Saturday, April 2, 2016
कांग्रेस र मधेसी मोर्चा संयुक्त वक्तव्यको पक्षमा
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
एमाओवादी सरकार र सदन दुबैमा असक्षम सावित
२० चैत, काठमाडौं । केपी ओलीको नेतृत्वमा सरकारमा सहभागी भएको एमाओवादी नेतृत्व सदन र सरकार दुबैमा असक्षम देखिएको छ । नाकाबन्दी खुलेको महिनौं भइसक्दा पनि जनताले ग्यास र इन्धन सहजरुपमा पाउन सकेका छैनन् । गृह र आपूर्ति मन्त्रालय एमाओवादीको हातमा छ ।
भारतले नाकाबन्दी लगाएका बेला देशको अर्थतन्त्र कालोबजारिया र तस्करहरुका हातमा गएको थियो । तर, अहिलेसम्म सरकारले अर्थतन्त्रलाई कालोबजारियाका हातबाट फिर्ता ल्याउन सकेको छैन ।
नाकाबन्दी खुलेपछि भारतबाट सहजरुपमा इन्धन भित्रिइरहे पनि अहिलेसम्म जनताले सहजरुपमा पाउन नसक्दा एमाओवादीले सम्हालेको गृह र आपूर्ति मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।
आपूर्ति व्यवस्था असहज भएको र कालोबजारी भइरहेको भन्दै सत्तापक्षकै विद्यार्थीहरुले सडकमा नाराबाजी गरिरहेका छन् । आपूर्ति र गृह मन्त्रालय एमाओवादीको हातमा छ, तर, क्रान्तिकारी विद्यार्थी संगठनका नेता सडकमा भाषण गर्दै आयल निगमका हाकिम गोपाल खड्कालाई गाली गरिरहेका छन् । वाइसिएलका पूर्वनेतासमेत रहेका आपूर्ति मन्त्री गणेशमान पुनले कालोबजारियाहरुलाई कारवाही गर्न सकेका छैनन् ।
एमाले विद्यार्थी संगठनले निगमका हाकिमविरुद्ध अख्तियारमा उजुरी गरेको छ । तर, प्रधानमन्त्री केपी ओलीले नै उनलाई संरक्षण गरेको आरोप लागिरहेको छ । अख्तियारले पनि कालोबजारियालाई संरक्षण गरेको सत्तापक्षकै विद्यार्थी नेताहरुको आरोप छ ।
मुलुकमा कालोबजारियाहरुलाई नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउनका लागि गृह, आपूर्ति र वाणिज्य मन्त्रालयको अहम् भूमिका हुन्छ । यीमध्ये गृह र आपूर्ति मन्त्रालयको कमाण्ड एमाओवादीको हातमा छ भने वाणिज्य मन्त्रालय राप्रपा नेता दीपक बोहोराका हातमा छ ।
सरकारमा सहभागी मन्त्रीहरु नै आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको गुनासो यत्रतत्र आइरहेको अवस्था छ ।
सभामुख पनि असक्षम ?
एमाओवादीले महत्वपूर्ण मन्त्रालयहरुमात्रै होइन, सदनको नेतृत्वसमेत आफ्नै दलबाट गरेको छ । एमाओवादी नेतृ ओनसरी घर्ती सभामुखको कुर्सीमा छिन् । तर, संविधान कार्यान्वयनको सम्वेदनशील अवस्थामा संसद कामविहीन बनेको छ ।
संसदले आफ्नो नियमावलीसमेत बनाउन सकेको छैन । नियमावली बन्न नसक्दा संसदीय सुनुवाइ समिति बन्न सकेको छैन र यसले न्यायाधीशहरुको नियुक्तिमा प्रभाव परेको छ । नयाँ संविधान बनेपछि अहिलेसम्म नियमावली बन्न नसक्दा संसदका विभिन्न समितिहरुमा क्षेत्राधिकार विवाद देखिएको छ । समितिहरुको काम प्रभावकारी नहुँदा सरकारलाई खबरदारी गर्न संसदले सकेको छैन ।
एमाले पनि उस्तै
नेकपा एमालेको कमाण्डमा रहेको अर्थमन्त्रालयले भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकेको छैन । पुनर्निर्माण प्राधिकरणमा एमाले निकट सीइओ नियुक्ति गरिएको छ, जसका विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
त्यसैगरी कानून मन्त्रालय एमालेले सम्हालेको छ । कानून मन्त्रालयले नेपाल बार एशोसिएशन र न्याय परिषदलाई विवादमा तान्ने काम गरेको छ ।
बारेका अध्यक्षलाई एक/दुई महिनाको वीचमा महान्यायधिवक्ता र न्यायाधीशमा सिफारिस गरेर एमालेले कच्चा काम गरेको छ । त्यस्तै न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठलाई बैठकमा उपस्थित नराउन नसकी संविधानको खिल्ली उडाउने काममा एमालेको भूमिका देखिएको छ ।
कांग्रेसको कमजोर भूमिका
प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका खेल्न सकेको छैन ।
सरकारले आपूर्ति व्यवस्था सहज पार्न नसकेका बेला प्रतिपक्षले चाँडो संसद बोलाउने वा सरकारलाई खबरदारी गर्ने काम गर्न सकेको छैन । त्यस्तै संसदीय समितिहरुलाई चलायमान बनाउने, संसदको नियमावली चाँडो बनाउने लगायतका विषयमा कांग्रेसको भूमिका कमजोर देखिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
स्वयम्भूमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक घाइते
२१ चैत, काठमाडौं । तीनजना सवार मोटरसाइकल स्वयम्भूमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्का एक घाइते छन् ।
बा ३० प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकपेटीमा ठोक्किँदा गम्भीर घाइते भएका चालक कलंकीका २८ वर्षीय शैलेन्द्र रिसाल र मोटरसाइकलको पछाडि बसेका सोनु रिसालको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अनिस रिसालको वीर अस्पतालमा उपचार भइरहेको छ ।
तिव्र गति र मोटरसाइकलमा तीनजना सवार भएका कारण अनियन्त्रित भई दुर्घटना परेको प्रहरीले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बेलायतमा विदेशी विद्यार्थीको पक्षमा फैसला, हजारौं नेपाली लाभान्वित हुने
कमल कँडेल, बेलायत
गतसाता बेलायतको माथिल्लो अध्यागमन अदालतले ऐतिहासिक फैसला गर्यो । यस फैसलाले थुनामा राखिएका, देशनिकाला गरिएका तथा पक्राउ पर्ने डरले लुकीछिपी बसेका नेपालीहरुसहित अन्य मुलुकका हजारौं विद्यार्थीले राहत पाउने भएका छन् ।
सन् १९४७ मा स्थापना भएको गैरनाफामूलक अमेरिकन कम्पनी इटीसीले टोइक अंग्रेजी भाषाको परीक्षा लिने गर्दछ । तर, सरकारले टोइकालाई अवैध घोषणा गरेपछि यो परीक्षा दिएको आधारमा ४८ हजार विद्यार्थीको भिसाा रद्द भई देशनिकाला भएका थिए, जसमा हजारौँ नेपालीसमेत रहेको अनुमान छ ।
किन भयो अवैध ?
बीबीसी पानोरमा कार्यक्रमले सन् २०१४ मा टोइक अंग्रेजी भाषाका प्रमाणपत्रहरुको किनबेच तथा परीक्षामा चिट चोराइएका दृश्यहरु टेलिभिजनमा प्रसारण गरेपश्चात हजारौं विदेशी विद्यार्थीहरुको दशाको दिन सुरु भयो । गृह मन्त्रालयलाई विदेशी विद्यार्थीको खेदो गर्ने नयाँ बहाना मिल्यो । टोइकलाई अवैध घोषणा गरी सम्पूर्ण परीक्षार्थीहरुलाई अघोषित रुपमा भाषिक आतंककारी मानियो ।
यो घटनापछि घोषितरुपमा देश निकालाको पूर्जी काटियो । विद्यार्थीका डेराहरुमा छापा मारियो । लगाएका कपडाबाहेक अरु सामान लिन नदिई थुनामा कोचियो अनि दश वर्षसम्म पुनः बेलायत छिर्न नपाउने गरी जहाजमा कोचेर समुन्द्र कटाइयो ।
तर, टोइक परीक्षा दिएका सबै परीक्षार्थीहरुले प्रमाणपत्र किनेका, चिट चोरेका तथा अन्यलाई परीक्षा दिन लगाएर पास गरेका थिएनन् । गृह मन्त्रालयले टोइकलाई सुरक्षित र स्वीकारयोग्य भाषा परीक्षा भनी आफ्नो वेवसाइटमा राखेको थियो । त्यसैका आधारमा धेरैले जाँच दिएका थिए ।
कलेजको स्पोन्सर लाइसेन्स रद्द
केही टोइकधारी विद्यार्थीलाई भर्ना गरेकै कारण ६५ वटा कलेजको विदेशी विद्यार्थी भर्ना गर्न पाउने इजाजतपत्र रद्द गरियो भने केही विश्वविद्यालयको इजाजतपत्र नै निलम्बन गरियो ।
यसबाट टोइकसँग कुनै लेनदेनै नभएका विद्याार्थीहरु मारमा परे । उनीहरुले कलेजलाई तिरेको फि फिर्ता भएन । कलेज बन्द भएको ६० दिनभित्र अर्को कलेज तथा विश्वविद्यालय खोजेर भर्ना हुन वाध्य गरियो, जुन त्यति सजिलो थिएन ।
शैक्षिक सत्र सुरु भइसकेका कारण गतिला कलेज तथा विश्वविद्यालयहरुले भर्ना लिन मानेनन् । इजाजतपत्र खारेजीमा पर्ने कलेजहरुमा पढ्ने नेपाली विद्यार्थीको संख्या उल्लेख्य थियो ।
लामो समयसम्म कलेज नपाएपछि धेरै विद्यार्थीहरु देश छोड्न तथा लुकीछिपी बस्न बाध्य भएका थिए । त्यस्तै केही विद्यार्थीहरुले ‘वर्क परमिट’ पाउने आशामा हजारौँ पाउण्ड डुबाएका थिए ।
यस्तो छ अदालतको निर्णय
गृहमन्त्रालयले निम्न कारणबाट टोइक परीक्षार्थीहरुलाई लगाएको आरोप गैरकानुनी ठहर गरेको छ ।
१. टोइक सञ्चालन गर्ने इटीसीसँग गरिएका पत्राचारहरु उपलव्ध नगराउनु
२. विद्यार्थीविरुद्ध प्रस्तुत गरिएका प्रमाणहरु कमजोर हुनु
३. मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको गृहमन्त्रालयका दुई उच्च अधिकारीहरुसँग ध्वनी तथा ‘प्रोक्सी टेस्ट’ पत्ता लगाउने प्रविधिमा कुने योग्यता नभएको, विशेष सल्लाह सुझाव नलिएको र इटीसीले कुनै प्रमाण अदालतलाई नबुझाएको ।
४. निवेदकले उपलब्ध गराएका प्रमाणमा कुनै खोट नभएको, बहुसंख्यक प्रश्नको उत्तर अंग्रेजीमा प्रभावकारी ढंगबाट दिइएको र निवदेकका तर्फबाट प्रस्तुत गरिएका ध्वनी विशेषज्ञको प्रमाणलाई निसंकोच स्वीकार गरिएको ।
अब के हुन्छ ?
गृहमन्त्रालयले यस निर्णयका विरुद्ध पुनरावेदन नगरेको खण्डमा हजारौं देशनिकाला गरिसकिएका नेपाली तथा अन्य देशका विद्यार्थीलाईर् पुनः वेलायत फिर्ताको अवसर मिल्न सक्छ । साथै परीक्षा दिएकै कारणबाट लुकीछीपी बसेकाहरुलाई पुनः भिषा आवेदन दिने मौका मिल्न सक्छ ।
गृहमन्त्रालयले यस निर्णयका विरुद्ध पुनरावेदन गरे पनि पुनरावेदनको फैसला नहुञ्जेलसम्म टोइकधारी माथिको धरपकडमा कमी आउने छ । थुनामा राखिएका विद्यार्थीहरु रिहा हुन सक्ने तथा देशनिकालाको क्रम स्थगित गरिन्छ ।
महत्वपूर्ण कुरा, गृहमन्त्रालयले यो निर्णयका विरुद्ध पुनरावेदन गरे पनि जित्ने सम्भावना निकै कमजोर रहेको छ ।
यसअघिको दृष्टान्त
‘हाइली स्किल माइग्रेन्ट’ अन्तर्गत आएका हजारौं नेपाली लगायतका आप्रवासीहरुलाई २००६ मा कानुन परिवर्तन गरी समस्या दिएपछि गृहमन्त्रालयलाई न्यायिक पुनरावेदनका लागि दुईपटक अदातलमा उभ्याइएको थियो । फैसला हाइली स्किल माइग्रेन्टको पक्षमा भएको थियो । त्यसपछि देश छाडेर गएका पुनः बेलायत फर्केका थिए ।
यस्तै सन् २०१० मा अदालतले भिसा आवेदनका लागि बैंकमा ३ महिनाका लागि निश्चित रकम राख्नुपर्ने नियम खारेज गरेपश्चात ‘मेन्टिनेन्स फन्ड’का कारण बेलायत छोड्न बाध्य भएका तथा भिषा आवेदन अस्वीकार भएकाहरुलाई पत्र लेखेर गृहमन्त्रालयले पुनः आवेदन गर्न लगाएको थियो ।
गृह मन्त्रालयले के गर्छ ?
अहिले तुरुन्तै खुसी भइहाल्ने बेला भइसकेको छैन । पहिला त फैसलाप्रति गृह मन्त्रालयको आधिकारिक प्रतिक्रिया पर्खिनुपर्ने हुन्छ । यदि गृहमन्त्रालयले यो निर्णयका विरुद्ध पुनरावेदन नगरेमा फैसला कार्यान्वयनका लागि नीति-नियम जारी गर्ने छ ।
आप्रवासीको संख्या नाटकीय रुपमा घटाउने नीतिका कारण सरकार अनुदाररुपमा अध्यागमन कानुनको कडाइमा लागको देखिन्छ । अक्टोबर २०१४ मा कानुन परिवर्तन गराएर टोइक अभियोगमा भिषा अस्वीकार भएकाहरुले बेलायत भित्रबाट पुनरावेदन गर्न पाउने अधिकार कुन्ठित गरियो । त्यसले गर्दा यसअघिका न्यायिक पुनरावेदनका आवेदनमा न्याय पाउने अवस्था अन्त्य भयोउ ।
गत वर्ष जूनमा यस्तै प्रकृतिका मुद्दामा विद्यार्थीहरुले हार व्यहोर्नु परेको थियो । अदालतले बेलायत भित्रबाट पुनरावेदन गर्न नपाउने कानुनलाई सदर गर्यो र यस्ता प्रकृतिका मुद्दाहरु ‘फस्र्ट टायर टि्रबुनल’ मार्फत आउनुपर्ने निर्णय गर्यो ।
संयोगको कुरा गत वर्षको यस्तै प्रकृतिको मुद्दामा र अहिलेको मुद्दामा निर्णयकर्ता र मुख्य साक्षीहरु सबै उही व्यक्तिहरु थिए । अहिलेको यो मुद्दा सरकारले कानुन परिवर्तन गर्नुभन्दा पहिले दायर गरिएका कारण बेलायतभित्र बाटै पुनरावेदन गरिएको थियो । जसका कारण अदालतले मुद्दाका पक्ष तथा विपक्षलाई केरकार गर्ने अवसर पायो ।
गत वर्षको फैसला पश्चात टोइक पीडित विद्यार्थीहरुका लागि न्यायको ढोका झन्डै बन्द भएको थियो । तर ‘रात रहे अग्राख पलाउछ’ भनेझै सम्पूर्ण आशा मारिसकेका हजारौं विद्याथीहरुलाई ढिलै भएपनि न्याय पाउने आशा जगाइदिएको छ । तर, साँच्चिकै चिट चोरेर तथा अन्यलाई लगाएर पास गरेकाहरुलाई यो फैसलाले राहत दिन्छ-दिदैन भन्ने प्रश्न अनुत्तरित छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
विश्वका चर्चित यौन काण्डहरु…
काठमाडौं । सेक्स प्रकृतिले दिएको एउटा अनुपम उपहार हो, जुन क्रियाबाट वंश सञ्चालनदेखि संसारको अस्तिव्व कायम रहन्छ । तर यस अनुपम उपहार दुरुपयोग गरेर विश्व चर्चिच भएका यौन काण्डहरु प्रशस्तै छन् ।
अदालतमै कृत्रिम योनी सन् २००६ मा अमेरिकाको ओक्लोहामा सहरको एउटा अदालतमा एउटा मुद्दामा सुनवाइ चलिरहेको थियो । न्यायाधीश डोनाल्ड थम्प्सन एउटा मुद्दाको सुनवाइ गरिरहेका थिए । तर, न्यायाधीशको अग्लो टेबलपछाडि न्यायाधीश थप्सन त कृत्रिम योनी प्रयोग गरेर मैथुन गरिरहेका पो रहेछन् । प्रत्यक्षदर्शीका अनुसार एउटा हत्यासम्बन्धी मुद्दाको एउटा सुनवाइ सायद असाध्यै निरस भएर हो वा अथवा असाध्यै कामुक भएर, न्यायाधीश त चालू भइहालेछन् । यस्तो लज्जाजनक हर्कतका कारण डोनाल्डको जागिर चट भयो र चार वर्ष जेलमा जाकिए ।
घर पुग्ने धैर्य पनि भएन इंग्ल्यान्डको स्रेवोसवरीका २५ वर्षीय केभिन न्यालर र उनकी १९ वर्षीया गर्लफ्रेन्ड क्याथरिन ह्युजेस एउटा पबबाट निस्केर घरतिर जाँदै थिए । घरमा पुगेर यौनक्रिया गरेको भए उनीहरूको कर्तुत कसैले थाहा पाउने थिएनन् । तर, यो कामुक जोडीलाई घरसम्म पुग्ने पनि धैर्य भएन । घर पुग्न केही मिटर मात्र बाँकी रहेको थियो, उनीहरू सार्वजनिक सडकमै यौनक्रिया गर्न थाले । यो कार्यको दृश्य सडक पोलमा जडान गरिएका सिसिटिभी क्यामेरामार्फत अपरेटरकहाँ पुग्यो । उनीहरूले प्रहरीलाई खबर गरे र उक्त जोडी पक्राउ प¥यो । त्यसमाथि यो केसले अर्को अनौठो मोड लियो, जब प्रहरी कन्ट्रोल रुमका एकजना कर्मचारी उक्त सिसिटिभी फुटेज आफ्नो मोबाइल फोनमा डाउनलोड गरेको शंकामा पक्राउ परे ।
घन्टाघरको बाल्कोनीमा अस्ट्रेलियाको सिड्नीमा रहेको ग्रेस ब्रदर्स भवनमा रहेको घन्टाघरमा दिउँसोको साढे तीन बजेको थियो । एउटा जोडी खुबै व्यस्त थियो, तर रातमा गरिने कार्यका लागि । एउटा नग्न जोडी एक सय पाँच वर्ष पुरानो उक्त घन्टाघरको बाल्कोनीमा चढेर आफ्नै प्यास बुझाउन थाल्यो । उक्त घन्टाघरको सामुन्नेमा रहेको ब्रोडवे सपिङ सेन्टरमा रहेका मानिसले उक्त दृश्य देखे र केहीले त फोटो पनि खिचे ।
प्रहरी भ्यानको बोनेटमा एउटा डच जोडीले त हदै ग¥यो । सडकमा पेट्रोलिङ भ्यान अड्याएर दुईजना प्रहरी गाडीभित्र बसी दुनोट खाइरहेका थिए । एउटा जोडी गाडी नजिक आयो र गाडीको बोनेटलाई ओछ्यान बनाएर सम्भोग कार्य सुरु गर्न थाल्यो । आफ्नै आँखाअगाडि यस्तो हुन थालेपछि प्रहरीहरू बाहिर निस्किए र उक्त कार्य रोकी कतै जान आग्रह गरे । नेदरल्यान्डको कानुनले प्रहरी अधिकारी ड्युटीमै रहेका वेला उनीहरूको गाडीमा कसैले यौनकार्य गर्छ भने पनि पक्राउ गर्न नसकिने अवस्थाका कारण ती जोडी पक्राउ पर्नबाट जोगिए ।
बैंकभित्रै फ्रेन्च जोडीको रोमान्स फ्रेन्चहरू तिनका यौन आवेगका लागि संसारमै चर्चित छन् । तर, यसको हद नाघ्दै एउटा फ्रेन्च जोडीले बैंकभित्र आफूहरूलाई एकान्तमा भेट्टाएपछि सम्हालिन सकेनन् । उक्त जोडीको कार्य सडकमा हिँडिरहेका किशोरहरूको एउटा समूहले देख्यो र त्यसलाई आफ्नो मोबाइल फोनमा कैद गरे । जब आफ्नो हर्कत अरूले देखिरहेको महिलाले थाहा पाइन्, उनी बेहोसै भइन् ।
जहाजको ककपिटमा सयौँ मिटरमाथि आकाशमा भएको यौनसम्बन्धको पहिलो रेकर्ड सन् १९१६ मा भएको थियो, जसको अन्तिम परिणाम जहाज दुर्घटना नै भयो । यो अनुमान गरिएको छ कि पाइलट नै उक्त कार्यमा संलग्न थिए । अमेरिकाको नेसनल ट्रान्पोर्टेसन सेफ्टी बोर्डले पनि एउटा गम्भीर दुर्घटनामा पाइलटलाई दोषी ठर्हयाएको छ । बोर्डका अनुसार महिला पाइलटको उडानभन्दा बाहिरको क्रियाकलाप अर्थात् यौनसम्बन्धी कार्यमा ध्यान मोडिएका कारण दुर्घटना भएको थियो ।
चर्चमा प्रार्थना भइरहेका वेला इटालीको सेनसेनामा रहेको एउटा चर्चमा बिहानी प्रार्थना भइरहेको थियो । तर, प्रार्थना नै बिथोलिने गरी ‘आत्मालोचना गर्ने बुथ’ बाट आएको अनौठो आवाजले सबैको ध्यान भंग र्गयो । त्यहाँ त एक जोडी समागममा पो व्यस्त रहेछन् । यस्तो आवाज सुनेपछि प्रहरी बोलाइयो । पक्राउ परेको जोडी रक्सीले मातेको रहेछ । उनीहरूलाई अश्लील कार्य गरेको र धार्मिक कार्य बिथोलेकोमा सचेत गराएर छोडियो ।
क्रेनमाथि बसेर अमेरिकाको फ्लोरिडा राज्यमा एउटा निर्माण स्थलमा क्रेन राखिएको थियो । उक्त क्रेनका मालिकका छोरा र उनकी महिला मित्रलाई केही नयाँ गर्ने रहर जागेछ क्यारे । उनीहरू दिउँसै उक्त क्रेनमा चढे र राति र गोप्य तरिकाले गर्नुपर्ने यौनकार्य गर्न थाले । तल रहेकाले यस्तो कार्य देखेपछि तल झर्न बाध्य पारियो । उनीहरूलाई भविष्यमा सभ्य हुन भनियो ।
एटिएम बुथभित्र स्पेनको ओभेइडिओको उत्तरी सहरमा रहेको एउटा बैंकको एटिएम बुथमा सम्भोगरत अवस्थामा त्यहाँको प्रहरीले एउटा जोडीलाई समातेको थियो । उनीहरू मोजाबाहेक सम्पूर्ण कपडा फुकालेर यस्तो कार्य गरिरहेका थिए । उनीहरूको यस्तो कार्यको बाहिर सडकमा हिँडिरहेका मानिसले तस्बिर लिएका थिए । प्रहरी प्रवक्ताका अनुसार, ‘उनीहरूले त्यस्तो कार्य पूर्ण सचेतताका साथ गरेका थिए, यो केवल शीघ्र उत्तेजनाका कारण भएको थिएन ।’
समुद्री किनारमा बेलायतको ससेक्स समुद्री किनारमा दिउँसोको समयमा दर्जनौँ मानिस रमाइलो गरिरहेका थिए । आइतबारे बिदा मनाउन केही त आफ्ना छोराछोरी लिएर आएका थिए । तर, एउटा जोडी कसैको पर्वाह नगरी दर्जनौँ मानिसकै सामुन्नेमा यौनकार्य पो गर्न थाले । उनीहरू पक्राउ परे ।
तीव्र गतिको मोटरवेमा नर्वेको एउटा तीव्र गतिको मोटरवेमा माज्दा १३३ किलोमिटर प्रतिघन्टाको गतिमा कुदिरहेको थियो । एक सय किलोमिटर मात्र कुदाउन पाइने सडकमा तीव्र गतिमा गाडी कुदिरहेको देखेपछि प्रहरीको ध्यान तानियो । तर, तत्कालै उनीहरूले उक्त गाडीमा रहेको जोडीले गति सीमा नाघी थप हर्कत पो गरिरहेको थाहा पाए । प्रहरीका अनुसार गाडी चलाइरहेको मानिसको काखमाथि एउटी महिला बसिरहेकी थिइन् । ती यौनकार्य गरिरहेका थिए ।
कार पार्किङमा सन् २००८ को नोभेम्बरमा एउटा जोडी कार पार्किङमा सम्भोगरत अवस्थामा भेटिएको थियो । गिलियन स्टाल्कर र जोन म्याकडोगल गाडीभित्र केही प्रारम्भिक कार्य गरेपछि उक्त जोडी बाहिर निस्कियो र थप कार्य गर्न थाल्यो । पक्राउ परेकी ४० वर्षीया महिला स्टाल्करले पछि अदालतमा भनिन्, ‘गाडीभित्र स्थान कम भएको र दिन पनि राम्रो भएकाले हामी बाहिर सार्वजनिक स्थानमा आएका हौँ ।’ उनले आफ्नो कार्य अर्को गाडीमा रहेको मानिसले हेरिरहेको देखे पनि उत्तेजनाका कारण वास्ता नगरेको पनि बताइन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
शाख जोगाउने र बदला लिने : देउवा पौडेल भिडन्तका दृश्य
– रमेश वाग्ले
पहिलोपोस्ट, काठमाडौं : नेपाली कांग्रेसलाई संसदीय दलका लागि नेताको आवश्यकता जति छ त्यति नै आवश्यकता छ संसदलाई प्रमुख प्रतिपक्षी दलको नेताको। प्रमुख प्रतिपक्षी दलको नेताकै अभावमा संवैधानिक परिषदले गत १६ गते प्रधान न्यायाधिश चयनको काम अघि बढाउन सकेन।
औपचारिक रुपमा उम्मेद्वारी सार्वजनिक नगरे पनि अहिले कांग्रेसमा दुई जना नेता संसदीय दलको नेताको प्रतिस्पर्धामा छन्। १३औं महाधिवेशनमा पार्टी सभापतिमा समेत प्रतिस्पर्धी बनेका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय दलको नेताको प्रतिस्पर्धामा भिड्ने तयारीमा छन्। यी दुई नेता २०६७ सालमा पनि प्रतिस्पर्धामा उत्रिसकेका छन्। त्यतिवेला शेरबहादुर देउवालाई पछि पार्दै रामचन्द्र पौडेलले संसदीय दलको नेतामा बाजी मारेका थिए।
तात्कालिन सभापति तथा संसदीय दलका नेता गिरिजाप्रसाद कोइरालाको निधनपछि संसदीय दलको चुनावमा आमनेसामने भएका देउवालाई यतिवेला त्यस वेलाको हारको बदला लिनु छ भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई भर्खरै सम्पन्न १३औं महाधिवेशनमा सभापतिमा भएको हारको बदला। उनीहरुलाई जति चुनाव लागेको छ त्यति नै लागेको छ त्यो पक्षमा लागेका अन्य नेताहरुलाई पनि। त्यसैले पनि कांग्रेसमा यतिवेला संसदीय चुनावको गर्मागर्मी छ।
२०७० माघको झल्को
अहिलेको संसदीय दल चुनावले वि सं २०७० सालको संसदीय दल चुनावको झल्को दिइरहेको छ। त्यतिवेला पर्टी सभापति थिए सुशील कोइराला अनि संसदीय नेताको चुनावमा उनीसँग प्रतिस्पर्धामा थिए शेरबहादुर देउवा। अहिले सभापति छन् शेरबहादुर देउवा र उनलाई टक्कर दिँदैछन् उनीद्वारा पराजित रामचन्द्र पौडेल।
कसको के चुनौती
सभापति देउवालाई पार्टीसँगै संसद्को पनि नेतृत्व गरेर आफ्नो शाख जोगाउँदै समग्र नेतृत्वमा स्थापित हुने चुनौती छ। उनले यस पटक पनि चुनाव जितेर पार्टीका नेताहरुको व्यवस्थापन गर्दै आफूलाई बलियो नेताको रुपमा उभ्याउनु छ भने आफूसँग आएकाहरुलाई पनि व्यवस्थापन गरेर आफूलाई गिरिजाप्रसाद कोइराला जस्तै बलियो नेताका रुपमा स्थापित गर्नुछ।
वरिष्ठ नेता पौडेलको प्रमुख चुनौती भनेको आफूलाई शक्तिमा राखिरहने नै हो। पौडेललाई पार्टी सभापतिमा स्थापित हुन नसकेर गुमेको शाख फर्काउने अर्को चुनौती छ भने १३औं महाधिवेशमा साथ लिएको टिम बचाइराख्नु पनि पौडेलका लागि ठुलै चुनौती हो।
विगतमा संसदीय दलको नेता समेत भएका पौडेल त्यबेला १७ पटक प्रधानमन्त्री चुनावमा भाग लिँदा समेत पराजित भए। उनले ‘आफ्नो शाख भन्दा पार्टीको शाख महत्वपूर्ण भएकाले छवि दाउँमा राखेर प्रजातान्त्रिक अभ्यासमा भाग लिएको’ बताउने गरेका छन्। सबैभन्दा धेरै पराजित भनेर उनीमाथि व्यंग्य हुने गरेकाले उनको यस्तो टिप्पणी आउने गर्छ।
संसदीय दलको नेता बनेर पनि सरकारको नेतृत्व गर्न नपाएका पौडेलले कार्यकर्तालाई व्यवस्थापन गर्ने र सर्वोच्च लाभको पदमा पुगेर सहयोग गर्ने अवसर पनि पाएका छैनन्। संसदीय दलको नेताको स्वाद चाखिसकेका उनी यस पटक चुनावबाट संसदीय क्षेत्रको नेतृत्व गर्दै आफूलाई सरकारको नेतृत्वसम्म पुर्याएर विगतमा नसकेका काम गर्न चाहन्छन् र १७ पटक पराजित भएर लागेको ‘वदनामी’ मेटाउन पनि।
१३औं महाधिवेशनमा सभापति लडेका उनी संसदीय दलको चुनावमा पनि पराजित भए भने उनी कांग्रेसको दोस्रो बरियताको नेता बाहेक केही हुने छैनन्। कांग्रेसको विधानमा वरिष्ठ नेता पद छैन त्यसैले उनी संसदीय दलको नेता निर्वाचित नभएमा पद विहिन झै हुनेछन्। त्यसैले उनले शक्तिको अभ्यास कायम राख्न पनि आफूलाई संसदीय दलको नेताका रुपमा उभ्याउन अन्तिम प्रयत्न गरिरहेका छन्।
दुई नेताबीचको सहकार्य
१२ औं महाधिवेशनमा सुशील कोइराला सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले एक व्यक्ति एक पदको नारा पार्टी भित्र गुञ्जाएका थिए। त्यो नारामा पौडेलले देउवालाई साथ दिएका थिए। तर, पौडेलले त्यही नारामा आफ्नो अडान भने कायम राखेनन्। यद्यपि पौडेल अहिले त्यही नाराको दाउ देउवालाई फर्काउँदैछन्।
दोस्रो संविधानसभा चुनावपछि पनि देउवाले त्यही कुरालाई समातेर सुशील कोइराला सभापति भएकाले संसदीय दलको नेतामा अर्को व्यक्तिलाई लैजानु पर्ने भन्दै आफ्नो दावी समेत प्रस्तुत गरे। त्यतिखेर भने देउवाको पक्षमा पौडेल उभिएनन्। सभापति सुशील कोइरालाले एक पटकका लागि संसदीय दलको नेता समेत बन्दै सरकारको नेतृत्व गरेर संविधान जारी गरेपछि विश्राम लिने भनेपछि पौडेलले कोइरालाई नै सहयोग गरे। देउवा सभापति कोइरालासँग पराजित भए। महाधिवेशनअघि नै कोइरालाको निधन भयो। यद्यपि कोइरालाले विश्राम लिने संकेतहरु केही देखाएका थिएनन्।
वि सं २०५१ सालमै संसदीय दलको नेता बनेर सरकारको समेत नेतृत्व गरिसकेका देउवालाई संसदीय दलको नेताको पदको गरिमा र शक्तिको अभ्यास कसरी गर्नुपर्छ भन्ने राम्रो ज्ञान छ। त्यसैले पनि उनी आफ्नो सभापतिको पद र व्यक्तित्व बढाउनका लागि यो पद गुमाउन चाहँदैनन्।
मुख्य नेताहरुका लागि जति यो पदको चुनाव लागेको छ, त्यो भन्दा ज्यादा चुनाव लागेको छ उनीहरुको लाइनमा लागेका अन्य नेताहरुलाई। त्यसैले पनि दोस्रो तहका नेताहरु आफनो पक्षका नेतालाई संसदीय दलको नेता बनाउन कम्मर कसेर लागिरहेका छन्। अवको संसदीय नेताको चुनावमा जो नेताले चुनाव जित्दै गर्दा पनि जित्ने नेताका लागि भन्दा त्यो दोस्रो तहका नेताको राजनीतिको लागि निर्णायक हुन्छ र जित्नका लागि पनि निर्णायक पनि दोस्रो तह नै हुनेछ।
त्यसैले पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा रामशरण महत, बलबहादुर केसी, डा शेखर कोइराला, महेश आचार्य, दिलेन्द्र बडु, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी लगायतका लागि यो चुनाव पौडेलका लागि भन्दा ज्यादा महत्वको हुने छ भने नवनिर्वाचित महामन्त्री डा शशांक कोइरालाका लागि यो चुनाव प्रतिष्ठाको विषय नै बनिरहेको छ।
सभापति देउवालाई नै सभापतिमा निर्वाचित गराउनका लागि नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशरण महत, बालकृष्ण खाँड, पूर्णबहादुर खड्काका लागि पनि त्यस्तै छ। त्यसैले पनि उनीहरु शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन दौडधुप गरिरहेका छन्।
त्यसबाहेक देउवाका पक्षमा नेता खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुको पनि सहयोग छ। नेता खड्का पार्टी महाधिवेशनमा देउवासँग जोडिएका हुन् भने तनहुँका नेता गोविन्दराज जोशी रामचन्द्र पौडेलसँगको व्यक्तित्वको टकरावका कारण देउवालाई सहयोग गर्दैछन्।
त्यस बाहेक कृष्णप्रसाद सिटौला र गगन थापाहरुको भूमिका पनि बलियो छ। उनीहरुले देउवाले केन्द्रीय सदस्यमा नियुक्त गरेको गुन फर्काउने नैतिकता देखाउने छन् वा आफ्नो समूहलाई फरक रुपमा अघि बढाउने छन् त्यो हेर्न भने संसदीय दल चुनाव नै कुर्नुपर्ने छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पार्टी एकताका विषयमा छलफल गर्न बोलाइएको बुद्धनगर बैठकमा के हुँदैछ ?
काठमाडौं, २१ चैत । एकीकृत माओवादीसँगको पार्टी एकीकरणका विषयमा छलफल गर्दै आएको नेकपा (माओवादी क्रान्तिकारी)ले आज पनि सोही विषयमा आफ्ना केन्द्रीय सदस्यहरूको धारणा बुझ्दैछ ।
झण्डै एकसातादेखि काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष मोहन बैद्यको राजनीतिक प्रस्तावमाथि टिप्पणी गर्न बाँकी सदस्यहरूले धारणा राख्ने केन्द्रीय सदस्य रामदीप आचार्यले जानकारी दिनुभयो ।
‘अध्यक्ष ज्यूको प्रतिवेदनमा टिप्पणी गर्ने क्रम जारी छ’, उहाँले भन्नुभयो, ‘धारणा राख्ने सबै सदस्यहरूले छियाछिया परेको माओवादी पार्टी र आन्दोलनलाई एकीकृत गर्नुपर्ने आश्यक्ताका साथ धारणा राखि रहनुभएको छ ।’
बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी एकताको पक्षमा टिप्पणी गरे पनि परी थापा समूहले भने एमाओवादीसँग तत्काल पार्टी एकता गर्न नहुने धारणा राखेको स्रोतको भनाइ छ ।
बैठकमा महासचिव रामबहादुर थापाले पेश गर्नुभएको पूरक राजनीतिक प्रस्तावमा पनि सदस्यहरूले टिप्पणी गर्ने गरेका छन् । थापाले एमाओवादीसँग छिटोभन्दा छिटो पार्टी एकीकरण गर्नुपर्ने विषय अगाडि राख्नुभएको छ ।
बैठक साढे दश बजेपछि पार्टी मुख्यालय बुद्धनगरमा बस्नेछ । बैठक अझै केही दिन लम्बिने बुझिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
राजधानीमा पानी नआउने, पैसा भने थपिने
काठमाडौं, २१ चैत । मेलम्चीको पानी आउने आशामा बसेका राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने भएको छ । निर्माण अवधि बढेसँग लागत पनि एक अर्ब रुपैंया थपिने भएको छ ।
निर्माणको ठेक्का पाएको कम्पनीको धिमा गति, भुकम्प र भारतको नाकाबन्दीका कारण काम अवरुद्ध भएपछि निर्माणमा ढिलाई हुने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सरकारले २०७० असारमा आयोजनाको जिम्मा इटालियन कम्पनी सिएमसी डी रेभेन्नालाई दिएको थियो ।
उक्त कम्पनीसँग सम्झौता हुँदा नै २०७३ वैशाख १ गतेदेखि राजधानीबासीको घरघरमा मेलम्चीकोपानी आउने घोषणा तत्कालिन शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले गरेका थिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं आयोजना प्रमुख घनश्याम भट्टराईले भूकम्प र नाकाबन्दीका कारण इन्धन अभाव भई झन्डै १० महिना सुरुङ खन्नेकाम अवरुद्ध भएकाले लक्षित समयमा काम सम्पन्न नहुने स्थिति आएको बताए ।
भट्टराईका अनुसार नाकाबन्दी खुलेपछि सुरुङ खन्ने काम सुचारु भएको छ । एक महिनादेखि मात्र सुरुङ खन्ने कामको गति बढ्न थालेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
फ्रि टिकट र भिसाको प्रावधान हटाउन यसरी भयो ठूलो चलखेल
काठमाडौं, २१ चैत । वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान हटाउने तयारी गरेको छ ।
व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालय लचिलो हुँदै गएको र पर्याप्त सेवा शुल्क लिन पाउने छुट केही दिनभित्र दिने स्थितिमा पुगेको स्रोतले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘फ्रि भिसा फ्रि टिकट’ शव्द यथावत् राख्दै सेवा शुल्कका नाममा कामदारसँग एक महिनाको तलब वा ४ सय अमेरिकी डलरमध्ये जुन कम हुन्छ, त्यही लिन पाउने प्रावधान प्रस्ताव गरेको छ ।
स्रोतका अनुसार मन्त्रालयले घुमाउरोपाराले यसलाई स्वीकार्ने मनस्थिति बनाएको छ ।
सरकारबाट सकारात्मक निर्णय हुने संकेत पाएपछि शुक्रवारबाट संघले पूर्वस्वीकृति लिने काम खुला गरेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले सरकारले वार्तामा बोलाएको र लचकता अपनाएका कारण पूर्वस्वीकृतिका हकमा काम सुचारु गर्न थालिएको बताए ।
अघिल्ला सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले निर्णय गरेको फ्रि भिसा फ्रि टिकटको नियम गत असार २१ देखि लागू भएपछि व्यवसायीहरु आक्रोशित हुँदै आएका छन् ।
मलेसिया, कतार, यूएई, बहराइन, ओमन, कुबेत र साउदी अरबका हकमा यस्तो नियम लगाइएको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कांग्रेस र मधेसी मोर्चा संयुक्त वक्तव्यको पक्षमा
काठमाडौं, २१ चैत । भारत र युरोपेली युनियन (ईयु)ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना भइरहँदा प्रमुख पतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चा विज्ञप्तिको समर्थनमा देखिएका छन् ।
नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमन्त्री सीपी मैनालीले भारत र र्इयुको टिप्पणी र व्यवहारलाई नेपालीमाथिको हस्तक्षप बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तर सर्वाधिक मतद्वारा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य चुनिएका डा शेखर काइरालाले नेपाली सार्वभौमिकतालाई पुनःपरिभाषित गर्नुपर्ने अडान लिएका छन् ।
कांग्रेसका अन्य नेताहरूबाट भारत र ईयुको संयुक्त वक्तव्यबारे आधिकारिक प्रतिक्रिया नआएपछि पार्टी नेता रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यसबारे सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न आग्रह गरे ।
‘पार्टीको आधिकारिक धारणा सभापति देउवाबाटै आउँछ’, उनले भने ।
पौडेलको मौनता र कोइरालाको अभिव्यक्तिले भारतीय कूटनीतिक तहबाट अनौपचारिक रुपमा ‘नेपालको सार्वभौमसत्ताबारे बहस आवश्यक छ’, भन्ने अभिव्यक्तिको अनुमोदन गर्छ ।
उता सत्ता गठबन्धनमै रहेको गैरवाम शक्ति राप्रपाले भारत–इयु टिप्पणीको आलोचना गरेपनि सरकारको प्रतिक्रिया आवश्यकताभन्दा बढी भएको बताएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने संविधान निर्माणमा भारतको उपेक्षा गरेबापत नेपालले खेप्नुपर्ने स्वभाविक प्रतिक्रिया ब्रसेल्सबाट आएको बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
जागिर माग्दा प्रेमीले नै फसाए
२१ चैत, काठमाडौं । पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाइ ।
३७ वर्षीया उनी जागिरको खोजीमा थिइन् । आजको नागरिक दैनिकमा समाचार छ । त्यही क्रममा क्रेष्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्यो ।
क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो । २०१५ फेब्रुअरीमा लुइसले राखेको प्रेमप्रस्ताव उनले सहजै स्विकारिन् ।
एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन् । केही दिनमै लुइसले उनको हातमा पैसा थमाइदिए । अनि पासपोर्ट बनाउन अह्राए ।
छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागुऔषध ओसारपसारको गम्भीर आरोपमा केही दिन अघि मात्र उनी नेपालमा पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दूध बेच्न ६ घण्टा पैदल
२१ चैत, काठमाडों । पर्वतको लोकफाँटका किसान छिमेकी जिल्ला म्याग्दीको सदमुकाम बेनीमा दूध बेच्न जाने गरेका छन् ।
गाँउमा सडक पुगेको वर्षौं भएपनि सवारी साधन नचल्दा उनीहरुले फिठ्युमा बोकेर दूध ढुवानी गर्न बाध्य भएको आजको अन्नपूर्णमा समाचार छ ।
गाँउमा यातायात र दूध ढुवानी गर्ने व्यवस्था नहुँदा भारी बोकेर बेनी आउने गरेको लेकफाँट गडेखोलाका बाबुराम रेग्मीले बताए । उनका अनुसार बेनी आउनका लागि तीन घण्टा ओरालो र बेनीबाट घर जान तीन घण्टा उकालो डिड्नु पर्ने बाध्यता रहेको बताए ।
उत्पादन भएको दूध बजार सम्म लान नसक्नेहरुले भने घरमै घिउँ उत्पादन गर्छन् । त्यसको बजार पनि नजिक नहुँदा उनीहरु समस्या छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ठमेलमा गमलामा गाँजा !
२१ चैत, काठमाडौं । शनिबार बिहान प्रहरीलाई नौलो सूचना आयो,’ ठमेलको एक रेस्टुराँमा गमलामै गाँजा उमारेर ग्राहकलाई बिक्री गरिन्छ ।’
सूचनापछि महानगरीय प्रहरी वृत्त प्रहरी लैनचौरका प्रमुख डीएसपी सोमेन्द्रसिंह राठोर नेतृत्वमा प्रहरी टोली ठमेलस्थित फ्याट क्याट रेस्टुराँमा पुग्दा कर्मचारी गाँजामा पानी हालिरहेका भेटिएको आजको अन्नपूर्णमा समाचार छ ।
टेबुलमा १० जना युवा गाँजा तान्न व्यस्त थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि रेस्टुराँका म्यानेजर छ्याङ गुरुङ पक्राउ परेका छन् । सञ्चालक मुखिया घले फरार छन् ।
डीएसपी राठोरले भने, ‘राष्टुराँले गमलामा गाँजा उमारेर दुव्यर्सनीलाई धमाधम गाँजा बिक्री गर्दै आएको पाइयो अनुसन्धानका लागि म्यानेजर छ्याङ गुरुङलाई पक्राउ गरिएको छ ।
ठमेलबाटै गुडियाभित्र चरेश राखेर कुरियरमामार्फत नेदरल्याण्ड्स पठाउन लागेको घटना प्रहरीले पर्दाफस गरेको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
देउवालाई सर्वसम्मत बनाउन पौडेल पक्षधर नै सक्रिय
२१ चैत, काठमाडौं । कांग्रेसको सभापतिमा शेरबाहादुरलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न रामचन्द्र पौडेल पक्षधर नेता नै अग्रसर भएका छन् ।
यसपटक सर्वसम्मत रुपमा सभापति देउवालाई संसदीय दलको नेता चयन गरी पार्टी एक भएको सन्देश दिनुपर्नेमा उनीहरुले जोड दिएको आजको राजधानी दैनिकमा समाचार छ।
१३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएका पौडेल पक्षधर केन्द्रीय सदस्य शेखर कोइरालाले देउवालाई नेता बनाउने कार्यको अगुवाई गरेका छन् ।
कोइरालाले दलको नेतामा उठ्ने मनस्थिति बनाएका पौडेललाई समेत भेटेर देउवालाई सर्वसम्मत बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई समेत भेटेर देउवादलाई नै दलको नेता निर्वाचित गराउनुपर्ने धारणा राखेका छन् । २४ चैतमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कारागारमै हजारौं कमाउँछन् कैदी
२१ चैत, काठमाडौं । भीमफेदीस्थित क्षेत्रीय कारागारमा कर्तव्य ज्यान मुद्दाको कैद, सजाय भोगिरहेका सिन्धुपाल्चोकका ४४ वर्षीय बलराम लामाको परिवारले उनलाई भेट्न आउँदा खाली हात र्फकनु परेको छैन ।
परिवारसँगै रहँदा उनलाई विदेश जान ठूलो दवाव थियो । आजको अन्नपूर्णमा समाचार छ ।
अहिले कारागारभित्रकै कार्पेट उद्योगमा काम गरेर मासिक १०/१२ हजार रुपैयाँ परिवारलाई पठाउन पाउँदा लामा त खुसी छन् नै उनको परिवार पनि दंग छ ।
‘ कैद भुक्तान गरेपछि पनि सानो कार्पेट उद्योग खोलेर काम गर्ने योजना बनाएको छु’ उनले भने ‘ कारागर मेरो जीवनको भोगाइसँगै जीवन सुधार्ने राम्रो माध्यम बन्यो ।’
बाहिरबाट हेर्दा अस्तव्यस्त देखिने भीमफेदी कारगारभित्र पस्दा जोकोही झुक्किछन्, कारगार हो कि कारखाना ? कोही कार्पेट बुनिरहेका छन्, कोही मुढा बनाइरहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारत-ईयु वक्तव्यको कांग्रेस-मोर्चाद्वारा समर्थन
२१ चैत, काठमाडौं । भारत र युरोपेली युनियन(ईयु) ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना भइरहँदा प्रमुख पतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चा विज्ञप्तिको समर्थनमा देखिएका छन् ।
नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमनत्र सीपी मैनालीले भारत र इयुको टिप्पणी र व्यवहारलाई नेपालीमाथिको हस्तक्षप बताएका आजको अन्नपूर्णमा समाचार छ ।
तर सर्वाधिक मतद्वारा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य चुनिएका डा. शेखर काइरालाले नेपाली सार्वभैमितालाई पुनःपरिभाषित गर्नुपर्ने अडान लिएका छन् ।
कांग्रेसका अन्य नेताबाट भारत र ईयुको संयुक्त वक्तव्यबारे आधिकारिक प्रतिक्रिया नआएपछि पार्टी नेता रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यसबारे सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न आग्रह गरे ।
पौडेलको मौनता र कोइरालाको अभिव्यक्तिले भारतीय कूटनीतिक तहबाट अनौपचारिक रुपमा ‘नेपालको सार्वभौमसत्ताबारे बहस आवश्यक छ,’ भन्ने अभिव्यक्तिको अनुमोदन गर्छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने संविधान निर्माणमा भारतको उपेक्षा गरेबापत नेपालले खेप्नुपर्ने स्वभाविक प्रतिक्रिया ब्रसेःसबाट आएको बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तेल कालोबजारीमा संलग्न ११९ विरुद्ध मुद्दा
२१ चैत, काठमाडौं । भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ ।
नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास पेट्रोल, डिजल तथा मटीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको आजको कारोबार दैनिकमा समाचार छ ।
कारबाहीका पर्नेमा खुद्रा व्षपारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन् ।
कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मटीतेल बरामद भएको छ ।
महानगरीय प्रहरी कार्यालयका अनुसार १०९ कालोबजारीका मुद्दामा ११८ व्यापारी कारबाहीमा परेका छन् ।
५७ जना व्यापारीलाई सचेत गराएर छोडिएको छ । भारतीय नाकाबन्दीपछि कालोबजारी विरुद्ध नेपाल प्रहरी, वाणिज्य तथा आपूर्ति व्ष्वस्थापन विभाग, अधिकारवादी तथा उपभोक्ता संयुक्त रुपमा परिचालित थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
के हुँदै छ वैद्य माओवादीमा ?
२१ चैत, काठमाडौं । एमाओवादीसँग पार्टी एकताको निर्णय लिन नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठक नौ दिनदेखि जारी छ ।
एकताको पक्ष-विपक्षमा नेताहरुले विभाजित भएर मत अभिव्यक्त गरिरहेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एक सय ९९ सदस्यीय केन्द्रीय समितिमा शनिबारसम्म एक सय ५३ जनाले आफ्नो धारणा राखिसकेको प्रवक्ता पम्फा भुसालले बताइन् ।
अध्यक्ष मोहन वैद्य किरण र नेता रामबहादुर थापा बादलको दुई प्रस्तावमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम आइतबार सकिँदै छ ।
अधिकांश नेताले आधारभूत विषय मिलाएर समग्र कार्यदिशाका विषयमा छलफल गर्ने गरी पार्टी एकतामा जान नेतृत्वलाई दबाब दिएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हिन्दू राष्ट्रको माग छाडिन्नः उपप्रधानमन्त्री थापा
२० चैत, वीरगञ्ज । उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग छाड्न नसक्ने बताएका छन् ।
राप्रपा नेपालद्वारा आयोजित हिन्दूत्व जागरण बृहत् जनसभालाई सम्बोधन गर्दै थापाले भने, ‘सनातन हिन्दू धर्मको सम्वद्र्धन र नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउनका लागि आफ्नो पार्टीले सडक र सदन दुवैलाई सदुपयोग गर्ने नीति लिएको छ ।’
लोकतान्त्रिक विधि र प्रक्रियाबाट दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गरेपछि आफ्नो पार्टीले आलोचनात्मक समर्थन गरेको उनले बताए । उनले भने, ‘लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएपछि त्यसलाई मान्दैनौं भन्नु मूर्खता मात्र हो ।’
३१ फरक विचार र ढिपी बोकेका दलहरू र विदेशी शक्तिको चर्को दबाबबीच साझा दस्तावेजका रूपमा संविधान तयार गर्नु चुनौतीपूर्ण कार्य भएको भन्दै उनले संविधानले विचारको विविधता र स्वतन्त्रतालाई सुनिश्चितता, दललाई प्रतिबन्ध नलगाउने व्यवस्था, आवधिक निर्वाचन र संविधान संशोधन गर्ने सहज र सरल व्यवस्थाको ग्यारेन्टी गरेको बताए ।
उनले भने, ‘केही कमजोरी भए पनि हाम्रो संविधानले विश्वका प्रचलित मूल्य मान्यता बोकेकाले अत्यन्त अग्रगामी र प्रगतिशील बनेको छ ।’
उपप्रधानमन्त्री थापाले मधेसवादी दलहरुले उठाएको मुद्दा राजनीतिक मुद्दा भएको भन्दै वार्ता र संवादबाट निकास दिनुपर्नेमा जोड दिए । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ऋचाको मोबाइल मोह
कुनै पनि कार्यक्रममा पुगेर जब स्टेजमा बसिन्छ, मोबाइलमा सलबलाउनु त्यती स्वभनिय मानिदैन । आफूले बोलिसकेपछि अरुका कुरा नसुनेर मोबाइलमै झुण्डिनु राम्रो पनि होइन । तर, काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा भने नायिका ऋचा शर्मामा यस्तै देखियो ।
चलचित्र ‘बाटो मुनिको फूल २’को कार्यक्रममा उपस्थित नायिका शर्माले आफ्नो मोबाइल खुबै चलाइन् । आफूले मन्तव्य राखेपछि ऋचा मोबाइलमै व्यस्त देखिइन् । ऋचाका अनुसार उनको मोबाइलमा ९ सय भन्दा बढी नम्बर छन् ।
जसमध्ये उनी अधिकांश समय फेसबुक, ट्विटर, इन्स्ट्राग्राममा व्यस्त हुन्छिन् । ऋचालाई सर्वाधिक धेरै फोन आफ्नी आमाको आउँदो रहेछ । ऋचाले बोकेको मोबाइल उनलाई गिफ्टमा मिलेको हो । तर, यो आकर्षक कभर भने उनले आफै किनेकी हुन् ।
मोबाइलमा व्यस्त रहने ऋचा समचार अपडेट पनि हेर्ने गर्छिन् । ग्यासेट क्रेजी देखिएकी ऋचालाई मोबाइल नभई हुँदैन । चलचित्रको छायांकनको समयमा पनि खाली हुने वित्तिकै उनी मोबाइलमै झुण्डिन्छिन् । तर, सार्वजनि कार्यक्रममा पुगेर स्टेजमै बसिसकेपछि मोबाइल भन्दा दर्शक र अतिथीको कुरामा पनि ध्यान दिने हो कि ?
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हाम्रो घर हामी नै मिलाउँछौं, छिमेकीले उत्ताउलोपना देखाउनुपर्दैनः गगन थापा
२० चैत, गोरखा । नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेर उत्ताउलोपना देखाएको बताएका छन् ।
असन्तुष्ट मधेसी, थारुलगायत समुदायलाई संविधान संशोधन गरेर हक, अधिकार दिइने भन्दै थापाले छिमेकीको उत्ताउलोपना आवश्यक नभएको टिप्पणी गरे ।
नेपाल स्वास्थ्यकर्मी संघ गोरखाले छेवेटारमा आज आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘हामी हाम्रो घर मिलाउन सक्षम छौँ । छिमेकीले उत्ताउलोपना देखाउनुपर्दैन ।’
संविधान कार्यान्वयन कांग्रेसको प्रमुख प्राथमिकता रहेको भन्दै उनले सरकारमा जान हतार नगर्ने बताए । ‘संविधानप्रति असन्तुष्टि र आक्रोश देखिएको छ । मधेसी, थारुलगायत समुदायलाई चित्त बुझाएर मात्रै हामी अघि बढ्छौं, कांग्रेस नेता थापाले भने । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
श्रीलंकालाई महिला बास्केटबल उपाधि, नेपाल उपविजेतामा सिमित
२० चैत, काठमाडौं । श्रीलंकाले प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकाले नेपाललाई घरेलु कोर्टमा ७५-४९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो । श्रीलंकाको जितमा गालागे इरान्डीले १४ अंक योगदान गरिन् । नेपालकी भावना लामाले ११ स्कोर गरिन् ।
हारसंगै नेपालले उपविजेतामा चित्त बुझाउनु पर्यो । आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले नेपाली महिला टिमलाई प्रोत्साहन स्वरुप १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिने जनाएका छन् ।
समान ३-३ खेल जितेका श्रीलंका र नेपालबीच भएको प्रतियोगिताको अन्तिम खेल नै फाइनल सरह थियो । उक्त खेल जसले जित्यो उपाधि त्यही टिमको पोल्टामा पर्ने निश्चित थियो ।
चार क्वाटरको खेलमा नेपालले कुनैपनि क्वाटरमा अग्रता लिन सकेन । पहिलो क्वाटरमा श्रीलंकाले १५-९ को अग्रता लिएको थियो भने दोश्रोमा २०-१३ ले अगाडि रह्यो । श्रीलंका तेश्रोमा १७-१६ तथा चौथोमा २३-९ ले अघि थियो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा श्रीलंकाले नेपाल विरुद्धको खेलमा मात्र समग्रमा तेहोरो अंक जोड्न सकेन । अपराजित रहँदै लगातार चार खेल जितेको श्रीलंकाले नेपाललाई हराउनुअघि माल्दिभ्सलाई १०५-३९, भुटानलाई ११२-३१ तथा बंगलादेशलाई ११५-११ अंकले हराएको थियो । त्यस्तै नेपालले बंगलादेशलाई ९२-२६, माल्दिभ्सलाई ७७-३६ तथा भुटानलाई ९०-३२ ले पन्छाएको थियो ।
चार खेलमा समान २-२ जित र हारको सामना गरेको माल्दिभ्स तेश्रो भयो । भुटानले चौथो स्थानमा यात्रा टुंगायो । भुटानले १ जित र ३ हार व्यहोर्यो । जितविहीन बनेको बंगलादेश पुछारबाट पहिलो स्थानमा रह्यो ।
शनिबारै पहिलो खेलमा भुटान र बंगलादेश भिडेका थिए । त्यसमा भुटान ६१-२९ ले अगाडि रहँदै सान्त्वना जित निकाल्यो । भुटान १८-२, १९-८, ११-१२ र १३-७ ले विजयी भयो । भुटानको स्कोर बोर्डमा पेम छिरिङले सर्वाधिक २७ स्कोर थपिन् ।
दक्षिण एसियामै नेपालले पहिलोपटक आयोजना गरेको पाँचदिने दक्षिण एसियाली महिला बास्केटबलमा जम्मा १० खेल खेलाइएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
किशोर नेपाल: अन्धराष्ट्रवादीले मलाई भारतीय दलाल भन्छन्
वरिष्ठ पत्रकार किशोर नेपालले अन्तरवार्ता लिन बत्तिसपुतलीमा रहेको एउटा कार्यालयमा बोलाए । कार्यालय उनको आफ्नै रहेछ । हामी पुग्दा उनी कम्युटरमा तास खेल्दै थिए । हामीले नमस्ते गर्यौं । कम्युटरमा एकोहोरिएका उनले मुन्टो नघुमाइकन भने, ‘ल, के छ सोध ।’ प्रश्न राखेपछि बल्ल कुर्सी घुमाए, अनि चिउडोमा हात राखेर जवाफ दिन थाले ।
तपाईंको पारिवारिक पृष्ठभूमि बताइदिनुस न ?
मेरो त्यस्तो विशेषखालको पृष्ठभूमि छैन । अरुको जस्तो हुन्छ, मेरो पनि त्यस्तै हो । के बताइरहनु ?
तैपनि, यत्तिको मान्छेको पृष्ठभूमि पाठकले जान्न पाउनुपर्यो नि..
मेरा पिताजी राजा महाराजको पण्डित हुनुहुन्थ्यो । उहाँको लामो कालखण्ड भारतमा बित्यो । यद्यपि म जन्मेपछि नेपालमै बस्नुभयो । मेरो पढाइ चाबहिलको पशुपति विद्यालय र दरबार हाइस्कुलमा भयो । क्याम्पस त्रिचन्द्रमा पढेँ । यही हो ।
पत्रकार किन र कसरी बन्नुभयो ?
सानैदेखि पढ्ने भोक ठूलो थियो । पढ्दै जाँदा लेख्ने भोक उत्पन्न भयो । कविता-कथा लेख्न थालेँ । लेख्दै जाँदा पत्रकारिताको सोख उत्पन्न भयो । विद्यार्थी कालमा म राजनीतिमा पनि संलग्न रहेँ । त्यसमार्फत पनि पत्रकारितासँग नजिक भइयो । एसएलसीपछि नेपाल टाइम्स दैनिकमा रिपोर्टिङ गरेर आफ्नो पत्रकारिता यात्रा थालेको हुँ । अन्ततः यही क्षेत्रमा ४५ वर्ष बितिसकेछन् ।
तपाईंले यात्रा सुरु गर्दा नेपालको पत्रकारिता कस्तो अवस्थामा थियो ?
पञ्चायतकालमा पत्रकारिता गर्नु कठीन र जोखिमपूर्ण पनि थियो । तरवारको धारमा टेकेर हिँडेजस्तो हुन्थ्यो । कतिपय अवस्थामा सेन्सर अफिसर नै पत्रिकाको अफिसमा आएर धर्ना दिन्थे । उनीहरुको आँखा अगाडि समाचार सम्पादन गर्नुपथ्र्यो । समाचारमा तलमाथि भए तुरुन्तै सीडीओ कार्यालयले पुर्जी काट्थ्यो । उस्तै परे जेल हाल्थ्यो ।
आर्थिक पक्षबाट खासै केही थिएन । नेपाल टाइम्समा मासिक सय रुपैयाँ आउँथ्यो । त्यसले गुजारा गर्न कठीन हुन्थ्यो । ०३४ सालतिर गोरखापत्र ज्वाइन गरेँ । त्यहाँ मासिक ५ सय कमाउने भएँ । पञ्चायतकालको अन्तिमतिर रोयटर्समा चार वर्ष काम गरेँ । त्यस कालखण्डमा मेरो आर्थिक अवस्था अलिकति उकासियो ।
प्राविधिक हिसाबले हेर्दा रिपोर्टिङ गर्ने काम सकसपूर्ण नै थियो । मोबाइल, इन्टनरनेट, इमेल फ्याक्स केही पनि नभएका बेला घटनास्थलमै नपुगिकन समाचार संकलन सम्भव थिएन । कसैको अन्तरवार्ता लिनुपर्यो भने पहिले घरमै पुगेर टाइम लिनुपथ्र्यो । घरमा जाँदा मान्छे भेट हुने टुंगो नहुने । आफ्नो निजी सवारी साधन थिएन । काठमाडौंमा प्रायः हिँडेरै रिपोर्टिङ गरिन्थ्यो ।
तपाईं पहिले आफ्नो नाम पछाडि ‘झुत्रे’ टाइटल लेख्नुहुथ्यो रे । पछि किन छाड्नुभयो ?
त्यो धेरै पहिले हो, जतिबेला म भर्खर-भर्खर साहित्य लेख्न थालेको थिएँ । त्यतिबेला बिचित्र-बिचित्रका टाइटल राख्ने लहरै थियो । कसैले अभागी राख्थे, कसैले पागल, कसैले बेसहारा, कसैले के । मैले झुत्रे राखेँ । युनिक शब्द खोज्ने क्रममा यही भेटेँ । पछि आफैंलाई मन पर्न छाड्यो, अनि हटाएँ ।
किशोर नेपालले नचाखेका मिडिया खासै छैनन् भनिन्छ । अहिलेसम्म कति मिडियामा काम गर्नुभयो ? गणना गर्नुभएको छ ?
४५ वर्षसम्म एउटै मिडियामा झुण्डिएर बस्ने कुरा आउँदैन । पक्कै पनि धेरै मिडिया चाखेको छु । तर, सबै भ्याएको छु भन्ने होइन ।
नेपाल टाइम्स र दैनिक नेपालमा केही समय काम गरेपछि गोरखापत्र प्रवेश गरेँ । म प्रजातान्त्रिक हक-अधिकारको वकालत गर्दै आएको मान्छे । तत्कालीन राज्यसत्ताको गुणगान मात्रै गाउने गोरखापत्रमा लामो समय टिक्ने अवस्था रहेन ।
गोरखापत्र छाडेर केही साथीहरुसँग मिलेर देशान्तर साप्ताहिक निकालें । ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि मिडियाहरुको बाढी नै आयो । यसबीचमा कान्तिपुरमा दुईपटक काम गरेँ । ०५० सालतिर सहकर्मीहरुसँग विवाद भएर म त्यसबाट निस्केँ ।
पहिलोपटक कान्तिपुर दैनिकमा सवा एक वर्षजति काम गरेँ । मेरा मित्र योगेश उपाध्याय सम्पादक र म समाचार संयोजक थिएँ । दोस्रोपटक नेपाल म्यागजिनको सम्पादक भएर गएँ । दुई वर्षजति चलाएँ ।
देशान्तरपछि आफ्नोसमेत लगानीमा नयाँ सडक दैनिक सुरु गरेँ । त्यो डेढ वर्ष चल्यो । आर्थिक संकटले बन्द भयो । पछिल्लोपटक शुक्रबार साप्ताहिक र नागरिक दैनिकको सम्पादक भएँ । त्योपछि छाडेर अहिले आफ्नै ढंगले काम गरिरहेको छु ।
नयाँ सडकमा निकै पैसा डुबाउनुभयो क्यारे होइन ?
सम्पूर्णरुपमा मेरो सोच र अवधारणा अनुसार निकालिएको थियो नयाँ सडक । त्यसमा मेरो लगानी १० प्रतिशत थियो । पत्रिका नचलेको होइन, चलेको हो । तर, बिक्रीको भरमा मात्रै नाफा कमाउने खालको त्यो पत्रिका थिएन । त्यतिबेला विज्ञापन बजार पनि राम्रो थिएन । त्यसैले खर्च धान्न सकिएन ।
पत्रिका बन्द हुँदा सबैभन्दा आर्थिक मारमा म परेँ । मलाई व्यक्तिगत २५-३० लाख घाटा भयो होला । मेरो औकातअनुसार यो ठूलै रकम हो । तर, पैसा डुब्यो भनेर रुँदै हिँडिन । आफ्नो यात्रा जारी राखेँ ।
कुनै पत्रकार एउटा मिडियामा दुई वर्षभन्दा बढी काम गर्छ भने उ नालायक हो । पत्रकार भनेको चलायमान नै हुनुपर्छ
लुगा फेरेजस्तो मिडिया फेर्दै हिँडिरहनुभएको छ, एउटै मिडियामा लामो समय टिक्न नसक्नुको कारण चाहिँ के हो ?
म कुनै खरदार, सुब्बा वा शाखा अधिकृत होइन, एउटै जागिरमा जीवनभर अल्झेर बस्ने । मेरो मान्यता के छ भने कुनै पत्रकार एउटा मिडियामा दुई वर्षभन्दा बढी काम गर्छ भने उ नालायक हो । पत्रकार भनेको चलायमान नै हुनुपर्छ ।
एउटै मिडियामा लामो समय बस्दा पत्रकार कुँजो हुन्छ । मेरो हकमा कुनैमा घाटा लागेर पत्रिका बन्द भो, टिकिनँ । कुनैमा सहकर्मीसँग मतभेद भो, निस्केर हिँडे । कुनैमा यत्तिकै झ्याउ लागेर छाडेँ । कुनैमा मलाई नियुक्ति दिनेले नै निस्केर जा भन्यो, गएँ ।
तपाईंजतिको हस्तीलाई प्रकाशकले निस्केर जा भन्नु त तीतो अनुभव हो नि होइन र ? त्यसको प्रतिवाद किन गर्नुभएन ?
प्रकाशकलाई सम्पादक फेर्न मन लाग्छ, फेर्छ । काम दिनेले नै निस्केर जा भनिसकेपछि के म उसको पाउ समातेर बसिरहनु ? कि म जाँदै जान्न भनेर झगडा गर्नु ? त्यसरी बसिरहनुको के अर्थ छ ?
एउटा पत्रिकामा फ्यामिली बोर्ड हुन्छ । आफू चेयरम्यान हुन्छन् र श्रीमती-छोराछोरीलाई बोर्ड मेम्बर बनाउँछन् । त्यस्तो बोर्डले निर्णय गरेर हटाउँछ, सकियो । यहाँका पत्रिकामा थोडी कुनै कर्पोरेट कल्चर छ र आफ्नो कुरा राखेर मालिकविरुद्ध लड्न सकियोस् ?
त्यसो त सम्पादकको जिम्मेवारीमा रहँदा तपाईं आफैं पनि मालिकको रुपमा प्रस्तुत हुने गरेको चर्चा सुनिन्छ नि पत्रकारमाझ ?
हो, म गर्छु । सत्य कुरा हो । मेरो पत्रकार मेरो अनुशासनमा नबसेर आफ्नै तालमा काम गर्न थाल्यो भने गाली गर्छु । कारवाही पनि गर्छु । जिम्मेवारीभन्दा बाहिर गएर काम गर्छ भने एक्सन लिने कि नलिने ?
मेरो आक्रामक स्वभाव सबैलाई थाहा छ र मेरो अन्डरमा काम गर्ने पत्रकारहरु यही स्वभावमा खुशी हुन्छन् । मैले यसरी कडा अनुशासनमा राखेर नसिकाएका भए आज यति राम्रा पत्रकारहरु उत्पादन गर्न सक्ने थिइनँ । अहिले बजारमा हेर्नुस, मैले काम सिकाएका रिपोर्टर र सम्पादकको भिड छ ।
तपाईंले पत्रकारिता गरेर मित्र धेरै कमाउनुभयो कि सत्रु ? कुनै लेखाजोखा गर्नुभएको छ ?
गरेको छैन । लेखाजोखा गरेर बस्ने फुर्सद छैन । म मित्र कमाउनकै लागि पत्रकारिता गर्दिन । सत्रु जन्मिन्छन् भने पनि वास्ता गर्दिँन । कसैलाई खुशी पार्न वा कसैसँग बदला लिन म लेख्दिँन ।
खासमा पत्रकारको न कोही मित्र हुन्छ, न कोही सत्रु । कहिलेकाहीँ नजिकको मित्रविरुद्ध पनि कलम चलाउनुपर्ला । कहिलेकाहिँ सत्रुको पनि तारिफ गरेर लेख्नुपर्ला । रिसाउनेलाई रिसाउन दिने हो । खुशी हुनेलाई खुशीमा रम्न दिने हो । आज खुशी हुने भोलि रिसाउँछ, भोलि रिसाउने पर्सि खुशी हुन्छ । यस्तै चल्छ ।
आफू देशमा कति लोकप्रिय वा अलोकप्रिय छु भन्ने लाग्छ ?
त्यो पनि म जान्दिनँ । म पत्रकारिता गर्ने क्रममा देशका अधिकांश भागमा घुमेको छु । बालबच्चाहरुले पनि चिन्छन् । सेलीब्रेटी जस्तो गर्छन् । त्यो देखेर म फुरुक्क पर्दिँन । ट्वीटरमा मेरा कति फलोअर छन्, फेसबुकमा कति लाइक छन् भन्ने हेरेर आनन्द लिने पनि गर्दिन । यी सबै आत्मरति हुन् । क्षणिक हुन् ।
तपाईं आउनुभो, कुरा गर्नुभो । भोलि छाप्नुहुन्छ । राम्रैसित लेख्नुभयो भने ‘ल धन्यवाद’ भन्ने हो । अलिकति चित्त बुझेन भने ‘भाइ बिग्रेछ है, तैपनि धन्यवाद’ भन्ने हो । म गदगद हुँदै ‘अनलाइनखबरबाट चिरञ्जीवी आएर इन्टरभ्यू गर्यो है’ भनेर नाच्दै हिँड्ने कुरा आउँदैन ।
बजारमा एउटा चर्चा के छ भने तपाईं जिल्लाहरुमा गएर आफूलाई पत्रकारको रुपमा चिनाउँदा ‘ऋषि धमलालाई चिनेको छ ?’ भनेर सोध्छन् रे, हो ?
हुन सक्छ । त्यस्तो भएको छैन भन्दिनँ । यो ठूलो कुरा होइन । कसैलाई ऋषि धमला नै ठूलो पत्रकार लाग्छ रे । टेलिभिजनमा दिनदिनै नेताहरुको अघिपछि देखेका हुन्छन् । ठूलो मान्नु स्वभाविक पनि हो । म ऋषि धमला केही होइन पनि भन्दिँन । सारा नेताहरुसँग पहुँच बनाएको छ, क्लव चलाएको छ । पत्रकारहरुलाई लाइन लगाएर पुरस्कार बाँडेको छ । उसले नगरेको के छ ?
मैले अघिल्लो हप्ता हरि अधिकारीसँग कुरा गरेको थिएँ । तपाईंको पुरानो दोस्त हुनुहुँदोरहेछ । उहाँको गुनासो थियो कि कसैसँग तपाईंको लामो सम्बन्ध हुँदैन, तपाईंको चरित्र नै त्यस्तो छैन । हो ?
मैले पढेको थिएँ । हरि अधिकारी को हो भन्ने मलाई थाहा छैन । जो मान्छेसँग मेरो २० औं ३० औं वर्षदेखि देखभेट नै भएको छैन, ऊ कसरी मेरो दोस्त ? केको दोस्ती ?
हरेक मित्रताको एउटा सान्दर्भिकता र औचित्य हुन्छ । त्यसको निश्चित कालखण्ड हुन्छ । कसैसँग पनि अनन्तकालसम्म सँगै रहन सकिन्न । लामो सम्बन्ध हुने भनेको त श्रीमतीसँग मात्रै हो । हरेक मान्छेको सेन्टर आफू नै हो । सँधै पुराना मित्रहरुकै पछि लागेर हिँड्ने हो भने नयाँ मित्र कसरी बनाउने ?
प्रत्येक ठूला सम्पादकले देशका महत्वपूर्ण नेतासँग सकेसम्म राम्रो सम्वन्ध बनाउनुपर्छ । उनीहरुको बेडरुमसम्म पुग्ने हैसियत राख्नुपर्छ
तपाईं कांग्रेस पृष्ठभूमिको व्यक्ति । तर, पछिल्लो समय एमाओवादी अध्यक्ष प्रचण्डको एक नम्बर प्रशंसक भन्नुभयो । उहाँलाई झण्डै देउताकै तहमा राखेर लेख्नुभयो । यसमा अलि विरोधाभास भएन ?
पहिलो कुरा मलाई कांग्रेस देख्ने तपाईंको आँखा दोषी हो । हो, म प्रजातन्त्रमा विश्वास राख्छु, प्रजातान्त्रिक शक्तिमा विश्वास राख्छु । कांग्रेसलाई भोट पनि हालेँ होला । तर, यसको अर्थ म कांग्रेसी होइन, खालि पत्रकार हुँ ।
मजतिको हैसियत बनाएको मान्छेेले प्रचण्ड जस्तो व्यक्तिसँग झगडा गरेर पत्रकारिता गर्दैन । माधव नेपाल, केपी ओलीहरुसँग पनि झगडा गर्दैन । सबैसँग सन्तुलन बनाउँछ । प्रत्येक ठूला सम्पादकले देशका महत्वपूर्ण नेतासँग सकेसम्म राम्रो सम्वन्ध बनाउनुपर्छ । उनीहरुको बेडरुमसम्म पुग्ने हैसियत राख्नुपर्छ । म त्यो हैसियत राख्छु ।
मेरो सबैसँग हार्दिक सम्वन्ध छ । मैले प्रचण्डको प्रशंसा गरेँ, जतिबेला उनी प्रशंसाका योग्य थिए । माओवादी जनयुद्धमा जनता दुई बन्दुकको बीचमा चेपिएका थिए । प्रचण्डले माओवादीलाई शान्ति प्रक्रिया ल्याएर देशलाई त्राण दिए । त्यस्ता प्रचण्डको मैले प्रशंसा नगर्नु ?
तर, अचेल प्रचण्डको प्रशंसा गर्न छाडिसकें । किनकि उनले प्रशंसा लायक कुनै काम गरेका छैनन् । अचेल म उनको कटु आलोचना गर्छु । तपाईंले अचेल मेरा लेखहरु नै पढ्नुभएको छैन जस्तो छ । पढ्नुस् अनि प्रश्न गर्नुस् ।
केपी ओलीले देश र जनतालाई पाँचवटा काम के गरे ? त्यो मलाई बताइदिनुस् । भगवानको त आलोचना हुन्छ, हु इज केपी ओली ?
अनि पछिल्लो समय तपाईंको कलमले प्रधानमन्त्री केपी ओलीलाई एकोहोरो धावा बोल्नुको कारण चैं के हो ?
मैले धावा-सावा बोलेको छैन । उहाँ भाषण गर्नुहुन्छ, हामी हाँस्छौं, ‘रियाक्ट’ गर्छौं । त्यति पनि गर्न नपाउने ? केपी ओलीले देश र जनतालाई पाँचवटा काम के गरे ? त्यो मलाई बताइदिनुस् । भगवानको त आलोचना हुन्छ, हु इज केपी ओली ?
तपाईंको लेखाइको प्याट्रन, विशेषगरी भारतीय नाकाबन्दी यता, कताकता प्रायोजित जस्तो देखिन्छ नि ? आलोचकहरुले ‘भारतीय दलाल’ भन्नसम्म बाँकी राख्दैनन्
अन्धराष्ट्रवादीहरुले भन्ने कुरा हुन् यी । म मधेसमा बस्ने जनताको हक-अधिकारको पक्षमा छु । उनीहरु शोषित र उत्पीडित छन् । राज्यले उनीहरुलाई पाइला-पाइलामा विभेद गरेको छ । म त्यसको विरोधमा आवाज उठाउँछु । मधेसीहरुलाई इन्डियनका रुपमा हेर्नु हुँदैन भन्छु । त्यसो भन्दा मलाई ‘भारतको दलाल’ भन्छन् । यो मलाई मात्र होइन, अरुलाई पनि भन्छन् ।
अश्लीलता भन्या के ? नग्नतालाई अश्लीलताका रुपमा परिभाषित गर्नु ठीक होइन
आफूलाई चित्त नबुझ्नासाथ भारतीय दलाल भनेर मुक्ति पाइन्छ ? खोतल्दै जाने हो भने नेपालमा सबै भारतीय दलाल छन् । प्रधानमन्त्री ओलीसहित सबैलाई भारतीय दलाल भन्न सकिन्छ । किन मलाई मात्रै ?
तपाईंले नेपाली पत्रकारितामा अश्लीलता प्रवर्द्धन गर्नुभयो भन्ने सदाबहार आरोप लाग्छ । यसलाई कसरी जवाफ दिनुहुन्छ ?
बजारमा जे चलिरहेको छ, त्यही बेच्ने हो । अश्लीलता भन्या के ? नग्नतालाई अश्लीलताका रुपमा परिभाषित गर्नु ठीक होइन । नग्नता ब्युटी हो । यो सृष्टिको सबैभन्दा श्लील कुरा हो । हेर्ने दृष्टिकोण सफा हुनुपर्छ ।
तपाईं हलिउडदेखि बलिउडका नग्न सिनेमा खोजीखोजी हेर्नुहुन्छ । नग्नताको मजा लिनुहुन्छ । अनि बाहिर आएर भन्नुहुन्छ, किशोर नेपालले अश्लीलता फैलायो । पढ्न मन नलाग्नेले नपढ्दा भयो । रिजेक्ट माइ एडिटिङ । सो ह्वाट ? मान्छेले पढिरहेका छन् ।
मैले दुई-दुईवटा मनोरञ्जन पत्रिका स्थापित गरिदिएको छु । पाठकले जे खोजेका छन्, त्यो दिएको छु । मलाई हिजो नागरिकमा काम गर्दा हिन्दुवादीले कार्यालयमा आएर गोदे । पछि उनीहरु नै निहुरिए । जब समाजले समाजले स्वीकार गरिरहेको छ भने कसैलाई किन आपत्ति ? हु द हेल यू आर टु हिट द्याट एडिटर एन्ड म्यागजिन ?
पत्रिका चलिरहेको छ । तीसौं हजार, चालिसाैं हजार बिकिरहेको छ । गतिलो काम गरिस् भनेर स्यावासी दिनु त कता हो कता, अश्लीलता फैलायो भन्छन् । हिजो गोरखापत्रमा कलर मेसिन ल्याउदा पनि यसले डुबाउने भयो भन्थे । यस्तै नकारात्मक सोचले गर्दा देश पछि परेको हो ।
पत्रकारिता गरेर कति पैसा कमाउनुभयो ? कि कमाउनेभन्दा गुमाउने धेरै भयो ?
मैले यसको पनि हिसाब गरेको छैन । तर, यकिनसाथ भन्न सक्छु गुमाएकोभन्दा कमाएकै छु । पत्रकारिताबाटै बाँचेको छु र परिवारको भरण पोषण गरिरहेको छु । नत्र, ४५-४५ वर्षसम्म टिक्ने थिइनँ । कहिले भोकै परियो होला, कहिले निजी सम्पत्ति पनि यसैमा सिध्याइयो होला । तर, म कहिल्यै पनि विचलित भइँन ।
आफ्नो माटोमा लडिबुडी गरेको छु । यो सबै छाडेर म किन अमेरिकामा बसेर स्यान्डवीच बनाउन जाउँ ? देेशको माटोसँग जोडिएर काम गर्दाको आनन्द अन्त कहाँ छ ?
कठिन समयमा कहिल्यै यो पेशाबाट पलायन हुने सोच दिमागमा आएन ?
बिल्कुलै आएन । अवसरहरु थिए, नभएका होइनन् । पढेलेखेको मान्छे, जहाँ पनि बिक्न सक्थेँ । धेरै साथीहरुले अमेरिका बस, बेलायतमा बस, अवसर छ भन्थे ।तर, मलाई यहाँ जुन मजा छ, त्यो बेलायत र अमेरिकामा कसरी पाउँछु ? आफ्ना मानिसहरुको बीचमा छु । आफ्ना नागरिकहरुसँग अन्तरक्रिया गर्दै हिँडेको छु । आफ्नो माटोमा लडिबुडी गरेको छु । यो सबै छाडेर म किन अमेरिकामा बसेर स्यान्डवीच बनाउन जाउँ ? देेशको माटोसँग जोडिएर काम गर्दाको आनन्द अन्त कहाँ छ ?
एउटा पत्रकारका रुपमा तपाईंले कस्ता-कस्ता दुःखहरु सामना गर्नुभयो ?
पत्रकारलाई दुख मान्ने लक्जरी छैन । दुखमा नै सुखवोध गर्न सक्नुपर्छ । मैले आफ्नो आत्मसन्तुष्टिका लागि पत्रकारिता गरेँ । तर, मेरो आत्मसन्तुष्टिको निम्ति परिवारले बोझ उठाउनुपर्यो ।
मैले आफ्नो परिवारलाई सुखी जीवन दिन सकिँन । छोराछोरीलाई भनेजस्तो शिक्षा दिन सकिँन । श्रीमतीलाई देश-विदेश घुमाउन सकिनँ । घर-व्यवहारमा ध्यान दिन सकिनँ । तर, कसैको पनि मप्रति गुनासो छैन । यो पेशाको महत्व मेरो परिवारले बुझेको छ ।
तपाईंले आफ्नो जीवनमा गरेका रिपोर्टिङमध्ये सबैभन्दा आत्मसन्तुष्टि केमा छ ?
जति चुनौतिपुर्ण रिपोर्टिङ छ, त्यति नै आनन्द आउँछ । ०४५ सालको भूकम्पमा पूर्वाञ्चलमा गएर गहन रिपोर्टिङ गरे । पत्रिकामा लेखेँ, ‘राज्यलाई थाहा छैन पूर्वाञ्चल’ भन्ने शीर्षकमा । अहिलेको भूकम्पमा मिडियाहरुमा आएको रिपोर्टिङ भन्दा बेग्लै गहिराइ भएको रिपोर्टिङ थियो त्यो ।
ठूला दैनिकको सम्पादक हुँदा तपाईंले कस्ता-कस्ता दबावहरुको सामना गर्नुभयो ?
दबाव भनेको एडिटरको हैसियत अनुसार आउँछ । मजस्तो एडिटरलाई कसैले दबावै दिन सक्दैन । मलाई सहमतिमा ल्याएर काम गराउन सकिन्छ । तर, दबाव दिएर सकिँदैन । १८ महिना टेलिभिजनको अध्यक्ष हुँदा एक जना मन्त्रीको पनि दबाव मानिनँ । प्रधानमन्त्रीको पनि मानिनँ ।
तपाईंको आँखामा नेपालको सबैभन्दा गतिलो अखबार कुन हो ?
निसन्देह कान्तिपुर नै हो नि । संगठित र निस्पक्ष समाचार तथा विविधतापूर्ण विचारको समिश्रण कान्तिपुरमा जस्तो अरुमा छैन ।
अचेल दिनचर्या कसरी बितिरहेको छ ?
कम्युटरमा खेल्ने, अखबार पढ्ने, लेख लेख्ने, कफी खाने, साथीभाइसँग भेट्ने, छिल्लिने यस्तै हो ।
भावी योजना ?
केही छैन ।
प्रस्तुती- चिरञ्जीवी पौडेल
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रत्युषाले आत्महत्या गर्नु अगाडि किन लेखिन यस्तो मन छुने सन्देश
मुम्बई । ‘बालिका वधु’ फेम प्रत्युषा बनर्जीले शुक्रवार सुसाइड गरेकी छिन् । उनी आफ्नो घरमा पासो लगाइ ज्यान दिएको अवस्थामा फेला परेकी थिइन् ।
उनलाई तत्काल कोकिलाबेन अंबानी हस्पिटलमा लगिएको थियो । तर चिकित्सकहरूले उनलाई तत्काल मृत्यु घोषणा गरेका थिए ।
त्यस बेला प्रत्युषाको शरीरमा चोट देखिएको चिकित्सकहरूले बताएका छन् । उनको शरीरमा संकास्पद डाम देखिएको समाचारमा उल्लेख छ । प्रत्युषालाई कुटपिटपछि हत्या पनि गरेको हुन सक्ने आफन्तले आशंका गरेका छन् ।
प्रत्युषाले ह्वाट्सएपमा राखेका सन्देशले उनी डिप्रेशनमा रहेको देखाएको छ । ह्वाट्सएपको सन्देशमा उनले ‘मरके भी मुंह ना मोड़ना’ भनेर लेखेकी छिन् ।
प्रत्युषाकी एक साथीका अनुसार उनी डिप्रेशन मा थिइन् । काम नपाउनु, आर्थिक संकट र आफ्नो लिव–इन ब्वायफ्रेंड राहुल राज सिंहका कारण डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुई महिना अगाडि मात्रै प्रत्युषा र राहुलसँगै बस्ने निर्णयमा पुगेका थिए ।
सँगै बस्ने क्रममा प्रत्युषा र राहुलबीच झगडा हुने गरेको थियो । प्रत्युषाका नजकिका साथीहरूका अनुसार राहुलले प्रत्युषालाई कुटपिट गर्ने गरेको आरोप लगाएका छन् ।
प्रत्युषाले आत्महत्या गरेदेखिनै उनका ब्वाईफ्रेन्ड राहल सम्पर्क विहीन बनेका छन् । उनले आफ्नो मोबाइल फोन बन्द गरेर बसेको जनाइएको छ । प्रत्युषाको आत्महत्या प्रकरणलाई लिएर प्रहरीले राहुललाई खोजी सुरू गरेको छ । एजेन्सी
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपालले घुँडा टेकाइदिएपछि भारत युरोपियन युनियनको शरणमाः पौडेल
काठमाडौं, २० चैत । युवा संघ नेपालका महासचिब किरण पौडेलले नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्थाको दोषी भारत र उसको गलत कुटनीतिक चाल रहेको बताएका छन् ।
युवा संघ नेपाल कार्यबिनायक नगर अधिबेशनलाई सम्बोधन गर्दै पौडेलले अहिले केही कथित बुद्धिजिबी नामधारी बिदेशी दलालहरु मुलुकको राष्ट्रियता र सार्वर्भौमिकता बिरुद्ध बाह्य हमला भईरहेको अवस्थामा त्यसको बिरुद्ध कलम चलाउनु सटा उल्टै आफ्नो देशको कुटनीतिक त्रुटी औल्याउँदै बिदेशीकै भक्तिभाव गाइरहेको आरोप लगाए ।
उनले थपे– नेपालको हरेक राजनीतिक परिवर्तन सँगै भारतले केही न केही बार्गेनिङ गर्दै आएको र हामीले पनि केही न केही गुमाउँदै आएका थियौ, कोशी, गण्डकी लगायतका तमाम राष्ट्रघाति सम्झौताहरु यसको उदारहण हुन इतिहासमा पहिलोपटक केही नगुमाई कन, नचुकी कन र नझुकी कन परिस्थितीको सहज अवतरण यही सरकारको नेतृत्व भएको घडीमा केही विद्वानहरु भारत र युरोपियन युनियनको बक्तब्यको पक्ष पोषण गरिरहेका छन् ।
सधैं नेपाललाई आफ्नो काबुमा राख्न खोज्ने र नेपाली जनतालाई गुलाम बनाउन खोज्ने भारतले यसपटक घुडा टेक्दै धुलो चाट्नु परेको छ र धुलो टक्टकाउदै युरोपियन युनियनको शरणमा पुगेको छ । संसार सारा डुले पनि मोदीजी अन्तिममा नेपालसँगै आएर आफ्नो मन बुझाउन बाध्य हुनुपर्ने छ । सरकारको यो साहसिक अडान र कदमबाट आज आम युवाहरुलाई नेपाली हुनुको गर्व महसुस भएको उनले उल्लेख गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रत्यूषाका ब्वाईफ्रेण्ड पक्राउ, आत्महत्याको बयानले प्रहरी नै छक्क
मुम्बई । आत्महत्या गरेकी टेलिभिजन कलाकार प्रत्यूषा बनर्जीका ब्वाईफ्रेण्ड राहुल राज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चर्चित टेलिश्रृखला ‘बालिका बधु’की आनन्दी भनेर चिनिएकी २४ वर्षीया प्रत्यूषा शुक्रबार अपराह्न आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनी मृत फेला परेलगत्तै उनका ब्वाईफ्रेण्ड राहुल सम्पर्कविहिन थिए । राहुलले प्रत्यूषाको मोबाइल पनि लगेर फरार भएका थिए । उनलाई प्रहरीले २४ घण्टापछि शनिबार दिउँसो पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीलाई दिइएको सनसनीपूर्ण बयानः
पक्राउ परेका राहुलले प्रत्युषाको आत्महत्याबारे सनसनीपूर्ण बयान दिएका छन् ।
समाचार अनुसार उनले भनेका छन्- म साँझ करिब साढे चार बजे काम सकेर घर पुगेको थिए । दुई कोठा भएको त्यो घरमा एउटा कोठाको चाबी मसँग थियो र अर्काे प्रत्यूषासँग थियो । जब म दोस्रो कोठाभित्र पसे तब प्रत्युषालाई पंखामा झुण्डिएको पाए । म एकदमै डराए । मैलै छिमेकीको सहयोगमा प्रत्यूषालाई पंखाबाट तल झारे र हामीले उनलाई नजिकैको अस्पताल कोकिलाबेन लग्यौ । हामी उनी जिवितै हुनेछिन भन्नेमा विश्वस्त थियौ । म यति धेरै डराएको थिए र तनावमा पनि थिए । यसैकारण मैले प्रहरीलाई जानकारी नदिएको हुँ । कोकिलाबेन अस्पतालका डाक्टरहरुले भने की प्रत्युषा रहिनन्, त्यसपछि मैले केही साथीहरु र प्रत्युषाका परिवारलाई यो खबर बताए । यो खबरको अस्पताल प्रशासनले अन्तिममा प्रहरीलाई बताएको थियो ।
राहुलले यस्तो बयान दिएपनि प्रत्यूषाको शरीरमा चोटको निशान देखिएको र हत्या भएको हुनसक्ने अनुमान गरिएको छ भने उनका परिवारले हत्या नै गरिएको दाबी गरेका छन् ।
प्रहरीले ब्वाईफ्रेण्ड राहुललाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
US man ‘live streams’ gun shooting on Facebook
NEW YORK: A video showing a man firing at someone while streaming the incident live on social networking site Facebook’s “Live Video” feature went viral and was being investigated by Chicago police, a media report said.
In the video clip, a man in a blue hat is seen talking into the camera while standing in front of a convenience store in Chicago’s West Englewood neighbourhood, tech website Mashable reported.
Moments later, shots are fired and the phone drops to the street with camera facing up. The apparent assailant steps into the frame and continues the firing. Soon a woman’s scream is heard, the report added.
While people raised questions on video’s authenticity, Chicago Police said the video is likely legitimate.
“Chicago Police Department is aware of the video on social media in question and suspect the video is connected to the incident,” a police officer was quoted as saying.
The officer said that detectives were working to confirm its authenticity, adding that a man, believed to be a known gang member, was shot at the location seen in the video.
The suspected shooter was still at large.
“Live Video” feature allows users to broadcast live video from their smartphones, making it easier for them to disseminate news faster to a large audience.
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अध्यादेशप्रति प्रधानन्यायाधीश असन्तुष्ट
वीरेन्द्रनगर, २० चैत । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुनरावेदन अदालत खारेज गर्ने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएको छ । प्रधानन्यायाधी श्रेष्ठले अध्यादेशबारे आफूले कुनै टिप्पणी नगर्ने र त्यसका बारेमा सरकार र राजनीतिक दललाई नै सोध्न आग्रह गर्नुभयो ।
पुनरावेदन अदालत सुर्खेतको अवलोकन निरीक्षण गरेपछि शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले पुनरावेदन अदालत खारेजको अध्यादेश सरकारले गर्ने काम भएकाले आफूले टिप्पणी गर्ने बेला नभएको जनाउनुभयो ।
पछिल्लो समय न्यायपालिकामा राजनीतिक हस्तक्षेप कति बढ्दै गएको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नदिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘न्यायालयमा हामी कुनै हालतमा राजनीतिक हस्तक्षेप हुन दिन्नौँ, त्यो हामीलाई मन्जुर छैन ।’
न्यायाधीशमा सिफारिस भएका व्यक्तिका बारेमा पनि उहाँले त्यो आफूहरुको विषय नभएको बताउनुभयो । राजनीतिक पृष्ठभूमि भएका व्यक्तिले कस्तो न्याय दिन्छन् भन्ने त्यो पछिको कुरा भएको उहाँको भनाइ छ ।
अदालतमा न्यायाधीशको अभाव भएको स्वीकार्दै प्रधानन्यायाधीश श्रेष्ठले तत्कालै न्यायाधीशको पदपूर्ति गर्न नसकिने बताउनुभयो । न्यायाधीश नियुक्तिको समस्याले गर्दा अदालतमा न्यायाधीश अपुग भएको उहाँको भनाइ थियो । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
ओलीले गरे नयाँ पार्टीको घोषणा, प्रचण्डलाई लाग्यो अर्को धक्का
दाङ, २० चैत । विभिन्न घटकमा रहेका माओवादीहरुबीच एकताको चर्चा चलिरहेका बेला एकीकृत माओवादीका नेता हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गरेका छन् ।
दाङको घोराहीमा शनिबार पत्रकार सम्मेलन गरी एकीकृत माओवादीका नेता ओलीले नयाँ पार्टी घोषणा गरेका हुन् । ओलीको नयाँ पार्टीसँगै एकीकृत माओवादीबाटै फुटेका दलहरुको संख्या पाँच पुगेको छ । उनले घोषणा गरेको दलको नाम ‘कम्युनिस्ट न्युक्लियस नेपाल’ राखिएको छ । दलमा एकीकृत माओवादीकै केही नेता तथा कार्यकर्ता समेटिएका छन् ।
पार्टी घोषणा गर्दै ओलीले ‘बन्दुकको सहाराले मात्रै संसारलाई रुपान्तरण गर्न सकिने बताए । उनले माओवादीका अन्य नेताहरुले बन्दुकको महत्व छुटाइसकेकाले आफूहरुले सशस्त्र क्रान्तिको छिनोफानो गर्न नयाँ पार्टी गठन गरेको बताए ।
नयाँ पार्टीले एकीकृत माओवादी अपारदर्शीताले जर्जर बनिसकेको भन्दै त्यसको विस्तारै फर्दाफास गर्दै जाने रणनीति बनाएको छ ।
ओली नेतृत्वको नयाँ दलको सदस्यहरुमा डा. ऋषिराज बराल, विकास शर्मा, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ ओली र धनबहादुर ओली रहेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारत र ईयुका राजदूतलाई स्पष्टीकरण सोध्ने सरकारी तयारी
काठमाडौं, २० चैत । सरकारले भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तिका विषयमा सम्बन्धित देशका राजदूतहरुसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले भारत र ईयुका राजदूतलाई बोलाएर स्पष्टीकरण लिने तयारी गरेको हो ।
उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा भारत र ईयुले निकालेको संयुक्त विज्ञप्तिले नेपालको आन्तरिम मामलामा हस्तक्षेप भएको ठहर भइसकेकाले अब उनीहरुका दूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिने बताउनुभएको हो ।
उहाँले होलीका दिन भारतीय राजदूत रन्जित रेले मधेसी मोर्चाका नेतालाई बोलाएर भारत मधेसीको साथमा रहेको भनी दिएको अभिव्यक्ति कुटनीतिक चरित्रभित्र नपर्ने भन्दै आलोचना गर्नुभयो । भारतीय राजदूतलाई कुटनितिक मर्यादा कायम गर्न उहाँको सुझाव थियो ।
उपप्रधानमन्त्री मैनालीले भारतीय राजदूतले नेपालमा राजनीति गरेको आरोप लगाउँदै राजनीति गर्ने भए भारतमै जान सुझाव दिनुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दलहरुलाई के सुझाव दिए पूर्वराष्ट्रपति डा. यादवले ?
भैरहवा, २० चैत । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अधिकार प्राप्तिका लागि लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्नुपर्ने बताउनुभएको छ ।
‘सद्भावका लागि क्रिकेट’ अभियानको आज भैरहवामा उद्घाटन गर्दै पूर्वराष्ट्रपति डा. यादवले मधेसी जनताले आफ्नो अधिकार माग्नु ठीक भए पनि नाकाबन्दी गरेर सिमानामा ढुंगामुढा गर्नु गलत भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक विधिअनुसार अघि बढ्न आह्वान गर्नुभयो ।
पूर्वराष्ट्रपति डा. यादवले देशको समृद्धि, विकास र शान्तिका लागि मधेसी र पहाडि समुदाय मिलेर बस्नुपर्ने बताउनुभयो । उहाँले समुदायबीच सद्भाव कायम नभएसम्म मुलुक अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । मधेसी र पहाडि भाईभाई भएको भन्दै उहाँले आफूले संविधान जारी गरेर जनतालाई सुम्पिएकाले अब संविधानमा आएका समस्या राजनीतिक दलहरुले समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।
मधेस आन्दोलन र विभिन्न राजनीतिक गतिविधिका कारण सामाजिक सद्भाव कमजोर भएको भन्दै भैरहवाका चार वटा संस्थाले संयुक्त रुपमा सन् २०१६ लाई सद्भाव वर्षका रुपमा मनाउन अभियान शुरु गरेका हुन् । अभियानअन्तर्गत शनिबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट भैरहवासम्म साइकल ¥याली निकालिएको छ । भैरहवाको सिद्धार्थ रंगशालामा अन्डर–नाइन्टिन रराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो ।
मधेसका जिल्लामा क्रिकेट खेल बढी लोकप्रिय भएकाले अभियानअन्तर्गत सद्भाव कायम राख्नका लागि मधेसका ७ वटा मुख्य शहरमा मैत्रीपूर्ण ट्वान्टी–२० सद्भाव क्रिकेट खेलाइने बताइएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘कालोबजारी गर्ने एकएकलाई कारबाही गर्छु’
काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी ओलीले कालाबजारी नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघका प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेको बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सैह्य नहुने बताउनुभयो । ओलीले भन्नुभयो, ‘कालोबजारी गर्ने एकएकलाई कारबाही गर्छु ।’
ओलीले तस्करी र कालाबजारी नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल गरिरहेको बताउनुभएको छ । सरकारले तस्करीलाई प्रश्रय दिने विरुद्धको कानुन परिवर्तन गरेका हल्ला गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्नुपर्दा नेपाली कांग्रेससंग परामर्श गरिनेछ ।’
पुनःनिर्माणको काम चुनौतिपूर्ण भएपनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
वर्षायाम अगावै भूकम्प पीडितहरुलाई सुरक्षित बसोबासका लागि सरकार प्रयासरत रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रचण्ड र बाबुरामलाई यसरी लाग्यो फेरि अर्को गम्भीर आरोप
काठमाडौं, २० चैत । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले माओवादीहरुबीच एकता हुन आवश्यक भएपनि नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने अवस्था आउन नहुने बताएका छन् ।
क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको कन्द्रीय समितिको बैठकमा बोल्ने हरेक सदस्यहरुले क्रान्तिका निम्ति माओवादी शक्तिहरुबीच एकता हुनुपर्ने कुरामा जोड दिएको बताउँदै गजुरेलले भने, “सिद्धान्तबिनाको एकता नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने र सो एकता हस्यास्पद हुन्छ ।”
माओवादीका उपाध्यक्ष गजुरेलले शनिबार राजधानीको संवाद डबलीमा सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सो धारणा राखेका हुन् ।
उपाध्यक्ष गजुरेलले पार्टी एकताका लागि चलिरहेको छलफलमा एकीकृत माओवादी मात्र नभएर सबै क्रान्तिकारी कम्युनिष्टसंग एकता गर्न कसैको विरोध नरहेको बताउँदै गजुरेलले भने, ‘हाम्रो पार्टी छलफलमा एकताको विरोधी कोहि छैनन् र नवासंसोधनवादीहरुको पछि दौडन चाहाने पनि कोहि छैनन् ।’
गजुरेलले एकीकृत माओवादीसँग एकता हुन्छ या हुँदैन भन्ने कुरा आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्नपछि मात्रै निश्चित हुने भएपनि एमाओवादी त्यति गम्भीर नभएकोले एकता नहुने सम्भावना देखिएको बताए ।
एमाओवादीले पठाएको तीन बुंँदे प्रस्ताव पनि किर्ते रहेको आशंका गरिएको र भरखरै सम्पन्न एमाओवादी बैठकमा पनि एकताको कुनै छलफन नहुनुले पनि एमाओवादी पार्टी एकताप्रति गम्भीर नभएको आरोप लगाए ।
दश वर्षे जनयुद्धबाट बिशाल सम्भावना बोकेर आएको माओवादी शान्तिकालमा प्रतिकान्तिकारीसँग पराजित भएको र यसबाट आम कार्यकर्ता र जनसमुदायमा निराशा छाएको बताए । प्रचण्ड र बाबुराम नै प्रतिक्रान्तिका नाईकेमा परिणत भएकाले माओवादीले यस्तो दुर्दशा भोग्नु परेको बताउँदै भने ‘प्रचण्ड–बाबुरामले जनसरकार र जनसेना भङ्ग भएको घोषणा गरेका उनीहरु प्रतिक्रान्तिका नाइके हैनन् ?’
गजुरेलले आफ्नो पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष किरणबाहेकका आएका फरक दस्तावेजहरु सुझावका रुपमा रहेकाले पार्टी फेरि फुट्छ भनेर चिन्ता नगर्न आग्रह गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अब इन्स्टाग्राममा एक मिनेटको भिडियो, थपियो सर्च कम्पास फिचर पनि
चर्चित सोसल साइट इन्स्टाग्राम प्रयोगकर्ताका लागि खुसीको खबर छ । इन्स्टाग्राममा अब एक मिनेट लामो भिडियो अपलोड गर्न सकिने भएको छ ।
इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताको चाहनालाई ध्यानमा राख्दै भिडियो पोस्ट टाइमको टाइम लिमिट बढाएको हो । भिडियो पोस्टको बढ्दो लोकपि्रयतालाई ध्यान दिँदै इस्टाग्रामले यस्तो कदम चालेको हो ।
अब प्रयोगकर्ताले इस्टाग्राममा ६० सेकेण्ड सम्मका भिडियो पोष्ट गर्न सक्नेछन् । हालसम्म इन्स्टाग्राममा केवल १५ सेकेण्ड लामा भिडियो मात्र पोस्ट गर्न सकिन्थ्यो ।
फेसबुकको स्वामित्वमा रहेको इस्टाग्रामले पछिल्लो ६ महिनामा आफ्नो भिडियो सेक्सनको लोकपि्रयतामा ४० प्रतिशतले बढोत्तरी भएको जनाएको छ ।
अब इन्स्टाग्राममा १ मिनेट लामो भिडियो पोस्ट गर्न सकिने मात्र होइन भिडियो कतिपटक हेरियो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ । त्यसका साथै इन्स्टाग्रामले डिस्कभर पिपुल नामक फिचर पनि थप गरेको छ । यो नयाँ फिचरको सहायताले प्रयोगकर्ताले आफ्ना मित्रहरुालई सजिलैसँग खोज्न सक्नेछन् ।
यो फिचरमा एउटा आइकन दिइएको छ, जसको नाम कम्पास रहेको छ । जब तपाइँले कुनै प्रयोगकर्तालाई यो फिचरको माध्यमबाट सर्च गर्नुहुन्छ तब तपाइँले उसको बारेमा सबै जानकारीका साथै उसले हालै पोस्ट गरेका पछिल्ला ३ फोटोहरु पनि देख्न पाउनुहुनेछ । यो फिचर मोबाइल एप सँगै डेस्कटप प्रयोगकर्ताका लागि पनि उपलब्ध रहेको बताइउको छ ।
साथै अब आइओएस प्रयोगकर्ताले पुनः इन्स्टाग्राममा अपलोड भएका भिडियोहरु जोडेर एउटा सिँगो भिडियो तयार गर्न पनि पाउनेछन् । केही समय पहिलेदेखि यो फिचर निस्कृय पारिउको थियो । तर प्रयोगकर्ताको तिव्र मागका कारण इन्स्टाग्रामले पुनः यो फिचरलाई पनि एक्टिभेट गरेको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
१२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना अगाडि बढ्यो, लोडसेडिङ हट्ने !
– रमेश लम्साल
काठमाडौँ, २० चैत । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आयोजना प्रभावित धादिङ र गोरखाको जग्गा बिक्रीवितरण बन्द गर्ने भएको छ ।
आयोजना विकास समितिले आज सार्वजनिक सूचना प्रकाशन गरी प्रभावित क्षेत्रको जग्गाको बिक्रीवितरण बन्द गर्न र ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न स्थानीयवासीलाई आग्रह गरेको हो ।
प्रभावित क्षेत्रका जनतालाई आफ्नो जग्गाको प्रमाणसहित सम्बन्धित जिप्रकामा सम्पर्क राख्न सूचना प्रकाशन भएपछि जग्गाको कारोबार बन्द भएको नै मान्नुपर्ने आयोजना विकास समितिमा अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा बताउँनुहुन्छ ।
उहाँका अनुसार समितिले तीन हजार ७२३ जग्गाधनीलाई सम्बन्धित जिप्रकामा आफ्नो जग्गाको सक्कल कागजातसहित उपस्थित हुन र जग्गा बिक्रीवितरण बन्द गर्न स्थानीयवासीलाई अनुरोध गरेको छ ।
आयोजना प्रभावित क्षेत्रमा भूमाफियाको चलखेल बढेको र बढाबढमा जग्गा बिक्री हुन थालेको सूचना आएपछि समितिले जग्गा बिक्री बन्द गर्न अनुरोध सहित स्थानीय जिप्रकालाई मुआब्जा वितरणको तयारी गर्न आग्रह गरेको हो ।
आयोजनाका कारण धादिङ र गोरखाका घ्यालचोक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुअर्बाङ सबैभन्दा बढी प्रभावित हुनेछन् । यस्तै धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुडाथुम गाविसको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन् ।
भीमसेन थापाको बगैचा, पृथ्वीनारायण शाहको न्वागी खाने धानखेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन् ।
प्रभावित सबै क्षेत्रका जनतालाई जग्गाको प्रमाण सहित जिप्रकामा सम्पर्क राख्न आग्रह गरिएको आयोजना विकास समितिका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
उहाँले स्थानीयवासीले ३५ दिनभित्र जिप्रकामा सम्पर्क राखेपछि प्रजिअको नेतृत्वमा रहेको मालपोत, नापी कार्यालयका प्रमुख सहितको समितिले मुअब्जाको दर तय गर्ने र चालु आवभित्रै मुआब्जा वितरण प्रक्रिया सुरु गरिने उल्लेख गर्नुभयो ।
देवकोटाका अनुसार आयोजनालाई चालु आवमा उपलब्ध रु तीन अर्ब ३५ करोड मध्येबाटै मुआब्जा वितरण सुरु गरिने र थप रकमका लागि सरकारलाई आग्रह गरिने छ ।
आयोजना प्रभावित क्षेत्र गोरखाका सांसद आशा कोइराला जग्गाको लगत लिन स्थानीय जनतालाई आग्रह भएपछि आयोजना अगाडि बढ्ने विश्वास बढेर गएको बताउनुहुन्छ । तत्काल आयोजना कुन ढाँचामा बनाउने हो निर्धारण गरेर काम सुरु गर्नुपर्नेमा जोड दिँदै उहाँ काठमाडौँ, पोखरा र नारायणगढ जस्ता ठूला सहरको माग धान्ने महत्वपूर्ण परियोजनालाई ढिलाइ नयरी प्रक्रिया सुरु गर्न सरकारसँग आग्रह गर्नुहुन्छ ।
प्रभावित क्षेत्र धादिङका सांसद गुरुप्रसाद बुर्लाकोटी स्थानीय जनतालाई सार्वजनिक रुपमा नै आह्वान गरिनुले आयोजना बन्छ भन्ने विश्वास पैदा भएको बताउनुहुन्छ । सांसद बुर्लाकोटी अनुमानित रुपमा रु ६० अर्ब रकम मुआब्जा वितरण गर्नुपर्ने भएकाले त्यसलाई तीन चरणमा दिने गरी कार्ययोजना बनाउन सुझाव दिनुहुन्छ । जग्गाको पहिचान गरेर पहिलो चरणमा ५० प्रतिशत, दोस्रो र तेस्रो चरणमा २५/२५ प्रतिशत मुआब्जा दिन सकिने र स्थानीयवासीलाई आयोजना हाम्रो हो भन्ने अपनत्व गराउनुपर्ने, गुठी-रैकरमा रहेका जग्गा र त्यसलाई भोगचलन गर्दै आएकाहरुको हकमा के गर्ने भन्ने पनि प्रस्ट हुनुपर्ने उहाँको कथन छ ।
फ्रान्सेली परामर्शदाता ट्याक्टबेलले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको र लागत अनुमान भइसकेको छ । सरकारले पहिलो चरणमा भूकम्प प्रभावितलाई मुअब्जा वितरण गरेर राहत दिनुपर्ने आवाज पनि उठेको छ ।
गोरखाका सांसद चीनकाजी श्रेष्ठ आयोजनाको काम कछुवा गतिमा अगाडि बढेको बताउँदै जग्गाको पहिचानका लागि जिप्रकामा सम्पर्क राख्ने सूचना आउनु एक चरण अगाडि बढेको मान्न सकिने धारणा राख्नुहुन्छ । उहाँले आयोजना तत्काल अगाडि बढाउनुपर्ने र मुआब्जा वितरण गर्नुपर्ने, अपुग रकम सरकारले उपलब्ध गराउनुपर्ने र भूकम्प प्रभावित जनतालाई तत्काल राहत दिनुपर्नेमा जोड दिनुभयो ।
कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनाबाट धादिङ र गोरखाका करिब ४५ हजार जनताले थातथलो छाड्नुपर्ने देखिन्छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चीनबाट फर्किए प्रधानसेनापति क्षेत्री, के-के ल्याए कोसेली ? (फोटो फिचर)
काठमाडौं, २० चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्री उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फिर्ता हुनुभएको छ ।
प्रधान सेनापति क्षेत्रीलार्ई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे ।
उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत उ चुन्ताई, रक्षा सचिव जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।
चिनियाँ जनमुक्ति सेनाका प्रमुख फंग फेनगुईको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री सप्ताहव्यापी भ्रमणको लागि चैत १४ गते चीन प्रस्थान गर्नु भएको थियो । भ्रमणको दौरान उहाँले चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष फंग फेनगुइ लगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नु भएको थियो । त्यसैगरी वहांले चीनको एयर डिफेन्स एकेडेमी, स्पेशल अपरेशन व्रिज, १३ औं ग्रुप कोरप्स लगायत चीनको विभिन्न ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरुकोे निरीक्षण भ्रमण गर्नु भएको थियो ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
के–के ल्याए ?
साताव्यापी चीन भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले चीनवटा महत्वपूर्ण सम्झौता गरेका छन् । जसअन्तर्गत चिनियाँ सेनाले नेपाली सेनालाई ५० करोड रुपैयाँ दिने भएको छ ।
त्यसैगरी नेपाली सेनालाई तालिममा बेइजिङ लैजाने भएको छ भने नेपाली सेनाको विकास क्षमता अभिवृद्धिका पनि सहयोग आदान प्रदान गर्ने सहमति भएको छ ।
यसले सरकारका साथसाथै दुई देशका सेनाबीच सम्बन्ध प्रगाढ भइरहने र सुरक्षा सतर्कता पनि बोलियो हुने विश्वास लिइएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
क्रिश्चियनलाई हिन्दूवादी युवाहरुको कडा चेतावनी, सरकारको निर्णयको स्वागत
काठमाडौं, २० चैत । क्रिश्मस डे मा सार्वजनिक विदा नदिने सरकारको निर्णयको हिन्दु युवा जनशक्ति संघ नेपालले स्वागत गरेको छ ।
शनिबार संघका अध्यक्ष विकास ठाकुरले एक विज्ञप्ति जारी गरी क्रिश्मस डेका दिन क्रिश्चियन कर्मचारीलाई मात्रै बिदा दिने तर सार्वजनिक बिदा नदिने गरी गृह मन्त्रालयले गरेको निर्णयलाई स्वागतयोग्य भनेका छन् ।
‘क्रिश्मस डेका दिन क्रिश्चियन कर्मचारीलाई मात्रै बिदा दिने तर सार्वजनिक बिदा नदिने गरी गृह मन्त्रालयले गरेको निर्णय स्वागतयोग्य रहेको हिन्दू युवा जनशक्ति संघ नेपालले ठहर गरेको छ र नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले हिन्दू बाहुल्य राष्ट्रमा विभिन्न प्रलोभन देखाएर धर्मपरिवर्तन गराउँदै हिड्ने क्रिश्चियनहरुको सम्पूर्ण सुविधाहरु कटौती गर्न र देशका बिभिन्न ठाउहरुमा क्रिश्चियन धर्म सिकाउने र धर्म परिवर्तन गराउने उद्देश्यले खोलिएको बिद्यालय, अस्पताल र संघसंस्थाहरुको पहिचान गरी तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– धर्म प्रचार कार्य रोक्न नेपाल सरकारलाई सुझाव दिन्छौं । साथै यस्ता घृणित कार्यहरु तत्काल रोक्न संघ क्रिश्चियनहरुलाई संघ चेतावनी दिन चाहन्छ ।’
अध्यक्ष ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ- ‘धर्म प्रचार र जबरजस्ती धर्म परिवर्तन नरोकिए धर्मपरिवर्तन गराउने ब्यक्ति, बिद्यालय, अस्पताल र संघसंस्थाहरुलाई संघ भौतिक कारवाही गर्न बाध्य हुनेछ ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
युवाहरुले लखेटेपछि उपेन्द्र यादव पस्केको खाना छाडेर टाप कसे (फोटो फिचर)
वीरेन्द्रनगर, २० चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सुर्खेतमा युवाहरुले घेरा हाल्दै कालो झण्डा देखाएका छन् ।
पार्टीको कार्यक्रमका लागि वीरेन्द्रनगर पुगेर होटलमा खाना बसिरहेका बेला यादवलाई युवा संघ नेपाल र वाईसीएलका युवाहरुले होटलमै पुगेर कालोझण्डा देखाएर लखेटेका हुन् ।
युवाहरु आक्रोशित भएपछि यादव पस्केको खाना छोडेर त्यहाँबाट हिडेको युवा संघ सुर्खेतका एक जना नेता शिव घिमिरेले जानकारी दिए । उनले भने- ‘मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुनेगरी नाकाबन्दी गर्ने र भारतको इशारामा चल्ने यादवलाई कालोझण्डा देखाउन होटलै पुगेका थियौं । हामीलाई देखेर उनी पस्केको खाना छाडेर टाप कसे ।’
वीरेन्द्रनगरको भ्याली भ्यू होटलमा खाना खान पुगेका बेला खाना पस्किदै गर्दा युवाहरुको हुलै नारा लाउँदै त्यहाँ पुगेको थियो । मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको भन्दै एमालेको युवा संगठन युवा संघ र एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताहरुले यादवलाई कालो झण्डा देखाउँदै चारैतिरबाट घेरेका थिए ।
युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको खाना समेत छाडेर हिडेका थिए । यादवलाई यसअघि काठमाडौंको माइतीघरमा केही युवाहरुले लखेटेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नाताभित्रै बिहे गर्दा फैलियो यस्तो रोग !
इण्डोनेसियाका तिनवटा गाउँमा धेरै मानिसहरु एक अनौठो रोगबाट पीडित छन् ।
कमपुंग इडियट भनिने डाउन सिन्ड्रोम नामक रोगका कारण त्यहाँका धेरै मानिस मानसिक रुपमा अस्वस्थ छन् । खासगरी नाता सम्बन्धमा बिहे गरेका लोग्नेस्वास्नीबाट जन्मिने बच्चामा यस्ता समस्या हुने बताइएको छ । यो रोगबाट पीडित रोगीहरुलाई सांग्लोमा बाँधेर राख्ने गरिएको छ ।
पोंगोरो जिल्लाका यी तिनवटा गाउँको जनसंख्या ८ लाख ८० हजार छ र त्यसमध्ये ४ सय भन्दा बढि मानिसहरु यो रोगबाट पीडित छन् । सिरोहारजो, करंगपटिहान र क्रेबेत गाउँमा १० देखि ५० वर्षसम्मका मानिसहरु छन् यो रोगका लागेका ।
मानिसहरुका अनुसार नाता कुटुम्ब भित्रै बिहे गर्ने तथा नाताभित्रै सेक्स गर्ने कारणले गर्दा बच्चामा यस्तो रोग देखा पर्दछ । कतिपयले भने आयोडिन तथा अन्य पौष्टिक तत्वका कारण यस्तो रोग हुने बताउँछन् ।
डाउन्स सिन्ड्रोम एक वंशाणुजन्य रोग हो । यो रोगबाट प्रभावित मानिसको मानसिक अवस्था कमजोर हुन्छ । उनीहरुलाई उपचार र पुनस्र्थापनाको आवश्यकता पर्ने भएपनि ती गाउँहरुमा बिरामीहरुलाई अस्पताल होइन फलामै सांग्लोले बाँधिएर राख्ने गरिएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कफीसपको व्यवसाय सुरू गरेकी श्वेता आफैले फिल्म बनाउने
काठमाडौं । श्रीकृष्ण श्रेष्ठसँगको छोटो लगन गाँठो उनको निधनसँगै चुडिएपछि एक्लै बनेकी नायिका श्वेता खड्काले अहिले काठमाडौंमा आफ्नै व्यवसाय सुरू गरेकी छिन् ।
उनले दरबारमार्गस्थित राइजिङ मलमा कफीसप सञ्चालनमा ल्याएकी छिन् । खड्काले निकट भविष्यमा काठमाडौंका विभिन्न स्थानमा कफी सपहरू सञ्चालनमा ल्याउने बताएकी छिन् ।
उनले बालुवाटारमा अत्याधुनिक व्यायाम क्लब पनि निर्माण गर्दैछिन् । लामो समय घरमा बस्दा डिप्रेसनको शिकार हुन पुगेकी श्वेताले काममा व्यस्ता दिन व्यवसायमा हात हालेकी हुन् ।
बाहिरका चलचित्रमा काम पाउन छाडेकी श्वेताले अब आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी छिन् । उनले एक वर्षपछि आफैले फिल्म बनाउने र त्यसमा नायिका भएर खेल्ने उनले साथीहरूलाई बताउने गरेकी छिन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतले हारेपछि विराट र अनुष्काबीच यो के भयो ?
मुम्बई । भारत टी-२० विश्वकपको सेमिफाइनलमा वेष्ट इण्डिजसँग हारेपछि क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम सम्बन्ध फेरि एकपटक चर्चामा आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिला पाकिस्तान फेरि अस्ट्रेलिया र त्यसपछि वेस्ट इण्डिजविरुद्ध विराटको उत्कृष्ट पारीले उनको ब्रेक भएको पुरानो प्रेम पनि फर्किएको हो ।
वेस्ट इण्डिजविरुद्ध शानदार पारी खेलिसकेपछि अनुष्काले विराटलाई फोन गरेर बधाई त दिएकी छिन् साथै उनलाई विहेको प्रस्ताव पनि गरेकी छिन् ।
आफ्नो पुरानो प्रेम फर्किएको खुसीमा विराटले अनुष्काको विहे प्रस्ताव स्वीकार गरेका छन् । समाचार अनुसार विश्वकप क्रिकेट सकिएपछि यो जोडीले कुनै पनि समयमा वैवाहिक बन्धनमा बाधिन सक्छ ।
विराटलाई अनुष्काले खेलको बीचमै फोन गरेर बधाई दिएकी थिइन् ।
यद्यपी विहीबार रातिको खेलमा भारत वेण्ड इण्डिजसँग पराजित भएको थियो । भारत पराजित भएपनि विराटले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
जसबाट अनुष्का फिदा भएकी थिइन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं