Wednesday, March 16, 2016

महिला टेम्पुचालकले पाखुरा सुर्केको देख्दा रेखा तीनछक !

काठमाडौं । रेखा आफ्नै गाडीमा गुड्दै थिइन् । नयाँ बानेश्वरबाट पुरानो वानेश्वर जाने क्रममा एउटा माइक्रोले टेम्पुलाई अप्ठेरोसित ओभरटेक गरेको उनले देखिन् ।

टेम्पु र माइक्रो दुवै रोकिए । रेखाले पनि आफ्नो गाडी रोकिन् । टेम्पुको अगाडि सिटबाट एक महिला बाहिर निस्किइन् र पाखुरा सुर्कदै भनिन्, ‘ओई तैँले के सोचेको छस् ? यो बाटो तेरो बाउको हो ?’

माइक्रोचालक नर्भस भए । रेखालाई यो दृष्य अनौठो लाग्यो । टेम्पोचालक महिलाले थर्कार्एपछि माइक्रोचालक निरीह मात्रै देखिएनन् । आफुबाट गल्ति भएकोमा क्षमा पनि मागे । एक पुरुषले महिलासँग बीच सडकमा यसरी क्षमा मागेको देख्दा उनलाई भित्रभित्रै खुशी बनिन् ।

‘त्यो दृष्यपछि मलाई लाग्यो,’ रेखा भन्छिन्, ‘महिला पनि महसुर पो हुँदा रहेछन् त ।’

सोही घटनापछि टेम्पोचालक महिलाको विषयमा फिल्म बनाउने सोच दिमागमा पलाएको रेखाले बताइन् । त्यसपछि त हरेक कार्यक्रममा जाँदा होस् या बाटोघाटोमा, टेम्पो चालक महिलाको वारेमा विशेष चासो राख्न थालिन् उनी । टेम्पोचालक महिलाको लाइफ स्टाइलका बारेमा चासो राख्न थालिन् ।

त्यहि बेला उनले थाहा पाइन्, चाबहिलमा आफ्नै घरपछाडी टेम्पो ग्यारेज रहेछ । ग्यारेजमा जम्मा हुने महिलाको बारेमा व्यापक चासो राख्न थालीन् उनले ।

रेखा भन्छिन् ‘ग्यारेजको दृष्य देखेपछि मलाई झन् रमाइलो लाग्यो ।’ केही दिन ग्यारेजको चियो गरेपछि उनले थाहा पाइन्, महिलाहरु वास्तवमै महसुर हुँदा रहेछन् । रक्सि खाएर स्वास्नीलाई थर्काउने लोग्नेहरु ग्यारेजमा निरिह जस्ता देखिन्थे । लोग्नेले अलिकति फुर्ति लाउने बित्तिकै महिलाहरु भनिहाल्थे, ‘दिनभरि टेम्पु चलाउँछु, बेलुका ल्याएर खुवाएकी छु । के फूर्ति लाउछौं ।’ यस्ता धेरै महिला भेटिन् उनले, जो आत्मनिर्भर थिए र लोग्नेको हेपाई पटक्कै सहँदैनथे ।

आउदो २६ चैतमा रिलिजको तयारीमा रहेको रामप्यारीमा रेखा आफैंले टेम्पुचालकको भुमिका निर्वाह गरेकी छिन् । टेम्पु चालकको बोलीचाली, लवाईखवाई र खानपिनलाई जिवन्त बनाउन उनले महाराजगञ्ज रुटमा टेेम्पु चलाउने एक महिलालाई सुटिङमै बोलाएकी थिइन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment