काठमाडौं, २० चैत । युवा संघ नेपालका महासचिब किरण पौडेलले नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्थाको दोषी भारत र उसको गलत कुटनीतिक चाल रहेको बताएका छन् ।
युवा संघ नेपाल कार्यबिनायक नगर अधिबेशनलाई सम्बोधन गर्दै पौडेलले अहिले केही कथित बुद्धिजिबी नामधारी बिदेशी दलालहरु मुलुकको राष्ट्रियता र सार्वर्भौमिकता बिरुद्ध बाह्य हमला भईरहेको अवस्थामा त्यसको बिरुद्ध कलम चलाउनु सटा उल्टै आफ्नो देशको कुटनीतिक त्रुटी औल्याउँदै बिदेशीकै भक्तिभाव गाइरहेको आरोप लगाए ।
उनले थपे– नेपालको हरेक राजनीतिक परिवर्तन सँगै भारतले केही न केही बार्गेनिङ गर्दै आएको र हामीले पनि केही न केही गुमाउँदै आएका थियौ, कोशी, गण्डकी लगायतका तमाम राष्ट्रघाति सम्झौताहरु यसको उदारहण हुन इतिहासमा पहिलोपटक केही नगुमाई कन, नचुकी कन र नझुकी कन परिस्थितीको सहज अवतरण यही सरकारको नेतृत्व भएको घडीमा केही विद्वानहरु भारत र युरोपियन युनियनको बक्तब्यको पक्ष पोषण गरिरहेका छन् ।
सधैं नेपाललाई आफ्नो काबुमा राख्न खोज्ने र नेपाली जनतालाई गुलाम बनाउन खोज्ने भारतले यसपटक घुडा टेक्दै धुलो चाट्नु परेको छ र धुलो टक्टकाउदै युरोपियन युनियनको शरणमा पुगेको छ । संसार सारा डुले पनि मोदीजी अन्तिममा नेपालसँगै आएर आफ्नो मन बुझाउन बाध्य हुनुपर्ने छ । सरकारको यो साहसिक अडान र कदमबाट आज आम युवाहरुलाई नेपाली हुनुको गर्व महसुस भएको उनले उल्लेख गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment