Wednesday, March 16, 2016

न्याय खोज्दै हरुवा चरुवा सिंहदरवारमा

४ चैत, काठमाडौं । पूर्बी तराईमा रहेका हरुवा चरुवा न्याय माग्दै काठमाडौं आएका छन् । अन्यायपूर्ण श्रम सम्बन्ध अन्त्यको माग गर्दै बिभन्नि निकायमा ज्ञापनपत्र बुझाउन ब्यस्त छन् हरुवा चरुवा ।

सिराहा र सप्तरीबाट काठमाडौं आएका हरुवा चरुवाको प्रतिनिधिमण्डलले बुधवार उप-प्रधानमन्त्री चित्रबहादुर केसीलाई भेटेर ऋण मिनाहा र मुक्तीको घोषणा गर्न माग गरे । उनीहरुसँग भेटेपछि मन्त्री केसीले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिनिधिमण्डलले भुमिसुधार तथा ब्यवस्थामन्त्री रामकुमार सुब्बालाई भेटी हरुवा चरुवाहरुको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्रको ब्यवस्था गर्न माग गरे ।

कमैया र हलिया सरह सुबिधा आफूहरुलाई उपलब्ध गराउन उनीहरुले माग गरे । मन्त्री सुब्बाले मन्त्रालय यो बिषयमा जानकार र सम्वेदनशील रहेका बताउदै चाँडै अन्यायपुर्ण श्रम सम्बन्ध अन्त्यका लागी प्रयास गर्ने बताए । भूमीसुधार तथा ब्यवस्था मन्त्रालयले हाल कमैया र हलिया पुनःस्थापना कार्यक्रम चलाई रहेको छ ।

राज्यले कमैया र हलियामुक्त गरीसकेको भए पनि उस्तै प्रकृतिको हरुवा चरुवा आज सम्म पनि अन्यायमा बाँच्नु मुलुककै दुर्भाग्य भएको बाँधा श्रम अन्त्यका लागी क्रियासील अधिबक्ता बालाराम भटट्राइले बताए । अधिबक्ता भटट्राईले हरवा चरवा प्रतिनिधि मण्डलका लागी काठमाडौंमा समन्वयकारी भुमिका निभाइरहेका छन् ।

सरकारले २०५७ सालमा कमैया र २०६५ सालमा हलिया मुक्त गरेको भए पनि हरवा चरवा मुक्त नहुनुले राज्यको चरित्र नै बिभेदयुक्त भएकोमा अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।

जेनेभा ग्लोबलले हाल तराईका हरवा चरवा लाई शिक्षा,स्वास्थ्य र सशक्तिकरणमा सघाइ रहेको ग्लोबल जेनेभाका हरी प्रसाद जोशीले बताए । हाल नेपालमा करीब १ लाख परिवार हरवा चरवा रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment