Monday, January 11, 2016

राजेन्द्र महतोको स्वास्थ्य अवस्था बुझ्दै प्रधानमन्त्रीले टेलीफोनबाटै यसो भने

काठमाडौ, २८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरी उहाँको स्वास्थ्य स्थितिकाबारेमा जानकारी लिनुभएको छ । तराईको आन्दोलनका क्रममा घाइते भई भारतको नयाँ दिल्लीमा उपचाररत अध्यक्ष महतोलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिनुभयो । तराईमा आन्दोलनका क्रममा विराटनगर–जोगवनी नाकामा धर्नामा बस्ने .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामको ​नयां शक्तिमा जान गगन थापाले बोलाए गोप्य भेला थापा निराश भइ कांग्रेस छोड्ने मनसाय बनाएको बताउँछन्

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफु निकट युवा नेताहरुको गोप्य भेला बोलाएका छन । यही पुस २७ गते काभ्रेको धुलिखेलमा उनले भेला गर्दै छन्। धुलिखेलको एक होटलमा गगन थापाले आफुनिकटहरुसंग छलफल गर्दै छन् ।आफुनिकटका युवा नेताहरुलाई निकै नै गोप्य रुपमा बोलाइएको छ । कतिपयलाई त भेलामा के के विषयमा छलफल हुँदैछ भन्नेबारे पनि जानकारी दिइएको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वैज्ञानिकको दाबीः काठमाडौंमा ठूलो भूकम्पको जोखिम कायमै

२८ पुस, काठमाडौं । नेपालमा गत वैशाख १२ को जस्तै ठूलो भूकम्पको जोखिम अझै रहेको एक अध्ययनले देखाएको छ । जमिनमूनिको चट्टान अझै पनि स्थिर नभइसकेकाले केहि वर्ष वा दशकभित्र ठूलो भूकम्प जाने सम्भावना सोमबार प्रकाशित अध्ययन प्रतिवेदनले औंल्याएको हो । ‘नेचर जिओसाइन्स’ नामको जर्नलमा वैज्ञानिकहरुले काठमाडौंको भूमि अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको दावी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

व्यवसायीलाई सहुलियत दिने तयारी  

२८ पुस, चितवन । सरकारले भूकम्प प्रभावित र नाकाबन्दीका मारमा परेका व्यवसायीलाई सहुलियत दिने तयारी गरिरहेको छ । नेपाल इँट्टा उद्योग महासङ्घको आठाँै साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै अर्थराज्यमन्त्री दामोदर भण्डारीले भण्डारीले भूकम्प र नाकाबन्दीबाट व्यवसायीले करोडौँको नोक्सानी बेहोर्नुपरेको बताउँदै भन्सार लगायतमा छुट दिन लागिएको बताउनुभयो । उहाँका अनुसार सरकारले उद्योगको विकासका लागि नयाँँ नीति बनाउँदैछ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिर्तामोडमा आगलागि, ७० लाखको क्षति

२८ पुस, झापा । झापाको बिर्तामोडमा सोमबार साँझ भएको आगलागिबाट ७० लाख बराबरको क्षति भएको छ । बिर्तामोडको मुक्ति चौक नजिकमा रहेको थापा मार्केटमा विद्युत सर्ट भई भिमप्रसाद कडरियाको आभि सप्लायर्समा आगलागि भएको हो । विर्तामोड बजार हरेक सोमबार बन्द हुन्छ । दिनभर बन्द भएको पसलमा राति पौन नौ बजे आगो लागेको स्थानीयबासीले देखेर प्रहरीलाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्पपीडितलाई न्यानो कपडाका लागि रकम वितरण  

२८ पुस, पाल्पा। गत वैशाख १२ गते गएको भूकम्पबाट तानसेन नगरपालिकाभित्र पूर्णरुपमा क्षति भएका घरपरिवारलाई न्यानो कपडाका लागि १० हजार रूपैयाँ वितरण गरिएको छ । तानसेन नगरपालिकामा आयोजित कार्यक्रममा कार्यकारी अधिकृत अनिल पौडेलले ४१ परिवारलाई चार लाख १० हजार वितरण गरे । तर वैशाख २९ गते गएको परकम्पबाट प्रभावित भएका १८ घरपरिवारले भने हालसम्म कुनै .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘के म तिम्रो होइन र’को टिमले दियो आमाहरुलाई न्यानोपन  

चलचित्र ‘के म तिम्रो होइन र’को टिमले समाजसेवी दिलशोभा श्रेष्ठको रविभवनस्थित ‘आमा घर’ पुगेर ब्ल्याङ्केट वितरण गरेको छ । आमा घरमा रहेका वृद्धहरुलाई जाडोमा न्यानो होस् भन्ने हेतुले सहयोग गरेको चलचित्रका निर्देशक आकाश अधिकारीले जानकारी दिए । आमा घरमा रहेका ३८ जना आमाहरुलाई पुग्ने ब्ल्याङ्केट र म्याट वितरण गरिएको थियो । भूकम्प पीडितहरुको सेवामा समेत .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अदालतबारे धारणा बुझ्न न्यायाधीशहरू घरदैलो अभियानमा  

२८ पुस, इलाम । अदालतका बारेमा गाउँ तहसम्म पुगेर जनताको धारणा बुझ्नका लागि जनताको घरदैलो कार्यक्रमअन्तर्गत चुलाचुली गाविसमा पुगेर न्यायाधीशको टोलीले जनताको राय लिएका छन् । न्यायिक संवाद कार्यक्रमअन्तर्गत पुनरावेदन अदालतका मुख्य न्यायाधीश मीरा खड्का, न्यायाधीश रमेश पोखरेल, जिल्ला अदालतका न्यायाधीश नवराज दाहाललगायत अदालतका रजिस्टार, स्रेस्तेदारसहितको टोलीले चुलाचुली गाविसमा अदालती प्रक्रिया र जनताले न्यायाधीश भेट्नु .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फाल्गुनन्द गोल्डकपको आजको खेलमा चर्च ब्वाइज काठमाडाैं र एपिएफ पूर्वाञ्चल भिड्ने  

२८ पुस, पाँचथर । पाँचथरमा जारी फाल्गुनन्द गोल्डकपको मंगलबारको खेलमा चर्च ब्वाइज युनाइटेड क्लव काठमाण्डौं र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्दा हुँदैछ । प्रतियोगिता अन्तगर्त सोमबारको खेलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ विजयी भएको छ । ८ जना खेलाडीमा सिमित कर्णसिं सोनाम स्मृति क्लवले बिर्तामोड युनाइटेड झापालाई एकका विरुद्ध दुई गोल गर्दै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

शितलहरले रौतहटको जनजीवन प्रभावित  

गौतम श्रेष्ठ २८ पुस, रौतहट । विगत केही दिन यता मौसममा आएको परिवर्तन संगै रौतहटमा चिसो बढेको छ । बिहानदेखि शुरु हुने शितलहरले गर्दा जनजिवन कष्टकर बन्न थालेको छ । दिनभरी जसो लाग्ने कुहीरोसँगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको छ भने जनजीवन प्रभावित भएको छ । कुहिरो र शितसँगै चल्ने चिसो पश्चिमी .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जियोनीले नेपालमा ‘पी-फाइभ डब्ल्यु’ ल्याउँदै, सीटीसी मलमा खुल्यो सर्भिस सेन्टर

२८ पुस, काठमाडौं । जियोनीले नेपालमा जियोनी ‘पी-फाइभ डब्ल्यु’ मोडेलको मोबाइल ल्याउने भएको छ । यो मोडेल कालो, निलो, गोल्ड, रोज र सेतो रंगहरुमा उपलब्ध हुनेछ । यसमा ५ इन्चको एचडी स्क्रिन, १६ जीबी इन्टरनल स्टोरेज र २ जीबी र्‍याम रहेको छ । यो डुअल सिम फोन १.३ गिगाहर्जको क्वाड-कोर प्रोसेसर छ र यसमा एन्ड्रोइड .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

आमा गायिका बन्दा छोरी मोडल, नाकाबन्दीले पारिश्रमिक घटाएको मञ्जुको गुनासो

मन्जु पौडेल खासमा कार्यक्रम प्रस्तोता हुन्, तर अहिले गायनबाट चर्चित बनेकी  छिन् । स्वदेश तथा विदेशका कार्यक्रममा उनलाई गीत गाउन बोलाउँदा आयोजकलाई फाइदा के हुन्छ भने उद्घोषक खोजिरहनु पर्दैन । आफूलाई ‘स्टेज पर्फमर’ भन्न रुचाउँछिन् मञ्जु । ‘कार्यक्रम प्रस्तुतीमै रमाउँदै थिए, मेरो स्वरलाई स्रोताले मन पराइदिएपछि गायनमा पनि सक्रिय हुन थालेकी छु,’ उनी भन्छिन् । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चितवन राष्ट्रिय निकुञ्जमा जे देखियो…(फोटोफिचर)

चितवन, पुस २६– चितवन राष्ट्रिय निकुञ्ज विश्वकै निकुञ्जहरु मध्यको एक महत्वपूर्ण हो । यहाँ बाघ, गैंडा, हात्तीलगायतका विभिन्न प्रकारका जीवजन्तुहरुको बासस्थान रहेको छ । आईतबार निकुञ्जले गराएको जीप सफारीको क्रममा निकुञ्जमा विभिन्न किसिमका वन्यजन्तुहरु देखा परे । तस्विरः राजु चौधरी/रमेशकुमार पौडेल/सुवास आचार्य .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारलाई सर्वोच्चको आदेशः अधिकार क्षेत्रभित्र रहेर मात्र अनुसन्धान गर्नू

२७ पुस, काठमाडौं । सर्वोच्च अदालतले अधिकार क्षेत्रको सीमाभित्र रहेर मात्र अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । अख्तियारले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा छापा मारेपछि परेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको इजलासले सोमबार फैसला सुनाएको छ । सर्वोच्चले अख्तियारले औपचारिक निर्णय नै नगरी पर्याप्त आधार र .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एमालेको शल्यक्रिया : ओली र नेपालमध्ये को अनुदार ?

सुध्रँदैछन् केपी ओली, बिग्रँदैछन् माधव नेपाल ! अरुण बराल/विश्लेषण २७ पुस, काठमाडौं । बालुवाटारमा आयोजित शीर्षनेताहरुको पछिल्लो बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सोफामा आरामसँग ढल्किएका थिए । उनको हाउभाउले निश्चिन्तभाव दर्शाइरहेको थियो । एमाले नेता खनालले सोफामा ढल्किएरै भने- ‘संविधान बनिहाल्यो, अब राष्ट्र के हो, राष्ट्रियता के हो, छलफल गर्दै जाऔंला । बहस गर्दै जाऔंला । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

महिलालाई पोथीसँग दाँज्दै ओलीले फेरी हँसाए (भिडियोसहित)

‘वीरगञ्जमा महिलाहरु धर्ना बसेको देख्नुभएको छ ?’ २७ पुस, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले जावलाखेलको स्टाफ कलेजमा सोमबार निजामति सेवामा महिला सहभागितासम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि थिए-प्रधानमन्त्री केपी शर्मा ओली, जहाँ उनले महिलालाई पुरुषभन्दा इमान्दार र सोझा देखाउन गाई र कुखुराको पोथीसँग तुलना गरे । प्रशिद्ध अमेरिकन समाजशास्त्री मोर्गनकै शैलीमा विश्लेषण गर्दै .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मुसहर बस्तीबाट किन रुँदै फर्किए धुर्मुश र सुन्तली ?

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामपृत सदा मुसहरको एउटा सानो झुप्डी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् । पुस माघको लुगलुग कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिनदेखि मस्तले निदाउन सकेका छैन । परिवारका सदस्यलाई आर्थिक अभावले बढ्दो जाडोमा न्यानो लुगा किनीदिन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भारतसँगको मेरो सम्बन्ध विग्रियो, तपाईहरूले केही गर्न सक्नुभएन : प्रधानमन्त्री

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी ओलीले भारतसँग आफ्नो सम्बन्ध विग्रिएकोमा आफ्नो मन्त्रिमण्डलका वरिष्ठ उपप्रधानमन्त्रीहरूसँग गुनासो गर्नुभएको छ । उहाँले भारतसँग आफ्नो पनि व्यक्तिगत सम्बन्ध विग्रिएको भन्दै सुधारका लागि भएका प्रयासहरूले पनि ठोस गति लिन नसकेको भन्दै चिन्ता जनाउनुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटका वरिष्ठ उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजय गच्छदार, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बालमन्दिरका अनाथबीच राष्ट्रपति भण्डारी

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल बाल सङ्गठन बालमन्दिर नक्साल गई त्यहाँ संरक्षणमा रहेका बालबालिका तथा भूकम्पबाट क्षतिग्रस्त बालमन्दिर भवनको आज जानकारी लिइन्। सो अवसरमा उनले संरक्षणविहीन रही बालमन्दिरको संरक्षणमा रहेका तीन वर्षमाथि तथा पाँच वर्षमुनिका ३५ तथा नौजना अपाङ्ग बालिकासँग भलाकुसारी गरी उनीहरुलाई बिस्कुट, चकलेट तथा मिठाइ प्रदान गरिन्। बालबालिकाले आफूलाई मन पर्ने खानेकुरा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामले भने ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्, म सम्मान गर्छु’

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले आफुले सम्मान गर्ने बताएका छन्। राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले गरेको चियापानमा उनले नेपालको राजनीतिक एकीकरणमा पृथ्वीनारायण शाहको कदम ऐतिहासिक भएको दावी गरे। ‘उहाँको नेतृत्वमा नेपालको राजनीतिक एकीकरण भयो त्यो ऐतिहासिक कदम थियो’ उनले भने ‘नेपाल राज्यको निर्माणमा उहाँको योगदान रह्यो .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हेलिकप्टर गयो, हिऊ परेको हेर्‍यो, भूकम्प पीडित हेरेको हेरेई

गोरखा : हिमपातले अस्तब्यस्त बनाएको गोरखाको लाप्राक, बारपाक, गुम्दालगायत  क्षेत्रको स्थलगत अवलोकन गरी हिमपात पीडितलाई राहत वितरण गर्न सरकारले पठाएको अध्ययन तथा अनुगमन टोली लाप्राक पुगेर फर्केको छ। हेलिकप्टरमा लाप्राक आएको चार सदस्यीय सरकारी टोली गुप्सीपाखा नगई लाप्राककै रिन्जिलुङ भन्ने ठाउँ पुगेर फर्केको हो। नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्रालयका सहसचिव रामेश्वर दङ्गाल, उपसचिव बाबुराम भण्डारी, .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

असी पटक नेपाल आएका बब गिब्बन्सको नमेटिने नेपाल नाता

फोटो : प्रदीपराज वन्त/रासस सूर्यचन्द्र बस्नेत – काठमाडौँ : लन्डनका बब गिब्बन्स सन् १९७४ तिर स्नातकोत्तरको पढाइ सकेर घुम्ने योजना बनाउँदै थिए। सगरमाथाबारे पढेका र चलचित्र हेरेका उनले ढिलो नगरी नेपाल जाने निर्णय गरे। त्यसपछि समाते १९४९ मोडेलको ल्यान्डरोभर गाडीको स्टेरियङ। हुइँकिए दुई साथीसँगै ‘लन्डन टू नेपाल टुर’मा। मेजिक बसमा हिप्पी आउने त्यो समयमा टर्की, इरान, .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुन: निर्माण प्राधिकरणका ८ कार्यालय रहने

काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका आठ कार्यालय रहने साङ्गठनिक संरचना निर्धारण गरिएको छ।  प्राधिकरण, निर्देशक समितिको पहिलो बैठकले केन्द्रमा एक केन्द्रीय कार्यालय, भूकम्पबाट बढी प्रभावित १४ जिल्लाको पुनःनिर्माणका लागि छ सम्पर्क कार्यलय र बाँकी भूकम्प प्रभावित जिल्लाका लागि एक उपक्षेत्रीय कार्यालय राख्ने भएको हो। भूकम्पपछिको आवश्यकता मूल्याकन प्रतिवेदनले मुलुकभर ३१ जिल्ला भूकम्पबाट प्रभावित भएको उल्लेख .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

म होइन, मलाई नंग्याउन खोज्ने अश्लील : नायिका थापा (भिडियो सहित)

पुस २७ । पछिल्लो समयमा नायिका शुभेच्छा थापाको फोटो सुटको विषयमा निकै चर्चा भएको छ । नायिका थापाले खादाले आफनो गोप्य अंग छोपेर खिचेको फोटोलाई लिएर यतिबेला निकै विवादमा तानिएकी छन । फोटो सुटको विषयमा नै यति बेला उनलाई विभिन्न संघ–संस्थाले मुद्धा हाल्ने जस्ता अभिव्यक्ति दिइरहेका छन । नायिका थापा भने आफुले नजानेर खादा प्रयोग गरेको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘सपना’को हिरो भुवनले छोरोलाई लिएर बनाएको ‘ड्रिम्स’को ट्रेलर यस्तो छ

काठमाडौं : भुवन केसीले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ड्रीम्स’को अफिसियल ट्रेलर रिलिज भएको छ। फागुन २१ गते रिलिज हुने फिल्ममा उनका छोरा अनमोल केसी र साम्राज्ञी शाह फिचरिङ छन्। २०५० को दशकमा भुवन आफै निर्माता भएर फिल्म ‘सपना’ बनाएका थिए जसको लिड रोल आफैँले गरेका थिए। सर्वाधिक सफलमध्येको एक फिल्म सपनाले १५० दिन लगातार .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वराजालाई ओलीको जवाफ : घरबार गरेर बस्न दिइन्छ !

जहानियाँ राजतन्त्रभन्दा लोकतन्त्र नै राम्रो २७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ जवाफ दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीजयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका थिए । त्यसको भोलिपल्ट राप्रपा नेपालले पृथ्वी जयन्तीकै अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यौन सम्पर्क गर्न नमानेको भन्दै गर्भवतीको हत्या

श्रीमान र ससुरासहित ५ मलामी पक्राऊ सलमान खान २७ पुस, भैरहवा । यौन सम्पर्क गर्न नमानेको भन्दै रुपन्देहीका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सिपवा ६ का २५ वर्षीय शैलेश मल्लाहले ८ महिनाकी गर्भवती श्रीमती सुनितालाई कुटपिट गरी हत्या गरेका हुन् । सुनिताको हत्या अभियोगमा पक्राउ परेकाहरु । सुनिताका श्रीमान् शैलेश (बीचमा, .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मेगा बैंकमा नयाँ संचालक

काठमाण्डौ । मेगा बैंक लिमीटेडको संचालक समितिमा केही नयाँ अनुहार निर्वाचित भएका छन् । पुस २६ गते काठमाण्डौमा भएको बार्षिक साधारणसभाको क्रममा भएको निर्वाचनमा अत्यधिक मत पाएका तीन नयाँ अनुहारसहित ६ जना संचालक समितिको सदस्यमा निर्वाचित भएका हुन् । संचालकहरुमा गोपाल खनाल, भोजबहादुर शाह, मदनकुमार आचार्य, ईश्वरबहादुर गुरुंग, शम्भुविक्रम थापा र इन्द्रबहादुर मल्ल निर्वाचित भएका छन् .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

डेपुटी गभर्नर नहुँदा राष्ट्रबैंकमा भद्रगोल !

काठमाण्डौ । केन्द्रीय बैंकमा दुई डेपुटी गभर्नरले अवकास पाएको दुई साता भन्दा बढी भइसक्यो, तर नयाँ नियुक्तिको बिषयमा गभर्नर डा. चिरञ्जिवी नेपाल र अर्थमन्त्री विष्णु पौडेलबीच अझै सहमति हुन सकेको छैन । राष्टबैंकको रिक्त दुई डेपुटी गभर्नर नियुक्तिको बिषयमा राजनीति प्रवेश गर्दा यो बिषयले निश्कर्ष पाउन सकेको छैन । यो बिषय आर्थिक क्षेत्रका लागि हटकेक .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

धितो र आम्दानी नहुने भूकम्पपीडितलाई ऋण दिन सकिन्न

कुमार लम्साल, प्रमुख कार्यकारी अधिकृत-जनता बैंक नेपाल लिमीटेड सन् १९९५ देखि २००४ सम्म बैंक अफ काठमाण्डौमा रिलेसनसीप म्यानेजरको रुपमा काम गरेका कुमार लम्सालले सानिमा बैंकमा ९ बर्ष ६ महिना डेपुटी र प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरे । सानिमा विकास बैंकमा डेपुटी सीइओको रुपमा प्रवेश गरेका उनले विकास बैंकको रुपमा रहेको सानिमालाई ‘क’ वर्गको वाणिज्य .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मिस नेवाका लागि ३२ युवतीहरु छानिए

काठमाडौं ,२६ पुस । ११ औं सँस्करणको ‘मिस नेवा ११३६’का लागि ३२ जना प्रतियोगी चयन भएका छन् । शनिबार राजधानीमा सम्पन्न पहिलो चरणको छनौट अन्तर्गत विभिन्न कलेज तथा क्षेत्रबाट आएका सहभागी मध्यबाट ३२ जना चयन भएका हुन् । प्रारम्भिक चरणको छनौट कार्यक्रमको निर्णायकमा रोजिन शाक्य, प्राईम बैंकका उपप्रबन्ध निर्देशक, पूर्व मिस नेवा अलिसा बज्राचार्य, नमुना .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सरकारले समानान्तर कालोबजारी गर्‍यो : राणा  

२७ पुस, भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष एवं सभासद् उदय शमशेर राणाले नाकाबन्दीका नाममा सरकारले समानान्तर कालोबजारी गरेको आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा सभासद् जबराले नाकाबन्दीका नाममा सरकारले नै समानान्तर कालोबजारी सञ्चालन गरेर नेपालीलाई दुःख दिएको आरोप लगाए । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रमुख पदाधिकारीमा युवा पुस्ताको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ढल्केबरमा सवस्टेसनको क्षमता कम हुँदा भारतबाट विद्युत् आयातमा समस्या  

२७ पुस,  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बढी क्षमताको सवस्टेसन निर्माण नगर्दा भारतबाट चाहेजति विद्युत् ल्याउन समस्या हुने भएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा रहेको र आगामी माघ १६ गतेभित्र ९० मेगावाट विद्युत् आयात हुने बताइए पनि प्राधिकरणले ठूलो क्षमतामा सवस्टेसन निर्माण नगर्दा मागअनुसारको विद्युत् ल्याउन नसकिने भएको हो । .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

हिमालयन बैंक गल्फ प्रतियोगिता सकियो  

२७ पुस, काठमाडौं । रोयल नेपाल गल्फ कोर्समा  भएको हिमालयन बैंक लिमिटेड गल्फ प्रतियोगिता सकिएको छ । टेबल फोर्ड ३/४ हृयान्डिक्याप्स विधामा सञ्चालन भएको प्रतियोगितामा संयोग शाही ३६ अंकका पहिलो भए ।  ३५ अंकका साथ पूर्णमान शाक्यले दोश्रो भए भने विवेक राणाले २९ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । महिलातर्फ प्रतिमा शेर्पा प्रथम भईन .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

द्वन्द पीडित को नाम बेचेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुले,जन अदालत मा उभ्याउनु को विकल्प छैन

“द्वन्द पीडित , कसैको मागी खाने भाडो होइन, कालरात्री लाई पचायर परिबर्तन को उज्यालो शृजना गर्ने माहान योद्धा हरु हुन” : = बिश्वास ठकुरी = द्वन्द पीडित को नाम मा द्वन्द पीडित लाई मागी खाने भाडो बनाउने हरियो घास भित्र छिपेर बसेको बिषालु सर्प लाइ समाप्त नगरी बास्तबिक द्वन्द पीडित को चराईरहेको दुखिरहेको घाउ मा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

काठमाडौंमा तरकारीको खपत बढ्यो, कन्दमुलमा उपभोक्ताको आकर्षण  

२७ पुस, काठमाडौं । वीरगञ्ज बाहेकका नाकाबाट नाकाबन्दी खुकुलो भएसँगै काठमाडौंको बजारमा तरकारीको खपत बढेको छ । नाकाबन्दीपछि कालीमाटी तरकारी तथा फलफूल बजारबाट झण्डै दैनिक डेढसय मेट्रिकटन मात्र तरकारी खपत भइरेकोमा अहिले ४ गुणा ब्यापार बढेको ब्यापारीहरु बताउँछन् । अहिले दैनिक ६ सय मेट्रिक टनसम्म तरकारी काठमाडौं भित्रिन थालेको तरकारीका थोक ब्यापारी भगवानचन्द्र उप्रेतिले बताए .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मिलिजुली एकता परिवार कतारको अध्यक्षमा पुनः गुरुङ निर्वाचित

घनश्याम पराजुली (कृष्ण) दोहा । कतारमा सन् २०१२ सालमा स्थापना भएको मिलिजुली एकता परिवारले आफ्नो प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । साधारण सभाबाट पुनः भबिराज गुरुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षको तीन पदमा बाबुलाल बिक, दिलमान गुरुङ र ताराबहादुर गुरुङ .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३८ जिल्लाका ९१५ गुम्बा भत्किए (सूचीसहित)

सिन्धुपाल्चोकमा मात्र १२९ वटा गुम्बामा क्षति पुष्प दुलाल २७ पुस, काठमाडौं । गत बैशाखमा गएको शक्तिशाली भूकम्पले ३८ जिल्लाका ९ सय १५ वटा गुम्बा भत्काएको छ । भत्किएका गुम्बाको पुनर्निर्माण गर्न सरकारसँग ८ अर्ब १३ करोड रुपैयाँ माग गरिएको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका उपसचिव मणिराज गुरुङले अनलाइनखबरलाई बताए । उपसचिव गुरुङका अनुसार देशभरका .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्वास्थ्यमन्त्री चौधरीको सम्पत्तिः १ लाख ४० हजार नगद, १५ लाख ऋण  

२७ पुस, काठमाडौं । स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकाे आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख  छ । यस्तै, उनको नाममा जोशीपुर– ४ मा पुख्र्यौली खेत छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा पनि छ । सम्पत्ति विवरणमा .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुस २७ मा पृथ्वीनारायणको यसरी गरियो सम्झना (फोटो फिचर)

२७ पुस, काठमाडौं । सरकारले सार्बजनिक विदा नदिए पनि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्ती सोमबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्थ्यो । तर २०६३ पछि दिवस मनाउन छोडिएको थियो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा विभिन्न संघसंस्थाहरुले पृथ्वी जयन्ती मनाएका छन् । प्रतिष्ठानको .... यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विश्वकै उत्कृष्ट अर्थमन्त्री महत अख्तियारको छानविनमा, काँग्रेसमा मच्चियो खैलाबैला

काठमाडौं, पुस २७ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनले नेपाली राजनीतिमा तरङ्ग नै पैदा गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै भटाभट राजनीतिकर्मी देखि पेशा व्यावसायी समेतलाई छानविनको दागरामा ल्याएको अख्तियारले त्यसमाथि पनि राजनीतिका सच्चा खेलाडी छानविनमा तानिएपछि नेताहरुलाई रातको निद्रा नै हराम भएको स्रोतले बताएको छ । केहीदिन पहिले एमाओवादीका महासचिव कृष्ण --- यो समग्री नेपाल१२३.com मा पुरै पढौं