Wednesday, March 16, 2016

हिन्दू राष्ट्रबारे खुमबहादुरले रातारात गरे नयाँ घोषणा, अपमानको बदला लिने

काठमाडौं, ३ चैत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले बुधबार राति हिन्दू राष्ट्रबारे नयाँ घोषणा गरेका छन् ।

उनले बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिदै नयाँ संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउने घोषणा गरेका हुन् । अहिले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो ।

जनताको चाहना विपरित नेपाललाई धर्मनिरपेक्ष बनाएर नेताहरुले हिन्दूहरुको अपमान गरेको भन्दै यसको बदला जनताले लिएरै छाड्ने खड्काले घोषणा गरे ।

उनले भने- धर्मनिरपेक्षमा जनताको म्यान्डेड छैन् । जनताको मागमा जाऔं । जनमत संग्रहमा जाऔं । हिन्दूत्वको विषयमा ठूलो विवाद छ । जनमतबाट टुंगो लाउनुपर्छ । ८४ प्रतिशत हिन्दूहरु भएको देशमा धर्म निरपेक्षता लाद्नु भनेको हिन्दूहरुको अपमान हो । नेताहरुले अपमान गरेका छन् । अब जनताले यसको हिसाबकिताब गर्छन् ।’

उनले हिन्दूराष्ट्रमा फर्काउने आफ्नो पहिलेदेखिको एजेण्डा भएको भन्दै यो एजेण्डालाई पार्टी केन्द्रीय समिति बैठकमा उठाउने र महासमितिबाट पास गराउने बताए । ‘पार्टीको केन्द्रीय कमिटिमा छलफल हुन्छ । यो एजेण्डा कांग्रेसबाट पास हुन्छ । त्यसपछि संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ, हुन्छ ।

उनले आफू संघीयताको पक्षमा नरहेको स्पष्ट पार्दै पार्टीले स्वीकार गरेकाले बाध्य भएर सहेको धारणा राखे । ‘संघीयतामा मेरो विमति छ । तर, पार्टीले स्वीकार गरेपछि चुप लागेको छु । आज संघीयताको कारणले देश कहाँ पुग्यो । लक्षणहरु अहिले देखिएका छन्’ उनले भने ।

राजसंस्थाका विषयमा भने नेता खड्का केही बोलेनन् ।

फरक प्रसंगमा उनले आफू भ्रष्टारी भएको भन्दै सर्वाेच्च मान राख्न सजाय पुरा गरेको बताए । ‘मेरो घर हेर्नुस् । दाङका हरेक मान्छेलाई सोध्नुस् । मेरो मुद्दामा अख्तियारले दाबी नगरेको कुरा न्याधिशले बोलेको थियो । त्यो फैसला संविधान र ऐनकानुनको विपरित थियो । तर, सर्वाेच्च मान राख्न सजाय काटेको हुँ । मलाई कसैले भनोस खुमबहादुरले मेरो पैसा खायो भनेर । कोही छ माइकालाल ?’ उनले भने ।

अब राजनीतिक भविष्य के भनेर सोधिएको प्रश्नमा खुमबहादुरले आफू विरामी भएका कारण घरबाहिर निस्कन नसकेको र सिनियर साथीहरुसँग छलफल नभएकाले केही भन्न नसकिने बताए ।

नेता खड्का १३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा दोस्रो भएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment