै पनि गतिविधि यो पाँच वर्षमा भएनन् । त्यसैको निरन्तरता रामचन्द्रजीले दिनुभयो । यो सारा गतिविधिमा सुशील कोइरालालाई मात्रै गाली गरेर पुग्दैन । यसमा पदाधिकारीहरु जिम्मेवार छन् । यद्यपि त्यसमा शेरबहादुरजी पनि कहीँ न कहीँ जिम्मेवार हुनुहुन्छ ।

पाँच वर्षसम्म उहाँहरुले केही गर्नुभएन मात्रै हैन, समयमा महाधिवेशन नगराएर यो आजको संवैधानिक डेटलकको कारक त कांग्रेस पनि हो नि त । अन्तिम बेलामा कांग्रेस संविधान ल्याउने कि पार्टी विघटन गर्ने भन्ने अवस्थामा पुग्यो । यो अवस्थामा पुर्‍याउने पदाधिकारीलाई हामीले निरन्तरता दिन सक्ने अवस्था थिएन । यद्यपि अहिले आएका पदाधिकारीहरु पनि टेस्टेड हुन बाँकी छ ।

दोस्रो कुरा, हामीले वैचारिक आन्दोलन लिएर हिँडेका छौं । तर, हामीसँग सभापतिमा उठेर जित्न सक्ने अवस्था थिएन । त्यसकारण विद्यमान पदाधिकारीलाई समर्थन गर्न नसक्दाखेरि शेरबहादुरजीलाई विकल्पका रुपमा समर्थन गरेका हौं । भएका दुईवटामध्ये बेस्ट विकल्प छानेका हौं ।

० यसमा कुनै जेन्टलमेन एग्रिमेन्ट पनि छ कि ?

हेर्नुहोस्, राजनीतिमा त्यस्तो एगि्रमेन्टले धेरै काम पनि गर्दैन । तर, कुरा के हो भने शेरबहादुरजीले काम गर्दाखेरि तपाईहरुसँग परामर्श लिएर गर्छु भन्नुभएको छ । यही हो हाम्रो एगि्रमेन्ट । हरेक कुरामा तपाईहरुसँग सल्लाह लिएर गर्छु भन्नुभएको छ ।

० रामचन्द्र पौडेलले केही भन्नुभएन ?

उहाँसँग कुनै कम्युनिकेसन नै भएन । उहाँले कुनै एप्रोच गर्नुभएन । उहाँले एप्रोच नगरिसकेपछि अर्कोतिर उधारै होला, तर तपाईहरुसँग मिलेर काम गर्छु भनेर शेरबहादुरजीले भन्दाखेरि तेस्रो विकल्प नभएकाले त्यो अर्थमा शेरबहादुरजीलाई समर्थन गरेका हौं ।

अर्को कुरा, वीपीसँग अलिकति एशोसिएट पनि भएका कारणले गर्दा शेरबहादुरजी वीपीको बाटोमा आउन सक्नुहुन्छ कि भन्ने हामीलाई लाग्यो । त्यो सानो आश पनि हामीलाई छ । हाम्रो तत्कालीन इन्ट्रेस्ट शेरबहादुरजीसँग मिल्यो, हामीले उहाँलाई सहयोग गर्‍यौं ।

० रामचन्द्रजीले पनि त वीपीसँगै काम गर्नुभएकै हो नि…

उहाँले भन्नुहुन्छ मात्रै, उहाँको गराइ त्यस्तो देखिँदैन । रामचन्द्रजीको सबैभन्दा कमजोरी के भयो भने देशको फस्ट म्यान हुने भनिएको मान्छेका केही गुणहरु हुनुपर्छ क्या । उहाँको जिल्ला आफ्नो भएन । केन्द्रीय सभापति हुने मान्छेले त अलिकति कम्प्रोमाइज गर्नुपर्छ नि त । अञ्चल उहाँको भएन । अञ्चलको नेतृत्व कोही पनि उहाँको पक्षमा छैनन् । पञ्चिमाञ्चल देखिने गरी उहाँको पक्षमा छैन । यही कमजोरीका कारणले उहाँ माथि आउन सक्नुभएन । उहाँले माथि आउन यी कमजोरी सुधार्नुपर्छ ।

० देउवासँग मिलेपछि कुलबहादुर गुरुङ, तपाई र विनयध्वज चन्द लगायतका नेताहरु देउवाको प्यानलमा पनि पर्नुभएको थियो, तर चुनावमा जित्नुभएन, के तपाईहरुमाथि देउवा पक्षबाट असहयोग भएको हो ?

प्यानलमा परे-नपरेको हामीलाई थाहा भएन । तर, मैले ११११ भोट ल्याउँदाखेरि मलाई लाग्छ, लगभग ९ सय भोट संस्थापन पक्षबाट आएको छ । मेरा एजेन्टहरुले सबै हेर्नुभएको छ । म पनि त्यहाँ बसेको थिएँ ।

० यसलाई अलि रुखो भाषामा भन्दा देउवा पक्षले तपाईहरुलाई धोका दिएको भन्न मिल्छ ?

त्यस्तो पनि नभनौं । राजनीतिमा क-कसले साथ दिए, दिएनन् भन्नु उचित हुँदैन । तर, त्यहाँको मतगणनामा त्यस्तो देखिन्थ्यो । कसैले धोका नदिने भन्ने हाम्रो सम्झौता थियो र ? हामीले ‘वन साइडेड’ रुपमा देउवाजीलाई सहयोग गरेका हौं । कसले मत दिए, दिएनन् त्यसमा गुनासो छैन ।

० तपाईले अघिल्लो चुनावमा पनि जित्नुभएन । यसपालि पनि हार्नुभयो । ०६२/०६३ अगाडि तपाई कांग्रेसमा पावरफूल हुुनुहुन्थ्यो । गृहमन्त्री हुनुभो, सहमहामन्त्री हुनुभो । गिरिजाप्रसादको अघिपछि निर्णय गर्ने ठाउँमा हुनहुन्थ्यो । अहिले किन राजनीतिक फल डाउन भयो ?

यो फल डाउन हैन । फल डाउन वा इन्ड भनेको त मैले सोच्ने कुरा हो । मैले त्यो सोचेको छैन । म निरन्तररुपमा लागिराखेको छु र लागिरहनेछु । अघिल्लोचोटि म कुनै प्यानलमै बसेको थिइँन । तर, ८/९ भोटले मात्रै हारेको हुँ । यसपटक पनि ११११ मत आएको छ । त्यो भोट त्यत्तिकै त आएको होइन होला नि त ।

सभापतिमा तीनजना थिए, दुईजनाले हारे, के उनीहरुको राजनीति सिद्धियो त ? यसबाट राजनीतिको मूल्यांकन हुँदैन । कांग्रेसलाई वीपीले सोचेको जस्तो पार्टी बनाउने मेरो विचार छ । त्यसैले मेरो क्रियाशीलता रहिरहन्छ । तपाई सम्झिइराख्नुहोला, राजनीतिमा निष्ठा र निरन्तरता दुईवटा कुरा महत्वपूर्ण कुरा हो ।

० गिरिजाले तपाईको साटो कृष्णप्रसाद सिटौलालाई अगाडि सारेपछि तपाईको राजनीतिक यात्रा पछि परेको भनिन्छ नि ?

तपाईले सोधिसकेपछि अलिकति भन्नु पनि पर्‍यो । कुरा के हो भने सिटौलालाई उचाल्दिएको मैले नै हो । र, गिरिजा बाबुकोमा लगिदिएको पनि मैले नै हो । उहाँ पहिले कृष्णप्रसाद भट्टराईकहाँ हुनुहुन्थ्यो ।

मैले स्पष्टरुपमा भन्नैपर्छ कि १२ बुँदे समझदारीपछि गिरिजाबाबुसँग मेरो असहमति भयो । ०६२/०६३ को आन्दोलन मैले नै गिरिजाप्रसाद कोइरालाको नाममा कम्प्युटरबाट सही गरेर घोषणा गरेको हुँ । त्यो गिरिजाबाबुले गरेकै हैन । यद्यपि त्यो उहाँलाई जानकारी थियो ।

तपाईले भनेजस्तै मैले गिरिजाप्रसाद कोइरालासँग नजिक बसेर काम गरेको छु । वीपी कोइरालाको पनि म एसोसिएट मान्छे हो । हामी बीपीलाई सशस्त्र संघर्षमा साथ दिएका मान्छे हौं । गिरिजाबाबुलाई जीवनभरि मैले साथ दिएँ । तर, १२ बुँदे सहमति गर्दाखेरि मलाई थाहा दिइएन ।

यो बाह्रबुँदेले कांग्रेसलाई ठीक ठाउँमा लाँदै लाँदैन भन्ने मेरो भनाइ थियो । अनि मैले गिरिजाबुलाई भनें, तपाईले मलाई विश्वास नगरेपछि मलाई तपाईले चाहिँदा प्रयोग गर्नुहोला । म तपाईसँग सँगै हिँड्न सक्ने अवस्थामा रहिँन । मैले त्यसो भनेपछि गिरिजाबाबुले भोलिदेखि मलाई कसले हेल्प गर्छ भन्नुभयो र मैले कृष्ण सिटौलालाई उहाँकहाँ लगेर राखिदिएको हुँ ।

० कृष्ण सिटौलासँग त्यस्तो के सकारात्मक गुण थियो र तपाईले रोज्नुभयो ?

सैद्धान्तिक कुरा होइन, उहाँ एकदमै खट्ने मान्छे हो । गर् भनेपछि गर्ने मान्छे हो । त्यस्तो मान्छे गिरिजाबाबुलाई चाहिन्थ्यो । सिटौला एकमदै खट्ने, नरिसाउने, हाँसेर बसिरहने । निर्लज्ज भन्छन् नि, त्यो टाइपको मान्छे हो उहाँ । लाए अह्राएको काम बफादारीपूर्वक गर्ने । गर्दागर्दै मैले छाडेपछि उहाँले पछि त के-के गर्नुभयो ।

तर, गिरिजाबाबुलाई त्यसबेला बेटर मान्छे उहाँ नै हुनुहुन्थ्यो । मैले नै लिएर हिँड्थें कृष्ण सिटौलालाई । गिरिजाबाबुको क्याम्पमा मैले नै टे्रण्ड गरेको मान्छे हो उहाँ ।

० उसोभए बाह्रबुँदेपछि गिरिजाबाबुसँग तपाईको मतभेद भएकैले पार्टीमा तपाईको भूमिका कम हुँदै गएको हो त ?

प्रचण्ड र गिरिजाबाबुको कुरा गर्ने छुट्टै मोबाइल बनाइदिएको थिएँ मैले । त्यो मोबाइलमा प्रचण्डको मात्रै घण्टी आउँथ्यो । त्यो मोबाइल गिरिजाबाबुको कोठाबाट चोरी भयो ।

हो । गिरिजाबाबुसँगै मेरो भिन्नता भइसकेपछि उहाँको नजिक जानबाट मैले विस्तारै आफूलाई कम गरें । ०६२/०६३ को आन्दोलन त मैले नै सुरु गरेको हो । म यो दाबीका साथ भन्छु । सोध्नोस् न अरुलाई ।

० बाह्रबुँदे समझदारीको विरोधचाँहि किन गरेको ?

एउटा त त्यो एगि्रमेन्ट नेपालमा गर्नुपथ्र्यो भन्ने हो । माओवादीसँग सम्झौता नेपालमा गर्नुपर्छ भन्ने थियो । अरु धेरै यसका सैद्धान्तिक पक्षहरु छन् ।

० तर, माओवादीसँग सम्झौता नै गर्नुहुँदैनथ्यो भन्ने तपाईको तर्क होइन ?

म तपाईलाई यो पनि भनिदिन्छु, माओवादीसित वार्ताको सुरुवात पनि मैले नै गरेको हो दिल्लीमा गएर । शेखर कोइरालालाई गएर सोध्नुहोस् । शेखर कोइराला, म, बाबुराम भट्टराई, कृष्णबहादुर महरा र देव गुरुङको वीचमा पहिलो कुारकानी भएको थियो ।

तपाईलाई म यो पनि भन्दिन्छु कि त्यो वार्तामा माओवादीहरुले सेनालाई संसदको अधीनमा राख्ने हो भने ०४७ सालकै संविधान संशोधन गरेर मान्न सकिन्छ भनेर उनीहरुले भनेका थिए । उनीहरुसँग हाम्रो त्यो सहमति भएको थियो । तर, त्यो असफल भयो । त्यसैले गर्दा मैले माओवादीसँगको सम्झौताको विरोध गर्ने त कुरै हुँदैन ।

मैले नै गिरिजाबाबुलाई प्रचण्डसित सम्पर्क गराइदिएको हुँ । पहलकर्ता नै म हो त्यो वार्ताको । त्यसकारणले मैले १२ बुँदेको विरोध गर्नुको अर्थ माओवादीसँग कांग्रेसले सम्झौता गर्नुहुँदैनथ्यो भन्न खोजेको होइन । त्यसको त सुरुवातै मैले गर्‍या हुँ ।

तपाईलाई अर्को इन्ट्रेस्टिङ्ग कुरा सुनाउँछु, मेरो वायोग्राफीमा पछि निस्कन्छ । प्रचण्ड र गिरिजाबाबुको कुरा गर्ने छुट्टै मोबाइल बनाइदिएको थिएँ मैले । त्यो मोबाइलमा प्रचण्डको मात्रै घण्टी आउँथ्यो । त्यो मोबाइल गिरिजाबाबुको कोठाबाट चोरी भयो । त्यसपछि खटपट भयो । त्यसपछि फेरि वहाँसँग सम्पर्क कायम गरियो ।

शेखर कोइराला जिवितै छन्, बाबुराम छन्, कृष्णबहादुर महरा छन्, सोध्नु न । मैले सुरु गरेको हो माओवादीसँग वार्ता । माओवादीसँग गर्नुहुन्न भन्ने होइन । तर, गिरिजाबाबुले त्यत्रो महत्वपूर्ण कुरामा मलाई नसोधिकन, मलाई थाहा नदिइकन उहाँ दिल्ली जानुभयो । मलाई विश्वास गर्नुभएन । त्यसपछि सरकार बन्यो, सरकारमा म भइँन । यी सब घटनाक्रमहरु विकास हुँदै गए । तर, निष्ठाको कुरा महत्वपूर्ण हुँदोरहेछ । निष्ठा छाड्ने हो भने सत्तामा पुग्नका लागि मलाई कुनै ठूलो कुरा होइन । तर, निष्ठाले मलाई अलि अप्ठ्यारो पारेको हो ।

govinda raj joshi

० केही मान्छेले चाँहि तपाईलाई अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएपछि त्यसले अघि बढ्न अप्ठ्यारो पारेको हो भन्छन् नि ?

यो विषयमा चाँहि कुरा नगरौं अहिले ।

० तपाईले कांग्रेस पार्टीभित्र विचारको बहस हुनै छाड्यो भन्नुभयो, यसको कारण के हो र यसले अब पार्टीलाई कहाँ पुर्‍याउला ?

यसको मुख्य कारण नै के हो भने कांग्रेस विचारमा हिँड्दै हिँडेन क्या । कांग्रेसले सत्ताको लागि राजनीति गर्न थाल्यो । मैले भन्दै आएको छु, कांग्रेसले वीपीको बाटो भुल्यो भनेको यही हो । वीपीले आफ्नो जीवनको अन्त्यमा के भन्नुभएको छ भने जुन दिन नेपाली कांग्रेसले आफ्ना आदर्शहरुलाई बिर्सेर सत्ताको राजनीति गर्ने छ, त्यो दिन नेपाली कांग्रेस निरर्थक भएर जानेछ ।

र, वीपीले यो पनि भन्नुभएको छ, म मरेपछि नेपाली कांग्रेसमा मैले लिएका अडानहरुका बारेमा र स्वयं मेरा बारेमा पनि भ्रम सिर्जना गरिनेछ भन्ने मलाई पक्का छ ।

० तर, वीपीका बारेमा कुरा गर्ने तपाईहरुलाई के आरोप लाग्ने गरेको छ भने तपाईहरु राष्ट्रिय मेलमिलापको बाहना बनाएर देशमा संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्न खोज्दै हुनुहुन्छ र गणतन्त्रको विरोध गर्दै हुनुहुन्छ…..

यो एकदमै गलत हो । वीपीले भनेकै त यही हो नि । म मरेपछि मेराबारेमा भ्रम सिर्जना गरिनेछ । मेलमिलाप नीतिमा वीपीले त्यसो भन्नुभएकै होइन । वीपीले राष्ट्रिय मेलमिलापको नीति ल्याउँदाखेरि कुनै पनि व्यक्ति वा शक्ति राष्ट्रवादी छैन र जो प्रजातन्त्रवादी छैन, त्योसँग मेरो मेलमिलाप हुन सक्दैन भन्नुभएको थियो । र, यसै कारणले वीपीको राजासँग मेलमिलाप हुन सकेन, किनभने राजा प्रजातन्त्रवादी थिएनन् । वीपीको वामपन्थीहरुसँग मेलमिलाप हुन सकेन, किनभने वामपन्थीहरु राष्ट्रवादी हुँदै हुँदैनन् ।

० उसो भए तपाईहरुले जुन वीपीको नीतिको वकालत गरिरहनुभएको छ, त्यसको अर्थ देशलाई फेरि संवैधानिक राजतन्त्रमै फर्काउने भन्ने होइन ?

त्यो बेकारको कुरा हो । वीपीले त्यो कुरा भन्नुभा’कै छैन । अहिले त राजतन्त्र नै छैन, कहाँबाट मेलमिलाप गर्ने राजासँग ? मेलमिलाप भनेको त अस्थित्वमा भइराखेका शक्तिसित, भइराखेका व्यक्तिसित गर्ने हो ।

० कमल थापाले पनि वीपीको राष्ट्रिय मेलमिलाप नीतिबारे चर्चा गरेको सुनिन्छ, उनको ‘इन्टरपि्रटेसन’ ले पनि केही भ्रम पारिदिएको हो कि ? वीपीले राजा र कांग्रेसको घाँटी जोडिएको छ भनेका थिए….

कमल थापाजीको उदाहरण दिँदाखेरि यो त्यति सान्दर्भिक हुँदैन । कुरा के हो भने वीपीले त्यसो कहिल्यै पनि भन्नुभएको छैन । त्योबेला राजा अस्थित्वमा थिए, त्यसैले उहाँले राजासँग मेलमिलाप गर्ने भन्नुभो । राजा राष्ट्रवादी हुन्छ, वीपीले प्रजातन्त्रवादी बनाउन कोसिस गर्नुभो ।

वीपीले यो पनि भन्नुभएको छ, सरकार, म त बिराटनगरमा गएर मेरो खेतबारीमा बस्छु, यदि प्रजातन्त्र रहेन भने सरकार कहाँ बसिबक्सिन्छ ? यो अवस्था आउँछ वीपीले भन्नुभएको थियो । अहिले त्यो अवस्था आयो कि आएन ? त्यसैले वीपीलाई एउटा त्यस्तो टोपी बनाउनुहुँदैन, जसलाई जुन साइजको मान्छेले लाए पनि हुन्छ । वीपीको विचारले राजतन्त्र वा वामपन्थीहरुसँग मेलमिलाप भन्ने कुराले सरोकारै राख्दैन । वीपीले भन्नुभएको थियो कि कांग्रेससँग मेलमिलापका लागि त्यो राष्ट्रवादी र प्रजातन्त्रवादी हुनुपर्छ । अहिले के भयो भने कांग्रेस यी दुईवटा कुरालाई छाडेर सत्ताका लागि वामपन्थीहरुसँग मिल्न गयो ।

० तर, कांग्रेसले माओवादीसँग मिलेर उसलाई प्रजातान्त्रिक पनि त बनायो नि हैन र ?

प्रजातान्त्रिक बनाउनु त राम्रो हो । संसारमा गिरिजाबाबुले जस्तो महान काम कसैले गर्न सकेन । २३८ वर्षको राजतन्त्र फालिदिनुभो । देशमा गणतन्त्र स्थापना गराउनुभो । संविधानसभाको निर्वाचन गराउनुभो । १२ वर्ष जंगलमा बसेका माओवादीलाई मेन स्टि्रममा ल्याउनुभो । तर, परिणाम के भो ? कांग्रेस दोस्रो ठूलो पार्टी भयो । यस्तो संसारमा काँही हुँदैन । यो किन भयो भने कांग्रेसले लिएको गलत बाटोका कारणले ।

किन ?

किनभने यो माओवादीलाई डेमोक्रेटिक गराउने र नगराउने होइन कि त्यहाँ हाम्रो सत्ताकेन्दि्रत सोचाइ थियो । त्यसैले गर्दा हामी गलत बाटोमा हिँड्यौं । वीपी कोइराला ८ वटा ज्यान मुद्दा लाग्दा नेपाल आउनुभयो । गिरिजाबाबु नेपालमा बसेको मान्छे, विदेशमा गएर १२ बुँदे सम्झौता गर्नुभयो, फरक यही हो ।

० तपाईले जे विश्लेषण सुनाइराख्नुभएको छ, यसले के संकेत गर्छ भने कांग्रेस अहिलेसम्म सही ट्रयाकका हिँडिराखेको छैन….

कांग्रेस सही ट्रयाकमा आएको छैन मात्रै हैन, कांग्रेसले त ट्रयाक छाडिसक्यो । कांग्रेसले अहिले ट्रयाक छोड्यो । अब नयाँ आएको कार्यसमितिले सबैभन्दा पहिले कांग्रेसको पहिचान स्पष्ट गर्नुपर्छ । कांग्रेस के हो ? कांग्रेसको नेता त्यस्तो हुनुहुँदैन, जसले बिहान एउटा कुरा र बेलुकी एउटा कुरा गरोस् । कांग्रेसलाई प्रष्ट बुझिने बनाउनुपर्छ क्या । कांग्रेसको पहिचान हुनुपर्छ । वीपीले भनेको पनि त्यही हो ।

० कांग्रेसको स्पष्ट पहिचान झल्किनका लागि तपाईको विचारमा अब के गर्नुपर्छ ?

कांग्रेसले सबैभन्दा पहिले त ट्रयाक छाडेको कुरा रियलाइज गर्नुपर्‍यो । ट्रयाकमा आउन त ट्रयाक छाडेको स्वीकार गर्नुपर्‍यो नि त । सही ट्रयाकमै हिँडेको छु भनेर त कहाँबाट आउने ? आउँदैन । त्यसपछि आफ्नो दृष्टिकोण स्पष्ट पार्नुपर्‍यो ।

० तपाईको बुझाइमा कांग्रेसले कहाँनेर ट्रयाक छाड्यो ?

जस्तो-अहिले धर्मनिरपेक्षतामा विवाद उठिराखेको छ । यसमा के कांग्रेसले ठीक गरेको हो त ? हो भने हो भन्नुपर्‍यो । यसबारेमा कुनै पदाधिकारीले दिएको वक्तव्यले कांग्रेसको दृष्टिकोण स्पष्ट हुँदैन ।

० तर, कांग्रेसले धर्मनिरपेक्षतासहितको संविधानमा हस्ताक्षर नै गरिसकेको छ । कांग्रेसले नै ल्याएको संविधानलाई आधिकारिक नमान्ने त अब ?

यो विषयमा भाषण गरेर मात्रै त भएन नि । हेर्नोस् त अहिले यत्रो तराई आन्दोलनले कत्रो नोक्सान पुर्‍यायो । हाम्रा नेताहरुमा दुरदर्शिता देखिएन नि त ।

० तपाईको यो भनाइ सुनिरहँदा के लाग्यो भने नेपाली कांग्रेसले धर्म निरपेक्षतामा जानुहुँदैनथ्यो भन्न खोज्नुभएको हो ?

धर्मनिरपेक्षतामा जान हुन्थ्यो कि हुँदैनथ्यो भन्नुभन्दा पनि कांग्रेसका आदर्शहरुमध्ये एउटा आदर्श धार्मिक स्वतन्त्रता पनि हो । कांग्रेसको झण्डामा चारवटा तारा छन्, तीमध्ये एउटा आर्थिक स्वतन्त्रता हो, एउटा राजनीतिक स्वतन्त्रता हो । एउटा सामाजिक स्वतन्त्रता हो र एउटा धार्मिक स्वतन्त्रता हो ।

अब धार्मिक स्वतन्त्रता छाडेपछि तीन ताराको मात्रै अर्थ आयो, एउटा तारको त अर्थ के ? कि झण्डा फेरेर तीन तारा बनाउनुपर्‍यो । त्यो गर्न पनि गाह्रो छ । झण्डाको तारा त फेर्न मिल्दैन । हाम्रो झण्डाको रंगको पनि अर्थ छ । चार तारालाई फेरेर पाँच तारा बनाउन पनि मिल्दैन, तीन तारा बनाउन मिल्दैन । अहिले धार्मिक स्वतन्त्रता हटाइसकेपछि त्यो तारा, जुन वीपी कोइरालाले स्थापना गर्नुभएको थियो, त्यो ताराको अर्थ धर्म निरपेक्षता भन्न मिल्छ ? मिल्दै मिल्दैन नि ।

मैले धर्मका बारेमा चेञ्ज गर्नुहुन्न भनेको पनि होइन । तर, यो कुरामा व्यापक छलफल गरेर यसमा आउने परिणामहरुलाई मूल्यांकन गरेर गरिनुपथ्र्यो ।

० कांग्रेसले अरु के-केमा ट्रयाक छाड्यो ?

यस्ता अरु पनि धेरै कुराहरु छन् । वीपीले म जनता हुँ भन्नुभएको थियो । गिरिजाबाबुले मेरो राष्ट्रिय मेलमिलाप भनेको जनतासँगको मेलमिलाप हो भन्नुभयो । वीपीले म जनता हुँ भन्नुभयो, गिरिजाबाबुले जनतासँग मेलमिलाप गर्ने भनेर हामी शासक हौं भन्याजस्तो गर्नुभयो । यस्ता धेरै कुराहरु छन् ।

० जस्तै ?

अहिले हाम्रो प्राथमिकता सत्ता हुन पुगेको छ । यो सब किन भयो भने अहिले कांग्रेससँग अडान पनि छैन, पहिचान पनि छैन । नेपाली कांग्रेसको अहिलेको प्राथमिकता भनेको सत्ता हो ।

० तपाई यसो भन्नुहुन्छ, तर कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमै बसिरहेको छ….

नसकेपछि के गर्नु त । अन्तिम कोसिस गर्दा पनि नसकेपछि प्रतिपक्षमा बसेको हो । कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु अघिसम्म हाम्रै पार्टीका नेताहरु मलाई राष्ट्रपति बनाइदे भनेर एमाले र एमाओवादीका नेताकहाँ दौडादौड गरे । अन्तिममा उहाँहरुलाई सबैले अस्वीकार गरेपछि कुलबहादुरको उम्मेदवारी दर्ता गरियो । सुशील कोइरालाजी प्रधानमन्त्रीमा लड्नुभो र हार्नु भो । अब प्रतिपक्षमा नबसेर के गर्नु त ।

० तपाईको भनाइ अनुसार त सत्ताकेन्दि्रत नहुने हो भने अब कांग्रेस प्रतिपक्षमै बसेको ठीक होइन र ?

हैन । हरेक पार्टीको उद्देश्य सत्तामा जाने नै हुन्छ । सत्तामा जान खोज्नु गल्ती हो भन्न मिल्दैन । तर, सत्तामा जाँदा केका लागि जाने ? अहिले भनिन्छ नि सहमति, सहकार्य र एकता । यो राष्ट्रिय मेलमिलापलाई अपभ्रंसित गरेर ल्याइएको हो । के हो सहकार्य र एकता भनेको ? को सित एकता ? के हो एकता ? किन, केका लागि एकता ? सहकार्य केका लागि ? यो शब्दले वीपीको मेलमिलापलाई रिप्लेस गर्‍यो ।

० हिजो संविधान बनाउनका लागि सहमति र सहकार्य आवश्यक थियो, अब संविधान कार्यावयनका लागि सहमति र सहकार्य जरुरी छैन र ?

संविधान बनेपछि अब आफैं कार्यान्वयनमा जान्छ । सबै पार्टी मिलेर सरकार बनाउने कुरा सबैभन्दा अप्रजातान्त्रिक काम हो । सत्तापक्ष र प्रतिपक्ष त डेमोक्रेसीको अभिन्न अंग हो । यो हुनैपर्छ ।

ठुल्ठुला दुईवटा पार्टी मिलेर सरकार बनाउनैहुँदैन, एउटा पार्टीले साना दललसँग मिलेर सरकार बनाउनुपर्छ, अर्को ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छ । यो त प्रजातन्त्रको गुण हो । त्यसैले प्रतिपक्षमा बस्नु हाम्रो बाध्यता हो ।

अहिले तपाई देख्नुहुन्छ, वामपन्थीहरु सब एक ठाउँमा उभिएका छन् । यो गठबन्धनबाट प्रजातन्त्र बलियो हुँदैहुँदैन । कांग्रेसलाई बाइपास गरेर, कांग्रेसलाई बाहिर राखेर, कांग्रेसलाई मिनिमाइज्ड गरेर डेमोक्रेसी बलियो हुँदैहुँदैन । त्यसैले अर्को डेमोक्रेटिक पार्टी नभएका कारणले बेलाबखत चाहेर पनि नचाहेर पनि सरकारमा गइरहनु कांग्रेसको बाध्यता हो । अब फेरि पनि जान सक्छ ।

० तपाईलाई शेरबहादुर देउवाले सरकारमा जाऔं कि प्रतिपक्षमै बसौं भनेर सल्लाह माग्नुभयो भने तपाई के जवाफ दिनुहुन्छ ?

सरकार हट्ने दुईवटा तरिका छ । एउटा वर्तमान सरकारले राजीनामा दिनुपर्‍यो । त्यो त हाम्रो हातमा छैन । दोस्रो, प्रतिपक्षले अविश्वासको प्रस्ताव ल्याउनुपर्‍यो । त्यो पनि अहिले गर्नुहुँदैन । अविश्वासको प्रस्ताव राख्नलाई हामीसँग अहिले बहुमत छैन ।

हामी अहिले सरकारको प्रतिक्षामा छौं । कांग्रेसलाई अहिले के भन्छ भने गभन्र्मेन्ट इन वेटिङ । त्यो हट्नासाथै हामी त चढिहाल्छौं । त्यसैले सरकार कसरी जान्छ, त्यसमा हाम्रो भूमिका छैन ।

० तर, यही सरकारले स्थानीय चुनाव गराउने भयो भने प्रतिपक्षमा बसेको कांग्रेस स्वीप हुँदैन ?

के गर्नु त ? अविश्वासको प्रस्ताव राख्न हामीसँग बहुमत छैन । राजीनामा दिन यो सरकारले मान्दैन । तर, कुनै कारणले सरकार फालियो भने हामी गभन्र्मेन्ट इन वेटिङ हौं ।

० उसोभए प्रतिपक्षमा बसेरै स्थानीय चुनावमा जाने ?

बसेर हैन । बस्नुपर्ने बाध्यता छ । एउटा पार्टी त प्रतिपक्षमा बस्नैपर्छ । हामी सरकारमा गयौं भने एमाले प्रतिपक्षमा बस्छ । तीनवटा पार्टी, कांग्रेस, एमाले र एमाओवादी मिलेर सरकार बनाउने कुराचाँहि घोर अप्रजातान्त्रिक हुन्छ ।

० उसोभए केपी ओलीले सरकारमा आउन गरिरहेको आग्रह कांग्रेसले कुनै हालतमा मान्दैन त ?

त्योचाँहि हुँदैन । या त कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ, या सरकारमा जानुपर्छ । या, एमाले प्रतिपक्षमा बस्नुपर्छ । राम्रो त कांग्रेस र एमालेमध्ये एउटा सरकारमा, एउटा प्रतिपक्षमा बसेको राम्रो हुन्छ । तर, माओवादी सरकारमा गएर कांग्रेस प्रतिपक्षमा बस्न पनि सक्छ । माओवादी र कांग्रेसको सरकार पनि हुन सक्छ । तर, कांग्रेस र एमाले वा अझ तीनवटा ठूला दल मिलेर सरकार चलाउनुजति अराजक त केही पनि हुँदैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनबाट तेल कहिले आउँछ ? मन्त्री भन्छन्, आउँदैन भनिहाल्नुहुँदैन

३ चैत, काठमाडौं । वाइसीएलका पूर्वअध्यक्षसमेत रहेका एमाओवादी नेता गणेशमान पुन त्यस्तो बेलामा सिंहदरबारको कुर्सीमा बसे, जतिबेला उनी अनुभवहीन त थिए नै, अर्कोतर्फ मुलुकले भारतीय नाकाबन्दीको सामना गर्नुपर्‍यो ।

अहिलेसम्म ग्यास लगायतका इन्धनमा कालोबजारी रोकिएको छैन । मन्त्री पुनले अझैसम्म आपूर्ति व्यवस्था सहज बनाउन सकेका छैनन् ।

नेपालका केही मन्त्रीहरुको स्वभाव नै यस्तो छ कि मन्त्री बनेदेखि नै उनीहरु एउटै कुरो दोहोर्‍याइरहन्छन्, जतिबेलासम्म उनीहरु पदमा रहिरहन्छन् । प्रकाशमान सिंहले स्थानीय विकास मन्त्री भएका बेला सुरुदेखि अन्तिमसम्मै सरकारले स्थानीय निर्वाचनको तयारी गरिरहेको बताएर विदा भए । आपूर्तिमन्त्री पुनले पनि पदमा पुगेदेखि नै चाँडै चीनबाट इन्धन आउँछ भनेका भन्यै छन् ।

आखिर चीनबाट इन्धनचाँहि कहिले आउँछ त मन्त्रीज्यू ? अनलाइनखबरको प्रश्नमा मन्त्री पुनको जवाफ छ- ‘मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म तत्कालै चीनबाट इन्धन ल्याउन चाहन्थेँ । त्यो प्रयास पनि गरेँ । त्यसै कारणले होला, आत्मविश्वास पनि बढेको छ । तर, समयमै इन्धन आएन भन्दैमा चीनबाट इन्धन नै आउँदैन भनिहाल्नुहुँदैन ।’

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका सन्दर्भमा आपूर्ति मन्त्रालयले केकस्तो तयारी गरिरहेको छ भन्नेबारे अनलाइनखबरले मन्त्री पुनसँग गरेको कुराकानीको सार संक्षेप यस्तो छः

Ganesh-Man-Pun-3प्रधानमन्त्रीको चीन भ्रमणको तयारी कस्तो छ ? के त्यसबारे इन्धन आपूर्तिबारे कुनै ठोस निर्णय हुन्छ ?

अरु मन्त्रालयसँग सम्बन्धित विषयका बारेमा मलाई खासै थाहा छैन । मेरो मन्त्रालयसँग सम्बन्धित व्यापार तथा पारवहन सम्झौता हुन्छ, अर्को महत्वपूर्ण विषय भनेको चीनसँग इन्धन आपूर्ति गर्ने सम्झौता हुन्छ ।

त्यसैगरी स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को कागजात पनि आदान-प्रदान भैसकेको छ । पेट्रोलियम पदार्थको आयात-निर्यातका लागि यसअघि नै सैद्धान्तिक सहमतिमा हस्ताक्षर भइसकेको र त्यसलाई कसरी ठोस रुप दिन सकिन्छ भन्ने नै प्रधानमन्त्रीको भ्रमणमा हाम्रो मन्त्रालयको मुख्य विषय हो ।

इन्धन आयातसँग सम्बन्धित भएर रोड कनेक्टिभिटी एवं पूर्वाधारको विकास गरेर इन्धन आयात सहज गर्न सक्छौं । नाकाबन्दीका बीचमै चीनसँग इन्धन ल्याउने सैद्धान्तिक सहमति भएको थियो, अब चाहिँ प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट इन्धन ल्याउने ठोस सम्झौता हुन्छ ।

कहिलेदेखि नेपाली उपभोक्ताले चिनियाँ इन्धन प्रयोग गर्न पाउलान् ?

कहिलेदेखि भनेर त दिन र बारै त नतोकौं । कुरा के हो भने चीनबाट इन्धन ल्याउने बाटो खुलिसकेको छ । कुल मागको एक तिहाइ चीनबाट ल्याउने भन्ने सैद्धान्तिक सहमति भएको छ । जतिसक्दो चाँडो ल्याउने सरकारको सोच हो । ०७२ सालभित्रै चिनियाँ इन्धन नेपाल भित्र्याइसक्ने हाम्रो उद्देश्य हो ।

नाकाबन्दीकै बेला तेल आउँछ भनेर ठूलै हल्ला चल्यो । तर, अझैसम्म पनि आएको छैन, किन ?

इन्धन ल्याउने सम्झौता भइसकेपछि कसरी ल्याउने भन्ने सबैखालका उपायहरुको ढोका खुल्छ । त्योबेलामा सबै किसिमका सुविधा र पूर्वाधारहरुको उपयोग गरिन्छ ।

जसरी रातारात चीनबाट इन्धन ल्याउन सैद्धान्तिक सहमति भयो, त्यसरी नै इन्धन ल्याउँ भन्ने थियो । तर, प्रक्रियामा जाँदा ढीलो भएको हो । इन्धन चीनको पनि उसले आफैं निर्यात गर्ने वस्तु होइन । कयौं कुराहरु चीनमै पनि मिलाउनुपर्ने थियो । म तपाईलाई विश्वासका साथ भन्छु कि चीनबाट इन्धन आउँछ, आउँछ ।

बाटोको खराबीका कारण ढुवानी गर्न समस्या छ, यस्तो अवस्थामा इन्धन ल्याउन सम्भव होला र ?

ढुवानीका लागि नै बाटो र पूर्वाधार विकासको कुरा उठाएका छौं । प्रधानमन्त्रीको भ्रमणमा इन्धन किन्ने ठोस सम्झौतासँगै ढुवानी र पूर्वाधार विकासका लागि पनि ठोस निर्णय हुन्छ ।

चीनतिर खासै समस्या छैन । नेपालतर्फको बाटोमा समस्या छ । नेपाल सरकारले त्यसलाई प्राथमिकताका साथ हेरेको छ । ठूलो ट्यांकर र बुटेल जान नसक्ने समस्या छ । हामी बाटो निर्माण छिटो गर्न लागिरहेका छौं ।

चीनसँग इन्धन किन्दा मूल्यचाहिँ भारतको भन्दा सस्तो पर्छ कि महंगो ?

अन्तराष्ट्रिय मूल्य एउटै हो । करको समायोजन कसरी गर्न सकिन्छ र ढुवानीका लागि व्यवस्था कसरी मिलाउन सकिन्छ भनेर हामीले कर र मूल्यको स्थायित्वको कुरा उठाएका छौं । जोखिम नियन्त्रण कसरी गर्ने र आयात कसरी गर्ने भन्ने विषयमा गहन छलफल गरेका छौं । हामीले दिनैपर्छ र उसले यो दिन सक्दिँन भनेको अवस्था पनि होइन । यी-यी समस्या छन्, तिनको कसरी समाधान गर्ने भनेर मात्रै छलफल गरेका हौं ।

चीनबाट पाइप लाइनमार्फत इन्धन ल्याउन सकिन्छ भन्ने कुराहरु पनि आइरहेका छन् नि ?

इन्धन ल्याउने सम्झौता भइसकेपछि कसरी ल्याउने भन्ने सबैखालका उपायहरुको ढोका खुल्छ । त्योबेलामा सबै किसिमका सुविधा र पूर्वाधारहरुको उपयोग गरिन्छ । तर, अहिलेको चुरो कुरो भनेको इन्धन ल्याउने सम्झौता गर्नु नै हो ।

मन्त्रीज्यू, चीनबाट नेपालमा ग्यास पनि आउँछ ?

ल्याउन सकिन्छ । ग्यास पनि पेट्रोलियम प्रोडक्ट नै हो । ग्यास ल्याउन पनि सैद्धान्तिक सहमति भइसकेको छ । तर, कति परिणाममा ल्याउने भन्ने गहन छलफल भइसकेको छैन । चीनमा तहगत कर लाग्ने कुरा छ । त्यसमा केही न केही सहज गरिदिनुपर्छ भन्ने हाम्रो माग हो ।

चीनले करमा सहुलियत दिएन भने चीनबाट ल्याइने इन्धनको मूल्य कति पर्ला ?

अहिले यति नै पर्छ भनेर भनिहाल्न सकिने अवस्था छैन । चिनियाँ पक्षले केही सहुलियत दिने हो भने भारतबाट ल्याउँदा पर्ने बराबरकै मूल्य पर्छ । योभन्दा पनि हामीले विगतमा भएका पटक-पटकका नाकाबन्दीका कारण मूल्यमात्रै हेर्ने कुरा होइन भनेर बताउँछौं । हाम्रो राष्ट्रिय नीति भनेको व्यापारको विविधिकरण र इन्धनमा पनि सबैतिरबाट बाटो खुलाउने हो । अनुकूलता र बजारको प्रतिस्पर्धाका आाधारमा जहाँबाट ल्याए पनि बाटो भने सबैसँग खोल्नुपर्छ ।

यसमा चीनले अहिलेसम्म गरेको ठोस प्रस्ताव के हो ?

प्राविधिकरुमा कुनै पनि प्रस्ताव भएको छैन । हामी अहिले सैद्धान्तिक विषयमै छौं । दुई देशबीच इन्धन खरिद-बिक्री गर्ने सैद्धान्तिक सहमति भैसकेको छ । हाम्रो राष्ट्रिय नीति नै व्यापार विविधिकरण हो । त्यसैले हामीले चीनसँग व्यापार विस्तार नगर्नु चीनका लागि भन्दा पनि हाम्रै लागि नै घाटाको कुरा हो ।

इन्धनको भण्डारण अर्को मुख्य विषय हो । राजधानीलाई केन्दि्रत गरेर काभ्रेको पाँचखाल र नुवाकोटको बट्टारलगायतका विभिन्न स्थानमा इन्धनको भण्डारणका लागि चीनसँग सहयोग माग्ने प्रस्ताव गर्दैछौं । कम्तिमा ९० दिनका लागि पुग्ने भण्डारण क्षमता बनाउने हाम्रो लक्ष्य हो ।

त्यसैगरी, पोखरालाई केन्दि्रत गरेर खैरेनीटारमा भण्डारण निर्माण गर्ने चीनसँग प्रस्ताव गरेका छौं ।

गत बैशाखमा भूकम्प गएदेखि नै नेपालको चीनसँगको आपूर्ति व्यवस्था समस्यामा परेको छ । तातोपानी नाका अहिलेसम्म बन्द छ । चीनसँगको हाम्रो व्यापार अब कुन नाकाबाट बढी होला ?

चीनले केरुङसम्म २०२० सम्ममा रेल ल्याउने योजना बनाएको छ, जसबाट के बुझ्न सकिन्छ भने ऊ केरुङ नाकाबाटै नेपालसँग व्यापार गर्न चाहन्छ । भूकम्पलगायतका कारण तातोपानी नाका असुरक्षित भएको चीनको ठहर छ । तर, तातोपानीबाट व्यापार हुँदै हुँदैन भनेर चीनले भनेको छैन ।

तर, भारतले नाकाबन्दी गर्दा तातोपानी नाका नखोलेर चीनले नेपाललाई असहयोग गरेको होइन र ?

यसलाई त्यसरी हेर्नुहुँदैन । चीन वा भारत दुबैलाई हामीले निरपेक्षरुपमा हेर्नुहुँदैन । के चाहिँ हो भने चीनले सांकेतिक हिसाबले यो चाहीँ हुन सक्छ भनेर केही गर्‍यो । त्यो सन्देश पनि ठूलै सहयोग थियो । दीर्घकालीन हिसाबले चीन वा भारतसँग नाका खोल्नेसँग पनि त्यो सम्बिन्धत थियो ।

हामीले भारतको विरुद्ध चीन र चीनको विरुद्ध भारत भनेको पनि होइन । हामीले हाम्रो अधिकारलाई सबैतिरबाट सुनिश्चित गर्नुपर्छ भनेको हो ।

विगतमा हामी एउटै बजारसँग मात्रै भर पर्‍यौं । त्यसैले व्यापारको विविधिकरण गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेका हौं । चीनबाट इन्धन ल्याउने सैद्धान्तिक सहमति हुनु भनेको व्यापार विविधिकरणको सुरुवात हो, त्यो इतिहासमा देखिन्छ ।

चीनसँग व्यापार विस्तार गर्न सरकारको प्राथमिकतामा अरु के-के विषय परेका छन् ?

चीनसँग विगतमा पनि हाम्रो व्यापार विस्तार भइरहेकै थियो । भारतीय नाकाबन्दीपछि भने इन्धन आयात गर्ने प्रक्रिया अघि बढाएका छौं । विभिन्न वस्तुहरुमा चीनसँग अन्तःशुल्क र करमा सहुलियतको कुरा पनि गर्छौं । प्रोडक्टहरुको पहिचान भइरहेको छ ।

अर्को कुरा भनेको अतिकम विकसित देशले पाउने सुविधाका विषयमा पनि चीनसँग छलफल हुन्छ ।

अब हामीले कुन- कुन वस्तु भारतबाट लिने, कुन-कुन वस्तु चीनबाट लिने र कुन-कुन वस्तु भारत र चीन दुबैबाट लिने अनि कुन वस्तुहरु अन्य देशबाट लिने भनेर योजना नै बनाउनुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शेरबहादुर देउवाले सम्हाले कांग्रेसको कमाण्ड, हेर्नुस् ५ तस्वीर

३ चैत, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको एकसाता पछि शेरबहादुर देउवाले विधिवत रुपमा कमाण्ड सम्हालेका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा कार्यक्रममा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले देउवासहित पदाधिकारी र सदस्यहरुलाई विजयी भएको प्रमाण पत्र प्रदान गरे । कार्यक्रमलाई निवर्तमान कार्यबाहक सभापति रामचन्द्र पौडेलसहित पदाधिकारीले सम्बोधन गरे ।

२.

Sher bahadur Dauba and Shasanka koirala (2)

पौडेलले तत्कालीन सभापति सुशील कोइरालाले छाडेर गएको जिम्मेवारी पुरा गरेको र अगाडिको कार्यभार साथीलाई सुम्पिएको बताए । चुनावी परिणाम जस्तो आएपछि आगामी दिनमा नेतृत्वलाई आफ्नो सहयोग रहने उनले बताए । सभापति चुनावमा देवाउसँग पराजित पौडेलले निष्ठाको राजनीतिका लागि क्रियाशील रहिरहने बताए ।

३.

Sher bahadur Dauba (2)

४.

Sher bahadur Dauba and Shasanka koirala

महामन्त्री डा. पार्टी नेतृत्वले शशांक कोइरालाले सबैलाई मिलाएर लैजान सक्नु पर्ने बताए । कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादवले मधेसी र मधेसीको माग सम्बोधन गर्न आग्रह गरिन् । सहिद परिवारका लागि आरक्षणको व्यवस्था गर्न पनि उनले आग्रह गरिन् ।

५.

Sher bahadur Dauba and ramchandra Paudel

लगतै निवर्तमान कार्यबाहक सभापति पौडेलले नवनिर्वाचित देउवालाई सभापतिको पद हस्तान्तरण गरे ।  पौडेलसँगै निर्वतमान महामन्त्री प्रकाशमान सिंह पनि थिए ।

– See more at: http://www.onlinekhabar.com/2016/03/401970/#sthash.6lcAzxVM.dpuf


यो समग्री नेपाल१२३.com मा पुरै पढौं