Saturday, April 2, 2016

१३ वर्षीय बालिकाको सामुहिक बलात्कार

२० चैत्र, नवलपरासी । नवलपरासीको कावासोतीमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।

विहीबार सांझ घर नजिकै खेलीरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवाहरुले समातेर फुटबल चौरमा लगेर सामुहिक बलात्कार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बालिकामाथि ३ जनाले सामुहिक बलात्कार गरेको र तिनहरुको पहिचान समेत भएको बताए । बलात्कारमा संलग्न तीनजना भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुका नाममा किटानी जाहेरी समेत परेको छ ।

विहीबार राति घटना घटेको र गाउंलेहरुले शुक्रबार घटनाको बारेमा थाहा पाएर प्रहरीमा उजुरी दिएका छन् । बालिकालाई मेडिकल रिपोर्टका लागि अस्पताल पठाइएको छ । बालिकाको अवस्था अहिले सुधारउन्मुख रहेको बताइएको छ।

रामकुमार श्रेष्ठको सहयोगमा


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment