Sunday, March 6, 2016

पार्टी त परको कुरा, सलमानले भेटेका पनि छैनन् संजयलाई

बलिउड नायक संजय दत्त जेलबाट छुटेको हप्ता दिन भन्दा बढी भैसकेको छ । संजय दत्त जेलबाट छुटे लगतै उनका नजिकका साथी नायक सलमान खानले पार्टी पनि दिने बताइएको थियो ।

तर, संजयका अनुसार अहिलेसम्म पार्टी त परको कुरा सलमानले उनीसँग भेट पनि गरेका छैनन् । सलमान र संजय एउटै पार्टीमा पुगेपनि भेट नगरेको चर्चा भारतीय मिडियामा चलेको छ ।

सलमानले संजयलाई आरामका लागि आफ्नो फार्म हाउसमा व्यवस्था गर्ने चर्चा पनि चलेको थियो । तर, अहिलेसम्म संजयलाई सलमानले किन भेटेनन् भन्ने कुराले चर्चा पाएको छ ।

जतिबेला संजय जेलबाट बाहिर आएका थिए, उनले  सलमान आफू भन्दा पनि ठूलो स्टार बनुन् भनेर कामना गरेका थिए । संजयलाई भेट्न बलिउड नायक साहरुख खानदेखि थुप्रै स्टार उनको घरमा पुगिसकेका छन् । तर, सलमानले अहिलेसम्म किन संजयलाई भेटेनन्, अर्थपूर्ण छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राजाराम सरदारलाई भोट हाल्न यस्तो सकस (फोटो फिचर)

२३ फागुन, काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ का कांग्रेस नेता राजाराम सरदार शारीरिकरुपमा अशक्त छन् । उनी सबलाङ्ग सरह हिँडडुल गर्न सक्दैनन्, उनलाई ह्वील चियरको आवश्यकता पर्छ । तर, आइतबार महाधिवेशनस्थलमा मतदान गरिरहेका सरदारसँग न हि्वलचेयर थियो, न त कसैले उनलाई सहयोग नै गरिरहेको देखियो ।

rajaram sardar (4)

कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नीति तथा कार्यक्रम तय गर्न र नयाँ नेतृत्व चयन गर्न भन्दै ३८ वर्षीय सरदार पनि अन्य देशभरका नेता कार्यकर्ताहरु जस्तै काठमाडौं आएका हुन् । तर, शारीरिकरुपमा अशक्त भएकाहरुका लागि पार्टीले अपाङ्गमैत्री व्यवहार नगर्दा अकल्पनीय कष्ट व्यहोर्नु परेकोमा सरदार दुःखी छन् ।

rajaram sardar (7)हातखुट्टा सद्दे भएका मानिसलाई त मतदान गर्न आधा घण्टाभन्दा बढी लाग्छ, सरदारजस्तै अपाङ्गता भएका व्यक्तिलाई झनै कति लाग्दो हो । महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले करीब १ घण्टा लगाएर मतदान गरेका थिए ।

कांग्रेसले भोट हाल्ने ठाउँमा मात्रै होइन, पार्टीको केन्द्रीय कार्यसमितिमा पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि कुनै सीट छुट्याएको छैन । अपाङगता भएका व्यक्तिहरुले कष्ट सहेर भए पनि सवलाङ्गलाई नै मतदान गर्नुपर्ने बाध्यता छ ।

rajaram sardar (6)

आइतबार मतदानस्थलमा भेटिएका सरदारले अनलाइनखबरसँग भने, ‘बुथमा राखिएको टेबुल पनि अग्लो छ, भोट खसाल्न निकै गाह्रो भयो । देशकै ठूलो, पुरानो र प्रजातान्त्रिक पार्टीले हामीजस्ता अपाङ्गहरुको लागि विशेष व्यवस्था नगरिदिएकोमा दुःख लागेको छ ।’

राष्ट्रिय सभागृहस्थित मत खसाल्ने स्थानमा विहान १० बजेर २७ मिनेटमा पुगे पनि डेढ घण्टापछि फर्किएका उनले आगामी महाधिवेशनमा शारीरिकरुपमा अशक्त भएकाहरुका लागि विशेष व्यवस्था गरिदिन माग गरे । उनले मतदानमा मात्रै होइन, पार्टी नेतृत्वमा पनि आपङ्गता भएका व्यक्तिले आरक्षण पाउनुपर्ने माग गरे ।

rajaram sardar (2)

आफू बस्ने होटलमा ट्वाइलेट, बाथरुम, खाना खाने स्थानमा राम्रो व्यवस्था भए पनि महाधिवेशनस्थलमा दुःख पाएको उनको गुनासो छ ।

‘पार्टी कार्यालय र महाधिवेशन उदघाटन समारोहमा आउँदा-जाँदा सडकमा भिडभाड हुने भएकाले मारुती भ्यान प्रयोग गरें, त्यसको लागि आफै पैसा तिरें,’ सरदारले भने, ‘आज भोट खसाल्न पनि मारुती भ्यानमै भाडा तिरेर आएँ, यहाँ धेरै दुःख पाइयो ।’

rajaram sardar (8)

मत खसाल्ने बुथमात्रै होइन, शारीरिकरुपमा अशक्त भएकाहरुका लागि छुट्टै लाइनको व्यवस्थासमेत गरिएको छैन । उनीहरु सबलाङ्गहरुकै लाइनमा कष्टपूर्वक लाइन बस्न बाध्य छन् ।

rajaram sardar (3)

rajaram sardar (3)

rajaram sardar (14)

rajaram sardar (13)

rajaram sardar (11)rajaram sardar (12)

तस्बिर: श्रीधर पौडेल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पर्वतमा बससँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२३ फागुन, कुस्मा । पर्वतको कुश्मामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का एकजना घाइते भएकी छन् ।

दुर्घटनामा ध १ प ३१७९ नम्वरको मोटरसाइकल चालक बागलुङ नगरपालिका-८ का ४० वर्षीय चन्द्रप्रसाद शर्मा पौडेलको मृत्यु भएको हो ।

कुस्माबाट बागलुङका लागि छुटेको ग १ ख ४०९० नम्बरको बस र बागलुङबाट पर्वतका लागि छुटेको मोटरसाइकल कुस्मा नगरपालिका-१ सहस्रघारामा ठोक्किएका थिए ।

मोटरसाइकल चालक पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

दुर्घटनामा बागलुङ नगरपालिका-९ की २६ वर्षीया दुर्गा मल्ल घाइते भएकी छन् । उनलाई उपचारका लागि पोखरा पठाइएको छ ।

बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं