काठमाडौं, २१ चैत । भारत र युरोपेली युनियन (ईयु)ले संयुक्त विज्ञप्तिमार्फत नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेको भन्दै सरकार र वाम दलबाट तीब्र आलोचना भइरहँदा प्रमुख पतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चा विज्ञप्तिको समर्थनमा देखिएका छन् ।
नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमन्त्री सीपी मैनालीले भारत र र्इयुको टिप्पणी र व्यवहारलाई नेपालीमाथिको हस्तक्षप बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तर सर्वाधिक मतद्वारा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य चुनिएका डा शेखर काइरालाले नेपाली सार्वभौमिकतालाई पुनःपरिभाषित गर्नुपर्ने अडान लिएका छन् ।
कांग्रेसका अन्य नेताहरूबाट भारत र ईयुको संयुक्त वक्तव्यबारे आधिकारिक प्रतिक्रिया नआएपछि पार्टी नेता रामचन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यसबारे सभापति शेरबहादुर देउवासँग सम्पर्क गर्न आग्रह गरे ।
‘पार्टीको आधिकारिक धारणा सभापति देउवाबाटै आउँछ’, उनले भने ।
पौडेलको मौनता र कोइरालाको अभिव्यक्तिले भारतीय कूटनीतिक तहबाट अनौपचारिक रुपमा ‘नेपालको सार्वभौमसत्ताबारे बहस आवश्यक छ’, भन्ने अभिव्यक्तिको अनुमोदन गर्छ ।
उता सत्ता गठबन्धनमै रहेको गैरवाम शक्ति राप्रपाले भारत–इयु टिप्पणीको आलोचना गरेपनि सरकारको प्रतिक्रिया आवश्यकताभन्दा बढी भएको बताएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने संविधान निर्माणमा भारतको उपेक्षा गरेबापत नेपालले खेप्नुपर्ने स्वभाविक प्रतिक्रिया ब्रसेल्सबाट आएको बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment